Tuesday, July 31, 2012

मधेसवादी दल भारतको एजेन्ट ः पोखरेल


भरतपुर । नेकपा एमालेका सचिव शंकर पोखरेलले मधेसवादी दल भारतको एजेन्ट भएको आरोप लगाउनुभएको छ । उहाँले मधेसी जनताको अधिकारको विषयमा बोल्नुभन्दा भारतको वकालत गर्दै हिँड्ने परिपाटी मधेसी नेताहरुमा रहेको आरोप लगाउनुभयो ।
नेकपा एमाले स्कुल विभाग चितवनले मंगलबार भरतपुरमा राखेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै सचिव पोखरेलले नेपालको हितभन्दा भारतको स्वार्थलाई सर्वोपरि राखेर मधेसी नेताहरुले वकालत गर्नेगरेको बताउनुभयो ।
मधेसी जनताको अधिकार सुनिश्चित पार्नको लागि बोल्नुपर्ने अवस्थामा भारतको प्रवक्ताको रुपमा मधेसवादी दलहरुले आफ्नो गतिविधि देखाइरहेको सचिव पोखरेलले बताउनुभयो । ‘छिमेकी राष्ट्र भारतलाई हामीले छिमेकीकै रुपमा हेर्नु पर्दछ, त्योभन्दा फरक रहेर उसैको हितमा बोल्न र गतिविधि सञ्चालन गर्न हुँदैन’, उहाँले भन्नुभयो । सबैभन्दा पहिला राष्ट्रको हितमा राखेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
पूर्वसञ्चारमन्त्रीसमेत रहनुभएका नेता पोखरेलले भन्नुभयो, ‘आफ्नो सुरक्षाको लागि भारतले नेपालमा एक मधेस एक प्रदेश होस् भन्ने चाहेको छ ।  भारतको मुख्य चाहनालाई मधेसवादी दलहरुले एक स्वरमा उठाएका छन् ।’ राष्ट्रको हितलाई भन्दा भारतको चाहनाको पछाडि मधेसका नेताहरु हिँड्नु देशको लागि दुर्भाग्य भएको उहाको भनाइ थियो ।
प्रशिक्षण कार्यक्रममा उहाँले नेपालको इतिहासमा सबैभन्दा कमजोर सरकार अहिलेको भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिलेको भन्दा कमजोर सरकार नेपालमा कहिल्यै भएको थिएन । एउटा संगठित समूहले राज्यलाई थर्काउने धम्काउने काम गरिरहेको छ । यस्तो गर्दासमेत सरकार केही गर्न नसकेर चुप लागिरहेको छ ।’
संगठित समूहले जे गरेपनि प्रशासनले नियन्त्रणमा लिन नसकिरहेको भन्दै अराजकताको स्थिति दिनदिनै बढेर गएको उहाँको भनाइ थियो । संक्रमणकाल जति धेरै लम्बिदै जान्छ त्यति धेरै जटिलता, अराजकता, गुण्डागर्दी, भ्रष्टाचार वृद्धि हुँदै जाने सचिव पोखरेलको भनाइ छ ।
अहिलेको अवस्थालाई समाधान गरी राज्यलाई एउटा निकास दिन एमालेमात्र सक्षम भएको पाखरेलले बताउनुभयो । संक्रमणकालको अन्त्य गरी देशलाई उचित निकास दिन एमालेको विकल्प नेपालमा अन्य दलहरु नरहेको सचिव पोखरेलले दावी गर्नुभयो ।
संविधानसभाको विघटन गर्नमा एकीकृत माओवादी र मधेसवादी दलहरु जिम्मेवार भएको उल्लेख गर्दै सचिव पोखरेलले माओवादी अध्यक्ष प्रचण्डको दोहोरो चरित्रका कारण काम गर्न असहज भएको आरोप लगाउनुभयो । संविधान निर्माणको अन्तिम अवस्थामा आएर जातीय मुद्दालाई माओवादीले अगाडि ल्याएको र मधेसवादी दलहरु भारतको हितमा रहेर माग राखेकाले संविधानसभाको अवसान हुन पुगेको पोखरेलको भनाइ थियो ।
कार्यक्रममा पूर्वअर्थमन्त्री तथा एमाले पोलिटव्युरो सदस्य सुरेन्द्र पाण्डेले जातीय राज्यले देशलाई बर्बादीतर्फ लैजाने दावी गर्नुभयो । संयुक्त बसोवास रहेको देशमा एकल जातीय मुद्दाले शुभ संकेत नदिने उहाँकोे भनाइ थियो । उहाँले आर्थिक समृद्धितर्फ राज्यलाई लैजान नसके भविश्य अन्यौल हुने धारणा राख्नुृ भयो ।
कृषिलाई व्यावसायिकतातर्फ लैजान नसक्दा विस्थापित हुनेहरु दिनदिनै बढ्दै गएको बताउँदै उहाँले कृषिपछिको आर्थिक क्षेत्र अहिले वैदेशिक रोजगारी रहेको धारणा राख्नुभयो । रेमिट्यान्सबाट परिवार चलिरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘कृषिबाट पलायन हुने अवस्था आइरहेको छ, यो हाम्रो लागि राम्रो संकेत होइन ।
कृषिलाई आधुनिकीकरण गरेर जीवनसँग जोड्नसके आम्दानी र रोजगार यहीँ रहने पूर्वअर्थमन्त्री पाण्डेको भनाइ थियो ।
जिल्ला अध्यक्ष कृष्णप्रसाद खनालको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य काशीनाथ अधिकारी, राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य दावादोर्जे लामालगायतले बोल्नुभएको थियो ।

अपराधजन्य समाचारप्रति पाठकको रुचि बढी


विधुर ढकाल

नारायणगढ । देशको संक्रमणकालका कारण अपराधजन्य घटनाहरुको वृद्धि भएसँगै आमसञ्चारका प्रयोगकर्ताहरु पनि अपराधजन्य विषयवस्तु समावेश गरिएका समाचारहरुप्रति रुचि राख्ने गरेको चितवन पोष्टले गरेको पाठक सर्वक्षणले देखाएको छ ।
चितवनको नारायणगढ बजारआसपास भेटिएका पाठकहरुसँग लिइएको मतमा पत्रपत्रिकामा ५० प्रतिशत पाठकहरुले अपराधजन्य समाचारप्रति रुचि देखाएका हुन् । यससँगै पाठकहरु राजनीतिक समाचारहरु पढ्न रुचि राख्ने गरेको सर्वेक्षणले देखाएको छ ।
पाठकको मतअनुसार कुल सय प्रतिशतको ५० प्रतिशतले आपराधिक घटनासँग सम्बन्धित समाचारहरु पढ्ने गरेको बताएका छन् । समाजमा आपराधिक घटनाहरुले विकृति फैलाएको भन्दै यस्ता समाचारले आपराधिक घटनाहरुलाई नै न्यूनीकरण गर्न सहयोग गर्ने पाठकहरु बताउँछन् ।
‘आपराधिक समाचारहरु संकलन र लेखनमा जोखिम भएपनि यस्ता समाचारहरुले समाजमा विकृति विसंगति न्यून गर्न सहयोग पु¥याउने हुँदा आपराधिक घटनासँग सम्बन्धित समाचारप्रति बढी रुचि जान्छ’, सर्वेक्षणमा सहभागी भरतपुर–१० का विद्यार्थी राजेन्द्र भुषालले भने । समाजलाई अपराधबाट मुक्त पार्न सञ्चार जगतले आपराधिक चिन्तनको भण्डाफोर गर्नुपर्ने आमसञ्चारका विद्यार्थी भुषालको भनाइ छ ।
अपराधजन्य समाचारसँगै पाठकहरुले राजनीतिक समाचारप्रति रुचि देखाएका छन् । देशको राजनीतिक बाटो कता जाँदैछ भन्नेतर्फ पाठकहरुको धारणा सञ्चार जगतले निर्माण गर्ने काम गरेका छन् । यो विषयमा कुल ३० प्रतिशत पाठकहरुले रुचि देखाएका छन् । उनीहरु देशको राजनीतिक परिवर्तनमा सञ्चार जगतले मह¤वपूर्ण भूमिका खेल्ने गरेका बताउँछन् ।
त्यस्तै सामान्य समाचारप्रति १० र मनोरञ्जन खेलकुदलगायत अन्य समाचारप्रति १० प्रतिशत पाठकले रुचि व्यक्त गरेका छन् ।
यता पत्रिकामा प्रकाशित लेखहरु भने पाठकहरुले आफ्नो अभिरुचिअनुरुपका भएमा पढ्ने गरेको बताएका छन् । सर्वेक्षणमा सहभागी ४० प्रतिशत पाठकहरुले रुचिअनुरुपका लेखहरु प्रकाशित भए पढ्ने जनाएका छन् । त्यस्तै ३० प्रतिशत पाठकहरुले नियमित र ३० प्रतिशतले कहिलेकाँही लेखहरु पढ्ने गरेको सर्वेक्षणले देखाएको छ ।
त्यसैगरी पत्रिकाको सम्पादकीयमा पाठकहरुको रुचि विषय अनुरुपको रहने गरेको पाइयो । पाठकहरु विषयअनुरुप सम्पादकीयमा आँखा लगाउने बताउँछन् । सर्वेक्षणमा सहभागी पाठकहरुमध्ये ७० प्रतिशतले विषय हेरेर सम्पादकीय पढ्ने बताएका छन् । १० प्रतिशतले नियमित तथा १० प्रतिशतले कहिलेकाँही पढ्ने तथा १० प्रतिशतले सम्पादकीय नै नपढ्ने जनाएका छन् ।
सर्वेक्षणमा सोधिएको अर्काे प्रश्न सम्पादकलाई लेखिने पत्रका बारेमा ४० प्रतिशतले जानकारी भएको बताएका छन् । त्यस्तै ३० प्रतिशतले यसको बारेमा केही मात्रामा जानकारी भएको र २० प्रतिशतले जानकारी नै नभएको जनाएका छन् । त्यस्तै सहभागीमध्ये १० प्रतिशतले यसको बारेमा भन्न नसक्ने बताएका छन् ।



बालश्रम न्यून गर्न सामूहिक प्रतिबद्धता आवश्यक


रत्ननगर । बालश्रम न्यूनीकरणको लागि सरोकारवालाबीच सामूहिक प्रतिबद्धता आवश्यक भएको औंल्याइएको छ । रत्ननगर नगरपालिकामा सञ्चालित बालमैत्री स्थानीय शासन कार्यक्रमको प्रभावकारिताको विषयमा छलफल गर्न मंगलबार आयोजित कार्यशाला गोष्ठीका सहभागीहरुले बालश्रम न्यूनीकरणको लागि सामूहिक प्रतिबद्धता र सहकार्यको खाँचो रहेको बताएका छन् ।
बालमैत्री स्थानीय शासन कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सरोकारवाला निकायबीचको समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउनु पर्नेमा उनीहरुले जोड दिएका थिए ।
युनिसेफ नेपालकोे सहयोगमा नगरपालिकाले सञ्चालन गरेको कार्यक्रमको आवधिक समीक्षामा सहभागी सरोकारवालाले बालबालिकाको सर्वाङ्गिण विकासका लागि एक व्यक्ति वा संस्थाको प्रयासले मात्र सम्भव नहुने भएकाले सबै संस्था वा निकायको सक्रियता आवश्यक हुनेमा जोड दिएका हुन् ।
कार्यक्रममा रत्ननगर नगरपालिकाका सामाजिक शाखा प्रमुख तथा स्थानीय बालमैत्री स्थानीय शासन कार्यक्रमका स्रोत व्यक्ति तोरणराज पौडेल, स्थानीय स्वरोजगार केन्द्रका कार्यक्रम संयोजक विष्णु शर्मा र नारी जागरण केन्द्रकी कार्यक्रम संयोजक एञ्जिला कुवँरले स्थानीय बालमैत्री शासन कार्यक्रमअन्तर्गत भएका गतिविधि र उपलब्धिका बारेमा कार्यक्रममा जानकारी गराउनुभएको थियो ।
रत्ननगर नगरपालिकामा रहेका ५८० बालबालिकाको प्रोफाइल तयार गरी ३५० बालबालिकाको पुनस्र्थापना योजनासमेत निर्माण गरिएको नगरपालिकाका सामुदायिक विकास शाखा प्रमुखसमेत रहनुभएका पौडेलले जानकारी दिनुभयो । कार्यक्रमका लागि युनिसेफ नेपालले दिएको विनियोजित १६ लाख २२ हजार ८४ रुपैयाँमध्ये शीर्षकअनुसार खर्च हुन नसकेपछि चार लाख ७८ हजार ७९५ रुपैयाँ फिर्ता भएको उहा“ले जानकारी दिनुभयो ।
कार्यक्रममा रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोत्तम सापकोटाले बालमैत्री स्थानीय शासन कार्यक्रमले बाल बचाऊ, बाल संरक्षण, बाल विकास र बाल सहभागितालाई जोड दिने भएकाले सोबमोजिम कार्यक्रम अगाडि बढ्न सके समुन्नत समाजको निर्माणमा सघाउन पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रम सञ्चालन गर्दा विगतमा भएका कमी कमजोरी सच्चाएर सबै सरोकारवाला निकायसँग सहकार्य गरी अघि बढ्न नगरपालिका तयार भएको कार्यकारी अधिकृत सापकोटाले बताउनुभयो । युनिसेफ मध्यमाञ्चल कार्यालय प्रमुख पुरुषोत्तम आचार्यले बालमैत्री स्थानीय शासन कार्यक्रम युनिसेफको कार्यक्रम नभएर नेपाल सरकारको कार्यक्रममा युनिसेफले सहयोग गरेको बताउनुभयो ।
यसले शिक्षाको माध्यमबाट बालश्रम न्यूनीकरण गर्दै त्यसको अन्त्य गर्ने लक्ष्य राखेको उहा“ले जानकारी दिनुभयो । नगरक्षेत्रका बालबालिकाको अवस्था थाहा पाउनु र उनीहरुको भविष्यका बारेमा योजना बन्नु उपलब्धि भएको बताउँदै उहा“ले नगरस्तरीय तथा वडास्तरीय बालमैत्री समिति सक्रिय हुनुपर्ने उहा“को भनाइ थियो ।
कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष बाबुराम गौतम, भरतपुर नगरपालिकाका सामुदायिक विकास अधिकृत रामकृष्ण ढकाल, महिला विकास कार्यालयकी सुशीला वाग्ले, जिल्ला शिक्षा कार्यालयकी स्रोत व्यक्ति अनित अधिकारी, युनिसेफ नेपालका परामर्शदाता मदन जोशीलगायतले बोल्नुभएको थियो ।
कार्यक्रम रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोत्तम सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, तीन घाइते


भरतपुर । भरतपुर र जुटपानीमा मंगलबार भएका दुई छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।
नारायणगढबाट पोखराको लागि छुटेको ग.१ख २१३५ नम्बरको बसले कविलास–१ जुगेडीमा ठक्कर दिँदा पैदलयात्री ३८ वर्षकी मेनुका गुरुङको मृत्यु भएको छ । शिवनगर घर भई सोही स्थानमा व्यापार गर्दै आएकी गुरुङ सो ठक्करबाट घाइते भई चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्युभएको प्रहरीले जनाएको छ ।
त्यस्तै भनपा–१० वीरेन्द्र क्याम्पसअगाडि बा.८च ९१६२ नम्बरको कारले ठक्कर दिँदा साइकलयात्री भनपा–४ बस्ने वर्ष २५ का पुरुषोत्तम पाण्डे घाइते भएका छन् । उनको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । कार र चालक जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेका छन् ।
त्यस्तै जुटपानी–५ जमुनापुरचोकमा ना.१४प ८४१७ नम्बरको मोटरसाइकलले  साइकलयात्रीलाई ठक्कर दिँदा काउले–७ बस्ने वर्ष २० का राजन चेपाङ र मोटरसाइकल चालक रनपा–१२ बस्ने वर्ष ३० का अनिल समारी खत्री घाइते भएका छन् ।
दुबै घाइतेको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । दुबै सवारीसाधन प्रहरीचौकी पञ्चकन्याको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

देवघाटमा सुविधासम्पन्न धर्मशाला बन्दै


देवघाट । बर्सेनि लाखाँैको संख्यामा भक्तजनहरु पवित्र कालिगण्डकी नदीमा स्नान गर्न आउने भएपनि धर्मशालाको अभाव हुँदा समस्या झेल्दै आएका छन् । अब त्यो समस्या पनि बिस्तारै हट्दै जाने भएको छ । देवघाटको नदी किनारमा ४० कोठे पक्की धर्मशाला निर्माण हुने भएपछि समस्या हट्ने भएको हो ।
करिब चार करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको धर्मशालामा एक हजार जना भक्तजनले एकै पटक सुविधा सम्पन्न आवासको सुविधा पाउने हरिकृतन वैद्धिक धर्मशाला निर्माण समितिका सचिव फूलनाथ निउरेले बताउनुभयो । ‘बर्सेनि माघ महिनामा नदीमा स्नान गर्न आउने भक्तजनले आवासको समस्या भोगेको गुनासो गरेकाले त्यसलाई समाधान गर्न स्थानीय र भक्तजनसँग आर्थिक सहयोग लिएर निर्माण थालेका हाँै’, उहाँले भन्नुभयो ।
धर्मशाला निर्माणका लागि समितिले २०६७ सालमा १०८ श्रीमद्भागवत महापुराणको आयोजना गरेर रकम संकलन गरेको थियो । उक्त रकमसँगै २०६८ सालमा वेदपुराण पाठ लगाएर आर्थिक संकलन गरेर सोही सालबाट निर्माण थालिएको धर्मशाला आगामी दुई वर्षभित्र आंशिक रुपमा सञ्चालनमा ल्याइने सचिव निउरेले बताउनुभयो ।
भवनको तीन तलामध्ये दोस्रो तलाको ढलान गर्न लागिएको छ । अहिलेसम्म करिब एक करोड २० लाख रुपैयाँ बराबरको काम सकिएको उहाँले जानकारी दिनुभयो । ‘आम भक्तजनबाट चन्दा संकलन गर्दै र करिब ४० लाख ऋण सहयोगमा अहिलेसम्मको काम सम्पन्न गरेका छौं’, निउरेले भन्नुभयो ।
धर्मशाला निर्माण सम्पन्न गर्न उहाँले सबैलाई आग्रह गर्नुभएको छ । अहिलेसम्म सरकारी निकायबाट सहयोग नपाएको निउरेको गुनासो छ । देवघाटमा स्नान गर्न नेपालका विभिन्न भागसँगै भारतबाट समेत भक्तजनहरु आउने गर्दछन् ।
उनीहरुका लागि सुरक्षित वासस्थान नहुँदा नारायणगढका होटेलहरुमा बस्नुपर्ने बाध्यता रहँदै आएको थियो । धर्मशाला निर्माण सम्पन्न भएपछि बिस्तारै यो समस्या हट्दै जानेमा स्थानीय विस्वस्त छन् ।
‘माघे संक्रान्तिको मेलाका बखत दर्शनार्थीहरुको वासस्थानको व्यवस्था नहुँदा बजार अव्यवस्थित बनेको थियो । धर्मशाला निर्माणपछि व्यवस्थित हुने आशा छ’, स्थानीय व्यवसायी पुरुषोत्तम कँडेलले भन्नुभयो ।

कृषि सामग्रीद्वारा सहुलियतमा मल वितरण


रत्ननगर । बजारमा मलको अभाव भइरहेको बेला पूर्वी चितवनको  बकुलहरमा रहेको कृषि सामग्री सप्लायर्सले मंगलबार किसानलाई सहुलियत दरमा रासायनिक युरिया मल वितरण गरेको छ ।
मलको अभावलाई मध्यनजर गर्दै निजीस्तरमा सञ्चालित सो संस्थाले २० बोरा मल प्रत्येक किसानलाई १२ किलोका दरले उपलव्ध गराएको सप्लायर्सका सञ्चालक राजाराम रेग्मीले जानकारी दिनुभयो । ३० देखि ४० रुपैयाँसम्म प्रतिकिलोका दरले बजारमा मल किन्न बाध्य किसानहरु प्र्रतिकिलो २५ रुपैयाँका दरले मल पाएपछि हर्षित भएका छन् ।
कृषि सामग्री कम्पनी भरतपुरबाट मल ल्याएर सप्लायर्सले किसानहरुलाई सहुलियत दरमा मल उपलब्ध गराएको रेग्मीले बताउनुभयो । मल वितरणमा सरकारी निकायले ध्यान नदिने र बजारमा मलको कालोबजारी बढेका कारण खेती गर्ने समयमा किसानले मल पाउन सकेका छैनन् ।
यसै अवस्थाको मूल्याङ्कन गरी पूर्वी चितवनमा सरोकारवाला संघसंस्थाहरुले किसानलाई सहुलियत दरमा रासायनिक मल वितरण गर्दै आइरहेका छन् ।


रामपुरका विद्यार्थीबीच भएको झडपमा तीन घाइते


भरतपुर । रामपुर क्याम्पसमा सोमबार राति दुई विद्यार्थी संगठनबीच झडप भएको छ । एकीकृत नेकपा माओवादीको संगठन अनेरास्ववियु क्रान्तिकारी र नेपाली काँग्रेसको संगठन नेविसंघका विद्यार्थीहरुबीचको झडपमा तीन जना घाइते भएका छन् ।
घाइते भएका तीन जना विद्यार्थी क्रान्तिकारी पक्षधर हुन् । उनीहरुको अवस्था सामान्य छ । सो घटनापछि सोधपुछका लागि नेविसंघका विद्यार्थीहरु लव यादव र कुश यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमबार दिउँसो क्याम्पसभित्रै प्राक्टिकल गर्नेक्रममा भएको विवादपछि राति झडप भएको बताइएको छ । राति खाना खाने क्रममा फेरि विवाद र कुटपिट भएपछि नेविसंघका विद्यार्थीहरु सुरक्षाको माग गर्दै कर्मचारी क्वाटरमा पसेका थिए । पछि त्यहीँ पुगेका क्रान्तिकारीका आक्रोशित विद्यार्थीहरुले क्वाटरमै तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
नेविसंघ रामपुर क्याम्पसका अध्यक्ष प्रकाश पराजुलीले भने व्यक्तिगत रुपमा भएको झगडालाई राजनीतिक रुप र संगठनको नाम जाडेर हेर्न नहुने बताए । क्रान्तिकारीका इकाइ अध्यक्ष सुरेन्द्र सुवेदीले पनि घटना नितान्त व्यक्तिगत भएको र आफ्ना कार्यकर्तामाथि सांघातिक आक्रमण भएको प्रतिक्रिया दिए ।
उनले झडप नभई आफ्ना कार्यकर्तामाथि एकोहोरो आक्रमण भएको पनि दावी गरे ।


आजीवन सुविधाविरुद्ध हस्ताक्षर सुरू


भरतपुर । पूर्वविशिष्ट पदाधिकारीहरुलाई आजीवन सुविधा दिने सरकारी निर्णयको विरोधमा नागरिक समाज चितवनले हस्ताक्षर संकलन सुरू गरेको छ । मंगलबार भरतपुर, लायन्सचोक, सहिदचोक, पुलचोकलगायतका स्थानमा हस्ताक्षर संकलन कार्यक्रम गरिएको समाजका सचिव निलकण्ठ ढुंगानाले जानकारी दिनुभयो ।
संकलित हस्ताक्षर आगामी २१ गते प्रधानमन्त्री तथा विभिन्न राजनीतिक दलका प्रमुखलाई बुझाउने कार्यक्रम छ । सरकारी निर्णय फिर्ता गर्न माग गर्दै नागरिक समाजले काठमाडौंलगायत विभिन्न जिल्लामा दबाबमूलक कार्यक्रम गर्दै आएको छ ।
त्यसैगरी पूर्वविशिष्टहरुलाई सुविधा दिने सरकारले गरेको निर्णयविरुद्ध पूर्वी चितवनको सौराहामा दुई दिने हस्ताक्षर संकलन अभियान सुरू गरिएको छ ।
सौराहाका होटल तथा पर्यटन व्यवसायीहरुले सुरू गरेको हस्ताक्षर संकलन अभियानको पहिलो दिन मंगलबार २५ जना पर्यटकसहित झण्डै २५२ जनाले हस्ताक्षर गरेको व्यवसायी पूर्ण रिजालले जानकारी दिनुभयो । संकलित हस्ताक्षर प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई बुझाइने उहा“ले जानकारी दिनुभयो ।
जनताले कर तिरेको रकम सरकारले विशिष्टहरुलाई सुविधा दिएर दुरुपयोग गर्न खोजेको भन्दै सौराहाका व्यवसायी विरोधमा उत्रिएको व्यवसायी रिजालले बताउनुभयो ।


बोटे माझी मुसहरबाट एकमात्रै स्नातक


कावासोती । नवलपरासीमा बसोवास गर्ने बोटे, माझी र मुसहर समुदायमा एकजना मात्र स्नातक उत्तीर्ण गर्ने व्यक्ति छन् ।
अग्यौली–५ बाघखोरकी रमा बोटे सो समुदायको एक्लो स्नातक उत्तीर्ण व्यक्ति हुन् । झन्डै १० हजारको सङ्ख्यामा रहेको सो समुदायमा एसएलसी उत्तीर्णको सङ्ख्या ८२ भएको माझी मुसहर बोटे कल्याण सेवा समितिका अध्यक्ष लालबहादुर बोटेले जानकारी दिनुभयो ।
चितवन राष्ट्रिय निकुञ्ज र नारायणी नदी किनारमा बस्ने सो समुदायको उत्थानमा यहाँका अगुवा बोट,े माझी र मुसहर लागेपछि १९ वर्षको अवधिमा एसएलसी उत्तीर्ण गर्नेको सङ्ख्या ८० नाघेको हो । नारायणी नदीमा माछा मार्ने तथा निकुञ्जमा न्युरो टिप्न र दाउरा खोज्ने दिनचर्याले बालबालिका विद्यालयसम्म पुग्न नसक्दा सो समुदाय शिक्षाबाट पछाडि परेको हो ।
अग्यौलीको बाघखोरमा माझी प्राथमिक विद्यालय स्थापना गरेर छोराछोरी पठाउन थाले पनि जिल्ला शिक्षा कार्यालयबाट विद्यालयको भौतिक संरचना र शिक्षक दरबन्दीमा सहयोग नहँुदा पठनपाठन राम्रो हुन नसकेको स्थानीय अमरबहादुर माझीले बताउनुभयो ।
पूरै समुदायमा २२ जनाले मात्र स्नातक तह अध्ययन गर्दै गरेको समितिका अध्यक्ष बोटेले बताउनुभयो । नजिकमा विद्यालय नहुनु, आर्थिक अवस्था कमजोर हुनु र एसएलसी र दस जोड दुई उत्तीर्ण गरेपछि पनि जागिर नपाउने समस्याले सो समुदायमा पढ्नेको सङ्ख्यामा कमी भएको प्रगतिनगरका गणेश बोटेले बताउनुभयो ।
मुस्किलले एसएलसी उत्तीर्ण गरेर दस जोड दुई पढ्नेको सङ्ख्या ४१ जना छ भने १९ जनाले एसएलसी उत्तीर्ण गरे पनि माथिल्लो तहको शिक्षा हासिल गर्न सकेका छैनन् । ‘स्थानीय अधिकारको लडाइँलाई निरन्तर अगाडि बढाउँदा पनि राज्यको मूलप्रवाहमा हामी आउन सकेका छैनौँ,’ बोटेले भत्रुभयो ।

Monday, July 30, 2012

भृकुटी कागजका मजदुरले ज्ञापनपत्र बुझाए

नारायणगढ । नवलपरासी गैँडाकोटमा रहेको भृकुटी कागज कारखानामा कार्र्यरत मजदुरहरुले सोमबार चितवन र नवलपरासीका विभिन्न निकायमा ज्ञापनपत्र बुझाएका छन् । झण्डै डेढ वर्षदेखि उत्पादन बन्द रहेको भृकुटीका मजदुरहरुले २० महिनादेखि तलब पाएका छैनन् ।
मजदुर संघर्ष समितिले कारखानापरिसर गैँडाकोटबाट जुलुस निकालेर नारायणगढ पुलचोकमा कोणसभा गर्नुका साथै विभिन्न निकायमा ज्ञापनपत्र बुझाएको हो । संघर्ष समितिले गैँडाकोट इलाका प्रहरी कार्यालयमार्फत नवलपरासी जिल्ला प्रशासनमा, वडा प्रहरी कार्यालय नारायणगढमार्फत चितवन जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएका छन् ।
त्यस्तै चितवन उद्योग वाणिज्य संघमार्फत नेपाल उद्योग वाणिज्य महासंघमा र नेपाल बैंकको नारायणगढ शाखा कार्यालयमार्फत बैंकको केन्द्रीय कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । नेपाल बैंकमार्फत भृकुटीमा एक अरब रुपैयाँभन्दा बढी ऋण प्रवाह भएको संयुक्त समस्या सामाधान तथा संघर्ष समितिका मजदुर नेता हेमराज खनालले बताए ।
यसअघि संयुक्त समितिले माग पूरा गराउन समयसीमा तोकेर कारखाना सञ्चालक तथा सरोकारवाला निकायमा पत्राचार गरेको थियो ।  साउन २५ गतेसम्म सञ्चालन हुने पहिलो चरणको आन्दोलनबाट माग पूरा नभए सबै मजदुर कर्मचारीहरु कारखानाको काठमाडौंमा रहेको केन्द्रीय कार्यालयमा धर्ना दिन जाने संयुक्त समितिले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
देशकै ठूलो भृकुटी कागज कारखानाले विसं २०६७ साल फागुनदेखि उत्पादन बन्द गरेपनि कारखानामा कार्यरत मजदुर, कर्मचारी र सुरक्षा गार्ड गरेर ३४७ जनाले विसं २०६७ साल मंसिरयता तलब नपाएको संयुक्त संघर्ष समितिले जानकारी दिएको छ ।
चीन सरकारको सहयोगमा बनेको सो कारखाना विसं २०४९ सालमा निजीकरण भएपछि गोल्छा समूहले सञ्चालन गरेको थियो ।
मजदुरहरुले तलब भत्ता तुरुन्त भुक्तानी हुनुपर्ने, कारखाना सञ्चालन हुनुपर्ने र बिमा र सञ्चयकोषको रकम पूरा दाखिला हुनुपर्नेलगायतका पाँचवटा माग राखेर संघर्षका कार्यक्रम घोषणा गरेका छन् । कारखानमा कार्यरत विभिन्न मजदुर संगठनले संयुक्त रुपमा सञ्चालन गर्ने आन्दोलनमा जिल्लाका सबै दलले समर्थन र सहयोग गर्ने भएका छन् ।
भृकुटीले महिनाको सरदर एकहजार ५३० टनसम्म कागज उत्पादन गर्दै आएको थियो । प्रतिटन कागजको न्यूनतम ६० हजार रुपैयाँ पर्छ । भृकुटीको उत्पादन रोकिँदा कागजका लागि महिनाको नौ करोड रुपैयाँ विदेशिएको कारखाना सोतको भनाइ छ ।
मजदुरहरुले श्रम कार्यालयमा उजुरी दिएपछि सो कारखानाको नाममा रहेको ५३ बिघा जग्गा पनि रोक्का भएको छ । कारखाना सञ्चालकले कागज उत्पादन बन्द गरेर त्यहाँको जग्गा प्लटिङ गर्न लागेको मजदुर संगठनहरुको भनाइ छ । यसका लागि गत वर्ष भएको कारखाना सञ्चालक समितिको विशेष भेलाले कारखानाको उद्देश्य पनि परिवर्तन गरेको मजदुर प्रतिनिधिहरु बताउँछन् । देशमा कागजको माग निकै उच्च रहेका बेला कारखाना बन्द गर्न नहुने मजदुर संगठनहरुको माग रहेको छ ।
‘छिमेकी देशले सद्भाव स्वरुप बनाइदिएको उद्योग निजीकरण भयो र अहिले आएर उद्देश्य नै परिवर्तन गरेर कागज उत्पादन बन्द गरेर घडेरी बेच्ने योजना बनाइयो । यस्ता कुराका विरुद्ध सरकार बेलैमा जागेन । अब चाँडै जागोस् भन्ने हाम्रो माग छ’, संघर्ष समितिका संयोजक राम शर्माले भने । सरकारले सुरूदेखि नै उद्योगको प्रभावकारी अनुगमन नगर्नाले अहिले समस्या आएको उनले बताए ।

फोटो क्याप्सन ः
आन्दोलन ः सोमबार भृकुटी कागज कारखानाका मजदुरहरुले नारायणगढमा निकालेको जुलुस ।


अनेकिमहासंघ (क्रान्तिकारी)सँग सम्बन्ध विच्छेद

भरतपुर । नवगठित नेकपा–माओवादीनिकट किसानहरुको १२ देखि १४ गतेसम्म नवलपरासीको प्रगतिनगरमा सम्पन्न केन्द्रीय भेलाले एकीकृत नेकपा माओवादीनिकट अखिल नेपाल किसान महासंघ क्रान्तिकारीसँग सम्बन्ध विच्छेद गर्ने निर्णय गरेको छ ।
भेलाले ठाकुरप्रसाद चापागार्इंको अध्यक्षतामा केन्द्रीय सम्मेलन आयोजक समितिसमेत गठन गरेको सोमबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा नवगठित समितिका अध्यक्ष चापागाईंले जानकारी दिनुभयो ।
भेलाले सुवास अगस्ती र भुमिश्वर कँडेल उपाध्यक्ष तथा नन्दबहादुर बूढा मगर महासचिव रहेको ८१ सदस्यीय प्रथम केन्द्रीय सम्मेलन आयोजक समिति गठन गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै उहाँले किसानहरुले जनयुद्ध गर्दा देखेको सपनामाथि कुठाराघात भएका कारण महासंघसँग सम्बन्ध विच्छेद गर्नु परेको बताउनुभयो । ‘जुन किसान प्रत्यक्ष रुपमा युद्धमा लाग्यो, परिवर्तनका लागि लड्यो त्यसले के पायो ?’, उहाँको प्रश्न थियो ।
संगठनले आगामी दिनमा किसान संघर्ष सञ्चालन गर्ने निर्णय भएको समेत अध्यक्ष चापागार्इंले जानकारी दिनुभयो । ‘भू–माफिया, जलमाफिया, वनमाफियाजस्ता कुख्यात किसानमाराहरु विरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्दै किसान आन्दोलनलाई सशक्त ढङ्गले अगाडि बढाउने निर्णय भएको छ’, उहाँले भन्नुभयो ।
शान्तिकालमा एकीकृत नेकपा माओवादीले देखाएको किसानविरोधी चरित्रका कारण सो पार्टीसँग सम्बन्ध विच्छेद गर्दै नवगठित माओवादीको सिद्धान्त र कार्यदिशालाई आत्मसाथ गर्दै अगाडि बढ्ने नवगठिन अखिल नेपाल किसान संघ (क्रान्तिकारी)ले जनाएको छ ।
यता, कार्यक्रममा बोल्दै नवगठित माओवादीका केन्द्रीय सदस्य तथा अवध राज्य समितिका इञ्चार्ज अटलले संक्रमणकालमा क्रान्तिकारी सरकार बने त्यसमा सहभागी हुन सक्ने बताउनुभयो । ‘हाम्रो तीन ‘स’को नीति कायम नै छ, संक्रमणकालमा क्रान्तिकारी सरकार निर्माण भए त्यसमा सामेल हुन सकिन्छ’, उहाँले भन्नुभयो । माओवादीले सरकार सदन र सडक आन्दोलनलाई एकै साथअगाडि बढाउने नीति लिँदै आएको छ ।
संगठनको प्रथम केन्द्रीय सम्मेलन असोज २४–२६ सम्म मधेश राज्यभित्र गर्ने संगठनका महासचिव बूढामगरले जानकारी दिनुभयो । त्यसभन्दा अगाडि राज्य तथा जिल्लाका सम्मेलन सम्पन्न गरिसक्ने उहाँले बताउनुभयो ।


