Thursday, December 29, 2011

रेखा र छविको सम्बन्ध धरापमाः चढ्दो जवानी भर्सेस घर्कदो उमेर

काठमाण्डौ । भनिन्छ मंसिर देखि माघ १५ सम्म मौसम निकै चिसो हुन्छ । यस्तो चिसिएको मौसमले सेलिब्रेटीको दाम्पत्य जीवनलाई पनि निकै चुनौति दिइरहेको छ । यस्तै चिसोमा परेका छन् , नेपालीकी चर्चित अभिनेत्री रेखा थापा र उनका जीवन साथी एवम् निर्देशक छवि ओझा । दाम्पत्य जीवनलाई चुनौति दिन खोजिरहेको छ । केही समय यता भुवन केसी, अञ्जु पन्त, यम बराल, रञ्जना शर्मापछि अलग हुने तयारीमा छन् । त्यस्तै दौडमा छन् अभिनेत्री रेखा थापा र निर्माता छवि ओझा पनि । रेखा निकट स्रोतका अनुसार एक दशकदेखि सागै बसिरहेको यो जोडी अब अलग हुने तयारीमा रहेको छ ।
के तपाईहरू अलग हुन लाग्नुभएको हो ? भन्ने पत्रकारको प्रश्नमा रेखाले घुमाउरो पारामा संकेत गरिन् ‘मन मिलेन भने छुट्टिनु नर्मल कुरा हो ।’ रेखा निकट स्रोतका अनुसार एउटै घरमा बसेपनि रेखा र छविबीच नौ महिनयता बोलचाल छैन । ‘ आफूहरूको दाम्पत्य जीवन लिभिङ टुगेदर नरहेको प्रष्ट्याउँदै रेखाले छविलाई आफूले लोग्नेभन्दा पनि गार्जियनको रुपमा लिएको बताएकी थिइन । २८ वर्षकी रेखा र ४९ वर्षका छविबीच एउटा पुस्ताको ग्याप नै रहेको छ ।
समकालिन अभिनेत्रीहरू धमाधम आमा बनिरहेको बेला रेखा पनि आमा बन्न चाहिने इच्छा त यस अघि नै जाहेर गरिसकेकी थिइन । सायद छविले रेखाको आमा बन्ने चाहनालाई जीवनको खुशिसाग जोडेको अनुमान लगाउन सकिन्छ । तर, उनको प्रतिक्रिया लिन खोज्दा रेखाले भनिन् अलग हुने कारणलाई आफुले यससाग सम्बन्धित नरहेको बताइन् । आफु भन्दा एक पुस्ता जेठा संग विहे गरेकी रेखाका सउतावाट छविका तीन छोरा छन् । यी दुई विचके जोडी टुट्छ या टुट्दै न भन्ने थाहा पाउन त्यत्ति सजिलो त छैन । तर यो जोडी

lumbini 24 barsama

बुटवल पुस ११ | सिद्धार्थ पब्लिकेशनद्वारा प्रकाशित दैनिक लुम्बिनी बुटवल २४ बर्षमा प्रबेश गरेको छ । २४ औं बर्षगांठको अवसरमा पत्रिकाले आज कार्यालयमै चियापान तथा भेटघाटको आयोजना गरेको थियो । पत्रिकाका अध्यक्ष एम बि बिश्बकर्माको संचालनमा भएको कार्यक्रमका बोल्दै अध्यक्ष बिकले पत्रिकालाई अझै स्तरिय बनाउने बताउदै त्यसका लागि सबैले सहयोग पु¥याउन आग्रह गर्नुभयो । उक्त अवसरमा लिखित शुभकामना दिदै सहभागिहरुले पत्रिकालाई अझै स्तरिय र पठनिय बनाउन आग्रह गरेका थिए । उनिहरुले मोफसलको पत्रकारितालाई केन्द्र संग जोडेर पत्रकारिताको सिंगो बिकासका लागि निरन्तर लागेको भन्दै प्रशंसा समेत गरेका थिए । मोफसलमा निजि क्षेत्रबाट प्रकाशित यो पत्रिका सबैभन्दा जेठो हो । कार्यक्रममा पत्रिकाका शेयर सदस्य,  बिभिन्न संघसंस्थाका प्रतिनिधी, लेखक, पत्रकारहरु तथा  सहयोगीहरुको उपस्थिती रहेको थियो ।

   

पर्यटन विकासका लागि सामुहिक पहलमा जोड


बुटवल, पुष,लुम्विनीको विकासको लागि राज्यको तदारुक्ता र अन्य क्षेत्रको सहयोगको आवश्यक्ता रहेको आज मंगलवार बुटवलमा आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । रुपन्देही उद्योग संघको आयोजनामा बुटवलमा जारी बाह्रौ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि तथा पर्यटन महोत्सव–२०६८ का अवसरमा  मंगलवार आयोजित पर्यटकिय एवं धार्मीक स्थल लुम्विनीका सम्भावना र चुनौतिहरु विषयक अन्तरक्रियात्मक गोष्ठिमा बोल्ने बक्ताहरुले सो धारणा राखेका हुन । बक्ताहरुले लुम्बिनीको विकास भनेको भौतिक विकास नभएर यस क्षेत्रको सामाजिक र जिवनस्तरमा गरिने विकास भएको उल्लेख गर्दै त्यसका लागि समान धारणा बन्नु जरुरी रहेको बताएका थिए । कार्यक्रमका सहभागिहरुले लुम्विनीलाई माग्ने भाडो बनाएर राजनीतिक अखडा नबनाउन सुझाव समेत दिएका थिए । कार्यक्रममा संस्कृतिविद् डा. गितु गिरीले लुम्बिनी भ्रमण बर्ष २०१२ का अवसर र चुनौतिहरु विषयमा कार्यपत्र प्रस्तुत गर्दै लुम्बिनी र यस क्षेत्रमा पर्यटन विकासको माध्यमद्वारा यहाका बासिन्दाको जीवनस्तर मा सामाजिक तथा आर्थिक रुपान्तरण ल्याउन त्यसै अनुसारको नीति र कार्ययोजना अगाडी सार्न आग्रह गर्नु भयो । उहाले कार्यपत्रमा रुपन्देही जिल्लामा रहेका पर्यटकिय दृष्टिले महत्वपूर्ण स्थान र सम्पदाहरु रहेको उल्लेख गर्दै स्थानीय साधन र स्रोतको परिचालन गरी पर्यटन उद्योगको विकास गर्न सकिने सुझाव दिनु भएको छ । डा. गिरीले रुपन्देहीमा सांस्कृति, तीर्थाटन, प्रकृति, पहाडी, पर्या पर्यटन, व्यापार पर्यटन, साहसिक पर्यटन, ग्रामीण पर्यटन, खेल, औ षधी, कृषि पर्यटनहरुको संभाव्यता निकै बढी रहेको बताउदै यो जनालाई अविच्छिन्न रुपमा सञ्चालन गर्ने प्रतिवद्धता जाहेर गर्नु पनेर् कुमा जोड दिनु भयो । उहाले पर्यटन प्रबद्र्धन गर्न राष्ट्रले प्राथमिकतामा राखेर पारदर्शी बनाउनु सुझाव दिनु भयो । कार्यक्रममा बोल्दै लुम्बिनी विकास कोषका सदस्य सचिव राजेन्द्र थापामगरले लुम्बिनीको विकासका लागि कोषले राज्यले दिएको निदेर्शनलाई पालना गरेर अगाडी बढेको उल्लेख गर्दै लुम्बिनीबाट लिने होइन हामीले के दिने भन्ने भावना राख्न आग्रह गर्नु भयो । थापाले कोषमा हुने कुनै पनि काम पारदर्शी रुपमा भएको दावी गर्दै आफ्नो कार्यकालमा अनियमितता भएको पुष्ठि गरे फासीमा चढ्ने चुनौति दिनु भयो । थापाले भ्रमण बर्षलाई प्राथमिकतामा राखे र लुम्बिनीमा बढी भन्दा बढी पर्यटकहरु भित्र्याउने योजना कोष लिएको जानकारी दिनु भयो । उहाले लुम्बिनीको विषयमा कुराभन्दा कामको आवश्यक्ता रहेको जिकिर गर्दै आलोचनाले मात्र विकास नहुने टिप्पणी गर्नु भयो । रुपन्देही उद्योग संघका अध्यक्ष तेजकुमार पाठकको अध्यक्षता, प्रथम उपाध्यक्ष बोनिन पियाको स्वागत तथा सचिव बाबुराम बोहोराको सञ्चालनमा भएको कार्यक्रममा विष्णु पन्थी, मेघराज भण्डारी, अगंर ाज भारती, विष्णु पौडेल, प्रेम थापा, छविलाल शर्मा,े, यमलाल खनाल लगायत बोल्नु भएको थियो ।


   
धनगढी, १४ पुस । सरकारसँग भएको सहमति कार्यान्वयन गराउन भन्दै सङ्घर्षमा उत्रिएका माओवादी सेनाका पूर्व लडाकुले गरेको बन्दबाट आज कैलालीको जनजीवन प्रभावित भएको छ ।बन्दका कारण कैलालीमा यातायात, उद्योग व्यवसाय र शैक्षिक क्षेत्र ठप्प भएपछि जनजीवन प्रभावित बनेको हो । समाजमा पुनःस्थापना गराउने नाममा आफूहरुलाई विस्थापित गराउने काम गरिएको भन्दै पूर्व लडाकुले सरकारसँग भएको सहमति कार्यान्वयन गराउन सङ्घर्षमा उत्रनु परेको बताएका छन् ।अयोग्यताको विल्ला खारेज गरी सम्मानजनक पुनःस्थापना गर्ने र यसका लागि एकमुष्ट आर्थिक प्याकेज उपलब्ध गराउनेलगायतका चारबुँदे सहमति सरकारसँग भएपनि सहमति बमोजिमको काम नभएको पूर्व लडाकुले बताएका छन् ।कैलालीको तालबन्दस्थित माओवादी सेनाको सातौं डिभिजन कार्यालयमा गरिएको प्रमाणीकरणका क्रममा करिब २७२ जना लडाकु बहिर्गमनमा परेका थिए ।
भारतलाई रिझाउँदा चीनलाई बिच्काएका भट्टराई सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री बिजयकुमार गच्छदारले चीन भ्रमणमा जानुअघि मोटो रकम लिएर चीनतिरै रक्तचन्दन ढुवानी गराएका छन् ।
गृहमन्त्री गच्छदारको निर्देशनमा १२ टन रक्तचन्दन गत साता खासा हुँदै चीनतर्फ लागेको एमालेनिकट मानिने बिहीवार प्रकाशित सूर्योदय साप्ताहिकले छापेको छ । लामो सयमदेखि राजधानी र सिन्धुपाल्चोकका बिभिन्न स्थानामा लुकाईराखिएको रक्तचन्दन करिव २५ करोड रुपैयाँ घुस लिएर ढुवानी गर्न निर्देशन दिएको पत्रिकाको दावी छ ।

Wednesday, December 28, 2011

News

look it

माओबादी पार्टी को आम्दानी को स्रोत ठुलो छ नि तेसै संस्थागत भ्रस्टाचार गर्यो भंदिन्चन बा लु हेर्नुहोस आम्दानीको स्रोत १. सभासद बाट आउने आधा रकम २. प्रत्यक जनसेना बाट जनही १ हजार - सहिद, घाइते परिवार को नाम मा पाएको रकम को केहि हिस्सा ३. कब्जा मा लिएको जग्गा गरिब किसन लाइ दिने अनि तिनीहरु बाट आधा बालि पार्टी को नाम मा लिने ४. ठेक्का पट्टा , गाउ, घर , सहर बजार मा भएका कारोबार मा भाग बन्डा नत्र डांडा ५. होटेल , क्यासिनो , रेस्टुरेन्ट चलाउन दिए बापत के के हो के के ..... तेसै आरोप लाउन पाइन्छ ... सम्पति को स्रोत हुदा हुदै ?
hi welcom to my blogg

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी