Tuesday, July 31, 2012

बालश्रम न्यून गर्न सामूहिक प्रतिबद्धता आवश्यक


रत्ननगर । बालश्रम न्यूनीकरणको लागि सरोकारवालाबीच सामूहिक प्रतिबद्धता आवश्यक भएको औंल्याइएको छ । रत्ननगर नगरपालिकामा सञ्चालित बालमैत्री स्थानीय शासन कार्यक्रमको प्रभावकारिताको विषयमा छलफल गर्न मंगलबार आयोजित कार्यशाला गोष्ठीका सहभागीहरुले बालश्रम न्यूनीकरणको लागि सामूहिक प्रतिबद्धता र सहकार्यको खाँचो रहेको बताएका छन् ।
बालमैत्री स्थानीय शासन कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सरोकारवाला निकायबीचको समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउनु पर्नेमा उनीहरुले जोड दिएका थिए ।
युनिसेफ नेपालकोे सहयोगमा नगरपालिकाले सञ्चालन गरेको कार्यक्रमको आवधिक समीक्षामा सहभागी सरोकारवालाले बालबालिकाको सर्वाङ्गिण विकासका लागि एक व्यक्ति वा संस्थाको प्रयासले मात्र सम्भव नहुने भएकाले सबै संस्था वा निकायको सक्रियता आवश्यक हुनेमा जोड दिएका हुन् ।
कार्यक्रममा रत्ननगर नगरपालिकाका सामाजिक शाखा प्रमुख तथा स्थानीय बालमैत्री स्थानीय शासन कार्यक्रमका स्रोत व्यक्ति तोरणराज पौडेल, स्थानीय स्वरोजगार केन्द्रका कार्यक्रम संयोजक विष्णु शर्मा र नारी जागरण केन्द्रकी कार्यक्रम संयोजक एञ्जिला कुवँरले स्थानीय बालमैत्री शासन कार्यक्रमअन्तर्गत भएका गतिविधि र उपलब्धिका बारेमा कार्यक्रममा जानकारी गराउनुभएको थियो ।
रत्ननगर नगरपालिकामा रहेका ५८० बालबालिकाको प्रोफाइल तयार गरी ३५० बालबालिकाको पुनस्र्थापना योजनासमेत निर्माण गरिएको नगरपालिकाका सामुदायिक विकास शाखा प्रमुखसमेत रहनुभएका पौडेलले जानकारी दिनुभयो । कार्यक्रमका लागि युनिसेफ नेपालले दिएको विनियोजित १६ लाख २२ हजार ८४ रुपैयाँमध्ये शीर्षकअनुसार खर्च हुन नसकेपछि चार लाख ७८ हजार ७९५ रुपैयाँ फिर्ता भएको उहा“ले जानकारी दिनुभयो ।
कार्यक्रममा रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोत्तम सापकोटाले बालमैत्री स्थानीय शासन कार्यक्रमले बाल बचाऊ, बाल संरक्षण, बाल विकास र बाल सहभागितालाई जोड दिने भएकाले सोबमोजिम कार्यक्रम अगाडि बढ्न सके समुन्नत समाजको निर्माणमा सघाउन पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रम सञ्चालन गर्दा विगतमा भएका कमी कमजोरी सच्चाएर सबै सरोकारवाला निकायसँग सहकार्य गरी अघि बढ्न नगरपालिका तयार भएको कार्यकारी अधिकृत सापकोटाले बताउनुभयो । युनिसेफ मध्यमाञ्चल कार्यालय प्रमुख पुरुषोत्तम आचार्यले बालमैत्री स्थानीय शासन कार्यक्रम युनिसेफको कार्यक्रम नभएर नेपाल सरकारको कार्यक्रममा युनिसेफले सहयोग गरेको बताउनुभयो ।
यसले शिक्षाको माध्यमबाट बालश्रम न्यूनीकरण गर्दै त्यसको अन्त्य गर्ने लक्ष्य राखेको उहा“ले जानकारी दिनुभयो । नगरक्षेत्रका बालबालिकाको अवस्था थाहा पाउनु र उनीहरुको भविष्यका बारेमा योजना बन्नु उपलब्धि भएको बताउँदै उहा“ले नगरस्तरीय तथा वडास्तरीय बालमैत्री समिति सक्रिय हुनुपर्ने उहा“को भनाइ थियो ।
कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष बाबुराम गौतम, भरतपुर नगरपालिकाका सामुदायिक विकास अधिकृत रामकृष्ण ढकाल, महिला विकास कार्यालयकी सुशीला वाग्ले, जिल्ला शिक्षा कार्यालयकी स्रोत व्यक्ति अनित अधिकारी, युनिसेफ नेपालका परामर्शदाता मदन जोशीलगायतले बोल्नुभएको थियो ।
कार्यक्रम रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोत्तम सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

2 comments:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete
  2. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण

    ReplyDelete

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी