Monday, July 30, 2012

पूर्वाञ्चलमा सिमेन्ट उद्योग खोल्ने होडबाजी

विराटनगर । पूर्वाञ्चलमा निजी क्षेत्रबाट सिमेन्ट उद्योग सञ्चालनका लागि होडबाजी चलेको छ ।
यस क्षेत्रमा सिमेन्ट उद्योग स्थापनापश्चात् भारतीय सिमेन्टको ठूलो बजार रहेको पूर्वाञ्चलबाट भारतीय सिमेन्ट विस्थापित क्रमशः हुँदै गएको छ । पहिला जोसुकैले पनि निर्माणका लागि भारतीय सिमेन्ट खोज्थे तर हाल नेपाली सिमेन्ट नै खोजेर प्रयोग गर्ने गरेको व्यापारीहरु बताउँछन् ।
पूर्वाञ्चलमा हाल नौवटा सिमेन्ट उद्योग सञ्चालनमा रहेको पाइएको छ । जसमध्ये पाँचवटा सिमेन्ट उद्योग झापामा मात्र रहेको छ । हालै झापाको चारपानेमा कञ्चनजङ्घा सिमेन्ट उद्योग स्थापना गरिएको छ ।
चारपानेमा करिब रु १६ करोड लागतमा निर्माण गरिएको सो सिमेन्ट उद्योगले दैनिक चार हजार बोरा पिपिसी सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखेको उद्योगका महाप्रबन्धक राजेश अग्रवाल बताउनुहुन्छ ।
चार बिघा जमिनमा सञ्चालन गरिएको सो उद्योगमा प्रदूषण नियन्त्रण गुणस्तरीय प्रयोगशालाको व्यवस्था, सरकारले मापदण्डअनुसारको सिमेन्ट उत्पादन सुरु गरेको बुझिएको छ ।
पूर्वाञ्चलको ठूलो औद्योगिक नगरी विराटनगर–सुनसरी औद्योगिक करिडोर क्षेत्रमा एउटा पनि सिमेन्ट उद्योग छैन । यस करिडोरमा करिब ५५० भन्दा बढी उद्योग रहेका छन् ।
हाल पूर्वाञ्चलको झापामा हिमालीयाज सिमेन्ट उद्योग, गोरखकाली सिमेन्ट, मंसा सिमेन्ट उद्योग, (मित्तल) पशुपति सिमेन्ट उद्योग, सिरहाको मिर्चैयामा मारुती सिमेन्ट उद्योग, उदयपुर सिमेन्ट उद्योग गाईघाट, निगाले सिमेन्ट सिंधवा धनकुटा, नेशनल (भव्या) सिमेन्ट उद्योग कटहरी मोरङ रहेको छ ।
उदयपुर र मारुती सिमेन्ट उद्योगले किङ्करलगायतका कच्चा पदार्थ र सिमेन्ट आफैँ उत्पादन गर्ने गर्दछ भने अन्य सिमेन्ट उद्योगले कच्चा पदार्थ भारतबाट आयात गरी सिमेन्ट उत्पादन गर्ने गरेको छ ।
प्रत्येक सिमेन्ट उद्योगले दैनिक एक हजार ५०० देखि दुई हजार बोरा सिमेन्ट उत्पादन गर्ने गरेको छ । जसका कारण भारतबाट आयातित सिमेन्ट विस्थापित हुँदै गएका छन् ।
विगतमा भारतबाट आयातित सिमेन्टबाट पुल, सामुदायिक भवन, सरकारी भवन, उद्योग, भवन, कल्भर्ट, पर्खाल निर्माण हुन्थ्यो भने अहिले अहिले स्वदेशी सिमेन्टबाट नै ती सबै निर्माण कार्य सम्पन्न हुने गरेको छ । साथै सिमेन्टको चोरी तस्करी पनि बन्द भएको छ ।
भारतीय सिमेन्ट बिक्रीमा कमी भएपछि त्यसको डिलर र आयातमा समेत कमी आएको छ । भारतीय सिमेन्टहरुमा सतना, एसिसी, फौलाद ब्राण्डका अन्य थुप्रै सिमेन्ट आउने गरेको बताइएको छ ।   
सिमेन्ट उद्योग धेरै भएपछि त्यसको स्वस्थ्य प्रतिस्पर्धा बढेको र उपभोक्ताले गुणस्तरीय सिमेन्ट पाएको मंसा सिमेन्टका सञ्चालक परशुराम अग्रवाल भन्नुहुन्छ ।
त्यस्तै पशुपति सिमेन्टका सञ्चालक सुरेश मित्तलले विद्युत् अभावले जेनेरेटरबाट सिमेन्ट उत्पादन गर्दा प्रतिबोरा थप रु ४५ खर्च हुने गरेको बताउनुहुन्छ । हाल भारतमा सिमेन्टको कच्चा पदार्थका साथै ढुवानी भाडा पनि वृद्धि भएको उहाँको भनाइ छ ।
मूल्यवृद्धिले स्वदेशी उद्योगले पनि बाध्य भई सिमेन्टको मूल्य बढाउनु परेको उहाँको कथन छ । हाल सिमेन्ट मूल्य प्रतिबोरा रु ७०० देखि ७५० सम्म पुगेको बताइएको छ ।
नेपाल सिमेन्ट उत्पादक सङ्घका अनुसार नेपालभर ३० लाख मेट्रिक टन सिमेन्ट खपत हुने गरेको छ । आफैँ क्लिङ्कर उत्पादन गरेर सिमेन्ट उत्पादन गर्ने सिमेन्ट उद्योगले वार्षिक १६ लाख मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने गरेको छ ।
सिमेन्ट उद्योगहरुको तौल र गुणस्तरको सम्बन्धमा नापतौल गुणस्तर विभागअन्तर्गतको निकायबाट अनुगमन हुने गरेको गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख शशीभूषण यादव भन्नुहुन्छ ।

2 comments:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete
  2. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण

    ReplyDelete

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी