सानोमा सबैलाई सोधिने एक प्रश्न हो बाबु तिमी ठूलो भए पछि के बन्छौ ? सबैको जवाफ हुन्छ, ‘म त डाक्टर बन्ने ।’, ‘म त इञ्जिनियर बन्ने र मेरो ठूलो घर बनाउने ।’ सबैले ठूला ठूला सपनाहरु देख्ने गर्छन् । मेरा साथिसंगीहरु पनि त्यस्तै ठूला ठूला सपना देख्ने गर्थे । समाजले मान्ने गन्ने पेशा अांगल्न चाहन्थे । चाहन्छन पनि । तर म भने अलि फरक । त्यसैले त ‘म’ आँफैलाई अल्टर कान्छो भन्छु । म आँफैले भन्दा पनि पहिला अरुले यो परिचय दिएका थिए मलाई ।
सुन्दर सपनाहरु ठूला सपनाहरु देख्ने सबैको चाहना । यतीमात्र होइन् सबैले इज्तिलो पेशा भन्ने गरेको अंगाल्न चाहन्छन तर ‘म’ भने सानै देखि अरुले छाडेको र खराब भन्ने गरेको पेशालाई आफ्नो पेशाका रुपमा अंगाल्न चाहन्थेँ । मलाई सोधिन्थ्यो, ‘बाबु तिमी के बन्ने ?’ ‘म’ भन्थेँ, ‘म त ड्राइभर बन्छु ट्याक्टरको ।’ सबै चकित पर्थे । भन्थे धत ड्राइभर पनि बन्छन् । यो त नपढ्नेले नजान्ने हुस्सुहरुले पढ्ने हो । गोरुले अंगाल्ने पेशा हो । म चकित पर्थे । ‘कहिँ काम गर्दैमा हुस्सु र गोरु हुन्छन् ’, ‘म’ भन्थेँ, ‘काम गोरुले मात्र गर्छन् ।’
काम के हो भन्ने मलाई थाहा पनि त थिएन तर पनि मैले यस्तो किन भन्थेँ म आँफै अहिले अचम्ममा पर्छु । किन मेरो वालापनले यो सोचेको होला ? किन मेरो बाल मष्तिष्कमा यस्तो छाप बसेको होला ? हुन त सानैमा इक्कुलमा हामीलाई सिकाएका थिए नी, ‘नानीबाबु हो काम सबै बराबर हुन ।’ ‘जसले जस्तो काम गर्छ उ महान हो ।’ मैले यो भनाई अहिले याद गरिरहेको छु । ‘काम महान होइन सानो गर तर महान तरिकाले गर त्यसले तिमीलाई महान बनाउने छ ।’ यो भनाई जसले जुन प्रसंगमा भने सारमा मैले बुझेको कुरा कुनै काम आँफैमा महान हुँदै तर महान तरिकाले गर्नु पर्छ । यही नै हो । यो भनाई मैले ड्राइभर बन्ने सपना बुन्दा सुनेको भने होइन् ।
सायद ड्राइभर बन्ने सपना बुन्दा सुनेको हुन्थेँ भने मेरो यो सपना देख्ने रहर पनि आउने थिएन की ? मेरो वालापनमा यो गुञ्जिन पनि सक्थ्यो । यो ट्याक्टर पनि महान तरिकाले चलाउन सकिन्छ र ? ट्याक्टर त सजिलै चलाइन्छ नी ? तर जे होस अहिले ‘म’ अलिकती बुझ्ने भएको मान्छु । मैले भन्दा पनि मेरो समाजले बढि मलाई बुझ्ने देख्छ । मलाई भन्छ यो पक्कै पनि अब केही बन्छ । समाज प्रति उत्तरदायी छ । अरुले गर्न नसकेको काम गर्न त कसिन्छ ।
अचम्म के ? ‘म’ किन ड्राइभर बन्ने । मलाई सोधिन्थ्यो, ‘बाबु किन तिमी ड्राइभर बन्ने ?’ ‘फेरी किन ट्याक्टरको ?’ मेरो जवाफ ‘किनकी मेरो बालाई ट्याक्टरमा चढाएर घुमाउन लैजान्छु ।’ सानोमा न त मैले जहाज देखेको थिएँ नजिकबाट न त जहाजलाई छुने अबसर नै पाएको थिए । माथि आकासमा उड्ने जहाजलाई मैले कसरी भेट्न सक्छु र ? मेरो मनमा खेल्ने प्रश्न हो । मलाई तेतिखेर थाहा पनि त थिएन् जहाज उड्नुभन्दा अगाडि तल भइमा नै हुन्छ । तलबाट उडेर माथि त पुग्ने हो नी ।
यसै कारणले पनि होला मैले जहाज चलाउने ड्राइभर बन्न नचाहेको । मैले पनि पढेकै हुँ । लक्ष्मीप्रसाद देवकोटाको कविता ‘उद्देश्य के लिनु ? उडि छुनु चन्द्र एक ।’ अरे बा यो कवि पनि कस्तो ‘पागल’ याल कसैले चन्द्रमा पनि छुन सक्छ र ? मेरो मनको जिज्ञासा हुन्थ्यो । उखान र टुक्काको बारेमा अनविज्ञ ‘म’ महाकवि देवकोटालाई बालकृष्ण समले जस्तै ‘पागल’को संज्ञा दिने गर्थेँ । मैले त गर्नु पर्छ सक्ने काम । मलाई लाग्थ्यो म सजिलैसँग ट्याक्टर चाहिँ चलाउन सक्छु ।
सानोमा मलाई थाहा छ । मेरो घर जादाँ जंगलको बाटो मलाई मलाई बोकेर मेरी ‘आमा’ (बूढी हजुर आमा जसलाई ‘म’ आमा भनेर संवोधन गर्छु )ले लगेको । मलाई यो त याद छैन् । पहाडबाट देखी मधेश झर्दा हामी ट्रकमा झेरेको रे । ट्रकमा आउँदा गाडि चल्दा मुख छोप्ने र रोकिँदा हेर्ने गर्थेँ रे । अचम्मको बानी मेरो त्यही सुनेर मैले पनि ट्याक्टर चलाउँछु । ट्याक्टर लाग्थ्यो ट्रकको भाई हो ।
अर्काे मलाई ड्राइभर बन्न प्रेरेरित गर्ने तत्व भनेको गोरु हल । भर्खरै गाँउमा भित्रिएको थियो ट्याक्टर । कसै कसैका घरमा मात्र ट्याक्टरले खेत जोत्ने गर्थे । हाम्रो घरमा भने बा हली भएको देखेको थिएँ । यो देखेर बा लाई हली बन्नबाट रोक्नका लागि पनि मैले ट्याक्टर किनेर ड्राइभर बन्ने रहर पालेको थिएँ । सायद यो रहरलाई मार्न मेरो परिवारले घरमा हली राख्यो । थारु समुदायको भएकोले उसलाई सबैले मिता भन्ने । मिता भनेको साथी । उनीहरुकै भाषामा ‘म’ भने ‘मितउ’ भन्ने गर्थे मलाई साह्रै माया गर्थे उनी । ‘कान्छा लियो अम्वा’, सँधै घरबाट आँउदा मलाई अम्बा(वेलौती) लिएर आउँने गर्थे । ऊ घर जानेवेलामा ‘म’ सँधै ममिसँग झगडा गर्ने गर्थे ‘म’ मितउकोमा जाने । बेलौती खान ।
तिहार पछिको एकादशीमा मेरो घर नजिकै मेला लाग्थ्यो । म पनि मेलामा जाने गर्थे मेरा मितउ मेलामा उखुँ वेच्न आँउथे । ‘म’ पनि उनीसँग बसेर दिनभरी उँखुँ खाँदै बस्थेँ । केही समय मेरो ट्याक्टर ड्राइभर बन्ने सपना रोकियो । तर मलाई माया गर्ने मितउ हलि बनेको देख्दा फेरी त्यो चाहना अगाडि आएको थियो । ‘म’ ट्याक्टर ड्राइभर बन्छु एका तिर बा र अर्काे तिर मितउलाई राखेर ‘म’ खेत जोत्छु । मेरो कुरा सुनेर सबै हाँस्थे ।
बालाई साह्र दुःख भयो । ‘म’ सुख दिन्छु । मेरो एउटै जवाफ हुने गथ्र्यो । बुनिएका सपनाहरु पुरा कहाँ हुन्छन् र ? मैले सानोमा जे बन्छु भन्ने सपना देखेको थिएँ आज त्यो भएको छैन् । सानोमा ट्याक्टर ड्राइभर बन्ने मेरो चाहना अहिले बदलिएको छ । सपनासँगै हुन त ‘म’ ड्राइभर त बनेको छु तर पनि ट्याक्टर ड्राइभर भने बन्न सकिन् । मैले सानोमा ट्याक्टर चलाउन सजिलै सकिन्छ भन्ने भ्रम पालेको थिए । तर त्यो निकै गाह्रो हुने बल्ल थाहा पाएको छु तर पनि ‘म’ झन त्यो भन्दा बढि गाह्रो ड्राइभर बनेको छु । आफ्नो जीवनलाई चार पाङ्ग्रामा डौडाएर ।
दुनियाँलाई थर्काउने पेशा भनेर ‘म’ आँफैँले जानेको पेशा अंगाल्न पुगेको छु ‘म’ यो पेशालाई अगांल्न कसरी सोच बनाएँ त्यो आफ्ना ठाँउमा छ । मैले आफ्नो विवेक प्रयोग गर्न सक्ने भएको अवस्थाबाट नै कलम चलाएर खाने मान्छ बन्ने सपना देख्न थालेको थिएँ । जतिवेला मलाई कसैले पनि के बन्छस भनेर सोध्ने गरेनन् । र मैले पनि जवाफ दिनु परेन कसैलाई ।
सोधेको भए पनि मलाई कसैले मेरो जवाफ त्यही आँउथ्यो, ‘ड्राइभर बन्छु ‘म’ । अहिले पनि बनेको छु । यतिबेला मैले विवेक प्रयोग गर्न सक्ने भए देखि देखेको सपनामा रम्न पाएको छु कुनै न कुनै तरिकाले । ‘म’ लेखक नै त भएको छैन होला तर पनि कुनै न कुनै कोणबा लेख्ने मान्छे त भएको नै छु । मलाई याद छ मैले सानोमा केही कविता लेखे जसले मलाई त्यही उमेरमा नै सैनिक वंकरको चिसो कालकोठरीमा पु¥याएको थियो । त्यसैले त अहिले पनि मलाई एक जना काकाले भन्ने गर्छन के छ ‘कवि’ भतिज ।
मेरी आमाले मेरो भविष्य हेराउँदा एक जना ज्योतिष्नीले भनेकी रे ‘तपाईँको कान्छो लेख्दा लेख्दै मर्छ ।’ आमा त्यसैले पनि डराउँछिन अझै पनि ‘बाबु त्यस्तो केही नलेख है जसले तलाई मारोस ।’ सँधै भन्ने गर्छिन उनी । आज पनि ‘म’ याद गरिरहन्छु मेरो जवाफ र हाँस्ने गर्छु र फेरी भन्छु, ‘अझै राम्रो, अझै असल ‘म’ ड्राइभर बन्छु ।’

No comments:
Post a Comment
Thanx for your comment