प्रियसी सिर्जना,
मायाका सौगातस्वरुप पुष्पगुच्छा टक्र्याउन चाहन्छु, स्वीकार ल...! सिर्जना, यो बेला म खोइ कसरी तिमीलाई मेरो हालखबर सुनाऊँ र ? तिमी नै जानकार छौ नि । यहाँ सहरबीच म त्यसै बन्दी र कैदी जीवन बिताउन बाध्य भइरहेको छु । हुन त, यो सहरमा म कहिले खुला आकाशमा विचरण गर्ने पक्षी बनेर उड्न सकेको थिएँ र ? तर पनि झन् यो विकराल स्थितिमा म आफैँ जकडिँदै हिँड्न बाध्य भइरहेको छु । म केही दिनअगाडि कविहरुको माहौलमा पुगेको थिएँ । त्यहाँ भनिएको थियो कवितामा नै, ‘जताततै सडकमा टायरको पिरो गन्ध छ, के खबर सुनाऊँ खोइ, आज बन्द छ ।’ हो, त्यस्तै भएको छ यहाँ सिर्जना...! बरू गाउँघरतिर यस्तो अवस्था नआएको होेला । ती बूढाबाबु र आमाहरु पनि आरामै होलान् । फेरि छरछिमेक पनि कुशल नै होलान्, होइन ? यहाँजस्तो अभाव त त्यहाँ पक्कै नहोला । यहाँ त बन्दैबन्दका बीच अभावको सिर्जना भइसकेको छ । के–के न गरौँला भनेर सहर पसेको तिम्रो सिर्जनको जीवन आज बन्दमा परेको छ । संविधान निर्माणको अन्तिम अवस्थामा देशमा यो विधि अशान्ति होला भनेर नेपाली जनताले सायदै सोचेका थिए होलान् ! हेर न, आजभोलि त यहाँ कस्तो बन्द हुन थाल्यो भने बन्द गर्न पनि लाइन लागेर पालो कुर्नुपर्ने जस्तो अवस्था आएको छ । सपनामा पनि नसोचेको बिपनामा नै हुँदैछ यहाँ । सोच त, हामीले कल्पना गरेको नयाँ नेपाल कस्तो थियो र यो वास्तविक नेपालको चित्रमा विचरण गर, कति फरक छ ! आकाश–पातालको फरक पाउने छौ । कस्तो विडम्बना ! के हामीले सडकमा आवाजहरु गुञ्जाएको यही अवस्था देख्ने रहरले थियो र ? सिर्जना, यो देशको कुरामात्र कति गर्नु ! यो सहरमा मेरो अवस्था कस्तो होला कल्पना गर त । आज बीस दिनभन्दा बढी भइसक्यो, बन्दको सामना गर्नुपरेको मैले । सोच, मसँग कति अभावले पौँठेजोरी खेलिरहेको होला ! गाउँमा त सिर्जना, हाम्रोेमा नभए पनि पल्लाघरकी माइली भाउजूकोमा हुन्छ, उनकोमा नभए हाम्रोमा हुन्छ । एकआपसमा अैँचोपैँचो गरेर काम चल्छ र अहिले पनि चलिरहेकै होला । तर यहाँ यो बिरानो सहरमा कसले अैँचोपैँचो गर्ने ! यहाँ एकै घर बस्नेबीच चिनजान र बोलचाल नै हुँदैन, न त हुन्छ यहाँ आफ्ना दुःख–सुख साटफेर पनि । सिर्जना, यो बन्दमा कतिसम्म भयो यो सहरमा ! तिमीले कहीँकतै अखबार र रेडियोबाट पनि थाहा पायौ होला । नपाएको भए पनि म भन्छु । अस्तिमात्र गुड्दै गरेको बसमा आगजनी गरिदिँदा बसमा सवार भ्रमण हिँडेका विद्यार्थीहरु झन्डै मृत्युवरण गर्नुपर्ने अवस्थामा पुगेका । हाम्रो सुन्दर गाउँ घुम्न जाँदै थिए रे उनीहरु । उनीहरुलाई बसमा थुनेर आगो लगाइदिएका थिए रे बन्दकर्ताहरुले । मानवीय संवेदनासमेत नभएका तिनीहरुलाई खोइ के मानवको नामले सम्बोधन गरुँ र म ! तर पनि यस्तो निकृष्ट कार्य गर्नेहरु पनि यहाँ खुलेआम हिँड्ने गरेका छन् । यता बिरामी बोक्ने एम्बुलेन्समा समेत तोडफोड भएको छ । अस्पतालमा पनि तोडफोड भएको छ । कस्तो सामान्य विवेक नै गुमाएका उनीहरुले ! यो पनि सोचेनन् कि उनीहरु नै बन्द गराउने क्रममा घाइते भए भने तिनै एम्बुलेन्सले उनीहरुलाई अस्पताल पु¥याउने हो, त्यही अस्पतालमा उनीहरुको उपचार हुने हो । के भन्नु, सामान्य संवेदना नै गुमाएका मानव भनाउँदाहरुलाई ! हो, आफ्नो अधिकार प्राप्तिका लागि विद्रोह त गर्न सबैलाई छूट छ तर पनि यो उनीहरुले सोच्नुपर्दछ कि उनीहरुको अधिकारसँगै यहाँ अधिकार प्रयोग गर्नेहरु पनि छन् । कतै हामीले उनीहरुको अधिकार त हनन् गरिरहेका छैनाँै भनेर विचार पु¥याउनु पर्ने हो नि ! तर यहाँ अर्काको निम्ति सोच्ने समय कसलाई छ र ! यहाँ सबैलाई मै खाऊँ मै लाऊँ सुख–सयलमा मै मोज गरुँ भन्ने न छ । सब आफ्नो स्वार्थपूर्तिका निम्ति लागिपरेका छन् । सिर्जना, तिमीले यो पनि सुन्यौ होला नि, यो बन्दमा गाडी चल्न नपाउँदा बिरामी वृद्धाको गाडीमा नै मृत्यु भयो । यहाँ कसैले कसैको वास्ता नै गर्दैन, न त यहाँ अरुको बारेमा सोच्ने कसैलाई फुर्सद नै छ । संविधान निर्माणको यो अन्तिम क्षणमा आएर सबैले आफ्ना मागहरु तेर्साइरहेका छन्, केवल आफ्ना निजी र सीमित स्वार्थका निम्ति । यहाँ नेपालीको संविधान निर्माण हुने बेलामा सबै आफ्नो निजी र स्वार्थअनुकूलको संविधान बनाउने होडमा देखिन्छन् । यहाँ कोही पनि तीन करोड नेपालीको साझा संविधान बनोस् भन्ने आवाज लिएर हिँडेका छैनन् । हामी नेपाली हौँ तर पनि यहाँ कोही पनि पहिले नेपाली बनेको छैन । पहिले ऊ आफ्नो जाति बनेर चिनिन चाहन्छ, आफ्नो क्षेत्रको नामले चिनिन चाहन्छ । त्यसैले त यहाँ कसैले पनि समग्र नेपाल भनेर, समग्र नेपाली भनेर माग गरेका छैनन्, मलाई भने दुःख लागेको छ । यो परिवर्तन ल्याउन न त कुनै एक जाति, न त कुनै एक धर्म र क्षेत्रले मात्र रगत बगाएको हो । यो परिवर्तनका लागि गाउँ, सहर, धनी, गरिब सबैले एकै रुपमा हिस्सा दिएका हुन् रगतको र यो परिवर्तनका लागि उनीहरु पनि बरावरका हिस्सेदार हुन् । तर पनि यहाँ सबैले आफ्नो ठूलो भाग हुनुपर्दछ भनेर आन्दोलन गरिरहेका छन्, मलाइ यस मानेमा अचम्म लागेको छ कि किन यति स्वार्थी भएका हुन् मानिसहरु ! सिर्जना, बन्दको बेला म समय व्यतीत गर्नलाई सहरदेखि एकान्तमा पुगेको थिएँ । त्यहाँ एक जोडी प्रेमीहरु थिए, उनीहरुबीच पनि यही विषयमा विचार–बिमर्श हुँदै थियो कि अब बन्ने संविधानमा हामीजस्ता जोडीको पनि हकअधिकार सुनिश्चित हुनुपर्दछ । अरे बाबा, उनीहरु के कुरा गरिरहेका थिए ! यस्तो पनि माग हुन्छ त ? यहाँ त फेसन बनेको छ बन्द आजभोलि, आन्दोलन पनि फेसन भएको छ आजभोलि । सिर्जना, यो अवस्थाबाट देशले के पार पाउला त ? राष्ट्रभक्त सबैलाई यही चिन्ताले छोएको छ । यो विकराल अवस्थामा म यहाँ अहिलेसम्म त जे होस् बाँचिरहेको नै छु तर पनि के जेठ १४ पछि यो अवस्थाको अन्त्य भई नयाँ बिहानी आउला त ? मलाई त शंका छ तर जे होस्, राम्रै र कुशल भए हुन्थ्यो । हामीले कामना गर्ने यही नै त हो । सहरमा त कामनाको कुरा के हुन्थ्यो र ! यसको विरोधमा नै भन्छु म त टायरहरु बल्छन् । यही कामना गर्र्दै तिमीले साँझमा मझेरीमा दियो बालिरहनू, म त्यही दियोको उज्यालोमा यो सहरमा अन्धकारबाट मुक्ति पाएको हुनेछु । सिर्जना, ल त आजलाई यो पत्रबाट पनि बिट मार्न चाहन्छु । अब जेठ १४ भित्र तीन करोड नेपालीले मेरो भन्ने संविधान बनोस् र तिम्रो कामनाले सार्थकता पाओस् भन्ने कामना गर्दै बिदाइका हातहरु हल्लाएँ ल...! उही तिम्रो प्रिय सिर्जन...!

विधुर ढकाल
No comments:
Post a Comment
Thanx for your comment