Wednesday, June 20, 2012

भैरहवाको १३ बर्षिय बालिकाले गरिन् चमत्कार

७ असार, भैरहवा । भैरहवाको सिद्धार्थनगर ८ बसडिलवा स्थित फ्युचरलाईट ईग्लीश बोर्डिंग स्कुलको कक्षा ८ मा पढ्ने प्रेमा लाम्गादेले घरायसी सामाग्री प्रयोग गरि इस्काभेटर बनाएर चमत्कार गरेका छन् । काठका टुक्रा, साना नट स्क्रु, पेच, सिरीन्ज, आईभी पाईप, धागो फलामको पाता प्रयोग गरी उनले इस्काभेटर बनाएकी हुन् ।

हाईड्रोलिक प्रेसरको मद्धतले यो मेसिन चल्छ, कक्षा १० को बिज्ञान किताबमा प्रेसर भन्ने पाठमा यसको बारेमा लेखिएको छ । दिदिको किताव पढेर इस्काभेटर बारेमा जानकारी लिएर र बनाएका उनले बताईन् ।
बिद्यालयका बिज्ञान शिक्षक मनोज चौधरीको सहयोगमा ४ दिनमै निर्माण भएको र निर्माण खर्च ५ सय रुपैया सरले नै सहयोग गरेको लाम्गादेले बताए ।

ईस्काभेटर बनाउन लाम्गादेले सिरीन्ज तथा आईभी पाईप प्रयोग गरेकी छिन् । पाईपमा रहेको पानीलाई सिरीन्जले प्रेसर दिँदा पिस्टनमा फोर्स आई यन्त्र दाया बाया र तल माथी चल्ने उनले बताईन् ।यसै प्रबिधीलाई आधार मानेर ठुलो इस्काभेटर र डोजर निर्माण गर्न सकिने उनको दाबी छ ।
रुपन्देहीमा आयोजना भएको बिज्ञान प्रदर्शनीमा प्रथम भएको उनको इस्काभेटर क्षेत्रिय शिक्षा निर्देशनालयले पोखरामा आयोजना गरेको क्षेत्रिय स्तरको प्रतिभा पहिचान प्रतियोगितामा तृतिय स्थान आउन सफल भएको स्कुलका प्रिन्सिपल गंभीर गुरुंगले बताए । लाम्गादे बिद्यालयकी उत्कृष्ट बिद्यार्थी हुन् । उनलाई बिद्यालयले निशुल्क अध्यापन गराउँदै आएको प्रिन्सिपल गुरुङ्गले बताए । १३ बर्षिय प्रेमा लाम्गादेको मन पर्ने बिषयमा बिज्ञान र अंग्रेजी हो भने उनले बताईन् ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी