Monday, July 9, 2012

२२ हजार छापामारबाट यसै बर्ष युद्ध सुरु : चन्द


२६ असार, काठमाण्डौं । नेकपा-माओवादीका रणनीतिकार मानिने सचिव नेत्रविक्रम चन्दले आफ्नो पार्टीसँग२० देखि २२ हजार जनमुक्ति सेना रहेको दाबी गर्दै यसैबर्ष अर्को छापामार युद्ध थाल्ने बताउनुभएको छ । २०६९ पुससम्म पार्टी महाधिबेसन र त्यसपछि युद्ध गर्ने चन्दको दाबी छ ।
‘केन्द्रीय सत्ता कब्जा गर्ने पार्टीको मूल नीतिमा कुनै परिर्वत गरिएको छैन,’ सुर्खेतमा आयोजित नेकपा-माओवादी भेरी कर्णाली राज्य समिति स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा चन्दले ‘अबको हाम्रो मुख्य योजना केन्द्रदेखि गाउँसम्म पार्टी संगठन सुद्धीकरण हो,’ भन्नुभयो ।
चन्दले पार्टी फुट्नुको मुख्य कारण, पार्टीको भावि रणनीति र कार्य दिशाका बारेमा पनि कार्यकर्ताहरुलाई जानकारी गराउनुभएको खबर नागरिक दैनिकले छापेको छ । नयाँ माओवादीभित्र राजनीतिक लाइन के हुने भन्ने अन्यौल रहेको र छापामार युद्ध थाल्ने कि जनबिद्रोहमा जोड दिने भन्नेमा बिबाद भइरहेका बेला चन्दको छापामार युद्ध थाल्ने घोषणा बाहिर आएको हो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी