Wednesday, June 20, 2012

अज्ञात व्यक्तिले कुट्दा चार घाइते

नारायणगढ । नारायणगढको चमेली बिग बजारमा अज्ञात व्यक्तिको आक्रमणबाट तीन जना महिला व्यवसायीसहित चार जना घाइते भएका छन् ।
नचिनेका दुई जना केटा र एक जना केटीको आक्रमणबाट सो बजारमा रहेको न्यू एट्राक्सनकी गीता अर्याल, एप्पल ब्राण्डेडकी  गंगा कार्की र पूजा व्यूटी पार्लरकी शर्मिला श्रेष्ठ घाइते भएका हुन् । घाइतेहरुको टाउको र अनुहारमा चोट लागेको छ ।
त्यस्तै उनीहरुको आक्रमणबाट छुट्याउन गएका साजनकुमार पन्तसमेत घाइते भएका हुन् । आफ्नो पसलअगाडि सवारी रोकेको अवस्थामा सवारी पार्किङमा राख्न आग्रह गर्दा आफूमाथि दुई जना पुरूषले आक्रमण गरेको न्यु एट्राक्सनकी अर्यालले बताउनुभयो ।
आक्रमण गरिएकी महिलामध्ये कार्की गर्भवती महिला हुन् । उनलाई पुरूषहरुले लछारपछार गर्दै पेटमा लात्तीले हानेका थिए । उनीहरुले व्यवसायीलाई मोटरसाइकलको हेलमेटले समेत हानेको बताइएको छ ।
आक्रमणपछि त्यसको विरोधमा चमेली बिग बजार बन्द गरिएको बजार व्यवसायी मञ्चका अध्यक्ष कृष्णहरि तिमिल्सिनाले जानकारी दिनुभयो । आक्रमणकारी भने फरार रहेको बताइएको छ ।
यसैबीच व्यवसायीहरुले बुधबार नै जिल्ला प्रहरी कार्यालय चितवन पुगी सुरक्षाको माग गरेका छन् ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी