मुम्बई, जेठ १० (एजेन्सी)-बलिउडकी कामुक अभिनेत्री मानिने बिपासा बसु आफ्नो हरेक चलचित्रमा फरक फरक शैलीमा देखिने गर्छिन्। त्यही क्रममा उनी जोडी ब्रेकर्समा आइटम गर्लका रुपमा देखिएकी थिइन्। अब बिपासाले आफ्नो शैलीलाई फरक रुपमा दर्शकसामु पस्किने प्रयास गर्दैछिन्। उनले आफ्नो आगामी चलचित्र 'सुट आउट एट बडाला'मा मुजरा नृत्य गर्ने भएकी छिन्। यस मुजराबाट बिपासाले करिना कपुर, एश्वेर्या राय जस्ता अभिनेत्रीहरूलाई पछिपार्ने बताइएको छ।
हुनत् अहिलेसम्म चलचित्रको गीत निश्चित भइसकेको छैन। तर, यस गीतमा नृत्य बिपासाले नै गर्नेभएकी छिन्। हाल बिपासा सेफअली खानसँग रेस-२ चलचित्रमा काम गरिरहेकी छिन्।
कुनै जमाना थियो जब बलिउड चलचित्रमा मुजरा एउटा आवश्यकता मानिन्थ्यो। मुजरा नृत्यलाई चलचित्र हिट गराउने माध्यमका रुपमा मानिन्थ्यो।
बिशेषगरी ट्रेजडी क्विन मिना कुमारीलाई चलचित्र पाकिजाको मुजराले भारतीय दर्शकको मन मस्तिस्कमा स्थापित गराएको मानिन्छ। अब बिपासाले आफ्नो कामुकतासँगै मुजराबाट ककसलाई चुनौति दिनेछिन् हेर्न बाँकी छ
No comments:
Post a Comment
Thanx for your comment