नब्बेवटा विद्यालय व्यवस्थापन समितिविहीन

भरतपुर । चितवनका ९० सामुदायिक विद्यालय व्यवस्थापन समितिबिना नै चलेका छन् । विद्यालय व्यवस्थापन समिति गठन गर्ने विषयमा राजनीतिक खिचातानी बढेपछि विद्यालयहरु व्यवस्थापन समितिविहीन चलेका हुन् ।
ती विद्यालयहरुको शैक्षिकस्तर पनि खस्कँदै गएको छ । चितवनको रत्ननगर नगरपालिकामा चारसहित भरतपुर नगरपालिका र गाविसका गरी ९० विद्यालय व्यवस्थापन समिति नरहेको जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले जानकारी दिनुभयो ।
व्यवस्थापन समितिको अभावमा ती विद्यालयलाई सरकारी अनुदान र सहयोग दिन पनि अप्ठेरो रहेको उहाँले बताउनुभयो । आफूले विद्यालय व्यवस्थापन समिति गठन गर्न ताकेता गरेपनि अहिलेसम्म गठन हुन नसकेको उहाँको भनाइ थियो ।
राजनीतिक खिचातानीकै कारण आफ्नो विद्यालयमा व्यवस्थापन समिति गठन गर्न नसकिएको नेपाल उच्च माविका प्राचार्य गोपाल शर्मा बताउनुहुन्छ । अधिकांश विद्यालयको म्याद नाघेको दुई वर्ष पुगिसकेका छन् । सदरमुकाम भरतपुर क्षेत्रका विद्यालयहरु पनि विद्यालय व्यवस्थापन समितिबिना सञ्चालनमा रहेका छन् ।
सामुदायिक मात्र हैन संस्थागत विद्यालय पनि मनोमानी ढङ्गले सञ्चालन भइरहेको जिल्ला शिक्षा अधिकारी शर्मा बताउनुहुन्छ । विद्यालय व्यवस्थापन समितिको पदमा बस्न मरिहत्ये गर्ने तर काम गर्ने बेला उपस्थित नहुने प्रवृत्तिका कारण शैक्षिक सुधारमा असर परेको शिक्षकहरु बताउँछन् । चितवनमा ३९१ सामुदायिक विद्यालय तथा १६० संस्थागत विद्यालय छन् ।


चार नेपाली युवा इन्डोनेसियामा अलपत्र

भरतपुर । मानव तस्करी गिरोहको प्रभावमा परेर अष्ट्रेलिया जाने भन्दै नौ महिनाअघि घर छाडेर हिँडेका नवलपरासीका एक युवासहित चार नेपाली कामदार महिनौंदेखि इन्डोनेसियामा अलपत्र अवस्थामा रहेका छन् ।
इन्डोनेसियाको जकार्तास्थित अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सम्पर्कमा आएका ती युवाहरुले आफूहरुसँग पासपोर्ट र नागरिकतासमेत नरहेको अवस्थामा घर फिर्तिका लागि आग्रह गरिरहेका छन् ।
कञ्चनपुरका एजेन्ट हर्क कठायतले आफूहरुसँग जनही सात हजार डलर शुल्क लिएर मलेसिया हुँदै इन्डोनेसिया ल्याएर अलपत्र छाडेको पीडितहरुले क्वालालाम्पुरस्थित नेपाली दूताबासलाई जानकारी गराएका छन् ।
दूताबासका अनुसार यसरी अलपत्र परेकाहरुमा नवलपरासीका राजकुमार श्रेष्ठ, खोटाङका प्रकाश पुरी, बागलुङका डम्बरबहादुर दर्जी र मोरङका लक्ष्मीप्रसाद सुनुवार रहेका छन् ।
आईओएमले बिचल्ली परेका ती नेपाली युवालाई उद्धार गर्ने बताएको छ । अलपत्र पार्ने एजेन्ट कठायतले भने चार युवा कामदारलाई जकार्ता पु¥याएर उनीहरुको पासपोर्ट लिएर बेपत्ता भएको पीडितले जनाएका छन् ।


पूर्वाञ्चलमा सिमेन्ट उद्योग खोल्ने होडबाजी

विराटनगर । पूर्वाञ्चलमा निजी क्षेत्रबाट सिमेन्ट उद्योग सञ्चालनका लागि होडबाजी चलेको छ ।
यस क्षेत्रमा सिमेन्ट उद्योग स्थापनापश्चात् भारतीय सिमेन्टको ठूलो बजार रहेको पूर्वाञ्चलबाट भारतीय सिमेन्ट विस्थापित क्रमशः हुँदै गएको छ । पहिला जोसुकैले पनि निर्माणका लागि भारतीय सिमेन्ट खोज्थे तर हाल नेपाली सिमेन्ट नै खोजेर प्रयोग गर्ने गरेको व्यापारीहरु बताउँछन् ।
पूर्वाञ्चलमा हाल नौवटा सिमेन्ट उद्योग सञ्चालनमा रहेको पाइएको छ । जसमध्ये पाँचवटा सिमेन्ट उद्योग झापामा मात्र रहेको छ । हालै झापाको चारपानेमा कञ्चनजङ्घा सिमेन्ट उद्योग स्थापना गरिएको छ ।
चारपानेमा करिब रु १६ करोड लागतमा निर्माण गरिएको सो सिमेन्ट उद्योगले दैनिक चार हजार बोरा पिपिसी सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखेको उद्योगका महाप्रबन्धक राजेश अग्रवाल बताउनुहुन्छ ।
चार बिघा जमिनमा सञ्चालन गरिएको सो उद्योगमा प्रदूषण नियन्त्रण गुणस्तरीय प्रयोगशालाको व्यवस्था, सरकारले मापदण्डअनुसारको सिमेन्ट उत्पादन सुरु गरेको बुझिएको छ ।
पूर्वाञ्चलको ठूलो औद्योगिक नगरी विराटनगर–सुनसरी औद्योगिक करिडोर क्षेत्रमा एउटा पनि सिमेन्ट उद्योग छैन । यस करिडोरमा करिब ५५० भन्दा बढी उद्योग रहेका छन् ।
हाल पूर्वाञ्चलको झापामा हिमालीयाज सिमेन्ट उद्योग, गोरखकाली सिमेन्ट, मंसा सिमेन्ट उद्योग, (मित्तल) पशुपति सिमेन्ट उद्योग, सिरहाको मिर्चैयामा मारुती सिमेन्ट उद्योग, उदयपुर सिमेन्ट उद्योग गाईघाट, निगाले सिमेन्ट सिंधवा धनकुटा, नेशनल (भव्या) सिमेन्ट उद्योग कटहरी मोरङ रहेको छ ।
उदयपुर र मारुती सिमेन्ट उद्योगले किङ्करलगायतका कच्चा पदार्थ र सिमेन्ट आफैँ उत्पादन गर्ने गर्दछ भने अन्य सिमेन्ट उद्योगले कच्चा पदार्थ भारतबाट आयात गरी सिमेन्ट उत्पादन गर्ने गरेको छ ।
प्रत्येक सिमेन्ट उद्योगले दैनिक एक हजार ५०० देखि दुई हजार बोरा सिमेन्ट उत्पादन गर्ने गरेको छ । जसका कारण भारतबाट आयातित सिमेन्ट विस्थापित हुँदै गएका छन् ।
विगतमा भारतबाट आयातित सिमेन्टबाट पुल, सामुदायिक भवन, सरकारी भवन, उद्योग, भवन, कल्भर्ट, पर्खाल निर्माण हुन्थ्यो भने अहिले अहिले स्वदेशी सिमेन्टबाट नै ती सबै निर्माण कार्य सम्पन्न हुने गरेको छ । साथै सिमेन्टको चोरी तस्करी पनि बन्द भएको छ ।
भारतीय सिमेन्ट बिक्रीमा कमी भएपछि त्यसको डिलर र आयातमा समेत कमी आएको छ । भारतीय सिमेन्टहरुमा सतना, एसिसी, फौलाद ब्राण्डका अन्य थुप्रै सिमेन्ट आउने गरेको बताइएको छ ।   
सिमेन्ट उद्योग धेरै भएपछि त्यसको स्वस्थ्य प्रतिस्पर्धा बढेको र उपभोक्ताले गुणस्तरीय सिमेन्ट पाएको मंसा सिमेन्टका सञ्चालक परशुराम अग्रवाल भन्नुहुन्छ ।
त्यस्तै पशुपति सिमेन्टका सञ्चालक सुरेश मित्तलले विद्युत् अभावले जेनेरेटरबाट सिमेन्ट उत्पादन गर्दा प्रतिबोरा थप रु ४५ खर्च हुने गरेको बताउनुहुन्छ । हाल भारतमा सिमेन्टको कच्चा पदार्थका साथै ढुवानी भाडा पनि वृद्धि भएको उहाँको भनाइ छ ।
मूल्यवृद्धिले स्वदेशी उद्योगले पनि बाध्य भई सिमेन्टको मूल्य बढाउनु परेको उहाँको कथन छ । हाल सिमेन्ट मूल्य प्रतिबोरा रु ७०० देखि ७५० सम्म पुगेको बताइएको छ ।
नेपाल सिमेन्ट उत्पादक सङ्घका अनुसार नेपालभर ३० लाख मेट्रिक टन सिमेन्ट खपत हुने गरेको छ । आफैँ क्लिङ्कर उत्पादन गरेर सिमेन्ट उत्पादन गर्ने सिमेन्ट उद्योगले वार्षिक १६ लाख मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने गरेको छ ।
सिमेन्ट उद्योगहरुको तौल र गुणस्तरको सम्बन्धमा नापतौल गुणस्तर विभागअन्तर्गतको निकायबाट अनुगमन हुने गरेको गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख शशीभूषण यादव भन्नुहुन्छ ।

Monday, July 23, 2012

बालबालिकाका लागि आधारभूत शिक्षा सुरु

भरतपुर । विद्यालय जाने उमेर पुगेर पनि विद्यालयमा भर्ना हुन नसकेका विद्यार्थीहरुलाई लक्षित गरेर जिल्ला शिक्षा कार्यालयले जिल्लाका १२ गाविस तथा भरतपुर नगरपालिकका को वडा नं. ६ मा ‘निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षा’ कार्यक्रम सञ्चालन गरेको छ ।
सरकारले सञ्चालन गरेको विद्यालय भर्ना अभियान सम्पन्न भएलगत्तै कार्यालयले राष्ट्रिय कार्यक्रमअन्तर्गत यो अभियान सञ्चालन गर्न लागेको चितवनका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले जानकारी दिनुभयो । ‘चितवनमा एकाध प्रतिशत विद्यार्थीहरु विभिन्न कारणले विद्यालयमा भर्ना हुन पाएका छैनन्, तिनीहरुलाई लक्षित गरेर निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षाको कार्यक्रम ल्याएका हौँ’, उहाँले भन्नुभयो ।
चितवनमा अघिल्लो शैक्षिकसत्र २०६८ मा अझै चार प्रतिशत विद्यार्थी विद्यालय बाहिर रहेको जिल्ला शिक्षा कार्यालय चितवनको तथ्याङ्कमा उल्लेख छ । जुन यो वर्ष घटेर दुई प्रतिशतमा आउने जिल्ला शिक्षा अधिकारी र्माले दावी गर्नुभयो ।
विद्यालय भर्ना अभियान सकिएपछि आएको कार्यक्रमको औचित्यमाथि सरोकारवालाहरुले प्रश्न उठाइरहँदा शर्माले भने विद्यालयमा जुनसुकै बेला पनि विद्यार्थीहरु भर्ना हुन सक्ने बताउनुभयो । ‘विद्यालयमा विद्यार्थीहरु जुनसुकै बेला पनि भर्ना हुन सक्छन्, त्यसको लागि निश्चित समय हुँदैन’, उहाँले भन्नुभयो ।
यता, जिल्लाको शिक्षा क्षेत्रमा काम गर्ने सरोकारवालाहरु भने यसलाई बेमौसमको खेती भएको आरोप लगाएका छन् ।
अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष टेकबहादुर थापाले कार्यक्रम विद्यालय भर्ना अभियानसँगै आउनु पर्ने बताउनुभयो । ‘यो कार्यक्रममा सरकारले सञ्चालन गरेको विद्यालय भर्ना अभियानसँगै आउनुपथ्र्यो अनिमात्र यसको  सान्दर्भिकता अझ बढ्ने थियो’, उहाँले भन्नुभयो ।
कार्यक्रम कहाँ र किन आवश्यक छ, त्यसलाई हेरेर सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । विद्यार्थीहरु विद्यालय किन आउन सकेका छैनन् त्यसको बारेमा अध्ययन आवश्यक रहेको थापाको भनाइ थियो ।
सरकारले ढिलो गरेर कार्यक्रम ल्याएपनि त्यसको कार्यान्वयनलाई हेरेर टिप्पणी गर्नु पर्ने नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष भानुप्रसाद उपाध्यायले बताउनुभयो । कार्यक्रमलाई सफल पार्नसके ठूलो उपलब्धि हुन सक्ने उहाँको भनाइ छ ।
सरकारले नै कार्यक्रम ल्याउँदा ढिलो गरेको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक बाबुराम दवाडीले बताउनुभयो । ‘यो कार्यक्रम पहिले नै आउनुपर्ने हो, सरकारले नै ढिलो ग¥यो तरपनि छनोट गरिएका स्थानमा गाउँ शिक्षा समिति गठन गरेर कार्यक्रम तयार पारिसकिएको छ’, उहाँले भन्नुभयो । सरकारले असार २० गते कार्यक्रम तयार गरेर पठाएको दवाडीको भनाइ छ ।
कार्यक्रम सञ्चालनका लागि छनोट गरिएका गाविस तथा वडाहरुमा गाउँ शिक्षा समिति गठन गरी गाउँ शिक्षा योजना तयार गरी कार्यक्रम सञ्चालन गर्नु पर्ने प्रावधान रहेको छ । समितिको अध्यक्षमा स्थानीय गाविसका सचिव रहने व्यवस्था छ ।
समितिलाई जिल्ला शिक्षा कार्यालयको अनुगमनमा खर्च गर्नेगरी एक लाख १३ हजार रुपैयाँ बजेटको व्यवस्था गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
योजनाअन्तर्गत समितिले विद्यालयबाहिर रहेका विद्यार्थीहरुलाई विद्यालयमा पहुँच पु¥याउनका लगि प्रतिविद्यार्थी पाँच सयका दरले रु १० हजार, विद्यालयमा विद्यार्थी टिकाइराख्नका लागि विद्यार्थीहरुलाई मासिक एक सयका दरले १० महिनाको एक हजार रुपैयाँ दिन सक्ने कार्यालयका शाखा अधिकृत गोपालप्रसाद अधिकारीले बताउनुभयो ।
त्यस्तै समितिले विपन्न परिवारलाई समूह गठन गरी एक समूहलाई आयआर्जनका लागि रु १० हजार रुपैयाँ दिने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।
यसैबीच कार्यक्रमको बारेमा कार्यक्रम सञ्चालन भएका गाविसका स्रोत व्यक्ति र गाविस सचिव एवम् जिल्लाका शिक्षा क्षेत्रसँग सरोकार राख्नेहरुलाई जिल्ला शिक्षा कार्यालयले अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । सोमबार भरतपुरमा सम्पन्न कार्यक्रममा कार्यक्रम सञ्चालन भएका गाविसका सचिवहरुले कार्यक्रम सञ्चालन हुनु राम्रो भएका बताएका छन् ।
उनीहरुले कार्यक्रमलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन कार्यालयलाई आग्रह गरेका छन् । कार्यक्रमको सफलतासँगै कार्यक्रम सञ्चालन भएका क्षेत्रलाई पूर्ण बालबालिका विद्यालय भर्ना क्षेत्रको रुपमा घोषणा गरिने जिल्ला शिक्षा अधिकारी शर्माले जानकारी दिनुभयो । उहाँले चितवन नेपालमै पहिलो पूर्ण बालबालिका विद्यालयमा भएको जिल्लाका रुपमा स्थापित हुने दावी गर्नुभयो ।
स्थानीय विकास अधिकारी बन्धुप्रसाद बास्तोलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता जिल्ला शिक्षा अधिकारी शर्माले गर्नुभएको थियो ।


चालु आवमा ७० मेगावाट बिजुली थप हुने

काठमाडौं । चालु आर्थिक वर्षमा सार्वजनिक तथा निजी लगानीमा निर्माणाधीन छवटा जलविद्युत् आयोजना पूरा भई राष्ट्रिय प्रणालीमा ७० मेगावाट बिजुली थप हुने भएको छ । ऊर्जा मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा साना तथा ठूला आयोजनाहरुबाट थप ७० मेगावाट बिजुली थप हुने भएको हो ।
सत्तरी मेगावाट थप हुँदा जडित क्षमता ७८० मेगावाट हुने भएको छ । ऊर्जा मन्न्त्रालयका सचिव हरेराम कोइरालाका अनुसार मन्त्रालयले तयार पारेको वार्षिक कार्यक्रमअनुसार राष्ट्रिय प्रसारणमा ७० मेगावाट बिजुली थप भए पनि राष्ट्रिय आवश्यकता पूरा नहुने भएको छ ।
मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा  ३० मेगावाटको चमेलिया, १०–१० मेगावाटका सिप्रिङ र तल्लोमोदी, आठ मेगावाटको आखु, ४.५  मेगावाटको विजयपुर र ५ मेगावाटको सिउरीबाट विद्युत् उत्पादन हुनेछ ।
यसैगरी देशका विभिन्न स्थानबाट साना आयोजनाहरुबाट थप विद्युत् उत्पादन भएर सो परिमाण पूरा हुने बताइएको छ । चमेलिया आयोजनाको सुरुङमा समस्या आएर निर्माण प्रभावित भए पनि यो आर्थिक वर्षको अन्त्यसम्म सो आयोजना पूरा हुने मन्त्रालयको दाबी छ ।
राष्ट्रिय प्रसारण प्रणालीमा ७० मेगावाट थप भए पनि लोडसेडिङमा भने कमी नआउने भएको छ ।
चालु आवमा विद्युत्कोे माग बढेर एक हजार १६३ मेगावाट पुग्ने प्रक्षेपण नेपाल विद्युत् प्राधिकरणले गरेको  छ । वर्ष दिनमा नै ३८३ मेगावाट बिजुली आपूर्ति कम हुने बताइएको छ । चमेलिया विद्युत् प्राधिकरणले निर्माण गरिरहेको छ भने बाँकी सबै आयोजना निजी लगानीमा निर्माणा भइरहेका  छन् ।
चालु आवमा थप तीन लाख ३५ हजार घरधुरीलाई विद्युत् सेवा पु¥याउने महत्वाकांक्षी योजनाअगाडि सारिएको छ ।     चालु आवमा लोडसेडिङ कम गर्न भारतबाट थप बिजुली आयात गर्ने तयारीसमेत सरकारले गरेको छ ।
हाल १४५ मेगावाट बिजुली आयात भइरहेको छ । प्रसारणलाइन सुदृढीकरण गरेर भारतबाट थप बिजुली आयात गर्ने सरकारले बताउँदै आएको छ । लोडसेडिङ कम गर्नका लागि प्राधिकरणले सोलार र बायोमास जस्ता वैकल्पिक स्रोतबाट उत्पादन हुने बिजुलीसमेत खरिद गर्ने योजना बनाएको छ ।
एसियाली विकास बैंक (एडीबी) को आर्थिक सहयोगमा सिंहदरबार क्षेत्रभित्र सौर्य विद्युत् प्रणालीको स्थापना गरी एक मेगावाट विद्युत् उत्पादन गर्ने तयारी ऊर्जा मन्त्रालयले गरेको छ । मन्त्रालयका अनुसार सो आयोजनाका लागि एडीबीले २३ लाख डलर आथिर्क सहयोग गरिसकेको छ ।
विसं. २०७१ चैतभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएका  तर आर्थिक सङ्कटबाट निर्माण प्रभावित भएका निजी लगानीबाट निर्माण भइरहेका जलविद्युत् आयोजनालाई सहुलियत दिन थालिएको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार ३३ मेगावाट क्षमताका सातवटा आयोजनालाई प्रतिमेगावाट रु दुई करोड का दरले सस्तो दरमा कर्जा दिइने भएको छ । यी सबै आयोजनाबाट आगामी तीन वर्षपछि विद्युत् उत्पादन हुने लक्ष्य राखिएको  छ ।
यसैगरी सरकारले बुढीगण्डकी, दूधकोशी, नरसिंह गाड, माथिल्लो अरुण, तमोरलगायत जलाशययुक्त आयोजनाको कामसमेत अगाडि बढाउने भएको छ ।


देवघाटमा भक्तजनको भीड

भरतपुर । साउनको दोस्रो सोमबार पनि देवघाटमा भक्तजनहरुको ठूलो भीड लाग्यो । साउनको सोमबार लाग्ने बोलबम मेलामा तीर्थस्थल देवघाटधाममा देशका विभिन्न जिल्ला तथा छिमेकी मुलुक भारतका विभिन्न सीमावर्ती क्षेत्रका भक्तजनहरुको भीड लागेको थियो ।
देवघाटमा लागेको बोलबम मेलाको अवसर पारी देवघाट युवा समाज देवघाटधामले बृहत् भजन कीर्तन, झाँकी प्रदर्शन, प्रवचनलगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ । सो मेला साउन ३२ गतेसम्म चल्नेछ ।



Saturday, July 21, 2012

माओवादीका सबै समितिहरु भंग, माघमा महाधिवेशन, प्रचण्डले सम्पत्ति पार्टीलाई बुझाउने

काठमाडौं, साउन ६ – एकीकृत नेकपा माओवादीको सातौँ विस्तारित बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रस्ताव सर्वसम्मतिले पारित गर्दै माघ भित्र महाधिवेशन गर्ने निर्णय गरेको छ । पाँचदिन देखि काठमाडौंमा जारी बैठकले माघ महिनाभित्रै महाधिवेशन गर्ने अध्यक्ष प्रचण्डको प्रस्ताव पारित गरेको हो ।

माओवादीले माघ भित्र महाधिवेशन सम्पन्न गर्ने गरि अध्यक्ष प्रचण्डको नेतृत्वमा महाधिवेशन आयोजक समिति गठन गरेको छ । यस्तै माओवादीले स्थानीय स्तरदेखि केन्द्रसम्मका सबै कमिटिहरु पनि भंग गरेको छ ।

माओवादीले राज्यसमितिहरुको पनि नेतृत्व हेरफेर गर्ने भएको छ । माओवादी विस्तारित बैठक प्रचारप्रसार समितिका संयोजक विश्वभक्त दुलालका अनुसार नेता कार्यकर्तालाई प्रशिक्षित गर्न माओवादीले पार्टी स्कुल पनि स्थापना गर्ने भएको छ ।

प्रचण्डले सम्पत्ति पार्टीलाई बुझाउने

प्रचण्डले आफ्नो सबै सम्पत्ति पार्टीलाई बुझाउनुहुने भएको छ । यस्तै बैठकमा अध्यक्ष प्रचण्डले वैकल्पिक आवाशको व्यवस्था हुनासाथ लाजिम्पाट निवास छोड्ने घोषणा गर्नुभएको छ । माओवादी बैठकले लेखा र आर्थिक समिति बनाएर सबै सम्पत्ति समितिमा बुझाउने निर्णय गरेको छ ।

अध्यक्ष प्रचण्डले राज्यले दिएको गाडी सुविधासमेत नलिने घोषणा गर्नुभएको छ ।

Friday, July 20, 2012

पत्रकारलाई तलब देउ आन्दोलन सुरु गर्ने बेला भयो

– खिला कार्की
बिभिन्न संचारसंग आवद्ध संघ संस्थाले जेठ १४ को एकमहिना अगाडि शान्ति र संविधान टुंगो लगाउनका लागि शान्ति र संविधानका लागि संचार अभियानको थालनी गरे । शान्ति र संविधान निर्माणका लागि दवाव दिनका हुने र भए गरेका सवै अभियान सकारात्मक थिए । तर शान्ति र संविधान निर्माणका लागि जनताले जस्लाई जिम्मेवारी दिएका हुन उनैले सम्पन्न गर्ने हो । संचारसंग आवद्ध संघ संस्थाले शान्ति र संचार अभियान न त कुनै दवाव सृजना भयो नत जनताले जिम्मेवारी दिएकाहरुले आफ्नो जिम्मेवारी पुरा नै गरे । हरेकले आफ्नो जिम्मेवारी पुरा नगर्दा सृष्टीको नियम नै खलबलिने गर्दछन । त्यस्तै भएको थियो । संचारसंग आवद्ध संघ संस्थाका संचार अभियान । अहिले फेरी संचार संस्थाका मालिकहरु त्यस्तै गैरजिम्मेरी देखाउन खोज्दैछन । सरकारले असार मसान्त सम्म रोयल्टी तिरेर संचारसंस्थाको नविकरण गर्न भनेको छ । यसलाई संचार संस्था आवद्ध संस्थाहरुले सरकारको सो कदमको बिरोध गरेका छन । संचार उद्योग चलाउदैमा मुलुकका नियम कानुन मान्नुहुदैन भन्ने हैन । अनि मालिकहरुको यो अभियानमा नेपाल पत्रकार महासंघले समेत साथ दिने अवस्था छ । बिगतमा महासंघले यस्तै खाले राजनीति मात्र गरेको थियो । अनि अहिले पनि महासंघले यस्तै खाले राजनीति गरेर बसेको छ । नेपाल पत्रकार महासंघ नेपाली पत्रकारहरुको छाता संगठन अनि कानुनी राज्यको राज गराउनुपर्छ भन्ने उद्देश्य तर राज्य तिर्ने कर र रोयल्टी नतिर्ने मालिकहरुको अभियानमा सहकार्य गर्नु हुदैन । अनि संचार माध्यामका संचालकहरुसंग नेपाल पत्रकार महासंघले सहकार्य गर्न हुदैन भन्न खोजेको पनि हैन । भन्न खोजिएको यति मात्र हो , जस्ले कानुन मान्ने सामान्य प्रयास समेत गरेका छैनन उनिहरुलाई संविधान कि चाहियो अनि कानुनी शासन, सुशासनको वकालत गर्ने गर्ने आम नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले सहकार्य गर्न प¥यो । नेपाली संचारमाध्यामका संचालकहरुलाई नेपाल पत्रकार महासंघले नै कानुनको पालना गर भनिरहेको अवस्था छ । श्रमजीवि पत्रकार ऐन, न्यूनतम पारिश्रमीक तथा बिज्ञापन प्रसारण त प्रकाशन गर्दा अपनाउनुपर्ने सामान्य मान्यता समेत नेपाली संचारमाध्यामका संचालकहरुले लागु गरेको छैनन । यी मध्येका श्रमजीवि पत्रकार ऐन कार्यन्यनका लागि नेपाल पत्रकार महासंघले संचारमाध्यामका संचालकहरुलाई पटक पटक आग्रह गरेका हुन । तर संचारमाध्यामका संचालनकहरुले सो को कार्यन्वयन अहिले सम्म पनि पुर्ण रुपले गर्न सकेका छैनन । अनि न्युनतक पारिश्रमिक निर्धारण समितिको सिफारिसमा सरकारले लागु गरिसकेको न्यूनतम पारिश्रमीक समेत लागु गर्न नेपाली संचार माध्यामका संचालकहरुले तत्तपरता देखाएका छैनन ।
यहाँनेर मुख्य बिषय भनेको के हो भने संविधान भनेको मुल कानुन हो । मुल कानुनमा आधारित भएर अन्य कानुनहरु बन्ने गर्दछन । तर नेपाली संचारमाध्यामका संचालकहरुले सरकारले संचारमाध्याम कै लागि भनेर जारी गरेको कानुन कार्यन्वयन नगरेको अवस्थामा छ । अहिले आम श्रमजीवि पत्रकारहरुको पहिलो चासो नियमित पारिश्रमिक, श्रमजीवी पत्रकार ऐन कार्यन्वयन तथा न्युनतम पारिश्रमिक, बजार भाउ अनुसार तलब भत्तामा हो । अनि मिडिया सोसाइटी, टिभिएन, वान, एको¥भ यी सवैले अहिले सरकारले संचार संस्था माथि अंकुश लगाउन खोज्यो भनेर बिषयलाई मोड्न थालिएको छ । अहिलेको जमानामा कुनै पनि सरकारले प्रेसको मुख थुन्न सक्दैन । तर राज्यका नियम र कानुन मान भन्दा संचार माध्यामको मुख थुन्ने प्रयास भनिदैन । त्यसकारण मालिकहरुले यो अभियानमा नेपाली पत्रकारहरुको सहयोग र सर्मथन रहनु हुदैन ।
अर्को मुख्य प्रश्न भनेको नेपाल पत्रकार महासंघको नेतृत्व प्रति हो । महासंघलाई प्रश्न यसकारण पनि हो कि आम श्रमजीवी पत्रकारहरुको छाता संगठनका रुपमा सवै प्रत्रकारहरुको भरोसाको केन्द्र बनेको महसंघले मुख्य दायित्व छोडेको हो कि भन्ने शंकाका कारण महासंघको नेतृत्व प्रति प्रश्न उठाइएको हो । अहिले नेपाल पत्रकार महासंघले मालिकहरुको प्रभावमा परेर कानुन नमान्ने संचारमाध्यमका संचालकहरुसंगको सहकार्य तत्काल अन्त गरि पत्रकारलाई तलब देउ भन्ने नाराका साथ आफ्नो आन्दोलन अगाडि बढाउनु उचित हुन्छ । संचारमाध्यामका संचालनकहरुलाई नेपाल पत्रकार महासंघले श्रमजीवि पत्रकार ऐन कार्यन्वयन र न्युनतम पारिश्रमिक लागु गर्नका लागि पटक पटक आग्रहलाई ठाडै अस्विकार गरेका छन । यस्ले गर्दा मिडिया सोसाइटी, टिभिएन, वान, एको¥भ यी संचार माध्यामका संचालकहरुसंग सहकार्य गर्नुको कुनै अर्थ हुदैन । संचालकहरुलाई समेत हित हुने श्रमजीवि पत्रकार ऐन कार्यन्वयन गर्न त हिचकिचावट गर्दछन भने त्यस्ता संचालकहरुसंग किन सहकार्य गर्ने भन्ने प्रश्न आम पत्रकारहरुको प्रश्न छ । नेपाल पत्रकार महासंघको नेतृत्वले यी आम पत्रकारहरुको चाहनालाई ताल मार्दै संचारमाध्यमामका संचालकहरुसंग सहकार्य गरेर शान्ति र संविधानका लागि अभियान थाल्नु कुबेलाको बासुरी भन्नैपर्छ । नेपाली पत्रकारहरुले संचारमाध्यामका संचालकहरुसंग पारिश्रमीक बापत लिने रकम हिसाब गर्ने हो भने संचारमाध्याममा भएका लगानी भन्दा बढि भइसकेको छ । सवै संचारमाध्याममा यो समस्या नहोला तर संचारमाध्यामका संचालकहरुका संगठनमा सवै संचालकहरु आवद्ध भएका छन । त्यसकारण कि नियमित तलब नदिने पत्रकारहरुलाई तलब बापतको रकम तिर्न बाँकी हुने संचालकहरु ती संगठनहरुमा आवद्ध गर्नुभएन नत्र यो दोष सवै संचालकहरुलाई लाग्ने छोड्दैन । नेपाल पत्रकार महासंघको जानकारीमा पनि यो तथ्य हुनुपर्ने हो कि एउटा मोफोसलमा बसेर काम गर्ने पत्रकारले ज्यान जोखिममा राखेर पत्रकारीता गरेको हुन्छ तर उसले काम गरेको दिन देखि एक रुपैया तलब नलिइकन संचारसंस्था छोडेको हुन्छ । एउटा मोफसलको पत्रकारले हरेक जसोे संचारसंस्थाबाट तलब बापतको पैसा लिन बाँकी छ । ज्यान जोखिममा राखेर पत्रकारिता गरे बापत न्युनतम एक लाख सम्म रकम संचारसंस्थासंग लिन बाँकी रहेको तथ्य पनि पत्रकार महासंघसंग होला नभए नेपाल पत्रकार महासंघले आफ्ना सदस्यहरुसंग यो बिषयमा जानकारी लिनु उचित हुन्छ । महासंघले आफ्ना शाखा मार्फत संचारसंस्थाहरुको अवस्थाका बारेमा जानकारी लिने परम्परा रहेको छ । तर संचारसंस्थाका शाखाहरुमा शाखा अध्यक्ष संचारसंस्थाका संचालकहरुको इच्छा अनुसार बन्ने गरेको छ । त्यसकारण पनि संचारसंस्थाका समस्याका बारेमा हरेक सदस्यहरुसंग जानकारी लिनुपर्ने अवस्था आएको छ । संचालकहरुले पत्रकारलाई कति तलब दिन बाँकी रहेको छ त्यो बिषयमा जानकारी हरेक सदस्यसंग ब्याक्तीगत रुपमा लिनुपर्ने हुन्छ । ३० दिन काम पछि एक दिन तलब पाउनु सवै श्रमिकको जस्तै पत्रकारहरुको पनि अधिकार हो तर १ सय ८० दिन हुँदा सम्म पनि एक महिना नभएको अवस्था अहिले संचार संस्थाहरुमा रहेको छ । तर अन्य क्षेत्रका लगानीकर्ताले नो वर्क नो पे भन्ने बहस थालेका छन तर संचार उद्योगमा भने नो पे नो वर्कको अवधारणा नेपाली पत्रकारले ल्याउनुपर्ने अवस्था आएको छ । यो अवस्था आएकाले पनि नेपाल पत्रकार महासंघको नेतृत्वले अब संचार उद्योगका संचालकहरुसंग सहकार्य हैन , श्रमजीवि पत्रकार ऐन लागु गर, न्युनतम पारिश्रमिक लागु गर, पत्रकारलाई नियमित तलब देउ नत्र हामी पनि नो पे नो वर्कको नारा लिएर संचार उद्योगका संचालकका बिरुद्धमा उत्रनुपर्ने अवस्था आउछ भन्ने बेला आएको छ । धेरै समय कुर्ने अवस्थामा नेपाली पत्रकारहरु छैनन । समयले नेटो काट्न लागेको छ । त्यसकारण नेपाल पत्रकार महासंपनि नो पे नो वर्कको नारा लिएर संचार उद्योगका संचालकका बिरुद्धमा उत्रनुपर्ने अवस्था आउछ भन्ने बेला आएको छ । धेरै समय कुर्ने अवस्थामा नेपाली पत्रकारहरु छैनन । समयले नेटो काट्न लागेको छ । त्यसकारण नेपाल पत्रकार महासंघले तत्काल यो बिषयमा छलफल थाल्ने हैन निर्णय लिने बेला भएको छ ।
vie: today's khabar
नमस्ते विहानी पत्रिका को पहिलो पृष्ठ

नमस्ते विहानी पत्रिका को तेस्रो पृष्ठ

नमस्ते विहानी पत्रिका को चौँथो पृष्ठ

नमस्ते विहानी पत्रिका को
दोस्रो पृष्ठ

कस्तो बम्पर योजना ? जति छोटो स्कर्ट उतिधेरै छुट

हामीकहाँ विभिन्न कम्पनीहरुले आफुले गरेका उत्पादनहरुमा बम्पर उपहारको योजना ल्याएर उपभोक्ता आकषिर्त गर्छन् । चीनको एक पार्कले भने एक अनौठो उपहार योजना सार्वजनिक गरी आगन्तुकलाई आकषिर्त गर्ने मात्र होइन चर्चा र विवाद दुबै सिर्जना गरेको छ ।
दक्षिणी ग्वांगजी जुआंगमा रहेको एडभेन्चर पार्कले मिनी स्कर्ट लगाएर आउने महिलाहरुलाई पार्क प्रवेशको टिकटमा ५० प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको छ । पार्कको उक्त घोषणासँगै त्यहाँ छोटोभन्दा छोटो स्कर्ट लगाएर आउने तरुनीहरुको भिड नै लाग्न थालेको छ । तथापि पार्कको यो कदमको चौतर्फी आलोचना हुन लागेको छ ।
त्यहाँस्थित गुइलिन म्यारिल्याण्ड रिसोर्टमा पछिल्लो दुइ महिनादेखि चलिरहेको मिनि स्कर्टलाई माया गरौँ नामको अभियानमा महिलाहरुलाई यस्तो सुविधा प्राप्त भएको हो । जस अनुसार ३८ सेन्टीमिटर वा सो भन्दा छोँटा स्कर्ट लगाएर त्यहाँ आउने महिलालाई पार्क प्रवेश शुल्कमा ५० प्रतिशत छुट दिइएको छ । पार्कको गेटमा हुने एक महिलाले महिलाको स्कर्टको लम्बाइ जाँच्ने र अर्की महिलाले सोही अनुसार टिकट बेच्ने गरेका छन् । यसरी छोटो स्कर्ट लगाउनेले ५५ युआनमा टिकट पाउने गरेका छन् ।
महिलाहरुलाई आफ्नो सुन्दरता देखाउन प्रोत्साहन गर्नका लागि यस्तो योजना ल्याइएको पार्कका अधिकारी बताउँछन् । त्यस पार्कमा मिनि स्कर्ट अभियान सँगै जल महोत्सव पनि गरिएको छ जहाँ मिनी स्कर्ट लगाएका महिलाहरु एक अर्कामा पानी छ्याँपाछ्याँप गर्न सक्छन् ।
तर पार्कको उक्त अभियानप्रति ग्वांगजी क्षेत्रका बासिन्दा भने क्रुद्ध छन् । नाफा कमाउने उद्धेश्यले पार्कले यस्तो अश्लील तथा घटीया तरिका अपनाएको उनीहरुको आरोप छ ।

प्रचण्ड र बाबुराममाथि नै आक्रमण

एमाओवादी बिस्तारिक बैठक


काठमाडौं । एकीकृत नेकपा माओवादीको राजधानीमा जारी बिस्तारित बैठकमा पार्टी अध्यÔ पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्रीसमेत रहेका उपाध्यÔ डा. बाबुराम भट्टराईमाथि नै आक्रमण भएको छ ।
प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि भएको समूहगत छलफलको रिपोर्टिङ गर्नेक्रममा भोजपुरा राज्य समितिको तर्फबाट को बोल्ने भन्नबारे सुरू भएको विवादले उग्ररुप लिएपछि प्रचण्ड र बाबुराम पÔ एक–अर्का पÔका शीर्È नेताहरुमाथि नै जाइलागेका हुन् ।
विवाद बढ्दै गएपछि प्रचण्डका विश्वासपात्र पोलिटव्युरो सदस्य प्रभाकर बैठकस्थलबाट बाहिरिन खोजेका उपाध्यÔ भट्टराईमाथि जाइलागेका हुन् । उनले भट्टराईलाई कठालो समाउने प्रयास गरेका थिए । आफ्ना नेतामाथि आक्रमण भएपछि आक्रोसित भट्टराई पÔीय बझाङका एक प्रतिनिधिले पार्टी अध्यÔ प्रचण्डमाथि कुर्सी प्रहार गरेका थिए ।
कार्यकर्ताबाट नै नेताहरु असुरÔित रहेको थाहा पाएपछि प्रहरीले हस्तÔेप गरेर शीर्È नेताहरुलाई ‘रेस्क्यू’ गर्नु परेको स्रोतको भनाइ छ ।
बैठकमा सहभागी एक नेताका अनुसार कार्यकर्ताले हानेको कुर्सी प्रचण्डको ढाडमा लागेको थियो । प्रचारप्रसार उपसमिति संयोजक विश्वभक्त दुलालले भन्नुभयो, ‘सामान्य विÈयमा सुरू भएको विवाद, तानातान र हानाहानको स्थितिमा पुगेको हो ।’
शुक्रबार ११ बजे बस्ने भनिएको बन्दसत्र एकघण्टा ढिलो गरी सुरू भयो । बैठक सुरु भएलगत्तै नामावली सूचीअनुसार भोजपुराका बलिदान साहलाई अध्यÔको प्रतिवेदनमाथि भएको समूहगत छलफलको निष्कर्È प्रस्तुत गर्न मञ्चमा बोलाइयो । भट्टराई पÔका साहले बोल्न थाल्नेवित्तिकै मञ्च र तल रहेका प्रचण्ड पÔका नेता तथा प्रतिनिधिले आफ्ना पÔका अशोक जैसवालले बोल्नुपर्ने भन्दै हुटिङ गरे ।
भट्टराई पÔकाले भने साहले बोल्न थालिसकेकोले उनले बोलेपछि अशोकलाई बोल्न दिनुपर्ने बताए तर प्रचण्ड पÔधरले एकोहोरो हुटिङ र होहल्ला गर्न छाडेनन् । यसको नेतृत्व नेतृ अञ्जना विशंखेले गरेकी थिइन् ।
बोल्न थालेका आफ्ना पÔका नेतालाई अवरोध गरेको भन्दै मञ्चमा रहेका भट्टराई, देवेन्द्र पौडेललगायतले विरोध जनाए । बोल्नै नपाउने प्रवृत्तिको अन्त्य हुनुपर्छ भनेर भट्टराई र पौडेलले प्रतिवाद गरेलगत्तै त्यहीँ रहेका प्रचण्ड पÔधर नेता जनार्दन शर्मा ‘प्रभाकर’ रिसाए ।
‘गुटबन्दी गर्ने तिमी नै हौ’ भन्दै प्रभाकरले भट्टराईमाथि हात हाल्न खोजे । स“गै रहेका पौडेल, डिलाराम आचार्यलगायतका नेताहरुले छेकेका कारण प्रभाकरको हात बाबुराममाथि पर्न पाएन । उनीहरुले नछेकेको भए बाबुरामले पिटाइ खाने बैठकमा सहभागी एक नेताले बताए ।
उपाध्यÔमाथि नै हातपात गर्न खोजेको भन्दै भट्टराई पÔधरका नेताहरुले चर्को विरोध र हुटिङ गरे । त्योबेला अध्यÔ प्रचण्डले ‘हैन मिलाऔं, शान्त रहनोस्’ भन्दै थिए तर, हातपातकै स्थिति आएपछि बाबुराम पÔधर कार्यकर्ता पनि प्रतिवादमा उत्रिए ।
यता, पोलिटव्युरो सदस्य शक्ति बस्नेतले बन्दसत्रमा सामान्य विवाद उब्जिएको तथा नेताहरुमाथि हातपात भएको भन्ने कुरा निराधार भएको जिकिर गर्नुभयो ।
विवादपछि स्थगित एकीकृत नेकपा(माओवादी)को विस्तारित बैठकको बन्दसत्र पुनः सुरू भएको छ ।    बन्दसत्रमा भोजपुरा राज्यसमितिका तर्फबाट पार्टी उपाध्यक्ष एवम् प्रधानमन्त्री डा. बाबुराम भट्टराई पक्षका नेता बलराम साहले बोल्न लाग्दा अध्यक्ष पुष्पकमल दाहाल पक्षका कार्यकर्ताहरु होहल्लामा उत्रेपछि झडपको अवस्था आएर बन्दसत्र स्थगित भएको थियो ।
प्रचण्डलाई कुर्सी हान्ने अस्पतालमा 
यसैबीच पार्टी अध्यÔ पुष्पकमल दाहाल प्रचण्डमाथि कुर्सी प्रहार गर्ने भट्टराई पक्षधर बझाङका एक प्रतिनिधि अस्पताल भर्ना भएका छन् ।
अध्यÔमाथि कुर्सी हान्नेलाई वाईसीएलका कार्यकर्ताले कुटपिट र लछारपछार गरेका थिए । वाईसीएलको कुटाइबाट घाइते भएका उनलाई एम्बुलेन्समा हालेर उपचारको लागि अस्पताल लगिएको छ ।
पार्टी उपाध्यÔ एवम् प्रधानमन्त्री डा. बाबुराम भट्टराईमाथि प्रचण्ड पÔधरका जनार्दन शर्भा प्रभाकरले हातपात गर्न खोजेको भन्दै भट्टराई पÔका ती कार्यकर्ताले प्रचण्डलाई कुर्सीले हिर्काएका हुन् ।
बैठक स्थगित भनेर नेताहरु बाहिरिन लाग्दा ती प्रतिनिधिले प्रचण्डलाई पछाडिबाट कुर्सीले हिर्काएका हुन् । प्रचण्डको ढाडमा कुर्सीले लागेको प्रत्यÔदर्शी एक नेताको भनाइ छ । नेतामाथि हातपातको प्रयास भएपछि कार्यकर्ताहरुबीच कुर्सी र हात हालाहाल भएको थियो । हुलमूलमा कसले कसलाई हिर्कायो, पत्तो नभएको उनले बताए ।

चितवनमा साज जातको रुख लोपोन्मुख

बसन्त पराजुली
भरतपुर । चितवन र नवलपरासीको जङ्गलमा साज जातका रुख हराउँदै गएका छन् । चाम्रो र बलियो जातको यो रुखको संरक्षणमा ठोस कार्यक्रम नहँुदा अहिले यो साज नै बिलिन हुने अवस्थामा पुगेको हो ।
१० वर्षअघिसम्म चितवन र नवलपरासीका जङ्गलमा साजका रुख सहजै भेटिन्थे तर शुक्रबारभोलि भेटिन मुस्किल छ । पहिला साज चितवनको जङ्गलमा दोस्रो वनस्पती थियो । अनुसन्धानमा संलग्न जिल्ला वन अधिकृत डा. इन्द्रप्रसाद सापकोटाले अहिले साजको अवस्था एक सयभन्दा पछाडि पुगेको बताउनुभयो ।
‘साज हराउँदै छ । यसको संरक्षण गर्न जरुरी छ’, डा. सापकोटाले सञ्चारकर्मीहरुसँग भन्नुभयो, ‘साज संरक्षणका लागि ठोस कार्यक्रम दिन सकिएन भने यो रुख बिस्तारै लोप भएर जानेछ ।’
चितवनमा वन र वनस्पतिको संरक्षणमा लागेकाहरुले पनि साजको रुख हराउँदै गएको अनुभव सुनाउँछन् । पश्चिम चितवन सेतीदेवी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दीपक अधिकारी २०३६ सालपूर्व अधिक साज भेटिए पनि अहिले सो नभएको प्रतिक्रिया दिनुहुन्छ ।
‘२०३६ मा वन अतिक्रमण गरी घर टहरा बनाइएसँगै पुरानो वन मासियो । नयाँ स्थापना गरिएको वनमा साज हुर्काउन सकिएन’, अधिकारीले भन्नुभयो । प्राकृतिक रुपमै हुर्कदै गरेको वनमा पनि यो रुख हुर्कन नसकेको उहाँको अनुभव छ ।
पहिला चितवन र नवलपरासीका जङ्गलमा साज जातका रुख सहजै भेटिन्थे । अहिले टिकौली जङ्गलका केही भाग र निकुञ्जभित्रको जङ्गलमा केही मात्रामा मात्रै भेटिए पनि समग्र चितवनका जङ्गलमा हराउँदै गएको छ ।
ट्रेर्मानिलिया प्रजातिमा पर्ने साजको रुख बढी ठूलो हुन्छ । साज लोप हँुदै गर्दा यसले साललाई समेत असर गर्छ । गाईभँैसीलाई घाँस खुवाउने स्याउलाको रुपमा पनि यो बढी प्रयोग हुन्छ । बढी चाम्रो र बलियो हुनेहुँदा पुराना काठका घरहरुमा बिम तथा डाँडाहरुमा पनि यही काठ बढी प्रयोगमा ल्याइन्थ्यो ।
फर्निचर र झ्याल ढोकाको काठ बनाउन यो काठ प्रयोगमा आउने गर्छ । यो हराएसँगै यसको चाप पनि साललाई नै पर्ने हँुदा यसले सालको संरक्षणमा समेत थप असर गर्ने देखिन्छ ।
‘जङ्गलमा एउटा प्रजाति लोप हुँदै गयो भने त्यसले अन्य प्रजातिलाई पनि असर गर्छ’, सहायक वन अधिकृत तोयानाथ पौडेलले भन्नुभयो, ‘वन, वनस्पति र वन्यजन्तुको संरक्षणमा सबै प्रजातिका वनस्पतीको एकआपसमा आवश्यक र मह¤व रहेको छ ।’
बढ्दो मानवीय चाप र वन क्षेत्रको अतिक्रमणका कारण वन र वनस्पतीमा गम्भीर प्रभाव पर्दा साज हराउँदै गएको अध्ययनमा उल्लेख छ । अध्ययनकर्ता डा. सापकोटा भन्नुहुन्छ, ‘साज हराउँदै छ, संरक्षण जरुरी छ ।’


चितवनमा नयाँ कलेजको स्थापना

भरतपुर । शैक्षिक नगरी चितवनमा नयाँ कलेजले आफ्नो शैक्षिकयात्राको थालनी गरेको छ । भारतको सिक्किम मणिपाल विश्वविद्यालयको सम्बन्धनमा काठमाडौंको लर्डबुद्ध एजुकेसनल फाउन्डेसनको सहकार्यमा नारायणी कलेज फर प्रोफेसनल स्टडिज् (एनसीपीएस)ले यसै शैक्षिकसत्रदेखि स्नातकतहको कक्षाहरु सञ्चालन गर्न लागेको हो ।
शुक्रबार कलेजमा आयोजना गरेको पत्रकार सम्मेलनमा कलेजका अध्यक्ष पंकज जलानले सो जानकारी गराउनुभएको हो । कलेजले यसै शैक्षिकसत्रदेखि तीन वर्षे स्नातकतहका कक्षाहरु सञ्चालन गर्न लागेको उहाँले बताउनुभयो ।
कलेजले तीन वर्षे बीबीए र बीएस्सी आईटीका कक्षा सञ्चालन गर्न लागेको हो । नेपाल सरकारको स्वीकृतिमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा काठमाडौंमा १४ वर्षदेखि सञ्चालित फाउन्डेसनले चितवनका विद्यार्थीलाई केन्द्रमा धाउनुपर्ने बायध्तालाई कम गर्नका लागि कलेज सञ्चालन गर्न लागिएको अध्यक्ष जलानले बताउनुभयो ।
कलेजले बीबीएमा ६० र बीएस्सी आईटीमा ३० जना विद्यार्थीलाई भर्ना लिई कक्षा सञ्चालन गर्ने जनाएको छ । तीन वर्षको कोर्ष पूरा गर्न विद्यार्थीहरुले रु दुई लाख ८८ हजार रुपैयाँ तिर्नुपर्ने अध्यक्ष जलानले जानकारी दिनुभयो ।
‘अमेरिकामा भन्दा अन्य मुलुकमा चार वर्षे स्नातकको कक्षा सञ्चालन छैन, यो अवस्थामा हामीले चार वर्षे कुन आधारमा बनाउने, नेपाली विद्यार्थीहरु अमेरिकी बजारमा मात्र बिक्ने होइनन्’, उहाँले भन्नुभयो ।
अहिले कलेजले १२ कक्षाको परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई भर्ना लिई कक्षा सञ्चालन गरेको कलेजका निर्देशक नितिन अग्रवालले बताउनुभयो ।


विद्यार्थीद्वारा कलेज प्रवेशमा रोक

भरतपुर । अनेरास्ववियु क्रान्तिकारी सीटीईभीटी एनपीआई मूल इकाइ समिति चितवनले शुक्रबार कलेजका सञ्चालक समितिका सदस्य र प्रशासनका कर्मचारीहरुलाई कलेज प्रवेशमा रोक लगाएको छ ।
विभिन्न मागसहित प्रशासनसमक्ष मागपत्र बुझाउँदा पनि बेवास्ता गरेको भन्दै समिति आन्दोलनमा उत्रिएको हो । आन्दोनलका क्रममा समितिले शुक्रबार बिहान ६ बजेदेखि अपरान्ह ४ बजेसम्मका लागि कर्मचारीहरुलाई कलेज प्रवेशमा रोक लगाएको हो ।
समितिले २ गतेदेखि विभिन्न विरोधका कार्यक्रमहरु गर्दै आएको छ ।


तिम्रो लागि किनि दिएको चुरा यत्तिकै छ, सिजर्ना...............!

विधुर ढकाल
प्रेयषी सिर्जना,
लामो समयको अन्तराल पछि फेरी अर्काे पत्रमा तिम्रो सम्झनाका तरेलीहरुलाई संगाल्दै मायाका नविन पुष्प गुच्छाहरु अर्पण गर्न चाहँे स्वीकार ल.............! गाँउमा तिमी आरामै हौली अनी ति साथी सँगीहरु पनि आरामै होलान् । सबैलाई सम्झना सुनाई दिनु ल.............! ती बूढा बाबु आमा पनि त कुशलै होलान होइन् ? दमकी विरामी आमाको राम्रै ख्याल गरेकी हौली ? मेरो तर्फबाट ढोग सुनाई दिनु है ।
वर्षा याम सुरु हँदा आँउछु भनेको थिएँ, समयले दिएन् । तिमीसँग सँगै मेला जाने रहर थियो त्यो पनि पुरा हुन सकेन् । साथी सँगीहरु सँग रमाइलो गरेर मेला गयौ हौली । फेरी मेरो यादले पनि सतायो होला पुराना दिनहरुको सम्झनामा । म हली वनेर जोतिरहेको तिमी मेलामा धान रोपीरहेको पनि याद आयो होला । गाँऊबाट आएको उमेशले भन्दै थियो पाँच दिन लगाएर मेला सकियो अरे त्यो पाँच दिन मैले कल्पना मात्र गरेर विताए । कि तिम्रो यादमा म यहाँ त्यसै हराएको थिए । तिमीले रोपाइको विचबाट बाउसे गर्दाै गरेको मलाई हिलो छ्यापेको यादले म त्यसै हराँए । मैना दिनसम्म पानी र हिलोमा रम्ने हामीहरु यतीवेला सम्म कतिका मेलामा पुगेका हुन्थ्याँै होला । कतिका पर्ममा पुगेका हुन्थ्याँै हो । शहरमा परेका झरीमा युवा युवतीहरु पानी रुझ्दै रमाइरहेको देख्दा मलाई पनि तिम्रो यादले सताँउछ र एक्लै भए पनि रुझाँै रुझौँ लाग्छ ।
अनि सिर्जना तिमीलाई यो साउने सक्रातिंमा हातमा मेहेन्दी लगाइदिउँला भन्ने रहर थियो मेरो । त्यो पनि त पुरा हुन पाएन् । भन्छन यो संक्रान्तिमा सबैले हातमा मेहेन्दी लगाउनु पर्छ रे सोचेको थिए मैले पनि तिम्रो हातबाट मेहेन्दी लगाउँछु । तिम्रै नाम कोरेर त्यो पनि पुरा भएन् । भाग्यको खेला नै त होला है .............! तिमी कहाँ आज म कहाँ । त्यो गाँउमा मेरो कल्पनामा तिमी हराएकी हाँैली म यो सहरको भिडबीच म पनि एक्लै हराइरहेको छु । तिमीले भनेकी थियौ, यो साउने सक्रान्तीमा आँउदा हातै भरी पुग्ने गरि हरीयो चुरा लिएर आइदिनु भनेर । मैले पनि तिम्रा लागि भनेर हरिया काँचका चुरा किनेर राखेको थिए तर सिर्जना मेरो चाहहरु सब त्यही काँचको चुरा सरि फूटे म तिमी भएको स्थान सम्म आउन पाईन् । सोच्यौ हाँैली ‘यो सिर्जनले मलाई भुल्यो’, भनेर तर पनि म के गरु यो स्वार्थी दुनियाँको बीचोबीच आइपुगेको म फर्कने बाटा नपाउँदा आउन पाइन् । तिमीले मेरो विवशतालाई अवश्य पनि बुझ्ने छौ ।
सिर्जना मेरो रहर पनि थियो, यसपालीको सक्रन्तिमा तिमीसँगै वोलवम धाम जाने तर त्यो पनि पुरा हुन सकेन् । तिमीलाई पनि खल्लो लाग्यो होला .............! तिमी मेरो लागि भनेर साउने वर्त बसिरहेकी हौली होइन् ? सायद मेरो दिर्घायूको लागि तिमी निराहार वर्त बस्तै गर्दा म यहाँ भने तिम्रो कल्पनामा हराई रहेको हुने छु । सिर्जना, तिमीसँगै पोहोर साल वोलवम गएको सम्झदै दिन कटाइरहेको छु । अझ पनि सिर्जना मलाई याद छ ती रात जतीवेला हामी लक्ष्मणघाटको पवित्र तटमा बसेका हुन्थ्याँै । त्यो पनि याद छ सिर्जना मलाई हामी ‘श्री पर्रोहा परमेश्वर वोलवम धाममा दिन लगाएर पैदल पुगेको । तिमी लाइनमा बसेर जल चढाउँदै गरेको पनि मलाई याद छ म पारी बसेर तिमीलाइ जिस्काउँदै गरेको पनि याद छ । यी सवै पलहरु आज मेरा लागि स्मृतीका पाना पल्टिए सरि दिन विताउने साधन बनिरहेका छन् ।
कल्पनामा म हराइरहेको छु । कति रमाइला थिए है ती दिनहरु हामी सँगै तिर्थहरु गएका । आँफूलाई नास्तिक भन्ने म पनि तिमीसँग वोलवम जाँदा आस्तिक भएको पाउथँे । कहिल्यै पनि मन्दिरमा गएर शिर ननिहुराउने म तिम्रो साथमा लागेर मन्दिरको घण्ट बजाएको थिएँ मैले । सँधै बाटोमा हिड्दा नदी वा मन्दिर आए हात सिरमा लगि छाती छुनेहरुलाई मनमनै सराप्ने म, तिमीसँग वोलवम धाम जाँदा बाटोका हरेक मन्दिरमा पसेर घण्ट बजाएको छु । सिर्जनामा तिम्रो समिपमा म कति सम्म परिवर्तन हुँदो रहेछु भन्ने नमुना मात्र हो यो त मैले बाटोमा पर्ने हरेक नदीहरुमा गाँडीबाट सिक्का फाल्ने गरेको तिमीसँग हिड्दा यो आस्तिक पनमा के छ भन्ने मलाइ थाहा नहोला तर पनि सोच्छु यसमा मेरी प्रेयषीको प्रेम छ ।
शहरको गल्लीहरुमा हिड्दै गरेको मैले हरेक दिन वोलवम हिँडेका यात्रीहरुलाई देख्छु र सोच्छु मेरी सिर्जनामा पनि यही भिडमा होली मलाई बोलाँउदै । म पनि टोलाएर भिड गए तिर हेर्छु र हराँउछु तिनै पुराना दिनहरुको यादमा । म यहाँ एक्लै भए पनि त्यहाँ तिमी त हाम्रा साथीहरु सँगै यी पलहरु सँगै रमाइरहेकी हाँैली अनी यही रमाइलो विच मलाई सम्झिरहेकी हौली होइन् सिर्जना पत्र लेख्दै गर्दाको यो रातमा सिर्जना तिम्रै कल्पनामा हराइरहेको मलाई साथ दिइरहेको कुनामा बजेको रेडियो र वाहिरबाट साथ दिइरहेको छ अविरल वर्षीरहेको पानीको मिठो गुन्जनले । रेडियोमा यतीवेला यो गीत वजिरहेको छ जुन गीत तिमीले हमेसा यो मौसममा गुन्गुनाउने गथ्र्याै । ‘गोरी है कलैयाँ, तुँ ला दे मेरे हरी हरी चुडिया,आपना बनाले मुझे वालमा’, सिर्जना यो गीत आज पनि तिमी गुन्गुनाइरहेकी हौली सोच्दै छु यो रेडियोमा गुञ्जिरहेको गीत तिमी आँफैले नै गाइरहेकी छ्यौ ।
सिर्जना रातको यो मध्ये सम्म पनि म तिम्रै कल्पनामा हराइरहेको वेला तिमी पनि त्यस्तै अवस्थामा हौली हामी जहाँ जस्तो अवस्थामा रहेका छौँ हाम्रो माया भने अझ गाढा भइरहेको भान मलाई भइरहेको छ । साउनको सुरुको सोमबार म तिम्रो सामु हुन नसके पनि सकेसम्म म अन्तिम सोमबार तिमीसँगै बोलवम जान आउने कोसिस गर्ने छु । समयले साथ दियो भने अवश्य पनि फेरी यो साल पनि तिमी र सँगै वोलवम जाँउला । तिमी मन्दिरको देवहरुमा पवित्र जल चढाउली म घण्टहरु बजाइरहुँला । फेरी तिम्रा लागि भनेर किनेको हरियो चुरा पनि सँगै लिएर आँउला है त ।
रात निकै छिप्पि सके जस्तो छ सिर्जना तिमी सुत म पनि सुत्छु फेरी तिमी विहानै मेलामा जानु पनि त पर्ने होला नी होइन् । सुत्ने वेलामा एक पटक आमालाई हेर्न नभुल्नु र मेरो तर्फ देखिको माया सुनाइदिनु तिम्रो स्पर्सले । आज दमको दवाइ खुवाइ त दियाँै होला नी । आमाको चौकीमा पानी राखिदियाँै कि दिइनौँ छैनौ भने राखेर सुत ल म पनि सुतेँ ल .............!
शुभ रात्री ,
उही तिम्रो प्रिय सिर्जन,

Thursday, July 19, 2012

भुइँकटहरबाट एकै गाउँमा बीस लाख आम्दानी

कावासोती । भिरालो परेको कान्लामा गरेको भुइँकटहर खेती राम्रो भएपछि किसानलाई बेच्न भ्याइनभ्याइ छ ।
नवलपरासी दिव्यपुरी–९ बन्दीपुरका किसानलाई भुइँकटहर बेच्न चटारो परेको हो । ‘खेत हुनेलाई खेत रोप्न चटारो होला हामीलाई भुइँकटहर बेच्न छ’ किसान चूडामणि फालमगरले भत्रुभयो । बारीको कान्लोमा लगाएको भुइँंकटहरबाट किसानले वार्षिक रु २० लाखसम्म आम्दानी लिने गरेका छन् ।
बीस घरपरिवारले व्यवसायिकरूपमा भुइँकटहर लगाउने गरेका छन् । पशुपालनमा पनि यहाँका किसान उत्तिकै सक्रिय छन् । बन्दीपुरका कान्लामा भुइँकटहर र केराले ढाकेको छ । ती किसान रजहर र केउरेनीमा हुने हाटबजारमा केरा बिक्री गर्न ल्याउँछन् ।
असारको अन्तिम सातादेखि भुइँकटहरको उत्पादन सुरू भएपनि उनीहरुको बजार गर्ने क्षेत्र फैलिएको छ । भुइँकटहर बेच्न उनीहरु कावासोतीसम्म आउनुपर्छ । साउनको महिना ‘फलाहारी’ धेरै हुने भएकाले भुइँकटहरको बजार समस्या नहुने फालमगरले बताउनुभयो ।
कावासोतीका व्यापारीसमेत मौसममा बन्दीपुरकै भुइँकटहर कुरेर बस्ने गरेका छन् । ताजा र रसिलो भएकाले ग्राहकले नै बन्दीपुरको भुइँकटहर खोज्छन्, त्यसैले त्यही किन्छौँ, कावासोतीका फलफूल ठेला व्यापारी विष्णु अधिकारीले भत्रुभयो–‘ भुइँकटहरको समय साउन र भदौ हो, यो समयमा बन्दीपुरकै भुइँंकटहरले पुग्छ ।’
किसानले सरदर होलसेल भाउ प्रतिगोटा रु ३० मा बिक्री गर्ने गरेकाले व्यापारीलाई पनि बन्दीपुरे भुइँकटहर बेच्दा फाइदा छ । खुद्रा बेच्दा व्यापारीले प्रतिगोटा रु ६० मा बिक्री गर्छन् ।
ताजा देखिएकाले गाडीबाट ओर्लिएरसमेत यात्रुले भुइँकटहर लैजाने गरेका छन् । बन्दीपुरेले हरेक दिनजसो ताजा भुइँकटहर व्यापारीकहाँ ल्याइदिने गरेका छन् । ‘ग्राहकलाई राम्रो र स्वादिलो भए हुन्छ, हामी त्यस्तै भुइँकटहर बेच्छौँ’ अधिकारीले भत्रुभयो ।
एउटा परिवारले सदरदर चार हजारदेखि सात हजार गोटासम्म भुइँकटहर बेच्छन् । ‘आम्दानी त रु एक लाखमाथि नै हुन्छ, खर्च कटाउँदा त्यहीँ रु एक लाख बच्छ’ फालमगरले भन्नुभयो । यो ठूलो मौसम हो भने कात्तिक मङ्सिर उनीहरुका लागि कम सिजन हो ।
पहिलो लटको बजार साउन भदौ र बाँकीको बजार मङ्सिरमा हुने गरेको छ । ‘बन्दीपुरेको भुइँंकटहरको स्वाद मुखमा परेपछि अन्तको खाउँलाजस्तो हँुदैन’ शिवमन्दिरका गोविन्द पाण्डेले भत्रुभयो ।
किसानले भुइँकटहरका लागि प्रयोग गर्ने मल भने स्याउला र गाइभैँसीको हो । उनीहरुले भुइँकटहरमा वर्षमा एकपल्ट मात्र मल राख्ने गरेका छन् । ‘किसानको आम्दानीको कुराभन्दा पनि स्थानीय उत्पादनले आपूर्ति पुगेको छ, त्यसमा गर्व छ, अधिकारीले भत्रुभयो ।
सम्भावना भएका ठाउँमा निर्वाहमुखीभन्दा पनि व्यवसायमुखी भएर कृषि गरे किसान र राष्ट्र दुवैलाई हित हुने पाण्डेले बताउनुभयो ।

लगातारको वर्षाले चितवन र नवलपरासी प्रभावित

भरतपुर । लगातारको वर्षाका कारण आएको बाढीले चितवनका विभिन्न  क्षेत्रको जनजीवन प्रभावित भएको छ । वर्षाका कारण माडीको रिउखोलामा पानीको सतह बढेपछि आवतजावत प्रभावित भएको छ ।
रिउखोला भएर चल्ने गाडाहरु पनि वारपार गर्न सकेका छैनन् । माडीको रिउलगायतका खोलामा पानीको सतह बढेको छ । योसँगै माडी–भरतपुरको यातायात सेवा पनि अवरुद्ध भएको छ । यस्तै नारायणी र राप्ती नदी किनारमा बसोवास गर्ने स्थानीय बासिन्दाहरुमा पनि नदीमा पानीको सतह बढेसँगै त्रास बढेको छ ।
वर्षात्को बेला बाढी र पहिरोको जोखिममा रहेको जिल्लामध्ये एकमा पर्ने चितवनमा वर्षात्सँगै नदीतिरका बासिन्दाहरु मात्र हैन, पहाडी नौ गाविसका बासिन्दाहरु पनि त्रासमा छन् ।
यस्तै नवलपरासीको विभिन्न क्षेत्र पनि डुबानमा परेका छन् । नवलपरासीको दक्षिणी तराई क्षेत्रका हकुई र सुक्रौली गाविसको दुई सय बिघा जमिन डुबानमा परेको छ भने भुताहा–६ विजयपुरको दुई थारु गाउँ डुबानमा परेको छ ।
स्थानीइ भगवानदास हरिजनका अनुसार हकुई र सुक्रौली गाविसका दुई सय बिघा जमिन डुबानमा परेको छ भने बाढी गाउँसम्म पस्ने खतरा बढेको छ । त्यसैगरी बाढीको कारण नवलपरासीको भूताहा–१ भानुनगरमा रहेको हेडडब्बा पुल भत्कने खतरा बढेको छ ।
त्यसैगरी बाढीको प्रभाव नवलपरासीको दाउन्नेदेवी–२ केराबारीमा पनि परेको छ । केराबारीका पाँच घर र दुई सय मिटरको बाटो पनि डुबानमा परेका छन् । स्थानीय लालबहादुर राना, सीता क्षेत्रीलगायतको पाँच घर डुबानमा परेको सोही ठाउँका इन्द्र गुरुङले जानकारी दिनुभएको छ ।
त्यसैगरी नवलपरासीको हरपुर गाविसको वडा नं. ४, ५ र ७ नम्बर वडाका एक सय बिघाभन्दा बढी जमिन डुबानमा परेको छ । स्थानीय धु्रबनारायण बानियाका अनुसार झरही नदीको बाँध बिहीबार बिहान १० बजेतिर फुटेको कारण गाउँ डुबानमा परेको हो । स्थानीयले बाढी गाउँसम्म पस्ने खतरा बढ्दै गएको बताएका छन् ।

तोडफोड र आगजनीका तीन आरोपी पक्राउ

भरतपुर । गत मंगलबार बिहान नारायणी सामुदायिक अस्पतालको स्वास्थ्य सङ्काय विभागमा तोडफोड र गाडीमा आगजनी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी मुद्दा चलान गरेको छ ।
यसरी पक्राउ पर्नेहरुमा काठमाडौं बस्ने राजन विष्ट, चितवन पिठुवाका निशान तामाङ र भरतपुरका परशुराम गैरे रहेको चितवन प्रहरीले जनाएको छ । उनीहरुलाई बुधबार राति बुटवलबाट पक्राउ गरी राति नै चितवन ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रवि पौडेलले जानकारी दिनुभयो ।
पक्राउ परेकाहरुलाई बिहीबार नै सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलान गरिएको उहाँले बताउनुभयो । अभियुक्तहरुले घटनामा आफ्नो संलग्नता रहेको स्वीकारेको प्रवक्ता प्रहरी नायव उपरीक्षक पौडेलले जानकारी दिनुभयो । यसअघि उनीहरुले प्रयोग गरेको मोटरसाइकल प्रहरीले बरामद गरेको थियो ।
मंगलबार भएको घटनामा अस्पतालको एउटा गाडीमा आगजनी तथा स्वास्थ्य सङ्कायमा तोडफोड हुँदा करिब तीन लाख बराबरको क्षति भएको एनपीआईका प्रबन्ध निर्देशक पुष्पराज शर्माले दावी गर्नुभएको छ ।
घटनामा संलग्नलाई कारबाहीको माग गर्दै विद्यार्थीहरुले नियमित प्रदर्शन गर्दै आएका छन् । पछिल्लो पटक चितवनका स्वास्थ्य संस्थाहरुमाथि पटकपटक आक्रमण भएको छ । सोको विरोधमा प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि प्रहरीले हस्तक्षेप गर्दा नौ जना घाइते भएको एनपीआईले आरोप लगाएको छ ।

एमाओवादीले नेताहरुको सम्पत्ति छानविन गर्ने

काठमाडौं । एकीकृत नेकपा माओवादीले पार्टी नेताहरुको सम्पत्तिको छानविन गर्ने भएको छ ।
काठमाडौंमा जारी पार्टीको बिस्तारित बैठकमा अध्यÔ पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको आयव्यय र नेताहरुको सम्पत्तिबारे छानविन गर्न स्थायी समिति सदस्य अमिक शरेचनको अध्यÔतामा तीन सदस्यीय उच्चस्तरीय आयोग गठन गर्नुभएको छ । शान्ति प्रक्रियामा आएपछि प्रधानमन्त्री, मन्त्रीलगायतका सार्वजनिक पद धारण गरेका माओवादी नेताहरुले अकुत सम्पत्ति कमाएको आरोप लाग्दै आएको छ ।
पोलिटव्युरो सदस्यद्वय लोकेन्द्र विष्ट र नवराज सुवेदी रहेको आयोगलाई एक महिनाभित्र प्रतिवेदन बुझाउन भनिएको प्रचारप्रसार उपसमितिका संयोजक विश्वभक्त दुलाल आहुतिले जानकारी दिनुभयो ।
शिविरमा भएको भनिएको अनियमिताबारे छानविन गर्न पार्टीले सचिव पोष्टबहादुर बोगटीको संयोजकत्वमा अर्को उच्चस्तरीय आयोग गठन गरेको छ । आयोगमा पोलिटव्यूरो सदस्य हितराज पाण्डे र केन्द्रीय सदस्य डोरप्रसाद शर्मा सदस्य रहनुभएको छ । सातबटै डिभिजनको हिसाबकिताब आधिकारिक र व्यावसायिक चार्टर एकाउन्टेन्टबाट गराउने निर्णय भएको आहुतिले जानकारी दिनुभयो ।
पूर्वलडाकूहरुले शिविरमा छ“दा बुझाएको रकमको हिसाब खोज्दै बिस्तारित बैठक अवरुद्ध पारेपछि माओवादी स्थायी समितिको बिहीबारको बैठकले छानविन समिति बनाउने निर्णय गरेको हो । प्रत्येक शिविरमा दुई करोडभन्दा बढीको भ्रष्टाचार भएको उनीहरुको आरोप छ ।
यसैबीच भ्रष्टाचारको आरोप लागेपछि माओवादीका सातवटै मुख्य शिविरका कमाण्डरहरुले सामूहिक राजीनामा दिएका छन् । अध्यÔ प्रचण्डले बिहान बसेको माओवादीको पदाधिकारी बैठकमा सबै शिविरका प्रमुखहरुलाई बोलाएर जा“चबुझमा सजिलो बनाउने गरी राजीनामा दिन आग्रह गरेपछि छवटा डिभिजनका कमाण्डरहरुले राजीनामा दिएका हुन् ।
राजीनामा दिने डिभिजन कमाण्डरहरुमा क्रमशः यामबहादुर अधिकारी प्रथम, सुकबहादुर रोका दोस्रो, धनबहादुर मास्की तेस्रो, टेकबहादुर ओली चौथो, राजबहादुर बूढा पाँचौं र महेन्द्र शाही छंैटौ रहेका छन् ।

रामपुर क्याम्पसमा दस दिनदेखि तालाबन्दी

रामपुर । करारमा नियुक्ति गर्नुपर्ने माग राखेर आंशिक प्रध्यापकहरुले रामपुर क्याम्पसमा असार २५ गते गरेको तालाबन्दी अझै खुलेको छैन । जसका कारण क्याम्पसमा यस शैक्षिकसत्रको पठनपाठन सुरू हुन सकेको छैन ।
तालाबन्दी भएपनि संघर्षरत प्रध्यापकहरुले परीक्षा सञ्चालनमा अवरोध गरेका थिएनन् । सो क्याम्पसमा पशु विज्ञानतर्फ २२५ जनासहित लगभग एक हजार जना विद्यार्थी अध्ययन गर्छन् । क्याम्पसमा कृषि तथा पशु विज्ञानमा स्नातकदेखि विद्यावारिधिसम्म अध्ययन हुन्छ ।
‘तीन महिनाअघि संघर्ष समिति बनाएर प्रशासनसमक्ष पटकपटक कुरा राख्यौं । सुनुवाई नभएपछि असार २५ गते डिन र क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएको हौं’, संघर्ष समितिका संयोजक नवीनबाबु खनालले भन्नुभयो ।
रामपुर क्याम्पसमा हाल १३ जना आंशिक प्राध्यापक छन् । उनीहरु दुई वर्षअघि नियुक्त भएका हुन् । एक पटक सात जना र अर्को पटक छ जना गरेर क्याम्पसले उनीहरुलाई राखेको हो । ‘हप्तामा एउटा पिरियडभन्दा बढी पढाउन पाइँदैन । एक पिरियड पढाएको डेढ सय रुपैयाँ पाइन्छ, यसरी कसरी चल्छ र त्यसैले करारमा नियुक्ति दिन माग गरेका हौं’, संघर्ष समितिका संयोजक खनालले भन्नुभयो ।
क्याम्पसले भेटेरिनरी संकायतर्फ थप एकजना आंशिक प्राध्यापक राख्न छनौट प्रक्रियाअगाडि बढाएपछि तालाबन्दी भएको थियो । जसका कारण अन्तरवार्ता स्थगित भएको छ ।
‘हामी पुराना आंशिक प्राध्यापकहरुको समस्या यथावत् रहेको अवस्थामा थप नयाँ राख्न प्रक्रियाअगाडी बढाएर अन्तरवार्ताको मितिसमेत तोकिएको थियो । हामीले तालाबन्दी गरेपछि अन्तरवार्ता रोकिएको छ । अब हामीलाई करारमा नराख्दासम्म ताला खुल्दैन’, संयोजक खनालको भनाइ छ । क्याम्पसमा अझै ३६ जना प्राध्यापकको दरबन्दी खाली छ । केही प्रध्यापकहरु अध्ययन बिदामा बसेका छन् ।
‘क्याम्पसमा प्राध्यापकहरु चाहिएको छ । त्यसैले हामीलाई करारमा राख्न आग्रह गरेका हौं’, खनालको जिकिर छ । रामपुर क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयले २० वर्षअघि तय गरेको प्राध्यापक संख्या हाल अपुग हुने भएकाले आफूहरुलाई करारमा राख्नुपर्ने आंशिक प्राध्यापकहरुको अडान छ । यो विषयमा डिनसँग दुई पटक वार्ता भएको छ ।
‘त्रिभुवन विश्वविद्यालयले करारमा प्राध्यापक राख्ने हो भने तलब आफँै खुवाउन भनेको छ । यहाँ खुवाउन सक्ने स्रोत छैन । त्रिविले स्वीकृत नदिएकाले नै उहाँहरुलाई करारमा नियुक्ति दिन नसकेको हो’, क्याम्पसका डिन प्रा.डा सुन्दरमान श्रेष्ठले भन्नुभयो ।
उता ४५ दिन बिदा भएर क्याम्पस खुलेको बेलामा पढ्न नपाएको भनेर विद्यार्थी संगठनहरुले भने बन्दको विरोध गरेका छन् ।

जिविसको अन्ठान्नब्बे लाख रकम फ्रिज

विधुर ढकाल

भरतपुर । आर्थिक वर्ष २०६८÷०६९ मा चितवन जिल्लामा विभिन्न योजनाका गरी करिब ९८ लाख रुपैयाँ फ्रिज भएको छ । जिल्ला विकास समिति चितवनअन्तर्गत खर्च हुनुपर्ने उक्त रकम कार्य सम्पन्न हुन नसक्दा फ्रिज भएको समितिको कार्यालयले जनाएको छ ।
जसअन्तर्गत कुल ९७ लाख ५७ हजार ८३३ रुपैयाँमध्ये सामाजिक सुरक्षा भत्ताको ४४ लाख ७१ हजार ६०० रुपैयाँ फ्रिज भएको स्थानीय विकास अधिकारी बन्धुप्रसाद बास्तोलाले चितवन पोष्टलाई जानकारी दिनुभयो ।
केन्द्रले अघिल्लो आर्थिक वर्षका आधारमा रकम पठाएकोमा कतिपय वृद्धवृद्धाको मृत्यु भएको तथा कतिपय बसाइँ सराइ गरेर अन्यत्र गएका कारण उक्त रकम फ्रिज भएको उहाँले बताउनुभयो । ‘गत आर्थिक वर्षमा अधिक सामाजिक सुरक्षा भत्ता फ्रिज भएको छ । त्यसपछि स्थानीयरुपमा उठ्नुपर्ने राजस्व संकलनमा कमी आउँदा स्थानीयतहमा सञ्चालन हुनुपर्ने योजना सम्पन्न गर्न सकिएन्’, स्थानीय विकास अधिकारी बास्तोलाले भन्नुभयो ।
त्यस्तै केन्द्रीय योजनामा परेको सडक निर्माण सम्पन्न हुन नसक्दा १७ लाख ८० हजार रुपैयाँसमेत फिर्ता गएको उहाँले जानकारी दिनुभयो । ‘केन्द्रीय योजनामा १४ वटा सडक परेपनि दुईवटा सडकको काम सम्पन्न हुन सकेनन्’, बास्तोलाले भन्नुभयो । केन्द्रीय योजनामा परेको गीतानगर–पटिहानी जोड्ने सडक कालोपत्रो सम्पन्न हुन नसकेको उहाँको भनाइ छ ।
त्यस्तै जिल्लामा जनसहभागिताअन्तर्गत सञ्चालनमा आएका दुईवटा सडक योजनासमेत सम्पन्न हुन नसकेको जिल्ला विकास समिति योजना शाखाले जानकारी दिएको । यो योजनाअन्तर्गत काउले सडक र गीतानगर–चनौली सडक सम्पन्न नभएको शाखाले जनाएको छ ।
उपभोक्ता समितिले योजना बनाएर कामको सम्झौता भएपनि जेठ मसान्तसम्म सम्पन्न गरिसक्नुपर्ने काम असार मसान्तसम्म पनि सम्पन्न गर्न नसक्दा रकम फ्रिज भएको स्थानीय विकास अधिकारी बास्तोलाले बताउनुभयो । जिल्लामा यो शीर्षकमा विनियोजन भएको १४ लाख ६२ हजार ८६५ रुपैयाँ रकम फ्रिज भएको छ ।
जिल्लामा स्थानीयको माग बढी मात्रामा सडक निर्माणमा रहेको जिविसले जनाएको छ । गत आर्थिक वर्षमा एक करोड रुपैयाँभन्दा माथिका ६ वटा सडक योजना सम्पन्न भएको र चारवटा झोलुङ्गे पुल निर्माण भएको योजना शाखाले जनाएको छ । यसका अलावा जिल्लामा निर्वाचन क्षेत्र विकास कोषअन्तर्गतको पाँच लाख २३ हजार रुपैयाँ फ्रिज भएको छ ।
समग्रमा हेर्दा जिल्लामा योजना सफल भएको स्थानीय विकास अधिकारी बास्तोलाले बताउनुभयो । ‘सबैलाई हेर्दा आर्थिक वर्ष २०६८÷०६९ मा सञ्चालनमा रहेका योजनाहरु सफल भएको मान्नु पर्दछ, बढी रकम सामाजिक सुरक्षा भत्ताको फ्रिज भएको हो । जुन योजनाअन्तर्गतको होइन’, उहाँले भन्नुभयो ।
जिल्लामा कुल स्वीकृत बजेटमा ८३ दशमलब ९१ प्रतिशत प्रगति भएको जिविसले दिएको तथ्याङ्कमा उल्लेख छ । गत आर्थिक वर्षमा कुल एक अर्ब ४७ करोड ६५ हजार ६०७ रुपैयाँमध्ये एक अर्ब दुई करोड ३९ लाख १० हजार ६१९ रुपैयाँ खर्च भएको हो ।

Tuesday, July 17, 2012

चितवनमा सेनाद्वारा महाविद्यालय सञ्चालन


 राष्ट्रसेवक नागरिक उत्पादन गर्ने उद्देश्य ः प्रधानसेनापति

चैनपुर । नेपाली सेनाले पूर्वी चितवनको चैनपुरमा स्थापना गरेको सैनिक आवासीय महाविद्यालय मंगलबारबाट औपचारिक रुपमा सञ्चालनमा आएको छ ।
नेपाली सेनाका प्रधानसेनापति छत्रमानसिंह गुरुङले झण्डोत्तोलन गरी महाविद्यालयको उद्घाटन गर्नुभएको छ । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयको कल्याणकारी कोषअन्तर्गत छैटौं विद्यालयको रुपमा सो विद्यालय स्थापना गरी सञ्चालन गरिएको हो ।
विद्यालय उद्घाटनका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति गुरुङले अनुशासित नागरिक उत्पादनको लागि नेपाली सेनाले शैक्षिक क्षेत्रमा लगानी गरेको बताउनुभयो । उहा“ले गुणस्तरीय शिक्षा प्रदान गरी राष्ट्रसेवक नागरिक उत्पादन गर्न नेपाली सेनाले महाविद्यालयलाई पा“चै विकास क्षेत्रमा सञ्चालन गर्ने योजनामा रहेको बताउनुभयो ।
नेपाली सेनाको इमान्दार र अनुशासित नागरिक उत्पादन गर्ने योजनाअनुरुप सैनिक महाविद्यालयको अवधारण ल्याएको भन्दै सेनापति गुरुङले एसएलसी परीक्षामा सैनिक विद्यालयको नतिजा राष्ट्रियस्तरमै उत्कृष्ट रहेको बताउनु भयो । सैनिक विद्यालयको नतिजा विद्यार्थीले अध्ययन सकेर देशको सेवामा सर्मपित भएपछि देखिने सेनापति गुरुङको भनाइ थियो ।
कार्यक्रममा सैनिक विद्यालय सञ्चालन समितिका अध्यक्ष तथा उपरथी राजेन्द्र क्षेत्रीले गुणस्तरीय शिक्षा प्रदान गरी योग्य नागरिक उत्पादन गर्ने उद्देश्यले चितवनमा मध्यमाञ्चलस्तरको महाविद्यालय सञ्चालन गरिएको बताउनुभयो । सो महाविद्यालयमा नेपाली सेनाका बहालवाला र भूतपूर्व सैनिक तथा गैरसैनिकका छोराछोरी पढ्न पाउने प्रिन्सिपल विमलकुमार क्षेत्रीले जानकारी दिनुभयो ।
बहालवाला र भूतपूर्व सैनिकका ६० प्रतिशत र गैरसैनिकका ४० प्रतिशत  छोराछोरी पढ्न पाउने नेपाली सेनाको निर्देशिकाअनुसार सोहीबमोजिम भर्ना लिइएको प्रिन्सिपल क्षेत्रीले जानकारी दिनुभयो । महाविद्यालयमा यो वर्ष कक्षा ६ मा ८० जना छात्र र ४० जना छात्रा गरी १२० जना प्रतिस्पर्धाका आधारमा भर्ना लिइएको उहा“ले जानकारी दिनुभयो ।
सैनिकतर्फ अधिकृतका छोराछोरीहरु ६ जना, पदिकका ३१ जना र अन्य दर्जाका ४२ जना गरी ७९ जना तथा गैरसैनिकतर्फ २९ जना छात्र र १२ जना छात्रा गरी ४१ जनाले महाविद्यालयमा अध्ययन गर्ने प्रिन्सिपल क्षेत्रीले बताउनुभयो । आगामी शैक्षिकसत्रमा अन्य कक्षा थपिँदैै जाने उहा“ले बताउनुभयो ।
शैक्षिकसत्र सुरू भएको तीन महिनापछि सुरू भएको सो महाविद्यालयले चार्डपर्व र जाडो बिदा कटौती गरी कोर्ष सक्ने योजना बनाएको प्रिन्सिपल क्षेत्रीले जानकारी दिनुभयो । विद्यार्थीमा अंग्रेजी भाषाको ज्ञानलाई निखार गर्ने उद्देश्यले अंग्रेजी भाषा प्रयोगशालाको स्थापना तथा खेलकुद र संगीतका कक्षाहरु पनि सञ्चालन गरिने उहाँले बताउनुभयो ।
विद्यार्थीहरुको शैक्षिक विकासको लागि भौतिक पूर्वाधारलाई विद्यार्थीमैत्री बनाउने योजना रहेको उहा“को भनाइ थियो । १० बिघा क्षेत्रफलमा फैलिएको तत्कालीन होलिल्याण्ड बोर्डिङ ईंङलिश स्कुल रहेको ठा“उमा सो विद्यालय सञ्चालन गरिएको हो ।
द्वन्द्वकालमा माओवादीका कारण होलिल्याण्ड बन्द भएपछि सो स्थानमा मेडिकल कलेज खोल्नका लागि संरचना निर्माण गरिएको थियो । मेडिकल कलेज सञ्चालन हुन नसकेपनि अस्पतालका रुपमा सेवा सुरू गरिएको थियो । पछि सो अस्पताल पनि बन्द भएको थियो ।
नेपाली सेनाको कल्याणकारी कोषको रकम राखिएको नेपाल विकास बैंक लिलाम भएपछि सोही बैंकले लगानी गरेको अस्पतालको सम्पत्ति नेपाली सेनाले झण्डै ६ महिनाअघि लिलाम प्रक्रियाबाट लिएर विद्यालय सञ्चालन गरेको हो ।
यसअघि शैक्षिक गुठीका रुपमा नेपाली सेनाले भक्तपुरको सालघारी, पोखराको फूलबारी, सुनसरीको धरान, सुर्खेत, कैलालीको टेघरीमा महाविद्यालय सञ्चालन गरिसकेको छ ।




एनपीआईको बसमा आगजनी र तोडफोड


एनपीआईमा तोडफोड भएपछि त्यसको विरोधमा चौबीसकोठीमा चक्काजाम गर्दै विद्यार्थीहरु ।
भरतपुर । नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुरमा मंगलबार बिहान अज्ञात समूहले तोडफोड तथा आगजनी गरेपछि विद्यार्थीहरुले प्रतिकार गरी लखेटेका छन् । तीनवटा मोटरसाइकलमा आएका ६ जनाले पेट्रोल छर्केर कलेजको गाडीमा आगजनी र कम्प्युटर एवम् झ्यालमा तोडफोड गर्न थालेपछि विद्यार्थीहरु प्रतिकारमा उत्रिएका थिए ।
सोक्रममा विद्यार्थीहरुले आगजनी गर्न आएको समूहले प्रयोग गरेको ना २० प १८०५ नम्बरको पल्सर मोटरसाइकल जलाइदिएका छन् । विद्यार्थीहरु प्रतिकारमा उत्रिएपछि उनीहरु मोटरसाइकल छाडेर भागेका थिए ।
अज्ञात समूहको अगजनीबाट कलेजको ना १ क २६१६ नम्बरको गाडीमा क्षति पुगेको छ । गाडीमा लागेको आगो विद्यार्थीहरुले निभाएका थिए । कलेजको क्षतिको विवरण नआइसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कर्मचारीहरु कार्यकक्षमा नै रहेको बेला उनीहरुले गमला उचालेर कम्प्युटर, पार्टेशन र झ्यालमा हानेको कलेजका प्रशासकीय अधिकृत शिव सुवेदीले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले आगजनी र तोडफोड गर्ने समूहको खोजिकार्य भइरहेको बताउनुभयो । झण्डै एक महिनाअघि सोही कलेजको भरतपुरको भोजाडमा रहेको मुख्य ब्लकमा अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीहरुले तोडफोड गर्दा १० लाख रुपैयाँभन्दा बढीको क्षति भएको थियो ।
कलेजमा एचए, ल्याब, सीएमए, अनमिलगायतका प्राविधिक शिक्षाको पढाइ हँुदै आएको छ ।
यसैबीच कलेजमा भएको तोडफोडको विरोधमा विद्यार्थीहरुले मंगलबार बिहान केही समय भरतपुरको चौबीसकोठीमा चक्काजाम गरेका थिए ।
यसैबीच नेविसंघ नेपाल पोलिटेक्निक इकाइ समिति भरतपुरले २४ घण्टाभित्र दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेको छ । उपसभापति गणेशप्रसाद रिजालद्वारा जारी विज्ञप्तिमा शिक्षा क्षेत्रको सुरक्षाको ग्यारेन्टी गर्न माग गरिएको छ ।
त्यस्तै क्यान्सर अस्पताल भरतपुर कम्पाउण्डभित्र सञ्चालित इशा मेडिकल हलमा मंगलबार बिहान तोडफोड भएको छ ।
तोडफोडको नेपाल औषधि व्यवसायी संघ जिल्ला उपशाखा चितवनले विरोध गरेको छ । अध्यक्ष हिरामान महर्जनले निकालेको विज्ञप्तिमा क्षतिपूर्तिसहित दोषीमाथि कारबाहीको माग गरिएको छ ।




तीन दिनदेखि बन्द अस्पताल सञ्चालनमा

भरतपुर । विगत तीन दिनदेखि बन्द रहेको चितवनका अस्पतालहरु मंगलबार बिहानदेखि पूर्ववत् सञ्चालनमा आएका छन् । स्थानीय प्रशासन र आन्दोलनरत चिकित्सकहरुको संस्था, चिकित्सक संघका पदाधिकारीबीच मंगलबार बिहान तीनबँुदे सहमति भएपछि बन्द रहेका अस्पतालका सम्पूर्ण सेवा सञ्चालन भएको हो ।
बिहान भएको वार्तामा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन २०६६ कार्यान्वयन गर्न स्थानीय प्रशासन सहमत भएको छ । त्यसैगरी बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र भरतपुर अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने दोषीमाथि कारबाही गर्ने र गत शुक्रबार आशा अस्पताल भरतपुरमा भएको तोडफोडको क्षतिपूर्ति दिने एवम् अस्पताल र बिरामीका आफन्तका बीचमा भएको सम्झौता खारेज गर्ने सहमति भएको बैठकमा सहभागी चिकित्सक संघ चितवनका सचिव डा.कृष्ण पौडेलले बताउनुभयो ।
सहमतिपत्रमा प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडी र चिकित्सक संघका अध्यक्ष डा.भोला रौनियारले हस्ताक्षर गर्नुभएको छ । सहमतिस“गै जिल्लाका सबै अस्पताल पूर्ववत् सञ्चालन भएको पनि डा. पौडेलले बताउनुभयो । सहमति दस दिनभित्र कार्यान्वयन नभए पुनः कडा आन्दोलनमा उत्रने चिकित्सक संघले चेतावनी दिएको छ ।
पछिल्लो समयमा जिल्लामा चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण एवम् अस्पतालमाथि तोडफोड भएपछि चिकित्सक एवम् स्वास्थ्यकर्मी आन्दोलित बनेका हुन् । अस्पताल बन्द हुँदा चितवन र बाहिरबाट आउने बिरामीहरु मर्कामा परेका थिए ।
उपचार नपाएपछि बिरामीका आफन्तले सोमबार दिउँसो तत्काल अस्पताल खोलाउन जिल्ला प्रशासन कार्यालय पुगी प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीलाई दबाब दिएका थिए ।
उपचारका क्रममा चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात कुटपिट र अपमानजनक व्यवहार भए ऐनमा पाँचदेखि २० हजारसम्म जरिवाना र तोडफोड गरेमा तीन लाखसम्म जरिवाना तथा एक महिनादेखि एक वर्षसम्म कैद वा दुबै सजाय हुने व्यवस्था रहेको छ ।
त्यस्तै चिकित्सकहरुले उपचारका क्रममा बद्नियतपूर्ण ढंगले काम गरेको प्रमाणित भएपनि कारबाहीको व्यवस्था गरिएको छ ।

स्वास्थ्य क्षेत्रमाथि आक्रमणको भत्र्सना

यसैबीच चितवनमा रहेका नौवटा विभिन्न संघसंस्थाले स्वास्थ्य क्षेत्रमाथि भएका श्रृंखलाबद्ध आक्रमणको भत्र्सना गरेका छन् । ती संस्थाहरुले संयुक्त विज्ञप्ति जारी गरेर यस्ता प्रकारका निन्दनीय घटना पुनः दोहोरिन नदिन र घटनाको छानविन गरी दोषीउपर कडा कारबाही गर्न सरकारसँग माग गरिएको छ ।
स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको सुरक्षाको प्रत्याभूति गर्नपनि विज्ञप्तिमा माग गरिएको छ । स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विषयलाई लिएर स्वास्थ्य क्षेत्रमा गरिने बन्द हडतालले बिरामीको उपचारमा प्रभाव पार्ने हँुदा त्यस्ता कार्य नगर्न पनि विज्ञप्तिमा आग्रह गरिएको छ ।
संयुक्त विज्ञप्ति जारी गर्नेहरुमा चितवनका नेपाल नागरिक समाजका उपाध्यक्ष गेहेन्द्र पौडेल, प्रजातान्त्रिक विचार समाजका अध्यक्ष ईश्वरीराज लौडारी, नेपाल शिक्षक संघका अध्यक्ष महेन्द्र पौडेल, नेपाल प्रेस युनियनका अध्यक्ष बसन्त पराजुली, प्रजातान्त्रिक कानुन व्यवसायी एसोसिएसनकी अध्यक्ष इन्दु कोइराला छन् ।
त्यसैगरी निवृत शिक्षक समाजका अध्यक्ष धु्रबराज अर्याल, शिक्षक युनियनका पूर्वसल्लाहकार भवानीप्रसाद पौडेल, भ्रष्टाचारविरुद्ध अभियानका सचिव निलकण्ठ ढुंगाना र मानवअधिकार तथा शान्ति समाजका अध्यक्ष राजेन्द्र पौडेलले पनि संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।



विषालु च्याउ खाँदा युवती बिरामी

भरतपुर । पूर्वी चितवनको वीरेन्द्रनगरमा सोमबार राति जंगली विषालु च्याउको तरकारी खाँदा एक युवती बिरामी परेकी छन् । स्थानीय १७ वर्षीया कौशिला छन्त्याल बिरामी परेकी हुन् ।
उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । जिल्लाका विभिन्न ठाउँमा जंगली च्याउ खाएर बिरामी हुनेक्रम रोकिएको छैन । च्याउबारे सर्वसाधारणमा व्यापक चेतना आवश्यक रहेको महसुस गरिएपनि यसप्रति प्रभावकारी कदम चाल्न नसकिएको सर्वसाधारणले गुनासो गर्ने गरेका छन् ।

बस दुर्घटनाका चालक नियन्त्रणमा

परासी । नवलपरासीको त्रिवेणीस्थित भारतीय गण्डक नहरमा आइतबार खसेको बसका चालकलाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको छ । बसका चालक त्रिवेणी निवासी विष्णुबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
तीर्थयात्रु बोकेको बस नहरमा खस्दा भएको दुर्घटनामा ४० जनाको ज्यान गएको थियो भने १० जना घाइते भएका थिए । यसैबीच, नहरमा हराइरहेका अन्य यात्रुहरुको मंगलबार पनि खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी मृत्यु भएका ४० जनाको शव यसअगावै फेला परिसकेको छ भने अन्य हराएकाहरुको नहरमा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।


फोरम गणतान्त्रिकका अध्यक्ष काँग्रेसमा प्रवेश

कावासोती । मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) नवलपरासीका अध्यक्ष सञ्जय यादव मंगलबार नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ । नेपाली काँग्रेस नवलपरासीको कावासोतीमा भएको बैठकका अवसरमा उहाँले पत्रकार सम्मेलन गरी आपूm काँग्रेसमा प्रवेश गरेको बताउनुभयो ।
नेपाली काँग्रेस नवलपरासीका सभापति देवेन्द्रराज कँडेलको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा काँग्रेसका पुराना कार्यकर्तालाई स–सम्मान फिर्ता गर्ने नीतिअनुसार आफू काँग्रेसमा फिर्ता भएको यादवले बताउनुभयो ।
नेपाली काँग्रेसबाट संविधानसभा सदस्यका लागि क्षेत्र न ४ बाट उम्मेदवार बनेका यादवलाई २०६६ साल वैशाखमा काँग्रेसले कारबाही गरेपछि उहाँ फोरम गणतान्त्रिकको जिल्ला अध्यक्ष बन्नुभएको थियो ।
फोरम गणतान्त्रिकका २६ जिल्ला कार्यसमितिमध्ये ९० प्रतिशत काँग्रेसमा फर्किनेसमेत उहाँले दाबी गर्नुभयो । राष्ट्रिय मुद्दामा काँग्रेस नै अगाडि भएकाले मधेसको मात्र कुरा उठाउने पार्टीमा बस्नुको औचित्य नदेखेपछि काँग्रेसमा फर्केको उहाँले बताउनुभयो ।
काँग्रेसमा यादव महाधिवेशन प्रतिनिधि तथा तरुणदलका पूर्व केन्द्रीय सदस्यसमेत रहनुभएको थियो ।


विषालु सर्पको बिगबिगी

रौतहट । लामो समयको खडेरीपछि भएको वर्षाका कारण सर्पले बाहिर निस्की मानिसलाई डस्ने गरेका छन् ।
वर्षा सुरू भएपछि रौतहटमा विषालु सर्पको बिगबिगी बढेको हो । विषालु सर्पको डसाइबाट अहिले दैनिक पाँच÷छजनासम्म बिरामी गौर अस्पताल आउने गरेको चिकित्सकले बताएका छन् ।
सर्पदंशबाट गत असार महिनामा ११३ जना उपचारका लागि गौर अस्पताल आएको चिकित्सक प्रवीण झाले जानकारी दिनुभयो । तीमध्ये पाँचजनाको ज्यान गएको बताइएको छ । दक्ष स्वास्थ्यकर्मी र आवश्यक स्रोतसाधनको कमीका कारण सर्पले डसेका बिरामीको उपचार गर्न नसकिएको चन्द्रनिगाहपुर अस्पतालका डा शङ्कर लोहारले जानकारी दिनुभयो ।
गएका वर्षमा सर्पदंशका बिरामीको उपचार चन्द्रनिगाहपुरमा हुँदै आए पनि यस वर्ष भने उपचार सेवा उपलब्ध छैन । खेतबारीमा काम गर्दा वा अन्य काम गर्दा सावधानी अपनाउनका साथै राति हिँड्नुपर्दा उज्यालोको सहारा लिन स्वास्थ्यकर्मीले सल्लाह दिएका छन् ।


Monday, July 16, 2012

Prime Story-Abaidh Dhanda-July 15 (Asar 31)

ज्यानको लुतो मात्रै फाल्ने कि देशको पनि !

आर्थिक वर्ष शुरुकै दिन अरु लुतो पनि फाल्ने अवसर


काठमाडौं । ‘चाकडी, चाप्लुसी, भ्रष्टाचारी, बेइमानी, धोकेवाजी, ठगी, अल्क्षी, शोषण, अन्धभक्ती र बहुलठ्ठी सबै लुताका रुप हुन् । लौ लुतो फालम् आज । साउन १ ।’ साउने संक्रान्तिको एकाबिहानै पत्रकार नारायण अमृतले आफ्नो फेसबुक पेजमा लेखेको स्टाटस हो । परम्परा अनुसार साउने संक्रान्तिको साँझ घरघरमा लुतो फालिन्छ । असारभरी खेतमा काम गर्दा लुतो लगायतका चर्मरोग नलागोस् भनेर साउने संक्रान्तिमा लुतो फाल्ने चलन बसेको हो । औषधीय गुण हुने जडिबुटी भलायो, कुरिलो, पानीस्वराँ लगायतको पूजा गरी राँको र अगुल्टो हुत्याएर लुतो फाल्ने गरिन्छ । वल्लोघरे, पल्लोघरे, तल्लोघरे, माथ्लोघरे लुतौ लैजा है भन्दै साँझपख गाउँका घरघरबाट लुतो फाल्दा वातावरण नै उल्लासमय हुन्छ ।
यो घरले त्यो घरलाई, त्यो घरले ऊ घरलाई पन्छाउँदै लुतो लगायतका चर्म रोग डाँडा कटाउने प्रचलन साँस्कृतिक मात्र नभएर वैज्ञानिक र सामाजिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ । किनकी हिलोमैलो र वषर्ाको बेला लुतो, घाऊखटिरा लगायतका चर्म रोगले धेरैलाई सताउँछ । अगुल्टो र राँको फाल्दैमा लुतो भाग्ने कुरा पत्याउन नसकिएपनि लुतो लगायतका रोगबाट सचेत हुनुपर्छ भन्ने सन्देश चाहिं साउने संक्रान्तिले दिएको छ । त्यसैले त साउने संक्रान्तिमा लुतो फाल्ने चलन अझै पनि कायम छ ।
लुतोको बुझाई
सामान्य अर्थमा भन्दा निकै चिलाउने र ज्यानमा बिबिरा आउने एउटा रोगलाई लुतो भनेर चिनिन्छ । कन्याउँदा आनन्द आउने, तर सकसक र छटपटीले हैरान बनाउने लुतो रोगले कुनै कुनै बेला प्रायः सबैलाई सताउने गर्छ । ज्यानका कुनाकाप्चामा चिलाएर हैरान बनाउने रोग भएकाले लुतोलाई रोगहरुमा पनि घृणा गरिने रोगको रुपमा लिइन्छ भन्दा फरक नपर्ला । त्यसलै कुनै काम झण्झट लाग्दो छ भने त्यसलाई लुते काम, लुते धन्दा, लुते पारा भनेर चिनाउने गरिन्छ ।
यस्तै खराब प्रवृत्ति र नराम्रो कामलाई पनि लुतो भनिन्छ । त्यसैले पत्रकार नारायण अमृतले फेसबुकमा लेखेजस्तो चाकडी, चाप्लुसी, भ्रष्टाचारी, बेइमानी, धोकेबाजी, ठगी, अल्छी, शोषण, अन्धभक्ती, बहुलट्ठी जस्ता खराब प्रवृत्ति सबै लुतो नै हुन् । यी खराब प्रवृत्ति सल्केका मान्छेलाई त कन्याउँदा आनन्द आउँछ । तर यसले लुतोरोग झैं अरुलाई पनि यस्तै खराब बनाउने काम गरेको छ । लुतो रोग लागेका मान्छेलाई जस्तै यस्ता खराब प्रवृत्ति भएका साह्रै कुरुप देखिन्छन् । बाहिरबाट अरुले कुरुप देखेपनि कन्याएर आनन्द मान्नेहरुलाई त्यसको महसुस नभएको जस्तो लाग्छ ।
लुतो झैं भित्रभित्रै मान्छेलाई हैरान र खराब बनाउँदै गएको विकृति विसंगतिलाई हटाउने मौका पनि यही हो । किनकी लुतो फाल्ने दिनदेखि नै मुलुकमा नयाँ आर्थिक वर्ष शुरु हुन्छ । यही आर्थिक कारणले नै मान्छेलाई भ्रष्टाचारी, बेइमानी जस्ता खराब व्यक्ति बनाइरहेको छ । ज्यानको लुतो फाल्दै राजनीतिक र सामाजिक क्षेत्रका लुतोहरुलाई फाल्ने दिन पनि यही हो । तल्लोघरे, माथ्लोघरे, वल्लोघरे, पल्लोघरे हुँदै लुतो डाँडा कटाउन अहिले नै थालिहाल्ने कि ?

vie: onlinekhabar


संविधानका लागि संविधानसभा ब्यूँताउनु पर्ने

भरतपुर । संविधान निर्माणमा भएका सहमतिलाई संविधानको मस्यौदाको रुप दिएर संविधान जारी गर्नका निम्ति केही समयका लागि विघटित संविधानसभा ब्यूँताउनुपर्ने नेकपा एमालेका नेता गोकर्ण विष्टले बताउनुभएको छ । सोमबार भरतपुरमा प्रेस चौतारी चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो ।
‘संविधान निर्माणमा ९५ प्रतिशत काम सम्पन्न भइसकेको अवस्थामा पुनः निर्वाचन गर्ने कुरा जनतालाई स्वीकार्य हुँदैन, भएका सहमतिलाई मस्यौदाको रुप दिई विवादित विषयमा सहमति खोज्नु पर्दछ’, नेता विष्टले भन्नुभयो, ‘त्यसका लागि सबैको सहमतिमा छोटो समयको लागि संविधानसभा ब्यूँताउनुपर्दछ ।’
संविधानसभा विघटन भएसँगै देशमा संवैधानिक संकट छाएको भन्दै उहाँले यही अवस्थामा संविधानसभाकोे निर्वाचन सम्भव नहुने बताउनुभयो । अहिलेको अवस्थामा संसदीय निर्वाचन गर्नपनि संवैधानिक बाटो नरहेको विष्टको भनाइ थियो ।
संविधान जारी भएसँगै संसदको वा राष्ट्रपतिको चुनाव गर्नुपर्ने उहाँले बताउनुभयो । नेपालको राजनीति निषेध, विरोध, बन्द र ढुङ्गामुढाको भएको भन्दै उहाँले भन्नुभयो, ‘नेपालको राजनीति विरोध, बन्द र कुसंस्कारले भरिएको छ, अब राजनीतिलाई विकास र समृद्धिका लागि प्रयोग गरिनु पर्दछ, एकको स्वार्थको निम्ति धेरैको उन्माद बन्न दिनु हुँदैन ।’
सरकारले एक तृतीयांश बजेट ल्याएर सहमतिका लागि सहज वातावरण निर्माण गरेको उहाँको पूर्वमन्त्री विष्टको भनाइ थियो । पार्टीहरु कमजोर हुँदा राजावादी शक्तिहरुले टाउको उठाउन थालेको बताउँदै उहाँले भन्नुभयो, ‘उनीहरुले टाउको उठाउन थालेका छन् तर कुनैपनि हालतमा राजतन्त्र फेरि फर्कदैैन, यस्तो कल्पना गर्नु भनेको पाटे गोरू ब्याउला र ब्याउती खाउँला भन्नु जस्तै हो’, उहाँले भन्नुभयो ।
एकअर्काे प्रसंगमा पूर्वऊर्जामन्त्रीसमेत रहेका विष्टले सरकारले ऊर्जा विकासलाई प्राथमिकता नदिएको आरोप लगाउनुभयो । ‘चिप्ले कीराको गतीमा हिँडेको सरकारले ऊर्जा विकासलाई अगाडि बढाउन सकेन’, उहाँले भन्नुभयो । सहमतिका लागि वर्तमान सरकारको वहिर्गमन हुनुपर्ने उहाँले बताउनुभयो ।
‘वर्तमान सरकार पनि एक वर्षभन्दा बढी सत्तामा बस्यो, बाबुरामको पनि रहर पुग्योहोला, अब सरकार छाड्नुपर्छ’, एमाले युवा नेता विष्टले भन्नुभयो । कार्यक्रम शाखाका उपाध्यक्ष शिशिर सिंखडाको अध्यक्षतामा भएको थियो ।

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी