काठमाण्डौं । संविधानसभा विघटनसँगै पूर्वसभासद्हरुले सुविधा वापत पाएको गाडी धमाधम फर्काउन थालेका छन् ।
विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने
विभिन्न राजनैतिक दलका प्रमुख सचेतक, संविधानसभा अन्तर्गतका विभिन्न
समितिका सभापति तथा व्यवस्थापिका संसदमातहतका विभिन्न समितिका सभापतिहरुले
गाडी तथा इन्धनको सुविधा पाउँदै आएका थिए । पदबाट मुक्त भएको सात दिन
भित्र गाडी फिर्ता गर्नुपर्ने समयसीमा भएपनि अहिले भने समय अगाबै धमाधम
फिर्ता भईरहेको संसद सचिवालयले जनाएको छ ।
सभामुख सुवास नेम्बाङ, संवैधानि समितिका
सभापति निलाम्बर आचार्य, अल्पसंख्यक तथा सीमान्तकृत समुदायको हक अधिकार
संरक्षण समितिका सभापति लालबाबु पण्डित, प्राकृतिक स्रोत साधन समितिका
सभापति शान्ता चौधरी र राष्ट्रिय हितको संरक्षण समितिका सभापति अमिक
शेरचनले मंगलबार नै आफेले उपभोग गर्दै आएको गाडी फिर्ता गरेको खबर आजको
अन्नपूर्ण पोष्ट दैनिकले खबर छापेको छ ।
सर्वोच्चको आदेशलाई लत्याउँदै केही
सभासद्हरुले भने गत मंसिरमै फिर्ता गर्नुपर्ने गाडी अझै फिर्ता गरेका
छैनन् । यसरी फिर्ता नगर्नेहरुमा एमालेका प्रमुख सचेतक भीम आचार्य, फोरम
लोकतान्त्रिकका प्रमुख सचेतक रामजनम चौधरी, राष्ट्रिय जनशक्ति पार्टीका
प्रमुख सचेतक अर्जुन राई, फोरम गणतान्त्रिकका प्रमुख सचेतक
चन्दि्रकाप्रसाद यादब र दलित जनशक्ति पार्टीका विश्वेन्द्र पासवान रहेका
छन् ।
onlinekhabar
No comments:
Post a Comment
Thanx for your comment