Saturday, November 10, 2012

मकैले रन्किएको साधारणसभा

नेपाल पत्रकार महासंघ चितवन शाखाको वार्षिक साधारणसभा तिन वुँदे घोषणपत्र जारी गर्र्दै शनिबार भरतपुरमा सम्पन्न भएको छ । साधारणसभाको खुला सत्रमा अतिथिहरुले पत्रकारहरुको कार्यशैलीको प्रसंसा गरे । कतिले आलोचना पनि गरे । त्यो उठान गर्न खोजिएको छैन् । यहाँ बन्दसत्रलाई केही चित्रमा मात्र उतार्न खोजिएको छ ।

बन्दसत्रमा पत्रकारहरुबीच पक्ष विपक्षमा मतमतान्तर भए नै तर पनि यहाँ रोचक प्रसंग केमा गएर रोकियो भन्ने सवाल मकै छ । मकै, यतीवेला चितवनमा चर्चाको विषय भएको छ । केन्द्रमा पनि यसको चर्चा भएको पाइएको छ जुन प्रेस काउन्सिल नेपालले प्रकाशन गर्दै आएको ‘संहिता’को असोज अंकमा पनि उल्लेख छ । बन्दसत्रमा आर्थिक पारदर्शीका विषयमा बढि चर्चा भएको थियो । यहि प्रसंगमा एक जना पत्रकारले यस्तो कुरा उप्काए । मेरा सहकर्मी हुन दिपेन्द्र अधिकारी । मैले मान्ने गर्दछु उनलाई । अझ यो पनि हो उनको ठाँउमा म आएको छु । उनले म काम गर्ने संस्थाबाट विदाइ लिए पछि वा अन्य ठाउँमा सरुवा लिए पछि म आएको हुँ ।
उनले विषय जतिखेर उठान गरे त्यतीवेला बन्दसत्र रन्किएको थियो । उनले मकैको प्रसंग उप्काउना साथ झन रन्कियो । जसरी मकै पोल्नका लागि कोइला रन्किाइएको हुन्छ । अर्का अग्रज पत्रकार बसन्त पराजुली, जो प्रेस युनिय चितवनका अध्यक्ष पनि हुन् । उनले केही समय अगाडि एउटा लेख लेखेका थिए, ‘चितवनमा मौलाएको हाल्देन, लैदेन र मकै पत्रकारीता’ हेनुहोस चितवनमा बढ्दो ‘हाल्दे न, लैदे न र मकै पत्रकारिता’
यही लेखमा उनको नाम जोडिएको थियो । मकै पत्रकारीताको प्रवर्तकका रुपमा लेखमा पराजुली दाइले अधिकारी दाईको नाम उल्लेख गरेका थिए । अधिकारी आँफू काठामाडौं भएका बेला प्रकाशित भएको लेखले चितवनमा निकै चर्चा पाएको थियो । यो हल्ला अधिकारीको कानमा पनि परेछ । उनले मलाई फोनमा भनेका थिए, ‘मेरो वेइज्जत गरेछन् बसन्त दाइले, म चितवन आएर पत्रकार सम्मेलन गर्छु ।’ उनी चितवन आएको पनि एक महिना भएको छ । दशैँ विदामा आएका उनी अहिले चितवनमा नै छन् । मैले यस अगाडि पनि उनलाई जिस्काइरहन्थे, ‘दिपेन्द्र पत्रकार सम्मेलन गर्ने होइन ?’  उनले भन्थे, ‘गर्ने हो गर्ने हो ।’ मजाक गर्न खुराक भएको थियो हामीलाई ।  

बन्दसत्रमा उनले मुख खोले, ‘म यहाँ नभएका वेला मेरो चरित्र हत्या गरियो, वसन्त दाई जस्तो मान्छेले मलाई मकै पत्रकार भनेर लेख लेख्ने ?’ उनले बन्दसत्रमा प्रश्न गरे, ‘म कसरी मकै पत्रकारीताको पर्वतक भए ?’ उनले प्रष्ट्याई माग गरे , ‘म मकै पत्रकारीताको पण्डित्याइ गर्ने मान्छे होइन्’ उनले यसको घोर विरोध गरे । उनको माग साधारणसभाले यसको खेदप्रस्ताव पारित गर्न माग समेत गरे ।

कसरी रह्यो यसको चर्चा । मैले यो लेख पढेको छु । त्यो सत्य होला या नहोला तर यसले केन्द्रलाई समेत हल्लाएछ भन्ने थाहा पाएँ । प्रेस काउन्सिलले प्रत्येक तिन तिन महिनमा प्रकाशन गर्दै आएको संहिता नामको म्याग्जिनमा समेत यसको चर्चा भएको रहेछ । पुस्तकको पृष्ठ ३८ को तेस्रो अनुच्छेदमा यसको चर्चा छ । शोभा न्यौपानेले लेख्नुभएको ‘पत्रकारितामा महिला ः प्रवेश र पलायन’ शीर्षकको लेखमा उनले चितवनमा चर्चित वनेको मकै पत्रकारितालाई उल्लेख गरेकी छन् ।



उनले आज शनिबार साँझै खाना खाने वेलामा मलाई भने विधुर यार मकैको कुरा त केन्द्रीय विषय बनेछ नी ? संहिता भन्ने किताव खोलेरै मलाई देखाए । बन्दसत्रमा रहेका पत्रकारहरुलाई मजाको खुराक बन्यो मकै । यसले एउटा विषय भने गम्भिर बहसको रुपमा अगाडि ल्याएको छ । अब कसैले कार्यक्रममा बोलाएर पत्रकारहरुलाई बाटो खर्च दियो भने पत्रकारले लिने की नलिने । कार्यक्रममा चिया विस्कुट खुवायो भने खानेकी नखाने । अब पत्रकारहरु सजग हुन भने पाठ दिएको छ यसले ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी