साउदीमा छँदा हेभी ड्राइभिङ गर्ने काशीले फुर्सदको समय सदुपयोग गर्ने उद्देश्यले एक भारतीयसँग चार महिने सैलुन तालिम लिए । गाउँघरमा छँदा केटाकेटीको कपाल काट्ने शौख भएका उनलाई त्यो तालिमले पारंगत बनायो । त्यसपछि उनले अल्जोबमै रहेको सैलुनमा काम थाले । आठ घन्टे ड्राइभिङबाट बचेको अतिरीक्त समयमा गर्ने हजाम पेशाबाट उनले त्यहाँ मासिक १० हजारसम्म बचाउँथे । कपाल काटेको १० रियल र दाह्री काटेको तीन रियल रेट भए पनि साहुलाई आधा बुझाएर आधा उनको हातमा पथ्र्यो ।
विदेशकै कमाइबाट किनेको दिक्तेलस्थित आफ्नो घरमा साइनबोर्ड राखेर विगत १४ महिनादेखि सैलुन चलाइरहेका उनले सुरुसुरुमा आफन्तहरुबाट आलोचना पनि खप्नु पर्यो । ‘नगर्नू, हाम्रो जातले गर्ने काम होइन भन्नेहरु थुपै्र थिए ।’ बजिमयले सुनाए, ‘कामले कोही सानो हुँदैन भन्ने कुरा आफैँले देखेर, भोगेर र जानेर आएकोले तिनका कुरा वास्तै गरिएन ।’
उनी विदेशमा बस्ने साथीहरुलाई फुर्सदको समय सदुपयोग गरेर शिप सिक्न सुझाव दिन्छन् । त्यसो गरे फर्केपछि के गर्ने भन्ने चिन्ता नहुने उनको अनुभव छ । आफूसँगै फर्केका कतिपय साथीले बेलैमा शिप नसिकेकोमा पछुतो मान्ने गरेको खबर पनि सुनाए । ‘फोनमा कुरा हुँदा मैले सैलुन खोलेको सुनेपछि साथीहरु पछुतो मान्छन् ।’ विदेशको चक्करमा लागेकाहरुलाई त्यो चक्कर छोडेर यस्तै शिप सिक्न सुझाव दिने उनले भने, ‘अर्काको नोकर पनि हुनु नपर्ने, होमसिक र ज्यान जोखिम पनि नहुने । कम लगानीमा यति राम्रो कमाइ हुने काम छाडेर विदेश जान किन मरिहत्ते गर्नु ?’
No comments:
Post a Comment
Thanx for your comment