Friday, June 29, 2012

लागूऔषधसहित तीन जना पक्राउ

भरतपुर । मकवानपुरमा बिहीबार राति अवैध लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।
वीरगञ्जबाट हेटौँडा आउँदै गरेको ना १ क २३७६ नम्बरको टिप्परमा आउँदै गरेका मकवानपुर चुरियामाईका २४ वर्षीय शंकर तामाङ, सोही स्थान बस्ने २९ वर्षीय नारायणबहादुर खड्का र ३४ वर्षीय कुमार खड्कालाई प्रहरीले अवैध लागूऔषधसहित रातोमाटे चेकपोष्टमा पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले सातथान फेन्सीडिल बरामद् गरेको छ । पछिल्लो समय मकवानपुरका विभिन्न स्थानमा लागूऔषधसहित मानिसहरु पक्राउ पर्नेक्रम तीव्र भएको छ । लागूऔषधको अवैध कारोबार गर्नेक्रम बढेपछि प्रहरीले पनि चेकजाँच र कारबाही थालेको छ ।
यता, चितवनमा बिहीबार राति सवारी नियम उल्लंघन गर्ने सवारी चालकबाट करिब २८ हजार राजस्व संकलन गरिएको प्रहरीले जनाएको छ । यसैगरी मादकपदार्थ सेवन गरी सवारी चलाउने एक जना पनि पक्राउ परेका छन् ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी