Wednesday, August 28, 2013

कविता: सपनाका बलात्कारीहरुको बिगबिगी बढ्दै छ रे बस्तीमा

धेरै पछि कोरियो एउटा कविता
तयारी हुँदै छ यहाँ
अस्मिता लुट्ने नेपाल आमाको
रोगको नाममा
भोकको नाममा
शोकको नाममा
फगत आस्वासनको खेती गरेर
लुटिँदैछ नेपाली वालापनको अस्मिता

निर्वाचनको नाममा
फेरी बाँडिदैछन् रे बस्तीहरुमा
तीनपानीका प्यालाहरु
तिर्खाएका आँतहरुलाई लठ्याउन्
र लिइँदै छ रे औलाहरुको लाहा छाप
फेरी एक पटक सत्ताको भ¥याङ चढ्ने दाउमा
फेरी एक पटक देश खोक्राउने बहानामा
र बनाइँदै छ रे बन्धकी नेपाली सपनाहरु
र त्यही लठ्ठाइमा लुटिँदै छ रे अस्मिताहरु ।

सपनाको नाममा
फेरी बस्ती पस्दै छन् रे दलालहरु
सुन्दर सपना फुलाइ दिने नाममा
सपनाका कोपिलाहरु नै ओइलाई दिन्
र सुदुर बस्तिबाट झुक्याएर बेच्दै छन् रे
अस्मिताहरु राजधानीका गगनचुम्बी महलहरुमा
भोक हट्ने नाममा
शोक हट्ने नाममा
रोग घट्ने नाममा
सपना फकाउन परिचालित हुँदै छन् रे
बस्तीहरुमा राजधानीका आलिसान महलहरुका दलालहरु

हिजो लुटिएको अस्मिताको
क्षतिपूर्ती पाइएको छैन अझै
हिजो टुक्रिएको सपनाको
क्षतीपुर्ती पाइएको छैन अझै
बन्धक बनेको शुन्दर चाहानामा फक्रिएका सपना हरु
निखन्न सकिएको छैन अझै
यहि बेलामा फेरी व्वाँसाहरु
छिर्दै छन रे बस्तीमा
बूढी आमैका चिचिला पठ्ठाहरुको घाँटि निमोठ्न ।

हिजोका दलाल चिन्नुपर्ने हो हामीले
हिजोका व्वाँसाहरु पनि चिन्नुपर्ने हो हामीले
सपनाका बलात्कारीहरुलाई
हामीले कहाँ यति चाँडै बिर्सनु हुन्थ्यो र ?
तर बिर्सियौँ
र आज
तिनै सपनाको बलात्कारिको स्वागतमा द्वार बनाउँदै छौँ हामी
बस्तीको सिरानमा
तिनै दलालको स्वागतमा
सपनालाई बन्धकी राख्न लाहा छाप लगाउँदै छौ हाँमी
ति बुढि आँमा पनि सपनाका पठ्ठा निमोठ्ने
व्वाँसोको स्वागतमा
अर्काे पठ्ठोको सिकार बनाउँदै छिन् ।

तिनीहरुकै पछि पछि नारा निकाल्दै हिड्याँै हामी
भन्यौँ, गाँउमा बत्ति बल्यो
तर बुझेनौँ हाम्रा बस्तीका लोडसेडिङ्लाई
गाँउमा सडक पुग्यो
हामीले बुझेनाँै पाँच वर्षमा एक पटक मात्र गाढि चल्ने व्यहोरा
सपनाहरु राजधानीमा बेचिएको भुल्यौ
र सोच्यौँ हाम्रा सपनाहरु शहरमा यसो आराममा छन् ।
ति बूढि आमा पनि कहाँ बुझिन्
थोरै पाएकी छिन वृद्ध भत्ता र जयजयकार गरिन्
तर सपनाको पठ्ठोको मूल्य कति पर्छ उनलाई थाहा भएन् ।
पोहोर परारको जस्तै सपनाका लुटेराहरुको
विगविगि बढ्दै छ रे बस्तीमा
सपनाका बलात्कारीहरुको
बिगबिगी बढ्दै छ रे बस्तीमा
सपनाका पठ्ठो घोक्राउने
व्वाँसाहरुको विगविगि बढ्दै छ रे बस्तीमा ।

Thursday, August 8, 2013

प्रजातान्तिक भन्नेको सक्कली रुप देखियो

वाइसीएलको सिको गर्दै तरुणदलको बन्द

बन्दका क्रममा प्रहरीलाई ढुंगा हान्दै बन्दकर्ता ।
नारायणगढ । गत हप्ता मात्र ए नेकपा माओवादीको सहायक संगठन योङ् कम्यूनिष्ट लिग चितवनले चितवन बन्द गरायो बन्दको क्रममा एम्बुलेन्स समेत वाइसीएलको निसानामा परे । आफ्ना पक्राउ परेका छ जना कार्यकर्ता रिहाइको माग गर्दै वाइसीएलले बन्द गर्दा सामाजिक तथा राजनीतिक रुपमा समेत विरोध भयो । त्यसको ठिक एक हप्ता पछि आँफूलाई खाँटी प्रजातान्त्रिक भन्ने नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले चितवन बन्द गराएको छ ।

अरुले बन्द गराउँदा सँधै त्यसको विरोध गर्न काँग्रेसले केही अपराधिक क्रियाकलापमा संलग्नको रिहाइको लागि बन्द सम्मको आन्दोलनमा उत्रनुलार्य सकारात्मक मान्न भने सकिँदैन् । यो घटनाले काँग्रेसको प्रजातान्त्रिक छवि जोगान असफल  भएको छ ।

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी