Sunday, September 30, 2012

डब्लुएचओका प्रतिनिधि सहितको टोली माडीमा ,ज्वरो फैलनुअगावै सतकर्ता अपनाउन आग्रह

माडी । गत हप्ता २४ घण्टा बित्दा नबित्दै ज्वरोका कारण माडी गर्दी गाविस वडा नंं. ८ का दुई र वडा नं. ७ का एक जनाको निधन भयो । एकै क्षेत्रमा ज्वरोका कारण तीनजनाको ज्यान गएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को प्रतिनिधिसहतिको टोली अहिले माडी पुगेको छ ।
इपिडोमियोलोजी तथा रोग नियन्त्रण माहाशाखाका जनस्वास्थ्य निरीक्षक कुमार दाहालको नेतृत्वमा आएको छ सदस्यीय टोलीमा डब्लुएचओका प्रतिनिधि डा.चन्दन ठाकुर पनि रहेका छन् । शनिबार चितवन आएको टोली आइतबार माडी पुगेको छ ।  ज्वरो आएर गत सोमबार उपचारका लागि भरततपुर अस्पतालमा भर्ना भएकी गर्दी गाविस वडा नंं. ८ की लेखा रेग्मीको ज्यान गएको थियो । लेखासँगै उनकी दिदी मेनुकालाई पनि भर्ना गरिएकोमा लेखाको निधनपछि मेनुकालाई तत्कालै काठमाडौं लगिएको थियो । उपचारको क्रममा सोही दिन मेनुकाको काठमाडौंमै ज्यान गएको थियो ।
भरतपुरको चितवन मेडिकल कलेज शिक्षण अस्पतालका ज्वरोको उपचारका लागि भर्ना भएका गर्दी गाविस वडा नंं ७ का एक युवकको गत सोमबार नै ज्यान गएको थियो । २४ घण्टा बित्दा नबित्दै ज्वरोका कारण एकै क्षेत्रका तीनजनाको  यसरी निधन भएपछि जिल्ला जनस्वास्थ्य कार्यालयले पनि त्यस क्षेत्रमा असोज १० गते नै टोली पठाएको थियो । जुन टोली अझै पनि त्यही क्षेत्रमा नै क्रियाशील नै छ ।
साउनयता मात्रै भरतपुरका मुख्य तीनवटा ठूला अस्पतालमा ज्वरोको उपचारका लागि आएकामध्ये १२ जनाभन्दा बढी बिरामीको मृत्यु भइसकेको छ । ‘त्यसैले समस्या के हो पहिचान गर्न र जनचेतना र सावधानी अपनाउनु पर्ने कुराहरु बुझाउन हामी चितवन आएका हौं’ टोलीका संयोजक कुमार दाहालले भने ।
टोलीमा रहेका चिकित्सकहरुले मृतकहरुको परिवारसँग घटनाका बारेमा बुझ्ने काम गरेका छन् । यसका साथै गर्दी उपस्वास्थ्य चौकीमा उपचार गराउन आउनेमध्ये ज्वरोका शंकास्पद बिरामीको रगतको नमुना पनि संकलन गरेको छ ।
सो स्वास्थ्य चौकीमा दैनिक एक सयको हाराहारीमा बिरामीहरु आउने गरेका छन् । जसमध्ये २५ प्रतिशत ज्वरोका बिरामी छन् । ‘ज्वरो आएकामध्ये शंकास्पद अवस्थाका १७ जनाको रगतको नमुना संकलन गरेका छौं । भरतपुरका अस्पतालबाट पनि यस्ता नमुना संकलन गरेर काठमाडौंमा परीक्षण गर्ने योजना छ’ दाहालले जानकारी दिए । टोलीले सोमबार भरतपुरका अस्पतालको अनुगन गर्दैछ । ज्वरोका बिरामीसँग कुराकानी र नमुना संकलन गर्ने योजना रहेको दाहालले बताए ।
‘मुख्य कुरा ज्वरोको प्रकोप फैलन नदिनु नै हो । यसका लागि मास्क कसरी लगाउने, हाछ्यु कसरी गर्ने, हात धुनु पर्नेसम्मका कुराकानी शिक्षक र स्वास्थ्यकर्मीलाई सिकाएको छौं’ दाहालले जानकारी दिए । ज्वरो आएका बिरामीको अन्य लक्षणहरुसमेत केकस्ता छन् सबै सोधेर रेकर्ड राख्न भनिएको उनले बताए । 
चितवनमा फैलिएको ज्वरोको बारेमा केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले पनि रगतका नमुना संकलन गरेर परीक्षण गरेको थियो । जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीअनुसार परीक्षण भएका ३५ वटा नमुनामध्ये आठवटामा इन्फ्लुन्जा ‘ए’ एचवान एनवान भेटिएको छ । छवटामा इन्फ्लुन्जा ‘बी’, सातवटामा ल्याप्टो स्पाइरोसिस र एउटा नमुनामा डेंगु फेला परेको थियो ।





पत्रकार ऐन कार्यान्वयन नभए महासंघले आन्दोलन गर्ने
नारायणगढ । श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने मिडियाप्रति नेपाल पत्रकार महासंघ कडा रुपमा प्रस्तुत हुने महासंघका महासचिव ओम शर्माले बताउनु भएको छ । आइतबार नारायणगढमा भएको छलफल कार्यक्रममा उहाँले सो चेतावनी दिनु भएको हो ।
न्यूनतम पारिश्रमिक निर्धारण समिति र नेपाल पत्रकार महासंघ चितवन शाखाले जिल्लाका मिडिया संचालकहरुसँग राखेको छलफल कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । ऐन कार्यान्वयन नगरे श्रमजीवीहरुले तालाबन्दी गर्न सक्ने चेतावनी पनि उहाँले दिनुभयो ।
‘ऐनमा धेरै कुरा व्यवस्था भएको छ तर तत्कालका लागि नियुक्तिपत्र, न्यूनतम पारिश्रमिक र बिदाको व्यवस्था संचालकहरुले अनिवार्य लागू गरेको हुनुपर्छ’ न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गोविन्द आचार्यले भन्नुभयो ।
यस विषयमा समितिले चाडै नै अनुगमन थाल्ने र कार्यान्वयन नगरेका मिडियाको नामावली सार्वजनिक गरेर कारबाहीको सिफारिससमेत गर्ने उहाँले बताउनुभयो । कार्यक्रममा चितवनका दैनिक पत्रिका, एफएम स्टेशन र टेलिभिजनका सञ्चालकहरु सहभागी थिए ।
कार्यक्रममा संचालकहरुले कार्यान्वयन गर्न तयार भएको बताउँदै समानुपातिक रुपमा विज्ञापन पाउने वातावरण बने सहज हुने धारणा राख्नु भएको थियो । महासंघ चितवन शाखाका अध्यक्ष जनक अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रमेशकुमार पौडेलले स्वागत मन्तब्य राख्नु भएको थियो ।


क्रान्तिकारी पत्रकारमा अधिकारी

भरतपुर । क्रान्तिकारी पत्रकार संघ चितवनको प्रथम जिल्ला सम्मेलनले शान्ता अधिकारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । भरतपुरमा आइतबार सम्पन्न अधिवेशनले चयन गरेको नयाँ समितिको उपाध्यक्षमा विष्णु दवाडी र वीरबहादुर सिंजाली, सचिवमा रवि भट्ट, सहसचिवमा अजिता अधिकारी र कोषाध्यक्षमा सूर्य पाठक रहनुभएको छ ।
समितिको दुई जना सदस्य पछि चयन गरिने बताइएको छ । यस्तै, अधिवेशनले आठ जना केन्द्रीय प्रतिनिधि पनि चयन गरेको छ । यसअघि, कैलालीमा पनि क्रान्तिकारी पत्रकारको नेतृत्वमा महिला चयन हुनुभएको थियो । सम्मेलनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि संघका केन्द्रीय सम्मेलन आयोजक समितिका संयोजक गोविन्द आचार्यले श्रमजीवी पत्रकारहरुको हक र ऐन कार्यन्वयन गर्नका लागि क्रान्तिकारी पत्रकार संघले सशक्त आन्दोलन गर्ने बताउनुभयो ।
‘अझ पनि सञ्चर संस्थामा कार्यरत पत्रकारहरुले न्यूनतम पारिश्रमिक प्राप्त गर्न सकिरहेका छैनन्’, न्यूनतम पारिश्रमिक निर्धारण समितिका केन्द्रीय अध्यक्षसमेत रहेका आचार्यले भन्नुभयो, ‘देशका ठूला सञ्चार गृहहरुलेसमेत न्यूनतम पारिश्रमिक लागू गरेका छैनन् ।’ ऐन कार्यान्वयन नभए संचार गृहका मजदुरहरुसँग सहकार्य गरेर आन्दोलन गर्ने उहाँले चेतावनी दिनुभयो ।
मोफसलमा भन्दा राजधानीका सञ्चारकर्मीहरु झन् पीडित भएको उहाँको भनाइ थियो । कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय महासचिव ओम शर्माले श्रमजीवी पत्रकारहरुलाई क्षमतावान बनाउनका लागि पत्रकार महासंघले देशभर तालिम संचालन गर्न लागेको जानकारी दिनुभयो । ‘अहिले सञ्चालकहरु पारिश्रमिकको कुरा गर्दा पत्रकारहरुको योग्यताको कुरा गर्छन्’, उहाँले भन्नुभयो, ‘पत्रकारहरुले आँफैले आफ्नो क्षमता बढाउन आवश्यक छ ।’
उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले प्रेस स्वतन्त्रता, व्यावसायिक सुरक्षा र श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा जोड दिएका थिए । कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष जनक अर्याल, एकीकृत नेकपा माओवादी चितवनका इन्चार्ज घनश्याम दाहाल, क्रान्तिकारी पत्रकार संघका केन्द्रीय कोषाध्यक्ष खिलाबहादुर भण्डारी, प्रेस युनियन चितवनका अध्यक्ष बसन्त पराजुली, प्र्रेस चौतारी अध्यक्ष शालिग्राम नेपाल, चितवन गैंडाकोट रेडियो प्रसारक संघका अध्यक्ष भोजराज कौडेल, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष डा. तीलचन्द्र भट्टराईलगायतल बोल्नुभएको थियो ।
सम्मेलन संघका सम्मेलन आयोजक समितिका संयोजक सुरेशचन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।




हराएका बालक मृत फेला

नारायणगढ । शनिबारदेखि हराइरहेका नारायणगढका एक बालक आइतबार मृत अवस्थामा फेला परेका छन् । नारायणगढस्थित भानुमार्गका ९ वर्षीय कीर्तन श्रेष्ठ नारायणगढको रेयुकाइ भवन पछाडि नारायणी नदी किनारमा मृत अवस्थामा फेला परेका हुन् ।
बालकुमारी इङ्लिश स्कुल नारायणगढमा कक्षा ३ मा अध्ययनरत श्रेष्ठ साथीहरुसँग घुम्न नारायणी नदी किनार गएका थिए । नदीको पानी छुन खोज्दा चिप्लिएर उनी नारायणी नदीमा खसेको बताइएको छ ।
नारायणी नदीमा खसेपछि उनीसँगै गएका उनका साथीहरु डराएर भागेका थिए । रातभर खोजी गरिए पनि उनीसँग खेल्न गएका साथीहरुको भनाइका आधारमा आइतबार बिहान नारायणी नदी किनारमा खोज्दै जाने क्रममा बालक मृत अवस्थामा भेटिएका हुन् ।
त्यस्तै भण्डारामा आइतबार एक व्यक्ति रुखको हाँगाले लागेर गम्भीर घाइते भएका छन् । बिहान ८ बजेतिर आफ्नै घरको बारीमा रुखमा चढेर हाँगा काटिरहेका ३८ वर्षीय रामबहादुर तामाङ सोही हाँगाले लागेर गम्भीर घाइते भएका हुन् । उनको टाउकोमा चोट लागेको र मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।













सम्पन्न परिवारबाटै जंगली च्याउ सेवन

नारायणगढ । जनचेतनाको कमीका कारण चितवनको पहाडी बस्तीमा जंगली च्याउ खाने क्रम अझै पनि रोकिएको छैन ।
आर्थिक रुपमा  सम्पन्न भएकाहरुले पनि जंगली च्याउ खाने गरेको पाइएको छ । आर्थिक विपन्नता भन्दापनि जनचेतनाको अभाव र दिउँसोको समय फुर्सद हुनाले पनि जंगलक्षेत्र वरपरका बासिन्दाहरु च्याउ टिप्न जाने गरेको शक्तिखोर गाविसका निवर्तमान गाविस अध्यक्ष गोपी श्रेष्ठले जानकारी दिनुभयो ।
चितवनको शक्तिखोर, सिद्धी, काउले, जुटपानी, लोथर, चन्डिभन्ज्याङ, कोराक, दाहाखानी, दारेचोक, कविलासलगायतका स्थानीय बासिन्दाले अझैपनि जंगलबाट च्याउ ल्याएर खाने गरेको पाइएको छ । जंगली च्याउ खाएर विभिन्न गाविसमा स्थानीयले ज्यान गुमाएपछि जिल्ला जनस्वास्थ्य कार्यालय चितवनलगायत विभिन्न संघ संस्थाले सचेतनामूलक कार्यक्रम गरेपनि त्यस्ता कार्यक्रमले निरन्तरता नपाउँदा जंगली च्याउ खाने क्रम रोकिएको छैन ।
विषालु जंगली च्याउ खाएकै कारण वि. सं. २०६७ साल जेठमा लोथर गाविसको कान्दाका एकै परिवारका आठ जनाले ज्यान गुमाएका थिए । यस्तै  गएको वर्ष कविलास गाविसको चौकी गाउँका एकै परिवारका ५ जनाले ज्यान गुमाएका थिए ।
अधिकांश स्थानीयले घाँस दाउराका लागि जंगल जाने र आउँदा च्याउ टिपेर ल्याउने गर्दछन् । जंगलमा बाख्रा चराउन जा“दा च्याउ टिपेर ल्याउने गरेको सिद्धी गाविस तीनकी मनकुमारी चेपाङले बताउनुभयो । वर्षौदेखि खा“दै आएको च्याउबाट आफूहरुलाई कुनै असर नगरेको उहाँले बताउनुभयो ।
स्थानीयले च्याउ टिप्दा त्यसमा कीरा लागे नलागेको हेर्ने र कीरा कमिला लागेको पाइएमा त्यस्ता च्याउ खाने गरेको उहा“ले बताउनुभयो । धेरै सफा देखिने तथा माहुरी, कीरा नभएको च्याउ विषालु हुन सक्ने स्थानीयको विश्वास छ ।
विगतको समयमा जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले च्याउ खाएर स्थानीयको ज्यान गुमाएको समयमा केही जनचेतनामूलक कार्य गरेपनि अहिले सो कार्यले निरञ्न्तरता पाउन सकेको छैन । जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख केहर सिंह गोदारले अहिले खासै च्याउ टिप्ने समय पनि नभएकोले जनचेतनामूलक कार्यक्रम नल्याइएको बताउनुभयो ।




आक्रमणकारी अझै पक्राउ परेनन्

रत्ननगर । पर्सामा रहेको अरुण इम्पेक्सका सञ्चालक हेमराज आचार्य माथि भएको आक्रमण र लुटपाटको घटनामा संलग्न अपराधीलाई अझै पनि प्रहरीले पक्राउ गर्न नसकेको भन्दै पीडित परिवारले आपत्ति जनाएका छन  ।
घटना भएको एक हप्ता बितिसक्दा पनि घटनामा संलग्न अपराधीलाई प्रहरी प्रशासनले नियन्त्रणमा लिन नसकेको भन्दै अरुण इम्पेक्सका सञ्चालक र पीडित परिवारले आइतबार रत्ननगरमा पत्रकार सम्मेलन गरी आपत्ति जनाएका हुन् । घटना हुने तर  अपराधीलाई पक्राउ गर्न नसक्नुले प्रशासनलाई शंका गर्ने ठा“उ रहने पीडित परिवार तथा घाइते आचार्यका भिनाजु राजेन्द्र कोइरालाले बताउनुभयो ।
प्रहरीले घटनामा संलग्न अपराधीनजिक मात्र पुगेको तर पक्राउ गर्न नसकेको आफूहरुलाई बताएको कोइरालाले जानकारी दिनुभयो । घटनामा संलग्न अपराधीलाई पक्राउ गर्छौ भन्ने प्रहरीले आश्वासन मात्र दिएको तर पक्राउ गर्ने कुनै लक्षण नदेखाएका कारण औपचारिक रुपमा पत्रकार सम्मेलन गरेर घटनाका बारेमा जानकारी गराइएको परिवारजनले जनाएका छन् । दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गरी पीडितलाई छिटोभन्दा छिटो क्षतिपूर्ति दिलाउन र उद्यमी व्यवसायीहरुलाई आफ्नो व्यवसाय स्वतन्त्र र निर्भिक साथ संचालन गर्ने वातावरणको ग्यारेण्टी गर्न पीडित परिवारले स्थानीय प्रशासनसँग जोडदार माग गरेका छन् ।
घाइते आचार्य रेडियो अर्पणका शेयर सदस्य तथा लेखा समिति सदस्य पनि हुन् ।  गत असोज ८ गते खैरहनी गाविस पर्सा बजार चौबीसकोठीचोकमा आचार्यमाथि नचिनेका व्यक्तिहरुले  बिहान पौने ११ बजेको समयमा साङ्घातिक हमला गरी उनको साथमा रहेको   ५ लाख ११ हजार  रुपैयाँ लुटेर लगेका थिए । आक्रमणकारीको खुकरी प्रहारबाट दाहिने हातमा चोट लागेका आचार्यको काठमाडौस्थित बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ ।




Saturday, September 29, 2012

रगतको ल्याव परीक्षण शुल्कले विपन्न मर्कामा

भरतपुर । रक्तसञ्चार केन्द्रले रगतको परीक्षणवापत लिने शुल्कका कारण विपन्न वर्गका बिरामीहरुलाई आर्थिक भार पर्ने गरेको छ । रक्तसञ्चार केन्द्रले ल्याव परीक्षण, केमिकल र प्रविधिका लागि एक युनिट रगतको ८५० रुपैयाँ लिने गरेका कारण विपन्न वर्गका बिरामीहरुलाई सो समस्या पर्ने गरेको हो  ।
रक्तसञ्चार केन्द्रबाट खरिद गरेरमात्र सर्वसाधारणले रगतको प्रयोग गर्न पाउने भएकाले विपन्नहरुलाई मर्का परेको अगुवा रक्तदाताहरु शनिबार भरतपुरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका हुन् ।
नेपाल स्वयम्सेवी रक्तदाता समाज चितवनको प्रथम अधिवेशनका अवसरमा बोल्ने अगुवा रक्तदाताहरुले ब्लड बैंकलाई तिर्नुपर्ने रकम राज्य र निजी अस्पताल मिलेर व्यवस्थापन गर्नुपर्ने सुझाव दिएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि समाजसेवी एवम् अगुवा रक्तदाता धु्रब थपलियाले रक्तदाताले निःशुल्क वितरण गरे पनि विपन्नहरुले त्यो प्राप्त गर्न रकम तिर्नै पर्ने अवस्थाको राज्यले सम्बोधन गर्नुपर्ने बताउनुभयो । निजी अस्पतालहरुमा पनि ब्लड बैंकले रगत उपलव्ध नगराएसम्म सेवा सञ्चालनमा कठिनाइ हुने हुनाले उनीहरुको पनि दायित्व रहने थपलियाको भनाइ छ ।
नेपाल दुर्लभ रक्त समूहका अध्यक्ष बालानन्द भण्डारीले गरिब जनतालाई रगत पूर्णरुपमा निःशुल्क गर्न सरकारले लगानी गर्नुपर्ने बताउनुभयो ।
नेपाल स्वयम्सेवी रक्तदाता समाजका तदर्थ समितिका अध्यक्ष हिरामान महर्जनले सबै बिरामी अनार र स्याउको जुस खान सक्ने अवस्थाका नहुने भएकाले भुजा र प्याज खान बाध्य बिपन्न वर्गका बिरामीलाई ८५० रुपैयाँ पनि धेरै हुने तर्क गर्दै निःशुल्क रगतको व्यवस्था गर्न सम्बन्धित पक्ष गम्भीर बन्नुपर्ने बताउनुभयो ।
सरकारी निकायलाई सहयोगका लागि जतिसुकै याचना गरेपनि कुनै सुनुवाइ नभएको क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलको भनाइ छ । चितवनमा अहिले मासिक झण्डै तीन हजार युनिट रगत रक्तसञ्चार केन्द्रले वितरण गर्दै आएको उहाँले बताउनुभयो ।
रगतको अभावका कारण कसैले पनि अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यका साथ सक्रिय रक्तदाताहरुको अग्रसरतमा नेपाल स्वयम्सेवी रक्तदाता समाज चितवनको गठन गरिएको हो ।
अधिवेशनले बालानन्द भण्डारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ । अधिवेशन उद्घाटन कार्यक्रममा रेडक्रस उपशाखा भरतपुरका प्रमुख जगदिश्वर खनाल, रेडियो त्रिवेणीका प्रबन्ध निर्देशक सुदीपसिंह अधिकारी, नागरिक समाज चितवनका उपाध्यक्ष एवम् आशा अस्पतालका सञ्चालक नारायणसिंह कुँवर, रेडक्रस चितवनका सदस्य पोदराज पौडेललगायतले मन्तव्य राख्नुभएको थियो ।

नेता बादललाई पितृ शोक

भरतपुर । नेकपा–माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’लाई पितृ शोक परेको छ । बादलका ९० वर्Èीय पिता कर्णबहादुर थापाको शुक्रबार राति भरतपुरस्थित मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।
दमरोगले पीडित वृद्ध थापालाई उपचारका लागि भरतपुर मेडिकल कलेजमा भर्ना गरिएको थियो । उहाँको उपचारका क्रममा निधन भएको माओवादी केन्द्रीय सदस्य अनिल शर्मा विरहीले जानकारी दिनुभयो ।
पिताको निधन भएको खबर पाएलगत्तै माओवादी महासचिव बादल भरतपुर आइसक्नु भएको छ । स्वर्गीय थापाको शवलाई श्रद्धाञ्जली दिन नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य र देव गुरुङसमेत चितवन आउनुभएको थियो ।
स्वर्गीय थापाको शवलाई आफ्नै निवास क्षेत्रपुरमा राखी माओवादीका केन्द्रीय नेता तथा कार्यकर्ताहरुले अन्तिम श्रद्धाञ्जली दिएका थिए । श्रद्धाञ्जलीपश्चात् देवघाटमा अन्तिम संस्कार गरिएको छ ।
स्वर्गीय थापाका नेता बादलसहित चार छोरा र तीन छोरीहरु रहेका छन् ।


सञ्चारमाध्यममा अवरोधप्रति आपत्ति

भरतपुर । नेकपा–माओवादीनिकट राष्ट्रिय जनस्वयमसेवक तामसालिङ राज्य समितिले चितवनका विद्युतिय सञ्चारमाध्यमहरुमा पुगेर हिन्दी भाषाका सम्पूर्ण कार्यक्रम प्रशारणमा रोक लगाएकोप्रति चितवनका पत्रकार संघसंस्थाहरुले विरोध जनाएका छन् ।
शनिबार नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष जनक अर्याल, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष सुरेशचन्द्र अधिकारी, प्रेस चौतारी चितवनका अध्यक्ष शालिग्राम नेपाल, प्रेस युनियनका उपाध्यक्ष नारायण अधिकारी र स्वतन्त्र पत्रकार संघका उपाध्यक्ष विनोदबाबु रिजालद्वारा जारी गरिएको विज्ञप्तिमा कार्यक्रम प्रशारणमा रोक लगाउन पत्र पठाएको तथा टेलिफोनमार्फत धम्की दिएको भन्दै ध्यानाकर्षण भएको जनाएका हुन् ।
‘नेपाल बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुक हो’, विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानले सूचनाको हकलाई ग्यारेटी गरेको सन्दर्भमा नेकपा–माओवादीको पछिल्लो निर्णयले संविधानले दिएको अधिकार कुण्ठित गरेको हाम्रो ठहर छ ।’
साथै कसैको अनुचित दबाबमा नपर्न सञ्चारमाध्यमलाई आग्रह गर्नुका साथै अनुचित दबाब नदिन विज्ञप्तिमा सबैलाई आग्रह गरिएको छ । नेकपा–माओवादीले गत १० गतेदेखि चितवनका विभिन्न सञ्चार संस्थाहरुलाई हिन्दी गीत तथा कार्यक्रम प्रस्तुन नगर्न दबाब दिनुका साथै स्थानीय केबललाई हिन्दी च्यानल प्रशारणमा रोक लगाएको छ ।



Friday, September 28, 2012

नमस्ते विहानी: आफ्नै यथार्थलाई चिन्दै

नमस्ते विहानी: आफ्नै यथार्थलाई चिन्दै

आफ्नै यथार्थलाई चिन्दै

कविता
विधुर ढकाल
यो गोधूलि साँझमा
‘म’ नियाल्दै छु यो दुनियाँ
यो जीर्ण नारायणीको पुलबाट
आफ्नो गन्तव्यतर्फ लम्किरहेका पाइलाहरु
हतारहतार छिचोलिरहेका छन् सडकहरु
कोही आफ्नो वासस्थानतर्फ लम्किरहेका छन्
कोही आफ्नो उद्देश्यतर्फ आफ्ना पाइलाहरु लम्काइरहेका छन्
सुनौलो रविकिरणबीच एकजोडी ढुकुर
नगरवनको आकाशमा कावा खेल्दै उडिरहेछन्
आफ्नो गुँडतर्फ ।

कल्पनामा हराउँछु
‘म’ पनि ती जोडीजस्तै उड्न पाए
साँझमा आफ्नो गुँड फर्कन पाए
मसँगै आकासमा कावा खेल्ने कोही जोडी भइदिए
मेरो सुखदुःखमा साथ दिने
कोही भइदिए
यो गोधूलि साँझ अझ रंगीन हुने थियो ।

पुलको अर्को छेउ
एकजोडी युवायुवती
प्रेममा लिप्त
एकअर्काको आलिङ्गनमा बाँधिएर
एकअर्काको ओठमा चुम्बन गर्दै गरेका
युवती आफ्नो प्रेमीको
कपाल मुसार्दै गरेकी
प्रेमी प्रेमिकाको गाला मुसार्दै गरेको ।

‘म’ पुनः कल्पनामा हराउँछु
मेरी पनि एक प्रेमिका भइदिएकी भए
यति बेला ‘म’ पनि उसकै आलिङ्गनमा हुन्थेँ होला
मैले उसलाई चुम्दै गरेको
उसले मलाई चुम्दै गरेकी
फेरि कल्पनामा हराउँछु
मैले पनि कसैलाई प्रेमिका बनाउन पाए
यसरी नै सधैँ आलिङ्गनमा बाँधिन पाए
यो गोधूलि साँझ अझै रंगीन हुने थियो ।

रात सन्नाटातर्फ प्रवेश गर्दैछ
हतारहतार लम्किँदै थिए
मलाई कुनै हतार थिएन
किनकि मेरो आफ्नो भन्ने कोही छैन
र मेरो आफ्नै गुँड पनि छैन
‘म’ निष्फिक्री यो सन्नाटामा रम्न सक्छु
बिस्तारै जारी रहेको हता हतार पनि सेलाउँदै छ
नगरवनमाथिका लालजोडी ढुकुर पनि गुँड पुगे होलान्
प्रेममा लिप्त लालजोडीहरु पनि पुगे होलान् आ–आफ्नै गुँड ।

यो एकान्तमा म लिप्त थिएँ
सुनसानबीच
गन्तव्यमा लम्किएका केही लामा गाडीहरु
शून्यतालाई भङ्ग गर्दै जान्छन्
र फेरि सन्नाटा फैलन्छ
पुल पर कोलाहल मच्चिन्छ, सेलाउँछ
केही क्षणमा साइरनसहितको एक गाडी
मेरो अगाडि टक्क अडिन्छ
ओइ, खाते साले !
कर्कस आवाज आउँछ
फेरि गाडी हुइँकिन्छ
त्यो शुन्यताबाट ‘म’ ब्युँझिन्छु
आफ्नो यथार्थलाई चिन्दै ।

सीता एयर दुर्घटना, उन्नाइसको मृत्यु

भक्तपुर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार बिहान ६ बजेर १५ मिनेट जाँदा सोलुको लुक्लाका लागि उडेको सीता एयरको नाइन एनएएचए डोर्नियर विमान भक्तपुरको मध्यपुरथिमी नगरपालिका वडा नं. १६ स्थित मनोहरा खोलानजिकै दुर्घटना भएको छ ।
दुर्घटनामा चालकदलका तीन सदस्यसहित नेपाली नागरिक सात जना, बेलायती नागरिक सात जना र चिनियाँ नागरिक पाँच जना गरी १९ जनाको मृत्यु भएको छ । उडेको चार मिनेटमै अर्थात् ६ बजेर १९ मिनेट जाँदा विमान दुर्घटना भएको थियो ।
दुर्घटनामा परेर चालक चावहिल निवासी विजय तण्डुकार, सहचालक ललितपुर निवासी ताकोसिंह थापा र परिचालक काभ्रे बनेपा निवासी रुजा शाक्यको मृत्यु भएको छ । मृत्यु हुने अन्यमा नेपाली सेनाका अमलदार कुमार मस्र्याङ्दी मगर, एलएन शेर्पा, एमके तामाङ र डी राई रहेका छन् ।
त्यस्तै मृत्यु हुने चिनियाँ नागरिकमा क्विन निन्गोइन, हु लीन, याङ जीवा, वाई जेङ र हु हुई रहेको छन् भने बेलायती नागरिकमा ईगल ¥यामण्ड, सी डेभी, भी केली, डी जाभी, टी ओकास, एस होलिडङ र भी ओग्डन रहेको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।
त्रिभुवन विमानस्थल नागरिक उड्डयन प्राधिकरणका अनुसार बिहान ६ः१५ मा उडेको विमान आकाशमा उडेको चरासँग ठोक्किएपछि दुर्घटना भएको हो ।
प्राधिकरणका अनुसार चरासँग ठोक्किए लगत्तै ६ बजेर १८ मिनेट जाँदा चालक तण्डुकारले विमानस्थल एयर ट्राफिक कन्ट्रोललाई चरासँग ठोक्किएको जानकारी दिँदै विमानमा प्राविधिक समस्या आएकाले विमानस्थलमै फर्किन लागेको जानकारी दिएलगत्तै ६ बजेर १९ मिनेट जाँदा विमान दुर्घटना भएको हो ।
प्रत्यक्षदर्शीका अनुसार विमान हल्लिदै तलतल आएर खसेको केही बेरमै ठूलो आवाजसहित पड्किएको र आगो लाग्न सुरू भएको हो । आगो लागेपछि सुकुमबासी बस्तीका बासिन्दा र आसपासका मानिस आगो निभाउन गए पनि आगोको राप टाढासम्म पुगेकाले भाँडोमा पानी ल्याएर आगो निभाउन सक्ने अवस्था नभएको र विमानसँगै जिउँदा मानिस जलेको हेर्न बाध्य भएको बताएका छन् ।
विमान दुर्घटना भएको करिब १५ मिनेटपछि सानोठिमी प्रहरी प्रभागका प्रहरी सहायक निरीक्षक भगवान भण्डारीसहित आठ जनाको प्रहरी टोली र दमकल घटनास्थल पुगेको थियो ।
खोलापारि दमकल भएकाले पानीको फोहरा पुग्न नसकेका र दमकल पुगेको करिब ८ मिनेट पछिमात्र विमानमा लागेको आगो निभाउन थालेको प्रत्यक्षदर्शीले बताएका छन् ।
प्रहरी सहायक निरीक्षक भण्डारीले आठ जनाको प्रहरी टोलीले आगोको मुस्लो परसम्म पुगेकाले आगो नियन्त्रणमा लिन नसकेको र दमकल पनि खोलापारि भएकाले कहीबेरपछि मात्र पानी हालेर तीनवटा दमकलको सहायताले आगो नियन्त्रणमा लिएको बताउनुभयो ।
विमान दुर्घटना भएको करिब आधा घन्टापछि भने भक्तपुर, थिमी र काठमाडाँैका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको बृहत् टोली घटनास्थल पुगेको थियो ।
घटनास्थल पुगेको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले तत्कालै उद्धारकार्य सुरू गरेपनि जीवितै भने कसैको उद्धार हुन नसकेको महानगरीय प्रहरी वृत्त थिमीका प्रहरी नायब उपरीक्षक राजन अधिकारीले बताउनुभयो । स्थानीय जनताले भनेअनुसार तत्काल उद्धार गर्न सकिएको भए धेरैलाई बचाउन सकिने थियो ।
टोलीले जल्दै गरेका शवहरू निकाल्ने, यात्रुका अन्य सामान बटुल्ने र विमानका जलेको भागहरू पन्छाउने काम गरेको थियो । नागरिक उड्डयन तथा पर्यटनमन्त्री पोष्टबहादुर बोगटीले विमान दुर्घटनास्थलमा पुगेर स्थितिबारे जानकारी लिनुभएको थियो ।
घटनास्थल पुग्नु भएका त्रिभुवन विमानस्थलका महाप्रबन्धक सतिशचन्द्रलाल सुमनले विमान दुर्घटनाबारे छानबिन गरिने बताउँदै विमानमा समस्या आएलगत्तै फर्काएर विमानस्थल नै लैजान खोज्दा दुर्घटना भएको हुनसक्ने बताउनुभयो ।
मृतकहरूका शव आगोले जलेर पहिचान गर्न गाह्रो हुने अवस्थामा रहेको छ । विमानको ब्ल्याक बक्सलाई अनुसन्धानका लागि प्राधिकरणले लगेको छ । मृतकको शव परीक्षणका लागि शिक्षण अस्पताल लगिएको छ ।
नेपालमा अहिलेसम्म ७४ वटा विमान दुर्घटना भएका छन् । यसअघि भएका दुर्घटनाहरूमा मात्र ७०४ जनाको मृत्यु भएको थियो ।
यसैबीच प्रधानमन्त्री डा बाबुराम भट्टराईले काठमाडौँ–लुक्ला उडानमा रहेको सीता एयरको डोर्नियर विमान दुर्घटनामा परी ज्यान गुमाउनु भएकाहरूप्रति हार्दिक श्रद्धान्जलि व्यक्त गर्नुभएको छ ।
उहाँले सो घटनामा परी निधन भएका शोकसन्तप्त परिवारजनप्रति समवेदना समेत प्रकट गर्नुभएको छ । राष्ट्रिय फोटो पत्रकार समूहद्वारा शुक्रबार आयोजित समारोहमा प्रधानमन्त्री डा भट्टराईले भन्नुभयो, ‘यस्ता दुःखद घटना दोहोरिन नदिन तदारुकताकासाथ सरकारले आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’

छानविन समिति गठन  

काठमाडौं । सरकारले सीता एयरको जहाज दुर्घटनाको सम्बन्धमा छानबिन गर्नका लागि पाँच सदस्यीय छानविन समिति गठन गरेको छ ।
तीन महिनाभित्र प्रतिवेदन बुझाउने समयसीमा तोकिएको सो छानविन समितिको संयोजकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे र सदस्यहरूमा अग्नि एयरका मेघेन्द्रकुमार श्रेष्ठ, तारा एयरका प्रशिक्षक पाइलट राजेश श्रेष्ठ, एभिएसन मेडिकल बोर्डका संयोजक रञ्जितसिंह बराल र मन्त्रालयका सहसचिव सुरेश आचार्य सदस्य रहनुभएको छ ।





भरतपुर मेला सुरू युवाहरु अर्थतन्त्रमा जोडिनु सुखद् ः राजकर्णिकार

भरतपुर । भरतपुर मेला २०६९ शुक्रबारबाट भरतपुरमा सुरू भएको छ । मेलाको एक कार्यक्रमकाबीच नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले उद्घाटन गर्नुभएको हो । मेलाको उद्घाटन गर्दै उहाँले युवाहरु अर्थतन्त्रसँग जोडिनु सुखद् भएको बताउनुभएको छ ।
‘युवाहरु विदेश पलायन भइरहेका बेला मुलुकको अर्थतन्त्रसँग जोडिने गरी मेला सञ्चालन हुन सुखद् पक्ष हो’, उहाँले भन्नुभयो, ‘आजभोलि नकारात्मक विचारले उत्प्रेरित भई युवाहरु बन्द र तोडफोडमा लागेको बेला यस्तो काम हुनु राम्रो हो ।’ दिनहँु १२ सयको हाराहारीमा नेपाली युवाहरु विदेशिने गरेको उहाँको भनाइ थियो ।
जुन देशले मानिस बेच्छ, त्यो देश कहिल्यै पनि धनी हुन नसक्ने उहाँले बताउनुभयो । ‘भलै हामीले अहिले केही राज्यको अर्थतन्त्र थेगेको मानौँला तर यो अन्तिम विकल्प होइन’, कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका सञ्चार उद्यमी राजकर्णिकारले भन्नुभयो । 
एकअर्काे प्रसंगमा देशको अर्थतन्त्र बलियो नभए प्राप्त भएका उपलव्धिहरु पनि गुम्दै जाने उहाँले दावी गर्नुभयो । ‘राजनितिक परिस्थिति जतिसुकै बिग्रियोस् अर्थतन्त्रलाई अगाडि बढ्न दिनुपर्छ’, उहाँले भन्नुभयो ।
महासंघले दुई अंकको आर्थिक वृद्धिदर चाहेको बताउँदै उहाँले विदेशी लगानीलाई नेपाल भित्र्याउनुपर्ने बताउनुभयो । ‘हामीले दुई अंकको आर्थिक वृद्धिदर चाहेका छौँ, त्यसका लागि विश्वको अर्थतन्त्र धानेका दुई ठूला देश भारत र चीनको लगानी भित्र्याउनु आवश्यक छ’, वरिष्ठ उपाध्यक्ष राजकर्णिकारले भन्नुभयो । त्यसको लागि वार्षिक चार लाख स्वरोजगारी निमार्णमा समेत उहाँको जोड थियो ।
भारतीय अर्थतन्त्रले धानेको देशमा भारतीय नम्बर प्लेटका गाडीमा रोक लगाउनु स्वाधीन अर्थतन्त्र निर्माण नहुने उहाँको भनाइ थियो । ‘आज उहाँहरुले भारतीय नम्बर प्लेटका साधनहरु रोक्दै हुनुहुन्छ, उहाँहरुकै कारण पूर्णरुपमा नेपाली लगानी भएको शिखर सुज बन्द अवस्थामा छ’, राजकर्णिकारले भन्नुभयो ।
चितवनमा ठूलो प्रदर्शनीस्थलको आवश्यक रहेको भन्दै चितवनवासीले पहल थाले महासंघले सहयोग गर्ने उहाँले प्रतिबद्धता जाहेर गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको मेला व्यवस्थापन समितिका संयोजक कल्याणकृष्ण ताम्राकारले यस्ता मेलाले बेरोजगारी समस्या समाधान गर्न सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराई, उद्योग संघका केन्द्रीय सदस्य ताराप्रसाद पौडेललगायतले बोल्नुभएको थियो । कार्यक्रम युवा समाज भरतपुरका अध्यक्ष असिम भट्टराईको अध्यक्षतामा भएको थियो ।
असोज २२ गतेसम्म चल्ने मेलामा १२० वटा स्टल रहेका छन् । मेला अवधिभर राष्ट्रयस्तरका कलाकारहरुले सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।


चौसट्ठी क्यारेट भारतीय माछा नियन्त्रणमा

रत्ननगर । भारतबाट अवैध रुपमा ल्याएको एक ट्रक माछा मत्स्य व्यवसायी समिति चितवनले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको छ । पत्रकारको रोहवरमा ट्रकमा रहेको ६४ क्यारेट माछा इलाका प्रहरी कार्यालय रत्ननगरको जिम्मा लगाएको हो ।
भन्सारबाट अवैध तरिकाबाट नेपाल भित्र्याइएको माछा बिहीबार राति साढे १० बजे रत्ननगरको टाँडीचोकबाट मत्स्य व्यवसायी समितिले नियन्त्रणमा लिएको थियो । भन्सारमा क्वारेनटाइन पास नभएको माछा खान योग्य नभएको मत्स्य व्यवसायी समिति चितवनका सदस्य सन्देश सिंखडाले जानकारी दिनुभयो ।
भारतको आन्ध्र प्रदेशबाट काठमाडौंको जयमहादेवी शक्तिमा इन्टरप्राईजेजमा लैजान ल्याइएको थियो । भारतीय नम्बर प्लेटको ट्रकमा २५ क्विन्टल ६० किलो माछा रहेको र भन्सारमा रकम दिएर नेपाल भित्र्याइएको कागजपत्र आफूहरुले पाएको सिंखडाले बताउनुभयो ।
मत्स्य व्यवसायी समितिले भारतबाट आयात हुने माछामा फर्मालिन प्रयोग गरी ल्याएको भएकोले स्वदेशमा नै उत्पादन भएको माछा प्रयोगमा जोड दिँदै आएको छ ।


शान्ति समाजको १५औं राष्ट्रिय परिषद् चितवनमा हुने

भरतपुर । मानवअधिकार तथा शान्ति समाजको १५औं राष्ट्रिय परिषद् बैठक चितवनमा हुनेभएको छ ।
स्वतन्त्रता हाम्रो प्राण हो, अहिंसा जीवनको आधार हो भन्ने मूलनाराका साथ आगामी मंसिर २९ र ३० गते चितवनमा परिषद् बैठक गर्न लागिएको समाजले शुक्रबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
बैठकमा ४५ जिल्लाबाट दुई सयभन्दा बढी समाजका प्रतिनिधि सहभागी हुने छन् । कार्यक्रममा मादकपदार्थ तथा सुर्तीजन्य पदार्थको भने निषेध गरिने बताइएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै समाजका केन्द्रीय अध्यक्ष होमकान्त चौलागार्इंले समाजको १५ औं राष्ट्रिय परिषद् बैठक लोकतन्त्रको संस्थागत गर्दै मुलुकलाई दिशा दिनेखालका प्रस्तावहरु लगिने बताउनुभयो । अबको आफूहरुको आन्दोलन भनेको स्वतन्त्रताको रक्षा अभियानमा केन्द्रित हुने उहाँको भनाइ थियो । 
उहाँले संवैधानिक रिक्तता भएको समयमा देश फेरि द्वन्द्वमा फस्ने खतरा बढेको बताउनुभयो । जनताले आशा र भरोसा गरेका राजनीतिक दलले मानवअधिकार सम्मत् संविधान दिन नसकेको भन्दै उहाँले यसको मुख्य दोषी प्रमुख तीन दल र प्रधानमन्त्री डा.बाबुराम भट्टराई भएको आरोप लगाउनुभयो ।
समाजका जिल्ला अध्यक्ष राजेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रीय पूर्वउपसभापति उद्धव लोहोनीलगायतले बोल्नुभएको थियो ।


‘इनोसेन्स अफ मुस्लिम’को प्रशारण रोक्न माग

नारायणगढ । मुस्लिम एकता समाज चितवनले अमेरिकामा बनेको चलचित्र ‘इनोसेन्स अफ मुस्लिम’को प्रशारणमा रोक लगाउन पहल गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय चितवनमार्फत सरकारलाई शुक्रबार ज्ञापनपत्र बुझाएको छ ।
मुस्लिमहरुको आस्थाका भगवान हजरत महम्मदलाई चलचित्रमा यौन पिपासुको रुपमा चित्रण गरी सम्पूर्ण मुस्लिमहरुको आस्थामा आघात पु¥याएको समाजका अध्यक्ष सलिम मिया शेखले बताउनुभयो । अमेरिकाले अरु धर्मको अस्तित्व स्वीकार नगर्ने गरेको भन्दै कहिले कुरान जलाउने, कहिले बुद्धको तस्बिर जुत्तामा बनाउनेलगायतका धर्मविरोधी कार्य गर्दै आएको उहाँले आरोप लगाउनुभयो ।
उनीहरुले दिनको जुमाको नमाजपछि हरेक मस्जितहरुबाट शान्तिपूर्ण जुलुशसहित जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र बुझाएका हुन् । चलचित्रको प्रोमोसन विज्ञापन अनलाइनमा गुगलको भिडियो सेयरिङ् सञ्जाल युटुवमा आएपछि यसको विरोध गरिँदै आएको छ ।
संघले अनलाइनमार्फत सार्वजनिक गरिएको चलचित्रको प्रोमोसन विज्ञापनमा धर्मगुरू पैगम्बर हजरत मोहम्मद र उहाँकी धर्मपत्नी हजरत खाजिदा रजीउल्लाह ताला अन्हाको प्रतीकका रुपमा उभ्याइएका पात्रहरुलाई अश्लील देखाइएको भन्दै अध्यक्ष सेखले चलचित्रमा देखाइएजस्तो मोहम्मदको तस्बिर सार्वजनिक नभएको दावी गर्नुभयो ।
‘धर्मगुरू मोहम्मदको नाममा देखाईएको चुम्बनको दृश्य आपत्तिजनक छ, जुन उहाँबाट कहिल्यै भएन’, शुक्रबार सरकारलाई बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ ।


ठक्करबाट वृद्धको मृत्यु

भरतपुर । भरतपुर–१० रमाइलोचोकमा स्कुटरले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ ।
ना २१ प ८२६८ स्कुटीले बाटोमा हिँडिरहेका वृद्ध ९२ वर्षीय पदमबहादुर ढकाललाई ठक्कर दिएको थियो । स्कुटरको ठक्करबाट घाइते भएका ढकालको उपचारका क्रममा मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


चितवनका जग्गा व्यवसायी मरिससमा

भरतपुर । विश्वकै सुन्दर देशहरुमध्येकै एक अफ्रिकाको मरिससको विकासका बारेमा अध्ययन गर्न चितवनको जग्गा व्यवसायीहरुको टोली मरिसस पुगेका छन् ।
टोलीले त्यहाँको विकासका बारेमा जानकारी लिएर फर्कने बताइएको छ । मरिसस विश्वकै सुन्दर देशहरुमध्येमा एक पर्दछ । यो सुन्दर टापु पनि हो । असोज ६ गते मरिसस प्रस्थान गरेका व्यवसायीहरुको टोली असोज १४ गते फर्कने छन् ।
नारायणी जग्गा तथा व्यवसायी संघ चितवनका अध्यक्ष दिनेशकुमार चुकेको सयोजकत्वमा मरिसस पुगेको टोलीमा ३७ जना व्यवसायीहरु रहेका छन् । उनीहरुले त्यहाँका व्यवसायी तथा विज्ञहरुसँग त्यो सहरको विकासका बारेमा जनकारी लिनेछन् ।
संघका सदस्य गौरीशंकर सापकोटाले व्यवसायीहरुको यो भ्रमणले चितवनको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।


Thursday, September 27, 2012

माओवादीद्वरा चितवन वन्द

नारायणगढ । नेकपा–माओवादीले आफ्ना कार्यकर्ता गिरफ्तारीको विरोधमा आज शुक्रबार आह्वान गरेको चितवन बन्दका कारण चितवनको जनजीवन विहानै देखि प्रभावित भएको छ ।

भरतीय उत्पादनको नेपाल आयातमा रोक लगाउँदै आएको माओवादीले बिहिबार राति भारतीय नम्वर प्लेटको ट्रकमा आएको माछालाई नियन्त्रणमा लिने क्रममा पूर्वीचितवनमा आफ्ना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको भन्दै बन्द गरेको हो । प्रहरीले माओवादीका कार्यकर्ताहरुलाई जिल्ला प्रहरी कार्यालय भरतपुरमा राखेको छ ।

बन्दका कारण लामा तथा छोटा दुरीका सवारी साधन चल्न सकेका छैनन् भने विहानै देखि सञ्चालनमा आउने शैक्षिक संस्थाहरु समेत बन्द भएका छन् । माओवादीले आफ्ना कार्यकर्ता नछाड्दा सम्म बन्द जारी रहेने जनाएको छ ।

विमान दुर्घट्ना, १९ यात्रुको निधन



काठमाडौ   काठमाडौंबाट सोलुको लुक्लाका लागि उडेको सीता एयरको 9N AHA डोर्नियर विमान त्रिभुवन विमानस्थलबाट उडेको २ मिनेट भित्रै दुर्घट्ना भएको छ । विमानमा आकाशमै आगो लागेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । विमान लोकन्थली मनोहरा खोला छेउमा दुर्घट्ना भएको छ । विमानमा रहेका १९ जना सबैको निधन भएको छ ।
बिहान ६ बजेर १५ मिनेटमा उडेको विमानमा आकाशमै आगो लागेको थियो । विमानमा १५ जना विदेशी नागरिक, ३ जना चालक दल तथा १ जना नेपाली यात्रु थिए । विमानको पछिल्लो भाग बाहेक सम्पूर्ण भाग जलेको छ । विमानका चालक विजय तन्डुलकर थिए । दुर्घट्नाको कारण खुल्न सकेको छैन । विमानमा केही खराबी भएर वा चरा ठोक्किएर दुर्घट्ना भएको हो बारे अनुसन्धान भइरहेको छ । चालक तन्डुलकरले त्रिभुवन विमानस्थल टावरसंग विमान फर्काउन लागेको सूचना दिना साथ दुर्घट्ना भएको बताइएको छ । चालक तन्डुलकारले विमानलाई मनोहरा खोलामा अवतरण गराउने प्रयास गरेको अनुमान गरिएको छ । तर, त्यसमा  पनि उनी सफल हुन सकेका छैन । वस्तीभन्दा बाहिर भने विमानलाई झारेर थप क्षति हुनबाट उनले जोगाएका छन् ।
विमानका को पाइलट टाकेसी थापा र एयर होस्टेस रुझा शाक्य थिए । विमानमा रहेका विदेशीहरु बि्रटिश, जापनिज र इटालयिन नागरिक थिए ।

‘गुणस्तरका लागि परीक्षा प्रणाली परिवर्तन आवश्यक’

गैँडाकोट । शैक्षिक गुणस्तरका लागि परीक्षा प्रणालीमा परिवर्तन गरिनुपर्ने आवश्यक रहेको पोखरा विश्वविद्यालयका उपकुलपति खगेन्द्रप्रसाद भट्टराईले बताउनुभएको छ । बिहीबारबाट गैँडाकोटमा सुरू भएको ‘विश्व परिवेशमा नेपालको शैक्षिक वातावरण’ विषयक दुई दिने कार्यशाला गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
नेपालमा परीक्षाको मिति सार्ने परिपाटी नराम्रोसँग मौलाउँदै गएको छ’, उपकुलपति भट्टराईले भन्नुभयो, ‘विद्यार्थीहरु चाँडो परीक्षा सञ्चालनको माग गर्लान् भन्दा परीक्षा मिति सार्न माग गर्छन् ।’ शैक्षिक गुणस्तरका लागि शैक्षिक क्यालेण्डर लागू गरी समयमा परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्नुपर्ने उहाँको भनाइ थियो ।
मुलुकको विकास शिक्षाको विकासविना सम्भव नभएको बताउँदै उहाँले भन्नुभयो, ‘समुदायले परिचालन गरेका, सरकारले नियन्त्रण गरेका र निजी क्षेत्रले लगानी गरेका शैक्षिक संस्थाहरुले मुलुकको शैक्षिक मेरुदण्डको काम गरेका छन्’, कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका प्राध्यापक भट्टराईले भन्नुभयो, ‘हामीले अझै गर्न बाँकी छ ।’
विश्वका मञ्चहरुमा हामीले नेपाललाई संसारको एक गरिब मुलुकका रुपमा चित्रण गर्नुपर्ने बाध्यता कायम रहेकोमा उहाँले दुःख व्यक्त गर्नुभयो । मुलुकमा शैक्षिक बेरोजगारी व्याप्त रहेको उहाँले बताउनुभयो ।
‘एउटा पीएचडी गरेको व्यक्ति न्यूरोडको पिपलबोटमा गएर जुत्ता पोलिस गरेर बस्नु कहाँसम्मको दुर्भाग्य हो ?’, उहाँले प्रश्न गर्नुभयो । शैक्षिक संस्थाहरु डिग्रीका सर्टिफिकेट उत्पादन गर्ने कारखाना भएको भन्दै उहाँले गुणस्तरीय जनशक्ति निर्माणको खाँचो रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाल इन्जिनियरिङ एसोसिएसन भरतपुर च्याप्टरका अध्यक्ष ईश्वरीप्रसाद कँडेलले शैक्षिक गुणस्तर खस्कँदै गएको प्रति दुःख व्यक्त गर्नुभयो । ‘पूवार्धारविना नै संस्था सञ्चालनको अनुमति दिँदा शैक्षिक गुणस्तर खस्किएको छ’, उहाँले भन्नुभयो । विद्यालय तथा कलेजले पनि विद्यार्थीको योग्यताभन्दा पनि पैसालाई मह¤व दिन थालेको उहाँको आरोप थियो ।
कार्यक्रममा प्राध्यापक डा. दीपक भट्टराई, बोष्टन कलेजका अध्यक्ष आनन्दबहादुर चन्दलगायतले बोल्नुभएको थियो । कार्यशालमा ‘गुणस्तरीय इन्जिनियरिङ शिक्षा’, वायरलेस कम्युनिकेशन, व्यवस्थापन र नेतृत्व, व्यवस्थापन शिक्षा र यसको मह¤व विषयक फरकफरक कार्यपत्र प्रस्तुत गरिने छ ।
आज शुक्रबारसम्म चल्ने कार्यशालाको उद्घाटनसत्र आयोजक अक्सफोर्ड कलेज गैँडाकोटका प्राचार्य हरि भण्डारीको अध्यक्षतामा भएको थियो ।


अर्काे वर्षायामभित्र गण्डक बाँधको मर्मत पूरा ः प्रम

नर्सही (नवलपरासी) । प्रधानमन्त्री डा बाबुराम भट्टराईले नारायणी नदीमा आएको बाढीका कारण क्षतिग्रस्त गण्डक बाँधको मर्मतसम्भारको सम्पूर्ण कार्य आगामी वर्षायामअगावै पूरा गर्न भरमग्दुर प्रयास भइरहेको बताउनुभएको छ ।
नारायणी नदी कटान क्षेत्रको बिहीबार स्थलगत निरीक्षणपछि स्थानीय समुदायलाई सम्बोधन गर्दै प्रधानमन्त्री भट्टराईले भारतसँग मिलेर चाँडोभन्दा चाँडो नदी कटान नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
‘नेपाल र भारत सरकारबीच सन् १९५९ मा सम्पत्र गण्डक सम्झौताबमोजिम गण्डक नहर बराज, बाँध र यसको विषयक्षेत्रमा पर्ने नदी कटान नियन्त्रण, मर्मत सम्भार र सुधारलगायत सम्पूर्ण कार्य भारतीय पक्षको जिम्मेवारी भित्रको विषय हो’, सम्झौताअनुसार शीघ्र मर्मत सम्भारको काम थाल्न भारतको केन्द्र सरकारलाई कूटनीतिक माध्यमबाट अनुरोध भइसकेको जानकारी दिँदै प्रधानमन्त्रीले भत्रुभयो ।
नारायणी नदीमाथि बनेको गण्डक बराजबाट तल बाँध क्षेत्रमा नेपाली भूमिमा नदीको बहावलाई नियन्त्रित गर्न निर्माण गरिएका सबै प्रकारका भौतिक संरचनाको रेखदेख, मर्मत सम्भार, सुधार एवम् पुनःनिर्माणसम्बन्धी सम्पूर्ण कार्यको जिम्मेवारी भारतको उत्तरप्रदेश राज्य सरकारमा रहेको उहाँले उल्लेख गर्नुभयो ।
बाँध मर्मतका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन नेपाल सरकार प्रतिबद्ध रहेको र त्यसको जानकारी भारतीय पक्षलाई गराइसकेको जानकारी दिँदै प्रधानमन्त्री डा भट्टराईले उनीहरुले पनि संवेदनशील भएर काम गर्ने दृढता व्यक्त गरेको बताउनुभयो ।
प्राकृतिक विपत्तिको नियन्त्रण एकैपटक हुन नसक्ने र पूर्व सावधानी अपनाएर क्षति रोक्ने प्रयास दुवै पक्ष मिलेर गर्नुपर्छ भन्दै उहाँले भारतले पनि जोखिम न्यूनीकरण गर्न काम थालिसकेको बताउनुभयो ।
भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठीले गण्डक नदी नियन्त्रणका लागि सरकार अत्यन्त संवेदनशील रहेको उल्लेख गर्दै छिटो समस्या समाधान गर्न तथा स्थानीय बासिन्दाका पीरमर्का बुझ्न प्रधानमन्त्रीस्वयम् प्रभावित स्थलमा आउनुभएको स्पष्ट गर्नुभयो ।
यही असोज २ गतेदेखि ६ गतेसम्म आएको भीषण बाढीले नर्सही गाविस–६ को जलैया र बेल्टाडीस्थित १२ नं स्परमा व्यापक रूपमा कटान गरेपछि १० मिटर दूरीमा रहेको बाँधसमेत भत्किने र नर्सही, पक्लिहवा, गुठी पर्सौनी, गुठी सूर्यपुरा, बैदौली, ठूलो खैरटवा, रमपुरवा, सोमनी, रामपुर खडौना, कुडिया, प्रतापपुर गाविसहरुलाई पूर्ण क्षति पु¥याउने तथा एक लाखभन्दा बढी बासिन्दा विस्थापित हुने अवस्था छ ।


अब रिक्सा चालक पनि मापसेको दायरामा

नारायणगढ । मादकपदार्थ सेवन गरेर यातायातका साधन चलाउनेलार्ई कारबाही गर्दै आएको जिल्ला ट्राफिक प्रहरीले अब केही दिनपछि मादक पदार्थ सेवन गरी रिक्सा चलाउने चालकलाई समेत कारबाही गर्ने भएको छ ।
बिहीबार नारायणगढमा भएको रिक्सा व्यवसायी संघको साधरण सभामा बोल्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कृष्णदत्त भट्टले यस्तो बताउनुभएको हो ।
‘मापसे गरेर रिक्सा चलाउने चालकहरुका कारण दुर्घटना बढ्दै गएको र यात्रुलाई समेत अपशव्द प्रयोग गर्ने गरेको गुनासोको आधारमा उनीहरुलाई पनि कारबाहीको दायरामा ल्याउँदै छाँै’, उहाँले भन्नुभयो । रिक्सा वातावरणमैत्री साधन भइकन पनि चालकहरुका कारण समस्या भएको उहाँको भनाइ थियो ।
यता, रिक्सा चालकहरुको आपराधिक गतिविधिमा संलग्नता बढेको पाइएकोले व्यवसायीहरु सतर्क हुनुपर्ने वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख मोहन महराले बताउनुभयो । चितवनमा एक हजार ७०३ वटा रिक्सा दर्ता भएकोमा हाल एक हजार ३०० को हाराहारीमा सञ्चालनमा रहेको संघका सचिव प्रेम सुवेदीले जानकारी गराउनुभयो ।
कार्यक्रममा संघका पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको थियो । संघका अध्यक्ष वीरेन्द्र लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि भरतपुर नगरपालिकाका प्रशासकीय अधिकृत टीकाराम कँडेल हुनुहुन्थ्यो ।
यसैबीच जिल्ला प्रहरी कार्यालय चितवनको सवारी चेकजाँचमा बुधबार राति ४१ जना सवारी चालक कारबाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयले गरेको सो चेकजाँचको क्रममा ६ हजार ५ सय रुपैँया राजस्व संकलन गरिएको छ । 


Wednesday, September 26, 2012

ज्वरोले मर्नेको संख्या तेह्र पुग्यो बाह्र हजार बढी प्रभावित, माडीमा स्वास्थ्यकर्मीको टोली

विधुर ढकाल / बसन्त पराजुली
भरतपुर । भाइरल ज्वरोको कारण चितवनमा मर्नेहरुको संख्या १३ पुगेको छ । त्यस्तै ज्वरोबाट करिब १२ हजारभन्दा बढी प्रभावित भएका छन् । मंगलबार माडी गर्दीका एकै परिवारका दुई दिदीबहिनी र नवलपरासी देउरालीकी एक युवतीको मृत्यु भएसँगै मर्नेहरुको संख्या १३ पुगेको हो ।
मंगलबार बिहान भरतपुर अस्पतालमा माडी–८ गर्दीकी १९ वर्षीया लेखा रेग्मी र दिउँसो उपचारका लागि भरतपुर अस्पतालबाट काठमाडौं लगिएकी उनीकी बहिनी १७ वर्षीया मेनका रेग्मी र चितवन मेडिकल कलेज भरतपुरमा देउराली–८ नवलपरासीकी १८ वर्षीया चिनमाया रजालीको मृत्यु भएको सम्बन्धित अस्पतालहरुले जनाएका छन् ।
यता, जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरले भने मृत्यु हुनेहरुको संख्या आठ पुगेको जनाएको छ । जसमध्ये भरतपुर अस्पतालमा दुई, चितवन मेडिकल कलेजमा छ जनाको मृत्यु भएको कार्यालयका भेक्टर कन्ट्रोलर राम केसीले जानकारी दिनुभयो । यो तथ्याङ्कमा काठमाडौंमा उपचारका क्रममा मृत्यु भएकी मेनुकालाई समावेश गरिएको छैन ।
त्यस्तै उहाँका अनुसार स्कुल अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुर (पुरानो मेडिकल कलेज)बाट कुनै पनि बिरामीको मृत्यु भएको जानकारीमा आएको छैन । सम्बन्धित अस्पतालहरुले सही सूचना नदिँदा यकिन तथ्याङ्क भन्न कठिन भएको भेक्टर कन्ट्रोलर केसीले बताउनुभयो ।
पुरानो मेडिकल कलेजका फिजिसियन डा. शंकर लौडारीका अनुसार अस्पतालमा उपचारका लागि आएका चार जनाको मृत्यु भएको छ । ‘जनस्वास्थ्य कार्यालयलाई दिएको तथ्याङ्क मेडिकल वार्डको भएको र अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा यस अवधिमा चार जनाको मृत्यु भएको छ’, डा. लौडारीले भन्नुभयो ।
यसरी मृत्यु हुनेहरु अधिकांश जिल्लाबाहिरका बिरामीहरु रहेको सम्बन्धित अस्पतालहरुले जनाएका छन् । मृत्यु भएका बिरामीहरुमा समयमा नै अस्पताल नआएका कारण उनीहरुको मृत्यु भएको चिकित्सकहरु बताउँछन् ।
‘ज्वरो आएको लामो समयसम्म गाउँघरका मेडिकलहरुमा औषधि चलाउँछन् अनि अन्तिम भएपछि अस्पतालमा आउँछन्’, चितवन मेडिकल कलेजका फिजिसियन डा. अरुण सेढाईंले भन्नुभयो, ‘अन्तिम अवस्थामा हामीले हरसम्भव प्रयास गर्दा पनि बचाउन सकिँदैन ।’ ज्वरोका बिरामीहरुको उच्च ज्वोरोसँगै निमोनियाका कारण शरीरका अंगहरुले काम गर्न छाडेर मृत्यु भएको डा. सेडाईंले बताउनुभयो ।
असारयता, अस्पतालमा बिरामीहरुको चाप बढिरहेको तथ्याङ्कले देखाएको छ । चितवनका ठूला अस्पतालसहित निजी अस्पतालहरुमा गत असारयता १२ हजार १४५ जना बिरामीहरुको स्वास्थ्य परीक्षण भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार असार महिनामा दुई हजार १७२, साउन महिनामा तीन हजार २८६ जना र भाद्र महिनामा छ हजार ६८७ जनाको स्वास्थ्य परीक्षण भएको छ । यो तथ्याङ्कले पनि ज्वरोका बिरामीहरुको संख्यामा वृद्धि हुँदै गइरहेको देखाउँछ ।
भाद्र महिनाको अन्त्यतिर केही नियन्त्रणमा आएको ज्वरो असोजको पहिलो हप्तामा परेको अविरल वर्षासँगै वृद्धि भएको जनस्वास्थ्य कार्यालयका निमित्त जनस्वास्थ्य प्रशासक जयराम दुवाडीले बताउनुभयो ।
यता, एकै परिवारका दुई दिदीबहिनीसहित तीन जनाको मृत्यु भएको चितवनको माडी क्षेत्रमा स्वास्थ्य सहायकको नेतृत्वमा तीन सदस्यीय स्वास्थ्यकर्मीको टोली गएको छ । बुधबारबाटै माडी गर्दी गाविसको ७ र ८ नम्बर वडाका स्थानीय बासिन्दाको स्वास्थ्य परीक्षण कार्य सुरू गरेको छ ।
कार्यालयका स्वास्थ्य सहायक निर्मल घिमिरेको नेतृत्वमा प्रयोगशाला प्रविधिज्ञ भीमनाथ घिमिरे र अहेव गोविन्द पौडेलसहितको टोली माडी पुगेर बिरामीहरुको अवस्थाका बारेमा अध्ययन गरिरहेको जनस्वास्थ्य कार्यालयका निमित्त प्रशासक दुवाडीले जानकारी दिनुभयो ।
गर्दी गाविसका यी दुई वडामा ज्वरोको प्रकोप उच्च रहेको गुनासोका आधारमा कार्यालयले टोली त्यसतर्फ पठाएको हो । मंगलबार मृत्युभएका रेग्मी दिदीबहिनी ८ नं. वडाका हुन भने मृतक अर्का एक पुरूष ७ नं. वडाका हुन् ।
टोलीसँग डेङ्गु, मलेरियालगायतका रोगको परीक्षणका लागि किट रहेको जनाइएको छ । टोली शुक्रबार साँझसम्म माडीमा रहने छ ।



‘श्रीमानसँगै श्रीमतीलाई पनि लालपुर्जा चाहियो’

ठिमुरा । जग्गाको लालपुर्जा श्रीमान् श्रीमती दुबैको नाममा निकाल्न राष्ट्रिय भूमिअधिकार मञ्च नेपालले देशव्यापी अभियान चलाउने भएको छ । चितवनको रामनगर ठिमुरामा बुधबारबाट सुरू भएको मञ्चको तेस्रो राष्ट्रिय परिषद्मा यसबारेमा विस्तृत छलफल गरेर कार्यक्रमहरु तय गर्ने मञ्चका केन्द्रीय अध्यक्ष सोमप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
गत वर्षको बजेट भाषणमा सरकारले श्रीमान् श्रीमती दुबैको नाममा लालपुर्जा निकाल्न प्रोत्साहन गर्ने नीति ल्याएको थियो । ‘नेपालमा ९० प्रतिशत महिलाहरु कृषि पेसामा संलग्न भएका छन् । तर उनीहरुको नाममा जग्गा छैन । हामीले श्रीमान् श्रीमती दुबैको नाममा लालपुर्जा निस्कनु पर्छ भनेका थियौं, जुन गत वर्ष सुनुवाइ भएको छ’, अध्यक्ष भण्डारीले भन्नुभयो ।
संयुक्त लालपुर्जा निकाल्दा एक सय रुपैयाँ राजस्व तिर्नु पर्छ । सरकारले नीतिमा समेटे पनि यो कुरालाई जनस्तरसम्म पु¥याउन नसकेको अध्यक्ष भण्डारीले बताउनुभयो । मञ्चको देशका ५२ जिल्लामा समितिहरु निर्माण भएको छ । ती समितिमार्फत संकलित विवरणका अनुसार जम्मा २९१ जनाले संयुक्त लालपुर्जा निकालेको उहाँले जानकारी दिनुभयो ।
मञ्चले भूमिसुधारको योजना तयार गर्न गाउँस्तरमै कार्यक्रम गर्ने तयारी गर्दै छ । ‘हामी ५२ जिल्लाका एक÷एकवटा गाविस छनौट गर्ने छौं । त्यहाँको वस्तुस्थिति अध्ययन गर्ने छौं । त्यसैको आधारमा भूमिसुधार नीति तयार गरेर सरकारलाई बुझाउने छौं’, अध्यक्ष भण्डारीले भन्नुभयो । समस्या नभोगेकाले भन्दा समस्या भोगेकाले नै राम्रो भूमिसुधार योजना बनाउने उहाँले बताउनुभयो ।
सरकारलाई बारम्बार आग्रह गर्दा पनि अझैसम्म भूमिसुधारको गतिलो योजना नल्याएको हुँदा आफूहरुले प्रयास गरेको उहाँले बताउनुभयो । ‘हामीले प्रधानमन्त्रीलाई भेटेर कुरा राख्यांै । सबै दलको कार्यालयमा गएर ज्ञापनपत्र बुझाएका थियौं, तर किन हो कसैले हाम्रो कुरा नसुनेपछि हामी नै भूमिसुधार योजना बनाउन लागेका हौं’, मञ्चकी उपाध्यक्ष गुलावदेवी रामले भन्नुभयो ।
‘सुरक्षित घरबास सबैलाई, खेतीयोग्य जमिन किसानलाई’ भन्ने नाराका साथ मञ्चले देशव्यापी अभियान चलाउन लागेको हो । अरु व्यक्तिको जमिनमा खेती गर्ने धेरै किसानको अवस्था नाजुक रहेको मञ्चकी सदस्य सञ्चमाया तमाङले बताउनुभयो । यसरी खेती गर्नेले पुस्तांै बिताए पनि मोही कायम पर्ने प्रमाण नरहेको उहाँले सुनाउनुभयो ।
मञ्चका केन्द्रीय सदस्य तथा लोपोन्मुख आदिवासी समुदायका भुन्टे राजीले सरकारले लोपोन्मुखहरुलाई भूमि दिनुपर्ने बताउनुभयो । ‘राजीजस्तो लोपोन्मुख जातिले प्रतिव्यक्ति एक हजार रुपैयाँ मासिक भत्ता पाएको छ । तर यो भत्ताभन्दा जग्गा जमिन दिएर खेती गर्ने सीप पनि सिकाए हाम्रो उन्नत्ति हुने थियो’ राजीले भन्नुभयो ।
मञ्चका अध्यक्ष भण्डारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि चितवन जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल हुनुहुन्थ्यो । जिविसका सूचना अधिकृत बलराम लुईंटेल, मञ्चका संरक्षक बलदेव राम, सप्तरीकी अध्यक्ष रिकमा विकलगायतले बोलेका थिए ।
vie: echitwanpost.net


ज्वरोले मर्नेको संख्या बाह्र पुग्यो , स्वास्थ्य सहायकको नेतृत्वमा माडीमा स्वास्थ्य कर्मीको टोली

भरतपुर । भाइरल ज्वरोको कारण चितवनमा मर्नेहरुको संख्या १२ पुगेको छ । बुधबार माडी गर्दीका एकै परिवारका दुई दिदीवहिनी र नवलपरासी देउरालीकी एक युवतीको मृत्यु भएसँगै मर्नेहरुको संख्या १२ पुगेको हो ।
बुधबार विहान भरतपुर अस्पतालमा माडी–८ गर्दीकी १९ वर्षीया लेखा रेग्मी र दिउसो उपचारका लागि भरतपुर अस्पतालबाट काठमाडौं लगिएकी उनीकी वहिनी १७ वर्षीया मेनका रेग्मी र चितवन मेडिकल कलेज भरतपुरमा देउराली–८ नवलपरासीकी १८ वर्षीया चिनमाया रजालीको मृत्यु भएको संवन्धीत अस्पतालहरुले जनाएका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरले भने मृत्यु हुनेहरुको संख्या ८ पुगेको जनाएको छ । जसमध्ये भरतपुर अस्पतालमा २, चितवन मेडिकल कलेजमा ६ जनाको मृत्युभएको कार्यालयका भेक्टर कन्ट्रोलर राम केसीले जानकारी दिनुभयो । उहाँका अनुसार स्कुल अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुर (पुरानो मेडिकल कलेज)बाट कुनै पनि विरामीको मृत्यु भएको जानकारीमा आएको छैन् । यता पुरानो मेडिकल कलेजका फिजिसियन डा. संखर लौडारीका अनुसार अस्पतालमा उपचारका लागि आएका चार जनाको मृत्यु भएको छ ।
‘जनस्वास्थ्य कार्यालयलाई दिएको तथ्याङ् मेडिकल वार्डको भएको र अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा यस अवधीमा चार जनाको मृत्यु भएको छ’, डा. लौडारीले भन्नुभयो ।


यता एकै परिवारका दुई दिदीवहिनी सहित तीन जनाको मृत्युभएको चितवनको माडी क्षेत्रमा स्वास्थ्य सहायकको नेतृत्वमा तीन सदस्यीय स्वास्थ्य कर्मीको टोली गएको छ । टोलीले बुधबार ज्वारोका कारण मृत्युभएका रेग्मी दिदीवहिनीको गाउँमा स्वास्थ्य परिक्षण गरिरहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । वृस्तृत विरण आउन वाँकी ..................................

नेकपा माओवादीको भारतीय वस्तुमाथि अवरोध

नारायणगढ । नवगठित नेकपा–माओवादीको अवरोधका कारण बिहीबार चितवनमा भारतीय नम्वर प्लेटका यातायातका साधनहरु चल्न सकेनन् भने भारतीय चलचित्र एवम् टेलिभिजन च्यानलहरु समेत प्रशारण भएनन् । माओवादीको तामसालिङ् राज्यले असोज १० गते वीहिबारबाट मंसिर १० सम्म राज्यमा भारतीय नंवर प्लेटका सवारी साधन, भारतीय चलचित्र, टेलीभिजन च्यानल, भारतीय प्रकाशन र उत्पादन भित्राउन रोक लगाएको हो ।
माओवादीको अवरोधका कारण चितवनमा सञ्चालित केवल च्यानलहरुले भारतीय च्यानल प्रशारण वन्द गरेका छन् । त्यस्तै नारायणगढका सिनेमा घरहरुमा समेत भारतीय चललित्र प्रर्दशन बन्द गरिएको छ । यहाँका जल्मा तथा इन्द्रदेव चलचित्र मन्दिरमा बुधबारसम्म प्रर्दशनमा रहेका हिन्दी चलचित्रलाई रोक लगाईएपछि पहिले प्रर्दशन गरि उत्रिएका नेपाली चलचित्र पर्दशन गरिएका छन् ।
माओवादीले नेपाली वजारलाई भारतीय उत्पादनले हस्तक्षेप गर्दा नेपाली उत्पादन तथा व्यवसायीहरु धारासायी भएको भन्दै भारतीय उत्पादनलाई रोक लगाएको हो । माओवादीका जिल्ला इञ्चार्ज सोभा कट्टेलले स्वदेशी उत्पादनमा नै आत्मनिर्भर रहेका वस्तुमा रोक लगाएको बताउनुभयो । ‘नेपाली उत्पादनले आत्मनिर्भर भएका भारतीय उत्पादनलाई रोक लगाएका हौँ’, उहाँले भन्नुभयो, ‘कृषी उत्पादन केरा, मह, तरकारी, कुखुराजन्य वस्तुमा नेपाल आत्मनिर्भर छ, नेपाली उत्पादनलाई संरक्षण गर्नुपर्दछ ।’
पार्टी नेपाल आत्मनिर्भर नभएक पेट्रोलीयम पदार्थलगायतका वस्तुलाई भने रोक नलगाउने जनाएको छ । आन्दोलनको कार्यक्रम अनुरुप माओवादीका कार्यकर्ताहरुले नारायणगढको पुलचोक तथा पूर्वीचितवनको तरकारी चोकमा टेन्ट टाँगेर भारतीय उत्पादन तथा यातायातका साधनलाई अवरोध गरेका छन् ।
तामसालिङ् राज्य अन्तर्गतका जिल्लाहरुमा आन्दोलन भईरहेको जनाएको पार्टिले यसलाई देशव्यापीरुपमा लैजाने जनाएको छ । आन्दोलन मंसिर १० गतेसम्म दूई महिना चल्ने छ ।

Tuesday, September 25, 2012

उच्च ज्वरोले एकै दिन दिदी–बहिनीको ज्यान लियो, पछिल्लो समय उच्च ज्वरोले मर्नेको संख्या नौ

‘चितवनमा तीन प्रकारका ज्वरो’  
भरतपुर । उच्च ज्वरोका कारण चितवनमा एकै दिन एकै घरका दुई दिदी–बहिनीको मृत्यु भएको छ । माडी गर्दी–८ की १९ वर्षीया लेखा रेग्मी र १७ वर्षीया मेनुका रेग्मीको मंगलबार मृत्यु भएको हो ।
दिदी लेखाको भरतपुर अस्पतालमा उपचारका क्रममा बिहान ४ बजे मृत्यु भएको हो भने बहिनी मेनुकाको थप उपचारका क्रममा काठमाडांै लगिएपछि मृत्यु भएको हो । मेनुकालाई मंगलबार बिहानमात्रै भरतपुर अस्पतालबाट  थप उपचारका लागि काठमाडांै लगिएको थियो । दुबै दिदी–बहिनीको देवघाटमा दाहसंस्कार गरिएको छ । दिदीको बिहान र बहिनीको बेलुका दाहसंस्कार गरिएको हो ।
गर्दी गाविस वडा नम्बर ८ लक्ष्मनिया बस्ने घनश्याम रेग्मीका दुई छोरीहरु लेखा र मेनुकाको ज्वरोकै कारण मृत्यु भएपछि अहिले गाउँ नै शोकमा डुबेको छ । मृत्यु कुन ज्वरोका कारण हो भन्ने यकिन खुल्न सकेको छैन । दुबै दिदी–बहिनीको उपचारमा संलग्न भरतपुर अस्पतालका फिजिसियन डा. भोजराज अधिकारीले भाइरल ज्वरोका कारण निमोनिया भएर दुबैको मृत्यु भएकोे प्रारम्भिक अध्ययनले देखाएको बताउनुभयो ।
‘छोटो समयमात्रै भरतपुर अस्पतालमा उपचार गराएकाले हामीले सबै परीक्षण गर्न त पाएनांै तर पनि दुबै दिदी–बहिनीको ‘पल्मोनरी इडिमा’ (फोक्सोमा पानी जमेर सेतो हुनु) भएको देखिन्छ’, डा.अधिकारीले चितवन पोष्टसँग भन्नुभयो, ‘यो अवस्था भाइरल ज्वरोका कारण पनि हुन सक्छ । भाइरल ज्वरोको संक्रमणले पनि यो समस्या निम्त्याउन सक्छ ।’
भरतपुर अस्पतालका अर्का फिजिसियन डा. शशिजंग पाण्डे पछिल्लो समय ज्वरोका कारण उपचार गराउन आउने बिरामीमा थप जटिलता थपिँदै गएको बताउनुभयो । ‘चितवनमा ज्वरोका बिरामीमा एक्कासि थप जटिलता भएर गम्भीर अवस्थामा पु¥याइरहेको छ’, उहाँले भन्नुभयो ।
चितवनमा पछिल्लो समय ज्वरोका बिरामी एक्कासि बढेर गएको छ । पछिल्लो समय दुई दिदी–बहिनीको मृत्युसहित उच्च ज्वरोका कारण चितवनका अस्पतालहरुमा मर्नेको संख्या नौ पुगेको छ । सम्बन्धित अस्पतालका चिकित्सकहरुका अनुसार साउनयता भरतपुर अस्पतालमा चार, चितवन मेडिकल कलेजमा चार र भरतपुर मेडिकल कलेजमा एक जना ज्वरोका बिरामीको उपचारका क्रममा मृत्यु भएको छ । हजारौं प्रभावित भएका छन् ।
यी तिनै अस्पतालमा अहिले पनि आईसीयूका अधिकांश शøया ज्वरोका बिरामीले भरिएका छन् । चितवन मेडिकल कलेजका फिजिसियन डा. शीतल अधिकारी ज्वरोको संक्रमण बढ्दै गएकाले सकेसम्म सार्वजनिक ठाउँ र सामूहिक रुपमा बसोवास गर्ने काम रोक्नु पर्ने बताउनुहुन्छ ।
‘विशेषत अहिलेको ज्वरो सरुवा हो । श्वास–प्रश्वास, हेलमेलका कारण पनि ज्वरो सर्न सक्छ’, उहाँले भन्नुभयो, ‘अहिलेको ज्वरोको नियन्त्रण भनेको ज्वरो आएको मानिसले सकेसम्म घरबाट ननिस्कने र एकोहोरो धेरै ज्वरो आइरहे वा श्वास–प्रश्वासमा समस्या भए अस्पतालमा सम्पर्क गरेमात्रै पनि ज्वरोको बिरामी घटाउन सकिन्छ ।’ उहाँले ज्वरो नियन्त्रणका लागि जनचेतना आवश्यक रहेको पनि औंल्याउनुभयो । 

‘चितवनमा तीन प्रकारका ज्वरो’  
भरतपुर ।  चितवनमा फैलिएको ज्वरोमा ‘इन्फ्युएन्जा एच वान् एन् वान्’ अर्थात् ‘स्वाइन फ्लु’, ‘इन्फ्युएन्जा बी’ र ‘ल्याप्टोस्पाइरोसिस’ देखिएको छ । चितवनका अस्पतालहरुमा उपचार गराइरहेकाहरु मध्येबाट रगतको नमुना संकलन गरी राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा सो रोग पाइएको हो ।
भरतपुरबाट परीक्षणका लागि पठाइएको ३५ जनाको रगतमध्ये इन्फ्युन्जा एच वान् एन् वान्का सात, इन्फ्युएन्जा बीका सात र ल्याप्टोस्पाइरोसिसका सात बिरामी भेटिएको पाइएको छ । यस्तै यो परीक्षणमा डेंगुका बिरामी भने एक जनामात्रै पाइएको छ ।
दुई साताअघि चितवनबाट रगत संकलन गरी पठाइएको सो परीक्षणको प्रतिवेदन प्रयोगशालाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाइसकेको छ भने सो महाशाखाले जिल्ला जनस्वास्थ्य कार्यालयलाई पनि यो रिपोर्ट पठाएको छ ।
विश्व स्वास्थ्य संगठनले केही वर्षअघिसम्म स्वाइनफ्ल्युलाई महामारी रोग मान्दथ्यो । तर अहिले यो रोगलाई पनि संगठनले सामान्य भाइरलको रुपमा लिने गरेको छ । इन्फ्युन्जा बी पनि रुघाखोकी लाग्ने सामान्य भाइरल ज्वरो मानिन्छ । यी दुबै रोग सरुवा हुन् ।
यस्तै लेप्टोपाइरोसिस भने बढी खेतबारीमा काम गर्नेमा देखिन्छ । मुसालगायतकाले टोकेका खण्डमा यो रोग लाग्ने गर्छ । सबै रोगका लक्षण भनेको उस्तैउस्तै मानिन्छन् । चिकित्सकहरुका अनुसार रुघाखोकी लाग्ने, ज्वरो आउने यी रोगका लक्षण हुन् । 


आक्रमणको विरोधमा बजार बन्द

रत्ननगर । पूर्वी चितवनको खैरहनी पर्सामा रहेको अरुण इम्पेक्सका सञ्चालक हेमराज आचार्यमाथि भएको आक्रमणको विरोधमा मंगलबार टा“डी र पर्सा बजार बन्द गरिएको छ । रत्ननगर उद्योग वाणिज्य संघ र पीडित पक्षबीच यातायात खुलाउने र बजार बन्द गर्ने मौखिक सहमति गरी टा“डी बजार बन्द गरिएको हो ।
उता, घटनाका आक्रमणकारीलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग गर्दै विरोधमा स्थानीयवासी र व्यवसायीहरुले शान्ति सुरक्षाको मागसहित दुई घण्टा यातायात र बजार बन्द गरी प्रदर्शन गरेका थिए । बिहान ११ बजेबाट गरिएको बजार बन्द बेलुका ५ बजे खुलेको थियो ।
खैरहनीको पर्सामा बिहान उद्योग वाणिज्य संघको अगुवाइमा विरोध ¥याली निकालिएको संघ खैरहनीका अध्यक्ष केशवराज पाठकले जानकारी दिनुभयो । ¥यालीपछि पर्सा बजारमै विरोध सभामा समेत गरिएको थियो । यस्तै रत्ननगरको बकुलहरमा पनि ¥याली तथा विरोध सभा गरिएको थियो ।
सोमबार पर्सामा आचार्यमाथि दुई जनाको संख्यामा आएका नचिनेका व्यक्तिको समूहले आक्रमण गरी उहा“सँग रहेको पाँच लाख ११ हजार रुपैयाँ लुटेका थिए ।
आक्रमणबाट दाहिने हातमा गम्भीर चोट लागेका आचार्यलाई उपचारका लागि काठमाडौको बी एण्ड बी अस्पतालमा राखिएकोे छ । आक्रमणकारीलाई तत्काल पक्राउ गरी कारबाहीको माग गर्दै रत्ननगर उद्योग वाणिज्य संघ र खैरहनी उद्योग वाणिज्य संघले मंगलबार प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीलाई ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्र बुझदै प्रमुख जिल्ला अधिकारी दवाडीले आचार्यमाथि आक्रमण गर्नेको खोजी कार्य भइरहेको र दोषी उम्कन नदिने बताउनुभयो ।
यसैबीच नेविसंघ चितवनले प्यारागन उच्च मावि रत्ननगरका पूर्व इकाइ अध्यक्ष हेमराज आचार्यमाथि भएको आक्रमणको विरोध गरेको छ । नेविसंघ जिल्ला अध्यक्ष उत्तम जोशीले निकालेको विज्ञप्तिमा आक्रमण गर्ने दोषीउपर कडा कारबाही गर्न माग गरिएको छ ।


फेरि बोक्सीको आरोपमा यातना

बर्दिवास । महोत्तरी जिल्लाको सहसौला—५ मा एक महिला बोक्सीको आरोपमा प्रताडित भएकी छन् । आफ्नै छिमेकीहरूले ३० वर्षीया देवी यादवलाई बोक्सीको आरोपमा कुटपिट गरेको पीडितका परिवारजनले बताएका छन् । देवीलाई रामएकवाल यादव, सियाराम यादव र सञ्जीव यादवसहितले गाउँका केटाकेटीलाई टुनामुना गरेर बिरामी बनाएको भन्दै सोमबार कुटपिट गरेका थिए ।
घटनाको रामगोपालपुरस्थित इलाका प्रहरी कार्यालयले पनि पुष्टि गरेको छ । इप्रका रामगोपालपुरका प्रमुख एवम् प्रहरी नायब निरीक्षक रामदुलार मण्डलले कुटपिटमा घाइते भएकी देवी र सञ्जीव यादवलाई इलाका स्वास्थ्यचौकीमा प्राथमिक उपचार गराई थप उपचारका लागि जनकपुर अञ्चल अस्पताल पठाइएको जानकारी दिनुभयो ।
आरोपित व्यक्तिहरूले बोक्सीको नाउँमा देवीमाथि कुटपिट नभएको बताएका छन् । आफ्नै बस्ती अगाडिको सडकमा फोहर गरेको निहुँमा भएको झगडालाई देवीका परिवारजनले बोक्सीका नाउँमा कुटपिट गरेकी भनेर घटनालाई अतिरञ्जित बनाएको रामएकवाल यादवको भनाइ छ ।
इप्रका रामगोपालपुरले घटनामा संलग्नहरूको खोजी भइरहेको जनाएको छ ।

echitwanpost.net

लागूऔषधसहित एक जना पक्राउ

वीरगन्ज । प्रतिबन्धित लागूऔषधसहित काठमाडौँ महानगरपालिका–३ का प्रकाश क्षेत्रीलाई प्रहरीले सोमबार साँझ वीरगन्ज बसपार्कबाट पक्राउ गरेको छ ।
अस्थायी प्रहरीचौकी बसपार्क वीरगन्जले नियमित जा“च गर्नेक्रममा लागूऔषध ३०० थान नाइट्रोभेट र १४० थान टिटीसहित क्षेत्रीलाई पक्राउ गरेको हो । शङ्का लागेर प्रहरीले उनको जिउ खानतलासी गर्दा कपडामा बेरिएर जिउमा लुकाइरहेको अवस्थामा लागूऔषध फेला परेको अस्थायी प्रहरी चौकी बसपार्कका प्रमुख प्रहरी नायब निरीक्षक हस्तबहादुर ताम्राकारले बताउनुभयो ।
यसैगरी अस्थायी प्रहरी चौकी बहुअर्वाभाटाबाट गएको प्रहरीको गस्ती टोलीले गा“जा च्याप्ने मेसिन बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार अस्थायी प्रहरी चौकी बहुअर्वाभाटाबाट गएको प्रहरीको गस्ती टोलीले सोमबार विश्रामपुर–९ स्थित राजकुमार कलवारको घरमा छापा मारेर एक थान गा“जा च्याप्ने मेसिन बरामद गरेको हो ।

Monday, September 24, 2012

शिक्षा गुणस्तरीय बनाउन समुदायस्तरबाटै पहल आवश्यक

नारायणगढ । सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि समुदायस्तरबाट नै पहल गर्नुपर्ने शिक्षा विभागका महानिर्देशक महाश्रम शर्माले बताउनुभएको छ ।
नारायणगढमा विजय विकास श्रोत केन्द्रले आयोजना गरेको स्थानीयस्तरमा सुशासन प्रबद्र्धन र सुदृढीकरणका लागि सामाजिक जवाफदेहीता कार्यक्रमको अनुभव आदानप्रदान कार्यशालामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
विद्यालय सुधारका कार्यहरु धेरै भएको भन्दै सामुदायिक स्तरबाट ती कार्यहरुलाई एक साथ जोडेर लैजानुपर्ने उहाँको भनाइ थियो । ‘हामीले धेरै गरेका छौँ, फेरि पनि हामीले शून्यबाट थालनी गर्नुपर्ने आवश्यकता छैन ।’
महानिर्देशक शर्माले भन्नुभयो, भएका कामहरुलाई गाँस्दै र त्यसमा नयाँ काम थप्दै जाने हो भने शैक्षिक सुधार हुन सक्छ ।’ त्यसको लागि विद्यालयले आफँै सूचकको निर्माण गरी समुदायको सहयोगमा सूचकहरुको प्रयोग गर्दै जानुपर्ने आवश्यकता रहेको उहाँले जोड दिनुभयो ।
नेपालका हरेक विद्यालयमा शैक्षिक सुशासन कायम गनुपर्ने भन्दै विभाग सधै त्यसका लगि सहकार्य गर्न तयार रहेको शर्माको भनाइ थियो । शिक्षा हरेक पूर्वाधारसँग जोडिएर रहेको भन्दै यसको विकासका लागि अन्य क्षेत्रको पनि सुधार गर्नुपर्ने उहाँले बताउनुभयो ।
‘शिक्षालाई मात्र सुधार गरेर हुँदैन, यो विकासका हरेक क्षेत्रसँग अन्तरसम्बन्धित छ’, महानिर्देशक शर्माले थप्नुभयो, ‘यसका लागि अन्य क्षेत्रहरुको पनि सुधार आवश्यक रहेको छ ।’
देशभर रहेका ३४ हजार सामुदायिक विद्यालयमा शैक्षिक सुशासन कायम गर्दै जानुपर्ने उहाँको भनाइ थियो । एक अर्काे प्रसंगमा महानिर्देशक शर्माले तोकिएको २२० दिन कक्षा सञ्चालन गर्नुपर्ने दायित्व विद्यालयको रहेको बताउनुभयो ।
केही समयअगाडि एक शिक्षक संगठनको सम्मेलनमा चितवनका विद्यालयहरु बन्द भएको र तीज मनाउन निजी विद्यालयले पाँच दिनसम्म विद्यालय बन्द गरेको भन्दै यसका लागि विभागले कस्तो कारबाही अगाडि बढाउँछ भन्ने पत्रकारको जिज्ञासामा उहाँले स्थानीय क्षेत्रमा अनुगमन गर्ने जिम्मा जिल्ला शिक्षा कार्यालयको भएकोले यसमा शिक्षा कार्यालयले अनुगमन गर्ने बताउनुभयो ।
‘हामीले यतिमात्र भन्ने २२० दिन विद्यालय सञ्चालन हुनुपर्छ, कसरी गर्ने के गर्ने भन्ने स्थानीय अभिभावक शिक्षक, विद्यार्थी र विद्यालयको जिम्मेवारी हो’, महानिर्देशक शर्माले भन्नुभयो । कक्षा १ मा भर्ना भएका १०० विद्यार्थीमध्ये १५ जनामात्र एसएलसी उत्तीर्ण हुने गरेको भन्दै त्यसलाई सुधारका लागि विभागले पहल गर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा विजय विकास श्रोत केन्द्रका प्रमुख सामाजिक जवाफदेहीता अभ्यासकर्ता वीरभद्र सापकोटाले केन्द्रले नवलपरासीका २१ विद्यालयमा अनुगमन गर्दा १६० दिनमात्र कक्षा सञ्चालन भएको पाइएको जानकारी दिनुभयो । सामुदायिक विद्यालयहरुमा जवाफदेहीता बढाउनका लागि नियमित अनुगमनको आवश्यकता रहेको उहाँले औँल्याउनुभयो ।
कार्यक्रममा सीईसीआईका प्रान प्रमुख माधव कार्की नवलपरासीका जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा, चितवनका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा, राष्ट्रिय उच्च माविकी विद्यार्थी ममता विकलगायतले बोल्नुभएको थियो ।
कार्यक्रम केन्द्रका अध्यक्ष नारायण सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।


आक्रमण गरी पाँच लाख बढी लुटपाट, घटनाको सर्वत्र विरोध, दोषीलाई कारबाही माग

भरतपुर । पूर्वी चितवनको पर्सास्थित आईएमईको शाखा अरुण इम्पेक्सका सञ्चालक हेमराज आचार्यलाई आक्रमण गरी उनीसँग रहेको पाँच लाख ११ हजार रुपैयाँ लुटपाट भएको छ । दुई जनाको समूहमा रहेका अज्ञात व्यक्तिहरुले आचार्यलाई खुकुरीले आक्रमण गरी नगद लुटी लगेको इलाका प्रहरी कार्यालय पर्साले जनाएको छ ।
लुम्बिनी बैंक पर्सा शाखाबाट झिकेर रकम लिई कार्यालय जाँदै गर्दा कार्यालयअगाडि नै सो आक्रमण तथा लुटपाट भएको हो । आक्रमणबाट पूर्वी चितवनको टाँडीका आचार्यको दाहिने हातमा गम्भीर चोट लागेको छ । उनको काठमाडौंमा उपचार भइरहेको छ । घटनालगत्तै लुटेराहरु फरार भएको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै घाइते आचार्यका आफन्तहरुले आक्रमणको विरोधमा सोमबार एक घण्टा पूर्वी चितवनको रत्ननगरस्थित टाँडीमा चक्काजाम गरे । आक्रमणमा संलग्न दोषीलाई तत्काल पत्ता लगाइ कडाभन्दा कडा कारबाही गर्न माग गर्दै उनीहरुले दिउँसो २ बजेदेखि एक घण्टा राजमार्गमा यातायात ठप्प पारेका थिए ।
यसैबीच उवासंघ रत्ननगरले एक विज्ञप्ति जारी गरी आपराधिक घटनामा संलग्न व्यक्तिहरुको तत्काल खोजी गरी कडाभन्दा कडा कारबाहीको माग गरेको छ । संघले घाइते आचार्यको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । विज्ञप्तिमा यस्ता आपराधिक घटनाहरु पुनः दोहोरिन नदिनका लागि सरोकारवाला निकायसँग अपिल गरिएको छ ।
त्यस्तै अभियान टेलिभिजनले एक विज्ञप्ति जारी गरी आफ्ना संस्थापक सेयर सदस्य हेमराज आचार्यमाथि भएको सांघातिक आक्रमणप्रति भत्र्सना गरेको छ ।
‘प्रहरीकै सामुन्ने हाम्रा सेयर सदस्यमाथि आक्रमण हु“दा पनि प्रहरी मुकदर्शकमात्र बनेको अवस्थाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा उल्लेख छ, ‘कुनै पनि व्यवसायमा संलग्न व्यक्तिलाई निर्वाध रुपमा व्यवसाय गर्ने र हिँड्नेसम्मको पनि वातावरण नहुनु अत्यन्तै दुःखद् बिषय हो । यो घटनाले प्रशासनको फितलो सुरक्षा व्यवस्था स्पष्ट दर्शाएको छ ।’
विज्ञप्तिमा आक्रमणमा संलग्नलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न प्रशासनस“ग माग गरिएको छ ।
यसैबीच सोही घटनाकोे विषयलाई लिएर एनेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा–माओवादीनिकट युवाहरुले संघर्ष समिति गठन गरेका छन् ।
राजेन्द्र कोइरालाको संयोजकमा बनेको समितिमा स्वरुप सुयाँल, सुरेश पुन, सुदर्शन सुवेदी, बाबा पराजुली, विवेक थापा, मुरली गजुरेल र प्रेम प्रधान सदस्य रहेका छन् । समितिले आज मंगलबार प्रशासन घेराउ तथा विरोध ¥याली गर्ने बताइएको छ ।


विभिन्न घटनामा तीनको मृत्यु, ३१ घाइते

भरतपुर । एकीकृत नेकपा माओवादी चितवनका सल्लाहकार गणेशकुमार श्रेष्ठको दुर्घटनामा परी निधन भएको छ । आइतबार साँझ घाइतेलाई लिएर आउँदै गरेको ना१च ९१२४ नम्बरको एम्बुलेन्सको ठक्करबाट श्रेष्ठको निधन भएको हो । उहाँको सोमबारै दाहसंस्कार गरिएको छ ।
रुखबाट खसेर घाइते भएका पश्चिम चितवनको गुञ्जनगर–५ का ५० वर्षीय नन्दकिशोर मगरलाई भरतपुर ल्याउँदै गरेको एम्बुलेन्सले श्रेष्ठलाई ठक्कर दिएको थियो । यसैबीच श्रेष्ठलाई ठक्कर दिने एम्बुलेन्समा रहेका घाइतेको पनि उपचारका क्रममा मेडिकल कलेज भरतपुरमा मृत्यु भएको छ । रुखमा चढेर घिराँैला टिप्नेक्रममा लडेर मगर घाइते भएका थिए ।
यसैबीच नेवा राष्ट्रिय मुक्ति मोर्चा चितवनले मोर्चाका केन्द्रीय सल्लाहकार सदस्य गणेशकुमार श्रेष्ठको निधनप्रति गहिरो दुःख प्रकट गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।
यता, जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी जवान जीवन राईको डिउटीमा रहेको अवस्थामा छतबाट लडेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयको सपिङ कम्प्लेक्सको हाइप्वाइण्ट पोष्टमा डिउटीको क्रममा राति साढे १ बजे छतबाट लडेर गम्भीर घाइते भएका राईको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैबीच पश्चिम चितवनको गीतानगरमा सोमबार यात्रुबहाक बस पल्ँिटदा ३१ जना घाइते भएका छन् । माडीबाट नारायणगढ आउँदै गरेको ना ३ ख ३९६२ नम्बरको बस पटिहानी–५ पुल्लरस्थित नालामा पल्टिएको हो ।
दुर्घटनामा परी घाइते भएका सबै यात्रु उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ । बस, चालक र सहचालकलाई इलाका प्रहरी कार्यालय गीतानगरले नियन्त्रणमा लिएको छ ।


विद्यार्थीद्वारा थप आन्दोलनको घोषणा

भरतपुर । संयुक्त विद्यार्थी संघर्ष समिति चितवनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध र शैक्षिक आन्दोलनको कार्यक्रमलाई सँगसँगै लैजाने निर्णय गरेको छ । सोही निर्णयबमोजिम आन्दोलनका कार्यक्रम घोषणा भएको छ ।
संघर्ष समितिको सोमबार बसेको बैठकले थप आन्दोलनको कार्यक्रम पनि घोषणा गरेको छ । आन्दोलनका कार्यक्रमअन्तर्गत सोमबारै वीरेन्द्र बहुमुखी क्याम्पस र रामपुर क्याम्पसमा कालो झन्डा गाडी विरोध सभा गरेको नेविसंघका जिल्ला अध्यक्ष उत्तम जोशीले जानकारी दिनुभयो ।
आज मंगलबार लोडसेडिङको विरोधमा भरतपुर विद्युत प्राधिकरण अगाडि धर्ना दिने, १० गते साँझ पुल्चोकमा कोणसभा गर्ने, ११ गते १० बजे एक घन्टा जिल्ला शिक्षा कार्यालयमा धर्ना दिने र १२ गते जिल्ला प्रशासनमा धर्ना दिने कार्यक्रम रहेको संघर्ष समितिले जनाएको छ ।


आर्थिक छानविन गर्न समिति गठन

भरतपुर । एकीकृत नेकपा माओवादीभित्रको आर्थिक अवस्था छानविन गर्न चितवनमा पनि समिति गठन भएको छ । एकीकृत नेकपा माओवादी चितवनका सहसेक्रेटरी यमबहादुर परियार इन्द्रजीतको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन भएको हो ।
समितिमा प्रभु महतो र कुलप्रसाद भुषाल सदस्य रहेका छन् । समितिले चितवनमा रहेको एकीकृत नेकपा माओवादीका जिल्लास्तरका नेता कार्यकर्ताहरुको सम्पत्तिका बारेमा छानविन गर्ने बताइएको छ । समितिले छिट्टै आफ्नो कार्य सुरू गर्ने संयोजक परियारले जानकारी दिनुभयो ।
एकीकृत नेकपा माओवादीभित्र आर्थिक अनियमितता भएको भन्दै कार्यकर्ताहरुले नै छानविन गर्नुपर्ने माग गरेपछि केन्द्रीयस्तरमा नै नेता अमिक शेरचनको संयोजकत्वमा सम्पत्ति छानविन समिति गठन भएको थियो ।


विभिन्न रोगपीडित कर्मचारीलाई सहयोग

भरतपुर । पव्लिक क्याम्पस प्राध्यापक संघ र कर्मचारी संघ सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुरले विभिन्न रोगले पीडित उपप्रध्यापक तथा क्याम्पसका कर्मचारीलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
सोमबार आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा मृगौलापीडित उपप्रध्यापक रुद्र खरेल तथा क्यान्सरपीडित लेखा नियन्त्रक तोयानाथ भट्टराईलाई आर्थिक सहयोग प्रदान गरिएको हो ।
प्राध्यापक संघले हालै मृगौला प्रत्यारोपण गराउनुभएका उपप्रध्यापक खरेललाई चार लाख ६२ हजार ७६८ रुपैयाँको चेक हस्तान्तरण गरेको छ । त्यस्तै क्यान्सरपीडित लेखा नियन्त्रक भट्टराईलाई प्राध्यापक संघको तर्फबाट चार लाख ४३ हजार १११ रुपैयाँ तथा कर्मचारी संघको तर्फबाट ७० हजार ७०० रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।
प्राध्यापक संघका इकाइ अध्यक्ष खेमनारायण सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष टेकबहादुर थापा हुनुहुन्थ्यो ।


Sunday, September 23, 2012

ज्वरोले थप एक जनाको मृत्यु

भरतपुर । केही महिनादेखि चितवनमा फैलिएको भाइरल ज्वरोले थप एक जनाको मृत्यु भएको छ । भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारका क्रममा हेटाँैडाकी २० वर्षीया युवतीको मृत्यु भएको अस्पतालका मेडिकल विभागका फिजिसियन डा. अरुण सेडार्इंले जानकारी दिनुभयो । उनको गत २ गते मंगलबार मृत्यु भएको हो ।
योसँगै चितवनमा भाइरल ज्वरोका कारण मृत्यु हुनेको संख्या सात पुगेको छ । यसअघि फैलिएको ‘इन्फ्लुयन्जा बी’का कारण छ जनाको मृत्यु भएको थियो । विगत केही महिनादेखि फैलिएको ज्वरो केही नियन्त्रणमा आए पनि उपचारका लागि आउने बिरामीहरुको संख्यामा भने कमी नआएको उहाँको भनाइ छ । जाँचका लागि बहिरंग विभागमा आएका दैनिक २५० जना बिरामीमध्ये करिव १०० जना भाइरल ज्वरोका बिरामीहरु हुने गरेको उहाँले जानकारी दिनुभयो ।
‘केही दिन अगाडि बिरामीको संख्यामा कमी आएको भए पनि फेरि दुई दिन यता बिरामीको संख्यामा वृद्धि भएको छ’, डा. सेडाईंले भन्नुभयो । अस्पतालमा रहेको मेडिकल वार्डमा समेत करिब ५० प्रतिशतको हाराहारीमा भाइरल ज्वरोका बिरामीहरु रहेको उहाँले बताउनुभयो ।
यता भरतपुर अस्पतालमा समेत भाइरलका बिरामीको चाप उत्तिकै कायम रहेको अस्पतालले जनाएको छ । अस्पतालको मेडिकल वार्डमा भर्ना हुने बिरामीहरुमध्ये ६० प्रतिशतको हाराहारीमा भाइरल ज्वरोका बिरामीहरु रहेको अस्पतालका फिजिसियन डा. भोजराज अधिकारीले जानकारी दिनुभयो । मेडिकल वार्डमा बिरामीको चापका कारण बिरामीहरु चिसो भुइँमा नै उपचार गराउन बाध्य भएको उहाँले बताउनुभयो ।
त्यस्तै अस्पतालमा बहिरंग विभागको मेडिकल विभागमा दैनिक १५० देखि २०० को हाराहारीमा बिरामीहरु आइरहेको डा. अधिकारीले जानकारी दिनुभयो । अस्पतालले दिएको जानकारीअनुसार आइतबारमात्र १७० जना बिरामी बहिरंग विभागको मेडिकल विभागमा जाँचका लागि अएका थिए ।
‘अस्पतालमा आएका बिरामीहरुमध्ये अधिकांश सुरुवाती अवस्थाका रहेका छन्’, उहाँले भन्नुभयो, ‘यसरी आएका बिरामीमा उत्पादनशील उमेरका बिरामीहरु बढी रहेका छन् ।’ चितवनमा फैलिएको ज्वरो ‘इन्फ्लुएन्जा बी’ रहेको चिकित्सकहरुले जनाएका छन् । रोगको बारेमा पत्ता लगाउन काठमाडौंमा परीक्षणका लागि नमुना पठाइएको छ ।



१२२ पसलहरुमा अनुगमन

भरतपुर । जिल्ला प्रशासन कार्यालय चितवनले गत साउन १७ गतेदेखि भाद्र मसान्तसम्ममा १२२ वटा पसलहरुमा अनुगमन गरेको छ । आइतबार  कार्यालयमा भएको नियमित पत्रकार भेटघाट कार्यक्रममा यस्तो जानकारी गराइएको हो ।
अनुगमनका क्रमका परीक्षणका लागि पठाइएका ८ वटा खाद्यवस्तुको नमुना मध्ये ३ वटामा अखाद्य वस्तु भेटिएको अनुगमन समितिका प्रमुख तथा सहायक प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले जानकारी दिनुभयो ।  समितिले  ९१ वटा किराना पसलसहित २३ वटा औषधि पसल, ६ वटा होटल र २ वटा उद्योगमा अनुगमन गरेको थियो ।  कार्यक्रममा चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपककुमार थापाले जिल्लाको शान्ति सुरक्षामा कुनै पनि खलल आउन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
‘यहाँको मुख्य समस्या भनेको गुण्डागर्दी हो कुनै पनि हालतमा यसलाई नियन्त्रणमा ल्याउँछु’, प्रहरी उपरीक्षक थापाले भन्नुभयो, ‘लागूऔषध कारोबार देह व्यापार तथा सामाजिक विकृति अन्त्य गर्ने छु ।’
आफ्नो काममा कतैबाट दबाब आए पनि नछोड्ने उहाँले दावी गर्नुभयो । ‘मेरो चितवनसँग कुनै पनि व्यक्तिगत सम्बन्ध छैन, कामको सम्बन्ध हो मेरो काममा कुनै दबाब आए पनि छाड्दिनँ’, उहाँले भन्नुभयो, ‘यदी कहिँकतैबाट दबाब आए पत्रकारसम्मेलन गरेर सार्वजनिक गरिदिन्छु ।’
कार्यक्रम प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीको अध्यक्षतामा भएको थियो । 



Saturday, September 22, 2012

खुल्ला दिसामुक्त जिल्ला घोषणाको एक वर्ष

प्रतिबद्धताअनुसार उपलव्धि शून्य  

एक वर्षअघि नारायणगढको क्याम्पाचौरमा भएको घोषणा सभामा उडाउन लागिएको बेलुन । जसको प्रमुख अतिथि तत्कालीन सभामुख सुवास नेम्बाङ हुनुहुन्थ्यो ।
विधुर ढकाल
भरतपुर । चितवन जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरेको शनिबार एक वर्ष पुगेको छ । यस अवधिमा चितवन जिल्लामा ११ वटा सार्वजनिक शौचालय निर्माण हुनुपर्ने हो तर भएका छैनन् । एउटा शौचालय बनेर सञ्चालनमा आए पनि अरुको कुनै ठेगान छैन ।
भरतपुर नगरपालिकामा ११ वटा सार्वजनिक शौचालय रहे पनि पूर्णत प्रयोगविहीन नै छन् । त्यसमाथि पनि रत्ननगर नगरपालिकामा एउटा पनि सार्वजनिक शौचालय छैनभन्दा अचम्म लाग्न सक्छ ।
यो एक वर्षमा जिल्लालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्नुसिवाय अन्य कुनै ठूला उपलव्धिहरु यसबीचमा हुन सकेनन् । मात्र भयो भने राज्य तथा अन्य निकायको करिब १६ करोड रुपैयाँ खर्च भयो । खर्च कति भएको हो अझै पनि यकिन आउन नसकेको जिल्ला विकास समितिका योजना शाखाका इन्जिनियर माधव उप्रेतीले बताउनुभयो ।
‘जिल्लाका धेरै संघसंस्थाबाट खर्च भएको हो । ती सबै संस्थाले आफ्नो कति यकिन खर्च भएको हो जिविसलाई बुझाइसकेका छैनन्’, उहाँले भन्नुभयो, ‘कार्यालयसँग जानकारी भएको खर्चमात्र १५ करोड ६२ लाख नौ हजार ३९४ रुपैयाँ हो ।’
खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्न सबैभन्दा बढी जिल्ला शिक्षा कार्यालयको पाँच करोड २३ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । त्यसपछि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको दुई करोड ५४ लाख ३६ हजार ४५६ रुपैयाँ, मध्यवर्ती सामुदायिक वनको दुई करोड जिल्ला विकास समितिको एक करोड पाँच लाख रुपैयाँ खर्च भएको जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले प्रकाशित गरेको प्रतिवेदनमा उल्लेख छ ।     
जिल्ला विकास समितिले यसबीचमा सार्वजनिक शौचायल निर्माणको आवश्यकता अध्ययन गर्न बनाएको समितिले बल्ल एक वर्षपछि प्रतिवेदन पेश गरेको इन्जिनियर उप्रेतीले जानकारी दिनुभयो । वार्षिकी आउन लाग्दा एक पटक फेरि सक्रिय रहेको देखाउन जिविसको स्वच्छता समन्वय समितिले राजमार्गका पेट्रोल पम्पका शौचालय अनुगमन गरेको छ । अनुगमनबाट २३ शौचालयमध्ये एउटामात्र व्यवस्थित रहेको पाइएको टोलीका संयोजक इन्जिनियर उप्रेतीको भनाइ छ ।
त्यस्तै भरतपुरको दीवा पेट्रोल पम्पमा सार्वजनिक शौचालय नै नभएको पाइएको उहाँले जानकारी दिनुभयो । यो समितिले पनि प्रतिवेदन तयार पारेर जिविसलाई बुझाउने भनिएको छ । यसअगाडि बनेको समितिको प्रतिवेदन बल्ल जिविसमा पुगेको सन्दर्भमा फेरि अर्काे प्रतिवेदन पेश हुँदा जिविसले कस्तो कार्यान्वयन गर्नेछ त्यो हेर्न भने बाँकी नै छ ।                    
यता, खुल्ला दिसामुक्त जिल्ला घोषणा भएको एक वर्ष पूरा भएको अवसरमा जिल्ला विकास समितिले वार्षिकोत्सव मनाएको छ । खर्च अनुरुप जुन नतिजा दिनु पर्ने हो त्यो दिन नसक्दा आम चितवनवासीमा भने जुन उत्साह एक वर्ष अगाडि थियो त्यो उत्साह अहिले सिथिल हुँदै गएको देखिन्छ ।
‘हामीमा जुन उत्साह र उमङ्ग थियो, त्यो अहिले हराएर गएको हो कि भन्ने अभास भइरहेको छ’, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईले शनिबार आयोजित वार्षिकोत्सव समारोह कार्यक्रममा बोल्दै भन्नुभयो, ‘हाम्रा चालहरुमा शिथिलता आएको हो कि ? सोच्नुपर्ने बेला आएको छ ।’ जिल्लालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्दा जुन प्रतिबद्धता भएका थिए ती पूरा गर्नेतर्फ अग्रसर हुन जरुरी रहेको उहाँले आँैल्याउनुभयो ।
चितवनमा आउने पर्यटकहरुलाई सार्वजनिक शौचायल नहुँदा समस्या आएको उहाँको भनाइ थियो । ‘अझै पनि भारतीय पर्यटकहरु आउने र खुल्ला ठाउँ वा जंगललाई शौचालयको रुपमा प्रयोग गर्नेक्रम रोकिएको छैन’, डा. भट्टराईले भन्नुभयो, ‘रात्रि सेवाका बसहरुमा चड्ने यात्रीहरुलाई पनि शौचालयको अभाव अझै छ ।’
यता, बजेट लक्षित स्थानमा पुग्न नसकेको आरोप पनि लाग्ने गरेको छ । एकीकृत नेकपा माओवादीका जिल्ला सम्मेलन आयोजक समिति चितवनका संयोजक घनश्याम दाहालले कार्यक्रमको रकम मनोरञ्जनमा समेत खर्च भएको भन्दै आपत्ति जनाउनुभयो । ‘मैले सुने घोषणा सभा भएको दुई तीन दिनपछि पोखरा गएर मनोरञ्जनमा पैसा खर्च गरियो’, उहाँले भन्नुभयो, ‘मनोरञ्जनमा गरिने खर्च लक्षित कार्यक्रममा गर्नुपर्छ ।’
जिल्लालाई पूर्ण सरसफाइयुक्त जिल्लाको रुपमा घोषणा गर्ने लक्ष्यका साथ जिल्लाका सरकारी तथा गैरसरकारी निकाय लागिरहँदा चितवनका सहरी क्षेत्रमा रहेका सडकबालबालिका समस्याको रुपमा रहेका नेपाली काँग्रेसका कोषाध्यक्ष सुरवीर पोखरेलले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नारायणगढका सडकलाई आफ्नो थातथलो बनाएर बसेका सडक बालबालिकाहरुको लागि शौचालयको व्यवस्था खोई ?, सार्वजनिक शौचालय त बटुवाका लागि हुन् ।’ खान र बस्नको ठेगान नभएका उनीहरुलाई सरसफाइ र स्वस्छ पानीको व्यवस्था कसरी गर्ने यो नै मुख्य समस्या रहेको उहाँको भनाइ थियो ।





नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी