Tuesday, July 31, 2012

देवघाटमा सुविधासम्पन्न धर्मशाला बन्दै


देवघाट । बर्सेनि लाखाँैको संख्यामा भक्तजनहरु पवित्र कालिगण्डकी नदीमा स्नान गर्न आउने भएपनि धर्मशालाको अभाव हुँदा समस्या झेल्दै आएका छन् । अब त्यो समस्या पनि बिस्तारै हट्दै जाने भएको छ । देवघाटको नदी किनारमा ४० कोठे पक्की धर्मशाला निर्माण हुने भएपछि समस्या हट्ने भएको हो ।
करिब चार करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको धर्मशालामा एक हजार जना भक्तजनले एकै पटक सुविधा सम्पन्न आवासको सुविधा पाउने हरिकृतन वैद्धिक धर्मशाला निर्माण समितिका सचिव फूलनाथ निउरेले बताउनुभयो । ‘बर्सेनि माघ महिनामा नदीमा स्नान गर्न आउने भक्तजनले आवासको समस्या भोगेको गुनासो गरेकाले त्यसलाई समाधान गर्न स्थानीय र भक्तजनसँग आर्थिक सहयोग लिएर निर्माण थालेका हाँै’, उहाँले भन्नुभयो ।
धर्मशाला निर्माणका लागि समितिले २०६७ सालमा १०८ श्रीमद्भागवत महापुराणको आयोजना गरेर रकम संकलन गरेको थियो । उक्त रकमसँगै २०६८ सालमा वेदपुराण पाठ लगाएर आर्थिक संकलन गरेर सोही सालबाट निर्माण थालिएको धर्मशाला आगामी दुई वर्षभित्र आंशिक रुपमा सञ्चालनमा ल्याइने सचिव निउरेले बताउनुभयो ।
भवनको तीन तलामध्ये दोस्रो तलाको ढलान गर्न लागिएको छ । अहिलेसम्म करिब एक करोड २० लाख रुपैयाँ बराबरको काम सकिएको उहाँले जानकारी दिनुभयो । ‘आम भक्तजनबाट चन्दा संकलन गर्दै र करिब ४० लाख ऋण सहयोगमा अहिलेसम्मको काम सम्पन्न गरेका छौं’, निउरेले भन्नुभयो ।
धर्मशाला निर्माण सम्पन्न गर्न उहाँले सबैलाई आग्रह गर्नुभएको छ । अहिलेसम्म सरकारी निकायबाट सहयोग नपाएको निउरेको गुनासो छ । देवघाटमा स्नान गर्न नेपालका विभिन्न भागसँगै भारतबाट समेत भक्तजनहरु आउने गर्दछन् ।
उनीहरुका लागि सुरक्षित वासस्थान नहुँदा नारायणगढका होटेलहरुमा बस्नुपर्ने बाध्यता रहँदै आएको थियो । धर्मशाला निर्माण सम्पन्न भएपछि बिस्तारै यो समस्या हट्दै जानेमा स्थानीय विस्वस्त छन् ।
‘माघे संक्रान्तिको मेलाका बखत दर्शनार्थीहरुको वासस्थानको व्यवस्था नहुँदा बजार अव्यवस्थित बनेको थियो । धर्मशाला निर्माणपछि व्यवस्थित हुने आशा छ’, स्थानीय व्यवसायी पुरुषोत्तम कँडेलले भन्नुभयो ।

2 comments:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete
  2. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण

    ReplyDelete

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी