Thursday, July 19, 2012

रामपुर क्याम्पसमा दस दिनदेखि तालाबन्दी

रामपुर । करारमा नियुक्ति गर्नुपर्ने माग राखेर आंशिक प्रध्यापकहरुले रामपुर क्याम्पसमा असार २५ गते गरेको तालाबन्दी अझै खुलेको छैन । जसका कारण क्याम्पसमा यस शैक्षिकसत्रको पठनपाठन सुरू हुन सकेको छैन ।
तालाबन्दी भएपनि संघर्षरत प्रध्यापकहरुले परीक्षा सञ्चालनमा अवरोध गरेका थिएनन् । सो क्याम्पसमा पशु विज्ञानतर्फ २२५ जनासहित लगभग एक हजार जना विद्यार्थी अध्ययन गर्छन् । क्याम्पसमा कृषि तथा पशु विज्ञानमा स्नातकदेखि विद्यावारिधिसम्म अध्ययन हुन्छ ।
‘तीन महिनाअघि संघर्ष समिति बनाएर प्रशासनसमक्ष पटकपटक कुरा राख्यौं । सुनुवाई नभएपछि असार २५ गते डिन र क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएको हौं’, संघर्ष समितिका संयोजक नवीनबाबु खनालले भन्नुभयो ।
रामपुर क्याम्पसमा हाल १३ जना आंशिक प्राध्यापक छन् । उनीहरु दुई वर्षअघि नियुक्त भएका हुन् । एक पटक सात जना र अर्को पटक छ जना गरेर क्याम्पसले उनीहरुलाई राखेको हो । ‘हप्तामा एउटा पिरियडभन्दा बढी पढाउन पाइँदैन । एक पिरियड पढाएको डेढ सय रुपैयाँ पाइन्छ, यसरी कसरी चल्छ र त्यसैले करारमा नियुक्ति दिन माग गरेका हौं’, संघर्ष समितिका संयोजक खनालले भन्नुभयो ।
क्याम्पसले भेटेरिनरी संकायतर्फ थप एकजना आंशिक प्राध्यापक राख्न छनौट प्रक्रियाअगाडि बढाएपछि तालाबन्दी भएको थियो । जसका कारण अन्तरवार्ता स्थगित भएको छ ।
‘हामी पुराना आंशिक प्राध्यापकहरुको समस्या यथावत् रहेको अवस्थामा थप नयाँ राख्न प्रक्रियाअगाडी बढाएर अन्तरवार्ताको मितिसमेत तोकिएको थियो । हामीले तालाबन्दी गरेपछि अन्तरवार्ता रोकिएको छ । अब हामीलाई करारमा नराख्दासम्म ताला खुल्दैन’, संयोजक खनालको भनाइ छ । क्याम्पसमा अझै ३६ जना प्राध्यापकको दरबन्दी खाली छ । केही प्रध्यापकहरु अध्ययन बिदामा बसेका छन् ।
‘क्याम्पसमा प्राध्यापकहरु चाहिएको छ । त्यसैले हामीलाई करारमा राख्न आग्रह गरेका हौं’, खनालको जिकिर छ । रामपुर क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयले २० वर्षअघि तय गरेको प्राध्यापक संख्या हाल अपुग हुने भएकाले आफूहरुलाई करारमा राख्नुपर्ने आंशिक प्राध्यापकहरुको अडान छ । यो विषयमा डिनसँग दुई पटक वार्ता भएको छ ।
‘त्रिभुवन विश्वविद्यालयले करारमा प्राध्यापक राख्ने हो भने तलब आफँै खुवाउन भनेको छ । यहाँ खुवाउन सक्ने स्रोत छैन । त्रिविले स्वीकृत नदिएकाले नै उहाँहरुलाई करारमा नियुक्ति दिन नसकेको हो’, क्याम्पसका डिन प्रा.डा सुन्दरमान श्रेष्ठले भन्नुभयो ।
उता ४५ दिन बिदा भएर क्याम्पस खुलेको बेलामा पढ्न नपाएको भनेर विद्यार्थी संगठनहरुले भने बन्दको विरोध गरेका छन् ।

2 comments:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete
  2. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण

    ReplyDelete

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी