Thursday, May 31, 2012

‘सरकार हटे वैधानिक बाटो नै बन्द हुने


काठमाण्डौं । नागरिक समाजका केही अगुवाहरुले अहिलेको निर्वाचित सरकार रहेन भने अर्को वैधानिक सरकार ल्याउने उपाय नै बाँकी नरहने धारणा राष्ट्रपति डा रामबरण यादबसमक्ष व्यक्त गरेका छन् ।
नागरिक अगुवाहरुको बिहीबार राष्ट्रपति डा यादब समक्ष ध्यानाकर्षण पत्र प्रस्तुत गर्दै यस्तो धारणा व्यक्त गरेका हुन् । ध्यानाकर्षण पत्र बुझ्दै राष्ट्रपति डा यादबले नेपाली जनताको संविधानसभा मार्फत संविधान लेख्ने ६ दशक लामो सपना अहिले पनि पुरा हुन नसेकोमा दुःख व्यक्त गर्नुभएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले खबर छापेको छ ।
दलहरुकै नेतृत्वमा भएका विगतका आन्दोलन मार्फत स्थापित लोकतान्त्रिक शक्तिहरुको रक्षार्थ राजनीतिक दल र नागरिक समाज दुवै सक्रिय हुनुपर्ने भन्दै राष्ट्रपतिले अन्तरिम संविधानको भावना र मर्म अनुसार सवै पक्ष लाग्नुपर्ने बताउनुभएको नागरिक समाजका एक अवगुवाले जानकारी दिएका छन् ।
नागरिक समाजका अगुवाहरुले बुझाएको ध्यानाकर्षण पत्रमा ‘व्यवस्थापिका संसद् नरहेको स्थितिमा हाम्रा कुनै पनि कदमले अहिलेको निर्वाचित सरकार रहेन भने फेरि अर्को वैध र निर्वाचित सरकार ल्याउने वैधानिक उपाय पनि बाँकी रहँदैन् ।’ भनिएको छ 
vie: onlinekhabar

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी