विनिता दाहाल - मिडियामा बारम्बार न्यायाधीश रणबहादुर बममाथि समाचार आउन थालेपछि असन्तुष्ट रहेका उनले बोलाएरै भने, 'सर्वोच्चमा दूधले नुहाएका न्याधीश छैनन्।' डा. भक्तमान श्रेष्ठको अपहरण प्रकरणपछि हात हतियार सम्वन्धि एक अर्को पुरानो मुद्दामा भीमसेन पण्डित लगायतलाई धरौटीमा छाडिएको 'काण्ड'ले उनलाई विवादको घेरामा तानेको थियो। न्यायपरिषदले उनमाथि महाअभियोग लगाउन सिफारिस गरेको थियो। महाअभियोगको विषय संसदले किनारा नलगाउँदै उनी जीवनबाट किनारा लागेका छन्।
केहीअघि आफूमाथि नियोजितरुपमा नै आक्रमण भएको बताउँदै उनले मिडियाप्रति समेत असन्तुष्टी जनाएका थिए। 'केहीले आफूलाई चोखो देखाउन मजस्ता सोझालाई फसाउने काम गरे,' उनले यसै भनेका थिए। उनले आफूले गरेको निर्णयलाई जवर्जस्ती वद्नाम गराउने काम भएको दावी समेत गरेका थिए। 'हामीले जायज नै फैसला दिएका थियौं। थुनामा राखिरहन हामीसँग कुनै आधार थिएन,' उनले भनेका थिए, 'तर यसैलाई केहीले वद्नाम गराउने खेल बनाए। यसैगरी न्यायाधीशका मुद्दालाई उठाउने हो भने कुनै पनि न्यायाधीश चोखो रहँदैन।
No comments:
Post a Comment
Thanx for your comment