Saturday, June 30, 2012

ब्रेकिङ् न्यूज ः माओवादी पार्टि कार्यालयमा झडप करिव दर्जन घाइते

भरतपुर । एकीकृत नेकपा माओवादीको चितवन कार्यालय कृष्णपुरमा दूई माओवादीका कार्यकर्ताबीच झडप हुँदा दुवै तर्फका करिव एक दजर्न कार्यकर्ता घाइते भएका छन् ।
पार्टी कार्यालय आफ्नो दावी गरिरहेका एकीकृत नेकपा माओवादी र नेकपा–माओवादीका कार्यकर्ता विच विहान करिव आठ बजे देखि झडप भएको थियो । कार्यालय भित्र रहेका नवगठित माओवादी का केन्द्रीय सदस्य सूर्य सुवेदी, अनिल शर्मा, रामदिप आचार्य लगायतका नेताहरुलाई प्रहरीले सुरक्षा दिएर बाहिर निकालेको थियो । अहिले पनि कार्यालय वरपर कृष्णपुरको स्थिती तनाव पूर्ण रहेको छ । घटनाको विरोधमा नवगठित माओवादीले नारायणगढ बजारमा चक्का जाम गर्ने जनाएको छ ।
यसरी घाइते  हुनेहरुमा नवगठित माओवादीका लालसिङ् थिङ,होमबहादुर खड्का, इन्द्र भणडारी, विवेक, संघर्ष, कुमार लगायत रहेका छन् भने एकीकृत माओवादी तर्फ अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य नारायण आचार्य रहेका छन् । घाइतेहरुको भरतपुर स्तिथ विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते आचार्यको टाउकोमा चोट लागेको छ । आक्रोसित नवगठि माओवादीका कार्यकर्ताहरु एकीकृत माओवादी का कार्यकर्ताहरुको करिव एक दर्जन मोटर साइकल तोडफोड गरेका छन् । झडप बाट भएको

Friday, June 29, 2012

छुट्टाछुट्टै पहिरोले घर पुर्दा दस जनाको मृत्यु

तनहूँ । तनहूँको जामुने–१, ट्याक्की डाँडामा शुक्रबार बिहान पहिरोले घर पुरिँदा सात जनाको मृत्यु भएको छ । बाग्लुङमा पनि पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ ।
यता, जामुने–१ ट्याक्की डाँडाका साइबहादुर विकको घर पुरिँदा विककी २४ वर्षीया श्रीमती रुपा विक, आठ वर्षीया र ६ वर्षीया छोरी पूर्णिमा विक र देविया विक, बहिनी १५ वर्षीया सम्झना विक, छिमेकीहरु २० वर्षीया सुष्मा विक, दुई वर्षीया रेखा विक र १५ वर्षीया दुर्गा विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
साइबहादुर भारतमा रोजगारी गर्दै आएका छन् । पहिरोमा पुरिएर बेपत्ता भएका उनीहरुको शव स्थानीय बासिन्दा र प्रहरीले निकालेको तनहुँका प्रहरीनायब उपरीक्षक गौतमराज कट्टेलले बताउनुभयो ।
अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर बागलुङ्मा गएराति तीन जनाको मृत्यु भएको छ ।
उता, बाग्लुङ जिल्लाको पश्चिम हटिया–३ बगरचौताराका टेकबहादुर खत्रीको घर पहिरोल पुरिँदा खत्रीकी ६४ वर्षीया श्रीमती पवित्रा खत्रीको र सोही घर डेरागरी बस्ने रेशकी २२ वर्षीया लक्ष्मी सुनार तीन वर्षीय छोरा सुदीप सुनारको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङ्ले जनाएको छ ।
प्रहरी स्थानिय बासिन्दा र डोजरको सहयोगमा शव निकालिएको हटिया प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक रुद्रप्रसाद शर्माले बताउनुभयो । बिहानदेखि उद्धार कार्यमा खटिएपनि दिउँसोमात्र तीनै जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।
उद्धारको लागि भिमगिठेमा रहेको नेपाली सेनाको रघुनाथ पौडेलको नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो । हटिया बजारदेखि सियाला भन्ने स्थानका लागि लगिएको सडकको माटोसहित पहिरो खस्दा घर बगाएको थियो ।

गोहीको आक्रमणमा मृत्यु

यता, नवलपरासीको गुठी प्रसौनीमा गोहीको आक्रमणबाट एक बालकको ज्यान गएको छ भने अर्का एकजना घाइते भएका छन् ।
घोलमा माछा मार्न गएको बेला गोहीको आक्रमणमा परी नर्सही गाविस–३  का ११ वर्षीय अक्लेसकुमार राजभरको ज्यान गएको हो । यस्तै, रवीन्द्र राजभर गम्भीर घाइते भएका छन् । रवीन्द्रलाई उपचारका लागि अञ्चल अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घोलाबाट निस्किएको गोहीले दुवै जनालाई एक्कासि आक्रमण गर्दा घाइते भई उपचारका लागि लैजाँदै गर्दा बाटैमा अक्लेसको मृत्यु भएको हो ।

लागूऔषधसहित तीन जना पक्राउ

भरतपुर । मकवानपुरमा बिहीबार राति अवैध लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।
वीरगञ्जबाट हेटौँडा आउँदै गरेको ना १ क २३७६ नम्बरको टिप्परमा आउँदै गरेका मकवानपुर चुरियामाईका २४ वर्षीय शंकर तामाङ, सोही स्थान बस्ने २९ वर्षीय नारायणबहादुर खड्का र ३४ वर्षीय कुमार खड्कालाई प्रहरीले अवैध लागूऔषधसहित रातोमाटे चेकपोष्टमा पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले सातथान फेन्सीडिल बरामद् गरेको छ । पछिल्लो समय मकवानपुरका विभिन्न स्थानमा लागूऔषधसहित मानिसहरु पक्राउ पर्नेक्रम तीव्र भएको छ । लागूऔषधको अवैध कारोबार गर्नेक्रम बढेपछि प्रहरीले पनि चेकजाँच र कारबाही थालेको छ ।
यता, चितवनमा बिहीबार राति सवारी नियम उल्लंघन गर्ने सवारी चालकबाट करिब २८ हजार राजस्व संकलन गरिएको प्रहरीले जनाएको छ । यसैगरी मादकपदार्थ सेवन गरी सवारी चलाउने एक जना पनि पक्राउ परेका छन् ।

Monday, June 25, 2012

पानीका लागि दुई घण्टा पैदल हिँड्न बाध्य


कविलास । खानेपानीका लागि चितवनको कविलास गाविस वडा नंं ७ चौकी गाउँका बासिन्दाले निकै कष्ट बेहोर्नु परेको छ । उनीहरु कुवामा पानी लिन दुई घण्टा टाढा जानु पर्छ । गाउँमा धारा नभएका होइनन् तर त्यसबाट पानी आउन छाडेको छ ।
‘हामीले त अहिले कुवाको पानी गाग्रीमा भरेर ल्याउने र खाने गरेका छौं’, चौकी गाउँका काजीमान गुरुङले भने । गाउँलेहरु कोप्चेखोला र गुण्डाखोलाको कुवामा पानी लिन जाने गरेका छन् । कोप्चे केही नजिक भए पनि गुण्डाखोला टाढा छ ।
‘कोप्चेखोला खाली गाग्री जान बाटो ओरालो भएकाले आधा घण्टा लाग्छ । पानी भरेपछि घर आउन ठ्याक्कै एक घण्टा लाग्छ । त्यस्तै गुण्डाखोला पुग्न एक घण्टा र पानी भरेर आउन दुई घण्टा लाग्छ’ स्थानीय गणेश गुरुङले भने । 
चौकी गाउँका बासिन्दाले ३६ किलोमिटर टाढाको काउले गाविसमा पर्ने सिकारी खेप भन्ने ठाउँको मुहानको पानी ल्याएर धाराबाट पानी खाइरहेका थिए । तर योजना पुरानो हुँदै जाँदा धारा सुक्दै गयो । गाउँलेहरु कुवा जान बाध्य हुनु परेको छ ।
‘त्यो मुहानको पानी दाहाखानी गाविसको कापे, गढी, सालडाँडा र कविलासको ढोडेनी हाँडी गाउँ आहाले र हाम्रो गाउँकाले खाने गरेका थियौं’, स्थानीय अगुवा देव गुरुङले भने । तर पाइप पुरानो हुँदै गएर ठाउँठाउँमा चुहिन थालेपछि पुछारमा रहेको चौकीमा पानी आउन बन्द भयो । 
सिकारी खेपमा पानीको अभाव भने छैन । राम्रो पाइप हुने हो भने पुग्दो पानी आउन सक्छ । पुराना सबै पाइप फेर्न आवश्यक देखिएको छ । यसका लागि एक करोड ३६ लाख रुपैयाँ आवश्यक पर्ने गाविसको अनुमान छ ।
‘हामीले लागत अनुमान गर्दा त्यति लाग्ने देखियो । हामीसँग बजेट छैन । योजना आयोगमा माग भएको छ । हेरौं के हुन्छ’, कविलास गाविसका सचिव प्रद्युम्न खड्काले जानकारी दिए । सरकारले बेलैमा नसुने आफूहरु पानी खान नपाउने अवस्थामा पुग्ने स्थानीयहरु बताउँछन् ।
‘कुवामा पानी सानो छ । कुनै बेला त्यो पनि सुक्यो भने हामी त काकाकुल हुने छौं’ काजिमान भन्छन् । पानी मान्छेले मात्रै होइन, गाइबस्तुलाई पनि चाहिँन्छ । खानमात्रै होइन, सरसफाइलाई पनि उत्तिकै आवश्यक हुन्छ । तर टाढाको पानीले यो काम गर्न गाह्रो भएको स्थानीयले बताए ।
‘नजिक पानी नहुँदा केटाकेटी स्कुल जानसमेत पाएनन्’, स्थानीय राष्ट्रिय निम्न माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका देव गुरुङले भने । टाढाबाट पानी लिएर आउँदा समयमा खाना तयार गर्न नसकिएको उनको भनाइ छ ।
चितवन एक वर्षअघि खुला दिसामुक्त क्षेत्र घोषाण भयो । अब खानेपानीको सहज सुविधासमेत पुगेको पूर्ण सरसफाइयुक्त जिल्ला घोषणा हुन गइरहेको छ  तर यही जिल्लाको एउटा गाउँमा खानेपानीका लागि गाउँलेले बेहोरेको सास्तीबारे सरकारी अधिकारी बेखरबर छन् । 


अज्ञानताका कारण विषालु च्याउको सिकार


चितवन र मकवानपुरका ११ बिरामी

भरतपुर । चितवन र आसपासका जिल्लाका विकट गाउँमा विषालु च्याउ खाएर बिरामी पर्ने र मृत्यु हुनेक्रम बढेको छ । जंगलबाट टिपेर ल्याई तरकारी पकाएर खाँदा विषालु च्याउले कैयौंको मृत्यु भएको छ भने थुप्रै बिरामी पर्ने गरेका छन् । 
अज्ञान र अशिक्षाको कारणले विकट क्षेत्रका बासिन्दा विषालु च्याउको सिकार बन्दै आएका छन् । आइतबारमात्रै मकवानपुर जिल्लाको हेटौँडा–८ कमानेमा विषालुु जंगली च्याउ खाएर एकै परिवारका चारसहित पाँच जना बिरामी परेका छन् । 
च्याउको तरकारी पकाएर खाएलगत्तै बिरामी परेका स्थानीय ४४ वर्षीय दीपक कार्की, ४० वर्षीय इन्द्र कार्की, १७ वर्षीय दिनेश कार्की, १५ वर्षीय अनिशा कार्की र ३६ वर्षीया लक्ष्मी गुरुङको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । 
त्यस्तै आइतबार नै जंगली विषालु च्याउ खाएर बिरामी भई उपचारका लागि भरतपुर अस्पताल भर्ना भएका पूर्वी चितवनको वीरेन्द्रनगर गााविसका एकै परिवारका ६ जनाको भरतपुर अस्पतालमै उपचार भइरहेको छ । केही दिनअघि मात्रै कविलास गाविसमा च्याउ पकाएर खाएका एकै परिवारका पाँच जनाको मृत्यु भएको थियो । 
विषालु च्याउ खाएको केही समयमै रिंगटा लाग्ने, पेट दुख्ने, बान्ता हुनेजस्ता लक्षण देखा पर्दछ । 
यसैबीच गत हप्ता विषालु च्याउ खाएर एकै परिवारका पा“च जनाको मृत्यु भएपछि शोकामग्न भएको कविलासमा सोमबार विषालु च्याउसम्बन्धी सचेतना कार्यक्रम भएको छ । 
युरोपियन युनियन र कविलास गाविसको सहयोग तथा नेपाल चेपाङ संघ केन्द्रीय कार्यलयको आयोजनामा भएको सो कार्यक्रममा गोरखा, धादिङ, मकवानपुर, तनहुँ, लमजुङ र चितवनका अगुवा चेपाङहरुको सहभागिता थियो । 
चेपाङ संघ कविलासका अध्यक्ष आइतराम चेपाङ सभापति रहनुभएको सो कार्यक्रममा केन्द्रीय अध्यक्ष जितेन्द्र चेपाङ प्रमुख अथिति रहनुभएको थियो । 
विषालु च्याउकै कारण मृत्यु भएका कविलास चौकीगाउ“का चेपाङ परिवारको निम्ति केन्द्रीय चेपाङ संघको तर्फबाट अध्यक्ष जितेन्द्र चेपाङले नगद पा“च हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको थियो । 


जलवायु परिवर्तनका दृष्टिले चितवन उच्च जाखिममा


नारायणगढ । जलवायु परिवर्तनमा जनचेतना अभिवृद्धि गर्न दुई दिने कार्यशाला नारायणगढमा सुरू भएको छ । वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय जलवायु परिवर्तन महाशाखाको आयोजनामा सोमबारबाट सुरू भएको कार्यशालामा चितवन जलवायु परिवर्तनका दृष्टिले उच्च जोखिममा रहेको बताइएको छ । 
कार्यक्रममा बोल्दै शाखाका उपसचिव अर्जुनकुमार थापाले चितवन बाढी जोखिमको दृष्टिमा नेपालकै दोस्रो जिल्ला भएको बताउनुभयो । जलवायु परिवर्तको कारणले बाढी पहिरोलगायतका अन्य प्राकृतिक प्रकोपको खतरा बढ्दै गएको थापाले जानकारी दिनुभयो । 
जलवायु परिवर्तनका कारण तापक्रममा बर्सेनि वृद्धि भइरहेको मौसमविद् सुमन सुवेदीले बताउनुभयो । नेपालमा वार्षिक रुपमा ०.०४ देखि ०.०६ डिग्री सेल्सियससम्म तापक्रम वृद्धि भइरहेको उहाँले जानकारी दिनुभयो । 
जलवायु परिवर्तनको प्रभाव तराई र शिवालिक क्षेत्रमा कम देखिए पनि हिमाली तथा उच्च हिमाली क्षेत्रमा बढी देखिने उहाँको भनाइ छ । जलवायु परिवर्तनको उच्च जोखिममा गरिब तथा पहाडी भूपरिवेष्टित राष्ट्रहरु रहेको मौसमविद् सुवेदीले बताउनुभयो ।
नेपालमा जलवायु परिवर्तनका कारण २० वटा हिमतालहरु फुट्ने जोखिममा रहेको बताउँदै छोरोल्पा लगायतका पाँचवटा हिमतालहरु उच्च जोखिममा रहेको सुवेदीले जानकारी दिनुभयो । जलवायु परिवर्तनका क्षेत्रमा विकसित राष्ट्रहरुले अर्बाै डलर लगानी गरिरहेका कारण यसबाट नेपालजस्ता मुलुकले फाइदा लिन सक्नुपर्ने उहाँको भनाइ थियो । 
‘हामीले जलवायु परिवर्तनलाई सधँै नकारात्मकरुपमा लिँदै आएका छौँ, यसलाई सकारात्मक नजरले हेर्दै यसका फाइदालाई हेरी अगाडि बढ्नुपर्दछ’, मौसमविद् सुवेदीले भन्नुभयो ।
कार्यशालाको प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले उद्घाटन गर्नुभएको थियो । स्थानीय विकास अधिकारी बन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा सुरू भएको कार्यक्रम आज मंगलबार सकिने छ । 
कार्यक्रममा चितवनका विभिन्न सरकारी निकायका प्रतिनिधि संघसंस्थाका प्रतिनिधि तथा पत्रकारहरुको सहभागिता रहेको छ । 
यसैबीच वर्षायाममा हुनसक्ने सम्भावित प्रकोपलाई मध्यनजर गर्दै सरोकारवालाहरुलाई  सर्तक अवस्थामा रहन जिल्ला विपद् व्यवस्थापन समिति चितवनले आग्रह गरेको छ । 
सोमबार बिहान भएको सर्वपक्षीय छलफलबाट सरकारी निकाय, गैरसरकारी संघसंस्था, सहयोगी संस्था, सञ्चारमाध्याम, सुरक्षा संयन्त्र सबैलाई सतर्क अवस्थामा रहन आग्रह गरिएको जिविसका सूचना अधिकृत बलराम लुइटेलले जानकारी दिनुभयो । 
प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीको अध्यक्षतामा भएको छलफलमा जिल्लाका दलका नेताहरु, सञ्चारकर्मी र सरोकारवाला पक्षहरुको सहभागिता थियो । 


भारतीय ट्रकमा आगजनी


रत्ननगर । पूवी चितवनको रत्ननगरमा अज्ञात समूहले आइतबार सा“झ एउटा ट्रकमा आगजनी गरेको छ । वीरगंजबाट काठमाडांै जा“दै गरेको भारतीय नम्बर प्लेट एनएल ०२ के ७६६१  भएको कन्टेनरमा दुईवटा मोटरसाइकलमा आएका तीन जनाको समूहले रत्ननगर–३ शान्तिचोकनजिक आगजनी गरेको इलाका प्रहरी रत्ननगरले जनाएको छ । ।
वीरगञ्जतिरैबाट पच्छाउँदै आएका व्यक्तिहरुले बाटो छेकेर गाडी रोक्न लगाई आजगनी गरेको चालकलाई उद्धृत गर्दै प्रहरीले जानएको छ । ट्रकको चालक बस्ने क्याबिनमा लागेको आगो प्रहरीको टोलीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायव निरीक्षक बद्री पौडेलले जानकारी दिनुभयो । 
कन्टेनरमा बेलायती दूतावासको गाडी रहेको जनाइएको छ । घटनामा संलग्न व्यक्तिको खोजीकार्य भइरहेको प्रहरीले बताएको छ


२१७ बालबालिका सशस्त्र समूहमा


नवलपरासी नवलपरासीमा २१७ जना बालबालिका सशस्त्र फौज तथा समूहमा आवद्ध भएर काम गर्न बाध्य भएका सोमबार परासीमा आयोजित एक कार्यक्रममा जानकारी दिइएको
बालबालिकाको क्षेत्रमा कार्यरतइन्द्रेणी समाज केन्द्र नेपालनामक गैर सरकारी संस्थाले परासीमा आयोजना गरेको अर्धवार्षिक समीक्षा कार्यक्रममा जानकारी दिइएको हो
कार्यक्रममा केन्द्रका कार्यक्रम संयोजक वीरेन्द्र थापाले २४४ जना बालबालिका जोखिमयुक्त अवस्थामा यी सबै गरी विभिन्न प्रकारका जोखिममा ४७३ बालबालिका सशस्त्र द्वन्द्वमा फसेको जानकारी दिनु भएको थियो
प्रमुख जिल्ला अधिकारी वीरबहादुर राई अतिथि रहनुभएको कार्यक्रममा महिला तथा बालबालिका कार्यालयका प्रमुख मीना पौडेल, सहकर्मी टीकाराम गैरे, जिल्ला प्रहरी कार्यालय महिला सेलकी उषा ढुंगानालगायतले कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियो  


पूर्व माओवादी लडाकूको स्वागत


भरतपुर । एकीकृत नेकपा माओवादीले सोमबार भरतपुरमा स्वैच्छिक अवकाश रोजेका पूर्व माओवादी लडाकूलाई स्वागत गरेको छ । 
पार्टी कार्यालय कृष्णपुरमा आयोजित प्रशिक्षण कार्यक्रममा संस्थापन पक्षधरका पूर्व माओवादी लडाकूलाई स्वागत गरिएको हो । कार्यक्रममा पूर्व माओवादी लडाकूहरुले पार्टीको लक्ष्य र उद्देश्य अझै पूरा नभइसकेकाले आपूmहरु फेरि सक्रिय राजनीतिमा आएको बताए ।
उनीहरुले सर्वहारा वर्गको उत्थानका लागि लडेको पार्टी केही विचलित भएको भन्दै पार्टीमा अहिलेको परिस्थिति र पार्टीको निर्देशनलाई ख्याल गरेर आफूहरु अगाडि बढ्ने बताए । कार्यक्रममा माओवादी नेता अग्नि सापकोटाले प्रशिक्षण दिनुभएको थियो । एकीकृत माओवादीका इन्चार्ज अविनाशको अध्यक्षतामा भएको सो कार्यक्रममा माओवादी संस्थापन पक्षधरका पूर्व लडाकू सहभागी थिए ।
यसैबीच संस्थापनपक्षले पार्टी कार्यालयको हलमा कार्यक्रम गरिरहँदा नवगठित माओवादीपक्षका नेता तथा कार्यकर्ताहरुको बाहिर ठूलो उपस्थिति रहेको थियो । माओवादी पार्टी विभाजन भएसँगै पार्टी कार्यालय कसको हुने भन्नेमा भने अझै विवाद मिल्न सकेको छैन । आफ्नो पक्षधरका माओवादी लडाकूहरुलाई   नवगठित नेकपा माओवादीले आज मंगलबार स्वागत गर्ने बताइएको छ ।


Saturday, June 23, 2012

अन्तरसंघर्ष चल्दा लागूऔषध प्रयोगकर्ता बढ्दै

भरतपुर । समाजमा लागूऔषधको प्रयोग घटाउने र बढाउनेबीच अन्तरसंघर्ष चलिरहेको लागूऔषधका पूर्वप्रयोगकर्ता बताउँछन् । एकथरि लागूऔषधको प्रयोगलाई रोकथाम गरी शून्यमा पु¥याउन चाहन्छन् भने अर्काथरि लागूऔषधको प्रयोगलाई बढाइ अवैधरुपले सम्पत्ति आर्जन गर्न चाहने भएको उनीहरुको भनाइ छ । अहिले यिनीहरुबीचको संघर्ष चलिरहँदा लागूऔषधका प्रयोगकर्ताहरुको संख्या वृद्धि भइरहेको छ ।
चितवन जिल्लामा पनि लागूऔषध प्रयोगकर्ताहरुको संख्या दिनानुदिन बढ्दै गइरहेको भएपनि यसको यकिन तथ्याङ्क छैन । अन्तर्राष्ट्रिय लागूऔषध प्रयोग तथा ओसारपसारविरुद्धको दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आयोजित ‘सुईद्वारा लागूपदार्थ प्रयोगकर्ताहरुसँग व्यवहार परिवर्तन सञ्चार कार्यक्रम’मा बोल्दै पूर्वप्रयोगकर्ता मनिश न्यौपानेले समाजमा नकारात्मक सोच भएका मानिसहरुले युवाहरुलाई कुलतमा फसाउने काम गरेको बताउनुभयो ।
‘हामी लागूपदार्थमा फसेकाहरुलाई यसबाट मुक्त पार्न लागिपरेका छौँ, यहाँ कोही कुलतमा फसाउन लागिपरेका छन् ।’, उहाँले भन्नुभयो, ‘उनीहरु र हामीबीच संघर्ष चलिरहेको छ ।’ चितवनमा १० वर्षमा चारदेखि पाँच सय जनाको हाराहरीमा लागूऔषधबाट मुक्त भएको उहाँको भनाइ छ ।
लागूऔषधको प्रयोग सामूहिक रुपमा हुने हुँदा यसबाट मुक्ति पनि समूहमा नै बसेर मिल्ने नमुना एकीकृत विकास परिषद्का कार्यक्रम संयोजक विनोदकान्त शर्मा बताउनुहुन्छ । ‘साथी र समूहले साथ दिनसक्यो भने सबैको व्यवहारमा परिवर्तन ल्याउन सकिन्छ’, उहाँले भन्नुभयो ।
लागूपदार्थ प्रयोग गर्दा प्रयोगकर्ताहरुले सावधानी नअपनाउँदा मृत्युसम्मको जोखिममा पर्ने अर्का पूर्वप्रयोगकर्ता बताउँछन् । सावधानी अपनाउनेतर्फ ध्यान नै नगएको डेढ महिनाअघिसम्म लागूपदार्थको प्रयोग गर्दै आएका उनको अनुभव छ । ‘खाली कसरी डोज पु¥याउने भन्ने सोच हुन्थ्यो, अचेत अवस्थामा प्रयोग गर्ने हुँदा मलाई कहिले पनि सेफ्टी अपनाउनेतर्फ ध्यान नै गएन’, उनले भने ।
कार्यक्रममा पुस महिनायता ६ सय जना लागूऔषध प्रयोगकर्तालाई नमुनाले परामर्श दिएको परामर्श संयोजक उज्ज्वल कोइरालाले जानकारी दिनुभयो । नमुनाले लागूऔषध प्रयोगकर्ताहरुलाई सुरक्षित यौन सम्पर्क र सुरक्षित सुई प्रयोग गर्न सिकाउने गरेको उहाँले बताउनुभयो ।
नमुनाले यस अवधिमा १८ हजार ९३५ सुई साटासाट गरेको र ११ हजार १२८ प्रति कण्डम वितरण गरेको कोइरालाले जानकारी दिनुभयो । सुईद्वारा लागूऔषध प्रयोग गर्दा सावधानी अपनाउनु पर्ने कोइरालाले बताउनुभयो ।
संयुक्त राष्ट्रसंघका अनुसार विश्वमा विभिन्न प्रकारका लागूपदार्थ प्रयोग गर्नेको संख्या २० करोड रहेको छ । नेपालमा गृहमन्त्रालय र केन्द्रीय तथ्याङ्क विभागले २०६३ मा लागूऔषधका कारण जोखिममा रहेको १४ जिल्लामा गरेको सर्वेक्षणले ४२ हजार ९५५ जना पुरूष र तीन हजार ३५५ जना महिला गरी ४६ हजार ३१० जना लागूपदार्थ प्रयोगकर्ताहरु रहेका देखाएको थियो । जसमध्ये चितवनमा २९१ जना महिला र एक हजार ८८० जना पुरूष गरी दुई हजार १७१ जना प्रयोगकर्ताहरु रहेका छन् ।
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको सहयोगमा चितवनमा साताव्यापी रुपमा दिवस मनाइँदै आएको छ ।


Wednesday, June 20, 2012

प्रहरी चौकीमा विनिता बरालको भनाभन


फेसबुक मार्फत विभिन्न गाली बेईज्जत गरेको आरोप लगाउदै चपली हाईट हिरो राज घिमिरेले सोही फिल्ममा आफूसंगै लिड रोलमा खेलेकी  हिरोईन विनिता बराल र मोडल दिक्पाल कार्की विरुद्ध प्रहरी चौकीमा उजुरी दिएपछी लफडा सुरु भएको छ ।

भाई मान्दै आएकी दिक्पालको पक्षमा बोल्न बिनिता बुधबार रातको दश बजे सम्म ललितपुर जावलाखेल स्थित प्रहरी चौकी थिईन् । जहाँ क्राईम डिपार्टमेन्टले आरोप लगाउने पक्ष र आरोपितको बयान लिएको छ । यस्तै प्रहरीले आरोपको घेरामा ज्यादा शंकास्पद देखिएका दिक्पाललाई हिरासतमा पनि राखेको छ । दिक्पालले विनय डिसी र  सगुन केसीको नामबाट चलाउदै आएको फेसबुक एकाउन्ट बाट विभिन्न गाली बेईज्जतीको शब्द दिएको र आफ्नो नम्बर अरुलाई बाढ्दै हिडेको आरोप लगाउदै राजले उनलाई कारबाही गर्न प्रहरी गुहारेका हुन । तर दिक्पालले सो नामको फेसबुक एकाउन्ट आफूले चलाउने नगरेको बताएका छन् तर राजले प्रमाण दर्हो भएको भन्दै दिक्पालकै एकाउन्टबाट आएको  म्यासेज देखाएपछी दिक्पालले आफ्नो एकाउन्ट ह्याक भएको तर्क गरेपछी विवाद थप लम्बिएको छ । दिक्पाललाई त्यस्तो लेख्न विनिताले प्रेरित गरेको भन्दै राजले विनिता पनि दोषी रहेको प्रहरी बयानमा भनेका छन् । आरोप लागेपछी प्रहरी चौकीमा राज र विनिताको चर्को झगडा भएको थियो । बयान लिने क्रममा राज र विनिताको भनाभन यति सम्म भयो कि विनिताले राजको टाउको हेलमेटले फुटाई दिन  पछि नपर्ने पनि  बताईन् ।

यस्तै विवादको घेरोमा दिक्पाललाइ आरोप लगाउने पक्ष  थपिएपछी प्रहरीले पनि घटना गहिरो रहेको भन्दै अनुसन्धानलाई तिब्र ढङ्गमा अघि बढाउने तयारी गरेको छ । जस अनुरुप बिहिबार बिहान फष्ट आवरमा प्रहरीले विवादमा मुछिएका विनिता, दिक्पाल  र राजको थप बयान लिने भएको छ । यसैगरी निर्देशक आलोक नेम्बंग पनि सो विवादमा मुछिएका छन् । घटना घुमारो ढङ्गमा बाँगीएपछी दिक्पालले आलोक नेम्बंगको नाम लिखित रुपमै बयानमा दिएका छन् । उनले बयानमा विगत एक बर्षदेखि आलोकले आफूलाई सेक्सुअली ह्यारेस गरेको उल्लेख गरेका छन् । जसकारण आलोकलाई पनि बयानका लागि प्रहरीले झिकाउने तयारी गरेको हो ।



यस्तै फेसबुक मार्फत गाली बेईज्जत आफूलाई पनि गरेको भन्दै निर्देशक ऋषि लामिछाने, निर्माता राजेश घतानी र स्क्रिप्ट राईटर शिवम अधिकारी पनि प्रहरी चौकी पुगी आफ्नो भनाई राखेका थिए । विनय डिसी भन्ने फेसबुक प्रयोगकर्ता जसले आफूहरुलाई पनि सोही प्रकृतिको छाडा म्यासेज पठाएको उनीहरुको भनाई छ । बिनय डिसी भन्ने सो ब्यक्तिले राज घिमिरेको मोबाईल नम्बर लेखेर पठाउदै हिम्मत भए कल गर भनी धम्की पूर्ण भाषामा विभिन्न अपशब्द प्रयोग गरेको उनीहरुको भनाई छ । 'हाम्रो भनाई केही छैन जो दोषी हो उसलाई कारबाही हुनु पर्छ ।'  प्रहरी चौकीमा भेटिएका निर्देशक लामिछानेले भने । यस्तै निर्माता घतानीले आफुले पनि विनय डिसी नाम गरेको फेसबुक एकाउन्ट बाट सहन नसक्ने गरी गाली पाएको बताएका छन् । 'सुरुमा नम्बरनै दिएर धम्की दिएपछी मेरो पनि केही बेर झगडा भयो पछि परिचय हुदा थाहा भयो राज भनेर अनि घटनालाई प्रहरी सम्म पुर्याउन मैले पनि सहयोग गरेको हुँ उसलाई'  स्क्रिप्ट राईटर अधिकारीले भने ।

'म कुनै हालतमा अपराधीलाई छोड्ने छैन् किन कि यो अपराधीले तपाईलाई भोली पनि दुःख दिनसक्छ त्यसैले अपराधी पत्ता नलागुनजेल सम्म थाक्ने छैन म ।'  हिरो राजले भने । उनले आफ्नो नम्बर दिक्पालले बाड्दै हिडेको र विभिन्न पक्षबाट अनावश्यक धम्कीको भाषामा फोन आएकाले प्रहरीको साहारा लिएको बताए ।  उता विनिता बरालले कुनै पनि हालतमा आफूहरु दोषी नरहेको भन्दै कानुनत डटेर अघि बढ्ने बताईन् । उनले भनिन् 'मेरो भाई निर्दोष छ त्यसैले उसका लागि म लड्न सक्छु ।'  विनिताले पनि प्रहरीको बयानमा विवादको जड आलोकनै रहेको बताएकी छिन् । तर आलोकको प्रसङ्ग किन कसरी आयो प्रष्टीसकेको छैन् । चपली हाईट खेलेपछि आलोक संग बिनिताको सम्बन्ध बिग्रीएको थियो जुन सम्बन्ध ३६ को आकंडामा  परिणत  भएको  छ  अहिले ।


हालको सम्मको प्रहरी बयानमा राज भन्दा दिक्पाल कमजोर देखिएपछी ईन्सपेक्टर अवधेष विष्टले क्राईम स्पेशलिष्टलाई मुद्दा ह्याण्ड ओभर गरेका छन् । बुधबार दिनभर उक्त  मुद्धा उनले हेरेका थिए । विशेषत  दिक्पालको साथी उज्जवल गिरीले विनय डिसी र सगुन केसीको फेसबुक एकाउन्ट दिक्पालले नै चलाएको आफूले प्रत्यक्ष  देखेको भनी प्रहरीमा बयान दिएपछी राजको ईश्यू मजबुत भएको छ ।  चौकीमा दिक्पालका सहकर्मी एसराज जो हिरो हुन  र मोडल सौरभ राज तुलाधरले पनि दिक्पाल दोषी हुन सक्ने तर्क गरेका छन्  । यध्यपी प्रहरीले अनुसन्धान प्रक्रिया  पुरा भईसकेपछि मात्र दोषी ठहर गर्ने बताएको छ ।

भैरहवाको १३ बर्षिय बालिकाले गरिन् चमत्कार

७ असार, भैरहवा । भैरहवाको सिद्धार्थनगर ८ बसडिलवा स्थित फ्युचरलाईट ईग्लीश बोर्डिंग स्कुलको कक्षा ८ मा पढ्ने प्रेमा लाम्गादेले घरायसी सामाग्री प्रयोग गरि इस्काभेटर बनाएर चमत्कार गरेका छन् । काठका टुक्रा, साना नट स्क्रु, पेच, सिरीन्ज, आईभी पाईप, धागो फलामको पाता प्रयोग गरी उनले इस्काभेटर बनाएकी हुन् ।

हाईड्रोलिक प्रेसरको मद्धतले यो मेसिन चल्छ, कक्षा १० को बिज्ञान किताबमा प्रेसर भन्ने पाठमा यसको बारेमा लेखिएको छ । दिदिको किताव पढेर इस्काभेटर बारेमा जानकारी लिएर र बनाएका उनले बताईन् ।
बिद्यालयका बिज्ञान शिक्षक मनोज चौधरीको सहयोगमा ४ दिनमै निर्माण भएको र निर्माण खर्च ५ सय रुपैया सरले नै सहयोग गरेको लाम्गादेले बताए ।

ईस्काभेटर बनाउन लाम्गादेले सिरीन्ज तथा आईभी पाईप प्रयोग गरेकी छिन् । पाईपमा रहेको पानीलाई सिरीन्जले प्रेसर दिँदा पिस्टनमा फोर्स आई यन्त्र दाया बाया र तल माथी चल्ने उनले बताईन् ।यसै प्रबिधीलाई आधार मानेर ठुलो इस्काभेटर र डोजर निर्माण गर्न सकिने उनको दाबी छ ।
रुपन्देहीमा आयोजना भएको बिज्ञान प्रदर्शनीमा प्रथम भएको उनको इस्काभेटर क्षेत्रिय शिक्षा निर्देशनालयले पोखरामा आयोजना गरेको क्षेत्रिय स्तरको प्रतिभा पहिचान प्रतियोगितामा तृतिय स्थान आउन सफल भएको स्कुलका प्रिन्सिपल गंभीर गुरुंगले बताए । लाम्गादे बिद्यालयकी उत्कृष्ट बिद्यार्थी हुन् । उनलाई बिद्यालयले निशुल्क अध्यापन गराउँदै आएको प्रिन्सिपल गुरुङ्गले बताए । १३ बर्षिय प्रेमा लाम्गादेको मन पर्ने बिषयमा बिज्ञान र अंग्रेजी हो भने उनले बताईन् ।

यौन शोषणको आरोपमा चपली हाइटकी हिरोइन विनिता बराल पक्राउ



काठमाडौं, असार ७ – यौनको विषयमा बनेको फिल्म चपली हाइटबाट चर्चामा आएकी हिरोइन विनिता बरालसहितका केही कलाकारलाई प्रहरीले पक्रेको छ। यौन शोषण, धम्की र दुर्व्यवहारको आरोपमा ललितपुर प्रहरी परिसरले उनीलगायत चपली हाइटका हिरो राज घिमिरेलगायतलाई हिजो रातिदेखि थुनामा राखेको हो।

गम्भीर अपराधको आरोपमा उनीहरुलाई हिरासतमा लिइएको प्रहरीस्रोतले जानकारी दियो। हिरासतमै राखेर उनलाई अनुसन्धान गर्नुपर्ने भएकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

जसलाई मिस गर्‍यो, उसैले टुप्पी उखेल्ने

किशोर पन्थी
सरकारी स्कुल पढियो । डङ्कीको अर्थ राक्षस हो भनेर पढियो ५ कक्षासम्म । ७ कक्षामा चाररुले कपीमा राम्रोसाग एबीसीडी लेख्न सिकेको मलाई अंग्रेजी निकै गाह्रो लाग्ने । मेरा कैयन् साथीहरु एसएलसीपछि पनि अंग्रेजीलाई निकै ठूलो हाउगुजी ठान्थे । मलाई पनि त्यस्तै हाउगुजी लाग्थ्यो, अंग्रेजी । त्यसैले एसएलसीमा पनि राम्रो नम्बर आएन, अंग्ेरजीमा । तर मेरो बानीचाहिा अलिक फरक । जुन कुरा हाउगुजी बनेर स्थापित भएको छ, त्यसैसाग जुध्ने मेरो बानी । जहिले पनि हाउगुजीकै आन्द्राभुाडी खोतल्न मन लाग्ने मलाई ।
स्कुलमा हाउगुजी बनेको अंग्रेजीलाई कलेजमा भने मैले मुख्य विषय बनाएा । कलेजस्तरमा अंग्रेजी साहित्य पढ्ने सनक जाग्यो मलाई । कलेज पढ्दा बीएको मेजर इङ्लिसमा सुकरातबारे एउटा आलेख पढेको थिएा । युवाहरुलाई बरालेको आरोपमा हेम्लक खुवाएर मारिएका एक जना दार्शनिक, सुकरात । हुनत सुकरातबारे स्कुल लेभलमै पनि नेपालीमा पढिएको थियो तर त्यतिबेला बुझेर पढिएन । बीएमा चाहिा अंग्रेजी भाषामै सही, सुकरातबारे अलिक बुझेर पढियो । नयाा सिद्धान्तअनुसार अगाडि बढ्न खोजेका कारण सुकरातको विचार अस्वीकृत भएको थियो उनको पालामा । आध्यारोमा गुम्सिएकाहरुलाई उज्यालोमा ल्याउादा एकैछिन उनीहरुका आाखा तिर्मिराएर केही पनि देख्दैनन् भन्थे सुकरात । त्यही आाखा तिर्मिराउनेहरुले सुकरातको हत्या गरे ।
कुरा दर्शनको मात्र होइन, विज्ञानको विकास आविष्कार हुादा पनि सुरुमा थोरै मानिसले मात्र त्यसलाई ग्रहण गर्छन् । र, त्यो विज्ञानमाथि भीषण आक्रमण हुने गरेको तथ्य ग्लालेलियो, ब्रुनोलगायतको इतिहासबाट पनि स्पष्ट हुन्छ । कम्युनिस्ट आन्दोलनमा पनि लेनिनले माक्र्सवादको सिर्जनात्मक प्रगोग गर्न खोज्दा माक्र्सवादका संरचना छोडेको भन्दै रुढिवादी र परम्परावादी माक्र्सवादीहरुबाट लेनिनमाथि वैचारिक आक्रमण भयो । लेनिनको विरोध गर्ने सूचीमा काउत्सीहरु पनि थिए । माओले माक्र्सवादको मौलिक प्रयोग गर्दै चीनमा क्रान्तिअगाडि बढाउन खोज्दा बोल्सेबिक समूहले रुसी मोडल नै चीनमा लागू गर्न खोजेका थिए । सृजनात्मक प्रयोग गर्न खोज्नेहरुमाथि जहिले पनि पुरानो चिन्तन राख्नेहरुले आक्रमण गर्दै आएका छन् ।
एकीकृत नेकपा माओवादी (यो लेख लेख्दासम्म मोहन वैद्यले पार्टी फुटालिसकेका छैनन्) का एक जना नेता छन्, मोहन वैद्य । केही महिनाअगाडि यिनको ६७ औं जन्मदिन थियो । थरले वैद्य भए पनि यिनी मान्छेको उपचार गर्न जान्दैनन् । बरु मान्छेलाई बिरामी बनाउन चाहिा यिनी निकै माहिर छन् । मान्छेलाई मात्र होइन, यिनले आफ्नो पार्टीलाई पनि बिरामी बनाएका छन् । उमेरले पनि बूढा भएकाले होला, यिनले आफ्नै पार्टीलाई टाउको दुख्दा वा ज्वरो आउादा सिटामोल होइन, मेटासिड खुवाउादै आएका छन् ।
कुरा स्पष्ट छ, प्रचण्ड–बाबुरामहरुले कार्यनीतिमा सृजनशीलता नअपनाएको भए माओवादीको हालत भारतका नक्सलवादीको भन्दा खराब हुन सक्ने या त पेरुको जस्तो अवस्था आउने सम्भावना थियो । तर प्रचण्ड–बाबुरामहरुले अपनाएको सृजनशीलतामाथि माक्र्सवाद छाडेको भन्दै मोहन वैद्यहरुले लगातार आक्रमण गर्दै आएका छन् । त्योबाहेक प्रचण्ड–बाबुरामहरुले अपनाएको सृजनशीलतामाथि विपक्षी दलहरुले आक्रमण गर्नु त स्वनभाविकै हो । पार्टीभित्रका होउन् वा बाहिरका, सृजनात्मक प्रयोग गर्न खोज्नेहरुमाथि पुरानो चिन्तन राख्नेहरुबाट भएको आक्रमणको पछिल्लो उदाहरण हो यो ।

२०६० सालताका यिनी जेल परेका थिए । जेल पर्नुभन्दा केही वर्षअगाडिसम्म यिनले प्रचण्डको निकै प्रशंसा गर्थे । उतिबेला प्रचण्डपथ पारित गराउने र प्रचण्डपथको व्याख्या गर्नेमा सबैभन्दा अगाडि मोहन वैद्यहरु नै थिए । २०६२ सालतिर माओवादीभित्र बाबुराम र प्रचण्डको विवाद उत्कर्षमा पुगेका बेला प्रचण्ड–बाबुरामहरुले मोहन वैद्यको ठूलो अभाव महसुस गरेका थिए । यद्यपि त्यतिबेला मोहन वैद्य जेलमा नभएको भए, माओवादी अहिलेसम्म भारतका नक्सलवादीको भाग २ बनिसकेको हुन्थ्यो, सायद ।
२०६२ सालताका माओवादीमा विवाद चर्कंदा बाबुराम र प्रचण्डहरुले मोहन वैद्यलाई खुबै मिस गरेका थिए । माओवादी पार्टी त्यतिबेला फुटको साघारमा पुग्दा छोरीमार्फत पार्टी नफुटाल्न जेलबाटै सन्देश पठाउने व्यक्ति पनि मोहन वैद्य नै हुन् । मोहन वैद्य भएको भए अभिभावकको भूमिका खेल्ने थिएा, पार्टीको उपचार गर्ने थिएा भन्दै बाबुराम र प्रचण्डहरु निकै रोएका पनि हुन् । २०६२ सालको चुनवाङ बैठकमा भयंकर रुवावासी हुादा वैद्यलाई प्रचण्ड–बाबुरामहरुले निकै मिस गरेका थिए । जेलमा हुादासम्म कुनै पनि हालतमा पार्टी फुटाउनुहुादैन भनेर भावुक सन्देश पठाउने वैद्य जब जेलबाट छुटे, छुट्नासाथ पार्टीमा विखण्डनको बीउ रोपे । पहिले मोहन वैद्यलाई मिस गर्दै रोएका प्रचण्ड–बाबुरामलाई पछि जेलबाट निस्केका वैद्यले पार्टीमा विभाजनको बीउ रोपेर धुरुक्कै रुवाए । सायद सुकरातले भनेजस्तै अन्धकारबाट बाहिर उज्यालोमा निस्कादा वैद्यका आाखा तिर्मिराए । युद्धको भुमरीबाट खुला राजनीतिमा आउादा यिनका आाखा तिर्मिराए । विखण्डनको बीउलाई हुर्कन नदिन प्रारम्भदेखि नै प्रचण्डले अनेक प्रयास गरे । मोहन वैद्यसागै मिलेर अगाडि पनि बढे, तर पनि वैद्यहरु बाउाठिन नछाडेपछि पहिले वैद्यलाई मिस गर्दै बेकार रोइएछ जस्तो लाग्दै होला प्रचण्ड–बाबुरामलाई ।
२०६३ साल भदौमा बसेको कामीडााडा बैठकमा त्यो बीउ अंकुराइसकेको थियो । त्यसैले जहिले पनि विद्रोहको बाजा बजाउने मोहन वैद्यहरुलाई शान्त पार्न शान्तिपूर्ण हिसाबले संविधानसभाको निर्वाचन हुन नसक्ने भन्दै जनविद्रोह आवश्यक रहेको ठहरसमेत गरिएको थियो, त्यो बैठकमा । माओवादी सरकारमै रहेको बखत २०६५ साल मंसिरको खरिपाटी भेलामा जनविद्रोहका लागि स्थिति परिपक्व भएको भन्दै जनपिद्रोहको कार्यनीति तय गर्नुपर्ने प्रस्तावै पेस गरे मोहन वैद्यले । मोहन वैद्यको प्रस्तावलाई समेटेको भन्दै जनताको संघीय लोकतान्त्रिक राष्ट्रिय गणतन्त्रको कार्यनीति ल्याइयो, जसले माओवादीका कार्यकर्ताहरुलाई समेत अलमलमा पारेको थियो ।
जतिबेला पनि विद्रोहको रट लगाउने मोहन वैद्यहरु यतिबेला माओवादी पार्टी फुटाल्ने तयारीमा छन् । यो आफ्नै खुट्टामा बन्चरो हान्नुबाहेक अरु केही हुनै सक्दैन । माक्र्सवादको सृजनात्मक प्रयोगको विरोध गर्दा मोहनविक्रमहरु जसरी पलायन भए, त्यही बाटोमा छन्, मोहन वैद्यहरु । गलत कार्यनीतिका कारण सबै चीज गुम्न सक्ने र सही कार्यनीतिका कारण नभएको चीज पनि प्राप्त हुन सक्ने यथार्थलाई मोहन वैद्यहरुले लत्याउन खोजिरहेका छन् ।
अहिले वैद्य समूह जडसूत्रवादबाट ग्रस्त भएको स्पष्ट छ । अर्कातर्फ माओवादीमा देखिएको टक्कर पनि माक्र्सवादको परम्परागत जडसूत्रीय प्रयोग र सृजनात्मक प्रयोगबीचको टक्कर हो । परम्परागत जडसूत्रीय सोचबाट माओवादीमा जनविद्रोहमार्फत जनवादी गणतन्त्र स्थापना गर्ने धारको नेतृत्व वैद्यसमूहले गरिरहेको छ । क्रान्तिको पुनरावृत्ति असम्भव छ तर क्रान्तिको विकास सम्भव भन्ने मान्यतालाई पनि वैद्यहरुले अस्वीकार गरिरहेका छन् । माक्र्सवादको सृजनात्मक प्रयोग गर्न नजान्नेहरुले नै विकास होइन, पुनरावृत्तिको प्रयास गर्छन् । माओवादीमा एकातिर वैद्य समूहबाट यस्तै खालको पुनरावृत्तिको प्रयास भइरहेको छ भने अर्कातर्फ प्रतिक्रान्तिलाई रोक्ने संगठनात्मक सिद्धान्त, विधि र मान्यताको विकास माओवादीमा भएको छैन । त्यसैले माओवादीमा जुन समूहले माक्र्सवादको सृजनात्मक प्रयोग गर्छ त्यो प्रगतिको बाटोमा जान्छ, जुन समूह जडसुत्रवादमा जकडिएर पुरानो ढंगकै विद्रोहको कुरा गर्छ, त्यो पतनको बाटोमा जानेछ ।
vie. whitehimal tv

जेठमा मात्र ५७ हजार विदेश गए

चालू आर्थिक बर्षकै उच्च

७ असार, काठमाण्डौं । जेठ महिनामा झण्डै २ हजारका दरले नेपाली युवा कामका लागि विदेशिएका छन् । मुलुकभित्र बढेको राजनैतिक अस्थिरताका कारण रोजगारीको सम्भावना न्युनभएपछि युवा जनशक्ति विदेश पलायन हुनेक्रम गत महिना अस्वभाविक रुपमा बढेको हो ।
बैदेशिक रोजगार विभागका अनुसार जेठमा ५७ हजार ५ सय ७८ युवा विदेसिएका हुन् । यो अघिल्लो जेठको तुलनामा झण्डै २७ प्रतिशतले बढि रहेको खबर आजको कारोबार दैनिकले छापेको छ । गत आर्थिक बर्षको जेठमा सस्थागत र व्यक्तिगत गरी ४१ हजार ४ सय ६४ कामदार वैदेशिक रोजगारी गएका थिए । जेठमा विदेश जानेको संख्या यो आर्थिक बर्षकै बढी हो । बैशाखको तुलनामा यो संख्या ८ हजार ३ सय २५ ले बढी रहेको छ । यो अवधिमा विदेश जाने पुरुष कामदारको संख्या ४ लाख २० हजार ९० पुगेको छ भने महिलाको संख्या ११ हजार ७ सय ४ रहेको छ ।

एक महिना भित्रमा एसएलसीको उत्तर पुस्तिका हेर्न पाइने

७ असार, काठमाण्डौं । के तपाई एसएलसी परीक्षाको नतिजालाई लिएर खिन्न हुनुहुन्छ ? यदि हुनुहुन्छ भने खुसीको खबर । तपाईले अब करिव एक महिना पछि आफ्नो उत्तरपुस्तिका हेर्न पाउनुहुनेछ । कुन प्रश्नको जवाफमा कति नम्बर प्राप्त गर्नुभएको छ, त्यो पनि हेर्न पाउनुहुनेछ ।
तर, तपाईले सुरुमै उत्तर पुस्तिका हेर्न पाउनुहुन्न । उत्तर पुस्तिका हेर्नुअघि तपाईले रिटोटलिङ अर्थात पुर्नर्योगको लागि निवेदन दिनुपर्नेछ । त्यसका लागि तपाईले ३ सय रुपैयाँ दस्तुर बुझाउनुपर्ने छ । रिटोटलिङको जानकारी निवेदन दिएको १५ दिन भित्र परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले तपाईलाई उपलब्ध गराउने खबर आजको राजधानी दैनिकले छापेको छ ।
रिटोटलिङमा पनि चित्त नबुझे तपाईले उत्तरपुस्तिका हेर्न पाउँ भनी निवेदन दिनुपर्ने छ । यसका लागि प्रति पुस्तिका हजार रुपैयाँ बुझाउनुपर्ने प्राबधान रहेको छ । विषयगत विज्ञसँगै पनिकाले उत्तर पुस्तिका देखाउने छ र तपाईले विज्ञसँग छलफल पनि गर्न सक्नुहुनेछ ।
पनिकाले इतिहासमा पहिलो पटक परीक्षार्थीलाई उत्तरपुस्तिका हेर्न दिन लागेको हो । पनिकाले साउन १ गतेदेखि विद्यार्थीलाई यो अवसर प्रदान गर्न लागेको जनाएको छ ।
vie. onlinekhabar

असन्तुष्ट नेताहरुको निश्कर्ष ‘एमालेकै कारण संविधानसभा भंग’

काठमाडौ, असार ७ – नेकपा एमालेका असन्तुष्ट मधेसी र जनजाति नेताहरुले तत्कालका लागि पार्टीमै बसेर संघर्ष गर्ने निर्णय गरेका छन् । काभ्रेको धुलिखेलमा चलिरहेको मधेसी र जनजाति नेताहरुको भेलामा एमालेकै कारण संविधानसभा भंग भएको निष्कर्ष निकालेको नेता राजेन्द्र श्रेष्ठले बताउनुभयो ।
सकभर पार्टीमै बसेर मागहरुको सुनुवाई गराउने, नभएमा नयाँ पार्टी गठन लगायतका विकल्प खुल्ला रहेको श्रेष्ठको भनाई छ । केन्द्रीय समितिमा रहेका झण्डै २० जना सहभागी रहेको भेलाले नेतृत्व सही मार्ग सम्बोधन गर्ने कुरामा सकारात्मक नभएको निष्कर्ष पनि निकालेको छ ।
असन्तुष्ट नेता श्रेष्ठले एमाले नयाँ सामन्तको पार्टीमा रुपान्तरण हुँदै गएकाले संगै बस्ने सम्भावना कम हुँदै गएको बताउनुभयो ।
यसैबीच पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न  बिहीबारदेखि एमाले केन्द्रीय कमिटी बैठक बस्दैछ । समसामयिक राजनीतिक अवस्था, मधेसी तथा जनजाति नेताहरुको असन्तुष्टी र भेलाबाट पारित दस्तावेजलाई अन्तिम रुप दिन दिउँसो १२ बजे केन्द्रीय कमिटी बैठक बस्ने सचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।
vie. unn

नेपाली काँग्रेस चितवन विघटन

भरतपुर । नेपाली काँग्रेस केन्द्रीय समितिले जिल्ला कार्यसमिति चितवन विघटन गरेको छ । तरुण दल चितवनका अध्यक्ष शिव पौडेलको हत्या प्रकरणमा पार्टी जिल्ला नेतृत्वले असहयोग गरेको भनी पार्टी केन्द्रीय समितिले जिल्ला सभापति विकास कोइरालासँग स्पष्टीकरण सोधेको र चित्त बुझ्दो स्पष्टीकरण नआएको भन्दै जिल्ला कमिटी चितवन विघटन गरेको हो ।
झण्डै दुई वर्षअगाडि विकास कोइरालाको नेतृत्वमा निर्वाचनबाट जिल्ला कार्यसमिति गठन भएको थियो । हत्या अभियोगमा पुर्पक्षका लागि भरतपुर कारागारमा रहेका समयमा तरुण दल चितवनका अध्यक्ष पौडेलको हत्या भएको थियो ।
सो घटना पछि काँग्रेस चितवनको गतिविधि प्रायः शून्यजस्तै भएको थियो । काँँग्रेस केन्द्रीय समिति बैठकले आज बिहीबार काँग्रेस चितवनको तदर्थ समिति गठन गर्ने निर्णयसमेत गरेको छ ।


चितवनमा छैन दुव्र्यसनीको यकिन तथ्याङ्क

भरतपुर । चितवनमा लागूऔषध प्रयोगकर्ताहरुको यकिन तथ्याङ्क नभएको यसको क्षेत्रमा कार्यरत संघसंस्थाहरुले जनाएका छन् । सरकारले लागूऔषध दुव्र्यसनीको तथ्याङ्क संकलन गर्न नसकेको समेत उनीहरुले आरोप लगाएका छन् ।
सन् २००७ मा गृहमन्त्रालय र केन्द्रीय तथ्याङ्क विभागले १४ जिल्लामा गरेको सर्वेक्षणअनुसार चितवन जिल्लामा दुई हजार ८१ जना लागूऔषध प्रयोगकर्ता रहेको जनाएको थियो । त्यसयता कुनैपनि संघसंस्थाले आधिकारिक रुपमा प्रयोगकर्ताहरुको सर्वेक्षण गरेका छैनन् । यसको क्षेत्रमा काम गरेका संघसंस्थाहरुले फरकफरक अनुमानित तथ्याङ्क प्रस्तुत गर्ने गरेका छन् ।
लागूऔषध दुव्र्यसनीको क्षेत्रमा काम गर्ने सपोर्ट एण्ड केयरले चितवन जिल्लामा करिब चार हजारको हाराहारीमा लागूपदार्थ दुव्र्यसनी रहेको जनाएको छ । २०६१ सालमा विधिवत रुपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भई सञ्चालनमा आएको पुनस्र्थापना केन्द्रले लागू पदार्थबाट मुक्त भएका पूर्वदुव्र्यसनीहरुलाई आवासीय सुविधासहित व्यावसायिक एवम् रोजगारमूलक सीप प्रदान गर्ने गरेको केन्द्रका निर्देशक दीपक पौडेलले जानकारी दिनुभयो ।
हालसम्म ६९ जना पूर्वदूव्यसर्नीहरुले सेवा लिएको उहाँले बताउनुभयो । केन्द्रबाट तालिम लिएका उनीहरुमध्ये २२ जना स्वरोजगार, २६ जना समाजमा पुनस्र्थापित भएको, आठ जना अध्ययनमा फर्किएको, सात जना वैदेशिक रोजगारमा रहेको चार जना पुनस्र्थापना केन्द्रमा स्वयम्सेवकको रुपमा काम गर्दै आएको र तीन जना पुनः दुव्र्यसनमा फर्केको उहाँले जानकारी दिनुभयो ।
यता, चितवनमा करिब दुई हजार ३२० जना लागूपदार्थ सेवनकर्तारहेको नमुना एकीकृत विकास परिषद् चितवनले जनाएको छ । नमुना चितवनका कार्यक्रम संयोजक विनोदकान्त शर्माले नमुनाको सम्पर्कमा आएका दुव्र्यसनकर्ताहरुको आधारमा यो तथ्याङ्क निकालिएको बताउनुभयो ।
त्यस्तै जिल्ला एड्स समन्वय समिति चितवनले ६ महिनाअगाडि सार्वजनिक गरेको तथ्याङ्कमा करिब दुई हजार लागूपदार्थ प्रयोगकर्ता रहेको जनाइएको छ ।
लागूपदार्थको क्षेत्रमा काम गर्ने भन्दै खोलिएका संस्थाहरु लागूपदार्थको यकिन तथ्याङ्कविना अनुमानित तथ्याङ्कका आधारमा हिँड्दा बगे्रल्ती खोलिएका पुनस्र्थापना केन्द्र र यसको क्षेत्रमा खोलिएका विभिन्न संघसंस्थाको औचित्यमा प्रश्न खडा भएको छ । उनीहरु तथ्याङ्क संकलन गर्ने जिम्मेवारी सरकारको भएको भन्दै पन्छिन खोज्ने गरेका छन् ।
‘तथ्याङ्क संकलन सरकारले गर्नुपर्ने हो तरपनि पाँच वर्षअगाडि भएको सर्वेक्षणका आधारमा हामीले तथ्याङ्क प्रस्तुत गर्दै हिँड्नु परेको छ’, नमुनाका कार्यक्रम संयोजक शर्माले भन्नुभयो । तथ्याङ्क संकलन गर्ने काम गाह्रो रहेको उहाँको भनाइ छ ।
यसैबीच ‘लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस’ चितवनमा साताव्यापि रुपमा मनाइने भएको छ ।
हरेक वर्ष जुन २६ तारिकका दिन मनाइने दिवस यस वर्ष असार १२ गते परेको छ । दिवस यस वर्ष संसारभर ‘लागूऔषधरहित स्वास्थ्य समुदायको लागि सर्वव्यापि अभियान’ भन्ने नाराकासाथ मनाइन लागिएको हो ।
दिवसको अवसरमा आज बिहीबार जिल्ला प्रहरी कार्यालय भरतपुरमा ‘लान्छना र भेदभाव विषयक कार्यशाला गोष्ठी’को आयोजना गरिएको थियो ।


अज्ञात व्यक्तिले कुट्दा चार घाइते

नारायणगढ । नारायणगढको चमेली बिग बजारमा अज्ञात व्यक्तिको आक्रमणबाट तीन जना महिला व्यवसायीसहित चार जना घाइते भएका छन् ।
नचिनेका दुई जना केटा र एक जना केटीको आक्रमणबाट सो बजारमा रहेको न्यू एट्राक्सनकी गीता अर्याल, एप्पल ब्राण्डेडकी  गंगा कार्की र पूजा व्यूटी पार्लरकी शर्मिला श्रेष्ठ घाइते भएका हुन् । घाइतेहरुको टाउको र अनुहारमा चोट लागेको छ ।
त्यस्तै उनीहरुको आक्रमणबाट छुट्याउन गएका साजनकुमार पन्तसमेत घाइते भएका हुन् । आफ्नो पसलअगाडि सवारी रोकेको अवस्थामा सवारी पार्किङमा राख्न आग्रह गर्दा आफूमाथि दुई जना पुरूषले आक्रमण गरेको न्यु एट्राक्सनकी अर्यालले बताउनुभयो ।
आक्रमण गरिएकी महिलामध्ये कार्की गर्भवती महिला हुन् । उनलाई पुरूषहरुले लछारपछार गर्दै पेटमा लात्तीले हानेका थिए । उनीहरुले व्यवसायीलाई मोटरसाइकलको हेलमेटले समेत हानेको बताइएको छ ।
आक्रमणपछि त्यसको विरोधमा चमेली बिग बजार बन्द गरिएको बजार व्यवसायी मञ्चका अध्यक्ष कृष्णहरि तिमिल्सिनाले जानकारी दिनुभयो । आक्रमणकारी भने फरार रहेको बताइएको छ ।
यसैबीच व्यवसायीहरुले बुधबार नै जिल्ला प्रहरी कार्यालय चितवन पुगी सुरक्षाको माग गरेका छन् ।


पुस २५ देखि चितवन महोत्सव

नारायणगढ । प्रत्येक दुई÷दुई वर्षमा हँुदै आएको चितवन महोत्सव आगामी पुस २५ गतेदेखि माघ ५ गतेसम्म हुने भएको छ ।
चितवन जिल्लाको समग्र आर्थिक एवम् सामाजिक कला, संस्कृतिको समुन्नत विकासको लागि आयोजना गरिँदै आएको महोत्सव यस पटक विगतभन्दा पृथक ढंगले आयोजना हुन लागेको आयोजकले जनाएको छ ।
उद्योग वाणिज्य संघ चितवन, जिल्ला विकास समिति, भरतपुर नगरपालिका, रत्ननगर नगरपालिका र रत्ननगर उद्योग वाणिज्य संघको संयुक्त आयोजना महोत्सव हुनेछ । महोत्सव यस पटक नवौं हो । महोत्सव सम्पन्न गर्न आयोजक संस्थाहरुको बैठकले उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष डा.तिलचन्द्र भट्टराईलाई मूल संयोजकको रुपमा चयन गरेको छ ।


प्रहरीको अभियानले मापसेमा कमी

भरतपुर ।  मापसे अभियान प्रभावकारी भएपछि रातिको समयमा मादक पदार्थ सेवन गरी सवारी चलाउनेको संख्यामा कमी आएको छ । प्रहरी सक्रियता बढेसँगै मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउनेको संख्यामा कमी भएको प्रहरीले बताएको छ ।
पछिल्लो पटक चितवन प्रहरीले मादक पदार्थ सेवनविरुद्ध चलाएको अभियानअन्तर्गत मंगलबार राति एक जना पक्राउ गरेको छ । प्रहरीका अनुसार सुरूसुरूका दिनमा कारबाही पर्नेको संख्या बढेको भएपनि अहिले क्रमशः घट्दै गएकाले मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउनेको संख्या घटेको अनुमान गरिएको हो ।
यस्तै मंगलबार प्रहरी र ट्राफिक प्रहरीकोे संयुक्त चेकजाँचको क्रममा सवारी नियम उल्लंघन गर्ने सवारी चालकहरुबाट १५ हजार ५० रुपैयाँ राजस्व संकलन गरिएको छ ।


बछौली उपस्वास्थ्य चौकीको स्तोरोन्नति

बछौली । पूर्वी चितवनको बछौली उपस्वास्थ्य चौकी स्तरोन्नति भई स्वास्थ्यचौकीमा परिणत भएको छ । व्यवस्थापन समिति र विभिन्न राजनीतिक दलको संयुक्त बैठक बसी स्वास्थ्यचौकीको रुपमा सेवा सञ्चालन गरेको हो । 
निजामती किताबखानाले २०६८ वैशाख १८ गते स्वीकृती दिएपछि सरकारले २०६८ साल साउन १३ गते उपस्वास्थ्य चौकीलाई स्वास्थ्यचौकीमा स्तरवृद्धि गरेको थियो । देशभरका उपस्वास्थ्य चौकीलाई स्वास्थ्य चौकीमा परिणत गर्ने सरकारको उद्देश्यअनुसार बछौली उपस्वास्थ्य चौकीको पनि स्तरवृद्धि भएको स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तेजेन्द्रनाथ लामिछानेले जानकारी दिनुभयो । चितवन जिल्लामा वछौली उपस्वास्थ्य चौकीसहित ११ वटा उपस्वास्थ्य चौकीको स्तरवृद्धि भएको छ ।
सरकारको दरबन्दीअनुसार सो स्वास्थ्य चौकीमा अब हेल्थ एसिस्टेन्ट एकमणि महतो सहित, तीन जना अहेब र दुई जना अनमीले काम गर्ने छन् । स्वास्थ्य चौकीमा स्थानीयको सहयोगमा ल्याबसमेत संचालनमा रहेको छ ।


पूmलबारी पूर्ण साक्षर गाविस घोषणा हुने

भरतपुर । चितवनमा पहिलो पटक फूलबारी गाविसलाई पूर्ण साक्षर गाविस घोषणा गरिने भएको छ । फूलबारी गाविसको कार्यालय, सामुदायिक अध्ययन केन्द्र र स्थानीय राजनीतिक दलको सक्रियतामा फूलबारीलाई पूर्ण साक्षर गाविस घोषणा गर्न लागिएको हो ।

साक्षरतापछि निरन्तर शिक्षाको लागि र महिला र पिछडिएका समुदायको सशक्तीकरणका लागि अभियान राखिएकोप्रति जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले स्वागत गर्नुभयो । कार्यक्रमले शिक्षा र साक्षरता कार्यक्रमको क्षेत्रमा सकारात्मक प्रभाव पार्ने उहाँको भनाइ छ ।


एमाओवादी कार्यालयमा नाराबाजी

भरतपुर । चितवनको माओवादी पार्टी कार्यालयमा बुधबार नाराबाजी भएको छ । संस्थापन पक्ष एकीकृत नेकपा माओवादीका कार्यकर्ताहरुले पार्टी कार्यालय छाड्न वैद्य पक्षीय नेकपा, माओवादीका कार्यकर्तालाई दबाब दिन सो नाराबाजी गरेका हुन्  ।
संस्थापन पक्षीय नेता एवम् चितवन क्षेत्र नम्बर ४ का इन्चार्ज सुदर्शन पौडेल प्रज्ज्वलले एक साताभित्र पार्टी कार्यालय खाली गराउन आफूहरुले अल्टिमेटम दिएको बताउनुभयो । उहाँले कृष्णपुरस्थित पार्टी कार्यालय एकीकृत नेकपा माओवादीको भएको र नयाँ गठन भएको पार्टीका नेता तथा कार्यकर्ताहरुले स्वाभाविक रुपमा छाड्नुपर्ने बताउनु भयो ।
यता, नवगठित नेकपा, माओवादीका जिल्ला नेता लालबहादुर तामाङले भने पार्टी कार्यालय आफुहरुकै भएकाले नछाड्ने दावी गर्नुभयो । पार्टी विभाजनसँगै चितवनको पार्टी कार्यालय दुबै पक्षले दावी गर्दै आइरहेका छन् ।
चितवनमा पार्टी इन्चार्ज अनिल शर्मा ‘विरही’, सहइन्चार्ज शोभा कट्टेललगायतका नेता कार्यकर्ताहरु नयाँ पार्टी नेकपा, माओवादीमा छन् भने सहइन्चार्ज घनश्याम दाहाल ‘अविनाश’, ठाकुर ढकाललगायतका नेता कार्यकर्ताहरु भने एकीकृत माओवादीमै छन् ।
यसैबीच नवगठित नेकपा, माओवादी चितवनले आफ्नो जिल्ला समिति गठन गरेको छ । समितिको जिल्ला इन्चार्जमा शोभा कट्टेल, सहइन्चार्जमा अम्बिका मुडभरी र सेक्रेटरीमा मधुर नेपाल ‘विप्लव’ रहेका छन् ।

Tuesday, June 19, 2012

नेपाली राजनीतिको विरासत टुटफूट र विखण्डन




विधुर ढकाल
‘टुटफुट खण्डित कुरा नगर, आत्मसमर्पणको कुरा नगर । बरु एकताको कुरा गर, ..................’ माथि उल्लेखित गीत माओवादी जनयुद्धको उत्कर्षको वेला देखिएको विखण्डनबादका विरुद्ध रचिएको गीत हो । यस गीतले माओवादीको जनयुद्ध ताका राम्रै चर्चा र स्थान पाएको थियो । हरेकजसो माओवादीका कार्यक्रममा यही गीत गाइन्थ्यो र यही गीतको तालमा जनवादी कलाकारहरु नाच्थे । म सम्झन्छु यो गीत आज पनि । यसले आज पनि उत्तिकै अर्थ राख्ने सामथ्र्य राख्दछ ।
अहिले देशको राजनीतिक अवस्था टुटफूट र खण्डित भएको छ । नेपाली राजनीति फेरी यस्तै टुटफूटको अवस्थामा गुज्रिन पुगेको छ । नौलो जनवादका लागि भनेर सँगै शसस्त्र जनयुद्धमा होमिएका सहकर्मीहरु आज एक अर्काको नाम लिँदै विखण्डनवादीको विल्ला ओडाइरहेका छन् । यहाँ कसैलाई पनि विखण्डनकारीको रुपमा उभ्याउन खोजिएको भने होइन तर पनि नेपाली राजनीतिको विखण्डनले राष्ट्रलाई कस्तो असर पार्दछ भन्ने तर्फ सबैले सोच्नुपर्ने तर्फ सचेत हुनुपर्दछ भन्न खोजिएको हो । नेपाली राजनीतिको इतिहाँसर्ला हेर्दा थुप्रै टुटफूट र विखण्डनका घटनाहरु घट्दै आएका छन् । यसले नेपालको राष्ट्रिय स्वाधिनता र नेपाली स्वाभिमानलाई आँच पु¥याउने काम मात्र गरेको छ ।
नेपालका ठूला दलहरु सँधै टुटफूटबाट किन गुज्रन्छन् ? यसको जवाफ आम नेपाली जनताले खोजिरहेका छन् । जनयुद्धमार्फत संविधानसभाको नारालाई स्थापित गराएको माओवादीका सहयोद्धाहरु यसरी फूट्लान भन्ने कल्पना नेपाली जनताले कहिल्यै गरेका थिएनन् होला तर भयो यस्तै । सोमबार एकीकृत नेकपा माओवादी फुटेको छ । नेकपा, माओवादी गठन भएको छ । यसले भविष्यमा कस्तो असर पार्ला त्यो त भविष्यले नै बताउला तर पनि यो फूटले आम सहिद परिवार, वेपत्ता परिवार, घाइते तथा अपाङ्ग र तिनका परिवार र प्रत्यक्ष वा परोक्ष रुपमा जनयुद्धमा होमिएकाहरुलाई रुवाएको छ । निरास वनाएको छ । माओवादी भित्रको विवाद चर्किदैँ जाँदा नेपाली जनताले चाहेो संविधान प्राप्त गर्न त सकेनन् नै हजारौँ सहिदले देखेको सपना र तिनको रगतले स्थापित गरेका उपलव्धिहरुको संस्थागत गर्नुपर्नेहरु नै विखण्डनको बाटो समाउन पुगे यहाँ भन्दा ठूलो दुर्भाग्य के नै हुन सक्छ र ?
हुन त नेपाली कम्युनिष्ट हरुको इतिहास एकता भन्दा पनि टुटफूटमा नै रमाएको पाइन्छ । प्रजातन्त्र स्थापन भन्दा अगाडि गठन भएको नेपाल कम्युनिष्ट पाटि कति पटक फुट्यो भनेर सोध्ने भने पनि नेपाली राजनीतिका इतिहासकारहरुलाई पनि केही बेर गम खान बाध्य बनाउँछ । अब त कुनै विद्यार्थीले चाहने हो भने पनि नेपाली कम्युनिष्टको फूटको इतिहासमा नै स्नातोकोत्तर वा विद्यावारीधिका लागि सोधपत्रको विषय नै बन्न सक्ने भइसकेको छ । अहिलेको सन्दर्भमा एकीकृत नेकपा माओवादीको जन्म देखि यसले भोग्दै आएका टुटफूटको स्थितीलाई मुल्याङ्कन गर्न खोजिएको छ ।
२०४८ सालमा तत्कालिन एकताकेन्द्र र नेकपा मशालविच एकता भएपछि एक ठाँउमा आएका मोहन वैद्य, पुष्पकमल दहाल र डा. बाबुराम भट्टराई फेरी दुई धुव्रमा विभाजन भएका छन् औपचारिक रुपमा गत सोमबार बाट । मंगलबार भएको नवगठित नेकपा, माओवादीको पत्रकार सम्मेलनले विधिवत रुपमा एकीकृत नेकपा(माओवादी) बाट अलग भई नयाँ क्रान्तिकारी पाटिको निमार्ण गरेको घोषणा गरे पछि अर्काे कम्युनिष्टको फुटपरस्त नीति उदाङ्गो भएको छ । नेकपा माओवादीले वि.सं.  २०५१ सालमा जनयुद्ध घोषण पूर्व सरकार समक्ष पेश गरेको मागमा नै केही असन्तुष्टिका स्वरहरु सुनिएका थिए । असन्तुष्टिहरुलाई संबोधन गर्दै जनयुद्धलाई अगाडि बढाएको माओवादीले शान्तिप्रक्रियमा आए पछि संवोधन गर्न सकेन् । जसको परिणाम हो असार १ देखि भएको असन्तुष्ट वैद्य समूहको कार्यकर्ता भेला र त्यसले गरेको पार्टि विभाजनको निर्णय ।
नेपाली राजनीति र शान्ति प्रक्रियमा महत्व राख्ने एउटा पदावली नेकपा माओवादीको चुनुवाङ् बैठक हो । यही बैठक देखि अहिलेको विभाजनको विजारोपण भएको हो । माओवादीको नेतृत्व गरेर पनि कहिल्यै आफ्नो स्पष्ट नीति दिन नसकेका अध्यक्ष प्रचण्ड कहिले वैद्यलाई वैशाखि बनाएर नेतृत्वमा रहे । कहिले डा. भट्टराईको बुइ चढेर नेतृत्व गरिरहे । माओवादीको २०६१ सालमा भारतको सहयोगमा नेतृत्व कब्जा गर्न खोजेको आरोपमा कारवाही गरिएका भट्टराईको शान्ति  र संविधानको लाइन ०६२ असोजमा भएको चुनुवाङ् बैठले पारित ग¥यो । जसको विरोध भारतको सिलगुडी जेलमा रहेका मोहन वैद्य किरणले विरोध गरेका थिए । यही विरोध आज आएर विष्पोट  हुन पुगेको हो । माओवादी नेतृत्वलाई नै वैद्यलाई पक्राउन  सहयोग गरेको आरोप वैद्यले त्यति वेला लगाएका थिए । माओवादी शान्ति प्रक्रियामा आए पछि संविधान सभाको निर्वाचनले देशको ठूलो पाटिको रुपमा स्थापित त भयो तर पनि यसको विवाद बेलावखतमा चुलिँदै गयो ।
कहिले किरण त कहिले भट्टराईलाई काखि च्यापेर नेतृत्वमा रहिरहेका प्रचण्डप्रति यतिवेला ठूलो आरोप लागेको छ । नेपालको नेतृत्व गरेर राष्ट्रपति बनेको सपना बोक्ने उनले आफ्नै पाटिलाई फुटबाट जोगाउन सकेनन् भने कसरी राज्यको नेतृत्व गर्न सक्लान यो प्रश्न आम नेपाली जनताले उठाएका छन् । अब प्रचण्डले माओवादीको नेतृत्वबाट राजिनामा दिनुको विकल्प छैन् । उनको असफलता पूर्ण रुपमा उदाङ्गो भएको छ । नेपाली राजनीतीमा उनले आफ्नो जुन छबी प्रस्तुत गरेर राजनेता बन्ने अवसर पाएका थिए त्यो गुमाए । हिजो मोहन वैद्यले नैतिकताको आधारमा राजिनामा दिएका थिए र प्रचण्ड महामन्त्री हुँदै अध्यक्ष भएका थिए आज प्रचण्डले राजिनामा दिनु पर्दछ ।खरिपाटि बैठकमा मोहन वैद्य र पालुङ्टार वैठकमा बाबुराम भट्टराईको लाइनलाई समर्थन गरेका प्रचण्डको उपभोग वादी नीतिले धोवि घाट भेला पछि फेल खाएको थियो । तर धोविघाट गठबन्धन नै फेल खाए पछि असन्तुष्ट बनेका मोहन बैद्यले बाबुराम भट्टराईको नेतृत्वमा सरकार बने देखि नै फरक पाटिको अभ्यास गर्दै आएका थिए जसले नवगठित नेकपा, माओवादीको साङ्गठनीक संरचनालाई चाडैनै  पूर्ति गर्न देखिन्छ । पहिले प्रचण्डका दाहिने हातका रुपमा चिनिएका बादल पनि यतिवेला किरणको लाइनमा उभिएका छन् । समग्रमा यो धुव्रिकरण नेपाली राजनीतिमा बाम धुब्रिकरणको उपज भन्ने हरु पनि छन् र यसलाई हार्डलाइनर र सफ्टलाइनरको रुपमा व्याख्या गर्नेहरु पनि छन् । यो फूट संविधानसभाको विगठन पछि भएकोले यसलाई पद र प्रतिष्ठासँग पनि जोडेर हेर्नेहरु पनि धेरै छन् । माओवादीको जनयुद्धले परिकल्पना गरेको चाहनाहरु केही पनि पुरा हुन सकेनन् । संविधानसभाको आयु स्वत समापन भयो । माओवादीले गठन गरेका जनयुद्धका संरचनाहरु विगठित भए । जनसेनाको अस्तित्व समाप्त भयो । बाकि रहेका छन् त केवल जनयुद्धले ल्याएका नकरात्मक ध्वंसहरु पीडाहरु । सबै मलम लगाउने बाटाहरु बन्द भए ।
संविधान सभाको निर्वाचन पछि साना तिना कम्पुनिष्ट घटकहरु सँग एकता गरेर एकीकृत कम्युनिष्ट पाटिको कल्पना गर्ने पाटि नै फुट्दा एकताको ढ्वाङ् मात्र बजाएको सावित भएको छ । यतिबेला सबै भन्दा चिन्तित र दुःखीत ति सम्पूर्ण सहिदका परिवार भएका छन् । माओवादीले थालेको जनयुद्धमा ‘हारे एक मुठि सास, जिते सम्पूर्ण संसार’ भनेर परिवर्तनका लागि होमिएका योद्धाका परिवारहरु आज कुन पार्टिको नेतृत्वमा जाने दोधारमा छन् । हाम्रा सन्तानले माओवादीले गरेको जनयुद्धमा परिवर्तनका लागि रगतको कुर्वानी दिएका हुन् । जुन माओवादीमा मोहन वैद्य, प्रचण्ड, बाबुराम बादलहरु सँगै थिए । अब हामी कुन पाटिका सहिद परिवार हुने । उनीहरुको मनमा यस्तै किसिमको द्वन्द्व चलिरहेको छ । हामी अब नेकपा, माओवादीको कि एकीकृत नेकपा माओवादीको सदस्य भन्ने प्रश्न उनीहरुको मनमा गुञ्जिन थालेको छ । हिजो एक अर्काका लागि सुख दुखका साहरा बन्ने गरेका उनीहरु नै आज विभक्त हुने स्थिती पैदा भएकोे छ ।
भनिन्छ संसारमा सबैभन्दा बढि कम्युनिष्ट भएको देश नेपाल हो तर पनि नेपाली कम्युनिष्टको टुटफूटको विरासते संसारका कम्युनिष्टहरुलाई चिन्तित तुल्याएको छ । संविधानसभाको निर्वाचनमा समेत ६० प्रतिसत सिट हासिल गरेका नेपाली कम्युनिष्ट पाटिहरु एक भएको भए कम्युनिष्टहरुले परिकल्पना गरेको राज्य व्यवस्था र कानुन निमार्णमा कुनै पनि बाधा आउने थिएनन् । नेपाली कम्युनिष्टहरु कहिलै सिद्धान्तका लागि मतभेद गरेनन् । अधिकारका लागि विचार विमर्स गरेनन् मात्र गरे शक्ति र पदका लागि बार्गेनिङ् । अहिलेको माओवादी विभाजन पनि त्यसैको निरन्तरताके एक कडि हो । हुन त बैद्यले यो विभाजनलाई क्रान्तिकारी कित्ताकाट भनेका छन् । क्रान्तिकारी पाटिको पुन गठन भनेका छन् । यदि साच्चिकै यो विभाजन क्रान्तिकारीहरुको एकता हुन गयो भने नेपाली कम्युनिष्ट आन्दोलनले विश्वलाई नै उदाहरण पेश गर्नेछ । होइन भने नेपाली राजनीतमा दखल मानिएका भारतिय राजनीतिक विश्लेशक एडि मुनिले भने जस्तै यो विभाजनले तत्काल प्रचण्डलाई र बाबुरामलाई अप्टेरोमा पारे पनि अन्तत उनी मोहनविक्रम सिँह जस्तै हुनेछन् ।

प्रचण्डको अत्याचार बिरुद्व नेकपा माओव...

S c o t N e p a l . C o m: पावर न्युज - प्रचण्डको अत्याचार बिरुद्व नेकपा माओव...:   Watch Video थप सिर्शक मा क्लिक गर्नुहोस ... View RSS feed Subscribe to RSS hea...

Monday, June 18, 2012

माओवादी फुटको अर्थ र सम्भावना

समाचार टिप्पणी । एकिकृत नेकपा माओवादी फुटेर मोहन वैद्य किरणको अध्यक्षतामा नेकपा, माओवादी गठन गरेपछि यसले नेपाली राजनीतिमा धेरै तरङ्ग ल्याएको छ । चर्का कुरा गर्ने, शास्त्रीयरुपमा मात्र क्रान्ति गर्न सकिन्छ भन्ठान्ने र समग्रमा अतिबादी सोंच र चरित्र भएका वैद्यहरुले नेपाली राजनीतिमा अतिबादी एजेण्डाहरुलाई उठाएर लोकपि्रय बन्ने प्रयास गर्नेछन् ।
संबिधानसभा निर्वाचनबाट सवैभन्दा ठूलो दल बनेको माओवादी टुक्रिएपछि त्यसको सवैभन्दा ठूलो झट्का अध्यक्ष प्रचण्डलाई लाग्ने छ । जसले बिभिन्न जाति र समुदायको साथमा राष्ट्रपति पदमा पुग्ने र कम्तीमा दश बर्ष शासन चलाउने सपना देखेका थिए । बैद्यहरुको बर्हिगमनसँगै उनको त्यो सपना पुरा हम्मेहम्मे पर्ने देखिन्छ ।
माओवादीको फुटले खुसी देखिएका कांग्रेस एमालेलाई तत्कालका लागि बैद्यको नयाँ पार्टी बाबुराम सरकारविरुद्ध आन्दोलनका लागि सहयोगी देखिएपनि कालान्तरमा बैद्यहरु कांग्रेस एमालेलाई नै घाँडो सावित हुनेछन् । बाबुराम सरकार विरुद्धको मोर्चाबन्दीमा तत्कालका लागि कांग्रेस-एमालेका गतिला सारथी बन्नेछन् बैद्य पक्ष । तर, जातीय मुद्दामा पार्टी फुटको पहिरो जानबाट एमाले र कांग्रेस पनि अछुतो रहने छैनन् ।
बैद्य पक्षको स्पष्ट रोडम्याप छैन् । न त उनीहरु तुरुन्त बिद्रोह हुन्छ भन्नेमा ढुक्क छन् न त पुरानै जनयुद्धमा जानेमा मानसिक र भौतिकरुपले तयार देखिन्छन् । बाबुराम-प्रचण्डहरुले संसोधनबादी भए, जनयुद्ध सिध्याए, धोका दिए भनेर गाली गर्नेबाहेक उनीहरुसामु राजनीतिक गतिरोध अन्त्य गर्ने कुनै खाका छैन् । अब कसका बिरुद्ध क्रान्ति गर्ने ? के भनेर जनतालाई फेरि बन्दुक बोकाउने भन्ने स्पष्ट एजेण्डा पनि बैद्य समूहसँग छैन् ।
१२ बुँदै समझदारी र माओवादीको चुनवाङ वैठकको कार्यदिशा ठिक थिएन भन्ने वैद्य समूहले आफ्नो एजेण्डाको रक्षा गर्ने हो भने फेरि हतियार उठाउनुपर्छ, तर वैद्य पक्षकै नेताहरु तत्काल जनयुद्ध सम्भव छैन भन्छन् । बाबुराम प्रचण्डहरुले गरेका क्रियामा प्रतिक्रिया देखाउनु उनीहरुको अन्य राजनीतिक अडान देखिएन् । कहिले अति संसदबादी त कहिले अति जडसुत्रबादी चरित्र देखाइरहेको छ बैद्य समूहले । अर्थात उनीहरुको बोली र ब्यबहारमा एकरुपता छैन, स्थीरता पनि छैन् । पूर्व राजा र राजाबादीहरुसँगको उठबसले पनि उनीहरु राष्ट्रबादी चरित्र देखाएर परिआए राजाबादीसँग पनि मिलेर जाने योजनामा रहेको देखिन्छ ।
अहिले कुनैपनि बैधानिक निर्वाचित निकाय वा संसद नभएको अबस्थामा माओवादी फुट्नुको कुनै गणितीय अर्थ त नहोला तर राजनीतिकरुपमा प्रचण्ड-बाबुरामहरु कमजोर हुनेछन् । चुनाव भयो भने वैद्य पक्षले धेरै सिट त नल्याउला, कुनै गणना गर्न लायकको उपस्थीति नहोला तर संस्थापन पक्षीय माओवादीका उम्मेदवारलाई हराउन भने सजिलै सक्नेछन, जसको फाइदा कांग्रेस एमालेले लिन सक्छन् । यदि त्यस्तो अबस्था देखियो भने अहिले चुनावमा जान आनाकानी गरिरहेका कांग्रेस एमाले चुनाव जाने योजनामा लाग्नेछन् भने एकीकृत माओवादीले चुनावलाई प्राथमिकता दिनेछैन् ।
पार्टी नेतृत्व र राज्यबाट असन्तुष्ट रहेका कार्यकर्ताको भीड जम्मा पार्न बैद्य पक्ष केही हदसम्म सफल भएपनि उनीहरुको राष्ट्रिय राजनीतिमा उपस्थीति न्यून हुने छ । यस परिस्थीतिमा संस्थापन पक्षीय माओवादीले आफ्नो कार्यदिशा कार्यन्वयन गरेर जान सजिलो भने हुनेछ । संस्थापन पक्षीय माओवादीमा अब बाँकी रहेका तीन गुट एकजुट हुन्छन् कि पुरानै तरिकाले अगाडी बढ्छन् त्यसले पनि निर्धारण गर्ने छ संस्थापन पक्षीय माओवादीको आकार र हैसियत । बैद्य पक्षको फुटलाई शिक्षाका रुपमा लिँदै भएका नेता कार्यकर्तालाई एकजुट पार्न सकेन भने माओवादीमा फुटको पहिलो गइरहनेछ ।

वैद्यको नयाँ माओवादी पार्टीमा कुन नेता कुन पदमा ?

४ असार,काठमाडौ। अन्ततः संविधानसभाको चुनावमा सवैभन्दा ठुलो पार्टीको रुपमा उदाएको एनेकपा माओवादी विभाजित भएको छ। १० वर्षको हिसात्मक आन्दोलन समेत गरेको पार्टी हाल दुइ चिरा भएको छ । केही समय असन्तुष्ट रहँदै आएको मोहन वैद्य नेतृत्वको समुहले नयाँ पार्टी गठन गरेको छ। पार्टीको नाम नेकपा,माओवादी राखिएको छ । नयाँ पार्टीमा कार्यविभाजन समेत गरिएको छ।
नयाँ पार्टी नेकपा,माओवादीमा कुन नेता कुन पदमा
पार्टीको नामः नेकपा,माओवादी
अध्यक्षःमोहन वैद्य
महासचिवःरामबहादुर थापा
सचिवः सिपि गजुरेल
स्थाई समिति सदस्यःमोहन वैद्य,रामबहादुर थापा,सिपि गजुरेल,देव गुरुङ, नेत्रविक्रम चन्द
७५ सदस्यिय केन्द्रिय समिति
जनविद्रोहको कार्यदिशा पारित

पार्टी फुट्नुमा हाम्रो पनि कमजोरीः संस्थापन

तत्काल पदपूर्ति नहुने, सवै गुटको अन्त्य !

५ असार, काठमाण्डौ । एकीकृत नेकपा माओवादीले बैद्य पक्षले पार्टी छाड्नुमा आफ्नो पनि कमजोरी रहेको स्वीकार गरेको छ ।
बैद्य पक्षीय अधिकांश नेताहरु जिम्मेबारी नपाएकोमा नेतृत्वसँग असन्तुष्ट रहेको र त्यसलाई समयमा नै सम्वोधन गर्न नसक्दा फुटको अवस्था आएको संस्थापान पक्षको बुझाई छ । ‘जिम्मेबारी दिने कुरामा कमजोरी भयो कि भन्ने समिक्षा गर्नुपर्छ’ प्रचण्ड निकट पोलिटव्युरो सदस्य हरिबोल गजुरेलले अनलाइनखबरसँग भन्नुभयो-’हामीले विचारका रुपमा मात्र समस्या हल गर्न खोज्यौं तर, वैचारिक भन्दा भावनात्मक रुपमा उहाँहरु अघि बढ्नु भयो ।’
मोहन बैद्य किरणलाई संसदीय दलको उपनेता नदिएको, रामबहादुर थापा बादललाई प्रधानमन्त्रीको उम्मेदवार नबनाएको, सीपी गजुरेललाई प्रचण्डले आफूलाई केही नदिएर उपेक्षा गरेको, उल्टै आफ्ना नाम समेत खोसेको, नेत्रविक्रम चन्द विप्लवलाई संविधानसभाको निर्वाचनमा उम्मेदवार नबनाएको र देव गुरुङलाई गृह र अर्थ मन्त्रालय नदिएकोमा नेतृत्वसँग असन्तुष्टी रहेको दावी गर्नुभयो ।
बैद्य पक्षीय नेताहरुको असन्तुष्टीलाई पार्टीले समयमै सम्वोधन गर्न नसक्दा राष्ट्रिय तथा अन्तराष्ट्रिय शक्तिले खेल्ने मौका पाएको र अहिले आएर प्रचण्डले अध्यक्ष छोड्छु भन्दा बैद्य पक्षले नयाँ पार्टी गठनको प्रक्रियामा धेरै अघि बढिसकेकाले पार्टी फुटेको एकीकृत नेकपा माओवादीका नेताहरुको बुझाई छ ।
अब सबै गुट अन्त्य !
माओवादीले बैद्य पक्ष बाहिरिएपछि पार्टीमा रहेका सबै गुटहरु अन्त्य हुने बताएको छ । त्यसका लागि प्रचण्डले बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ प्रकाशसहितको गुटहरु अन्त्यका लागि पहल थालिसक्नु भएको छ । माओवादीले अब आफ्ना कमिकमजोरीको समिक्षा गर्दै पार्टीको कार्यदिशा प्रष्ट पारेर अघि बढ्ने बताएको छ ।
‘अब सबै गुटहरुको अन्त्य हुन्छ, एउटै कार्यदिशा भएपछि गुटहरुको औचित्य छैन’ गजुरेलले भन्नुभयो । बैद्य पक्षलाई सहमतिमा ल्याउन लचिलो हुँदा पार्टीको कार्यदिशा प्रष्ट हुन नकसको भन्दै गजुरेलले अब चुनवाङको वैठकको कार्यदिशालाईलाई अझ विकास गर्नुगर्ने बताउनु भयो । शान्ति र संविधान तत्कालिन कार्यनीति बनाउँदै र त्यसलाई हाँसिल गर्न कसरी जाने भन्ने छलफल गर्नुपर्ने नेता गजुरेलले बताउनु भयो ।
तत्काल फेरबदल नहुने
वैद्य पक्षले पार्टी फुटाएपछि अब संस्थापन पक्षीय माओवादी कार्यसमितिमा केही महत्वपूर्ण पदहरु रिक्त भएका छन् । एक उपाध्यक्ष, महासचिव, सचिव र दुई स्थायी समिति सदस्य खाली भएका छन् ।
बैद्य पक्ष फुटेकै दिन प्रधानमन्त्री एवं पार्टी उपाध्यक्ष बाबुराम भट्टराई, अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु करिव एक साताका लागि ब्राजिल गएका कारण तत्कालै निर्णय नहुने भएको छ । भट्टराई र श्रेष्ठ असार ११ गते फर्किएपछि मात्र पार्टीको रणनीति तय गरिने बताइएको छ । संस्थापन पक्षभित्र पनि रिक्त पदमा कसलाई लैजाने भनेर तीनवटा समूहवीच होडबाजी सुरु भइसकेको छ ।

माओवादी उपाध्यक्ष बैद्यले आज नयाँ पार्टीको घोषणा गर्ने

५ असार, काठमाण्डौं । एकीकृत नेकपा माओवादीबाट छुट्टएिर बनेको नेकपा, माओवादीले मंगलबार नयाँ पार्टीको औपचारीक घोषणा गर्ने भएको छ । दिउँसो एक बजे कमलादी स्थित प्रज्ञाप्रतिष्ठानमा पत्रकार सम्मेलन गरेर आˆनो कार्यदिशा सहितको आगामी रणनीतिसहितको नयाँ पार्टीको घोषणा गर्ने नव गठित नेकपा, माओवादीका सचिव सीपी गजुरेलले जानकारी दिनुभयो ।
एकीकृत नेकपा माओवादीका बरिष्ठ उपाध्यक्ष रहनुभएका मोहन वैद्य किरण अध्यक्ष रहेको नेकपा, माओवादीमा , महासचिवमा रामबहादुर थापा बादल, सचिवमा सीपी गजुरेल रहेको ४५ सदस्यीय केन्द्रीय समिति बनाइएको छ ।
वैद्य पक्षले राष्ट्रवादीहरुसँग सहकार्य गरेर विचार मिल्नेहरुका बीचमा एकता गरी नयाँ मोर्चा बनाउने लक्ष्य लिएको पनि गजुरेलले जानकारी दिनुभयो । सस्थापन पक्षले पार्टी नीति छाडेकाले नयाँ पार्टी खोल्नुपरेको निस्कर्ष सहित राजधानीमा तीन दिनदेखि जारी केन्द्रीय सदस्यहरुको रायका आधारमा नयाँ पार्टी गठन गरेको नव गठित नेकपा, माओवादीको दाबी छ ।

माओवादी फुट्यो, बैद्यको नेतृत्वमा नेकपा, माओवादी गठन

काठमाडौं । विघटित संविधानसभाको सबैभन्दा ठूलो दल एकीकृत नेकपा माओवादी औपचारिक रुपमा फुटेको छ ।
उपाध्यक्ष मोहन बैद्य किरण समूहले नयाँ पार्टी गठनको घोषणा गरेको छ । राजधानीमा भएको राष्ट्रिय कार्यकर्ता भेलाबाट मोहन बैद्य किरण पक्षले नयाँ पार्टी गठनको प्रस्ताव सर्वसम्मत रुपले पारित गरेको हो । यसलगतै वरिष्ठ उपाध्यक्ष मोहन बैद्य किरणले संस्थापन पक्षसँग सम्वन्ध विच्छेद भएको घोषणा गर्नु भएको थियो ।
बैद्य पक्षले नयाँ पार्टीको नाम नेकपा, माओवादी राखेको छ भने पार्टीको नेतृत्व बैद्यले नै गर्ने एक सहभागीले बताएका छन् । अहिले औपचारिक रुपमा पार्टीको स्वरुपलाई अन्तिम रुप दिन छलफल भइरहेको छ । श्रोतका अनुसार एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिमा रहेका ४४ जनाको बैठक बसिरहेको छ । बैठकलाई ७५ जनाको केन्द्रीय समिति बनाउने म्याण्डेट दिइएको छ ।
लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा गलत भएको ठहर गर्दै भेलाले जनविद्रोहसम्मको क्रान्तिकारी कार्यदिशा तय गर्ने निर्णय गरेको छ । पार्टीको वर्तमान नेतृत्व वनसंशोधनबादमा फसेकाले नयाँ पार्टी गठन गर्नु परेको बैद्य पक्षको भनाई छ ।
भेलामा सहभागीहरुले नयाँ पार्टी गठन गर्ने नेतृत्वको समर्थन गरेका थिए । उनीहरुले नेतृत्वले अघि सारेको कार्यदिशा प्रष्ट नभएको भन्दै विद्रोहको प्रष्ट कार्यदिशा ल्याउन समेत माग गरेका छन् । ‘अहिलेको नेतृत्व नवसंशोधनबादमा फसेकाले आत्मासमर्पण गर्ने हैन, नयाँ पार्टी गठन गरेर जानुपर्छ भन्ने अधिकांशको सुझाव छ’ भेलामा सहभागी एक नेताले भने-’हामीले बिद्रोहको प्रष्ट कार्यदिशा ल्याउन पनि भनेका छौं ।’

माओवादी औपचारिक रुपमै विभाजित

असार ४ - सत्तारुढ एकीकृत नेकपा माओवादी औपचारिक रुपमा विभाजन भएको छ । वैद्य पक्षको राष्ट्रिय कार्यकर्ता भेलाले नयाँ पार्टी गठन भएको घोषणा गरेको हो । वैद्य पक्षले नयाँ पार्टीको नाम नेपाल कम्यूनिष्ट पार्टी, माओवादी राखेको छ । र, त्यसको नेतृत्व मोहन वैद्यले गर्नुभएको छ । आइतवार मोहन वैद्यले नयाँ पार्टी गठन गर्न गरेको प्रस्ताव भेलाले सर्वसम्मतिले पारित गरेको छ ।
प्रस्ताव पारित भएसँगै मोहन वैद्यले प्रचण्ड–बाबुरामसँगको सम्बन्ध विच्छेद भएको घोषणा गरेको छ । भेलाले वैद्यको नेतृत्वमा ४४ सदस्यीय केन्द्रीय समिति पनि बनाएको छ । यसको औपचारिक घोषणा मंगलवार विहान हुने वैद्य पक्षले जनाएको छ । वैद्य पक्षले प्रचण्डको नेतृत्व जनविरोधी, दक्षिणपन्थी भएको ठहर गर्दै नयाँ पार्टी गठन गरेको हो । शान्ति प्रक्रियामा आएर कुनै उपलब्धि नभएको ठहर गर्दै वैद्य पक्षले  जनविद्रोहको कार्यदिशामा अघि बढ्ने निर्णय गरेको छ ।

 

Sunday, June 17, 2012

अन्तत फुटको संघारमा माओवादी, वैद्य पक्षद्धारा भोली नयाँ पार्टीको घोषणा गर्ने तयारी


 काठमाडौ । एकिकृत नेकपा (माओवादी)को असन्तुष्ट वैद्य पक्षले भोली नयाँ पार्टीको घोषणा गर्ने भएको छ । वैद्य पक्षीय कार्यकर्ताको राष्ट्रिय भेलाले नयाँ पार्टी घोषणा गर्ने भएको छ भने महाधिवेशन आगामी फाल्गुन १ गते गर्ने भएको छ ।
राजधानीमा हिजोदेखी जारी कार्यकर्ता भेलामा पार्टीको नाम के राख्ने भन्नेबारे छलफल भइरहेको बताइएको छ । पार्टीको नाम नेकपा क्रान्तिकारी माओवादी या नेकपा माओवादी क्रान्तिकारी के राख्ने भन्ने विषयमा छलफल जारी रहेको बताइएको छ । जारी भेलाले नयाँ पार्टी गठनको औपचारिक प्रक्रिया सुरू भएको बताइएको छ ।
भेलामा आज मोहन बैद्य किरणले पेश गरेको राजनीतिक प्रतिवेदनमा माओवादीको वर्तमान नेतृत्व संशोधनवादमा फसेको भन्दै उनीहरूबाट अलग्गिएर क्रान्तिकारी कार्यदिशासहितको पार्टी गठन गर्न प्रस्ताव गरिएको थियो ।
विगत लामो समयदेखी पार्टी नेतृत्वसँग असमति तथा असन्तुष्टी जनाउँदै आएको वैद्य पक्षले माओवादी पार्टीमा बसिरहनु उचित नभएको भन्दै नयाँ पार्टी गठन गर्ने निर्णय गरेको हो । शनिबार भेलालाई सम्बोधन गर्ने क्रममा पनि मोहन वैद्यले अब पार्टीमा बस्नु कुनै औचित्य नभएको भन्दै नयाँ पार्टी र नयाँ नेता चाहिने बताएका थिए ।

माओवादी फुटको धक्का दम्पतीसम्म


काठमाडौं, असार ४- एकीकृत माओवादीको राज्य कमिटी सदस्य शिव डाँगीले चैत दोस्रो सातासगरमाथा चढ्न जानुअघि अध्यक्ष पुष्पकमल दाहालसमक्ष अनुरोध गरेका थिए, 'पार्टीलाई जसरी भए पनि एउटै राख्नोस्, पार्टी फुटे थुप्रै परिवार फुट्न सक्छन्।' उनको चिन्ताको रहस्य तीन महिना बित्न नपाउँदै खुल्यो, जतिबेला उनकै धर्मपत्नी सरस्वती पोखरेल अलग पार्टी बनाउने उद्देश्यका साथ बौद्धमा शनिबार वैद्य पक्षको राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी भइन्।

 'आजसम्म त केही समस्या छैन,' नौ वर्षअघि वैवाहिक सम्बन्धमा बाँधिएका शिवको भनाइ छ, 'पार्टी फुट्दा भने असजिलो हुनेछ।'

बौद्ध भेलामै भेटिएकी सरस्वतीले खरिपाटी भेलासँगै सुरु भएको आपसी वैचारिक भिन्नता त्यसयता बढ्दै गएको खुलस्त पारिन्। 'पालुङटार बैठकपछिका एक-दुई महिना त बोलचाल पनि भएन, हेरौं अब के हुन्छ?' वैचारिक विवादले कोठासमेत तात्न थालेपछि पछिल्लो चरणमा उनीहरुले कोठामा राजनीति नछिराउने सहमतिसमेत गर्नुपरेको थियो।

'आफ्नै कोठामा समेत दुवैजना गोप्य रहनुपर्ने स्थिति आयो,' कोचिला राज्य कमिटी सदस्य सरस्वतीले थपिन्, 'उहाँसँग संस्थापन पक्षका योजना हुन्छन्, मसँग किरण पक्षको रुपरेखा।'

उस्तै समस्यामा छन्, संस्थापन पक्षका दिनेश श्रेष्ठ। अहिलेसम्म समस्या घरभित्र छिरिनसके पनि त्यसले ढोका ढक्ढक्याउन भने थालिसकेको उनले बताए।
वैद्य पक्षधर पत्नी सिर्जना लामा वैद्य लाइनमा डटेर लागेपछि यी दुईबीच झाँगिएको वैचारिक विवाद पारिवारिक किचलो बन्ने खतरा बढेर गएको छ। 'अहिलेसम्म समस्या परिसकेको छैन तर पार्टी फुटे यसले परिवारमा नराम्रो समस्या आइपर्न सक्छ,' दिनेशले सुनाए। पालुङटार बैठकदेखि नै आफूहरुबीच राजनीतिक मतभेद रहेको ८ वर्षअघि वैवाहिक नातामा गाँसिएकी सिर्जनाले सुनाइन्।

सिर्जनालाई आफूले रोजेको बाटो गलत लागेको छैन, त्यसैले उनी पतिलाई पनि आफ्नै मार्गमा ल्याउन प्रयत्न गरिरहेकी छन्। 'हेरौं के हुन्छ?' उनले भनिन्।
बारा, सिमराका राजन पौडेलको घरमा यतिबेला छोराको न्वारान तयारी हुँदैछ। तर उनले छोराको भन्दा नयाँ पार्टीको न्वारानलाई महŒवपूर्ण ठाने। त्यसैले उनी हानिए, काठमाडौं।

सिमरामै रहेकी पत्नी प्रतिमा भुषालको प्राथमिकता भने नयाँ पार्टी परेन। उनी पतिको प्राथमिकतामा परेको नयाँ पार्टीको न्वारान असफलतामा टुंगियोस् भन्ने आशसहित बसेकी छन्। कारण- स्पष्ट छ, उनी परिन् दाहाल पक्षकी। 'एउटै परिवारका सदस्य फरक धारमा रहँदा दुवैका राम्रो हुँदैन,' उनले फोनमा भनिन्, 'पति वैद्य पक्षको भएकाले मलाई समेत संस्थापन पक्षले विश्वास नगर्ने वातावरण बनिसकेको छ।'

पाँच हजार राज्य कमिटी सदस्यमध्ये ५० भन्दा बढी परिवारमा आफूहरुको जस्तै समस्या रहेको दिनेशले गुनासो गरे। 'केन्द्रीय तहमा पनि आफूहरुको जस्तै समस्या भइदिएको भए शायद पार्टी फुट्ने/फुटाउने कुरै आउँदैनथ्यो कि?' उनले भने। एक कार्यकर्ताले भने लाइन फरक भएकै कारण पत्नीसँग सम्बन्धविच्छेदको अवस्थामा पुगिसकेको बताए। 'हाम्रा नेताले हिजो सम्बन्धविच्छेदको कुरा गरेका थिए,' उनले भने, 'त्यो त आफ्नै पत्नीसँग पो रहेछ भन्ने बुझ्न बाध्य भइयो।'

Friday, June 15, 2012

प्रचण्डले भने-'अरुले गाएको र नानीको बाबुले सुसेलको'

यसो भने प्रचण्डले..
म भन्दा अघि बोल्ने वक्ताले महिला धेरे माया गर्नुहुन्छ,मलाई बोल्ने कुरा केही राखिदिनु भएन्। यो सभा सुसेलेको हो गाएकै हो। हामीले गायौ भने के होला २६ गते र २७ गते सभा गर्नेले सोचे मात्रै हुन्छ। उहाँहरुले त हामीलाई गाली मात्र गर्नु भयो म उहाँहरुलाई गाली गर्न चाहनन्। अरुले गाएको र नानीको बाबुले सुसेलको ।
त्यस्तै अर्को उखान छ अरुले नाचेका र नानीको बाबुले खुट्टा उचालेका। सेना समायोजन गरियो अव संविधान बन्छ भनेर समायोजन गरिएको होइन्।
अहिले एउटा वर्ग प्रचण्डले जे बोले पनि विरोध गर्नु पर्छ भनेर लागेको छ। मैले नेपाली सेना शाही सेना रहेन् , माओवादीले पनि मान्ने सेना रह्यो भनेको थियो। आज पनि मेले यति बोले अव भोली के के आउछ हेर्नुहोला । 
मैले पहिचानको विषयमा सम्झौता गरेपनि म त समाप्त हुन्छु नै ,पुरै माओवादी पार्टी पनि सिदिन्छ। अहिले जनजाती हरु माओवादी प्रति विश्वस्त छन्। यो सभामा खेलाडीहरु आएका छन। उनीहरुलाई पनि थाहा छ  माओवादीहरुले नै उनीहरुको हित गर्दछ। 
आजको सभा महाभारतको शुरुवात होइन्, यो महाभारत रोक्न अन्तिम पहल हो। तर रोक्न सकिएन भने महाभारतको अन्तिम तयारी पनि हुन सक्दछ ।
समस्याको समाधान राजनैतिक दलहरुबिचको सहमति नै हो।आजै  विहान सुशिल कोइरालासंग कुरा गरेर सहमतिको पहल गर्नुपर्छ भनेको छु। सहमतिमा आउन पार्टी र नेताहुरु लाई आग्रह गर्दछु । संविधानसभावाटै संविधान जारी हुनुपर्दछ। यो हाम्रो बटम लाइन हो। 
तपाईहरुको यो विशाल उपस्थिति माओवादी पार्टी एक होस भन्ने दवाव पनि हो। यही मञ्चमा किरण र बादल भए कस्तो हुन्थ्यो । तपाई एकताको प्रस्ताव पारित गरेर आउनुहोस म हार्दिक अनुरोध गर्न चाहन्छौ।  अव महाभारत रोक्ने हो कि शुरु गर्ने हो अन्य दलको हातमा छ। 
राष्ट्रको एकताको लागि जे पनि गर्न तयार छु।

नायदाको पहिलो ब्लु फिल्मका तस्वीर सार्वजनिक

एकैपटक ८ वटा बच्चा जन्माएर विश्वकै ध्यान खिँचेकी अमेरिकी महिला नादया सुलेमन त्यसपछि विश्वस्तरीय सेलिब्रेटी नै बनिन् । आफ्नो उक्त चर्चाको अधिक उपयोग गर्दै अक्टोमम उपनामले चर्चित नायदाले आफ्ना निकै नै उत्तेजक तस्वीरहरु सार्वजनिक गरेर अझै प्रसिद्धी कमाउने प्रयत्न गरिरहेकी छिन् ।
एकैचोटी पाएका ८ वटा बच्चासँगै उनका कुल १४ वटा सन्तान छन् । उनी लालाबालाले घेरिएकी छिन् तरपनि उनको बैँश अझैपनि फक्रिइरहेको छ । यसैबीचमा उनले ब्लु फिल्मको उद्योगमा पनि पाइला चालेकी छिन् ।
हालै एक म्यागेजिनले नायदाको पहिलो ब्लुफिल्मका केही दृश्यहरु सार्वजनिक गरेको छ । टीएमजेड म्यागेजिनले उनको पहिलो ब्लु फिल्म अक्टोमम ः होम अलोन आउँदो जुन २० मा सार्वजनिक हुने बताएको छ । अक्टोममले आफ्नो पहिलो तथा छोटो ब्लु फिल्म खिच्दाको अनुभव निकै नै रमाइलो भएको बताएकी छिन् । साथै उनले आफ्नो ब्लु फिल्म हेर्न आफु आतुर रहेको पनि बताएकी छिन् । उनले आफुलाई सहयोग गरेकोमा ब्लु फिल्मकी नायिका जेसिकालाई धन्यवाद पनि दिएकी छिन् ।
यसअघि आफु कहिल्यैपनि पोर्न फिल्म नखेल्ने बताउने अक्टोमम एकाएक टाट पल्टिएपछि पोर्न उद्योगमा छिरेकी हुन् । आफ्नो पहिलो पोर्न भिडियोमा उनले एक्लै यौन दृश्य दिएकी छिन् ।

खनिज उत्खनन्मा दक्षिण अफ्रिकाको चासो

काठमाडौं । दक्षिण अफ्रिाकाले नेपालमा खनिज तथा खनिजजन्य वस्तुको उत्खनन्मा सघाउन चासो देखाएको छ । नेपाल र दक्षिण अफ्रिकाबीच व्यापार प्रवद्र्धनबारे नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीसँग शुक्रबार यहाँ भएको छलफलमा नेपालका लागि राजदूत जेफ्री डोडेजले द्विपक्षीय सहयोगका क्षेत्र पहिल्याउन आफू क्रियाशील रहेको बताउनुभयो ।
संवैधानिक रिक्तताको समयमा आफ्नो मुलुकका उद्यमी व्यवसायीले निर्वाह गरेको भूमिका नेपालका लागि सहयोगी हुन सक्ने विचार व्यक्त गर्दै उहाँले अफ्रिकी अनुभव आदानप्रदान गर्न उपयुक्त हुने उल्लेख गर्नुभयो । नेपालको उद्योग– वाणिज्य क्षेत्रको विकासका लागि व्यापार मेला तथा महोत्सवको आयोजना तथा पर्यटन प्रवद्र्धनका निम्ति आपसी सहकार्य अपरिहार्य भएको उहाँले बताउनुभयो ।
नेपालका लागि दक्षिण अफ्रिकाका अवैतनिक वाणिज्यदूत प्रदीपकुमार श्रेष्ठले विदेशी लगानी भित्र्याउन नेपाल सरकारले थालेका प्रयासबारे जानकारी गराउँदै खनिज पदार्थको उत्खनन्मा अफ्रिकी सीप एवम् दक्षताको उपयोग आवश्यक छ भन्नुभयो । दक्षिण अफ्रिकाबाट बर्सेनि ५० हजार पर्यटक भारत आउने गरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले नेपालको पर्यटन प्रवद्र्धनलाई व्यापक बनाउनुपर्नेमा जोड दिनुभयो ।
महासङ्घका कार्यबाहक अध्यक्ष भाष्करराज राजकर्णिकारले नेपाल र दक्षिणअफ्रिकाबीचको न्यून व्यापारलाई बढाउन द्विपक्षीय उद्योग–वाणिज्य सङ्घबीच शीघ्र समझदारी एवम् सम्पर्क कायम गर्न आवश्यक गृहकार्य गरिने बताउनुभयो । सन् २०१० मा नौ सय ६१ अफ्रिकी पर्यटकले नेपालको भ्रमण गरेको बताइएको छ ।


बाँकी भूटानी शरणार्थी स्वदेश फर्किन पाउनुपर्ने

काठमाडौं । शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर)का एक वरिष्ठ अधिकारीले भूटानी शरणार्थीलाई ससम्मान स्वदेश फर्काउन नेपाल र भूटानबीच तत्काल वार्ता हुनुपर्नेमा जोड दिनुभएको छ ।
नेपालको चारदिने औपचारिक भ्रमण पूरा गरी जेनेभा फर्कनुअघि शुक्रबार अपराह्न यहाँ आयोजित पत्रकारसम्मेलनमा यूएनएचसीआरका उपउच्चायुक्त टी एलेक्जेण्डर एलिनिकोफले अधिकाँंश भूटानी शरणार्थीलाई तेस्रो मुलुकमा पुनः स्थापना गरिएकाले बाँकीलाई घर फर्काउन नेपाल र भूटानबीच तत्काल वार्ता भई समस्या समाधान हुनुपर्ने बताउनुभयो ।
झापाका दुुईवटा शिविरमा हाल रहेका ४८ हजार छ सय शरणार्थीमध्ये ३८ हजारले तेस्रो मुलुकमा पुनः स्थापित हुने इच्छा व्यक्त गरेको जानकारी दिदै उहाँले घरजान चाहनेहरूलाई उनीहरूको अधिकारको सम्मान गर्दै शीघ्र समस्याको समाधान गर्न सम्बन्धित पक्ष संवेदनशील हुनुपर्छ भन्नुभयो ।
लामो सयमदेखि मानवीय समस्याको रुपमा रहेको भूटानी शरणार्थीको विषयलाई अन्तर्राष्ट्रिय जगतले निरुपण गर्न तेस्रो मुलुकमा पुनर्वासको व्यवस्था गरेपछि ६५ हजार शरणार्थी अमेरिकालगायत युरोपेली देशमा पुनः स्थापित भइसकेका छन् ।

कति थिए र कस्तो थियो त माओवादी जनसभाको रमझम (फोटोफिचरमा)











१ असार, काठमाडौ । एकिकृत नेकपा माओवादीले आज खुलामञ्चमा आमसभा गरेको छ । कांग्रेस-एमालेले लगायतका अन्य दलले सरकारलाई असंवैधानिक र माओवादीका कारण संविधानसभा विघटन भएको बताउँदै आएको अवस्थामा त्यसको जवाफ दिनका लागी उक्त भेलाको आयोजना गरिएको हो । 
उक्त आमसभामा बोल्ने अधिकांश वक्ताले संविधानसभा विघटन हुनुमा कांग्रेस-एमाले दोषी रहेको बताए भने पार्टी उपाध्क्षय तथा प्रधानमन्त्री बाबुराम भट्टराईले जनताका सामू संविधान निर्मान गर्न नसकेकोमा क्षमा मागेका छन् । माओवादिको उक्त सभामा करिब १ लाख मानिस उतार्ने घोषणा माओवादीले गरेको थियो । उक्त घोषणा त पूरा गर्न सके या सकेनन् तर २६ र २७ गते गरिएको आमसभामा भन्दा धेरै मानिसको उपस्थिति भएको बताइएको छ । 

खुलामञ्चमा माओवादीको आमसभा (फोटो फिचर र भिडियो)

खुलामञ्चमा माओवादीको आमसभा (फोटो फिचर र भिडियो)

moist sabha.wmv

Thursday, June 14, 2012

माओवादी बैद्य पक्षको आन्तरीक छलफल जारी


१ असार काठमाण्डौं । माओवादीको बैद्य पक्षले शुक्रबार विहानैदेखि आन्तरीक छलफललाई तिब्रता दिएको छ । आजका लागि राष्ट्रिय भेला बोलाएको बैद्य पक्षले आफू पक्षका विचार समूहका कार्यकर्ताहरुसँग राष्ट्रिय भेलाकेा अन्तिम तयारीको बारेमा छलफल गरिरहेको माओवादी पोलिटव्युरो सदस्य हरिभक्त कँडेलले जानकारी दिनुभयो ।

ललितपुरको कुपन्डोलमा जारी पोलिटब्यूरो, पदाधिकारी र स्थायी समितिका सदस्यहरुको बैठकले भेलाबारेमा निर्णय गरेका विषयहरु आजै बस्ने केन्द्रीय समितिको बैठकमा पेस गर्ने बताईएको छ ।

राष्ट्रिय भेला आजदेखि हुने भनिएपनि जिल्ला जिल्लाका नेता कार्यकर्ता आउनेक्रम जारी रहेकाले साँझसम्ममा कार्यकर्ता काठमाडौं आउने र शनिबारदेखि भेलालाई जारी राख्ने तयारी पनि बैद्य पक्षभित्र भईरहेको बताईएको छ ।

१ सय १५ वर्षमा पारापाचुके


१ सय १५ वर्षे सुखद वैवाहिक जिवनलाई टुंगाउँदै अन्तत एक जोडीले पारापाचुके गर्ने भएको छ । विश्वको सबैभन्दा लामो वैवाहिक जोडी मानिएको बीबी र पोल्दीको जोडी बुढेसकालमा आएर छुट्टनिे भएको हो । एक सताब्दीभन्दा लामो दाम्पत्य जिवनका क्रममा ठाकठुक नभएपनि उत्तरार्द्धमा यो जोडीले एक अर्कालाई देख्नै नसहने गरी मनमुटाव बढेपछि अन्ततः छुट्टनि करै लाग्यो ।

समाचार पढ्दा अचम्म लाग्नसक्छ र पत्यार नलाग्न पनि सक्छ । तर नपत्याएर के गर्नु ? आखिर यथार्थ यहीँ नै हो । यद्यपि यो घटना कुनै मानव जोडीको भने नभएर कछुवाको जोडीको हो ।

बीबी र पोल्दी नामका ती भाले-पोथी कछुवा अस्टि्रयाको चिडियाखानामा सँगै राखिएको थियो । स्विजरल्याण्डको बासेल चिडियाखाना जन्मेका उनीहरुलाई पछि अस्टि्रयाको क्लागेनर्फटमा ल्याइएको हो । तर पछिल्लो समयमा यी दुइ एक अर्कालाई सहनै नसक्ने गरी झगडा गर्न थालेपछि चिडियाखानाको व्यवस्थापकले उनीहरुलाई छुट्टाउने निर्णय गरेको हो ।

उनीहरु बुढेसकालमा किन झगडा गर्न थाले भन्ने कारण भने अझै पत्ता लाग्न सकेको छैन । उनीहरुबीच मिलाप होस् भने जिव विज्ञहरुले धेरै प्रयास गरेपनि सफल हुन सकेन । जिव विज्ञहरुले उनीहरु यौनक्रिडामा लिप्त भएर दुस्मनी भुलुन् भन्ने हेतुले यौनबर्धक औषधी पनि खुवाए, तर छिप्पिसकेका दुवैलाई त्यसले कुनै असर पारेन ।
vie online khabar

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी