Monday, April 30, 2012

मानव बेचविखनविरुद्ध सचेत हुनुपर्ने

भण्डारा । मानव बेचविखन तथा ओरासपसारविरुद्धको अभिमुखीकरण कार्यक्रम सोमबार चितवनको भण्डारामा सम्पन्न भएको छ ।
कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड)को आयोजनामा भएको कार्यक्रममा भण्डारा आसपासका महिला तथा आमा समूहका चार दर्जन बढी महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरुले मानव बेचविखनको विरुद्धमा पहिले आफैँ सचेत हुनुपर्नेमा जोड दिएका थिए ।
सेलर्डका कार्यक्रम संयोजक एवम् अधिवक्ता विनोद लामिछानेले विभिन्न समयमा प्रलोभनमा परेर महिला दिदीबहिनीहरु बेचविखनमा परेको उदाहरण प्रस्तुत गर्दै आश्वासनमा नफस्न आग्रह गर्नुभयो ।
मानव बेचविखनमा लाग्ने अपराधीहरुले फरकफरक वहानामा मानिस बेचविखन गर्ने र ओसारपसार गर्ने गरेको भन्दै उहाँले यसतर्फ आफूले यकिन गरेरमात्रै कार्यक्रम अघि बढाउन महिलाहरुलाई आग्रह गर्नुभयो ।
सहभागी महिलाहरुले यस्तो गतिविधिको विषयमा भरपर्दाे जानकारी नहुँदा महिलाहरु बढी लोभमा पर्ने भन्दै स्थानीय प्रशासन र विभिन्न संघसंस्थाहरुले प्रशिक्षणका लागि आग्रह गरेका छन्  ।
सेलर्डले देशका विभिन्न ११ जिल्लामा कार्यक्रम संचालन गरिएको र लोथरमा पनि दुई दिनपछि कार्यक्रम गरिने सोक्रममा जानकारी गराइएको थियो । कार्यक्रममा महिला विकास कार्यालयकी सुशीला वाग्ले, प्रशान्त पाठकलगायतले विभिन्न विषयमा जानकारी दिएका थिए ।

न्याय सम्पादनमा बालअधिकारको रक्षा गर्नुपर्ने

नारायणगढ । बालबालिकाको न्याय सम्पादनका क्रममा प्रहरीले बालअधिकारको रक्षा गर्दै गोपनीयताको हक सुनिश्चित गनुपर्ने माग गरिएको छ । नारायणगढमा सोमबार आयोजित एक कार्यक्रमका वक्ताहरुले बालअधिकार संरक्षण गर्दै प्रहरीले अनुसन्धान गर्नुपर्नेमा जोड दिइएको छ ।
प्रहरी अधिकृतका लागि नेपाल प्रहरीले सञ्चालन गरेको बालबालिकाको न्याय सम्पादनमा कसरी बालमैत्री बनाउने भन्ने सम्बन्धमा पाँच दिने तालिमको समापन कार्यक्रममा बोल्दै सोमबार वक्ताहरुले बालबालिकाको न्याय सम्पादनमा प्रहरीले बालमैत्री कार्य गनुपर्ने धारणा व्यक्त गरे ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्की, चितवनका प्रहरी उपरीक्षक भुपालबहादुर भण्डारी, प्रहरी प्रधान कार्यालय महिला तथा बालबालिका सेवा विभागकी प्रहरी नायव उपरीक्षक किरण ब्रजाचार्य, युनिसेफ मध्यमाञ्चल क्षेत्रीय कार्यालय भरतपुरकी कार्यवाहक प्रमुख  विमला मानन्धर, प्रहरी नायव निरीक्षक उमाशंकर गुप्तालगायतले बालअधिकारको रक्षामा जोड दिनुभएको थियो ।
मुख्यतया आपराधिक कार्यमा अभियोग लागेका हुन् वा पीडित हुन् दुबैलाई न्याय सम्पादन गर्दा उनीहरुको अधिकारको रक्षा गनुपर्ने वक्ताहरुले बताएका थिए । तालिममा मध्यमाञ्चल क्षेत्रका ३० जना प्रहरीका अधिकृतहरुको सहभागिता रहेको थियो ।

चिउरी कम फल्न थालेपछि चेपाङहरु चिन्तित

भरतपुर । चेपाङहरु बिहेमा समेत छोरीलाई दाइजो दिँदा चिउरीको बोट दिने गर्छन् । उनीहरुका लागि पैसा कमाउने मुख्य माध्यम हो चिउरीको बोट । तर अचेल चिउरीको बोटमा फल लाग्न निकै कम भएको छ । जस्ले गर्दा चेपाङहरु चिन्तित छन् ।
चेपाङहरुले चिउरीको बीयाँ बेचेर आम्दानी गर्छन् । बोटमा पूmल राम्रोसँग लागे पनि फल नलाग्ने समस्या देखिएको छ । चिउरीको बियाँ पेलेर घिउ निकाल्न र साबुन बनाउन प्रयोग हुन्छ । गत वर्ष एक पाथी चिउरीको बीयाँ ८५ रुपैयाँमा बिक्री भएको थियो ।
‘एउटा रूखमा पहिले पहिले ५० पाथीसम्म चिउरीको बीयाँ निस्कन्थ्यो । अहिले मुस्किलले पनि १० पाथी हुँदैन’ चितवनको सिद्धि गाविस वडा नं. ६ का सेलबहादुर चेपाङले भने । चितवन जिल्ला वन कार्यालयको योजना शाखामा कार्यरत सहायक वन अधिकृत सवनम पाठक चेपाङका लागि चिउरी भनेको धानजस्तै हो भन्छिन् ।
‘आम्दानी लिने मुख्य बाली नै चिउरी हो । अहिले चिउरी फुल्न त फुल्छ तर फल भने निकै कम लाग्न थालेको छ’, पाठकले भनिन् । एक घरले सरदर १० वटासम्म चिउरीका बोट हुर्काउँछ । रोपेको १५ वर्षपछि फल्न थाल्ने चिउरी ७० वर्षसम्म फल्ने गरेको पत्ता लागेको छ । तर पछिल्लो चार वर्षयता फल नलाग्ने समस्या विकराल बन्दै आएको छ ।
समुन्द्र सतहबाट एक हजारदेखि १५ सय मिटर उचाईको पहाडी क्षेत्रमा चिउरी हुर्कन र फल्न सक्छ । चितवनको सिद्धि, कोराक, लोथरजस्ता पहाडी क्षेत्रमा चिउरीको बाक्लै वन छ । फागुनमा पूmल्ने चिउरी भदौमा पाक्छ । लप्सीजत्रो तर चेप्टो आकारको चिउरीको फल पाकेपछि बीयाँ निकालेर बेच्ने गरिन्छ ।
‘पहिला त भदौमा पाक्दथ्यो । अहिले साउनमै पाक्न थालेको छ । बीयाँ पहिलाको जस्तो राम्रो र पोटिलो हुन छाड्यो’, सिद्धि मजवाङका काजी चेपाङले थप समस्या सुनाए । चिउरीको बोट चेपाङको सामाजिक जीवनसँग जोडिएको छ । कुनैकुनै पहाडी भेगमा बिहे गरेर जाने छोरीलाई चिउरीको बोट दाइजोको रुपमा दिने चलन पनि चेपाङहरुमा छ ।
‘चेपाङको जीवनसँग यसरी जोडिएको चिउरीमा फल लाग्न कम भएपछि हामीलाई निकै पीर लागेको छ तर के भएर यसो भएको हो कसैले भनिदिँदैन’, नेपाल चेपाङ संघ चितवनका सचिव भीम चेपाङले भने । चितवनका पहाडी क्षेत्रमा बस्ने चेपाङको समस्या समाधानमा राज्यले चाँडै चासो राखेर सुनुवाइ गर्ने प्रचलन छैन ।
‘मैले आफैँ वन विभागलाई चिउरी फल्न कम भएको विषयमा मौखिक कुरा त राखेको हो तर फल्न किन कम भयो भनेर कसैले औपचारिक अनुसन्धान गरेको छैन’, सहायक जिल्ला वन अधिकृत पाठकको भनाइ छ ।
चितवनमा समस्या देखिए पनि मकवानपुरको पहाडी भेगमा पहिलाको जस्तै फूल र फल लागिरहेको पाठकको भनाइ छ । ‘चिउरी पूmलेपछि रातको समयमा चमेरा आएर रस खाने गर्दथ्यो । अहिले चमेरा पनि पहिलाको जस्तो छैन । निकै कम भएर गएको छ । सायद चमेरा घटेर पनि यस्तो भएको हो कि’ काजी चेपाङको भनाइ छ ।
चितवनको पहाडी क्षेत्रमा करिब २० हजार चेपाङ बसोबास गर्छन् । उनीहरु मध्ये लगभग आधा चिउरी फल्ने उच्च पहाडी क्षेत्रमा बस्छन् । झण्डै १५ सय घरधुरीले चिउरीको बोट हुर्काएका छन् । एउटा घरधुरीले १० वटा चिउरी हुर्काको अनुमानको आधारमा पनि १५ हजार चिउरीको बोटमा कम फल लाग्ने समस्या उत्पन्न भएको चेपाङ संघको भनाइ छ ।

अखिल क्रान्तिकारीको ‘विद्यालय जाउँ’ अभियान

नारायणगढ । अखिल क्रान्तिकारीले सामुदायिक विद्यालय सुधार एवम् स्तरनोन्नति साथै निजी विद्यालयमा भएको विकृति विसंगतीको अन्त्यका लागि बैशाख २० गते बुधबारबाट ‘विद्यालय जाउँ’ अभियान सञ्चालन गर्ने जनाएको छ ।
संगठनका केन्द्रीय उपाध्यक्ष जागृत रायमाझीले सोमबार नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिनुभएको हो । अखिल क्रान्तिकारी चितवन जिल्लाले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘निजी विद्यालयका शिक्षकले भन्दा बढी र सचिवस्तरका कर्मचारीको बराबर तलब खाने सामुदायिक तथा सरकारी विद्यालयको शिक्षा निजीको भन्दा कमजोर किन भएको छ भन्ने पत्ता लगाउन पनि अभियान सञ्चालन गर्न लागेका हाँै ।’
उहाँले अभियानअन्तर्गत विद्यालयबाहेक सीटीईभीटी तथा पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुको गुणस्तर, भौतिक संरचना र मापदण्ड पूरा गरे नगरेको अनुगमन गरिनेसमेत जानकारी दिनुभयो । त्यस्तै उहाँले अभियानअन्तर्गत त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरुमा प्राध्यापकहरुको उपस्थितिलाई अनुगमन गर्न त्रिवि अनुगमन आन्दोलन पनि सँगसगँै लैजाने बताउनुभयो ।
एक अर्काे प्रसंगमा उहाँले पार्टीमा देखिएको गुटगत प्रवृत्ति विद्यार्थीमा देखिए पनि समानान्तर कमिटी गठन नहुने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘एक खालको गुटगत प्रवृत्ति त देखिएको छ तर पनि हामी विद्यार्थीहरुको समानान्तर कमिटी निर्माण नगर्ने भन्ने सहमत छौं ।’
यसअगाडिको विद्यार्थीको इतिहास हेर्दा पार्टीअगावै विद्यार्थी फुटिसक्ने प्रवृत्ति रहेको बताउँदै अहिले त्यस्तो नहुने उपाध्यक्ष रायमाझीको भनाइ थियोे । आगामी स्ववियु निर्वाचन संविधानसभाको जस्तो मिश्रित प्रणालीमा हुने उहाँले बताउनुभयो ।
त्रिविसँगको वार्ता टोलीका सदस्यसमेत रहनुभएका रायमाझीले भन्नुभयो, ‘त्रिवि नयाँ किसिमको स्ववियुको पक्षमा आएको छ, निर्वाचन त्यो पूर्ण समानुपातिक पनि नहुने र पूर्ण प्रत्यक्ष पनि नहुनेगरी निर्वाचन हुने सम्भावना बढेको छ ।’ संविधान जारी गर्ने मिति नजिकिएका कारण स्ववियु निर्वाचन आगामी भदौ, असोजतिर हुने उहाँको भनाइ थियो । 

स्थानीय कृषि उत्पादनले बजार नपाएको गुनासो

भरतपुर । स्थानीय कृषि उत्पादनले बजार नपाउँदा किसानले उत्पादन गरेको कृषि उत्पादन त्यत्तिकै खेर गइरहेको एक कार्यक्रमका वक्ताहरुले गुनासो गरेका छन् । कृषि उत्पादलाई स्थानीय तथा अन्तर्राष्ट्रियस्तरमा पु¥याउनुपर्ने उनीहरुको जोड थियो ।
सोमबार जिल्ला कृषि कार्यालयमा पर्यावरणीय सेवा केन्द्र भरतपुरको आयोजनामा सम्पन्न ‘प्राङ्गारिक उत्पादनको बजारीकरणमा सरोकारवालाहरुको भूमिका’ विषयक कार्यशाला गोष्ठीमा उनीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै चितवन सिद्धिका कृषक काजी प्रजाले स्थानीय उत्पादनले बजार नपाएको बताउँदै भन्नुभयो, ‘हामीले उत्पादन गरेको तरकारी तथा दालहरुले समेत बजार पाउँदैन, पाए पनि सस्तो मूल्यमा बिक्री गर्नु पर्दछ ।’
किसानले भन्दा पनि व्यापारीले उत्पादनको मूल्य तोक्ने गरेको उहाँको भनाइ थियो । ‘बर्षा याममा तरकारीको उत्पादन हुने गरे पनि कयर खोलमा आउने बाढिका कारण गाँउमै उत्पादन कुहुने गरेको छ’, प्रजाले भन्नुभयो ।
यता, भरतपुर ठिमुराका जडीबुटी कृषक ‘झारपात ओझा’ भनेर चिनिने यज्ञप्रसाद ओझाले जडीबुटी तथा अर्गानिक खेतीलाई राहुटेको जस्तो व्यवहार गरेको भन्दै व्यङ्ग्य गर्नुभयो । उहाँले भन्नुभयो, ‘जडीबुटी र प्राङ्गारिक खेतीको विकासका लागि उचित नीति नै छैन । सरकार नै यसप्रति उदासीन छ, यहाँ बोलेरमात्र केही हुनेबाला छैन ।’
जिल्ला कृषि विकास कार्यालय चितवनका प्राविधिक सहायक दीपकराज पौडेलले स्थानीय कयरखोलामा पुल निर्माण गर्न सकेमात्र पनि सिद्धिको उत्पादनलाई बजारमा पु¥याउन सहज हुने बताउनुभयो ।
कार्यक्रममा बोल्दै पर्यावरणीय सेवा केन्द्रका निर्देशक बसन्त रानाभाटले सिद्धिको चिउरी उत्पादन वार्षिक एक हजार बोरा, पिँडालु चार टन, अम्रिसो दुई टनलगायत रहेको भएपनि राम्रो बजार नभएको प्रष्ट पार्नुभयोे । उहाँले कृषि उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउन सकेमा यसले स्थानीयको आयस्तर पनि उकास्ने बताउनुभयो ।
नेपाल अदुवाको उत्पादनमा विश्वको चौथो स्थानमा भए पनि उत्पादित अदुवाले बजार नपाएको अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष केशवलाल श्रेष्ठले बताउनुभयो । नेपालसँग उत्पादन क्षमता भएर पनि बजार र प्रशोधनका निम्ति पूर्वाधार नहुँदा पछाडि पर्नुपरेको धारणा राख्नुभएको थियो ।
नेपालमा अझ पनि व्यावसायिक रुपमा कृषिको विकास हुन नसकेको भन्दै उहाँले भन्नुभयो, ‘नेपालमा अधिकांश कृषि पेसामा आश्रित छन्, ३१ लाख हेक्टर कृषि क्षेत्र रहेकोमा आठ लाख हेक्टर क्षेत्रफलमा मात्र व्यावसायिक कृषि खेती हुने गरेको छ ।’
कार्यक्रममा चितवन जिल्लाका सिद्धि र शक्तिखोर गाविसका कृषकलाई स्थानीयस्तरमा नै प्राङ्गारिक कृषि उत्पादनमा प्रेरित गर्नको निम्ति प्रक्टिकल एक्सन र हिमालयन बायोडायनामिक डेभलप्मेट ट्रष्टले विगत तीन महिनादेखि सञ्चालन गरिरहेको दिगो एकीकृत कृषि प्रणाली परियोजनाको बारेमा प्रकाश पारिएको थियो ।
ट्रष्टका निर्देशक श्याम हाडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा परियोजनाका संयोजक ऋषिकेश ढकाल, नेपाल पत्रकार महासंघका उपाध्यक्ष रमेशकुमार पौडेल दातृ संस्था बीएमजेड डब्लूएचएच जर्मनीका प्रतिनिधि पिटर इफेनवर्गरलगायतले बोल्नुभएको थियो ।

‘समायोजनका लागि छुट्टै निर्देशनालय चाहिन्न’

 भरतपुर । माओवादी लडाकू समायोजनका निम्ति अब छुट्टै निर्देशनालय आवश्यक नरहेको पूर्व रक्षामन्त्री एवम् एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले बताउनुभएको छ ।
पूर्वी चितवनको चैनपुरमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमका लागि सोमबार चितवन आउनुभएकी उहाँले भरतपुर एयरपोर्टमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताउनुभएको हो । ‘सेना समायोजनमा अब समस्या रहेन, माओवादी सेनाका लडाकूको समायोजनका लागि पनि अब छुट्टै निर्देशनालय गठन गरिनुपर्ने आवश्यकता पनि रहेन’, उहाँले भन्नुभयो ।
माओवादी लडाकू संख्या धेरै हुँदा समस्या आएको बताउँदै अब लडाकूको संख्या पनि घटेको र सेनाको मापदण्डमा जाचिँदा पनि सो संख्या अझै घट्न सक्ने पूर्व रक्षामन्त्री भण्डारीको अनुमान छ । नेकपा एमालेले आधिकारिक रुपमा संघीय प्रदेशको संख्याको बारेमा निर्णय नै नगरेको उहाँले दावी गर्नुभयो ।
‘कुरा जसरी चर्चामा आएका छन्, त्यस्तो कुनै पनि आधिकारिक निर्णय भएको छैन, सबै छलफलकै क्रममा आएका हुन्’, उपाध्यक्ष भण्डारीले भन्नुभयो । धेरैले पाँचदेखि सातवटा प्रदेशको निर्माण गरिनुपर्ने धारणा राखेको उहाँले बताउनुभयो । प्रदेशको नामाकरण साझा ऐतिहासिक, साँस्कृतिक तथा नदी नालाका नामबाट राख्नुपर्ने भन्दै जातीय आधारमा राख्न नहुने उहाँको जिकिर थियो ।
नेपाल सानो मुलुक भएकोले पनि प्रतिनिधिसभा धेरै ठूलो हुन नहुने भन्दै भण्डारीले भन्नुभयो, ‘धरै प्रदेश निर्माण गर्दा प्रादेशिक सभाको गरिमालाई कायम राख्न सकिँदैन । प्रतिनिधिसभाको संख्या मुलुकले थेग्न सक्ने बनाउनु पर्दछ ।’ प्रतिनिधिसभा र राष्ट्रियसभा दुबैमा जम्मा २४० भन्दा बढी सदस्य हुन नहुने उहाँको भनाइ थियो ।
तोकिएको समयमा संविधान निर्माण गरिनुपर्ने तर नसकिए पनि धर्ती आकाश नखस्ने भन्दै संविधानसभाको म्याद थप हुन सक्ने संकेत पनि उहाँले गर्नुभयो । ‘अदालतको आदेशपछि नैतिकताले बाँधिएता पनि संविधानसभाको म्याद संविधान संसोधन गरेर गर्ने हो, त्यो सहमतिमा गर्न सकिन्छ’, उहाँले भन्नुभयो । नभए नयाँ जनमतका लागि संविधानसभाको निर्वाचनमा जान सकिने उहाँको भनाइ थियो ।
यसैबीच २०४६ सालको जनआन्दोलनका घाइते चैनपुर–७ लदरी निवासी माधवप्रसाद दुवाडीको नागरिक अभिनन्दन समारोहलाई सोमबारै सम्बोधन गर्दै एमाले उपाध्यक्ष भण्डारीले प्रदेशको नामाङ्कन, सीमाङ्कन र संख्या निर्धारणको नाममा मुलुकलाई द्वन्द्वमा फसाउने षडयन्त्र भइरहेको बताउनुभयो ।
प्रदेशको नामाकरण र संख्या निर्धारणमा खेलबाड गरिए त्यसले दीर्घकालीन समस्या निम्त्याउने उहा“को भनाइ रहेको थियो । उपाध्यक्ष भण्डारीले प्रदेशको नाममा दलहरुले देशको नक्सालाई कैँचीले काट्ने काम गरेको बताउनुभयो ।
प्रदेश निर्धारणमा ख्याल नगरिए गाउँगाउँमा द्वन्द्व भड्किने भन्दै उहा“ले त्यसतर्फ सचेत हुन दलहरुलाई आग्रह गर्नुभयो । उहा“ले जातीयताको आधारमा प्रदेश निर्माण कुनैपनि हालतमा हुन नहुने तर्क गर्नुभयो ।
राज्यको पुर्नसंरचना, शासकीय स्वरुपमा अहिलेसम्म पनि कुरा मिल्न नसकेको भन्दै उपाध्यक्ष भण्डारीले नेपालको वर्तमान आवश्यकता पूरा गर्ने संविधान आउनेमा शंका रहेको बताउनुभयो । नेत्री भण्डारीले नेपालमा हरेका आन्दोलनमा घाइते भएकाहरुलाई राज्यले सम्मान दिन नसकेको बताउनुभयो ।
‘मुलुकको आमूल परिर्वतनको लागि लड्दा घाइते भएकालाई राज्यले बेवास्ता गर्ने गरेको छ’, उहा“ले भन्नुभयो, ‘त्यसको उदाहरण दुवाडीजी हुनुहुन्छ ।

मै दिवसको अवसरमा मंगलबार विहान नारायणगढमा निकालिएको मजदुर मटरसाइकल¥याली ।


Jaljala- chunu gurung

Nepali Maoist Song-III

माओबादी क्रान्तिकारी गीत

nepali janayudda part- 2 of 3

Lalsalam Part - 5:चलचित्र लालसलाम

lal salam part 1

संविधानका विवादित विषयमा दलहरु मतदानतर्फ उन्मुख :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Audio, Video, Interview

संविधानका विवादित विषयमा दलहरु मतदानतर्फ उन्मुख :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Audio, Video, Interview

Sunday, April 29, 2012

Maoist civil war on the Holland TV

Palpa Attack By Maoist.wmv

Maoist Attack on Krishna Vir. Part I

Nepal-maoist

Eight Glorious Years of Nepali People's War 2004 (Full Movie) Part 3/13

Villagers flee homes as anti-Maoist operation begins in WB

Arun Tarera

Video Profile with JB Tuhure, Part 01, July 12, 2010

Euta Pardeshi - Music Nepal Presents

adidas by Stella McCartney - SS12 collection

जनकपुरमा बम विष्फोट, एकको मृत्यु, १० भन्दा बढी घाइते | Butwal Online

जनकपुरमा बम विष्फोट, एकको मृत्यु, १० भन्दा बढी घाइते | Butwal Online

युवाहरू विदेश जाने भिसा रद्द गरी तरकारी खेतीतर्फ | Butwal Online

युवाहरू विदेश जाने भिसा रद्द गरी तरकारी खेतीतर्फ | Butwal Online

विभिन्न मागहरु राख्दै रुपन्देहीका किसानद्धारा ज्ञापन पत्र | Butwal Online

विभिन्न मागहरु राख्दै रुपन्देहीका किसानद्धारा ज्ञापन पत्र | Butwal Online

केशव स्थापित भन्छन-’सवैभन्दा पहिले मायाप्रिती लाउने ठाउँ बनाइदिन्छु’


१८ बैशाख, काठमाण्डौ । हालैमात्र उपत्यका बिकाश प्राधिकरणका आयुक्त नियुक्त भएका काठमाण्डौं महानगरपालिकाका पूर्व मेयर केशव स्थापितले शहरमा माया प्रिती लाउने ठाउँ बनाइदिएर आफ्नो कामको सुरुवात गर्ने बताएका छन् ।

‘उपत्यकामा सवैभन्दा पहिले माया पि्रती लाउने ठाउँ बिकाश गर्छु । जबसम्म युवा पुस्ताले माया प्रिती गर्ने ठाउँ पाउँदैनन्, तवसम्म उनीहरुमा सकरात्मक सोंचको बिकाश हुँदैन् । मैले उनीहरुको साथ लिएर अघि बढ्नुपर्ने भएकाले मेरो पहिलो काम रमणीय स्थलहरुको बिकाश गर्छु ।’-स्थापितले भने- तन्नेरीहरु खुव माया प्रिती लगाउन र सहरबारे सोचुन । यो मेरो पहिलो प्राथमिकता हुने छ ।’

नागार्जुन डाँडालाई भब्य बगैंचाको रुपमा बिकाश गरेर ‘सटल बस’ चलाइदिने हो सहरवासीका लागि तत्कालका लागि सास फेर्ने ठाउँ हुने उनले बताए । कलाकार, खेलाडी र स्रष्टाका लागि एकान्त ठाउँ नभएकाले काठमाण्डौं जेलजस्तो भइसकेको उनले बताए ।

आजको नागरिक दैनिकले केशव स्थापितसँगको अन्र्तवार्ता छापेको छ । स्थापित भन्छन- संसारका धेरै शहर या त धेरै चिसो, या त धेरै गर्मी छन, हामीले भाग्यले एअर कन्डिसन सहर पाएका छौं, यति कुरा संसारभर फैलाइदिने हो र बिदेशीलाई यहाँ आउँदा अप्ठेरो नपारिदिने हो भने यहाँ पैसा ओइरिन्छ ।’ धूलो र फोहोर राखेमा कोही बिदेशी नआउने भन्दै स्थापितले चुट्कीका भरमा यी दुई कुरा हटाउन सकिने बताए ।

आफुले महानगरको मेयर हुँदा र बिचको खाली समयमा धेरै कुरा सिक्न र अनुभव गर्न पाएको भन्दै स्थापितले त्यो अनुभवलाई पुरै उपत्यका ब्यबस्थित गर्न सहयोगी हुने बताए । सुकुम्बासीलाई हटाउन घरभाडा भन्दै १५ हजार दिने काम ठिक नभएको भन्दै उनले त्यो रोक्ने बताए । उपत्यकाका जनप्रतिनिधि पनि आफु मातहत हुने भन्दै स्थापितले यसले एकीकृत उपत्यका बिकाश गर्न सजिलो हुने बताए । बाटो विस्तारको काम नरोकिने भन्दै उनले विस्तार गर्दा घाटा हैन घर भत्किनेहरुलाई नै फाइदा हुने अबस्था बनाइदिने बताए ।





साभार : अनलाईन खवर 

दर्शकले पचाउनै नसक्ने दृष्य नेपाली चलचित्र "एटीएम" मा


दर्शकले पचाउनै नसक्ने दृष्यप्रति आलोचना हुँदा अक्सर सवै नायिकाले दिने रेडिमेड जवाफ हो- ‘कथाले माग्यो, दिए ।’ अचम्मको छ यो कथा पनि के के माग्छ माग्छ ।

अहिलेसम्म कुनै पनि चलचित्रले माग्न नसकेको मागेको हालै छायाङ्कन सकिएको चलचित्र ‘एटीएम’ले । माग्न पनि यति धेरै माग्यो कि बन्द कोठामा श्रीमान-श्रीमतीवीच नाङ्गै भएर गर्नुपर्ने दृष्य पनि खुला ठाउमै दिनुपर्‍यो ।
चलचित्रमा नायिका जिया के.सीको वक्षस्थलमा कलाकार दिनेश थापाको हातले च्याप्पै समातेको देखिन्छ । यस्तो दृश्यमा न त नायिकालाई लज्जावोध भएको देखिन्छ न त नायकले नै कुनै सकस माने ।
चलचित्र लुट र चपली हाइटको सफलतापछि अहिले नेपाली सिनेमा निर्माता-निर्देशकलाई अश्लिलतामात्र बिक्छ भन्ने भूत चढेको छ । टङ किस खानु र वेडसिन दिनु त सामान्य जस्तै भएको छ । नायिका जियाले यो चलचित्रमा  टङ किसको दृश्य  ३ पटक भन्दा वढि  दिएकी बताउछिन ।"जिया भन्छिन- दृश्य दिनेक्रममा ईमोशनमा आईयो र १० मिनेटभन्दा लामो भयो । तर, सेन्सर वोर्डले यति लामो दृश्य राख्न त नमान्ला ।’

धेरैजसो अबस्थामा निर्माता-निर्देशकले उत्तेजक दृष्य दिन कर गरेको तर हिरोइनहरुले नमानेको सुनिन्छ । तर अचम्म यो चलचित्रमा त नायिकाहरुवीच नै कसले बढि उत्तेजक दृष्य दिने भन्ने होडबाजी छ ।
मैले यति मिनेट किस गरें, यति मिनेटको वेड सिन दिएँ भनेर गर्वसाथ सुनाइरहेका छन् । नेपाली चलचित्रमा यस्ता दृश्य राख्न थालीएपछि, धेरैले भनेका छन-’नेपालमा अव खुलेयाम अश्लिल सिनेमा वन्न धेरै समय लाग्दैन ।’ छायांकनस्थलमा नायकले नायिकाको वक्षस्थल समात्छ भने अव अश्लिल सिनेमाको छायांकन हुन कति समय लाग्ला र ?
पछिल्ला समय वनेका दर्जन वढि सिनेमा यस्तै कुराको पछि लागीरहेका छन् र सकेसम्म नायिकालाई नङ्ग्याउन लागिपरेका छन् । यसले नेपाली चलचित्र ‘सी’ ग्रेडमा पुगेको भान हुन्छ । यस्ता दृश्य दिएर हिट भइन्छ भन्ठान्ने नायिकाहरुले सपना पनि पानीको फोका नै बन्ने पक्का छ । यस्ता दृश्यले सिनेमाको मात्र होईन कलाकारको पनि ग्रेड छुट्टाउँछ ।
जुन बिषय संकेतमात्र गरे पुग्ने हो त्यसलाई पुरै नंग्याउनु ग्लामर हैन, अश्लिलता हो । वन्द कोठाभित्र यस्ता कुरा सामान्य होलान, सिनेमाको पर्दामा भद्दापनको पराकाष्टा हो ।
साभारओनलाइन खबर बाट

Saturday, April 28, 2012

eChitwanpost.com, Daily Online News from Chitwan - Chitwan's No.1 News Portal

eChitwanpost.com, Daily Online News from Chitwan - Chitwan's No.1 News Portal

द्वन्द्वपीडितका लागि १५ दिने तालिम

भरतपुर । शान्ति निर्माण र विकासका लागि सहकार्य फ्रिप्याड चितवनको आयोजनामा द्वन्द्वपीडितहरुका लागि सञ्चालित साना व्यवसाय सहयोगसम्बन्धी तालिम शनिबार सम्पन्न भयो । १५्र दिनसम्म सञ्चालन भएको सो तालिममा द्वन्द्वपीडित ४० जनालाई व्यावसायिक तालिम दिइएको थियो ।
शनिबार आयोजित तालिम समापन कार्यक्रममा शान्ति समिति चितवनका सयोजक पुष्पकमल सुवेदी, समितिकी सदस्य रमा घिमिरे, कार्यालय सचिव शर्मिला पण्डित, पत्रकार बसन्त पराजुली, सहभागीहरुका तर्फबाट शिव खनाल, गोमा रेग्मीलगाएतले बोल्नु भएको थियो ।
कार्यक्रम परियोजना संयोजक ओमप्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।


पाठेघरको क्यान्सरविरुद्ध निःशुल्क खोप सेवा

भरतपुर । भरतपुर क्यान्सर अस्पतालले पाठेघरको मुखको क्यान्सर गराउने भाइरसको संक्रमण रोक्न किशोरीहरुलाई खोप लगाउने अभियान सुरू गरेको छ । बजार मूल्य ३० हजार रुपैयाँ पर्ने सो खोप हाललाई निःशुल्क उपलब्ध हुन्छ ।
महिलाहरुलाई हुने पाठेघरको मुखको क्यान्सर विश्वका प्रमुख क्यान्सर रोगमध्येमा पर्छ । भरतपुर क्यान्सर अस्पतालमा सन् २०१० मा उपचारका लागि आएका क्यान्सरका बिरामीमध्ये पाठेघरको मुखको क्यान्सरका बिरामीको संख्या दोस्रो स्थानमा थियो ।
‘महिलाहरुमा ठूलो समस्या देखिएकाले नियन्त्रणका लागि खोप अभियान सुरू गरेका हौं । गत वर्ष दुई हजार जनालाई खोप लगायौं’, भरतपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.लक्ष्मीनारायण सिंहले भन्नुभयो ।
अस्पतालको क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभागका जनस्वास्थ्य अधिकारी भोला सिवाकोटीका अनुसार यो वर्ष तीन हजार जनालाई खोप दिने योजना छ । विद्यालयमा शिविर राखेर ११ देखि १३ वर्षसम्मका छात्राहरुलाई यो खोप दिने गरिएको छ ।
गत वर्ष भरतपुर नागरपालिकाका ३६ र खैरहनी गाविसका ६ वटा गरी कुल ४२ वटा विद्यालयका दुई हजार जनालाई ‘गर्दासिल’ भनिने पाठेघरको मुखको क्यान्सर गराउने भाइरसलाई रोक्ने खोप दिइएको थियो । छ महिनाभित्र तीन पटक लगाएपछि खोपको मात्रा पूरा हुन्छ ।
नेपाल अष्ट्रेलियन सर्भिकल (पाठेघर) क्यान्सर फाउण्डेशन (एनसीसीएफ) ले अष्ट्रेलियन क्यान्सर फाउण्डेशन र अमेरिकाको ‘गर्दासिल’ पहुँच कार्यक्रमबाट सहयोग स्वरुप प्राप्त गरेकाले खोप निःशुल्क दिइएको हो । नत्र भने तीन पटक लगाउने खोपलाई ३० हजार रुपैयाँ पर्छ ।
(एनसीसीएफ) ले तीन वर्षअघि नेपालमा यो खोप सेवा सुरू गरेको हो । नेपालभर हालसम्म १४ हजारले गर्दासिल लगाइसकेको (एनसीसीएफ) ले जानकारी दिएको छ । यो वर्ष चितवनसहित मकवानपुर, सर्लाही, महोत्तरी र सोलुखुम्बूका आठ हजारलाई खोप दिइँदैछ ।
‘त्यसमध्ये चितवनका मात्रै तीन हजार जनालाई दिन लागेका छौं’, क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभागका जनस्वास्थ्य अधिकारी सिवाकोटीले जानकारी दिनुभयो । विद्यालयमा ५० जनाभन्दा बढीको समूह तयार भएमा खोपको शिविर संचालन हुनेछ ।
विश्वमा सन् २००६ देखि नै किशोरीहरुले यो खोप लिन सुरू गरेका हुन् । महिलाको पाठेघरमा अस्वाभाविक रुपमा जीवकोषहरु बढ्दा क्यान्सर हुने गरेको छ । ह्युमन पोपिलोमा भाइरस (एचपीभी) ले गर्दा त्यसरी जीवकोषहरु बढेका हुन् ।
गर्दासिल खोपले एचपीभीको संक्रमण रोक्ने गर्छ । ‘निःशुल्क लगाइने भएकाले कसैले नराम्रो गर्ने पो हो कि भन्ने आशंका गरेका छन् । तर यो परीक्षणका लागि ल्याइएको होइन । विश्व स्वास्थ्य संगठनले स्वीकृति दिएको विकसित देशहरुमा प्रयोगमा आएको खोप हो’, सिवाकोटीले भन्नुभयो ।
विश्वमा ७० प्रतिशत पाठेघरको क्यान्सर एचपीभी १६ र १८ समूहका कारण हुने गरेको छ । नेपालमा यो समूहको कारण ८० प्रतिशतसम्म पाठेघरको क्यान्सर भएको छ । गर्दासिल खोप तीन पटक लगाएपछि एचपीभी १६ र १८ समूहका कारण हुने क्यान्सरबाट सुरक्षित भइन्छ ।
क्यान्सरको उपचार हुने नेपालको सुविधा सम्पन्न बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सन् २०१० मा पाठेघरको मुखको क्यान्सर भएर ५०५ जना बिरामी उपचारका लागि आएका थिए । पहिलो नम्बरमा फोक्सोको क्यान्सर हुनेको संख्या छ भने दोस्रोमा यो छ ।
फोक्सोको क्यान्सर भएर आउने बिरामीहरु ५५३ रहेका छन् । पहिलो अवस्थामा पत्ता लागेर तत्काल उपचार भए पाठेघरको मुखको क्यान्सर निको हुन्छ । तर अन्तिम अवस्थामा उपचारका लागि आउने गरेकाले धेरैलाई जोगाउन नसकेको चिकित्सकहरु बताउँछन् ।


सरकारले हेर्ने दृष्टिकोण गलत ः यातायात व्यवसायी

गैँडाकोट । सरकारले यातायात व्यवसायीलाई अपहेलना गरेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । चौतारी यातायात व्यवसायी समिति तथा नवलपुर जीप तथा मिनीबस व्यवसायी समितिको दसाँै साधारण सभा तथा पाँचौ अधिवेशन उद्घाटन कार्यक्रममा शनिबार बोल्दै उनीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै चितवन यातायात व्यवसायी समितिका अध्यक्ष रुद्रराज केसीले सरकारको यातायात व्यवसायीलाई हेर्न दृष्टिकोण गलत भएको बताउनुभयो । ‘सरकारले व्यवसायीको पुँजीलाई जोगाइ पेसाबाट विदेश पलायन भएका यातायात चालक तथा सहचालकहरुलाई फिर्ता ल्याउनुपर्दछ’, केसीले भन्नुभयो ।
उहाँले यातायात व्यवसायीहरु एक नहुँदा पछाडि पर्नुपरेको समेत बताउनुभयो । त्यस्तै व्यवसायीहरु एक हुन नसक्दा सम्पूर्ण यातायात व्यवसायी राष्ट्रिय महासंघ नै कमजोर भएको चितवन यातायात व्यवसायी समिति छहारीका अध्यक्ष बद्री पौडेलले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री र मन्त्रीका हरेक भ्रमणमा उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरु सहभागी हँुदा हाम्रो महासंघको किन प्रतिनिधित्व हुन सकेन ? हामी फुटेर आफआफँै लडिरहेका छौँ ।’ हरेक कुना कन्दरामा सवारी पु¥याउँदा माला पहि¥याएर स्वागत गर्ने सबैले पछि तिनै व्यवसायी र मजदुरलाई लखेट्न पछि नपर्ने उहाँको भनाइ थियो ।
सम्पूर्ण यातायात व्यवसायीहरु एक भएर सरकारलाई यातायात नीति बनाउन दबाब दिनुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा यातायात व्यवसायी राष्ट्रिय महासंघका नारायणी संयोजक कपिल पाण्डे, अखिल नेपाल यातायात मजदुर संगठनका चितवन अध्यक्ष सूर्य बराललगायतले बोल्नुभएको थियो ।
यसैबीच अधिवेशनले पुनः कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा भुवनप्रसाद बराल, उपाध्यक्षमा गणेश श्रेष्ठ, महासचिवमा विष्णुहरि रेग्मी, कोषाध्यक्षमा श्रवणकुमार उपाध्यायलगायत रहनुभएको छ ।
समितिका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न अधिवेशनमा यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष रामप्रसाद सुवेदी प्रमुख अतिथि हुनुहुन्थ्यो ।



किसान महासंघले कृषि अभियान संचालन गर्ने

भरतपुर । अखिल नेपाल किसान महासंघले कृषि अभियान सञ्चालन गर्ने भएको छ । शनिबार भरपुरमा आयोजित अन्तक्रिया कार्यक्रममा यस्ता जानकारी दिइएको हो ।
नेकपा एमाले प्रशिक्षण विभाग तथा अखिल नेपाल किसान महासंघले ‘नया नेपाल निर्माणका लागी जनस्तरमा नया कृषि अभियान’ भन्ने मुल नाराका साथ अभियान संचालन गर्न लागेको हो ।
देशका ५१ वटा जिल्लामा संचालन गरिने अभियान अन्तर्गत कृषि परियोजनाहरुका साथ कार्यक्रम संचालन गरिने बताएको छ । महासंघले अभियानको परियोजनाहरु, केन्द्रीय नमुना कृषि फर्म तथा तालिम केन्द्र स्थापना, जिल्ला स्तरीय सामुहिक नमुना कृषि फर्म निर्माण, प्राङगरिक कृषि उत्पादक सहकारी गठन, किसान जलबिद्युत सहकारी गठन, जेष्ठ नागरिक कम्युन स्थापना लगायतका कार्यक्रमहरु तयार गरिएको अखिल नेपाल किसान महासंघको उपाध्यक्ष केशबलाल श्रेष्ठले जानाकारी दिनुभयो ।
अभियान सञ्चालन हुने जिल्लाहरुमा महासंघले आफु निकटका २३ वटा बिषयगत संघहरुसंगको सहकार्यमा जिल्लामा कृषि सम्बन्धी क्रियाकलापहरु संचालन गरिने योजना बनाएको उपाध्यक्ष श्रेष्ठले बताउनुभयो । ‘खेतीयोग्य जमिनलाई भरपुर प्रयोग गरी किसानको आम्दानीको स्रोतको रुपमा विकास गर्ने योजनामा अभियान संचालन गरिएको हो’, उपाध्यक्ष श्रेष्ठले भन्नुभयो ।
त्यस्तै कृषि तथा  बन विज्ञान विश्वविद्यालयका उपकुलपति एवम् कार्यक्रमका प्रमुख कैलाशनाथ प्याकुरेलले नेपालमा यस अघि घोषणा भएको भुमिसुधार नितीको बैज्ञानिक बिष्लेषण गरिनुपर्ने बताउनुभयो । साथै उहा“ले कुनै समुह तथा संघ संस्थाले गर्न खोजेको राष्ट्रियहितका कार्यहरुमा सरकारी उपस्थिति हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै जिल्ला कृषि विकास कार्यालयका प्रमुख जगन्नाथ तिवारीले कृषि क्षेत्रलाई विकास गर्ने योजना हो भने राष्ट्रिय बजेटमा प्राथामिकतामा राखिनुपर्नेे बताउनुभयो । कार्यक्रममा प्राध्यापक डा. माधव श्रेष्ठ, उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराई, उद्योगी कल्याणी मिश्र लगायतले बोल्नुभएको थियो ।
महासंघका उपाध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो । महासंघले ५१ जिल्लाका करिब ३० हजार किसानहरुलाई अभियानका क्रममा सक्रिय बनाउने बताएको छ ।


‘देवघाट दर्पण’को विमोचन

देवघाट । देवघाट क्षेत्र विकास समितिले प्रकाशित मुखपत्र ‘देवघाट दर्पण भाग ३’ को शनिबार देवघाटमा विमोचन भएको छ । मुखपत्रको नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य बुँद रानाले विमोचन गर्नु भएको हो ।
कार्यक्रममा मुखपत्रमाथि वीरेन्द्र बहुमुखी क्याम्पसका सहप्राध्यापक भवनाथ सडौला र पूण्यप्रसाद अधिकारीले समीक्षा गर्नुभएको थियो । देवघाट क्षेत्रको ऐतिहासिक पुरातात्विक पहिचानसहित विभिन्न साहित्यिक रचना समावेश गरिएको मुखपत्रको प्रधान सम्पादक इन्द्रप्रसाद रेग्मी, कार्यकारी सम्पादक कपिल अज्ञात तथा सम्पादक मुरलीधर घिमिरे हुनुहुन्छ ।
विमोचन कार्यक्रममा चितवन तनहुँ, तथा नवलपरासीका साहित्यकारहरुको उपस्थिति थियो । कार्यक्रम क्षेत्र विकास समितिका अध्यक्ष खिमलाल भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।


राजदूत दम्पती सम्मानित

भरतपुर । कतारको लागि नेपाली राजदूत डाक्टर मायाकुमारी शर्मा तथा उहाँका श्रीमान् देवीभक्त ढकाललाई शनिबार भरतपुरमा एक कार्यक्रमका बीच सम्मान गरिएको छ । वीरेन्द्र बहुमुखी क्याम्पसको स्नातकोत्तर तह जनसंख्या शिक्षा विभाग र पीडीसी नेपालले संयुक्तरुपमा उहाँहरुलाई सम्मान गरेको हो ।
कार्यक्रममा राजदूत डाक्टर शर्माले वैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई वैधानिक रुपमा संस्थाबाट जान आग्रह गर्नुभयो । उहाँले आफ्नो कार्यकालभरि नेपाल र चितवनको लागि रचनात्मक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा सम्मानित देवीभक्त ढकालले वीरेन्द्र बहुमुखी क्याम्पस नेपाली विभागका भिष्मराज पौडेल, प्रेस चौतारी चितवनका अध्यक्ष शालिग्राम नेपाल, आयोजक संस्था पीडीसी नेपालका अध्यक्ष युवराजसिंह पराजुली, मुक्ति समाजका जिल्ला अध्यक्ष सहदेव लकान्द्रीले वीरेन्द्र क्याम्पसको स्तरवृद्धिसँगै गुणस्तरीय शिक्षाको लागि आवश्यक पहल गरिदिन राजदूत डा.शर्मासँग आग्रह गर्नुभएको थियो ।
स्नातकोत्तर जनसंख्या विभागका कोअर्डिनेटर दिनेश मल्लको सभापतित्वमा सम्पन्न कार्यक्रम रेखा श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।



प्रभावकारी बन्दैछ कृषि प्लान्ट क्लिनिक

भरतपुर । चितवन जिल्लामा सञ्चालन गरिएको कृषि प्लान्ट क्लिनिक प्रभावकारी बन्दै गएको छ । जिल्ला कृषि विकास कार्यालयले दिएको तथ्याङ्कअनुसार किसानले यो क्लिनिकबाट राम्रै फाइदा लिएको पाइएको छ । जिल्लामा तरकारी या खाद्यबालीमा रोग लागेमा किसान अहिले तुरुन्तै क्लिनिक जाने गरेको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ ।
क्लिनिकमा तरकारी तथा खाद्यबालीका विज्ञ सहभागी हुने गर्छन् । किसानले यसअघि बालीमा रोग लाग्दा कीटनाशक औषधि प्रयोग गर्ने गरेका थिए, अहिले भने बिरुवा नै बोकेर कृषि विज्ञकहाँ जान थालेका छन् । क्लिनिकमा रोगको उपचार परामर्शसँगै बढ्दो विषादी प्रयोगबाट हुने असरबारे पनि जानकारी दिइने भएकाले यसतर्फ किसान आकर्षित भएको कृषि कार्यालयको ठम्याइ छ ।
प्लान्ट क्लिनिकमा नियमित तरकारीको उपचारका लागि जाने गरेको पश्चिम चितवन माडीका किसान नेत्रनारायण ढकालले बताउनुभयो । उहाँले उपचार गर्दा तरकारी तथा खाद्यान्न उत्पादनसमेत बढेको जानकारी गराउनुभयो । चितवनमा यो क्लिनिक विगत वर्षदेखि नै सञ्चालित छ । चितवनमा मासिक विभिन्न गाविसमा गरी चारवटा र आवश्यक परेमा मोबाइल क्लिनिक पनि सञ्चालन गरिने कृषि कार्यालयका प्रमुख जगन्नाथ तिवारीको भनाइ छ ।
सो कार्यक्रम जिल्ला कृषि, रामपुर कृषि क्याम्पस र सेकार्ड नेपालद्वारा संयुक्तरूपमा गरिर्दै आएको छ ।



जातीय संघीयताविरुद्ध संघर्ष समिति गठन

भरतपुर । जातीय संघीयताविरुद्ध राष्ट्रिय अखण्डता तथा जातीय सद्भावका लागि संयुक्त संघर्ष समिति चितवन गठन भएको छ ।
शनिबार भरतपुरमा सम्पन्न ब्राह्मण क्षत्री, ठकुरी, दसनामी र दलित अगुवाहरुको भेलाले धनबहादुर कार्कीको संयोजकत्वमा १३ सदस्यीय संघर्ष समिति गठन गरेको हो । समितिकोे सहसंयोजकहरुमा काशीराम शर्मा र कृष्ण कँडेल रहेको ब्राह्मण युवा समाजका महासचिव टेकराज पौडेलले जानकारी दिनुभयो ।
त्यस्तै समितिले शनिबार नै आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । कार्यक्रमअनुसार आज आइतबार जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रपति, प्रधानमन्त्री तथा सभामुखलाई ज्ञापनपत्र बुझाउने, २२ गते मोटरसाइकल ¥याली गर्ने तथा २३ गते नारायणगढमा आमसभा गर्ने पौडेलले बताउनुभयो ।
उता, गैँडाकोटका राजनैतिक पार्टीहरुले नवलपरासी जिल्लाको दाउन्नेदेखि पूर्वको भूभागलाई नारायणी प्रदेशमा समावेश गर्न माग गरेका छन् ।
विनानामको सात प्रदेशको खाकाप्रति उनीहरुले असहमति जनाएका छन् । नेकपा माओवादीका बलराम चालिसे, नेपाली काँग्रेसका तारापति खरेल, नेकपा एमालेका धनबहादुर पौडेल, राजमोका कुलप्रसाद पाण्डे, राप्रपा नेपालका महेन्द्र कार्की, जनमुक्ति पार्टीका चिनबहादुर सारुले जारी गरेको संयुक्त विज्ञप्तिमा दाउन्नेदेखि पूर्वको भागलाई बर्दिया पुग्नुपर्ने अवस्था हटाएर नारायणी प्रदेशमै समावेश गर्न माग गरिएको छ ।


कृष्णपुर माविको वार्षिकोत्सव

भरतपुर । राष्ट्रिय माध्यमिक विद्यालयको ४५ औं वार्षिकोत्सव एवम् अभिभावक दिवस शनिबार भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लिराम सुवेदीको अध्यक्षता र शिक्षक अभिभावक संघका अध्यक्ष बसुन्धरा सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न वार्षिकोत्सवमा राजकृष्ण कँडेल, राजेन्द्रमणि काफ्ले, लालकृष्ण शर्मा लामिछाने, खेमराज ओस्ती, धर्मराज प्रसाईं, बाबुराम पौडेल, रुक्मिणीदेवि पौडेल, शारदा पौडेल, लक्ष्मीकान्त चालिसे, रामराज पौडेललगायतले शुभकामना मन्तव्य दिएका थिए ।
कृष्ण भट्टराईद्वारा सञ्चालित वार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक हरिकृष्ण शर्मा चापागाईंले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । –भुवनमणि पौडेल

झुट्टा मुद्दाको खारेजी माग

नारायणगढ । एकीकृत नेकपा (माओवादी) जिल्ला संगठन समिति चितवनले जनयुद्धका समयमा भएका घटनाका झुट्टा मुद्दाहरु खारेज गर्न माग गरेको छ ।
माओवादीका जिल्ला इन्चार्ज अनिल शर्मा‘विरही’ले निकालेको विज्ञप्तिमा जनयुद्धको समयमा चितवनमा भएका घटनाहरुलाई लिएर पार्टीका केही व्यक्तिहरुको नाम मुछिएको हुँदा त्यसप्रति गम्भीर ध्यानाकर्षण जनाइएको छ ।
‘त्यसप्रकारको बदलाको भाव र षड्यन्त्रपूर्ण हर्कतले हिंसा, प्रतिहिंसा, निरन्तरको अनन्त प्रक्रियालाई प्रोत्साहित गर्दछ, तसर्थ शान्ति प्रक्रिया भङ्ग गर्ने त्यसप्रकारको हर्कतमा समावेश नहुन सम्बन्धित सबैपक्षसँग अनुरोध गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।


‘जातीय विभेद फैलाउने संविधान अमान्य’

नवलपरासी । ब्राह्मण समाज नेपालका केन्द्रीय महासचिव रोमणिप्रसाद पाठकले राष्ट्रको सार्वभौम अखण्डतामाथि प्रहार गर्ने र जातीय विभेद फैलाउने संविधान बने त्यस्तो संविधान च्यातिने र जलाइने चेतावनी दिनुभएको छ ।
‘नेपाल राज्यको पुनर्सरचना गर्दा कुनै पनि जात वा जातीय विशेषाधिकारका नाममा नभई भूगोलका आधारमा हिमाल, पहाड र तराईलाई समेटेको संघीय राज्यमात्र ब्राह्मण, क्षेत्री, दसनामीलगायतका छवटा जातीय संगठनमा रहेका ५५ प्रतिशत नागरिकलाई मान्य हुनेछ’, पाठकले भन्नुभयो ।
नवलपरासीको अग्यौली–९ डण्डामा शुक्रबार आयोजित ब्राह्मणहरुको बृहत् गाउँ सभालाई सम्बोधन गर्दै पाठकले सो बताउनुभएको हो । सो अवसरमा समाजका केन्द्रीय कोषाध्यक्ष पुष्पराज तिमल्सिनाले जातीय राज्यको निर्माणले जातीय विभेद निम्त्याउने हँुदा देशलाई नाइजेरिया, इथियोपिया र सुडानको हालतमा पुग्न नदिन पनि मिश्रित प्रणालीमा आधारित संघीय राज्य निर्माण गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
सभाकी अर्का वक्ता समाजकी केन्द्रीय सदस्य शारदा पौडेलले राज्यले विभेद गरी अन्य जाति भनी सूचीकृत गरिएका ब्राह्मण, क्षेत्री, दसनामीलगायतका संगठित शक्तिहरुले आन्दोलन गरेरै आफ्नो आदिवासी अधिकार स्थापित गर्ने बताउनुभयो ।
सभामा ब्राह्मण समाज नेपालका केन्द्रीय सदस्य एवम् नवलपरासी जिल्ला अध्यक्ष ज्ञानेश्वर ज्ञवाली, छत्रराज बगाले, क्षेत्री समाजका केन्द्रीय सदस्य डीबी अधिकारी, जिल्ला अध्यक्ष मानबहादुर थापा, उपप्राध्यापक मनोहर पराजुली, प्रेम बस्याल, केशर बानियालगायतले मन्तव्य राखेका थिए ।
कोल्हुवा, तम्सरिया, कुमारवर्ती, देउरालीलगायतका विभिन्न गाउँबस्तीबाट भजन कीर्तनसहित आएका झाँकीहरुले सजिएको ब्राह्मण सभा ब्राह्मण समाज अग्यौलीका अध्यक्ष दामोदर सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो । 

Friday, April 27, 2012

चितवनका युवा लाग्दैछन् गाईपालनमा

भरतपुर । गाईभैँसी पाल्नु युवाहरुको काम होइन भनिन्थ्यो । पढेलेखेकाले त झन् गोठतर्फ हेर्नसमेत मान्दैनन् भन्ने मान्यता थियो । तर यो कुरा अचेल पुरानो हुँदैछ । चितवनमा पछिल्लो समय पढेलेखेका युवाहरुले पनि गाई पालेर इज्जत र नगद आर्जन गर्न थालेका छन् ।
चितवन भरतपुर नगरपालिकाको प्रेमबस्तीका आनन्द निउरेले स्थानीय प्रेमबस्ती माविबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका हुन् । वीरेन्द्र बहुमुखी क्याम्पसबाट अंगे्रजी विषय लिएर बीए पास गरेका आनन्द अचेल गाईपालनमा चितवनमा कहलिएका व्यक्ति हुन् ।
‘बिहान ४ बजे उठेर गाईको गोठमा जान्छु । दाना पानी दिने र दूध दुहुने काम गर्दा ८ बज्छ’, ३९ वर्षीय निउरेले भने । उनको गोठमा साना ठूला गरेर ३४ वटा गाई छन् । जसमध्ये १४ वटा गाई दूधालु नै छन् ।
झण्डै १० वर्षअघि गाईपालन सुरू गरेका निउरेले तीन वर्षयता गाईको संख्या ह्वात्तै बढाएका हुन् । चितवनमा व्यावसायिक रुपमा गाई पाल्नेहरुको संख्या योबीचमा नै बढेको हो । व्यावसायिक गाईपालकहरु संगठित पनि भएका छन् ।
गत कात्तिकमा गठन भएको व्यावसायिक दुग्ध उत्पादक कृषक समाजको अध्यक्ष पनि निउरे नै हुन् । समाजमा हाल ९४ जना संगठित भएका छन् । जसमा ५० जनाभन्दा बढी गाईपालक ४० वर्षभन्दा कम उमेरमा युवाहरु नै रहेका छन् भन्छन् उनी ।
‘हामीले १० भन्दा बढी गाईभैँसी पालेकाहरुलाई मात्र समेटेका छौं । यसरी व्यवस्थित रुपमा व्यावसायिक दृष्टिले गाई पाल्नेमा युवाहरुको बाक्लै उपस्थिति देखिएको छ’, निउरेले जानकारी दिए । समाजमा आवद्ध ३४ जनाले १० देखि १५ वटासम्म गाई पालेका छन् ।
त्यस्तै १५ वटाभन्दामाथि पाल्ने ४० जना र ३० वटाभन्दा बढी गाई पाल्ने व्यक्तिहरु २० जना रहेका छन् । सबैभन्दा बढी गाई पाल्ने खेमराज तिमिल्सिना रहेका छन् । पटिहानीको ब्रह्मपुरीमा उनको ७४ वटा गाई छन् ।
‘सबैभन्दा बढी गाई पाल्ने तिमिल्सिनाजी पनि ४० वर्ष वरपरकै हुनुहुन्छ । अझ उहाँले गाई पालेको त वर्षांै भइसक्यो’, समाजका अध्यक्ष निउरेले भने । जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा.विष्णुकुमार श्रेष्ठ दूध उत्पादनमा साह्रै उत्साहजन रुपमा युवा संलग्नता बढेको बताउँछन् ।
‘जानेबुझेको युवाले हात हालेमा यो व्यवसाय व्यवस्थित रुपमा अगाडि बढ्छ’, प्रमुख श्रेष्ठले भने । युवा संलग्न भएका गाईका गोठहरु अत्याधुनिक छन्, फोहरमैला छैन । यसले गुणस्तर र स्वस्थ दूध उत्पादनमा टेवा पुग्ने श्रेष्ठले बताए ।
विदेश गएर फर्केका युवाहरु यसमा लागेका छन् । उनीहरुको प्रेरणाले विदेश जान ठिक्क परेका युवाहरुसमेत गाईपालनमा हात हाल्न थालेका छन् । विदेश गएर धेरै मिहेनत पसिना बगाएर प्राप्त गरेको कमाइभन्दा गाईपालनबाट हुने आम्दानी धेरै भएको निउरेको अनुभव छ ।
‘घर गाउँमै बसेर कमाउने अवसर हो यो । फेरि हामीले दूधजस्तो अमृत उत्पादन गरेर बजारको माग पूरा गरेका हौं । यो कामले आत्मसन्तुष्टि पनि दिन्छ’, निउरेले भने । नेपालमा चार÷पाँच वर्षयता दूधको खपत बढपछि गाईभैँसी पाल्नेहरु पनि बढेका हुन् ।


शुल्कवृद्धिविरुद्ध प्रिन्सिपलको कक्षमा ताला

भरतपुर । निजी विद्यालयमा गरिएको शुल्कवृद्धिको विरोधमा निजी विद्यालयका लेखा शाखामा तालाबन्दी गरेका चितवनका चार विद्यार्थी संगठनहरुले शुक्रबार विद्यालयका प्रिन्सिपलको कार्यकक्षमा समेत तालाबन्दी गरेका छन् ।
नयाँ शैक्षिकसत्रदेखि विद्यार्थी भर्ना तथा मासिक शुल्कमा भारी वृद्धि गरेको भन्दै विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रेको संयुक्त विद्यार्थी संघर्ष समिति चरणवद्ध आन्दोलन गर्दै आएको छ । आन्दोलनअनुसार शुक्रबार भरतपुरको स्मलहेभन, सनराइज, वाल्मिकि शिक्षा सदन, लिटिल फ्लावरलगायत ३० वटा निजी विद्यालयमा उनीहरुले तालाबन्दी गरेका हुन् ।
विद्यार्थीले उठाएको मागका विषयमा बोर्डिङ स्कूलका सञ्चालकले बेवास्ता गरेकाले आन्दोलन गर्नुपरेको अनेरास्ववियुका जिल्ला अध्यक्ष निरज भट्टले बताउनुभयो । विद्यार्थीको आन्दोलनको सुनुवाई नभए सम्पूर्ण विद्यालय नै बन्द गर्ने कार्यक्रम सार्वजनिक गरिने चेतावनी उहाँले दिनुभयो ।
निजी विद्यालयमा काम गर्ने शिक्षकहरुले सरकारी सेवा सुविधासरह आफूले तलब वृद्धि पाउनु पर्ने भन्दै गरेको आन्दोलनका क्रममा नयाँ शैक्षिकसत्रपछि शुल्कवृद्धि गरेरमात्र शिक्षकलाई बढेको तलब दिने सहमति भएको थियो । त्यही सहमतिलाई आधार बनाइ निजी विद्यालयले मनपरि शुल्कवृद्धि गर्दा आन्दोलनमा उत्रनुपरेको विद्यार्थी संगठनहरुले जनाएका छन् ।
शिक्षक र विद्यार्थीको दोहोरो आन्दोलन भएपछि बोर्डिङ स्कुल सञ्चालक चेपुवामा परेका छन् ।


जातीय आधारमा संघीता हुन नहुने

नारायणगढ । मुलुकमा जातीय आधारमा संघीय प्रदेशको निर्माण गर्न नहुने सभासद् एकनाथ ढकालले बताउनुभएको छ । शुक्रबार एक कार्यक्रममा सहभागी हुन नारायणगढ आउनुभएका उहाँले यस्तो बताउनुभएको हो ।
नेपाल बहुभाषिक बहुजातीय मुलुक भएकाले जातीय आधारमा संघीयता बनाउन नहुने उहाँको जिकिर थियो । उहाँले भन्नुभयो, ‘नेपाल बहुभाषिक बहुजातीय मुलुक हो, यसलाई जातीय आधारमा विभाजन गरे विखण्डन आउने खतरा हुन सक्छ, त्यसैले बहुसांस्कृतिक पहिचानसहितका संघीय एकाइको निर्माण गर्नु पर्दछ ।’
यसको मतलब जातिलाई पहिचान नदिने नभई संघीय प्रदेशमा बहुसंख्यक जातिहरुलाई निश्चित जनसंख्या र ऐतिहासिक आधारमा पहिचानसहितको स्वयत्तता दिनुपर्ने उहाँको भनाइ थियो । केन्द्र शासित प्रदेशसहित सात प्रदेशको निर्माण उपयुक्त हुने नेपाल परिवार दलका अध्यक्षसमेत रहनुभएका ढकालले बताउनुभयो ।
एकअर्काे प्रसंगमा जेठ १४ मा संविधान जारी हुने कुरामा कुनै शंका नभएको उहाँको भनाइ थियो । ‘विभिन्न किसिमका सर्वदलीय बैठक बसेर संविधान निर्माणका विषयमा सहमति गराउने कामहरु अगाडि बढिरहेकोले जेठ १४ मा संविधान जारी हुने पक्का भएको छ’, उहाँले दावी गर्दै भन्नुभयो ।
संविधानसभा गठन हुँदा २५ वटा राजनीतिक पार्टीका विभिन्न विचारहरु संविधानसभामा पुगेको र सबैको विचारलाई मिलाएर लैजान सजिलो पनि नभएको उहाँले बताउनुभयो । त्यसैले पनि संविधान निमार्णमा चार वर्ष लागेको उहाँको भनाइ थियो ।
यसैबीच अन्तर्राष्ट्रिय परिवार दिवसको अवसरमा शुक्रबार नारायणगढमा ‘काम र परिवारमा सन्तुलनको आवश्यकता’ विषयक अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नेपाल परिवार दलका अध्यक्ष ढकालले पछिल्लो समयमा पारिवारिक विखण्डन बढ्दै गएकोले देश बलियो र व्यवस्थित बन्न नसकेको बताउनुभयो ।
युनिभर्सल पिस फेडेरेशन जिल्ला परिषद् चितवनले आयोजना गरेको अन्तत्र्रिmया कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका ढकालले परिवार बलियो नभए राष्ट्र बलियो हुन नसक्ने भन्दै व्यक्तिको काम र परिवारमा सन्तुलन हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता दयाराम कँडेललगायतले बोल्नुभएको थियो । राजनीतिक दलका प्रतिनिधि, समाजसेवीहरु तथा स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको कार्यक्रम फेडेरेसन चितवनका अध्यक्ष प्रेमकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।


प्रेमबस्तीमा खानेपानी आयोजना उद्घाटन

भरतपुर  । प्रेमबस्ती कालिका खानेपानी आयोजनाको एक कार्यक्रमका बीच उद्घाटन भएको छ । आयोजनाको शुक्रबार चितवन क्षेत्र नम्बर ४ का सभासद् चित्रबहादुर श्रेष्ठले कार्यक्रमस्थलमा रहेको  खानेपानी आयोजनाको धारो र बोरिङ खोलेर उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै सभासद् श्रेष्ठले वैकल्पिक राजधानीको रुपमा चिनिएको चितवन जिल्लाको सुगम क्षेत्रमा देखिएको खानेपानी समस्या समाधान गर्न आयोजनाले सघाउ पु¥याउने आशा व्यक्त गर्नुभयो ।
खानेपानी आयोजना भरतपुर नगरपालिका, खानेपानी कार्यालय, स्थानीयवासी तथा विदेशी दातृ संस्था च्वाइस नेपाललगायतको सहयोगबाट करिब एक करोड ६४ लाख रुपैयाँका लागतमा निर्माण भएको सदस्य पदमनाथ न्यौपानेले बताउनुभयो ।
आयोजनाबाट भरतपुर नगरपालिकाअन्तर्गत रहेका ७, ८ र १४ नं. वडाका ४६४ घरधुरीका २ हजार ६७६ जना बासिन्दाहरु लाभान्वित हुने समितिका अध्यक्ष ईश्वरकुमार श्रेष्ठले जानकारी दिनुभयो । उद्घाटन कार्यक्रममा जग्गा दान दिने व्यक्ति तथा विदेशी सहयोगी संस्था च्वाइस नेपालका तीन प्रतिनिधिसहित चारजनालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाका सचिव आनन्द न्युरेले प्रगति प्रतिवेदन तथा सदस्य न्यौपानेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । भरतपुर नगरपालिकाका कार्यकारी अधिकृत रामजीप्रसाद बराल, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भरतपुरका इन्जिनियर हरिकृष्ण पौडेल, च्वाइस नेपालका प्रतिनिधि विष्णु अधिकारीलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम प्रेमबस्ती समितिका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।


चितवन पोष्टद्वारा सहयोग

नारायणगढ । नेपाल पत्रकार महासंघको भवन निर्माण कार्य सम्पन्न गर्न चितवन पोष्ट दैनिकले पाँच हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।
निर्माणाधीन उक्त भवनको लागि पत्रकारलगायत विभिन्न संघसंस्थाबाट सहयोग प्राप्त भइरहेको जानकारी महासंघले दिएको छ ।

सप्तगण्डकीमा केहीबेर तनाव

भरतपुर । सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुरमा शुक्रबार कक्षा १२ का विद्यार्थी र क्याम्पस प्रशासन बीच भएको विवादका कारण केही बेर तनाव उत्पन्न भयो ।
स्नातकतह प्रथम वर्षको परीक्षा सञ्चालन भइरहेका बेला बाहिर कक्षा १२ का विद्यार्थीहरुले पुस्तकालयदेखि प्राप्त गरेको पुस्तक परीक्षाअगावै बुझाउनु परेको भन्दै क्याम्पस प्रशासनमा तालाबन्दी गर्दा विवाद उत्पन्न भएको हो ।
विद्यार्थीहरुले कलेज प्रशासनमा तालाबन्दी गरी पुस्तकालयमा सामान्य तोडफोडसमेत गरेका थिए । कक्षा १२ को परीक्षा भोलि आइतबारबाट सञ्चान हँुदैछ । क्याम्पस प्रशासनले पुस्तकालयदेखि लगेका पुस्तक फिर्ता नगरे प्रवेशपत्र उपलव्ध नगराउने बताएको थियो । यही निहुँमा गरिएको तालाबन्दी केही समयपछि भने खुलेको थियो ।
केही समय प्रशासनमा काम लिएर आएका विद्यार्थीबीच सामान्य हातपातसमेत हुँदा भित्र सुरु हुन लागेको परीक्षा पनि केहीबेर अन्यौलग्रस्त भएको थियो ।


टाइलाइन प्रविधिको सफल परीक्षण

रत्ननगर । चितवनमा पहिलो पटक भित्रिएको रेडियोमा गुणस्तरीय प्रत्यक्ष प्रसारण गर्ने डिजिटल टाइलाइन प्रविधिको शुक्रबार सफल परीक्षण गरिएको छ ।
चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवनले पूर्वी चितवनको पिठुवाबाट यो प्रविधिको परीक्षण गरेको हो । पिठुवा–३ मा रहेको  जनजागृति उच्च माविको स्वर्ण महोत्सवको अवसरमा आयोजित कार्यक्रमको रेडियो चितवनले टाइलाइन प्रविधिको प्रयोग गरी प्रत्यक्ष प्रसारण गरेको रेडियोले जनाएको छ ।
ल्याण्डलाइन टेलिफोनको सहयोगमा हुने प्रत्यक्ष प्रसारणमा स्रोताले स्टुडियोको जस्तै गुणस्तरीय आवाज सुन्न सक्छन् । यो प्रविधिको काठमाडांैमा रहेको उज्यालो नेटवर्क, पोखराको रेडियो तरङ्गलगायत मुलुकका ६ वटा रेडियोले मात्र प्रयोग गरेका छन् ।   
चितवनमा भने हाल सार्वजनिक मह¤वका कार्यक्रमको मोबाइल फोनबाट प्रत्यक्ष प्रसारण गरिँदै आएको छ । नेटवर्कको समस्याका कारण स्रोताले त्यस्ता कार्यक्रमको प्रसारण राम्रोसँग सुन्न कठिनाइ हुने गरेको छ ।

संरक्षण कविता प्रतियोगितामा मैनाली पहिलो

बछौली । वन्यजन्तु संरक्षणसम्बन्धी विद्यालयस्तरीय कविता प्रतियोगिता शुक्रबार बछौलीमा सम्पन्न भएको छ । आइडिया वाइल्ड र ‘रुफोड’ साना अनुदान कार्यक्रमको सहयोगमा मृगकुञ्ज उपभोक्ता समिति र प्रकृति पाठशाला सञ्जाल झुवानी स्रोत केन्द्रले प्रतियोगिताको आयोजना गरेको हो ।
प्रतियोगितामा मावि चित्रसारीका रामचन्द्र मैनाली प्रथम, बछौली उच्च माविका आश्रित अधिकारी द्वितीय, नेपाल उच्च माविका अजिता पण्डित तृतीय तथा मोहना उच्च माविका भवानी खनाल सान्त्वना भएका छन् ।
प्रतियोगितामा नौवटा विद्यालयका १७ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष बासुदेव चापागार्इंको प्रमुख आतिथ्य एवम् पाठशालाका अध्यक्ष ऋषि खनालको अध्यक्षतामा भएको कार्यक्रममा बछौली गाविसका सचिव तेजेन्द्रनाथ लामिछाने, राष्ट्रिय प्रकृति संरक्षण कोषका रेन्जर शंकर चौधरी, आइडिया वाइल्डका कृष्ण पोखरेल लगायतले बोल्नुभएको थियो ।


रेबिजविरुद्ध निःशुल्क भ्याक्सिन

रत्ननगर । विश्व भेटेरिनरी दिवसको अवसरमा शुक्रबार रत्नगरमा घरपालुवा जनावरका लागि रेबिजविरुद्धको भ्याक्सिन निःशुल्क लगाइएको छ ।
जिल्ला पशुसेवा कार्यालय चितवन र रत्ननगर नगरपालिकाको संयुक्त आयोजनामा भएको कार्यक्रममा एउटा बा“दर र ४७ वटा कुकुरलाई रेबिज भ्याक्सिन लगाइएको पशुसेवा कार्यालय रत्ननगरका प्रमुख ईश्वरदत्त मिश्रले जानकारी दिनुभयो ।
शिविरमा वरिष्ठ पशु विकास अधिकृत डा. तेजबहादुर पराजुली, पशुसेवा केन्द्र रत्ननगरका प्रमुख पशु स्वास्थ्य प्राविधिक ईश्वरदत्त मिश्र र सेवा केन्द्रका कार्यालय सहयोगी आशबहादुर तामाङले सेवा पु¥याउनुभएको थियो ।


जनजागृतिको स्वर्ण महोत्सवमा ‘जिरे खुर्सानी’

पिठुवा । जनजागृति उमावि पिठुवाको स्वर्ण महोत्सवको साप्ताहिक कार्यक्रमअन्तर्गत शुक्रबार विद्यालयका पूर्वविद्यार्थीहरुको पूनःमिलन तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल टेलिभिजनको हास्य टेलिश्रृखला जिरे खुर्सानीका कलाकार देवीरमण पराजुली ‘भोक लाग्यो’, शिवहरि बैरागी ‘सभासद्’लगायतको टोलीले हास्यव्यङ्ग्य तथा लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय अध्यक्ष पुरुषोत्तम न्यौपानेको दोहोरी गीतको प्रस्तुति रहेको थियो ।
विद्यार्थीहरुको पुनर्मिलन कार्यक्रम एलुमनाइ एसोसिएसन जनजागृतिका अध्यक्ष इन्द्रकमल बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको हो ।
त्यस्तै अन्तरविद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता पनि शुक्रबारै सम्पन्न भएको छ । १३ वटा विद्यालको सहभागिता रहेको कार्यक्रममा भानु आवासीय मावि पिठुवा–२ प्रथम, भीमोदय उमावि पदमपुर द्वितीय र जनजागृति उच्च माविले तृतीय स्थान हासिल गरेका छन् ।
   

नमुना समुदाय बनाउन योजना तयार

दिव्यनगर । कालिका सामुदायिक महिला विकास केन्द्र माडीले सञ्चालन गरिरहेको ‘सक्षम’ परियोजनाअन्तर्गत शुक्रबार दिव्यनगर गाविस–२ मा एकीकृत योजनाका लागि नमुना समुदाय बनाउने उद्देश्यले समुदायकै संलग्नतामा संयुक्त योजना तयार गरिएको छ ।
समुदायमा मदिरा निषेधित गर्दै एकआपसमा शंका रहित वातावरण सिर्जना गर्ने र बेरोजगारहरुलाई उद्यमी बनाउन सीप विकास तालिमहरु सञ्चालन गर्न सकिएमा मात्र लैंगिक हिंसा कम हुने कुरामा कार्यक्रममा जोड दिइएको थियो । कार्यक्रममा केयर नेपालकी बन्दना खाँड र महिला विकास कार्यालयकी पार्वती पौडेलले बोल्नुभएको थियो भने कार्यक्रमको सहजीकरण परियोजना अधिकृत कृष्ण पन्तले गर्नुभएको थियो ।



ठोरीमा बहुमुखी क्याम्पसको आवश्यकता

ठोरी । ठोरीवासीले ठोरीमै बहुमुखी क्याम्पसको आवश्यकता भएको शुक्रबार आयोजित एक कार्यक्रममा माग गरेका छन् ।
पर्सा जिल्लामा रहेको तर चितवन पायक भएको गाविस ठोरीमै आयोजित ‘ठोरी बहुमुखी क्याम्पस स्थापनाका लागि तदर्थ समिति गठन’ विषयक कार्यक्रममा वक्ताहरुले यस्तो बताएका हुन् । उनीहरुले ठोरीमा बहुमुखी क्याम्पसको आवश्यकता रहेको र आफूहरुले स्थापनाका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
स्थानीय राजनैतिक दलका प्रतिनिधि, बुद्धिजीवी, शिक्षक, विद्यार्थीहरुको  भेलाले बहुमुखी क्याम्पस स्थापनाका लागि १०१ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।
प्रारम्भिक तदर्थ समितिको बैठकले २१ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको अध्यक्षमा घनश्याम महतो, सचिवमा अमृतकृष्ण सापकोटा, कोषाध्यक्षमा रामप्रकाश कुवँर रहनु भएको छ । क्याम्पस निर्माणको लागि चार करोड ६३ लाखको बजेट अनुमान गरिएको छ ।
नेपाल राष्ट्रिय उच्च माविका व्यवस्थापन समितिका अध्यक्ष रामप्रकाश कुवरँको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका गाउँ अध्यक्ष गणेशबहादुर बोहरा, नेपाली काँग्रेसका गाउँ सभापति रामकृष्ण पन्त, नेकपा माओवादीका गाउँ इन्चार्ज गमबहादुर कुँवरलगायतले मन्तव्य दिनुभएको थियो ।


रिक्सा चालकमा तुलबहादुर

नारायणगढ । अखिल नेपाल रिक्सा चालक संघको नयाँ कार्यसमिति गठन भएको छ ।
समितिको अध्यक्षमा तुलबहादुर तामाङ, सचिवमा रामकुमार चौधरी, कोषाध्यक्ष विन्देसर चौधरी, सदस्यहरुमा मदन सुनार, नवीन पोखरेल, असिस तामाङ, दशरथ चौधरी र दिलिप लामा रहेका छन् ।


फुटपाथ व्यवसायीको आन्दोलन जारी

नारायणगढ । भरतपुर स्वरोजगार फुटपाथ व्यवसायी संयुक्त संघर्ष समिति चितवनले वैकल्पिक व्यवस्थाको माग गर्दै चरणबद्ध आन्दोलन जारी राखेको छ ।
संघर्ष समितिले शुक्रबार नगरपालिकामा दिउँसो ११ बजेदेखि २ बजेसम्म धर्ना दिएको थियो । फुटपाथ व्यवसायीले वैशाख १७ गते जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने, १९ गते फलफूल तथा तरकारीको थोक तथा खुद्रा व्यापार बन्द गर्ने, २२ गते पुलचोकमा कोणसभा गर्ने, २३ गते साँझ ४ बजेदेखि एक घण्टा पुलचोकमा चक्काजाम गर्ने, २४ गते आफ्नो व्यवसाय फुटपाथमा सञ्चालन गर्ने जनाएका छन् ।
यति गर्दा पनि भरतपुर नगरपालिकाले वैकल्पिक व्यवस्था नमिलाए बैशाख २५ गते चितवन बन्द गर्ने संघर्ष समितिले जनाएको छ ।



‘संविधान निर्माणमा आशंका’


भरतपुर । नेपाल मजदुर किसान पार्टी चितवनले प्रमुख जिल्ला अधिकारीमार्फत संविधान सभाका अध्यक्षलाई ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्रमा दुई वर्षभित्र निर्माण गरी सक्नुपर्ने संविधान चार वर्षमा पनि जनताले पाउनेबारे आशंका उत्पन्न भएको कुरा उल्लेख छ । ज्ञापनपत्रमा भनिएको छ, ‘संविधान सभामा धेरै संख्यामा प्रतिनिधित्व गरेको माओवादी, नेपाली काँग्रेस, एमाले आफै संविधान निर्माणप्रति गंभीर छैनन्, नेपाल मजदुर किसान पार्टी संविधान सभामा प्रतिनिधित्व गरेका शासक दलहरुबाट भइरहेको गैर जिम्मेवारीपूर्ण क्रियाकलापप्रति गम्भीर असहमति व्यक्त गर्दछ ।’
मजदुर किसान पार्टी जातीयताको आधारमा प्रदेश निर्माण गर्ने पक्षमा रहेको छैन । प्रत्यक्ष निर्वाचित राष्ट्रपति र सांसदहरु मन्त्री बन्न नपाउने व्यवस्थासहित प्राकृतिक स्रोत र साधनहरुको संतुलित वितरण हुने गरी १४ प्रदेश बनाउनुपर्नेमा मजदुर किसान पार्टीले जोड दिएको छ ।

Thursday, April 26, 2012

सदरमुकामबाट हुने सरकारी सेवा माडीमै

 माडी । माडी गर्दीकी कोपिला महतोका लागि बिहीबार अविस्मरणीय रह्यो । गाउँबाट झण्डै ३० किलोमिटर टाढा भएपनि सदरमुकाम भरतपुर पुग्न त्यत्ति सहज छैन । खोला र वनको बाटोमा गाडी पनि कमै चल्छन् । तर उनले सदरमुकामबाट पाउने सेवा गाउँमै पाइन् ।
जिल्ला प्रशासन कार्यालयले यो पटक माडी बसन्तपुरमा राखेको घुम्ती सेवा शिविरमा कोपिलाको नागरिकता बन्यो । त्यसैले भरतपुर धाउनुपर्ने झन्झट हट्यो । शिविरको उद्घाटन नै प्रमुख जिल्ला अधिकारी गाणेशराज कार्कीले उनैलाई नागरिकता दिएर गर्नुभयो ।
चैत्र महिनामा चितवनको विकट पहाडी गाविसका बासिन्दालाई सेवा दिन जिल्ला प्रशासनले कोराकमा शिविर राखेको थियो । यस पटक यातायातका दृष्टिले विकट मानिएको माडीमा शिविर अयोजना भएकोे हो ।
शुक्रबार पनि चल्ने माडीको शिविरमा जिल्ला प्रशासन कार्यालयको तर्फबाट नागरिकता वितरण भएको छ । त्यस्तै महिला विकास कार्यालयले अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण गरेको छ ।
पशुसेवा कार्यालयका प्रमुखदेखि चिकित्सक प्राविधिकहरु माडीवासीलाई गाईभैँसीको स्याहारसुसारका कुरा सिकाउन र रोगी पशुको उपचारमा तल्लीन छन् । कृषिसेवा कार्यालयका अधिकारीहरु बालीनालीमा आएका समस्या समाधान गर्न खटिरहेका छन् ।
जनस्वास्थ्य कार्यालयले स्वास्थ्य परीक्षण शिविर संचालन गरेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भरतपुरले सरसफाइ र स्वच्छ पानी प्रयोगबारे जनचेतनामूलक कार्यक्रम गरेको छ । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमले उन्नत मकैको बीउ वितरण ग¥यो ।
‘हामीले विद्यार्थीलाई सरसफाइबारे चेतना जगाउन पोष्टर बाँडेका छौं । हात धुने साबुनसमेत दिएका छौं’, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख हरिकृष्ण पौडेलले भन्नुभयो । माडीका चारै गाविसका बासिन्दा सेवा लिन बिहानैदेखि भेला भएका थिए ।
‘अपाङ्गता भएकालाई यहीँ परिचयपत्र दिने कार्यले हामीलाई सारै हर्षित बनाएको छ’, अपाङ्ग जागरण समाज बघौडाका अध्यक्ष भोजराज अर्यालले भन्नुभयो । समाजले गरेको सर्वेक्षणमा माडीमा अपाङ्गता भएकाहरु एक हजारको हाराहारीमा छन् ।
‘धेरै जनासँग परिचयपत्र छैन’, अर्यालले भन्नुभयो । अपाङ्गता भएका व्यक्तिको अवस्था हेरेर महिला विकास कार्यालयले परिचयपत्र वितरण गर्छ । सोही परिचयपत्रको आधारमा गाविसले भत्ता दिनुका साथै विभिन्न सरकारी निकाय र यातायात भाडामा छुट पाइन्छ ।
‘सामान्य व्यक्तिलाई त माडीबाट भरतपुर पुग्न निकै सास्ती छ । हामीजस्ता अपाङ्गता भएकालाई झनै अफ्ठेरो छ’, अर्यालले थप्नुभयो, ‘परिचयपत्र नहुँदा पाउने सुविधाबाट वञ्चित भएका थियौं । आफ्नै गाउँठाउँमा सेवा लिन पाउँदा ठूलो राहत महसुस भयो ।
विकट क्षेत्रमा रहेका विपन्न, अशक्तहरुलाई सुविधा दिन शिविर गाउँमा राखेको प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीको भनाइ छ । उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका सभापति विकास कोइराला, एमालेका नेता विजय सुवेदी, राप्रपाका प्रतिनिधि विष्णु वाग्लेले पनि मन्तब्य व्यक्त गरेका थिए ।

रकम रोकिँदा संरक्षणको काम प्रभावित

 होमनाथ सापकोटा
सौराहा । निकुञ्ज र जनताबीचको मध्यस्थता गर्ने उद्देश्यले गठन भएका मध्यवर्ती उपभोक्ता समितिहरु झण्डै पा“च महिनाअघिदेखि सुस्ताएका छन् । सरकारले मध्यवर्तीलाई प्रदान गर्दै आएको रकम रोकिएपछि मध्यवर्ती उपभोक्ता समितिहरु सुस्ताएका हुन् ।
संरक्षणमूलक कार्यक्रम संचालन गरेर मध्यवर्तीका बासिन्दालाई संरक्षणमा जागरुक बनाउने मध्यवर्ती उपभोक्ता समितिहरु नै सुस्ताएकाले संरक्षणमा थप जटिलता उत्पन्न हुने संकेत देखिएको वरिष्ठ संरक्षणविद् रामप्रित यादवले बताउनुभयो ।
‘उपभोक्ताको निष्क्रियताले राम्रो संकेत गर्दैन’, उहा“ले भन्नुभयो, ‘समस्या समाधान गरेर संरक्षणमा ध्यान केन्द्रित गर्नुपर्ने तत्कालको आवश्यकता हो । संरक्षणमा उपभोक्ता समितिले ठूलो भूमिका खेलिरहेका छन् । यस्ता निकाय निष्क्रिय पार्ने काम राज्यले पनि गर्नु हँुदैन’, उहा“को भनाइ छ ।
उपभोक्ता समितिहरु सुस्ताएपछि चितवनमा वन्यजन्तु संरक्षणको काम प्रभावित बनेको छ । मध्यवर्तीको अवधारणा सुरू भएपछि चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत चितवन र नवलसरासीमा २२ वटा मध्यवर्ती उपभोक्ता समितिहरु गठन भएका थिए ।
आर्थिक अभावले उपभोक्ता समितिहरु निष्क्रियजस्तै भएकाले संरक्षणको लागि उपभोक्ता समितिहरुले गर्ने सामुदायिक विकास, लक्षित वर्गहरुका लागि आय आर्जनको कार्यक्रम, समुदायमा आधारित संरक्षण शिक्षा, जनचेतनामूलक कार्यक्रमहरु हुन सकेका छैनन् ।
चोरीसिकारीको बढ्दो सक्रियताले वन्यजन्तु संरक्षणको काम निकै चुनौतीपूर्ण बन्दै गइरहेको छ । संरक्षणमा आइपर्ने चुनौतीको सामना गर्न मध्यवर्तीका बासिन्दाको सक्रियता उत्तिकै आवश्यक हुने गरेको छ ।
२२ वटा उपभोक्ता समितिमा २२ वटै वन्यजन्तु चोरीसिकार नियन्त्रण युवा जागरण अभियान उपसमिति गठन गरिएको छ । उपभोक्ता समितिको आर्थिक सहयोगमा युवा जागरण अभियानले संरक्षणमूलक कार्यक्रम गर्ने गरेका छन् । उपभोक्ता समितिहरु सुस्ताएकाले युवाहरुलाई वन्यजन्तु संरक्षणमा सक्रिय बनाउने र समुदायमा संरक्षणमूलक कार्यक्रम संचालन गर्ने युवा जागरण अभियान पनि निष्क्रिय बनेका छन् ।
‘उपभोक्ता समितिको सहयोगमा हामीले काम गर्ने हो, समितिसँगै पैसा छैन । त्यही भएर कार्ययोजनाअनुसार काम गर्न नसकिएको हो’, युवा जागरण अभियान बछौलीका अध्यक्ष राजाराम रेग्मीले बताउनुभयो । ‘संरक्षणको लागि निरन्तर समुदायलाई सचेत गराउनु पर्छ, आर्थिक अभावले सचेतनासम्बन्धी कार्यक्रम अहिले रोकिएका छन्’, उहा“ले भन्नुभयो, सरकारले दिने रकम रोकेकाले त्यसको असर युवा जागरण अभियानमा पनि परेको छ ।’
सरकारले चार वर्षदेखि मध्यवर्तीलाई दिनुपर्ने आठ करोड रुपैयाँ रोकेको छ । रकम निकासाको लागि झण्डै तीन महिनाअघि मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले आन्दोलन गरेको थियो । आन्दोलनपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग र मध्यवर्ती व्यवस्थापन समितिका पदाधिकारीबीच ५० प्रतिशत अर्थात् चार करोड रुपैयाँ उपलब्ध गराउने सहमति भएको थियो ।
मध्यवर्ती उपभोक्ता समितिले सहमतिअनुसार एक हप्ताभित्र रकम नदिए फेरि आन्दोलन गर्ने तयारी गरेको छ । ‘आर्थिक अभावले सारा संरक्षणसम्बन्धी काम रोकिएका छन्’ मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्षसमेत रहेका मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका सदस्य बासुदेव चापागार्इंले भन्नुभयो, ‘मध्यवर्तीका बासिन्दा निष्क्रिय भएको अवस्थामा सिकारीले गैँडा मारे त्यसको दोष राज्यले लिनु पर्छ ।’
‘मध्यवर्तीका हरेक कार्यक्रम गैँडा संरक्षणमा केन्द्रित हुने गरेको भन्दै  उहाँले आर्थिक अभावले कार्यक्रम गर्न नसके संरक्षणमा गम्भीर असर पुग्ने बताउनुभयो । एक हप्ताभित्रमा रकम निकासा नभए आन्दोतल गर्ने तयारी भइरहेको अध्यक्ष चापागाईंले भन्नुभयो । ‘हामी एक हप्ता कुर्छांै, रकम नदिए पहिलाको भन्दा पनि कडा आन्दोलनमा जान्छौं’, उहा“को भनाइ छ ।
चितवन राष्ट्रिय निकुञ्जले सन् २०११ लाई गैँडा संरक्षणमा शून्य चोरीसिकार वर्षको रुपमा मनाएको थियो । तर सन् २०१२ मा भने त्योक्रम कायम हुन सकेन । झण्डै एक महिनाअघि निकुञ्जमा सिकारीले एउटा गैँडा मारेका छन् ।
अबका वर्षहरुलाई पनि शून्य चोरीसिकार वर्षको रुपमा मनाउन सरकारी निकायले संरक्षणमा बाधा पुग्ने कुनैपनि काम गर्न नहुने सरोकारवालाहरुको भनाइ छ । हरेक वर्षलाई शून्य चोरीसिकार वर्षको रुपमा मनाउन मध्यवर्तीलाई सरकारले संरक्षणमूलक कार्यक्रममा रोकावट हुने वातावरण सिर्जना हुन दिन नहुन् अध्यक्ष चापागाईंले बताउनुभयो ।

दुर्घटनामा तीन घाइते

भरतपुर । भरतपुुरको चौबीसकोठीमा बिहीबार भएको मोटरसाइकल  दुर्घटनामा तीन जना घाइते भएका छन् ।
ना.३ ख ९१५० नम्बरको ट्रकले ना.८ प २६९० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक भरतपुर–९ बस्ने शौभाग्य थापा, ट्रकका चालक देवीलाल कुमाल र सहचालक नन्दलाल सापकोटा घाइते भएका छन् । घाइतेमध्ये थापाको अवस्था चिन्ताजनक रहेको प्रहरीको भनाइ छ । ट्रक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ ।
टेम्पो दुर्घटनामा छ घाइते
हेटाँैडाबाट पूर्व–पश्चिम राजमार्गको लोथर बजारतर्फ जाँदै गरेको ना१त ५६८ नम्बरको टेम्पो नारायणगढतर्फ गइरहेको ना१ख ५४६१ नम्बरको ट्रकसँग बिहीबार मध्याह्न राप्ती पुलनजिक ठोक्किँदा टेम्पोमा सवार नौ यात्रु घाइते भएका छन् ।
दुर्घटनामा परी गम्भीर घाइते भएका एकजनालाई थप उपचारका लागि भरतपुर अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बाँकी घाइतेको हेटौँडा अस्पतालमा स्वाथ्योपचार भइरहेको छ । अनुसन्धानका लागि ना१ख ५४६१ को ट्रक चालकलाई प्रहरीले हिरासतमा लिएको छ ।



ब्रिज कोषको विज्ञापन बढी ः अनुगमन शून्य

नारायणगढ । प्रवेशिका परीक्षाको समाप्तीसँगै सहरका गल्लीगल्ली र चोकचोकका पर्खालहरु ब्रिज कोर्ष र प्रवेश परीक्षा तयारी कक्षा पढाउने संस्थाका विज्ञापनले भरिएको पाइन्छ । त्यतिमात्र होइन पत्रपत्रिका, टिभी र रेडियोमा समेत तिनै विज्ञापनले स्थान ओगटेका छन् ।
तिनै विज्ञापनका भरमा आफ्नो भविष्यको गोरेटो कोर्न हिँडेका विद्यार्थीहरु अगाडि बढिरहेका छन् । आफँैमा ब्रिज कोर्ष नराम्रो होइन तर पनि यसलाई जसरी व्यापारको रुपमा अगाडि बढाइएको छ, त्यो भने घातक हुनसक्ने सर्वत्र चर्चाको विषय बनेको छ ।
सरकारले यस्ता संस्थाको अनुगमन गर्नुपर्ने प्याव्सनका केन्द्रीय सदस्य श्रीप्रसाद ढुङ्गानाले बताउनुभयो । ‘बगे्रल्ती खुलेका यस्ता संस्थाले विद्यार्थीलाई कस्तो शिक्षा र कस्तो उत्पादन दिने हुन् त्यसको अनुगमन र छानविन हुनुपर्छ’, उहाँ भन्नुभयो, ‘तर त्यस्तो देखिँदैन सरकार नै मौन छ ।’
‘कतिपय संस्थाहरु विनाइजाजत पनि सञ्चालनमा छन्, कतिको लाइसेन्स छ कतिको छैन, त्यसको अनुगमन नै भएको देखिँदैन । विद्यार्थीहरु पनि विज्ञापनका भरमा डौडिरहेका छन् । के गर्ने यो विज्ञापनकै युग हो’, ज्ञानदर्शन बोर्डिङ् स्कुलका प्राचार्यसमेत रहनुभएका ढुङ्गानाले भन्नुभयो ।
यस्ता संस्थाहरुले राम्रो काम नगरेका भने होइनन् तर पनि यिनीहरुलाई नियममा ल्याउनु जरुरी रहेको उहाँले बताउनुभयो । ‘खाली समयमा विद्यार्थीहरुलाई शैक्षिक गोरेटोमा हिँडाउन सहयोग गरिरहेका छन्, केही नयाँ ज्ञान पनि थपिदिएका छन्’, ढुङ्गानाले भन्नुभयो ।
विद्यार्थीहरु खाली समयमा गलत क्रियाकलाममा समावेश हुनपनि सक्थे, त्यो नियन्त्रण गर्न यस्ता संस्थाले सहयोग गरिरहेको उहाँको भनाइ थियो । यता,  यस्ता संस्थाले भविष्यको अन्यौल गोरेटोलाई मत्थर पार्न साथ दिएको विद्यार्थीहरुको भनाइ छ ।
तनहूँबाट कृषि अध्ययनका लागि प्रवेश परीक्षाको तयारीका लागि आएकी सुशीला गुरुङ भन्छिन्, ‘एसएलसी त राम्रो भएको छ, कृषि पढ्न तयारीका लागि कोठा भाडामा लिएर बसेकी छु ।’ विज्ञापनका भरमा धेरै संस्था चहारेको उनको अनुभव छ । ‘अनेक विज्ञापन गरेका छन् तैपनि राम्रो छान्नु प¥यो नि’ उनले भनिन् ।
विद्यार्थीहरुलाई विज्ञापनभन्दा पनि गुणस्तर हेरेर संस्था रोज्न आग्रह गर्नुहुन्छ शिक्षक नवराज पाण्डे । ‘विज्ञापन होइन, गुणस्तर र आफूले के पढ्न चाहेको हो, विषय हेरेर विद्यार्थीले पढ्ने स्थानको छनोट गर्नु पर्दछ’ उहाँले भन्नुभयो ।
यता, यस्ता संस्थाहरु कति छन् भन्ने तथ्याङ्क न त सरकारी निकायसँग छ न यिनको अनुगमनमा ध्यान पु¥याउन सकेको देखिन्छ । विद्यालय तथा शिक्षा क्षेत्रको अभिभावक भनिने जिल्ला शिक्षा कार्यालयसँग पनि यस्ता कति संस्थाहरु छन् यकिन तथ्याङ्क छैन । अनुगमनका कुनै पनि कार्यक्रम नभएको कार्यालयले जनाएको छ ।


पूर्वरक्षामन्त्रीलाई हेलिप्याड उद्घाटनमा रोक

गैँडाकोट । नवलपरासीको गैँडाकोट–१ मा निर्माण गरिएको मौलाकालिका हेलिप्याडको पूर्वरक्षामन्त्री शरतसिंह भण्डारीले उद्घाटन गर्ने कार्यक्रम स्थगित भएको छ । जिल्लामा रहेका छ राजनीतिक पार्टीले मन्दिर समितिलाई बुझाएको सजगतापत्रका कारण सो कार्यक्रम स्थगित गरिएको हो ।
गँैडाकोटमा रहेका राजनीतिक दलको आग्रहअनुसार तत्कालका लागि उद्घाटन कार्यक्रम स्थगित गरिएको धार्मिक सेवा समितिले जनाएको छ । समितिका अध्यक्ष विष्णुहरि रिमालले बिहीबार जारी गरेको विज्ञप्तिमा मन्दिरको परिपाटीअनुसार सहयोग गर्ने पूर्वरक्षामन्त्री शरतसिंह भण्डारीलाई उद्घाटन गर्न बोलाइए पनि दलहरुको आग्रहपछि तत्कालका लागि स्थगित गएिको जनाइएको छ ।
धार्मिक सेवा समिति मौलाकालिका मन्दिरले लुम्बिनी भ्रमण वर्षको अवसर पारेर आगामी शनिबार मौलाकालिका हेलिप्याडको उद्घाटन गर्ने तयारी गरेको थियो । यसअधि गैँडाकोटका राजनीतिक दलहरुले मधेशका २२ जिल्ला टुक्र्याउने अभिव्यक्ति दिएर मन्त्री पदबाट हटाइएका व्यक्तिले हेलिप्याडको उद्घाटन गर्ने अधिकार नरहेको भन्दै बिरोध गरेका थिए ।
नवलपरासीमा रहेका छवटा राजनीतिक दल तथा नेपाल आदिवासी जनजाति महासंघले बिहीबार संयुक्त विज्ञप्ति जारी गरी मधेश टुक्र्याउने अभिव्यक्ति दिई मन्त्री पदबाट बर्खास्त भएका भण्डारीले मन्दिरजस्तो धार्मिक र सामाजिक मह¤व बोकेको संस्थाको उद्घाटन गराउन नहुने तर्फ मन्दिरलाई सजग बनाएको बताएका छन् ।
विज्ञप्ति जारी गर्ने छ दलहरुमा एनेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले, राजमो, राप्रपा नेपाल र जनमुक्ति पार्टी रहेका छन् ।


बायो ब्रिकेट निर्माण तालिम सकियो

पटिहानी । पश्चिम चितवनको पटिहानी–१ बोटेटोलमा संचालित तीन दिने बायो ब्रिकेट निर्माण तालिम बिहीबार सकिएको छ ।
वन्यजन्तु संरक्षण संघ नेपालको आयोजनामा संचालित सो तालिम बिहीबार एक कार्यक्रमका बीच समापन भएको हो । बोटेटोलका बोटे समुदायलाई लक्षित गरी संचालित सो तालिममा स्थानीय २६ जना बोटेहरुको सहभागिता रहेको थियो । तालिममा मौसम खनालले प्रशिक्षण दिनुभएको थियो ।
सोही अवसरमा निर्माण सामग्री संघका कार्यक्रम अधिकृत नवीन वैद्यले राप्ती आयआर्जन समितिकी प्रतिनिधि विना बोटेलाई बायो ब्रिकेट हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा वन्यजन्तु संरक्षण संघ चितवन शाखाका संयोजक रामचन्द्र अधिकारीले सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।


क्षितीशजयन्तीमा सत्सङ्ग समारोह

नारायणगढ । अद्वैत संस्था संरक्षण मञ्च नेपालद्वारा आद्य गुरू शंकराचार्य जयन्ती एवम् ब्रह्मज्ञानी श्रीगुरुदेव डा. क्षितीशचन्द्र चक्रवर्तीज्यूको ११४ औं जन्मजयन्तीको उपलक्ष्यमा पाँच दिने क्षितीशजयन्ती बृहत् सत्संग समारोह सम्पन्न भएको छ ।
समारोहको प्रमुख अतिथि जनकपुर एवम् बराहक्षेत्र पीठाधीश जगद्गुरू शान्तमूर्ति हस्तामलक सरस्वतीले उद्घाटन गर्नुभएको थियो ।
अद्वैत संस्था संरक्षण मञ्चका केन्द्रीय अध्यक्ष ऋषिराम सरस्वतीको अध्यक्षतामा सञ्चालित कार्यक्रममा बाह्मण वर्गबाट वैदिक स्वस्तिवाचन, पवित्रादेवी घिमिरेबाट गुरूवन्दना, रत्नप्रसाद श्रेष्ठबाट गुरूदेवको जयगान र प्रेमराज राजभण्डारीबाट स्वागत मन्तव्य प्रस्तुत भएको थियो ।


मेलमिलापकर्ताहरु छनौट

नारायणगढ । सुशासन तथा विकास प्रतिष्ठानको आयोजनामा र बघौडा गाविसको समन्वयमा सामुदायिक मेलमिलाप कार्यक्रम सञ्चालन गर्नको लागि बिहीबार मेलमिलापकर्ताहरु छनौट भएको छ ।
भूपू गाविस अध्यक्ष भवानीप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बघौडा गाविस सचिव यज्ञप्रसाद कोइराला, आईजीडीका जिल्ला संयोजक बन्धुराज पौडेल रहनुभएको थियो । कार्यक्रमको सहजीकरण कविता अधिकारीले गर्नुभएको थियो ।


फुटबलको उपाधि पुरानो पर्सालाई

पर्सा । स्वर्णतारा युवा क्लब पर्साको आयोजनामा भएको फुटबल प्रतियोगिताको उपाधि खैरहनी–६ पुरानो पर्साले जितेको छ ।
बिहीबार भएको फाइनल खेलमा डा“फे युवा क्लब मझुई खैरहनीलाई २—० गोल अन्तरले पराजित गदै पुरानो पर्साले उपाधि जितेको हो । खेलको ‘म्यान अफ दि म्याच’ कृष्ण श्रेष्ठ भएका छन् ।
प्रतियोगिताको ‘म्यान अफ दि सिरिज’ लोकबहादुर पुन हुनुभएको छ । यस्तै अनुशासित टिमको रुपमा खैरहनी–४ पुरस्कृत भएको छ ।
यसैबीच क्लबको २८ औ वार्षिकोत्सवअन्तर्गत भएका अन्य खेलकुद प्रतियोगिताका विजयी खेलाडी तथा समूहलाई पनि बिहीबारै पुरस्कार वितरण गरिएको छ । क्लबले वार्षिकोत्सवको अवसरमा बैशाख ८ गतेदेखि नै विभिन्न प्रतियोगिता संचालन गरेको थियो ।
साइकल स्लो रेसमा अविरल भण्डारी, मोटरसाइकल स्लो रेसमा अनिल श्रेष्ठ, गोरा जम्पमा महिलातर्फ आचल गिरी, पुरूषतर्फ रोशन अन्सारी प्रथम भएका छन् ।
यस्तै म्युजिकल चियर पुरूषतर्फ दिपेश बतौला, महिलातर्फ ललिता श्रेष्ठ प्रथभ भएका छन् । हाजिरीजवाफ प्रतियोगितामा नेपाल आदर्श विद्या सदन, डोरी तान्ने प्रतियोगितामा खैरहनी–४ नयाँरोड समूह प्रथम भएको छ ।


Wednesday, April 25, 2012

नेपाली काँग्रेस चितवनमा चरम विवाद , एक अर्काे पक्षबीच आरोप प्रत्यारोप

  भरतपुर । ‘सभापतिज्यू तपाइँ सर्वमान्य नेता बन्ने हो भने पार्टी सभापतिबाट राजीनामा दिएर पार्टीलाई निकास दिनुस्’, काँग्रेस चितवनका सचिव देवेन्द्र गुरुङले नारायणी कला मन्दिरमा बुधबार आयोजित कार्यक्रमममा बोल्दै गर्दा आफ्नै सभापति विकास कोइरालालाई भन्दै हुनुहुन्थ्यो, ‘तपाइँले पार्टीलाई एक बनाएर लैजान सक्नु भएन । अब पार्टी बलियो बनाउने हो भने तपाइँको राजीनामाको विकल्प छैन । स्वतःफुर्त राजीनामा दिनूस् । पार्टीको अवरोध नबन्नुस् ।’
काँग्रेस चितवनभित्र विवाद चर्कदै गएका बेला अहिले काँग्रेसले छुट्टाछुट्टै कार्यक्रम आयोजना गर्न थालेका छन् । सभापति कोइरालाभन्दा फरक मत राख्नेहरुले काँग्रेस चितवनको व्यानर राखेर नारायणी कला मन्दिरमा कार्यक्रम आयोजना गरेको हो ।
नेपाल तरुण दल चितवनका अध्यक्ष भएकै बेला हत्या भएका शिव पौडेललाई मरणोपरान्त सम्मान तथा जेलमुक्त भएका तरुण नेता कार्यकर्ताहरुको स्वागतमा काँग्रेसले सो कार्यक्रम आयोजना गरेको हो । तर सो कार्यक्रममा सभापति कोइरालासहित उहाँ निकटका काँग्रेस नेता कार्यकर्ताको सहभागिता रहेको थिएन ।
यसअघि बैशाख ११ गते परेको लोकतन्त्र दिवसको अवसरमा सभापति कोइरालानिकट काँग्रेस चितवनको आयोजनामा द्वन्द्वकालमा माओवादीद्वारा हत्या गरिएका काँग्रेस कार्यकर्ताहरुको परिवारलाई सम्मान कार्यक्रम गरिएको थियो । सो कार्यक्रममा सचिव गुरुङसहित फरक मत राख्नेहरुको सहभागिता रहेको थिएन ।
तर दुबै कार्यक्रममा बोल्ने काँग्रेस नेता कार्यकर्ताहरुले काँग्रेस मिल्नुको विकल्प नभएको बताउँदै गर्दा कार्यक्रममा पक्ष विपक्षमा लाग्नेहरुले भने एक अर्कोलाई आरोप प्रत्यारोप गर्न पनि पछि परेका थिएनन् ।
‘काँग्रेसलाई बलियो बनाउने हो भने पहिला पार्टीभित्रको विवाद मिलाउनु पर्छ’, दुबै कार्यक्रममा सहभागी हुनुभएका प्रजातन्त्रका सेनानी महेश्वरलाल श्रेष्ठले भन्नुभयो । उहाँले समस्याको समाधान खोज्नका लागि पहिला सबैले आत्मसमीक्षा गर्नुपर्ने धारणा राख्नुभयो ।
श्रेष्ठ बुधबारको कार्यक्रममा प्रमुख अतिथि हुनुहुन्थ्यो भने सोमबारको कार्यक्रममा विशेष अतिथि हुनुहुन्थ्यो । काँग्रेसले अहिले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका छन् । एक पक्षले अर्काे पक्षलाई कार्यक्रममा निम्तो दिएको भए पनि कार्यक्रममा नआएको प्रतिक्रिया पनि दिने गरेका छन् ।
काँग्रेसभित्रको विवादका कारण लामो समयदेखि जिल्ला कार्यसमितिले बिस्तार पाउन सकेको छैन भने विभागहरु पनि पार्टीले निर्माण गर्न र जिम्मेवारी दिन सकेको छैन । यतिसम्म कि विवादकै कारण काँग्रेसको जिल्ला समितिको बैठकसमेत बस्न नसकेको अवस्था छ ।
‘एउटै पार्टी दुई कार्यनीति लिएको माओवादीले त आफ्नो कार्यक्रम लिएर एकै दिन दुईवटा कार्यक्रम गरेका हुन् तर काँग्रेसले एउटै नीति लिएर पनि कुर्चीमोहले आफ्नै ढङ्बाट अगाडि बढेका हुन्’, काँग्रेसनिकट एक प्राध्यापकले चितवन पोष्टसँग भने, ‘जित्नेहरुमा अहम्को मोह र हार्नेहरुले हार स्वीकार गर्न नसक्दा अहिले पार्टीभित्र विवाद चरमोत्कर्षमा पुगेको हो ।’
जिल्लाको पार्टी संस्थापन पक्ष पनि १२ आंै महाधिवेशनमा हार नस्वीकार्ने पक्षबाटै पार्टी नेतृत्वलाई असफल बनाउन खेल खेलिएको टिप्पणी गरिरहेको छ । सोमबारको कार्यक्रममा बोल्ने संस्थापन पक्षका जिल्लास्तरीय नेता कार्यकर्ताले पनि यो कुरालाई जोड दिइरहेका थिए ।
कार्यक्रममा बोल्नेक्रममा सभापति कोइरालाले त आफूले के गल्ती गरेका कारण पार्टीभित्र विवाद बढेको हो भन्ने सम्बन्धमा अनभिज्ञता प्रकट गर्दै हुनुहुन्थ्यो ।
‘मैले गल्ती के गरेँ त्यो थाहा पाउनु पर्छ’, कोइरालाले भन्नुभएको थियो । पार्टीभित्रको विवाद आ–आफ्नो ढङ्गको होला । आफ्नै परिभाषाहरु पनि होलान् तर सामान्य काँग्रेस कार्यकर्ताहरु भने पार्टीभित्रको विवाद मिलाउन माग गर्छन् । भन्छन्, ‘पार्टी बचाउने हो भने अब झगडा हैन, मिलेर अगाडि बढ्नुस् । विवाद र झगडा हैन, कार्यकर्ताको भावनाअनुसार चल्नुस् ।’

पौडेललाई मरणोपरान्त सम्मान

नारायणगढ । नेपाली काँग्रेस चितवनले बुधबार एक कार्यक्रमको आयोजना गरी नेपाल तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिवप्रसाद पौडेललाई मरणोपरान्त सम्मान गरेको छ ।
नारायणगढमा आयोजित एक कार्यक्रममा पौडेल पत्नी विनु पौडेललाई सो सम्मानपत्र प्रदान गरिएको हो । सो अवसरमा कारागारबाट छुट्कारा पाएका तरुण दल भरतपुर नगर समितिका उपाध्यक्ष प्रमिश राईलगायतकालाई स्वागत तथा सम्मानसमेत गरिएको थियो ।
सरकारको निर्णयअनुसार अदालतले मुद्दा फिर्ता लिएका १२ जना काठमाडांैबाट छुटेर बुधबारमात्रै चितवन आएका हुन् । जिल्ला सचिव देवेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रजातन्त्रका सेनानी महेश्वरलाल श्रेष्ठ, पूर्वसांसद जगन्नाथ पौडेल, विनु पौडेल, प्रमिश राई, सरिता केसी, सुवोध प्रधान, निर्मलकुमार श्रेष्ठलगायतले बोल्नु भएको थियो ।

गैँडाकोट प्रहरीद्वारा पाँच हजार अवैध मदिरा नष्ट


गैँडाकोट । इलाका प्रहरी कार्यालय गैँडाकोटले विभिन्न समयमा बरामद गरेको करिब पाँच हजार लिटरभन्दा बढी परिमाणको मदिरा नष्ट गरेको छ ।
कार्यालय परिसरमा स्थानीय समाजसेवी तथा पत्रकारहरुको माझमा सो परिमाण बराबरको मदिरा नष्ट गरिएको हो । १५ दिनभित्रमा बरामद गरिएको ३० देखि ५० लिटर परिमाणका १४८ ग्यालिन मदिरा नष्ट गरिएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी गराउनुभयो ।
उहाँका अनुसार गैँडाकोट क्षेत्रबाट विभिन्न समयमा चितवन जिल्लाका विभिन्न स्थानमा निकासीका लागि लैजाँदै गर्दा नियन्त्रणमा लिइएको हो । गैँडाकोट तथा मुकुन्दपुर गाविसका विभिन्न स्थानबाट मदिरा मरामद गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पाण्डेयले बताउनुभयो ।
‘अवैध रुपमा उत्पादन गरी निकासीका लागि लैजाँदै गर्दा मदिरा नियन्त्रणमा लिइएको हो’, उहाँले भन्नुभयो । स्थानीयस्तरमा मदिराको उत्पादन र बिक्रीवितरण बढेपछि नियन्त्रणमा लिन अभियान नै सञ्चालन गरेको उहाँको भनाइ थियो ।
गैँडाकोट गाविसको ढोडेनीमा अधिकांश मदिरा उत्पादन हुने गरेको बताउँदै त्यसलाई नियन्त्रणमा लिन अभियानलाई अझ सशक्त रुपमा अगाडि लैजाने पाण्डेयले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मदिरा नियन्त्रण गर्न स्थानीयको सहयोग आवश्यक छ, तर पनि स्थानीय राजनीतिक दल तथा नागरिक समाजको साथ पाएका छैनौँ ।’
यसैबीच गँैडाकोट गाविसदेखि चितवनका विभिन्न स्थान तथा तनहूँको देवघाट क्षेत्रमा समेत मदिराको निकासी भइरहेको बताउँदै तनहूँतिरको निकासीलाई पनि नियन्त्रणमा लिइने प्रहरी निरीक्षक पाण्डेयले बताउनुभयो । कतिपय स्थानीयवासी मदिरा उत्पादन र बिक्रीमा नै आश्रित भएकाले पनि कमी आउन नसकेको उहाँको भनाइ थियो ।
‘कतिपय परिवार त वैकल्पिक रोजगारको व्यवस्था गरिदिन माग गर्दै पनि आएका छन्, हामीले सरकारी निकायसँग माग राख्नुस् भनेर फर्काउने गरेका छौँ’, पाण्डेयले भन्नुभयो । त्यस्तै प्रहरीले गैँडाकोट क्षेत्रमा मापसे नियन्त्रण अभियानलाई पनि सशक्त ढङ्गले अगाडि बढाएको कार्यालयले जनाएको छ ।
अभियानअन्तर्गत अहिलेसम्ममा कार्यालयले २५ हजार राजस्व संकलन गरेको जनाएको छ । विभिन्न मितिमा मापसे नियन्त्रण अभियानअन्तर्गत गरिएको चेकजाँचका क्रममा २५ जना कारबाहस्मा परेको प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिनुभयो ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय भरतपुरले पनि १४० लिटर अवैध मदिरा नियन्त्रणमा लिई बुधबार नै नष्ट गरेको छ । कार्यालयले मंगलबार नारायणगढ तथा भरतपुरका विभिन्न होटलबाट सो परिमाणको मदिरा नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक रवि पौडेलले बताउनुभयो ।
अवैधरुपमा बिक्रीवितरण गर्ने मदिरा कुनै पनि हालतमा नियन्त्रण गरिछाड्ने उहाँले बताउनुभयो ।

चोरिएका मोटरसाइकल धनीलाई फिर्ता

भरतपुर । जिल्ला प्रहरी कार्यालयले विभिन्न समयमा चोरी गरी चितवन भित्र्याइएका तीनवटा मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ ।
यसरी बरामद गरिएका मोटरसाइकलहरुमा काठमाडांै नयाँवानेश्वर थापागाउँबाट २०६८ फागुन १० गते राति हराएको सुजन बस्नेतको बा.४७प ६६३१ नम्बरको ‘आर वान फाइभ’, काठमाडौं सुविधानगरबाट २०६८ मंसिरमा  १२ गते राति हराएको सुुजन अर्यालको बा.४८प १९४८ नम्बरको ‘आर वान फाइभ’, तथा धादिङ बैरेनीबाट २०६८ चैत्र १९ गते हराएको दिलमान श्रेष्ठको बा.४७ प १३७१ नम्बरकोे कालो पल्सर मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ ।
कालो पल्सरसँगै रनपा १३ चितवनका सुजन अर्याललाई समेत प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक रवि पौडेलले जानकारी दिनुभयो ।
बरामद गरिएका मोटरसाइकलमा नक्कली नम्बर राखी प्रयोग गरिरहेको अवस्थामा प्रहरीले बरामद गरेको हो । बरामद गरिएका मोटरसाइकलमा क्रमशः ना.१८प १२८७, ना.१९प ८७८४ र ना.१९प ८७७४ नक्कली राखी प्रयोगमा ल्याइएको अवस्थामा पक्राउ गरेको उहाँले बताउनुभयो ।
बरामद गरिएका मोटरसाइकललाई सम्बन्धित सवारी धनीलाई बुधबार नै फिर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकल माओवादी जनसेनाका लडाकूबाट लिएको पक्राउ परेका सुजन अर्यालले बताएका छन् ।

स्वरोजगार व्यवसायीद्वारा आन्दोलन घोषणा

भरतपुर । आफूहरुलाई विनाविकल्प हटाइएको भन्दै भरतपुर नगरपालिकाका फुटपाथ व्यवसायीहरुले चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।
भरतपुर स्वरोजगार फुटपाथ व्यवसायी संयुक्त संघर्ष समिति नारायणगढले बुधबार पत्रकार सम्मेलन गरी आगामी १५ गतेदेखि २५ गतेसम्म गरिने विरोधका कार्यक्रमबारे जानकारी गराएको हो । समितिले चितवन बन्द गर्नेसम्मको कार्यक्रम तय गरेको छ ।
१५ गते नगरपालिका कार्यालयमा र १७ गते प्रशासन कार्यलयमा धर्ना दिने बताएकोे संघर्ष समितिले १९ गते खुद्रा तथा थोक व्यापार बन्द गर्ने घोषणा गरेको छ । यस्तै २२ गते कोणसभा, २३ गते पुलचोकमा चक्काजाम, २४ गते फुटपाथमै व्यवसाय संचालन गर्ने  र २५ गते चितवन बन्द गर्ने, संघर्ष समितिले बताएको छ ।
गत चैत १ गतेबाट थालिएको बजार व्यवस्थापन अभियानअन्तर्गत फुटपाथ व्यवसायीहरुलाई हटाइएको थियो ।


विविध कार्यक्रम गरी औलो दिवस मनाइयो

विविध कार्यक्रम गरी औलो दिवस मनाइयो
भरतपुर ।  विश्व औलो दिवस, ‘उपलब्धि जोगाउँदै जीवन रक्षा गर्न औलोमा लगानी गरौँ’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी बुधबार मनाइएको छ ।
दिवसको अवसरमा विभिन्न संघसंस्थाले जनचेतनामूलक ¥याली, गोष्ठीलगायतका कार्यक्रम गरेका छन् । विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् २००७ अप्रिल २५ देखि विश्व औलो दिवस मनाउन थालिएको हो ।
नेपालमा सन् १९७८ देखि औलो उन्मूलन कार्यक्रम सञ्चालन गरिए पनि बर्सेनि करिब तीन हजार औलो रोगी भेटिने गरेका छन्  । नेपालको तराई क्षेत्रका १३ जिल्ला औलोको उच्च जोखिममा छन्  ।
सङ्क्रमित एनोफिलिस जातको पोथी लामखुट्टेको टोकाइले लाग्ने यो रोगबाट गर्भवती र पाँच वर्ष मुनिका बालबालिका बढी जोखिममा पर्ने गरेका छन् । औलो रोगको मुख्य लक्षण एक दिन बिराएर कामज्वरो आउनु हो ।
स्वास्थ्य मन्त्रालयले सन् २०१६ सम्म हालको औलो रोग सर्नेे दर ९० प्रतिशतले घटाउने र सन् २०२६ सम्म नेपाललाई औलो उन्मूलन राष्ट्र घोषणा गर्ने लक्ष्य राखेको छ । नेपालमा खुला सिमानाबाट आयातित औलो बिरामी, औषधिको प्रतिरोध, औलोको शीघ्र परीक्षण सामग्रीको जथाभावी प्रयोग र आवश्यक कानुनको अभाव औलो उन्मूलनका प्रमुख चुनौती रहेका छन् ।
यसै दिवसको सन्दर्भमा पत्रकार सम्मेलन गरी जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जिल्लामा औलो रोगीको संख्या घट्दै गएको जानकारी गराएको छ । जनचेतना र लामखुट्टे नियन्त्रणको अभियान प्रभावकारी भएपछि चितवनमा औलो रोगको संक्रमण कम गर्न सकिएको हो ।
औलो दिवसका अवसरमै बुधबार भरतपुरमा जनचेतनामूलक ¥यालीसमेत आयोजना गरियो ।


सम्मेलनमा जानकारी दिनुभयो ।

सामुदायिक सभा भवन निर्माणार्थ कन्सर्ट 
चनौली । चितवनको पश्चिम क्षेत्र गुञ्जनगर गाविस चनौलीमा सामुदायिक सभा भवन निमाणार्थ यही बैशाख ३० गते लाइभ कन्सर्टको आयोजना गरिने भएको छ ।
चनौली बजार व्यवस्थापन समिति चनौली गुञ्जनगरको आयोजनामा हुन लागेको कन्सर्टमा नेपाली मूलका भारतीय गायक तथा इण्डियन आइडल तेस्रो संस्करणका विजेता प्रशान्त तामाङका साथै नेपाली राष्ट्रिय कलाकारहरुले गीत संगीत प्रस्तुत गर्ने कार्यक्रम संयोजक दीपक लामाले बुधबार आयोजित पत्रकार गाविसमा विभिन्न कार्यक्रम भइरहने तथा कार्यक्रमस्थलको अभाव चनौलीवासीले सधँै भोगिरहनु पर्ने बाध्यताका कारण पनि भवन निर्माण गर्न अपरिहार्य ठानी कन्सर्टको आयोजना गर्न लागिएको उहाँले बताउनुभयो । कन्सर्टमा तामाङका साथै दि एक्स व्याण्ड, डीजे तेञ्जिङ शेर्पालगायतको प्रस्तुती रहने प्रचारप्रसार संयोजक विष्णु ढकालले जानकारी दिनुभयो ।
कार्यक्रम सम्पन्न गर्नका निम्ति दीपक लामाको संयोजकत्वमा १०१ सदस्यीय मूल समिति गठन गर्नुका साथै आर्थिक, स्वयम्सेवक, महिला परिचालन तथा स्वागत उपसमितिहरु समेत गठन गरिएको ढकालले जानकारी दिनुभयो ।
कन्सर्टबाट २५ लाख रुपैयाँ बराबर संकलन गर्ने लक्ष्य राखिएको आर्थिक समितिका संयोजक होमराज रेग्मीले बताउनुभायो । उहाँका अनुसार १ हजार रुपैयाँका १ हजार थान, तथा २०० रुपैयाँका ११ हजार टिकट बिक्री गरिने जानकारी दिनुभयो ।
त्यस्तै कन्सर्ट सम्पन्न गर्नका लागि करिब पाँच लाख रुपैया खर्च हुने अनुमान गरिएको रेग्मीले बताउनुभयो । केही वर्षअगाडि महायज्ञ सञ्चालन गरी किनिएको दस कठ्ठा जग्गामा भवन निर्माण गरिने समितिले जनाएको छ ।
चनौली बजार आपैmँमा ऐतिहासिक र सांस्कृतिक स्थान भएको बताउँदै बजार व्यवस्थापन समितिका अध्यक्ष गौतमराज पोखरेलले जनकविकेशरी धर्मराज थापाले चनौली बजारकै बारेमा गीत रचेको बताउनुभयो । कन्सर्ट सफल पार्नका निम्ति जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध गरिदिन अनुरोध गरिएको उहाँको भनाइ थियो ।
जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरीको परिचालन गरिने स्थानीय चनौली प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक भानुभक्त आचार्यले जानकारी दिनुभयो । स्थानीय युवा र प्रहरीको सहकार्यमा सुरक्षा राम्रो प्रबन्ध मिलाइने उहाँको भनाइ थियो ।


Tuesday, April 24, 2012

कति बस्ने बुर्काभित्र ः

राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन समिति चितवनले मंगलबार जिल्ला प्रशासन कार्यालय भरतपुरमा धर्ना दिने क्रममा नारा लगाइरहेकी एक मुस्लिम महिला । फोटोः विधुर ढकाल,

२० माइक्रोन तलका झोला प्रयोगमा रोक

नारायणगढ । साउन १ गतेबाट भरतपुर नगरपालिकाभित्र २० माइक्रोन भन्दा कम गुणस्तरका प्लाष्टिकका झोला प्रयोग गर्न नपाइने भएको छ ।  प्लाष्टिकको झोला नियमन तथा नियन्त्रण निर्देशिका–२०६८ को कार्यान्वयन गर्न यो नयाँ व्यवस्था लागू गर्न लागिएको हो ।
भरतपुर नगरपालिकाले आयोजना गरेको सरोकार निकायहरुबीचको छलफलले पनि २० माइक्रोनभन्दा कमका प्लाष्टिकका झोला पूनः प्रयोग गर्न नसकिने भएकाले पनि त्यो रोक्न सहमत भएका हुन् ।
‘साउनबाटै मापदण्ड बाहिरका प्लाष्टिकका झोलाको प्रयोगमा रोक लगाउने निर्णय भयो’, भरतपुर नगरपालिकाका कार्यकारी अधिकृत रामजीप्रसाद बरालले भन्नुभयो । यस्तै प्लाष्टिकको प्रयोगका बारेमा अनुगमन गर्न नगर पालिकाका कार्यकारी अधिकृत बरालको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, प्लाष्टिक व्यवसायी संघ चितवन, उद्योग वाणिज्य संघ चितवन, घरेलु तथा साना उद्योग कार्यालय र नागरिक समाज चितवनको सहभागिता रहने गरी अनुगमन समिति समेत गठन गरिएको छ ।
यस्तै प्लाष्टिकको पुनः प्रयोग गर्नका लागि आवश्यक प्लान्ट निर्माणका लागि नगरपालिकाले नै सम्बन्धित व्यवसायीहरुलाई जग्गा उपलब्ध गराउने पनि कार्यक्रममा जानकारी दिइयो ।

‘प्लाष्टिकले मानव स्वास्थ्यमा गम्भीर समस्या’

गत वर्ष भएको चितवन बन्दको क्रममा नारायणगढ बजारमा थुप्रिएको फोहोर । फोहोरको थुप्रोमा अधिकांश प्लाष्टिकजन्य वस्तुहरु छन् ।


 भरतपुर । प्लाष्टिक निर्माणका लागि प्रयोगमा ल्याइने रासायनिक तत्व क्रोमियम र कप्परले मानिसलाई क्यान्सरसम्म हुने भएकाले प्लाष्टिक जथाभावी फाल्न नहुने बताइएको छ ।
भरतपुर नगरपालिकाले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा विज्ञहरुले जथाभावी फालिएका प्लाष्टिकहरुलाई व्यवस्थित ढङ्गबाट नष्ट गर्न आग्रहसमेत गरेका थिए । 
वातावरणीय इन्जिनियर शालिग्राम पौडेलले जथाभावी फालिएका प्लाष्टिकले ढलहरु पुरिने, जीवजन्तुले खाने गरेकाले गम्भीर असर पर्ने बताउनुभयो । ‘प्लाष्टिक नकुहिने वस्तु हो, यसले गम्भीर असर गर्छ । बिरुवाको जरामा प¥यो भने यसले बिरुवा हुर्कन रोकी मारिदिन्छ’, उहाँले भन्नुभयो, ‘जीवजन्तु र प्रकृति सबैलाई असर गर्ने भएकाले पनि प्लाष्टिकको जथाभावी प्रयोग रोक्नु पर्छ ।’
फोहोर व्यवस्थापनका क्षेत्रमा लामो समयदेखि क्रियाशील मेघनाथ अधिकारीले गम्भीर समस्या हुने सवालमा सामुदायिक स्तरबाट बहस हुन नसकेको बताउनुभयो । ‘प्लाष्टिकले जीव तथा जैविक क्षेत्रमा नकरात्मक प्रभाव पार्छ’,उहाँले भन्नुभयो, ‘यो फाल्दा पनि समस्या नै छ, पोल्दा वा गाड्दा पनि समस्या छ ।’
अत्यावश्यक अवस्थामा प्रयोग गर्ने र त्यसलाई पुनः प्रयोग वा प्रशोधन गर्ने गरेमा पनि प्लाष्टिकजन्य फोहोर नियन्त्रण गर्न सकिने उहाँको तर्क छ ।
भरतपुर नगरपालिकामा मात्रै हरेक दिन २० टन घरेलु फोहोर निस्कन्छ । जसमध्ये ७० प्रतिशत कुहिने खालका छन् भने ३० प्रतिशत नकुहिने खालका छन् । नकुहिने फोहोरमध्येमा पनि झण्डै साढे आठ प्रतिशत प्लाष्टिकजन्य फोहोर रहेको भरतपुर नगरपालिकाले जनाएको छ ।  
प्लाष्टिकको झोला नियमन तथा नियन्त्रण गर्नका लागि २०६८ मै निर्देशिका बनेर कार्यान्वयनमा आएको छ, तर चितवनमा यो लागू भएको छैन । यो ऐन लागू नहँुदा अहिले जथाभावी रुपमा फालिएका र प्रयोगमा ल्याइएका प्लाष्टिकले वातवरणीय प्रभाव त पारेको छ नै यसले मानवीय स्वास्थ्यमा पनि गम्भीर असर गरेको छ । 
ऐनले पनि प्लाष्टिकजन्य फोहोर व्यवस्थापन तथा नियन्त्रणको जिम्मेवारी स्थानीय निकायलाई छ, तर भरतपुर नगरपालिकाले यसको कार्यान्वयन गर्न सकेको छैन । नगरपालिकामा सरसफाइ तथा वातावरण कार्यक्रम हेर्ने इञ्जिनियर विराट घिमिरेले दण्ड लगाएर मात्रै नियन्त्रण गर्नेतर्फ नगरपालिका नलागेको बताउनुभयो ।
‘नगरवासीले आफँै आफ्नो बानीमा सुधार ल्याएर प्लाष्टिक प्रयोगमा कमी ल्याए भने मात्रै पनि समस्याको समाधान त निस्कने छ नि !’ उहाँले भन्नुभयो । प्लाष्टिक व्यवसायी संघका अध्यक्ष राजेन्द्र ओलीले प्लाष्टिक समस्याभन्दा पनि यसको व्यवस्थापन समस्या भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘प्लाष्टिकको ‘मिसयुज’ घटाऊ र ‘रियुज’ बढाऊ ।’

पहिचान सुनिश्चितताको माग गर्दै प्रशासनमा

भरतपुर । राज्य पुनर्संरचना एवम् संविधान निर्माण गर्दा आफूहरुको पहिचान सुनिश्चितताको माग गर्दै मंगलबार दुई छुट्टाछुट्टै समुदायले जिल्ला प्रशासन कार्यालयमा मंगलबार धर्ना दिएका छन् । उनीहरुले धर्ना दिँदा जिल्ला प्रशासन कार्यालय चितवनमा काम गर्न आएका सर्वसाधारणले कठिनाइ भोग्नु परेको थियो ।
संविधान जारी हुने मिति जेठ १४ नजिकिँदै गर्दा आफ्ना मागलाई संविधानमा सुनिश्चितताका लागि विभिन्न समुदायहरु आन्दोलित भइरहँदा चितवनका ब्राह्मण तथा मुस्लिम समुदाय पनि आन्दोलित भएका हुन् । उनीहरुले मंगलबार छुट्टाछुट्टै रुपमा जिल्ला प्रशासन कार्यालय घेराउ गर्नुका साथै कार्यालयमार्फत नेपाल सरकार तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझाउन गएका ब्राह्मण समाज चितवनका प्रतिनिधिले अपरान्ह १२ बजेदेखि दुई बजेसम्म जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका थिए । त्यसलगत्तै गेटबाहिर धर्नाका लागि कुरेर बसेका मुस्लिम समुदायका प्रतिनिधिहरुले धर्ना दिँदा सेवाग्राहीहरु कठिनाई बेहोर्न बाध्य भएका हुन् ।
माडीबाट नागरिकताको प्रतिलिपि बनाउन आएका कुमार थापाले भने, ‘जनतालाई कति दुःख दिन जानेका हुन्, यिनीहरुले आफ्नो काम पनि गर्दैनन् अरुलाई पनि गर्न दिँदैनन् ।’ उनीजस्ता कार्यालयमा काम गराउन आएका धेरैको भनाइ उस्तै थियो ।
यता, संविधान निर्माणमा आफ्ना माग सुनुवाइ नभएपछि बाध्य भएर यस्तो गर्नु परेको आन्दोलनरत पक्षहरुको भनाइ छ । अझ यी दुबै पक्षहरुले आन्दोलनलाई चक्काजाम र बन्दसम्म लैजाने घोषणासमेत गरिसकेका छन् ।
ब्राह्मण समाजले बहुसंख्यक खस ब्राह्मणलाई अन्यमा राखेर विभेद गरेकोले आदिवासीको रुपमा सूचीकृत गर्नुपर्ने तथा जातीय आधारमा संघीय एकाइ निर्माण गर्न नहुने भन्दै आन्दोलन गरिरहेको छ ।
त्यस्तै मुस्लिम समुदायले मुस्लिमलाई सरकारले मधेसी मुस्लिम र पहाडिया मुस्लिमलाई अन्यमा राखेको भन्दै दुबैलाई एकै रुपमा राख्नुपर्ने माग गरेको छ ।
सो अवसरमा ब्राह्मण समाज नेपाल चितवनका अध्यक्ष काशीनाथ पौडेल तथा राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन समिति चितवनका संयोजक सलिम महम्मद सेखले सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी शर्मामार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाएका हुन् ।

बाघको आक्रमणबाट मृत्यु

भरतपुर । पश्चिम चितवनको मेघौली गाविस–२ पटिहानीघाटको कंगाहामा बाघको आक्रमणबाट मंगलबार एक महिलाको मृत्यु भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको सदावहार सामुदायिक वनभित्र घाँस दाउरा लिन गएका समयमा बाघले आक्रमण गर्दा मेघौली–५ की ३५ वर्षीया राधिका भण्डारीको मृत्यु भएको हो । बाघको आक्रमणबाट भण्डारीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि सोमबार पश्चिम चितवनको पटिहानी–१ मा गैंडाको आक्रमणबाट ७८ वर्षीय नरबहादुर मगरको मृत्यु भएको थियो ।


औलो दिवस विविध कार्यक्रम गरी मनाइने

भरतपुर । विश्व आंैलो दिवस चितवनमा पनि विविध कार्यक्रम गरी मनाइने भएको छ । दिवसको अवसरमा आज बुधबार जिल्ला जनस्वास्थ्य कार्यालय परिसरदेखि नारायणगढको पुलचोकसम्म ¥याली गरिने जिल्ला जनस्वास्थ्य कार्यालयले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
दिवसको अवसरमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन राम केसीले दिवसको अवसरमा यही १४ गते माडीको बगौडामा ‘औलो रोग नियन्त्रणमा समुदायको भूमिका’ विषयक अन्तरमावि तथा उच्चमावि वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।
उहाँले औलो रोग उच्च प्रभावित चितवनका १२ गाविसमध्ये ६ वटा गाविसमा विषादीयूक्त झुल वितरण गरिएको जानकारी दिनुभयो । झुल वितरण गरिएका गाविसहरुमा गुञ्जनगर, शारदानगर, पदमपुर, जुटपानी, शिवनगर र बगौडा रहेका उहाँको भनाइ थियो ।
नेपालमा ७५ जिल्लामध्ये ६५ वटा औलो प्रभावित जिल्ला मानिन्छन् । जसमध्ये चितवन प्रभावित १८ जिल्लामध्ये एक रहेको कार्यालयले जनाएको छ । चितवन आफँैमा औलो प्रभावित जिल्ला भएकोले उच्च सतर्कता अपनाउनुपर्ने केसीले बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०६६÷०६७ मा २१ औलो रोगी फेला परेकोमा २१ रोगी जटिल किसिमका रहेका थिए भने २०६७÷०६८ मा २५ जना औलो रोगीमध्ये ६ जना जटिल किसिमका रहेका थिए ।
त्यस्तै यस आर्थिक वर्ष २०६८÷०६९ को पहिलो आठ महिनामा फेला परेका २१ औलो रोगीमध्ये दुई जना जटिल प्रकृतिका रहेको कार्यालयले जनाएको छ । नेपालमा पाइने दुई किसिमका औलोका परजीवीमध्ये प्लाजमोडियम फाल्सिपारम परजीवीको संक्रमणले लाग्ने औलोलाई जटिल प्रकृतिको लिने गरिन्छ ।
हरेक वर्ष अप्रिल २५ मा मनाइने विश्व औलो (मलेरिया) दिवस यस वर्ष आज बैशाख १३ गते परेको छ । नेपालले यसलाई सनः २००७ देखि मनाउन थालेको हो ।


धार्मिक महोत्सवमा दुई करोड संकलन

नारायणगढ । नारायणगढको नारायणी नदीकिनारमा सञ्चालित विराट महायज्ञ धार्मिक महोत्सव मंगलबार सकिएको छ । बैशाख १ गतेबाट १२ दिनसम्म सञ्चालन भएको सो महायज्ञमा नगद र जिन्सी गरी करिब दुई करोड रुपैयाँ बराबरको रकम संकलन भएको आयोजकले जनाएको छ ।
यज्ञबाट बचेको रकमले राधाकृष्ण मन्दिर देवघाट तनहूँको जीर्णोद्धार, गरिब किरियापुत्री, शवयात्री, अतिथि निवास, भागवत भवन, सन्तआश्रम निर्माण तथा नारायणी नदीकिनार संरक्षणमा खर्च गरिने यज्ञ सम्पादन मूल समितिले जनाएको छ । राष्ट्रशान्तिको कामना गर्दै नेपालमै पहिलो पटक सो महायज्ञ सञ्चालन गरिएको हो ।
कार्यक्रमको समापन समारोहमा बोल्दै संस्कृति राज्यमन्त्री सुश्मा शर्मा घिमिरेले आध्यात्मवादभित्र पनि ठूलो विज्ञान भएको भन्दै भौतिकवादी र आध्यात्मवादी दुबै दर्शनलाई सँगै लिएर जानुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘आफूजस्ता कयौं आमाहरुले समाज रुपान्तरणका लागि पाठेघर हवन गरिरहनुभएको छ, महिलालाई धार्मिक कार्यमा संलग्न नगराउने परिपाटीको अन्त्य हुनुपर्दछ ।’
समाज रुपान्तरणका लागि मानव मस्तिष्कलाई परिवर्तन गर्न धार्मिक मस्तिष्कले मात्र सक्ने राज्यमन्त्री शर्माको भनाइ थियो । कार्यक्रममा बोल्दै बालव्यास ईश्वरकृष्ण महाराजले नेपालको विकासको लागि धार्मिक क्षेत्रको व्यापक प्रचारप्रसार हुनु जरुरी भएको बताउनुभयो ।
उहाँले हिन्दू धर्मावलम्बीहरुले नै हिन्दूधर्मको विरोध गरेको भन्दै धर्मलाई नबुझिकन विरोध गर्दै हिँड्नु मुर्खतामात्र भएको स्पष्ट पार्नुभयो । महायज्ञ मूल समारोह समितिका संयोजक ऋषिराज पाण्डेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा महायज्ञका उपवाचक तपेन्द्र रिजाल, उद्योग वाणिज्य संघ चितवनका द्वितीय उपाध्यक्ष ऋषिराम लामिछाने, सहसंयोजक खेम भण्डारीलगायतले बोल्नुभएको थियो ।


मापसे गर्ने दुई कारबाहीमा

भरतपुर ।  जिल्ला प्रहरी कार्यालय चितवनले मादक पदार्थ सेवनविरुद्ध चलाएको अभियान जारी राखेको छ ।
पछिल्लो समय सोमबार राति सञ्चालित यो अभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानबाट मादक पदार्थ सेवन गरेका दुई जना चालकलाई प्रहरीले पक्राउ गरी कारबाही गरेको छ ।
यस्तै,जिल्ला प्रहरी र ट्राफिक प्रहरी चितवनको संयुक्त चेकजाँचको क्रममा सवारी नियम उल्लंघन गर्ने सवारी चालकहरुबाट सोमबार मात्रै १८ हजार २ सय ५० राजस्व संकलन भएको प्रहरीले जनाएको छ ।


शुल्क वृद्धिको विरोधमा तालाबन्दी

भरतपुर । चितवनका चार विद्यार्थी संगठनहरुको संयुक्त संघर्ष समितिले मंगलबार जिल्लाका सम्पूर्ण निजी विद्यालयहरुको लेखा शाखामा अनिश्चितकालीन तालाबन्दी गरेको छ ।
प्याव्सन चितवनले २३ प्रतिशत शुल्क वृद्धि गरेको विरोधमा समितिले तालाबन्दी गरेको नेपाल विद्यार्थी संघ चितवनका अध्यक्ष उत्तम जोशीले बताउनुभयो । समितिले सबै पक्षको सहभागितामा वैज्ञानिक तरिकाले शुल्क निर्धारण गर्न माग गरेको छ ।
आफूहरुको मागको सुनुवाइ नभए आगामी १५ गते जिल्लाका सम्पूर्ण निजी विद्यालयका प्रिन्सिपलको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गर्ने विद्यार्थीहरुले चेतावनी दिएका छन् ।


स्थापना दिवसमा चियापान

भरतपुर । लेनिन जयन्ती तथा कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा मंगलबार भरतपुरमा चियापान कार्यक्रम भएको छ ।
एकीकृत नेकपा माओवादी चितवन क्षेत्र नम्बर–३ इलाका ‘क’को आयोजनामा भएको कार्यक्रममा माओवादी चितवनका सहइन्चार्ज घनश्याम दाहाल ‘अविनाश’, सेक्रेटरी रमेश रेग्मी ‘अमर’, ईश्वर सापकोटा, रामध्वज डल्लाकोटीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम इलाका सेक्रेटरी रमेश पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।


घरेलु मदिरा बरामद

भरतपुर । इलाका प्रहरी कार्यालय गैँडाकोटले ठूलो परिमाणमा घरेलु मदिरा बरामद गरेको छ । नवलपरासीका विभिन्न क्षेत्रबाट गैँडाकोट ल्याउँदै गर्दा मदिरा बरामद गरिएको प्रहरीले जनाएको छ ।
मुकुन्दपुर र गँैडाकोट क्षेत्रबाट करिब ६ हजार लिटर मदिरा बरामद गरेको प्रहरीको भनाइ छ ।


स्व. पौडेलसहित १२ जनाको मुद्दा फिर्ता


भरतपुर । हत्याको अभियोग लागेका नेपाल तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिव पौडेलसहित १२ जनाको मुद्दा फिर्ता भएको छ । सरकारको निर्णयअनुसार चितवन जिल्ला अदालतका न्यायाधीश भोलानाथ चौलागाईंको एकल इजलासले आइतबार सो मुद्दा फिर्ता लिने निर्णय गरेको हो । 
गत वर्षको भदौ १० गते कविलास गाविसको केराबारीमा संजय लामाको गोली हानी हत्या भएको अभियोगमा उनीहरुमाथि मुद्दा दायर गरिएको थियो । फागुन ११ गतेको सरकारको निर्णयअनुसार कानुन मन्त्रालयले महान्यायाधीवक्ताको कार्यालय हुँदै जिल्ला न्यायाधीवक्ताको कार्यालयमार्फत एक महिनाअघि नै अदालतमा उनीहरुको मुद्दा फिर्ताको निवेदन दर्ता गराएको  थियो । 
हत्यापछि पौडेलसहित १२ जनालाई चितवन जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राखेको थियो । थुनामा रहेकैबेला पौडेलको मंसिर २० गते कारागारभित्रै आक्रमण हँुदा त्यसको केही दिनमा काठमाडांैमा उपचार हुँदाहुँदै मृत्यु भएको थियो । 
पौडेलको मृत्युपश्चात् काँग्रेसले उनलाई सहिद घोषणा गर्न र मुद्दा फिर्ता लिन माग गरेको थियो । सो मागअनुसार नै सरकारले मुद्दा फिर्ताको निर्णय गरेको हो । पौडेलबाहेकका अन्यलाई पौडेलमाथिको आक्रमणपछि चितवन कारागारबाट केन्द्रीय कारागारमा पुर्पक्षका लागि राखिएको छ । सम्भवत उनीहरु प्रक्रिया पु¥याएर सोमवार सार्वजनिक विदा परेकाले मंगलबार छुट्ने सम्भावना रहेको छ । 
मुद्दा फिर्तासँगै तरुण दलका भरतपुर नगर समितिका उपाध्याक्ष प्रमिश राई, साजन गुरुङ, यमबहादुर कार्की, चन्द्रबहादुर तामाङ, राजकुमार लामा, अनिल परियार छुट्ने अवस्थामा छन् । राजु गुरुङ, कुमार गुरुङ, सुरेन्द्र गुरुङ, रिजन कौडेल, धनबहादुर गुरुङको पनि मुद्दा फिर्ता भएको छ । उनीहरुमाथि मुद्दा दायर भएपनि अदालतमा हाजिर नभई फरार अवस्थामा छन् । 
विरोधमा चक्काजाम
यसैबीच संजय लामा हत्याका आरोपीहरुमाथि लागेको मुद्दा राज्यले फिर्ता लिएको भन्दै युवा संघका कार्यकर्ताहरुले आइतबार चितवनका विभिन्न ठाउँमा दुई घन्टा चक्का जाम गरेका छन् । 
शिव पौडेललगायत १२ जनामाथि लागेको मुद्दा राज्यबाट फिर्ता भएको विरोध गर्दै युवासंघले नारायणगढ तथा केन्द्रीय बस टर्मिनललगायतका क्षेत्रहरुमा बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म चक्काजाम गरेको हो ।
राज्यले प्रजातन्त्र दिवसको अवसरमा संजय लामाको हत्याका आरोपीसहित ३६७ जनालाई कैदबाट मुक्त गराएको थियो । 

भाइको हत्याराको खोजीमा द्वन्द्वपीडित अधिकारी


विधुर ढकाल, २०६९ वैशाख ११


नारायणगढ । आफ्नो गृहजिल्लाका कार्यकर्तालाई महिनामा एक पटक गृहजिल्लै पुगेर भेट्ने प्रतिबद्धता गरेका एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराई प्रधानमन्त्रीका रुपमा देशको बागडोर समालिरहेका बेला तिनै भट्टराईको गृहजिल्ला गोरखाका एक जना भने न्यायको खोजीमा चितवनका सरकारी कार्यालय तथा न्यायालयहरुमा भौतारी रहेका छन् ।
गोरखा जिल्ला फुलजेल गाविस वडा नं. ४ चमतीका नुरप्रसाद अधिकारी आफ्ना १७ वर्षे भाइका हत्यारालाई कारबाहीको माग गर्दै चितवनका सरकारी निकायका ढोका ढक्ढक्याइरहेका छन् । उनले न्याय पाउने झिनो आशाका साथ आफ्नो लडाइँमा साथ दिन सोमबार पत्रकारहरुलाई गुहार्दै थिए । 
२०६१ जेठ २४ गते गोरखाबाट आफ्ना वृद्धवृद्धा हजुरबुबा हजुरआमा भेट्न  हिँडेका उनका भाइ कृष्णप्रसाद अधिकारीलाई तत्कालीन माओवादीका कार्यकर्ताहरुले पूर्वी चितवनको रत्ननगर बकुलहरचोकदेखि अपहरण गरी चरम यातना पश्चात् पुनः बकुलहरमा ल्याई हत्या गरेको उनको आरोप छ ।
तिनै भाइका हत्यारालाई कारबाहीको माग गर्दै हिँडेका नुरप्रसादले न्याय पाउने आशा देखेका थिए । आफ्नै जिल्लाका व्यक्ति प्रधानमन्त्री बन्दा उनको आशा केही पलाए पनि जब उनलाई सिंहदरबारमा नै रोक लगाइयो, उनका सारा आशा खरानी भएको उनको गुनासो छ । 
गोरखाको आफ्नो जायजेथा पनि लुटिएपछि उनी काठमाडांैमा विस्तापित जीवन बिताउन बाध्य भए । वृद्धवृद्धा व्यवस्थापन गुठीबाट पनि आमाबुबा विस्तापित हुनु परेको कारण गुठीका सञ्चालक प्रधानमन्त्री डा.भट्टराई पत्नी हिसिलाकी साथी भएको उनको थप आरोप छ । ‘बुबा आमालाई पनि आश्रमबाट निकालियो, म बस्ने डेराको साहूलाई पनि धम्की आएर डेरा छाड्नु प¥यो’, उनले दुखेसो पोखे । 
आफ्नो भाइका हत्यारालाई कारबाही नभएसम्म चितवनबाट नफर्कने बताउँदै उनले भने, ‘झलनाथ खनाल प्रधानमन्त्री हुँदा बालुवाटार गएको थिएँ, इन्सपेक्टर हरिबहादुर बस्नेतले तपार्इं मसँग हिँड्नुस् भने, चार दिनसम्म आफ्नै मेसमा राम्रोसँग ख्वाए ।’ पछि हनुमानढोका लगेर २५ दिन थुनामा राखियो उनको भनाइ थियो । 
राष्ट्रिय मानवअधिकार आयोगले अधिकारी परिवारलाई तीन लाख रुपैयाँ दिन सरकारलाई सिफारिस गरेपनि राहत नपाएको उनको भनाइ छ । न्यायको खोजीमा भौतारिएका उनी झुस्स लामो कपाल बढेको दारी लिएर चितवनका सरकारी कार्यालयमा पुग्दा भाइका हत्याराले कार्यालय प्रमुखकै सामु अपराध स्वीकारे पनि कारबाहीको कुनै पहल नभएको उनको गुनासो छ ।
जिल्ला प्रशासन कार्यालयमा २०६८ साल चैत्र १८ गते निवेदन दिएका उनलाई माथिको आदेश छैन भन्दै फर्काइने गरिएको छ । त्यस्तै फागुनको १९ गते नै बाँकी जीउधनको सुरक्षाको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको उनको भनाइ छ । राज्यको नागरिकसरहको व्यवहार नभएको भन्दै आफूले नागरिकतासमेत गृहमन्त्रीलाई बुझाएको उनको भनाइ छ ।  

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी