Wednesday, June 20, 2012

असन्तुष्ट नेताहरुको निश्कर्ष ‘एमालेकै कारण संविधानसभा भंग’

काठमाडौ, असार ७ – नेकपा एमालेका असन्तुष्ट मधेसी र जनजाति नेताहरुले तत्कालका लागि पार्टीमै बसेर संघर्ष गर्ने निर्णय गरेका छन् । काभ्रेको धुलिखेलमा चलिरहेको मधेसी र जनजाति नेताहरुको भेलामा एमालेकै कारण संविधानसभा भंग भएको निष्कर्ष निकालेको नेता राजेन्द्र श्रेष्ठले बताउनुभयो ।
सकभर पार्टीमै बसेर मागहरुको सुनुवाई गराउने, नभएमा नयाँ पार्टी गठन लगायतका विकल्प खुल्ला रहेको श्रेष्ठको भनाई छ । केन्द्रीय समितिमा रहेका झण्डै २० जना सहभागी रहेको भेलाले नेतृत्व सही मार्ग सम्बोधन गर्ने कुरामा सकारात्मक नभएको निष्कर्ष पनि निकालेको छ ।
असन्तुष्ट नेता श्रेष्ठले एमाले नयाँ सामन्तको पार्टीमा रुपान्तरण हुँदै गएकाले संगै बस्ने सम्भावना कम हुँदै गएको बताउनुभयो ।
यसैबीच पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न  बिहीबारदेखि एमाले केन्द्रीय कमिटी बैठक बस्दैछ । समसामयिक राजनीतिक अवस्था, मधेसी तथा जनजाति नेताहरुको असन्तुष्टी र भेलाबाट पारित दस्तावेजलाई अन्तिम रुप दिन दिउँसो १२ बजे केन्द्रीय कमिटी बैठक बस्ने सचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।
vie. unn

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी