Saturday, November 10, 2012

ट्याक्टर ड्राइभर देखि पत्रकारसम्म

सानोमा आँफूले देख्ने सपनाहरु पुरा गर्ने चाहना, सोच र इच्छशक्ति सबैले राखेका हुन्छन । सबैले आँफूले देखेका सपनाहरु पुरा हुन् भन्ने पनि चाहन्छन् तर पनि समयले ति सपनाहरुलाई परिवर्तीत गर्दै लाने यथार्थ हामीसँग ल्याई पु¥याँउद छ ।

देखेका सपना पुरा हुन पनि सक्छन नहुन पनि सक्छन् । सबै पुरा हुने सपनाहरु पनि देखिँदैनन् । मानिस सबै सपनाहरु पुरा भएको हेर्न भने चाहन्छन् । सबैलाई सानामा सोधीने प्रश्न भनेको ‘बाबु तिमी ठूलो भए पछि के बन्छौ ?, भन्ने नै हो ।’ मलाई सोधिएको प्रश्न पनि यही हो । मैले पहिले पनि भनेकै हो की मैले सानामा ट्याक्टर बन्ने सपना देखेको हुँ । (read it कस्तो ‘म’ बाबु के बन्छौ ? ‘ड्राइभर’)यही बन्ने चाहाना मैले राखेको हुँ । तर पछि गएर यो चाहानामा बदलाव अयो ।
यो चाहानामा बदलाव ल्याउने घटना एउटा रमाइलो छ । अझ मेरोलागि त्यो दुःखदायी क्षण पनि हो । मैले हरेक दुःखदायी क्षणहरुलाई पनि रमाइलो क्षणका चित्रित गर्ने गर्दछु । हरेक दुःखका क्षणहरु मेरा लागि रमाइलो क्षणका रुपमा आउने गर्दछन् । जीवनको गोरेटोमा व्यक्तिलाई डौडाउने हरेक मानिस ड्राइभर हुन् । ती साधनका ड्राइभर बन्नै पर्छ भन्ने पनि छैन् । मेरो जीवनमा पनि यस्तै भयो । मैले ट्याक्टर बन्छु भन्दा हास्नेहरु मेरो सपनामा वदलाव आँउदा खुसी त भए तर पनि त्यो खुशी मैले देखेको अर्काे सपनासँगै सकिए ।

म पत्रकार बन्छु । मेरो सपनाको लिक कोरिँदा पुनः उनीहरु निरास बने । लेखन यात्र मेरो सानो देखि नै आरम्भ भएको हो । मैले सानै देखि कविताहरु लेख्ने गर्दथे । मेरो बुवा म सानै हुँदा देशको राजनीतिक कालसँगै भुमीगत हुनुभएको हो । मलाई यो भूमीगत भन्ने नै के हो थाहा थिएन् ।

म कक्षा चारमा पढ्थ्ये म पढ्ने विद्यालय नीजि भएकोले कालो झण्डा गाडिएको थियो । अघिल्लो दिनमा विद्यालयमा झण्डा थिएन् । अर्काे दिन विद्यालय जाँदा कालो झण्डा गाडिएको थियो । म पढ्ने विद्यालय वुद्ध दीप आवासिय मावि अहिले ‘उच्च मावि’ । पछि मात्र मैले थाहा पाएको थिँए त्यो झण्डा गाढ्ने मेरो बुवा र दाई( ठूलो बुवाको छोरा जसलाई त्यसको एक वर्ष पछि सेनाले हत्या गरेको थियो) । म विद्यालयमा पनि तेज दिमाग भएकोमा गनिन्थेँ । सँधै  म कक्षामा कुनै न कुनै पोजिसन हाँसिल गरिरहेको हुन्थ्ये । अतिरिक्त क्रियाकलापमा मेरो संलग्नता रहन्थ्यो ।

साहित्यमा मेरो रुची पनि सानै देखि भएको हो । मैले लेख्न त पहिले देखि नै लेख्थे तर मेरो पहिलो प्रकाशित कविता ‘सच्चा देशभक्त’ हो जुन वुटवलबाट प्रकाशित हुने दैनिक लुम्विनीमा प्रकाशित भएको थियो आज भन्दा करिव १२ वर्ष अगाडि । यस पछि मेरा कविता कथा तथा केही लेख हरु पनि यस दैनिकका अलावा नयाँ सत्ता राष्ट्रिय दैनिकबाट प्रकाशित हुँदै आएका थिए । मैले लेखेको तर प्रकाशित नभएको कविता ‘अपहरित् म’ भर्खर मात्र मैले सम्पादन गरेर मेरो व्लग नमस्ते विहानी तथा मेरो रिपोर्टमा पोष्ट गरेको छु यसले मेरो जीवन र मेरो सपनामा परिवर्तन ल्याएको हो । मेरो दाजुको हत्या, तथा वुवाको गिरफ्तारी र चरम यातानाका कारण अशक्तताको स्थिती पछि बुवा घरमा नै बस्नुभएको थियो । यस भन्दा अगाडि नै मेरो बुवा घरको व्यवहारिकतालाई थाँति राखेर भुमिगत हुनुपर्ने वाध्यता आइपर्दा पनि मेरो काँधमा घर भएको पसल तथा पारिवारीक दायीत्व केही थपिएकै हो ।

मैलै आफूलाई अध्ययनबाट अलि पर राख्नुपर्ने अवस्था पनि आएको हो । २०६९÷०२÷३० गते अझ पनि मलाई थाहा छ । त्यो दिन जुन दिन मैले समाचारका अखवारहरुबाट एउटा दुःखद समाचारको खवर पाएको थिएँ । सबै अखबारहरु पानाहरु उस्तै र एउटै खालका समाचारहरुले भरिएका थिए । तर पनि हरेक दिन प्रकाशित हुने ति समाचारहरु भन्दा त्यो दिन प्रकाशित भएको समाचारले विस्मृत बनाएको थियो । अस्ती भर्खर दाजुको मृत्युको खबर थियो पत्रिकारकाहरुका पेजमा ।

यसले वृस्मृत बनेका मेरा नयन झन विस्मृत बने जब मेरो बुवाको गिरफ्तारि पनि सुनियो । बुबा सैनिकको चरम यातानाबाट छुटेर आउनुभयो । नियमित काम थाल्न गाह्रो थियो उहाँलाई । म परिवारको बोझ थाम्न नसक्ने भए पनि थाम्न प्रयास गरिहेको थिए । मैले लेख्न थालेको पनि केही भएको थियो ।

२०६१÷०८÷०३ गते विहान करिब दुई बजेको हाराहारीमा गाँउमा कोलाहल भएको थियो । जुन निन्द्रामा भएको मलाई थाहा नै भएन् । सैनिकले हाम्रो घर पुरा घेरा हालिसकेको रहेछ । बाहिर एकजना छिमेकि बुवालाई मरणसन्न कुट्दै रहेछन्, त्यो पनि विहान मात्र उनको मृत्युको खबरसँगै थाहा पाएको थिएँ । सेनाहरु घर खानतलासीको लागि प्रवेश गरे ।

म र मेरो दाई सुत्ने गरेको कोठामा उनीहरुको प्रवेश भयो । जुन कोठाको टेवलमा दाई, बहिनी र मेरा पढ्ने पुस्तकहरु थिए सँगै थियो मैले जानी नजानी लेख्ने गरेको कविताको डायरी पनि । उनीहरुले मैले लेखेका कविताहरु कुनै आतंककारीको प्रतिनिधिले लेखेको ठानेछन् । ‘यो कसले लेखेको ?’, कर्कस आवाज सुनियो । निन्द्राको त्यान्द्रामा ‘मैले’, मैले छोटो जवाफ दिँए । ‘ढाँट्छस’ फेरी त्यस्तै ककर्स ध्वनी गुञ्यिो । मलाई घरबाट बाहिर निकालियो घरका अन्य परिवारहरु भित्र नै थुनिएका थिए ।

‘तँ आतंककारी होस’, मलाई सोधिएको हो या प्रश्न गरिएको थियो म अनविज्ञ नै थिए । एक जना फेरी बोल्यो ‘तैले र मैलेसँगै आतंककारीको सदस्यता लिएको मैले छाडेर सैनिकमा लागेँ तँ अझ छस ।’ अरे कस्तो धर्मसंकट हँ । म कहिले भएँ आतंककारी मलाई भन्दा उसलाई पो थाहा रहेछ । लुगलुग कापिरहे पनि शरिर पुरा तातो भएको थियो । डरले हो की आक्रोसले मलाई थाहा थिएन् । ‘होइन सर म कक्षा आठमा पढ्छु म कसरी आतंककारी बने ?’ मैले प्रश्न त्रेसाए । ‘म सरकारीमा होइन निजि मा पढ्छु बोड्ङ्मिा’, मैले बोर्डिङ्मा पढ्नेहरु अरु बाहिरी कुरामा लाग्दैनन् भन्ने पुष्ठी गर्न यसो भने तर उनीहरु मान्ने पक्षमा थिएनन् ।

‘तैले नै जंगलमा पुलिसलाई एम्वुसमा पारेको थिइस् ’, फेरी अर्काे आवाज सुनियो, ‘त्यो चोकमा हल्दार मार्ने र गाडि जलाउने पनि तै होस’, उनीहरु दावाका साथ भन्दै थिए । यतीवेलासम्म मेरो शरिरमा कति बज्र बज्रिसकेको थियो गन्ती गरेर राखिन । किनकी मलाई त्यस्तो बदलाको भावना पनि त थिएन् । होइन म त्यती वेला स्कुलमा थिएँ । मेरो स्कुल पर छ । हातले हाम्रो विद्यालय भए तिर देखाँए ।

भित्र दाइलाई उनीहरुले कुटेको आवाज सुनेँ सँगैको चित्कारले दाइलाई कुटेको भन्ने बुझ्न मलाई कठिन भएन् । करिव एक घण्टा जतिको मानसिक र शारिरिक याताना पछि बाहिर ठूलो आवाज आयो । तिन पटक गोली पड्किएको । हामीलाई लाग्यो छरिएर रहेका आँफ्ना साथि बोलाउन फायर गरेका होलान् । पहिला दिनमा आँउदा पनि यस्तै गर्थे । तर त्यस्तो रहेन छ पछि थाहा भयो । गोलि पड्किएको आवज पछि घरभित्र सेनाहरु बाहिर निस्किए । निस्कदाँ मेरो कविता लेख्ने कपि पनि सँगै लिएर ।

जाँदा जाँदै मलाई सोधे, ‘सेक्यूरिटीको बुट खाएको छस् ?’, ‘छैन’, मैले भने । ‘अब खान्छस ।’ प्रतिउत्तर आयो । विहान सालझण्डी गएर विमल गीरिलाई भेट्नु । जाँदा जाँदै उनीहरुले भनेर गए ।

विहान हल्लि खल्लि भयो । कमल बुवालाई घर देखि लगेका छन् रे । जंगल तिर । बाटोमा रगत र गोलिका खोका देखिए । रगत घिसारीएको थियो जंगल तिर । जंगलमा खोज्दै जाँदा रुखको जरा मुनी आदा शरिर पुरिएको आता रुखका पातले ढाकिएको अवस्थामा भेटियो लास । हामी हेर्न जाने अवस्था थिएन् । वुटवलबाट मानवअधिकारबादीको टोली आएर लासको मुचुल्का लियो र उठायो । बुबा घटनाको बारेमा जानकारी दिन वुटवल जानुभएको थियो । हामी विद्यालय गएका थियौँ । विद्यालयका संस्थापक अध्यक्ष कमल बुवाको हत्या पछि विद्यालय पनि शोकमा थियो । साथै जेहेन्दार विद्यार्थीहरुलाई याताना दिएको पनि त थियो सेनाले ।

हामीलाई सबैले समवेदनाका नजरले हेरे । करि तिन वजे तिर फेरी सुनियो । विहान आएको सेनाको टोली फर्कदँै छ रे । हामी घरमा बस्न उचित नदेखेर दाई र म कपिलवस्तु बुवाकी फूपुको घरमा गयौँ । दुई रात त्यहाँ बसियो । अब घर फर्कन सक्ने जस्तो ठानेका थिएनौँ दुई दाजुभाईले । यसै आतंककारी उसै आतंकारी किन तिनीहरुलाई मारेर नबन्ने हाम्रो निष्कर्ष थियो । अंकललाई घरमा केही पैसा लिन भनेर पठायौँ तर ममिले केही हुँदैन । केही दिन त्यही बस बुवा लिन आउनुहुन्छ भन्ने खबर पाठउनुभयो ।

त्यही राती १० वजे तिर बुवा हामीलाई लिन आउनुभयो । वाँचे सँगै बाँचौला मरेसँगे । बुवाको आवाजमा पनि चिन्ता थियो । छोराहरुको हत्या हुने आसंका सहितको कापेको श्वर । हामी तिन बाबु छोरा मध्य रात घर फर्कियौँ ।

विहान झिसमिसेमा नै फेरी सेनाले घर घेरा हालिसकेको थियो । अस्ती आएका सेनाका कोही पनि थिएनन् । उनीहरुले मलाई चिन्ने अवस्था पनि थिएन् । मैले ममिलाई भने ‘ममि म भागौँ ।’ ‘होइन नभाग तँ भागिस भने बा र दाईको के ?.......’, ममिको आवाज रोकियो । हामीलाई त्यहाँबाट हिडाएरै लगियो । जंगलको बाटो हिँडाएर लैजाँदा सेनालो मार्ने भो भन्ने सन्त्रास गाँउमा फैलिएको थियो । गाँउबाट सबैले हामी गएको बाटो नजरले भ्याए सम्म हेरेका थिए बाटोमा उभिएर ।

मार्न त मारेन् । जंगलको वीचमा एउटा ट्रक रोकाएर राखेको रहेछ । त्यसैमा हालेर लग्यो । विचमा फेरी सार्वजनिक बसमा चडायो । बसमा सारंगी रेट्दै गाइने दाईले युद्धका गीत गाइरहेका थिए । सम्झनामा छैन् त्यो गीत अहिले ।  हामीलाई सालझण्डी व्यारेक पु¥याउनु भन्दा अगाडि नै रेडियोमा खवर बजेको थियो । ‘अन्तराष्ट्रिय बाल अधिकार दिवसका दिन बालकहरु बाबुसहित गिरफ्तार..........’ यो खवर लगातार घण्टै पिच्छे बज्दा उनीहरुको मुटुमा ढयांग्रो बजेके हो । यतीबेला मलाई नजान्दा नजान्दै पनि मिडियाको पावरको महसुस भयो । मलाई छुट्टै राखेर विमल गिरीले भन्दै थियो । तँ यती जान्ने मान्छ किन लेख्छस ? पढ ठूलो बन हामी जस्तै अफिसर बन्छस । मलाई अलि आँत पलाएको थियो । अब त केही हुँदैन् ।

‘तैले किन कविता लेख्नु प¥यो ?’, ‘अँ तँ कमाण्डर पो है ।’ मेरो कविता ‘अपहरित म’को अन्तिम तिरको म कमाण्डर भन्ने शव्द उदृत गर्दै उसले भन्यो । अरे तपाईँले पुरा कविता पढ्नुस शव्द मात्र होइन् । लगातारको याताना अनेक प्रश्न । मलाई मानशिक रुपमा विच्छिप्त पारेको थियो । प्रचण्ड र बाबुरामलाई चिन्छस बता तिनीहरु कहाँ छन् । दोहोराई दोहोराई सोधिएको प्रश्न हो मलाई उनीहरुले फरक फरक पात्र एउटै जवाफ । हामीलाई त्यहाँ राखिरहनु उचित थिएन् । विरोध भइरहेको थियो वाल अधिकार दिवसका दिनमा नै वालकहरु गिरफ्तार गरेको भन्दै । वुटवलबाट हामीलाई छुटाउन मानवअधिकार बादीको टोली पनि आउने खवर एफएमले भन्दै थिए ।

उनीहरुले हामीलाई छाड्ने तरखर गरिहेका थिए । एउटा खाली कागज र एउटामा लेखिएको थियो । आतंककारी गतिवधिमा संलग्न रहेको ले आइन्दा यस्तो गतिविधीमा नलाग्ने सर्तमा छाडियो । मैले प्रश्न ठडाएँ । ‘म कहिले लागेको थिएँ र मैले सहि गर्ने ’, म अलि बलियो हुँदै गएको थिएँ । पछि एक जना सिपाहि लेखनाथ पोडेल जो मिलनसार पाए र एक दम मृदुभाषी पनि उनले केही हुँदैन यो रहँदैन फालिन्छ औपचारिकता पु¥याउन मात्र हो । मैल सहि गरेँ र फर्किए बुवा दाइ र आफन्तहरुसँगै ।

यहाँ बल्ल मलाई साँच्चै कलमको महत्व शक्तिको आवास भएको थियो । यही घटना हो जसले मेरो सपनालाई परिवर्तन गरिदियो । र मेरो सपना फेरियो । म अब ट्याक्टर ड्राइभर होइन पत्रकार बन्छु । समाजमा भएका अन्याय अत्याचारका विरुद्धमा कलम चलाउँछु । म अझै पनि आभारि छु जसले मेरो गिरफ्तारीको खवर प्रशारण प्रकाशन गरेर मेरो हत्या हुनबाट मलाई जोगायो । र मलाई पुनःजन्म दियो । धन्यवाद । मैले धन्यवाद दिई रहँदा मेरा आफन्तहरु भने मेरो यो सपना देखेर खुसी भएनन् अझ पनि छैनन् ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी