Thursday, May 31, 2012

लोडसेडिङ अब सातामा ४८ घण्टामात्रै


१८ जेठ, काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले फेरी लोडसेडिङ दैनिक एक घण्टाका दरले घटाएको छ । शुक्रवारवाट लागु हुने गरी दैनिक एक घण्टाका दरले लोडसेडिङ घटाइएको प्राधिकरणले जनाएको छ । सातामा ५६ घण्टा हुँदै आएको लोडसेडिङ अब सातामा ४८ घण्टामात्रै हुनेछ ।

नदीमा पानीको वहाव वढेको र विद्युत चुहावटमा केही कमी आएकाले लोडसेडिङ घटाएको प्राधिकरणले जनाएको छ । नयाँ लोडसेडिङ कार्यतालिका अनुसार अबदेखि सातामा दुई दिन ८ घण्टा, एक दिन साढे ७ घण्टा, एक दिन ७ घण्टा, एक दिन साढे ६ घण्टा, एक दिन ६ घण्टा र एक दिन पाँच घण्टा लोडसेडिङ हुनेछ ।
तर बढी चुहावट हुने फिडरमा भने थप लोडसेडिङ गरिने विद्युत प्राधिकरणले जनाएको छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी