Monday, October 1, 2012

‘भारतीय सवारी रोक्ने आन्दोलन जारी’

क्षेत्रपुर । नेकपा माओवादीका उपाध्यक्ष सीपी गजुरेलले भारतीय सवारीसाधन रोक्ने आन्दोलन अझै जारी रहेको बताउनुभएको छ । नेकपा माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’का बुबा कर्णबहादुर थापाको श्रद्धाञ्जली सभामा सोमबार क्षेत्रपुरमा बोल्दै उपाध्यक्ष गजुरेलले आफूहरुले आन्दोलन रोकेको भन्ने गलत प्रचार भएको बताउँदै आन्दोलनलाई अझै सशक्त बनाउने बताउनुभयो ।
‘दैनिक उपभोग्य बस्तु बोकेका साधनबाहेक अन्य भारतीय सवारीसाधनलाई अझै पनि रोक्ने छांै’, उहाँको चेतावनीपूर्ण भनाइ थियो, ‘एलपी ग्यासलगायतका अतिआवश्यकीय बस्तु बोकेको सवारीसाधनलाई भने हामीले रोक्दैनौ तर अन्य नेपालमै उत्पादन हुने बस्तुहरु ल्याइएका सवारीसाधन भने रोक्छौ ।’
आफूहरुले सञ्चालन गरेको आन्दोलनबाट नेपाली बस्तुहरुको उत्पादन गर्ने राष्ट्रिय पुँजीपतिहरुको संरक्षण हुने बताउँदै उहाँले आफ्नै देशभित्रका उत्पादनलाई बढावा दिन पनि भारतीय सामानहरु आयातमा रोक लगाउन जरुरी रहेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा बोल्दै महासचिव बादलले आफ्ना बुबा कर्णबहादुरप्रतिको श्रद्धाञ्जली विचारप्रतिको श्रद्धा र लक्ष्यप्रतिको सम्मान भएको टिप्पणी गर्नु भयो । ‘यो श्रद्धा विचारप्रतिको श्रद्धा हो । यसलाई हामी मर्न दिने छैनांै’, उहाँले भन्नुभयो ।
कर्णबहादुर थापाको गत १३ गते ८९ वर्षको उमेरमा निधन भएको हो । श्रद्धाञ्जली सभामा नेकपा–माओवादीकी शोभा कट्टेल, नेपाली काँग्रेसका जीतनारायण श्रेष्ठ, एकीकृत नेकपा माओवादीका रमेश रेग्मी ‘अमर’, एमालेका जगन्नाथ थपलिया, राष्ट्रिय जनमोर्चाका मोहनमणि ढकालले कर्णबहादुरप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
यसैबीच सोमबार अर्थमन्त्री वर्षमान पुनले पनि महासचिव बादलको घरमा पुगेर उहाँको परिवारलाई समवेदना व्यक्त गर्नुभएको थियो ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी