Thursday, December 29, 2011

पर्यटन विकासका लागि सामुहिक पहलमा जोड


बुटवल, पुष,लुम्विनीको विकासको लागि राज्यको तदारुक्ता र अन्य क्षेत्रको सहयोगको आवश्यक्ता रहेको आज मंगलवार बुटवलमा आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । रुपन्देही उद्योग संघको आयोजनामा बुटवलमा जारी बाह्रौ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि तथा पर्यटन महोत्सव–२०६८ का अवसरमा  मंगलवार आयोजित पर्यटकिय एवं धार्मीक स्थल लुम्विनीका सम्भावना र चुनौतिहरु विषयक अन्तरक्रियात्मक गोष्ठिमा बोल्ने बक्ताहरुले सो धारणा राखेका हुन । बक्ताहरुले लुम्बिनीको विकास भनेको भौतिक विकास नभएर यस क्षेत्रको सामाजिक र जिवनस्तरमा गरिने विकास भएको उल्लेख गर्दै त्यसका लागि समान धारणा बन्नु जरुरी रहेको बताएका थिए । कार्यक्रमका सहभागिहरुले लुम्विनीलाई माग्ने भाडो बनाएर राजनीतिक अखडा नबनाउन सुझाव समेत दिएका थिए । कार्यक्रममा संस्कृतिविद् डा. गितु गिरीले लुम्बिनी भ्रमण बर्ष २०१२ का अवसर र चुनौतिहरु विषयमा कार्यपत्र प्रस्तुत गर्दै लुम्बिनी र यस क्षेत्रमा पर्यटन विकासको माध्यमद्वारा यहाका बासिन्दाको जीवनस्तर मा सामाजिक तथा आर्थिक रुपान्तरण ल्याउन त्यसै अनुसारको नीति र कार्ययोजना अगाडी सार्न आग्रह गर्नु भयो । उहाले कार्यपत्रमा रुपन्देही जिल्लामा रहेका पर्यटकिय दृष्टिले महत्वपूर्ण स्थान र सम्पदाहरु रहेको उल्लेख गर्दै स्थानीय साधन र स्रोतको परिचालन गरी पर्यटन उद्योगको विकास गर्न सकिने सुझाव दिनु भएको छ । डा. गिरीले रुपन्देहीमा सांस्कृति, तीर्थाटन, प्रकृति, पहाडी, पर्या पर्यटन, व्यापार पर्यटन, साहसिक पर्यटन, ग्रामीण पर्यटन, खेल, औ षधी, कृषि पर्यटनहरुको संभाव्यता निकै बढी रहेको बताउदै यो जनालाई अविच्छिन्न रुपमा सञ्चालन गर्ने प्रतिवद्धता जाहेर गर्नु पनेर् कुमा जोड दिनु भयो । उहाले पर्यटन प्रबद्र्धन गर्न राष्ट्रले प्राथमिकतामा राखेर पारदर्शी बनाउनु सुझाव दिनु भयो । कार्यक्रममा बोल्दै लुम्बिनी विकास कोषका सदस्य सचिव राजेन्द्र थापामगरले लुम्बिनीको विकासका लागि कोषले राज्यले दिएको निदेर्शनलाई पालना गरेर अगाडी बढेको उल्लेख गर्दै लुम्बिनीबाट लिने होइन हामीले के दिने भन्ने भावना राख्न आग्रह गर्नु भयो । थापाले कोषमा हुने कुनै पनि काम पारदर्शी रुपमा भएको दावी गर्दै आफ्नो कार्यकालमा अनियमितता भएको पुष्ठि गरे फासीमा चढ्ने चुनौति दिनु भयो । थापाले भ्रमण बर्षलाई प्राथमिकतामा राखे र लुम्बिनीमा बढी भन्दा बढी पर्यटकहरु भित्र्याउने योजना कोष लिएको जानकारी दिनु भयो । उहाले लुम्बिनीको विषयमा कुराभन्दा कामको आवश्यक्ता रहेको जिकिर गर्दै आलोचनाले मात्र विकास नहुने टिप्पणी गर्नु भयो । रुपन्देही उद्योग संघका अध्यक्ष तेजकुमार पाठकको अध्यक्षता, प्रथम उपाध्यक्ष बोनिन पियाको स्वागत तथा सचिव बाबुराम बोहोराको सञ्चालनमा भएको कार्यक्रममा विष्णु पन्थी, मेघराज भण्डारी, अगंर ाज भारती, विष्णु पौडेल, प्रेम थापा, छविलाल शर्मा,े, यमलाल खनाल लगायत बोल्नु भएको थियो ।


   

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी