Thursday, July 19, 2012

जिविसको अन्ठान्नब्बे लाख रकम फ्रिज

विधुर ढकाल

भरतपुर । आर्थिक वर्ष २०६८÷०६९ मा चितवन जिल्लामा विभिन्न योजनाका गरी करिब ९८ लाख रुपैयाँ फ्रिज भएको छ । जिल्ला विकास समिति चितवनअन्तर्गत खर्च हुनुपर्ने उक्त रकम कार्य सम्पन्न हुन नसक्दा फ्रिज भएको समितिको कार्यालयले जनाएको छ ।
जसअन्तर्गत कुल ९७ लाख ५७ हजार ८३३ रुपैयाँमध्ये सामाजिक सुरक्षा भत्ताको ४४ लाख ७१ हजार ६०० रुपैयाँ फ्रिज भएको स्थानीय विकास अधिकारी बन्धुप्रसाद बास्तोलाले चितवन पोष्टलाई जानकारी दिनुभयो ।
केन्द्रले अघिल्लो आर्थिक वर्षका आधारमा रकम पठाएकोमा कतिपय वृद्धवृद्धाको मृत्यु भएको तथा कतिपय बसाइँ सराइ गरेर अन्यत्र गएका कारण उक्त रकम फ्रिज भएको उहाँले बताउनुभयो । ‘गत आर्थिक वर्षमा अधिक सामाजिक सुरक्षा भत्ता फ्रिज भएको छ । त्यसपछि स्थानीयरुपमा उठ्नुपर्ने राजस्व संकलनमा कमी आउँदा स्थानीयतहमा सञ्चालन हुनुपर्ने योजना सम्पन्न गर्न सकिएन्’, स्थानीय विकास अधिकारी बास्तोलाले भन्नुभयो ।
त्यस्तै केन्द्रीय योजनामा परेको सडक निर्माण सम्पन्न हुन नसक्दा १७ लाख ८० हजार रुपैयाँसमेत फिर्ता गएको उहाँले जानकारी दिनुभयो । ‘केन्द्रीय योजनामा १४ वटा सडक परेपनि दुईवटा सडकको काम सम्पन्न हुन सकेनन्’, बास्तोलाले भन्नुभयो । केन्द्रीय योजनामा परेको गीतानगर–पटिहानी जोड्ने सडक कालोपत्रो सम्पन्न हुन नसकेको उहाँको भनाइ छ ।
त्यस्तै जिल्लामा जनसहभागिताअन्तर्गत सञ्चालनमा आएका दुईवटा सडक योजनासमेत सम्पन्न हुन नसकेको जिल्ला विकास समिति योजना शाखाले जानकारी दिएको । यो योजनाअन्तर्गत काउले सडक र गीतानगर–चनौली सडक सम्पन्न नभएको शाखाले जनाएको छ ।
उपभोक्ता समितिले योजना बनाएर कामको सम्झौता भएपनि जेठ मसान्तसम्म सम्पन्न गरिसक्नुपर्ने काम असार मसान्तसम्म पनि सम्पन्न गर्न नसक्दा रकम फ्रिज भएको स्थानीय विकास अधिकारी बास्तोलाले बताउनुभयो । जिल्लामा यो शीर्षकमा विनियोजन भएको १४ लाख ६२ हजार ८६५ रुपैयाँ रकम फ्रिज भएको छ ।
जिल्लामा स्थानीयको माग बढी मात्रामा सडक निर्माणमा रहेको जिविसले जनाएको छ । गत आर्थिक वर्षमा एक करोड रुपैयाँभन्दा माथिका ६ वटा सडक योजना सम्पन्न भएको र चारवटा झोलुङ्गे पुल निर्माण भएको योजना शाखाले जनाएको छ । यसका अलावा जिल्लामा निर्वाचन क्षेत्र विकास कोषअन्तर्गतको पाँच लाख २३ हजार रुपैयाँ फ्रिज भएको छ ।
समग्रमा हेर्दा जिल्लामा योजना सफल भएको स्थानीय विकास अधिकारी बास्तोलाले बताउनुभयो । ‘सबैलाई हेर्दा आर्थिक वर्ष २०६८÷०६९ मा सञ्चालनमा रहेका योजनाहरु सफल भएको मान्नु पर्दछ, बढी रकम सामाजिक सुरक्षा भत्ताको फ्रिज भएको हो । जुन योजनाअन्तर्गतको होइन’, उहाँले भन्नुभयो ।
जिल्लामा कुल स्वीकृत बजेटमा ८३ दशमलब ९१ प्रतिशत प्रगति भएको जिविसले दिएको तथ्याङ्कमा उल्लेख छ । गत आर्थिक वर्षमा कुल एक अर्ब ४७ करोड ६५ हजार ६०७ रुपैयाँमध्ये एक अर्ब दुई करोड ३९ लाख १० हजार ६१९ रुपैयाँ खर्च भएको हो ।

2 comments:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete
  2. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण

    ReplyDelete

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी