Monday, June 25, 2012

पूर्व माओवादी लडाकूको स्वागत


भरतपुर । एकीकृत नेकपा माओवादीले सोमबार भरतपुरमा स्वैच्छिक अवकाश रोजेका पूर्व माओवादी लडाकूलाई स्वागत गरेको छ । 
पार्टी कार्यालय कृष्णपुरमा आयोजित प्रशिक्षण कार्यक्रममा संस्थापन पक्षधरका पूर्व माओवादी लडाकूलाई स्वागत गरिएको हो । कार्यक्रममा पूर्व माओवादी लडाकूहरुले पार्टीको लक्ष्य र उद्देश्य अझै पूरा नभइसकेकाले आपूmहरु फेरि सक्रिय राजनीतिमा आएको बताए ।
उनीहरुले सर्वहारा वर्गको उत्थानका लागि लडेको पार्टी केही विचलित भएको भन्दै पार्टीमा अहिलेको परिस्थिति र पार्टीको निर्देशनलाई ख्याल गरेर आफूहरु अगाडि बढ्ने बताए । कार्यक्रममा माओवादी नेता अग्नि सापकोटाले प्रशिक्षण दिनुभएको थियो । एकीकृत माओवादीका इन्चार्ज अविनाशको अध्यक्षतामा भएको सो कार्यक्रममा माओवादी संस्थापन पक्षधरका पूर्व लडाकू सहभागी थिए ।
यसैबीच संस्थापनपक्षले पार्टी कार्यालयको हलमा कार्यक्रम गरिरहँदा नवगठित माओवादीपक्षका नेता तथा कार्यकर्ताहरुको बाहिर ठूलो उपस्थिति रहेको थियो । माओवादी पार्टी विभाजन भएसँगै पार्टी कार्यालय कसको हुने भन्नेमा भने अझै विवाद मिल्न सकेको छैन । आफ्नो पक्षधरका माओवादी लडाकूहरुलाई   नवगठित नेकपा माओवादीले आज मंगलबार स्वागत गर्ने बताइएको छ ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी