Wednesday, June 20, 2012

एक महिना भित्रमा एसएलसीको उत्तर पुस्तिका हेर्न पाइने

७ असार, काठमाण्डौं । के तपाई एसएलसी परीक्षाको नतिजालाई लिएर खिन्न हुनुहुन्छ ? यदि हुनुहुन्छ भने खुसीको खबर । तपाईले अब करिव एक महिना पछि आफ्नो उत्तरपुस्तिका हेर्न पाउनुहुनेछ । कुन प्रश्नको जवाफमा कति नम्बर प्राप्त गर्नुभएको छ, त्यो पनि हेर्न पाउनुहुनेछ ।
तर, तपाईले सुरुमै उत्तर पुस्तिका हेर्न पाउनुहुन्न । उत्तर पुस्तिका हेर्नुअघि तपाईले रिटोटलिङ अर्थात पुर्नर्योगको लागि निवेदन दिनुपर्नेछ । त्यसका लागि तपाईले ३ सय रुपैयाँ दस्तुर बुझाउनुपर्ने छ । रिटोटलिङको जानकारी निवेदन दिएको १५ दिन भित्र परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले तपाईलाई उपलब्ध गराउने खबर आजको राजधानी दैनिकले छापेको छ ।
रिटोटलिङमा पनि चित्त नबुझे तपाईले उत्तरपुस्तिका हेर्न पाउँ भनी निवेदन दिनुपर्ने छ । यसका लागि प्रति पुस्तिका हजार रुपैयाँ बुझाउनुपर्ने प्राबधान रहेको छ । विषयगत विज्ञसँगै पनिकाले उत्तर पुस्तिका देखाउने छ र तपाईले विज्ञसँग छलफल पनि गर्न सक्नुहुनेछ ।
पनिकाले इतिहासमा पहिलो पटक परीक्षार्थीलाई उत्तरपुस्तिका हेर्न दिन लागेको हो । पनिकाले साउन १ गतेदेखि विद्यार्थीलाई यो अवसर प्रदान गर्न लागेको जनाएको छ ।
vie. onlinekhabar

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी