Friday, July 20, 2012

चितवनमा साज जातको रुख लोपोन्मुख

बसन्त पराजुली
भरतपुर । चितवन र नवलपरासीको जङ्गलमा साज जातका रुख हराउँदै गएका छन् । चाम्रो र बलियो जातको यो रुखको संरक्षणमा ठोस कार्यक्रम नहँुदा अहिले यो साज नै बिलिन हुने अवस्थामा पुगेको हो ।
१० वर्षअघिसम्म चितवन र नवलपरासीका जङ्गलमा साजका रुख सहजै भेटिन्थे तर शुक्रबारभोलि भेटिन मुस्किल छ । पहिला साज चितवनको जङ्गलमा दोस्रो वनस्पती थियो । अनुसन्धानमा संलग्न जिल्ला वन अधिकृत डा. इन्द्रप्रसाद सापकोटाले अहिले साजको अवस्था एक सयभन्दा पछाडि पुगेको बताउनुभयो ।
‘साज हराउँदै छ । यसको संरक्षण गर्न जरुरी छ’, डा. सापकोटाले सञ्चारकर्मीहरुसँग भन्नुभयो, ‘साज संरक्षणका लागि ठोस कार्यक्रम दिन सकिएन भने यो रुख बिस्तारै लोप भएर जानेछ ।’
चितवनमा वन र वनस्पतिको संरक्षणमा लागेकाहरुले पनि साजको रुख हराउँदै गएको अनुभव सुनाउँछन् । पश्चिम चितवन सेतीदेवी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दीपक अधिकारी २०३६ सालपूर्व अधिक साज भेटिए पनि अहिले सो नभएको प्रतिक्रिया दिनुहुन्छ ।
‘२०३६ मा वन अतिक्रमण गरी घर टहरा बनाइएसँगै पुरानो वन मासियो । नयाँ स्थापना गरिएको वनमा साज हुर्काउन सकिएन’, अधिकारीले भन्नुभयो । प्राकृतिक रुपमै हुर्कदै गरेको वनमा पनि यो रुख हुर्कन नसकेको उहाँको अनुभव छ ।
पहिला चितवन र नवलपरासीका जङ्गलमा साज जातका रुख सहजै भेटिन्थे । अहिले टिकौली जङ्गलका केही भाग र निकुञ्जभित्रको जङ्गलमा केही मात्रामा मात्रै भेटिए पनि समग्र चितवनका जङ्गलमा हराउँदै गएको छ ।
ट्रेर्मानिलिया प्रजातिमा पर्ने साजको रुख बढी ठूलो हुन्छ । साज लोप हँुदै गर्दा यसले साललाई समेत असर गर्छ । गाईभँैसीलाई घाँस खुवाउने स्याउलाको रुपमा पनि यो बढी प्रयोग हुन्छ । बढी चाम्रो र बलियो हुनेहुँदा पुराना काठका घरहरुमा बिम तथा डाँडाहरुमा पनि यही काठ बढी प्रयोगमा ल्याइन्थ्यो ।
फर्निचर र झ्याल ढोकाको काठ बनाउन यो काठ प्रयोगमा आउने गर्छ । यो हराएसँगै यसको चाप पनि साललाई नै पर्ने हँुदा यसले सालको संरक्षणमा समेत थप असर गर्ने देखिन्छ ।
‘जङ्गलमा एउटा प्रजाति लोप हुँदै गयो भने त्यसले अन्य प्रजातिलाई पनि असर गर्छ’, सहायक वन अधिकृत तोयानाथ पौडेलले भन्नुभयो, ‘वन, वनस्पति र वन्यजन्तुको संरक्षणमा सबै प्रजातिका वनस्पतीको एकआपसमा आवश्यक र मह¤व रहेको छ ।’
बढ्दो मानवीय चाप र वन क्षेत्रको अतिक्रमणका कारण वन र वनस्पतीमा गम्भीर प्रभाव पर्दा साज हराउँदै गएको अध्ययनमा उल्लेख छ । अध्ययनकर्ता डा. सापकोटा भन्नुहुन्छ, ‘साज हराउँदै छ, संरक्षण जरुरी छ ।’


2 comments:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete
  2. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण

    ReplyDelete

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी