Thursday, December 29, 2011

धनगढी, १४ पुस । सरकारसँग भएको सहमति कार्यान्वयन गराउन भन्दै सङ्घर्षमा उत्रिएका माओवादी सेनाका पूर्व लडाकुले गरेको बन्दबाट आज कैलालीको जनजीवन प्रभावित भएको छ ।बन्दका कारण कैलालीमा यातायात, उद्योग व्यवसाय र शैक्षिक क्षेत्र ठप्प भएपछि जनजीवन प्रभावित बनेको हो । समाजमा पुनःस्थापना गराउने नाममा आफूहरुलाई विस्थापित गराउने काम गरिएको भन्दै पूर्व लडाकुले सरकारसँग भएको सहमति कार्यान्वयन गराउन सङ्घर्षमा उत्रनु परेको बताएका छन् ।अयोग्यताको विल्ला खारेज गरी सम्मानजनक पुनःस्थापना गर्ने र यसका लागि एकमुष्ट आर्थिक प्याकेज उपलब्ध गराउनेलगायतका चारबुँदे सहमति सरकारसँग भएपनि सहमति बमोजिमको काम नभएको पूर्व लडाकुले बताएका छन् ।कैलालीको तालबन्दस्थित माओवादी सेनाको सातौं डिभिजन कार्यालयमा गरिएको प्रमाणीकरणका क्रममा करिब २७२ जना लडाकु बहिर्गमनमा परेका थिए ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी