Wednesday, June 20, 2012

एमाओवादी कार्यालयमा नाराबाजी

भरतपुर । चितवनको माओवादी पार्टी कार्यालयमा बुधबार नाराबाजी भएको छ । संस्थापन पक्ष एकीकृत नेकपा माओवादीका कार्यकर्ताहरुले पार्टी कार्यालय छाड्न वैद्य पक्षीय नेकपा, माओवादीका कार्यकर्तालाई दबाब दिन सो नाराबाजी गरेका हुन्  ।
संस्थापन पक्षीय नेता एवम् चितवन क्षेत्र नम्बर ४ का इन्चार्ज सुदर्शन पौडेल प्रज्ज्वलले एक साताभित्र पार्टी कार्यालय खाली गराउन आफूहरुले अल्टिमेटम दिएको बताउनुभयो । उहाँले कृष्णपुरस्थित पार्टी कार्यालय एकीकृत नेकपा माओवादीको भएको र नयाँ गठन भएको पार्टीका नेता तथा कार्यकर्ताहरुले स्वाभाविक रुपमा छाड्नुपर्ने बताउनु भयो ।
यता, नवगठित नेकपा, माओवादीका जिल्ला नेता लालबहादुर तामाङले भने पार्टी कार्यालय आफुहरुकै भएकाले नछाड्ने दावी गर्नुभयो । पार्टी विभाजनसँगै चितवनको पार्टी कार्यालय दुबै पक्षले दावी गर्दै आइरहेका छन् ।
चितवनमा पार्टी इन्चार्ज अनिल शर्मा ‘विरही’, सहइन्चार्ज शोभा कट्टेललगायतका नेता कार्यकर्ताहरु नयाँ पार्टी नेकपा, माओवादीमा छन् भने सहइन्चार्ज घनश्याम दाहाल ‘अविनाश’, ठाकुर ढकाललगायतका नेता कार्यकर्ताहरु भने एकीकृत माओवादीमै छन् ।
यसैबीच नवगठित नेकपा, माओवादी चितवनले आफ्नो जिल्ला समिति गठन गरेको छ । समितिको जिल्ला इन्चार्जमा शोभा कट्टेल, सहइन्चार्जमा अम्बिका मुडभरी र सेक्रेटरीमा मधुर नेपाल ‘विप्लव’ रहेका छन् ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी