Tuesday, July 17, 2012

तीन दिनदेखि बन्द अस्पताल सञ्चालनमा

भरतपुर । विगत तीन दिनदेखि बन्द रहेको चितवनका अस्पतालहरु मंगलबार बिहानदेखि पूर्ववत् सञ्चालनमा आएका छन् । स्थानीय प्रशासन र आन्दोलनरत चिकित्सकहरुको संस्था, चिकित्सक संघका पदाधिकारीबीच मंगलबार बिहान तीनबँुदे सहमति भएपछि बन्द रहेका अस्पतालका सम्पूर्ण सेवा सञ्चालन भएको हो ।
बिहान भएको वार्तामा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन २०६६ कार्यान्वयन गर्न स्थानीय प्रशासन सहमत भएको छ । त्यसैगरी बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र भरतपुर अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने दोषीमाथि कारबाही गर्ने र गत शुक्रबार आशा अस्पताल भरतपुरमा भएको तोडफोडको क्षतिपूर्ति दिने एवम् अस्पताल र बिरामीका आफन्तका बीचमा भएको सम्झौता खारेज गर्ने सहमति भएको बैठकमा सहभागी चिकित्सक संघ चितवनका सचिव डा.कृष्ण पौडेलले बताउनुभयो ।
सहमतिपत्रमा प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडी र चिकित्सक संघका अध्यक्ष डा.भोला रौनियारले हस्ताक्षर गर्नुभएको छ । सहमतिस“गै जिल्लाका सबै अस्पताल पूर्ववत् सञ्चालन भएको पनि डा. पौडेलले बताउनुभयो । सहमति दस दिनभित्र कार्यान्वयन नभए पुनः कडा आन्दोलनमा उत्रने चिकित्सक संघले चेतावनी दिएको छ ।
पछिल्लो समयमा जिल्लामा चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण एवम् अस्पतालमाथि तोडफोड भएपछि चिकित्सक एवम् स्वास्थ्यकर्मी आन्दोलित बनेका हुन् । अस्पताल बन्द हुँदा चितवन र बाहिरबाट आउने बिरामीहरु मर्कामा परेका थिए ।
उपचार नपाएपछि बिरामीका आफन्तले सोमबार दिउँसो तत्काल अस्पताल खोलाउन जिल्ला प्रशासन कार्यालय पुगी प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीलाई दबाब दिएका थिए ।
उपचारका क्रममा चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात कुटपिट र अपमानजनक व्यवहार भए ऐनमा पाँचदेखि २० हजारसम्म जरिवाना र तोडफोड गरेमा तीन लाखसम्म जरिवाना तथा एक महिनादेखि एक वर्षसम्म कैद वा दुबै सजाय हुने व्यवस्था रहेको छ ।
त्यस्तै चिकित्सकहरुले उपचारका क्रममा बद्नियतपूर्ण ढंगले काम गरेको प्रमाणित भएपनि कारबाहीको व्यवस्था गरिएको छ ।

स्वास्थ्य क्षेत्रमाथि आक्रमणको भत्र्सना

यसैबीच चितवनमा रहेका नौवटा विभिन्न संघसंस्थाले स्वास्थ्य क्षेत्रमाथि भएका श्रृंखलाबद्ध आक्रमणको भत्र्सना गरेका छन् । ती संस्थाहरुले संयुक्त विज्ञप्ति जारी गरेर यस्ता प्रकारका निन्दनीय घटना पुनः दोहोरिन नदिन र घटनाको छानविन गरी दोषीउपर कडा कारबाही गर्न सरकारसँग माग गरिएको छ ।
स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको सुरक्षाको प्रत्याभूति गर्नपनि विज्ञप्तिमा माग गरिएको छ । स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विषयलाई लिएर स्वास्थ्य क्षेत्रमा गरिने बन्द हडतालले बिरामीको उपचारमा प्रभाव पार्ने हँुदा त्यस्ता कार्य नगर्न पनि विज्ञप्तिमा आग्रह गरिएको छ ।
संयुक्त विज्ञप्ति जारी गर्नेहरुमा चितवनका नेपाल नागरिक समाजका उपाध्यक्ष गेहेन्द्र पौडेल, प्रजातान्त्रिक विचार समाजका अध्यक्ष ईश्वरीराज लौडारी, नेपाल शिक्षक संघका अध्यक्ष महेन्द्र पौडेल, नेपाल प्रेस युनियनका अध्यक्ष बसन्त पराजुली, प्रजातान्त्रिक कानुन व्यवसायी एसोसिएसनकी अध्यक्ष इन्दु कोइराला छन् ।
त्यसैगरी निवृत शिक्षक समाजका अध्यक्ष धु्रबराज अर्याल, शिक्षक युनियनका पूर्वसल्लाहकार भवानीप्रसाद पौडेल, भ्रष्टाचारविरुद्ध अभियानका सचिव निलकण्ठ ढुंगाना र मानवअधिकार तथा शान्ति समाजका अध्यक्ष राजेन्द्र पौडेलले पनि संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।



2 comments:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete
  2. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण

    ReplyDelete

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी