Monday, June 18, 2012

पार्टी फुट्नुमा हाम्रो पनि कमजोरीः संस्थापन

तत्काल पदपूर्ति नहुने, सवै गुटको अन्त्य !

५ असार, काठमाण्डौ । एकीकृत नेकपा माओवादीले बैद्य पक्षले पार्टी छाड्नुमा आफ्नो पनि कमजोरी रहेको स्वीकार गरेको छ ।
बैद्य पक्षीय अधिकांश नेताहरु जिम्मेबारी नपाएकोमा नेतृत्वसँग असन्तुष्ट रहेको र त्यसलाई समयमा नै सम्वोधन गर्न नसक्दा फुटको अवस्था आएको संस्थापान पक्षको बुझाई छ । ‘जिम्मेबारी दिने कुरामा कमजोरी भयो कि भन्ने समिक्षा गर्नुपर्छ’ प्रचण्ड निकट पोलिटव्युरो सदस्य हरिबोल गजुरेलले अनलाइनखबरसँग भन्नुभयो-’हामीले विचारका रुपमा मात्र समस्या हल गर्न खोज्यौं तर, वैचारिक भन्दा भावनात्मक रुपमा उहाँहरु अघि बढ्नु भयो ।’
मोहन बैद्य किरणलाई संसदीय दलको उपनेता नदिएको, रामबहादुर थापा बादललाई प्रधानमन्त्रीको उम्मेदवार नबनाएको, सीपी गजुरेललाई प्रचण्डले आफूलाई केही नदिएर उपेक्षा गरेको, उल्टै आफ्ना नाम समेत खोसेको, नेत्रविक्रम चन्द विप्लवलाई संविधानसभाको निर्वाचनमा उम्मेदवार नबनाएको र देव गुरुङलाई गृह र अर्थ मन्त्रालय नदिएकोमा नेतृत्वसँग असन्तुष्टी रहेको दावी गर्नुभयो ।
बैद्य पक्षीय नेताहरुको असन्तुष्टीलाई पार्टीले समयमै सम्वोधन गर्न नसक्दा राष्ट्रिय तथा अन्तराष्ट्रिय शक्तिले खेल्ने मौका पाएको र अहिले आएर प्रचण्डले अध्यक्ष छोड्छु भन्दा बैद्य पक्षले नयाँ पार्टी गठनको प्रक्रियामा धेरै अघि बढिसकेकाले पार्टी फुटेको एकीकृत नेकपा माओवादीका नेताहरुको बुझाई छ ।
अब सबै गुट अन्त्य !
माओवादीले बैद्य पक्ष बाहिरिएपछि पार्टीमा रहेका सबै गुटहरु अन्त्य हुने बताएको छ । त्यसका लागि प्रचण्डले बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ प्रकाशसहितको गुटहरु अन्त्यका लागि पहल थालिसक्नु भएको छ । माओवादीले अब आफ्ना कमिकमजोरीको समिक्षा गर्दै पार्टीको कार्यदिशा प्रष्ट पारेर अघि बढ्ने बताएको छ ।
‘अब सबै गुटहरुको अन्त्य हुन्छ, एउटै कार्यदिशा भएपछि गुटहरुको औचित्य छैन’ गजुरेलले भन्नुभयो । बैद्य पक्षलाई सहमतिमा ल्याउन लचिलो हुँदा पार्टीको कार्यदिशा प्रष्ट हुन नकसको भन्दै गजुरेलले अब चुनवाङको वैठकको कार्यदिशालाईलाई अझ विकास गर्नुगर्ने बताउनु भयो । शान्ति र संविधान तत्कालिन कार्यनीति बनाउँदै र त्यसलाई हाँसिल गर्न कसरी जाने भन्ने छलफल गर्नुपर्ने नेता गजुरेलले बताउनु भयो ।
तत्काल फेरबदल नहुने
वैद्य पक्षले पार्टी फुटाएपछि अब संस्थापन पक्षीय माओवादी कार्यसमितिमा केही महत्वपूर्ण पदहरु रिक्त भएका छन् । एक उपाध्यक्ष, महासचिव, सचिव र दुई स्थायी समिति सदस्य खाली भएका छन् ।
बैद्य पक्ष फुटेकै दिन प्रधानमन्त्री एवं पार्टी उपाध्यक्ष बाबुराम भट्टराई, अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु करिव एक साताका लागि ब्राजिल गएका कारण तत्कालै निर्णय नहुने भएको छ । भट्टराई र श्रेष्ठ असार ११ गते फर्किएपछि मात्र पार्टीको रणनीति तय गरिने बताइएको छ । संस्थापन पक्षभित्र पनि रिक्त पदमा कसलाई लैजाने भनेर तीनवटा समूहवीच होडबाजी सुरु भइसकेको छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी