Wednesday, June 20, 2012

जेठमा मात्र ५७ हजार विदेश गए

चालू आर्थिक बर्षकै उच्च

७ असार, काठमाण्डौं । जेठ महिनामा झण्डै २ हजारका दरले नेपाली युवा कामका लागि विदेशिएका छन् । मुलुकभित्र बढेको राजनैतिक अस्थिरताका कारण रोजगारीको सम्भावना न्युनभएपछि युवा जनशक्ति विदेश पलायन हुनेक्रम गत महिना अस्वभाविक रुपमा बढेको हो ।
बैदेशिक रोजगार विभागका अनुसार जेठमा ५७ हजार ५ सय ७८ युवा विदेसिएका हुन् । यो अघिल्लो जेठको तुलनामा झण्डै २७ प्रतिशतले बढि रहेको खबर आजको कारोबार दैनिकले छापेको छ । गत आर्थिक बर्षको जेठमा सस्थागत र व्यक्तिगत गरी ४१ हजार ४ सय ६४ कामदार वैदेशिक रोजगारी गएका थिए । जेठमा विदेश जानेको संख्या यो आर्थिक बर्षकै बढी हो । बैशाखको तुलनामा यो संख्या ८ हजार ३ सय २५ ले बढी रहेको छ । यो अवधिमा विदेश जाने पुरुष कामदारको संख्या ४ लाख २० हजार ९० पुगेको छ भने महिलाको संख्या ११ हजार ७ सय ४ रहेको छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी