Wednesday, June 20, 2012

बछौली उपस्वास्थ्य चौकीको स्तोरोन्नति

बछौली । पूर्वी चितवनको बछौली उपस्वास्थ्य चौकी स्तरोन्नति भई स्वास्थ्यचौकीमा परिणत भएको छ । व्यवस्थापन समिति र विभिन्न राजनीतिक दलको संयुक्त बैठक बसी स्वास्थ्यचौकीको रुपमा सेवा सञ्चालन गरेको हो । 
निजामती किताबखानाले २०६८ वैशाख १८ गते स्वीकृती दिएपछि सरकारले २०६८ साल साउन १३ गते उपस्वास्थ्य चौकीलाई स्वास्थ्यचौकीमा स्तरवृद्धि गरेको थियो । देशभरका उपस्वास्थ्य चौकीलाई स्वास्थ्य चौकीमा परिणत गर्ने सरकारको उद्देश्यअनुसार बछौली उपस्वास्थ्य चौकीको पनि स्तरवृद्धि भएको स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तेजेन्द्रनाथ लामिछानेले जानकारी दिनुभयो । चितवन जिल्लामा वछौली उपस्वास्थ्य चौकीसहित ११ वटा उपस्वास्थ्य चौकीको स्तरवृद्धि भएको छ ।
सरकारको दरबन्दीअनुसार सो स्वास्थ्य चौकीमा अब हेल्थ एसिस्टेन्ट एकमणि महतो सहित, तीन जना अहेब र दुई जना अनमीले काम गर्ने छन् । स्वास्थ्य चौकीमा स्थानीयको सहयोगमा ल्याबसमेत संचालनमा रहेको छ ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी