Tuesday, July 17, 2012

चितवनमा सेनाद्वारा महाविद्यालय सञ्चालन


 राष्ट्रसेवक नागरिक उत्पादन गर्ने उद्देश्य ः प्रधानसेनापति

चैनपुर । नेपाली सेनाले पूर्वी चितवनको चैनपुरमा स्थापना गरेको सैनिक आवासीय महाविद्यालय मंगलबारबाट औपचारिक रुपमा सञ्चालनमा आएको छ ।
नेपाली सेनाका प्रधानसेनापति छत्रमानसिंह गुरुङले झण्डोत्तोलन गरी महाविद्यालयको उद्घाटन गर्नुभएको छ । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयको कल्याणकारी कोषअन्तर्गत छैटौं विद्यालयको रुपमा सो विद्यालय स्थापना गरी सञ्चालन गरिएको हो ।
विद्यालय उद्घाटनका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति गुरुङले अनुशासित नागरिक उत्पादनको लागि नेपाली सेनाले शैक्षिक क्षेत्रमा लगानी गरेको बताउनुभयो । उहा“ले गुणस्तरीय शिक्षा प्रदान गरी राष्ट्रसेवक नागरिक उत्पादन गर्न नेपाली सेनाले महाविद्यालयलाई पा“चै विकास क्षेत्रमा सञ्चालन गर्ने योजनामा रहेको बताउनुभयो ।
नेपाली सेनाको इमान्दार र अनुशासित नागरिक उत्पादन गर्ने योजनाअनुरुप सैनिक महाविद्यालयको अवधारण ल्याएको भन्दै सेनापति गुरुङले एसएलसी परीक्षामा सैनिक विद्यालयको नतिजा राष्ट्रियस्तरमै उत्कृष्ट रहेको बताउनु भयो । सैनिक विद्यालयको नतिजा विद्यार्थीले अध्ययन सकेर देशको सेवामा सर्मपित भएपछि देखिने सेनापति गुरुङको भनाइ थियो ।
कार्यक्रममा सैनिक विद्यालय सञ्चालन समितिका अध्यक्ष तथा उपरथी राजेन्द्र क्षेत्रीले गुणस्तरीय शिक्षा प्रदान गरी योग्य नागरिक उत्पादन गर्ने उद्देश्यले चितवनमा मध्यमाञ्चलस्तरको महाविद्यालय सञ्चालन गरिएको बताउनुभयो । सो महाविद्यालयमा नेपाली सेनाका बहालवाला र भूतपूर्व सैनिक तथा गैरसैनिकका छोराछोरी पढ्न पाउने प्रिन्सिपल विमलकुमार क्षेत्रीले जानकारी दिनुभयो ।
बहालवाला र भूतपूर्व सैनिकका ६० प्रतिशत र गैरसैनिकका ४० प्रतिशत  छोराछोरी पढ्न पाउने नेपाली सेनाको निर्देशिकाअनुसार सोहीबमोजिम भर्ना लिइएको प्रिन्सिपल क्षेत्रीले जानकारी दिनुभयो । महाविद्यालयमा यो वर्ष कक्षा ६ मा ८० जना छात्र र ४० जना छात्रा गरी १२० जना प्रतिस्पर्धाका आधारमा भर्ना लिइएको उहा“ले जानकारी दिनुभयो ।
सैनिकतर्फ अधिकृतका छोराछोरीहरु ६ जना, पदिकका ३१ जना र अन्य दर्जाका ४२ जना गरी ७९ जना तथा गैरसैनिकतर्फ २९ जना छात्र र १२ जना छात्रा गरी ४१ जनाले महाविद्यालयमा अध्ययन गर्ने प्रिन्सिपल क्षेत्रीले बताउनुभयो । आगामी शैक्षिकसत्रमा अन्य कक्षा थपिँदैै जाने उहा“ले बताउनुभयो ।
शैक्षिकसत्र सुरू भएको तीन महिनापछि सुरू भएको सो महाविद्यालयले चार्डपर्व र जाडो बिदा कटौती गरी कोर्ष सक्ने योजना बनाएको प्रिन्सिपल क्षेत्रीले जानकारी दिनुभयो । विद्यार्थीमा अंग्रेजी भाषाको ज्ञानलाई निखार गर्ने उद्देश्यले अंग्रेजी भाषा प्रयोगशालाको स्थापना तथा खेलकुद र संगीतका कक्षाहरु पनि सञ्चालन गरिने उहाँले बताउनुभयो ।
विद्यार्थीहरुको शैक्षिक विकासको लागि भौतिक पूर्वाधारलाई विद्यार्थीमैत्री बनाउने योजना रहेको उहा“को भनाइ थियो । १० बिघा क्षेत्रफलमा फैलिएको तत्कालीन होलिल्याण्ड बोर्डिङ ईंङलिश स्कुल रहेको ठा“उमा सो विद्यालय सञ्चालन गरिएको हो ।
द्वन्द्वकालमा माओवादीका कारण होलिल्याण्ड बन्द भएपछि सो स्थानमा मेडिकल कलेज खोल्नका लागि संरचना निर्माण गरिएको थियो । मेडिकल कलेज सञ्चालन हुन नसकेपनि अस्पतालका रुपमा सेवा सुरू गरिएको थियो । पछि सो अस्पताल पनि बन्द भएको थियो ।
नेपाली सेनाको कल्याणकारी कोषको रकम राखिएको नेपाल विकास बैंक लिलाम भएपछि सोही बैंकले लगानी गरेको अस्पतालको सम्पत्ति नेपाली सेनाले झण्डै ६ महिनाअघि लिलाम प्रक्रियाबाट लिएर विद्यालय सञ्चालन गरेको हो ।
यसअघि शैक्षिक गुठीका रुपमा नेपाली सेनाले भक्तपुरको सालघारी, पोखराको फूलबारी, सुनसरीको धरान, सुर्खेत, कैलालीको टेघरीमा महाविद्यालय सञ्चालन गरिसकेको छ ।




2 comments:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete
  2. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण

    ReplyDelete

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी