Friday, June 15, 2012

बाँकी भूटानी शरणार्थी स्वदेश फर्किन पाउनुपर्ने

काठमाडौं । शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर)का एक वरिष्ठ अधिकारीले भूटानी शरणार्थीलाई ससम्मान स्वदेश फर्काउन नेपाल र भूटानबीच तत्काल वार्ता हुनुपर्नेमा जोड दिनुभएको छ ।
नेपालको चारदिने औपचारिक भ्रमण पूरा गरी जेनेभा फर्कनुअघि शुक्रबार अपराह्न यहाँ आयोजित पत्रकारसम्मेलनमा यूएनएचसीआरका उपउच्चायुक्त टी एलेक्जेण्डर एलिनिकोफले अधिकाँंश भूटानी शरणार्थीलाई तेस्रो मुलुकमा पुनः स्थापना गरिएकाले बाँकीलाई घर फर्काउन नेपाल र भूटानबीच तत्काल वार्ता भई समस्या समाधान हुनुपर्ने बताउनुभयो ।
झापाका दुुईवटा शिविरमा हाल रहेका ४८ हजार छ सय शरणार्थीमध्ये ३८ हजारले तेस्रो मुलुकमा पुनः स्थापित हुने इच्छा व्यक्त गरेको जानकारी दिदै उहाँले घरजान चाहनेहरूलाई उनीहरूको अधिकारको सम्मान गर्दै शीघ्र समस्याको समाधान गर्न सम्बन्धित पक्ष संवेदनशील हुनुपर्छ भन्नुभयो ।
लामो सयमदेखि मानवीय समस्याको रुपमा रहेको भूटानी शरणार्थीको विषयलाई अन्तर्राष्ट्रिय जगतले निरुपण गर्न तेस्रो मुलुकमा पुनर्वासको व्यवस्था गरेपछि ६५ हजार शरणार्थी अमेरिकालगायत युरोपेली देशमा पुनः स्थापित भइसकेका छन् ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी