Monday, July 30, 2012

भृकुटी कागजका मजदुरले ज्ञापनपत्र बुझाए

नारायणगढ । नवलपरासी गैँडाकोटमा रहेको भृकुटी कागज कारखानामा कार्र्यरत मजदुरहरुले सोमबार चितवन र नवलपरासीका विभिन्न निकायमा ज्ञापनपत्र बुझाएका छन् । झण्डै डेढ वर्षदेखि उत्पादन बन्द रहेको भृकुटीका मजदुरहरुले २० महिनादेखि तलब पाएका छैनन् ।
मजदुर संघर्ष समितिले कारखानापरिसर गैँडाकोटबाट जुलुस निकालेर नारायणगढ पुलचोकमा कोणसभा गर्नुका साथै विभिन्न निकायमा ज्ञापनपत्र बुझाएको हो । संघर्ष समितिले गैँडाकोट इलाका प्रहरी कार्यालयमार्फत नवलपरासी जिल्ला प्रशासनमा, वडा प्रहरी कार्यालय नारायणगढमार्फत चितवन जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएका छन् ।
त्यस्तै चितवन उद्योग वाणिज्य संघमार्फत नेपाल उद्योग वाणिज्य महासंघमा र नेपाल बैंकको नारायणगढ शाखा कार्यालयमार्फत बैंकको केन्द्रीय कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । नेपाल बैंकमार्फत भृकुटीमा एक अरब रुपैयाँभन्दा बढी ऋण प्रवाह भएको संयुक्त समस्या सामाधान तथा संघर्ष समितिका मजदुर नेता हेमराज खनालले बताए ।
यसअघि संयुक्त समितिले माग पूरा गराउन समयसीमा तोकेर कारखाना सञ्चालक तथा सरोकारवाला निकायमा पत्राचार गरेको थियो ।  साउन २५ गतेसम्म सञ्चालन हुने पहिलो चरणको आन्दोलनबाट माग पूरा नभए सबै मजदुर कर्मचारीहरु कारखानाको काठमाडौंमा रहेको केन्द्रीय कार्यालयमा धर्ना दिन जाने संयुक्त समितिले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
देशकै ठूलो भृकुटी कागज कारखानाले विसं २०६७ साल फागुनदेखि उत्पादन बन्द गरेपनि कारखानामा कार्यरत मजदुर, कर्मचारी र सुरक्षा गार्ड गरेर ३४७ जनाले विसं २०६७ साल मंसिरयता तलब नपाएको संयुक्त संघर्ष समितिले जानकारी दिएको छ ।
चीन सरकारको सहयोगमा बनेको सो कारखाना विसं २०४९ सालमा निजीकरण भएपछि गोल्छा समूहले सञ्चालन गरेको थियो ।
मजदुरहरुले तलब भत्ता तुरुन्त भुक्तानी हुनुपर्ने, कारखाना सञ्चालन हुनुपर्ने र बिमा र सञ्चयकोषको रकम पूरा दाखिला हुनुपर्नेलगायतका पाँचवटा माग राखेर संघर्षका कार्यक्रम घोषणा गरेका छन् । कारखानमा कार्यरत विभिन्न मजदुर संगठनले संयुक्त रुपमा सञ्चालन गर्ने आन्दोलनमा जिल्लाका सबै दलले समर्थन र सहयोग गर्ने भएका छन् ।
भृकुटीले महिनाको सरदर एकहजार ५३० टनसम्म कागज उत्पादन गर्दै आएको थियो । प्रतिटन कागजको न्यूनतम ६० हजार रुपैयाँ पर्छ । भृकुटीको उत्पादन रोकिँदा कागजका लागि महिनाको नौ करोड रुपैयाँ विदेशिएको कारखाना सोतको भनाइ छ ।
मजदुरहरुले श्रम कार्यालयमा उजुरी दिएपछि सो कारखानाको नाममा रहेको ५३ बिघा जग्गा पनि रोक्का भएको छ । कारखाना सञ्चालकले कागज उत्पादन बन्द गरेर त्यहाँको जग्गा प्लटिङ गर्न लागेको मजदुर संगठनहरुको भनाइ छ । यसका लागि गत वर्ष भएको कारखाना सञ्चालक समितिको विशेष भेलाले कारखानाको उद्देश्य पनि परिवर्तन गरेको मजदुर प्रतिनिधिहरु बताउँछन् । देशमा कागजको माग निकै उच्च रहेका बेला कारखाना बन्द गर्न नहुने मजदुर संगठनहरुको माग रहेको छ ।
‘छिमेकी देशले सद्भाव स्वरुप बनाइदिएको उद्योग निजीकरण भयो र अहिले आएर उद्देश्य नै परिवर्तन गरेर कागज उत्पादन बन्द गरेर घडेरी बेच्ने योजना बनाइयो । यस्ता कुराका विरुद्ध सरकार बेलैमा जागेन । अब चाँडै जागोस् भन्ने हाम्रो माग छ’, संघर्ष समितिका संयोजक राम शर्माले भने । सरकारले सुरूदेखि नै उद्योगको प्रभावकारी अनुगमन नगर्नाले अहिले समस्या आएको उनले बताए ।

फोटो क्याप्सन ः
आन्दोलन ः सोमबार भृकुटी कागज कारखानाका मजदुरहरुले नारायणगढमा निकालेको जुलुस ।


2 comments:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete
  2. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण

    ReplyDelete

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी