Tuesday, May 29, 2012

इमेज विगार्ने डरले दिपकले हटाए जियालाई



अन्ततः आफैले सिनेमा क्षेत्रमा भित्राएकी नायिका जिया केसीलाई निर्देशक दिपक श्रेष्ठले पोष्टरमा समेत स्थान दिएनन् । चलचित्र ‘वाचा’मा नायिकाको रुपमा रहेकी जियालाई दिपकले यो सिनेमाको पोष्टरमा स्थान दिएनन् । आफैले ल्याएको नायिका र आफ्नै क्याम्पको नायिका भनेर नाम जोडिने जियालाई अन्तत दिपकले किन पोष्टरमा समेत राखेनन्, यो रहस्यको विषय हो । नायिका जिया केसी देखेर दिक्क मानेका दिपकले भने, ‘अव त मेरो सिनेमाको ईमेज नै गिर्छ कि भन्ने लागेर पोष्टरमासमेत राख्ने आट गरिन् ।’चलचित्र ए.टी.एम मा भद्धा भुमिकामा अभिनय गरेपछि जियाप्रति दिपकको असन्तुष्टी वढेको हो । उनले भने, ‘ग्ल्यामर भन्ने कुरा पनि पस्कने तरीका हुन्छ, त्यसलाइ पस्कने तौर तरीकाहरु पनि हुन्छन् । ग्ल्यामर भन्ने चिज हेर्दा आनन्द लाग्ने खालको हुनुपर्छ तर जव यो भद्धा लाग्छ नि त्यो ग्ल्यामर नभई अश्लिता हुन्छ ।’ दिपकले आफुले चलचित्र ‘हो यही माया हो’ मा सफ्ट भुमिकामा अभिनय गराएकी नायिकाको पछिल्लो सिनेमाको दृश्य हेरपछि ‘वाचा’को पोष्टरमा राख्न नसकेको वताए । चलचित्रमा नायक दिलीप रायमाझी र नव नायिका सिम्रन पोखरेललाई मात्र स्थान दिइएको छ । सिम्रन भन्दा नायिका जिया केही पुरानी कलाकार हुन् र उनी चर्चामा पनि छिन् ।
तर दिपकले भने, मेरो सिनेमामा उ सफ्ट भुमिकामा रहेकी छिन् । तर, उसले भद्धा खालको भुमिका गरेपछि आफ्नो सिनेमालाई असर पुग्ने देखेर राखिन । यसभन्दा अघि आधादर्जन सिनेमामा अभिनय गरिसकेकी जियालाई ए.टि.एम कारण घाटा पर्ने देखिएको छ । एउटा सिनेमाको पोष्टरवाट वाहिरीएकी जियालाई अव अन्य निर्माताहरुले सिनेमा लिने हुन् या होईनन् त्यो आफैमा प्रश्नको विषय हो ?

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी