Monday, June 25, 2012

अज्ञानताका कारण विषालु च्याउको सिकार


चितवन र मकवानपुरका ११ बिरामी

भरतपुर । चितवन र आसपासका जिल्लाका विकट गाउँमा विषालु च्याउ खाएर बिरामी पर्ने र मृत्यु हुनेक्रम बढेको छ । जंगलबाट टिपेर ल्याई तरकारी पकाएर खाँदा विषालु च्याउले कैयौंको मृत्यु भएको छ भने थुप्रै बिरामी पर्ने गरेका छन् । 
अज्ञान र अशिक्षाको कारणले विकट क्षेत्रका बासिन्दा विषालु च्याउको सिकार बन्दै आएका छन् । आइतबारमात्रै मकवानपुर जिल्लाको हेटौँडा–८ कमानेमा विषालुु जंगली च्याउ खाएर एकै परिवारका चारसहित पाँच जना बिरामी परेका छन् । 
च्याउको तरकारी पकाएर खाएलगत्तै बिरामी परेका स्थानीय ४४ वर्षीय दीपक कार्की, ४० वर्षीय इन्द्र कार्की, १७ वर्षीय दिनेश कार्की, १५ वर्षीय अनिशा कार्की र ३६ वर्षीया लक्ष्मी गुरुङको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । 
त्यस्तै आइतबार नै जंगली विषालु च्याउ खाएर बिरामी भई उपचारका लागि भरतपुर अस्पताल भर्ना भएका पूर्वी चितवनको वीरेन्द्रनगर गााविसका एकै परिवारका ६ जनाको भरतपुर अस्पतालमै उपचार भइरहेको छ । केही दिनअघि मात्रै कविलास गाविसमा च्याउ पकाएर खाएका एकै परिवारका पाँच जनाको मृत्यु भएको थियो । 
विषालु च्याउ खाएको केही समयमै रिंगटा लाग्ने, पेट दुख्ने, बान्ता हुनेजस्ता लक्षण देखा पर्दछ । 
यसैबीच गत हप्ता विषालु च्याउ खाएर एकै परिवारका पा“च जनाको मृत्यु भएपछि शोकामग्न भएको कविलासमा सोमबार विषालु च्याउसम्बन्धी सचेतना कार्यक्रम भएको छ । 
युरोपियन युनियन र कविलास गाविसको सहयोग तथा नेपाल चेपाङ संघ केन्द्रीय कार्यलयको आयोजनामा भएको सो कार्यक्रममा गोरखा, धादिङ, मकवानपुर, तनहुँ, लमजुङ र चितवनका अगुवा चेपाङहरुको सहभागिता थियो । 
चेपाङ संघ कविलासका अध्यक्ष आइतराम चेपाङ सभापति रहनुभएको सो कार्यक्रममा केन्द्रीय अध्यक्ष जितेन्द्र चेपाङ प्रमुख अथिति रहनुभएको थियो । 
विषालु च्याउकै कारण मृत्यु भएका कविलास चौकीगाउ“का चेपाङ परिवारको निम्ति केन्द्रीय चेपाङ संघको तर्फबाट अध्यक्ष जितेन्द्र चेपाङले नगद पा“च हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको थियो । 


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी