Tuesday, July 31, 2012

मधेसवादी दल भारतको एजेन्ट ः पोखरेल


भरतपुर । नेकपा एमालेका सचिव शंकर पोखरेलले मधेसवादी दल भारतको एजेन्ट भएको आरोप लगाउनुभएको छ । उहाँले मधेसी जनताको अधिकारको विषयमा बोल्नुभन्दा भारतको वकालत गर्दै हिँड्ने परिपाटी मधेसी नेताहरुमा रहेको आरोप लगाउनुभयो ।
नेकपा एमाले स्कुल विभाग चितवनले मंगलबार भरतपुरमा राखेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै सचिव पोखरेलले नेपालको हितभन्दा भारतको स्वार्थलाई सर्वोपरि राखेर मधेसी नेताहरुले वकालत गर्नेगरेको बताउनुभयो ।
मधेसी जनताको अधिकार सुनिश्चित पार्नको लागि बोल्नुपर्ने अवस्थामा भारतको प्रवक्ताको रुपमा मधेसवादी दलहरुले आफ्नो गतिविधि देखाइरहेको सचिव पोखरेलले बताउनुभयो । ‘छिमेकी राष्ट्र भारतलाई हामीले छिमेकीकै रुपमा हेर्नु पर्दछ, त्योभन्दा फरक रहेर उसैको हितमा बोल्न र गतिविधि सञ्चालन गर्न हुँदैन’, उहाँले भन्नुभयो । सबैभन्दा पहिला राष्ट्रको हितमा राखेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
पूर्वसञ्चारमन्त्रीसमेत रहनुभएका नेता पोखरेलले भन्नुभयो, ‘आफ्नो सुरक्षाको लागि भारतले नेपालमा एक मधेस एक प्रदेश होस् भन्ने चाहेको छ ।  भारतको मुख्य चाहनालाई मधेसवादी दलहरुले एक स्वरमा उठाएका छन् ।’ राष्ट्रको हितलाई भन्दा भारतको चाहनाको पछाडि मधेसका नेताहरु हिँड्नु देशको लागि दुर्भाग्य भएको उहाको भनाइ थियो ।
प्रशिक्षण कार्यक्रममा उहाँले नेपालको इतिहासमा सबैभन्दा कमजोर सरकार अहिलेको भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिलेको भन्दा कमजोर सरकार नेपालमा कहिल्यै भएको थिएन । एउटा संगठित समूहले राज्यलाई थर्काउने धम्काउने काम गरिरहेको छ । यस्तो गर्दासमेत सरकार केही गर्न नसकेर चुप लागिरहेको छ ।’
संगठित समूहले जे गरेपनि प्रशासनले नियन्त्रणमा लिन नसकिरहेको भन्दै अराजकताको स्थिति दिनदिनै बढेर गएको उहाँको भनाइ थियो । संक्रमणकाल जति धेरै लम्बिदै जान्छ त्यति धेरै जटिलता, अराजकता, गुण्डागर्दी, भ्रष्टाचार वृद्धि हुँदै जाने सचिव पोखरेलको भनाइ छ ।
अहिलेको अवस्थालाई समाधान गरी राज्यलाई एउटा निकास दिन एमालेमात्र सक्षम भएको पाखरेलले बताउनुभयो । संक्रमणकालको अन्त्य गरी देशलाई उचित निकास दिन एमालेको विकल्प नेपालमा अन्य दलहरु नरहेको सचिव पोखरेलले दावी गर्नुभयो ।
संविधानसभाको विघटन गर्नमा एकीकृत माओवादी र मधेसवादी दलहरु जिम्मेवार भएको उल्लेख गर्दै सचिव पोखरेलले माओवादी अध्यक्ष प्रचण्डको दोहोरो चरित्रका कारण काम गर्न असहज भएको आरोप लगाउनुभयो । संविधान निर्माणको अन्तिम अवस्थामा आएर जातीय मुद्दालाई माओवादीले अगाडि ल्याएको र मधेसवादी दलहरु भारतको हितमा रहेर माग राखेकाले संविधानसभाको अवसान हुन पुगेको पोखरेलको भनाइ थियो ।
कार्यक्रममा पूर्वअर्थमन्त्री तथा एमाले पोलिटव्युरो सदस्य सुरेन्द्र पाण्डेले जातीय राज्यले देशलाई बर्बादीतर्फ लैजाने दावी गर्नुभयो । संयुक्त बसोवास रहेको देशमा एकल जातीय मुद्दाले शुभ संकेत नदिने उहाँकोे भनाइ थियो । उहाँले आर्थिक समृद्धितर्फ राज्यलाई लैजान नसके भविश्य अन्यौल हुने धारणा राख्नुृ भयो ।
कृषिलाई व्यावसायिकतातर्फ लैजान नसक्दा विस्थापित हुनेहरु दिनदिनै बढ्दै गएको बताउँदै उहाँले कृषिपछिको आर्थिक क्षेत्र अहिले वैदेशिक रोजगारी रहेको धारणा राख्नुभयो । रेमिट्यान्सबाट परिवार चलिरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘कृषिबाट पलायन हुने अवस्था आइरहेको छ, यो हाम्रो लागि राम्रो संकेत होइन ।
कृषिलाई आधुनिकीकरण गरेर जीवनसँग जोड्नसके आम्दानी र रोजगार यहीँ रहने पूर्वअर्थमन्त्री पाण्डेको भनाइ थियो ।
जिल्ला अध्यक्ष कृष्णप्रसाद खनालको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य काशीनाथ अधिकारी, राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य दावादोर्जे लामालगायतले बोल्नुभएको थियो ।

2 comments:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete
  2. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण

    ReplyDelete

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी