सनी लियोन निकै लजालु स्वभावकी भएको र बाहिर सोँचिएजस्तै उनलाई एक्स्पोज गराउन गाह्रो रहेको भट्ट बताउँछन्. । सन्नीको विषयमा महेशले भनेका छन्,’उनी पोर्न स्टार हुन् यसको मतलब यो होइन की उनमा महिलाको गहनाको रुपमा रहेको लजालु स्वभाव छैन । मलाई अहिले थाहा भएको छ उनी निकै लजालु स्वभावकी महिला हुन् । रनदीवका साथ लव मेकिंग सीनको शूटिङका क्रममा उनी निकै असहज महसुस गर्छिन् ।’ सन्नी लियोन अहिले आफ्नो पहिलो बलिउड फिल्म जिस्म टू को शुटिङका क्रममा श्रृलंकामा व्यस्त छिन् । जिस्म टू सन् २००३ मा बनेको फिल्म जिस्म को सिक्वेल हो । पूजा भट्टले यो फिल्मको निर्देशन गरिरहेकी छिन् । यस फिल्ममा सन्नीका साथै सनदीप, अरुणेदय सिंह र इमरान जाहिदको मुख्य भूमिका छ ।
सनी लियोनबारेको आम धारणाको ठ्याक्कै विपरित उनको स्वभाव पाएपछि महेश र पूजा मात्र होइन शुटिङ युनिटका सबै छक्क परेका छन् । किसिङ सिन्स दिनु सन्नीका लागि केक खानुजस्तै होला भन्ने धेरैको सोँच थियो । तर सन्नीले भने हिरोलाई किस गर्न र इन्टिमेट सिन्स दिन निकै लजाउने र असहज महसुस गर्न थालेपछि जिस्म टू मा सन्नीलाई बढि भन्दा बढि एक्स्पोज गराउने भट्टको योजनामा ठेस लाग्न सक्ने बताइएको छ ।
No comments:
Post a Comment
Thanx for your comment