Showing posts with label News. Show all posts
Showing posts with label News. Show all posts

Friday, March 7, 2014

स्वतन्त्र पत्रकारको विजयी सुरुवात

चितवन, २२ फागुन । नेपाल पत्रकार महासघ  चितवनको नयाँ कार्यसमितिमा स्वतन्त्र पत्रकार संघले प्रतिनिधित्व गर्ने भएको छ । स्वतन्त्र पत्रकार संघलाई राजनीतिक दल निकट पत्रकारहरुको संगठनले लत्याएर जान खोजि रहँदा निर्वाचन गराउनुपर्ने माग राख्दै स्वतन्त्र तथा व्यवसायीक पत्रकारहरु प्यानलसहित चुनावी मैदानमा उत्रिएका थिए । नयाँ नेतृत्वका लागि बुधबार भएको निर्वाचनमा स्वतन्त्र पत्रकार संघले नेतृत्व गरेको स्वतन्त्र तथा व्यवसायीक पत्रकारहरुको प्यानलबाट दीपेन्द्र बडुवाल विजयी भएका छन् । 
स्वतन्त्र व्यवसायीक पत्रकारहरुको प्यानलसहित चुनावी मैदानमा प्रेस चौतारीको नेतृत्वमा दुई क्रान्त्रिकारी पत्रकारहरुको प्यानल र प्रेस युनियनको आंशिक प्यानल उत्रिएका थिए । उपाध्यक्ष पदमा विजयी स्वतन्त्र पत्रकार संघका तर्फबाट दीपेन्द्र बडुवालले ३२ मतअन्तरले चौतारी नेतृत्वको प्यानलकी उम्मेद्वार तथा क्रान्तिकारी पत्रकार संघकी जिल्ला अध्यक्ष शान्ता अधिकारीलाई पराजित गरे । 
बडुवालले ९६ मत ल्याउँदा अधिकारीले ६४ मत मात्र ल्याएकी थिइन् । बडुवाललाई काँग्रेस निकट प्रेस युनियनले समर्थन जनाएको थियो । अध्यक्ष पदमा भने चौतारीका हरी पोखरेल विजयी भएका छन् । उनले १०९ मत ल्याएका थिए । उनले स्वतन्त्र पत्रकार संघका केन्द्रीय पार्सद रमेशकुमार पौडेल र युनियनका रमेश बास्ताकोटीलाई पराजित गरेका हुन् । निकटतम प्रतिद्वन्द्वीका रुपमा पराजित पौडेल महासंघको जिल्ला समितिमा सल्लाहकारको भुमिकामा रहने छन् । 
यस्तै  सचिवमा कृष्णचन्द्र भट्टराई निर्वाचित भएका छन् ।  प्रेस चौतारीका  भट्टराईलाइ दुई क्रान्तिकारीको समेत सहयोग थियो । उनले १०१ मत प्राप्त गरेका थिए । उनका निकटम प्रतिपर्धिमा स्वतन्त्रका विनोदवावु रिजालले ५९ मत प्राप्त गरेका थिए । यस्तै सहसचिवमा सविता श्रेष्ठ निर्विरोध निर्वाचित भएकी थिइन् भने कोषाध्यक्षमा प्रेस चौतारीका होमनाथ सापकोटा निर्वाचित भए । उनले १०० मत प्राप्त गरे भने उनका निकटतम प्रतिष्पर्धि राजेश घिमिरेले ६० मत प्राप्त गरेका थिए । 
त्यस्तै सदस्यहरुमा स्वतन्त्र पत्रकार संघको समर्थन पाएका प्रेस युनियनका अनिल ढकाल ९२ र  प्रमिता ढकाल ९३ मत ल्याई विजयी भएका छन् । खुला तर्फ नै चौतारी निकट गोविन्द घिमिरेले ९३, दुर्गा रेग्मीले ९१ र क्रान्तिकारी पत्रकार महासघि निकट प्रकाश सिक्देलले ८९ मत प्राप्त गरि निर्वाचित भएका छन् । मधेशी तर्फवा प्रविण दत्त निर्विरोध निर्वाचित भएका छन् । महिला तर्फ शान्ता अधिकारी, दलिततर्फ सविता नेपाली, आदीवासी तर्फ मोहोन रुम्वा निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित सहसचिव श्रेष्ठ, दत्त, अधिकारी र नेपालीलाई स्वतन्त्र पत्रकार संघले समर्थन गरेको थियो । 
यता जनजातीतर्फ विजयी रुम्बा विरुद्ध उनका निकटतम प्रतिद्वन्द्वी राजु चौधरीले उजुरी हालेका छन् । रुम्बाले ८१  मत प्राप्त गर्दा चौधरीले उनले भन्दा १ मत मात्रै कम ८० मत पाएका थिए । चौधरीले पून मत गणनाको माग गरी निवेदन दर्ता गराएका हुन् । चौधरी स्वतन्त्र पत्रकार संघका सदस्य हुन् । उनलाई आदिवासी जनजाती पत्रकार महासंघ फोनिजले समर्थन गरेको थियो । यद्यपी सो पून मत गणना हुन सकेको छैन । निर्वाचन समितिका सदस्य राजकुमार श्रेष्ठले निवेदन उपर छलफल भईरहेको जनाएका छन् । 
त्यस्तै केन्द्रीय पार्सदका लागि भएको निर्वाचनमा स्वतन्त्र पत्रकारहरुको प्यानलबाट सात जना विजयी भएका छन् । भने एकजना संघको समर्थनमा विजयी भएका छन्  । केन्द्रिय पार्षदमा पनि चौतारी निकटका ११ युनियनका ५, क्रान्तिकारी सघका २, क्रान्तिकारी महासघका ३ 
यस अघि महासघको नयाँ नेतृत्वका वुधवार साझ निर्वाचन भएको थियो । वुधवार दिउसो महासघका केन्द्रिय अध्यक्ष शिव गाउलेले जिल्ला अधिवेशनको उद्घाटन गर्नुभएको थियो । 
चौतारी अल्पमतमा 
नेपाल पत्रकार महासघ चितवनको नयाँ निर्वाचत समिति प्रेस चौतारीका सदस्यहरु अल्पमतमा छन् । अध्यक्ष, सचिव, सहसचिव,कोषाध्यक्ष जस्ता पदहरुमा आफ्नो सदस्य निर्वाचित गरेपनि महासघमा चौतारी अल्पमतमा परेको हो । उपाध्यक्ष सहितका ८ जना सदस्य स्वन्त्रसहित अन्यको उपस्थिती रहेको छ । 

Wednesday, June 12, 2013

अप्रत्याशित नतिजा

चितवनको नारायणगढस्थित बालकुमारी इङ्गलिश स्कुलका छात्र देवेश अधिकारीको एसएलसीमा आएको अप्रत्याशित नतिजाले सबैलाई आश्चर्यमा पारेको छ । नेपाली विषयमा ७१, बाँकी ६ ओटा विषयमा ९० भन्दा धेरै अंक, सामाजिक अध्ययनमा मात्र १८, अनि नतिजा अनुत्तीर्ण ।

स्कुलमा सधैँ प्रथम हुँदै आएका देवेशको एसएलसीको नतिजा देखेर उनीलगायत विद्यालयका सबै आश्चर्यचकित भएका हुन् । साथै उनीहरुले परीक्षा नियन्त्रण कार्यालयले लापरबाही गरेको आरोप लगाएका छन् ।

देवेशले टेस्ट परीक्षामा ८८ प्रतिशत अंक ल्याएका थिए । उनी कक्षा एकदेखि सधैँ प्रथम हुँदै आएका विद्यार्थी हुन् । सामाजिक अध्ययनमा आएको १८ अंक राखेरै पनि उनको ८१।७५ प्रतिशत हुन्छ । देवेश स्वयम्ले १८ नभई ८१ हुनुपर्ने दावी गरेका छन् । यदि उनले भनेअनुसार ८१ अंक नै आएमा उनको कुल प्रतिशत ८९।६२ हुन्छ । 

Sunday, May 19, 2013

नेविसंघको चितवनमा रमिता

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिकिँदै छ । विद्यार्थी संगठनहरु आफ्ना पक्षका विद्यार्थीहरुलाई भर्ना गराएर आफ्नो जित सुनिश्चित गर्न तिकडम गरे आइतबार सम्मा । म पनि सित्तैमा भर्ना हुने सुअवसर पाउने मध्येको एक हुँ । मेरो भर्ना कुनै विद्यार्थी संगठनले पैसै तिरेर त गरिदियो । तर चितवनमा नेविसंघले भने रमिता नै देखाएको छ । जितको लागि चुनावामा अनेक तिक्डम गर्न पछि नपर्ने काँग्रेस त्यसैका पुत्रहरु नेविसंघका नेता भनिनेहरु । चुनावमा पैसा बाड्ने कुरो त सुनिँदै आएको हो तर स्ववियुमा जित्नका लागि उदारोमा विद्यार्थी भर्ना गराएको पनि सुन्न पाइयो । देख्न पाइयो । वाँच्नुपर्छ के के देखिन्छ भनेका बुढापाकाले त्यसै होइन रहे छ । 

भरतपुरको मैया देवि कन्या कलेजमा यस्तै रमिता देखाएको नेविसंघले । मैयादेवि पुरानी काँग्रेस नेतृ हुन् । संसदसमेत भइसकेकी उनैको कृपाले स्थापना भएको कलेजमा लाखौँ चेलीहरुले शिक्षाको उज्यालो हेर्न पाए । यो सकारात्मक नै हो तर आफ्नी आमाले बनाएको कलेज भन्दैमा जे पनि गर्न त नपाउनु पर्ने हो नेविसंघले । तर ग¥यो त्यस्तै । अन्य विद्यार्थी संगठन भएको कारण केही रकम नपुग्दा फर्काइदिने क्याम्पस प्रशासन पनि नुनको सोझो नै भयो । अझ आफ्नो पक्ष देखाइहाल्यो काँग्रेसी पारा । विद्यार्थी भर्नाका क्रममा नेविसंघका पक्षका विद्यार्थीलाई उदारोमा नै भर्ना गरिदिएर । विद्यार्थी भर्नाको लागि अन्तिम दिन भनेर तोकिएको थियो । त्यही अन्तिम दिनमा नेविसंघले कन्या क्याम्पसमा कन्नाहरुको सहायतामा करिब ७५ जना फर्जि विद्यार्थी भर्ना गरायो । त्यही पनि उदारोमा । प्रति विद्यार्थी भर्ना शूल्क तीन हजार रुपैयाँको दरले जोड्दा पनि यो दुई लाख पच्चिस हजार रुपैयाँ हो । 

कलेजमा आफ्नो पकड जमाउन नेविसंघले फर्जी विद्यार्थी उधारोमा भर्ना गराएको अखिल संयुक्तले आरोप अन्य विद्यार्थी संगठनहरुले लागएका छन् । नेविसंघले बाहिरी विद्यार्थीहरुलाई लिएर उधारोमा भर्ना गर्ने काम गरेको सभापति निशा अधिकारीले आरोप लागाइन । ‘कक्षा आठ पास गरेका, प्लस टु पास नभएकाहरुलाई पनि भर्ना गरिएको छ’, अधिकारीले भन्नुभयो, ‘एसएलसीको फर्जी प्रमाणपत्र ल्याएर गरिएको भर्ना तत्काल खारेज हुनुपर्छ ।’ आफूहरुलाई क्याम्पस प्रशासनले बाइपास गरेर उधारोमा विद्यार्थी भर्ना गरेको समेत उनले हामीलाई जानकारी गराइन । 

‘केटाहरुको समूहले मुठा पारेर फर्म लिएर आए, लेखा शाखामा गएर प्रत्येकको नाममा बिल काटे’, उनले भनिन्, ‘हामीले पैसा कति खेर तिर्छन भनेर हेरिरह्यौँ, लेखा अधिकृतले बिल काट्दै टेबल मुनी फाल्दै गए बिल दिएनन् ।’ सधैँ लेखा शाखा छ बजे बन्द गरिने भएपनि आइतबार छ बजेर २० मिनेट जाँदासम्म बिल काटिएको उनको आरोप छ । बिल बराबरको पैसा नेविसंघले नतिरेपछि अखिल संयुक्तले क्याम्पसको लेखा शाखामा ताला लगाएको छ । ‘म रेगुलर विद्यार्थी हुँ, मैले अहिले पैसा छैन, सर एक दुई दिनपछि दिन्छुभन्दा मेरो फर्म बाहिर फालियो’, नेकपा–माओवादी निकट अखिल क्रान्तिकारीकी इकाइ अध्यक्ष पवित्रा सुवेदीले भनिन्, ‘उनीहरुले बाहिरी विद्यार्थीहरु ल्याएर उधारोमा भर्ना गरे, यो भर्ना खारेज नहुँदासम्म निर्वाचन हुँदैन ।’ 

पत्रकार सम्मेलनमा एमाओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी केन्द्रीय सचिवालय सदस्य एवम् सोही क्याम्पसकी विद्यार्थी सीता न्यौपाने, अखिल छैटाँैकी इकाइ अध्यक्ष यसोदा शर्माले बोल्दै कन्या क्याम्पसमा पुरुषहरु छिराएर नौटंकी गरेको बताए । 

यता, क्याम्पसको लेखा शाखाले भने भर्ना गर्दै जाँदा अन्तिममा पैसा छैन भनेर विद्यार्थीहरु निस्किएको जनाएको छ । ‘हामीले एकमुष्ट पैसा दिन्छौँ, भनेका कारण बिल काट्यौँ’, क्याम्पस निकट स्रोतले भन्यो, ‘बिल काटिसकेपछि उनीहरु पैसा छैन भनेर गए ।’ यस विषयमा क्याम्पस प्रमुख कृष्णप्रसाद न्यौपानेसँग फोन सम्पर्क गर्दा फोन उठ्न सकेन । केही समय अगाडि संगठनको जिल्ला अधिवेशन सम्पन्न गर्न नसक्दा नेविसंघ चितवन विभाजित जस्तै भएको छ । अहिले दुईवटा अध्यक्षले आफ्नो वैधानिकता खोजिरहेका छन् । पुराना अध्यक्ष उत्तम जोशी र गत वैशाखमा केन्द्रीय सदस्य अन्जन चौलागाईँले टिका लगाइदिएका अरुणेश्वर खनाल । खनालाई केन्द्रले समेत बदर गरेको सुनिएको छ । तर पनि आफ्नै अध्यक्षता दावि गरिरहेका छन् । सोही विवादका कारण केही दिन अघि चितवनको प्रतिष्ठित रामपुर क्याम्पसमा आफ्ना एक केन्द्रीय सदस्यलाई नै नेविसंघका कार्यकर्ताले कुटे त्यो पनि पार्टिका जिल्ला सभापतिको आदेशमा । प्रमुख अतिथि बन्न नपाएको निहुँमा घटेको थियो यो घटना । 

अघिल्लो चुनावमा सून्य देखिएको नेविसंघले आफ्नो साख जोगाउनका लागि पनि निर्वाचन जित्नुपर्ने देखिन्छ । तर चितवनको कम्युनिष्ट गढ भएका क्याम्पसमा यो साख जोगाउन कठिन छ नेविसंघलाई । यो बुझेर नै होला नेविसंघले चिवतनको ठूलो क्याम्पस वीरेन्द्र बहुमुखी क्याम्पस प्रस्तावित नारायणी बहुमुखी क्याम्पसमा विद्यार्थी भर्नाकै लागि १० लाख रुपैयाँ भन्दा बढि क्याम्पसलाई बुझाएको छ । 

स्ववियु निर्वाचनका वेला विद्यार्थी भन्दा बढि क्याम्पसमा बाहिरी लफडा गर्नेहरु जान्छन् । सँधै क्याम्पसहरुमा झगडा हुने गर्छ झगडाले त के हुन्थ्यो र भाला खुकुरी प्रदर्शन हुन्छ । यसलाई मध्येनजर गर्दै चितवन प्रहरीले यसपटक त्यस्तो लफडा भए क्याम्पसमै पसेर ठोक्ने जनाएको छ । चितवनका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दीपक थापा लफडा गर्ने कसैलाई पनि छाड्दिन भन्दै पव्लिक क्याम्पसमा आफ्नो पनि हक भएको बताउँछन् । क्याम्पस फोडिए जले आफुले तिरेको करको पनि केही अंश फुट्ने र जल्ने भन्दै क्याम्पसले रोके रोक्छ नभए आफ्ना केटाहरु गएर ठोक्छन भन्न पछाडि पर्दैनन् प्रहरी उपरिक्षक थापा । अहिले चितवनका क्याम्पसहरुमा प्रहरी निगरानी समेत बढाइएको छ । आइतबारको मैयादेवि घटना पछि क्याम्पस वरपर तीन गाढि प्रहरी परिचाल गरिएको छ । क्याम्पस प्रवेशका लागि पत्रकारहरुलाई समेत रोक लगाइएको छ । साँझ सात बजे अखिल संयुक्तले गरेको पत्रकार सम्मेलनमा पुगेका पत्रकारलाई समेत केही बेर गेटमा नै रोकिएको थियो । दुई प्रहरी निरिक्षकको नेतृत्वमा महिला प्रहरी समेत परिचाल गरिएको थियो मैयादेविमा ।

सप्तगण्डकीमा एकैदिन २०० विद्यार्थी भर्ना

स्ववियु निर्वाचनलाई आफ्नो पक्षमा पार्न सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुरमा आइतबार मात्रै विभिन्न विद्यार्थी संगठनहरुले करिब दुई सय भन्दा बढी विद्यार्थी भर्ना गराएका छन् । आइतबार विद्यार्थी भर्नाको अन्तिम समयमा विद्यार्थी संगठनहरुले सो संख्यामा विद्यार्थी भर्ना गराएका हुन् ।

यसरी आइतबार एमाले निकट अनेरास्ववियुले ५९, एमाओवादी निकट अखिल (क्रान्तिकारी)ले ५६, नेकपा–माओवादी निकट अखिल (क्रान्तिकारी)ले ५२ जना आफ्ना पक्षका विद्यार्थी भर्ना गराएका हुन् । त्यस्तै, नेपाल विद्यार्थी संघले २० जना आफ्ना पक्षका विद्यार्थी भर्ना गराएको लेखा शाखाका एक कर्मचारीले चितवन पोष्टलाई जानकारी दिएका छन् ।

आइतबार नै अन्य साना विद्यार्थी संगठनहरुले पनि केही मात्रामा विद्यार्थी भर्ना गराएको उनले जानकारी दिए । योसँगै निर्वाचन आफ्नो पक्षमा पार्न एक हप्ताको अवधिमा विद्यार्थी संगठनहरुले करिब चार सयको हाराहारीमा विद्यार्थी भर्ना गराएको बुझिएको छ । जसमा अखिल र एमाओवादी निकट अखिल क्रान्तिकारीले मात्रै साढे तीन सय विद्यार्थी भर्ना गराएका छन् ।

अन्य विद्यार्थी संगठनहरुले भने त्यति भर्ना नगराएको स्रोतले जनाएको छ । यता बाहिरी विद्यार्थी भर्ना गराएकोप्रति ध्यानाकर्षण गराउन जाँदा आफूहरुलाई क्याम्पस प्रशासनले अभद्र व्यवहार प्रकट गरेको भन्दै नेकपा–माओवादीनिकट अखिल क्रान्तिकारीले भत्र्सना व्यक्त गरेको छ । संगठनले आइतबार नै जारी गरेको प्रेस विज्ञप्तिमा बाहिरी विद्यार्थी भर्ना खारेज गर्न माग गरेको छ ।

यता, निर्वाचनलाई मध्येनजर राख्दै सप्तगण्डकी क्याम्पसले क्याम्पस हाताभित्र अव्यवस्थित टाँगिएका व्यानरहरुलाई गोला प्रथामार्फत व्यवस्थित गराएको छ । क्याम्पसमा क्रिायशील पाँच विद्यार्थी संगठनहरुलाई कलेजको एक छेउमा नम्बर लगाएर गोलाप्रथाबाट स्थान दिएको छ । यसरी स्थान पाउनेमा दुबै अखिल क्रान्तिकारी, नेविसंघ, अखिल र अखिल छैटाँै छन् । 

Monday, May 13, 2013

भत्ताको आशमा नागरिकता लिन खाली खुट्टै शिविरमा

शिवनगर । उमेरले चार बीस काट्यो । अनुहार चाउरी परिसके । पाइतालालाई चप्पल फाप्दैन तर पनि सोमबार शिवनगर गाविस परिसरमा भेटिएकी गंगानगर पटिहानीकी रेवती थापाको मुहारमा छुट्टै उमंग देखिन्थ्यो । भरतपुर गएर नागरिकता बनाउने झन्झटका कारण नागरिकता बनाएकी थिइनन् उनले । नागरिकता नभएकै कारण सरकारले बाँड्ने सामाजिक सुरक्षा भत्ताबाट पनि वञ्चित उनमा अब भत्ता पाइने आशाले उमंग थपिएको पाइयो ।

आफ्नै छिमेकी गाविस शिवनगरमा सरकारी सेवा सुविधासहितको नागरिकता टोली आएपछि श्रीमान, बुहारी र गाउँकै एक व्यक्ति (कृष्णे) सँगै खाली खुट्टा शिवनगर आइपुगेकी थापाले नागरिकतासँगै भत्ता पाउने भन्दै हामीसँग खुसी व्यक्त गरिन् । ‘अब भत्ता पाउँछु, महिनाको एक हजार रुपैयाँ’, उनले भनिन्, ‘खेत छैन्, घरमात्र छ खानलाई पुग्छ ।’

तीन महिनामा एक पटक वितरण हुने भत्ता सरकारले बढाएको भन्ने उनलाई थाहा रहेछ । ‘खै पहिला अरुले दुई हजार बुझ्थे र अहिले भाउ बढेको छ रे’ नागरिकता बनेपछि कति पाइन्छ त भत्ता भन्ने चितवन पोष्टको प्रश्नमा थापाले भनिन्, ‘तीन महिनामा तीन हजार पाइन्छ रे ।’

पहिला नागरिकता चाहिन्छ भनेर आफूलाई कसैले नभनेको पनि उनले बताइन् । ‘नागरिकता बनाउनुपर्छ भनेर कसैले भनेनन्’, वृद्ध थापाले भनिन्, ‘भत्ता बुझ्ने बेला भएपछि मात्र थाहा पाएँ, भरतपुर जान टाढा भयो ।’

आइतबारदेखि सुरू भएको शिविरमा शिवनगर गाविससँगै पार्वतीपुर, शारदानगर, गुञ्जनगर, पटिहानी, गीतानगर, मंगलपुर, फुलवारी गरी आठवटा गाविसका स्थानीयलार्ई जिल्लास्थित सरकारी कार्यालयको सेवा सुविधा प्रदान गरिएको थियो ।
सोमबार सकिएको शिविरबाट सोमबार १४६ जनालाई नागरिकता वितरण गरिएको छ । त्यस्तै आइतबार ८४ जनालाई नागरिकता वितरण गरिएको थियो ।

सोही स्थानमा पुगेको जिल्ला निर्वाचन आयोगको टोलीले दुई दिनमा २२० जनाले फोटोसहितको मतदाता नामावलीका लागि फोटो खिचाएको छ । त्यस्तै, शिविरमा राखिएको जिल्ला पशुसेवा कार्यालयको सेवा केन्द्रबाट दुई दिनमा जम्मा १२ जनाले सेवा लिएका छन् ।

‘दिनभर कुर्दा पनि पाइएन नागरिकता’

शिवनगर । यतिबेला देशैभर सरकारले गाँउगाँउमा एकीकृत घुम्ती शिविर सञ्चालन गरिरहेको छ । यसरी सञ्चालित शिविरहरुबाट गैरनेपालीले समेत नागरिकता लिइरहेको समाचारहरु बाहिर आएका छन् । त्यति नै विरोध पनि भइरहेको छ, तर चितवनको शिवनगर–९ का श्रीकृष्ण सार्की (नेपाली) भने आफ्नै गाविसमा चलेको शिविरबाट नागरिकताको प्रमाणपत्र पाएनन् ।

नेपालको अन्तरिम संविधानले आमाको नामदेखि पनि छोराछोरीले वंशजको आधारमा नागरिकता पाउने भनेर उल्लेख छ, तर संविधानले प्रदत्त गरेको अधिकारबाट भने आमनागरिक वञ्चित भइरहेका यसको एउटा उदाहरणमात्र हुन श्रीकृष्ण ।  

जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाको शिवनगर गाविसमा चलाएको एकीकृत घुम्ती शिविरमा आमा मायादेवी सार्कीसँगै नागरिकता बनाउन आएका उनी दिनभर आमासँगै शिविर वरिपरि डुले, तर नागरिकता भने पाएनन् । अनेक सिफारिस बनाउँदा समेत नागरिकता नबनेको उनले चितवन पोष्टसँग गुनासो पोखे ।  

क्षयरोगका कारण बाबु पूर्णबहादुर सार्कीको मृत्यु भएपछि आमाको नागरिकता बनाउनसमेत एक वर्ष लागेको उनले बताए । अहिले आफ्नो नागरिकता बन्दैन भनेका छन् । जन्मदर्तामा समेत गाविस सचिवले हस्ताक्षर नगरेको उनले दुखेसो पोखे ।

‘आमाको नागरिकता छ, बाबुको मृत्यु भइसक्यो’ उनले भने, ‘ठूलोबासँग आएको तैपनि नागरिकता पाउँदैन भन्दै छन् ।’ उनकी आमाको समेत नागरिकता बनाउनको लागि एक वर्ष लागेको थियो । अहिले पनि उस्तै अवस्था आएको श्रीकृष्णकी आमा मायादेवीले बताइन् ।

यता प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्मा भने पूर्ण पहिचान खुल्न नसकेका कारण त्यस्तो भएको हुन सक्ने बताउनुहुन्छ । ‘उसको बाबुको हैसियत के हो ?, नेपाली हो की अरु नै ? त्यसबारेमा बुझ्नुपर्छ’, उहाँले भन्नुभयो, ‘त्यहाँबाट गर्दा गैरनेपालीलाई जान सक्ने हुँदा त्यस्तो भएको होला ।’

गाविसको सिफारिस लिएर जिल्ला प्रशासन कार्यालय आए नागरिकता दिने उहाँको भनाइ थियो । ‘उसले नागरिकता नपाउने भन्ने त होइन’, उहाँले भन्नुभयो, ‘उसको बाबुको पहिचान खुले, यहाँबाट नागरिकता उपलब्ध गराउँछौँ । 

Monday, April 22, 2013

शुल्कवृद्धि गरे कारबाही ः जिल्ला शिक्षा

भरतपुर । संस्थागत विद्यालयहरुको संगठन प्याव्सन र एन प्याव्सन तथा शिक्षा विभागबीच चालु शैक्षिकसत्रका लागि गत वर्षकै शुल्कलाई निरन्तरता दिने सहमति भएबमोजिम जिल्ला शिक्षा कार्यालय चितवनले संस्थागत विद्यालयहरुलाई सोहीअनुरुप लागू गर्न निर्देशन दिएको छ ।

जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले हस्ताक्षर गरी विद्यालयलाई पठाएको परिपत्रमा सोहीबमोजिम नभए ऐनअनुसार कारबाही गरिने उल्लेख छ । कार्यालयले २०६८ साल फागुनमा विद्यालय वर्गीकरण तथा शुल्क अनुगमन समितिको बैठकको निर्णय तत्काल लागू गर्न निर्देशन गरेको छ । जिल्ला शिक्षा अधिकारी शर्माले संस्थागत विद्यालयहरुलाई पछिल्लो पटक निर्धारण गरिएको शुल्कअनुरुप लिन आग्रह गर्नुभएको छ ।

पछिल्लो पटक ‘ग’ श्रेणीका संस्थागत विद्यालयहरुमा कक्षा १० को लागि अधिकतम एक हजार ३९० रुपैयाँ निर्धारण गरिएको थियो । कार्यालयले आगामी शैक्षिकसत्रको लागिसमेत सोही बमोजिम नबढ्ने गरी शिक्षक अभिभावक संघ, विद्यालय व्यवस्थापन समितिबाट निर्णय गराउन भनिएको छ । त्यस्तै कार्यालयले ‘ख’ र ‘घ’ श्रेणीमा रहेका विद्यालयहरुले शिक्षा नियमावलीले तोकेको सीमालाई विचार गरी शुल्क निर्धारण गर्नसमेत आग्रह गरेको छ ।

शुल्क निर्धारणको निर्णय भइसकेपछि शुल्कको दर, शुल्क बुझाउने अवधि र प्रक्रियासम्बन्धी विवरण विद्यार्थी तथा अभिभावकको जानकारीका लागि विद्यालयको सूचना पाटीमा टाँस गर्ने र समितिको निर्णयसहित जिल्ला शिक्षा कार्यालयमा पेस गर्न कार्यालयले संस्थागत विद्यालयहरुका नाममा पठाएको पत्रमा उल्लेख छ ।

विद्यालयहरुले नयाँ भर्नाका नाममा शुल्क लिएको भन्दै पुराना विद्यार्थीहरुलाई भर्ना शुल्क नलिन परिपत्रमा उल्लेख छ । संस्थागत विद्यालयहरुमा अनुगमन गर्दा केही विद्यालयहरुमा न्यूनतम पूूर्वाधार पनि सन्तोषजनक नदेखिएको पाइएपछि आगामी बैशाख महिनासम्ममा सुधार गर्न विद्यालहरुलाई निर्देशन दिइएको छ । यदि शैक्षिकसत्र सुरू भएपछिको अनुगमनमा पूर्वाधार सन्तोषजनक नदेखिए नियमावलीबमोजिम कारबाही गरिने जिल्ला शिक्षा अधिकारी शर्माले बताउनुभयो । 

अधिकारी शर्माले सबै विद्यालयहरुले पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत पाठ्यक्रम र पाठ्यपुस्तकमात्र लागू गर्नसमेत निर्देशन दिनुभएको छ । साथै विद्यालयमा लागू गरिएका पाठ्यपुस्तक र पाठ्यसामग्रीको नाम, लेखक र प्रकाशकसमेत विवरणमा खुलाइ जिल्ला शिक्षा कार्यालयमा पेस गर्न आग्रह गरिएको छ ।

जिल्ला शिक्षा कार्यालय चितवनले जारी गरेको परिपत्रमा सबै विद्यालयलाई शैक्षिकसत्र सुरू भएको एक महिनाभित्र विद्यार्थी भर्ना गरिसक्न आग्रह गरिएको छ । पछिल्लो समयमा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी व्यस्थापनमा समस्या आएको भन्दै शर्माले शिक्षा ऐन तथा नियमावलीको अधीनमा रही विद्यालयले आफ्नो कार्यविधि बनाउन अनुरोध गरिएको छ ।

त्यस्तै संस्थागत विद्यालयले कुल विद्यार्थी संख्याको कम्तिमा दस प्रतिशत जेहेन्दार, गरिब, अपाङ्ग, महिला, दलित र जनजाति विद्यार्थीमध्येबाट छात्रवृत्ति उपलव्ध गराउनुपर्ने कानुनी व्यवस्थालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न अनुरोध गरिएको छ ।

छात्रवृत्ति उपलव्ध गराउनुअघि विद्यालयले त्यस्तो छात्रवृत्तिको लागि निवेदन दिन सूचना प्रकाशन गरी निवेदन आह्वान गर्नसमेत परिपत्रमा भनिएको छ । छात्रवृत्ति छनोट समिति गठन गरी सो समितिमार्फत छात्रवृत्ति वितरण गरेका विद्यार्थीहरुको नामावलीसहित निर्णयको प्रतिलिपि जिल्ला शिक्षा कार्यालयमा पठाउनुपर्ने परिपत्रमा उल्लेख छ ।

वार्षिक परीक्षाका बेला परीक्षा समितिले तोकेको भन्दा बढी शुल्क लिने विद्यालयलाई तत्काल तोकिएको भन्दा बढी शुल्क विद्यार्थीलाई फिर्ता गर्नसमेत कार्यालयले निर्देशन दिइएको छ । त्यस्तै सबै विद्यालयलाई अनिवार्य रुपमा विद्यालयअगाडि बडापत्र राख्न निर्देशन दिइएको छ ।

गत वर्षमात्र चितवनका संस्थागत विद्यालयका लागि नयाँ शुल्क तोकिएको थियो । जसअनुसार कक्षा पाँचसम्म भर्ना शुल्क लिन नपाउने तथा मासिक शुल्कमा तोकिएभन्दा बढी लिन नपाउने व्यवस्था गरिएको थियो ।

नर्सरीदेखि पाँच कक्षासम्म मासिक रु ७४० देखि रु ९६० भित्रको शुल्क तोकिएको छ । कक्षा ६ मा रु एक हजार ३०, कक्षा सातमा रु एक हजार ८०, कक्षा आठमा रु एक हजार १८०, कक्षा ९ मा रु एक हजार २८० र कक्षा १० मा रु एक हजार ३९० मासिक शुल्क तोकिएको छ ।

सो शुल्कभन्दा बढी शुल्क विद्यालयले मागे नतिर्न पनि जिल्ला शिक्षा कार्यालय चितवनले अभिभावकलाई आग्रह गरेको छ ।

विज्ञापनमा समेत सीमा निर्धारण   

यसैबीच संस्थागत विद्यालयहरुलाई विद्यालय भर्नासम्बन्धी विज्ञापनमा समेत सीमा निर्धारण गरिएको छ । शिक्षा विभाग र संस्थागत विद्यालयनिकट संघसंगठनहरु बीच भएको सहमतिमा विज्ञापनमा सीमा निर्धारण गर्ने निर्णय भएको हो ।

सहमतिमा आधारभूत तहका विद्यालयका लागि अधिकतम तीन लाख रुपैयाँ र कक्षा १० सम्मका विद्यालयका लागि पाँच लाख रुपैयाँ निर्धारण गरिएको छ । यसरी कुनै विद्यालयले त्यस्तो विज्ञापन दिनु परेमा पहिले जिल्ला शिक्षा कार्यालयमा विज्ञापनको नमुना पेस गर्नुपर्ने सहमति भएको छ ।

त्यस्तै विद्यालयले विद्यालय हाताभन्दाबाहिर होर्डिङबोर्ड राख्न नपाइनेसमेत सहमति भएको छ ।

Saturday, April 20, 2013

पोल्टीको राजधानीका दुई फर्ममा फेरी बर्डफ्लु

उच्च सर्तकताका साथ नष्ट गर्नेक्रम जारी
भरतपुर । पोल्टीको राजधानी भनेर चिनिने चितवनमा फेरि पनि बर्डफ्लु देखा परेको छ । तीन हप्ताअगाडि भरतपुर–८ का प्रताप थापाले पालेको कुखुराको फर्ममा देखा परेको बर्डफ्लु फेरि भरतपुर–९, र मंगलपुर–७ मा देखा परेको हो ।
यसपटक भरतपुर–९ बसन्तचोकस्थित लक्ष्मी राणा तथा मंगलपुर–७ का राजेन्द्र हमालको कुखुरा फर्ममा बर्डफ्लु देखा परेको राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरले जनाएको छ । केही समयदेखि कुखुरा मर्न थाले पनि शुक्रबारमात्र कुखुराहरु बर्डफ्लुको कारण मर्न थालेको प्रमाणित भएको जिल्ला पशु कार्यालयका रामकुमार कार्कीले जानकारी दिनुभयो ।
संक्रमित कुखरामा बर्डफ्लुको भाइरस फेला परेपछि शुक्रबार अबेर राति नै जिल्ला पशु कार्यालय तथा एभिएन इन्फ्युएञ्जा नियन्त्रण कार्यालयको प्राविधिक टोलीले केही संक्रमित कुखुरा नष्ट गरेको थियो ।
टोलीले शुक्रबार अबेर रातिदेखि कुखुरा नष्ट गर्न थाली शनिबार बिहानसम्ममा भरतपुर–९की राणाको ११ हजार २८९ र पश्चिम चितवनका राजेन्द्र हमालको फर्ममा तीन हजार २२५ कुखुरा नष्ट गरेको छ । टोलीले मङ्गलपुरको फार्मबाट २६० केजी दाना र २४० वटा अण्डासमेत नष्ट गर्नुका साथै खोरवरिपरि सरसफाइसमेत गरेको छ । बाँकि कुखुरा पनि शनिबार अबेर देखि मार्न थालीएको र मार्ने क्रम जारी रहेको जिल्ला पशु कार्यालयका प्रमुख डा. कार्कीले जानकारी दिनुभयो ।
चितवनका दुईवटा कुखुरा फार्ममा एकै पटक बर्डफ्लु भेटिएपछि उच्च सर्तकताका साथ नष्ट गर्नेक्रम चलिरहेको चितवनका वरिष्ठ पशु चिकित्सक बोधनाथ अधिकारीले जानकारी दिनुभयो ।
वर्डप्लु संक्रमण देखिएको लक्ष्मी राणाको पोल्टी फर्म र कखुरा नष्ट गर्न खनिएको खाडलको माटो ।


राणाले पालेको फर्ममा करिब ५२ हजार कुखुरा रहेकोमा सबैलाई नष्ट गरिने जनाइएको छ । एकैपटक दुई फर्ममा बर्डफ्लु फेला परेपछि ठूलो परिमाणमा कुखुरा नष्ट गर्न समय लागेको पशु कार्यालयका प्रमुख कार्कीले जानकारी दिनुभयो ।
राणाले दुई ब्लकमा कुखुरा पालेको र एक ब्लकको मात्र शनिबार बिहानसम्म नष्ट गरिएको उहाँले जानकारी दिनुभयो । राणाको कुखुरा फर्ममा चैत २६ गतेबाट कुखुरा मर्न थाले पनि वैशाख २ गते नमुना परीक्षणका लागि काठमाडौँ पठाइएको र बिहीबार साँझमात्रै बर्डफ्लु भएको पुष्टि भएको पशु स्वास्थ्य निर्देशनालय त्रिपुरेश्वर काठमाडाँैका निर्देशक डा. विजयकान्त झाले जानकारी दिनुभयो ।
बर्डफ्लु पहिचान भइसकेलगत्तै बर्डफ्लु नियन्त्रण प्राविधिक समितिले निर्णय गरी कुखुरा नष्ट गर्न निर्देशन दिइसकेको निर्देशक झाले बताउनुभयो । उहाँका अनुसार बर्डफ्लु नियन्त्रणका लागि जिल्लामा नै प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बर्डफ्लु नियन्त्रण प्रविधिक समिति बनाइ सबै नियन्त्रणका काम सोही मातहत गरिने प्रावधान गरिएको छ ।
राज्यतर्फबाट बर्डफ्लु नियन्त्रणका लागि तदारुकता नदेखाएको आरोपको समेत खण्डन गर्नुभयो । ‘बर्डफ्लु नियन्त्रणको दायित्व सरकारको हो’, उहाँले भन्नुभयो, ‘हामीलाई जानकारी हुनासाथ बिदाको दिन भए पनि नियन्त्रणका लागि टोली खटाएका छाँै ।’
बर्डफ्लु नियन्त्रणका लागि निर्देशनालयले मातहतका जिल्ला पशुसेवा कार्यालयबाट नियमित फर्महरुको अनुगमन हुनुका साथै नमुना संकलन गरी परीक्षण गर्ने काम भइरहेको समेत डा. झाले जानकारी दिनुभयो । स्थानीय प्रयोगशालामा परीक्षणपछि बर्डफ्लुको शंका लागे केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशालामा परीक्षण गरिने र त्यहाँबाट पनि बर्डफ्लु भएको प्रमाणित भए जिल्लाका प्रविधिक समूहलाई खटाइ नियन्त्रण अभियान चलाउने उहाँले बताउनुभयो ।
अहिले बर्डफ्लु देखा परेको राणाको फर्म यसअगाडि बर्डफ्लु देखिएको फर्मभन्दा करिब एक किलोमिटरको दूरीमा रहेको छ । बर्डफ्लु लागेका फार्मको कुखुरा नष्ट गरेपछि किसानलाई केही राहत उपलव्ध गराउने प्रावधान रहेको समेत निर्देशक झाले जानकारी दिनुभयो ।
त्यसका लागि प्यारेण्ट स्टक लेयर्सको प्रतिगोटा ५०० रुपैयाँ, प्यारेण्ट स्टक ब्रोइलर प्रतिगोटा २५० रुपैयाँ सरकारका तर्फबाट सहयोग गरिने उहाँले बताउनुभयो ।
त्यस्तै ब्रोइलर तथा लोकल कुखुरा ६ हप्तामाथिको प्रतिगोटा १३० रुपैयाँ र कमको ५० रुपैयाँ सहयोग प्रदान गरिने प्रावधान रहेको छ । त्यस्तै दाना प्रतिकिलो १० रुपैयाँ, अण्डा प्रतिगोटा तीन रुपैयाँ र मासु प्रतिकिलो १०० रुपैयाँ सरकाले सहयोग गर्ने प्रावधान रहेको उहाँले जानकारी दिनुभयो ।
यसैबीच नेपाल भेटेनरी एसोसिएसन चितवन च्याप्टरले केही दिनदेखि चितवनलगायतका विभिन्न स्थानमा देखिएको बर्डफ्लु रोगप्रति ध्यानाकार्षण भएको जनाएको छ । साथै बर्डफ्लुबाट बच्न सम्बन्धित सबैमा सर्तकता अपनाउनसमेत आग्रह गरेको छ ।
एसोसिएसनका अध्यक्ष डा. विजय श्रेष्ठले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा आफ्नो खोरमा कुखुरा मरे वा शंका लागेमा तुरुन्त पशुसेवा कार्यालय, राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशाला वा नजिकको भेटेरिनरीमा सम्पर्क राख्न अनुरोध गरिएको छ । पंक्षीजन्य बस्तुसँग सम्पर्कमा रहँदा उचित जैविक सुरक्षाको विधि अपनाउनसमेत आग्रह गरिएको छ ।

Thursday, April 18, 2013

केटोले बिहे गर्न नमान्दा सडकजाम !

दिपेन्द्र अधिकारी
रत्ननगर । अचम्मको कुरा, बिहे गर्न नमानेको भन्दै सडकजाम हुन थालेको छ । पूर्वी चितवनस्थित रत्ननगरमा हिजो बिहीबार बिहे गर्न नमानेको झोकमा केटीपक्षले एक घण्टा सडकजाम ग¥यो । दिउँसो साढे एकदेखि साढे दुई बजेसम्म टाँडीचोकमा सडकजाम गरियो । जिल्ला प्रहरी भरतपुरबाट गएको टोलीले बल प्रयोग गरेर जाम खुलाएको थियो ।

केटाले बिहे गर्न नमानेको भन्दै केटीपक्षका आफन्तहरु यसको विरुद्धमा सडकमा उत्रिएका हुन् । टीकाटालो भइसकेपछि पनि केटाले आफूले भनेअनुसार बिहे नहुने भएपछि सम्बन्धित केटीसँग बिहे गर्न इन्कार गरे ।


घटना रत्ननगरको हो । केटा र केटीपक्ष दुबै कम्युनिष्ट विचारधाराका । दुबै पक्षको अभिभावकको सहमतिमा छोराछोरीको जनवादी बिहे गरिदिने निर्णय भयो । केटाले मानेन र भन्यो, ‘म जनवादी बिहे गर्दिनँ, बाजा बजाएर परम्परागत हिसाबले बिहे गर्छु ।’

आफ्नो चाहनाबमोजिम अभिभावकले बिहे नगरिदिने थाहा पाएपछि केटो घरबाट निस्किएर पोखरा पुग्यो । टीकाटालो भएकी केटीलाई भिन्न स्वर बनाएर नयाँ सिममार्फत आफँैले फोन ग¥यो र भन्यो, ‘म तपाईले बिहे गर्न लागेको केटाको साथी, उसले अहिले आफ्नो केटी साथी लिएर पोखरा घुम्न आएको छ ।’

केटीले यस्तो फोन आएपछि आफ्नो अभिभावकलाई भनिछन्, ‘केटो त अर्कै केटी लिएर पोखरा घुम्न गएछ, अब म उसँग बिहे गर्न तयार छैन ।’ घटना थाहा पाएपछि दुबैका अभिभावक र आफन्त छक्कै परे । ‘घटना बुझ्दै जाँदा थाहा भयो, केटालाई जनवादी बिहे गर्न मन नलागेर अर्कै केटी लिएर भागँे भन्ने पार्न त्यसो गरेको रहेछ’, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपककुमार थापाले भन्नुभयो ।

‘प्रहरीको काम कसैलाई पक्रेर ल्याई जबरजस्ती बिहे गराइदिने होइन, बरु दुबै पक्षलाई राखेर आपसमा छलफल गराइ कसरी हुन्छ सहमतितर्फ लाग्न प्रेरित गर्ने हो’, प्रउ थापाले भन्नुभयो, ‘बिहे गर्न नमानेको निहुँमा सडक बन्द गर्छांै भन्नु तुच्छ मानसिकता हो । यसले हामीलाई कुसंस्कारतर्फ डो¥याउँछ ।’

केटापक्षलाई सहमतिमा ल्याइदिनुप¥यो भनेर एनेकपा माओवादीका नेताहरुको तारन्तार फोन आएपछि प्रतिउत्तरमा प्रउ थापाले भन्नुभयो, ‘तपाईहरु आपसमा छलफल गरेर सहमतिमा पुग्नुहुन्छ भने ठीक छ, नत्र सडकजाम गर्नुहुन्छ भने सीधै लाठीचार्ज गर्छु र नेतागिरि देखाउनेलाई पक्राउ गरी सार्वजनिक मुद्दा चलाइदिन्छु ।’

बिहे हुनका लागि केटा वा केटी दुबै सहमत हुनुपर्छ । तर कुनै एक पक्ष बिहेका लागि सहमत नभएमा उसलाई कोही कसैले कर लगाउन पाउँदैन । यदि कर लगाएमा कर लगाउनेलाई नै उल्टै ६ महिना कैद र १० हजार जरिवाना वा दुबै सजाय हुने बिहेवारीसम्बन्धी महलमा उल्लेख छ ।

परम्परागत वा जनवादी जुन प्रकारकोे बिहे गर्छुभन्दा पनि केटा वा केटीको इच्छाबमोजिम हुने कानुनमा उल्लेख छ । बिहेवारीसम्बन्धी महलको दफा ३ मा केटा र केटीपक्षबीच बिहेको लागि पूर्वसहमति (इन्गेजमेण्ट) भइसकेपछि पनि कुनै एक पक्षले बिहे गर्न इन्कार गरेमा उसले बिहे नगर्न पाउँछ वा काननुले उन्मुक्ति दिन्छ ।

विकसित राजननीतिक घटनाक्रमले नेपालीमा धेरैभन्दा धेरै राजनीतिक चेतना बढेको छ । तर, सानोभन्दा सानो विषयमा पनि सहमति नहुँदा सडकजस्तो सार्वजनिक मह¤वको स्थानलाई आफ्नो रिस पोख्ने थलो बनाउनु अनुशासनहीनताको राम्रो उदाहरण हो ।

‘पत्रकारलाई धम्की’
यसैबीच समाचार संकलनका क्रममा खटिएका चार जना पत्रकारहरुले आफूहरुमाथि प्रहरी निरीक्षकले समाचार संकलन सामग्री फोरीदिने धम्की दिएको बताएका छन् । चक्काजामको समाचार संकलन गर्न रत्ननगर पुगेका पत्रकारहरु राजेन्द्र आचार्य, हेमराज आचार्य, प्रकाश सिक्देल र अरुण गौतमले आफूहरुमाथि प्रहरी निरीक्षक सुरज कार्कीले सो धम्की दिएको बताएका हुन् ।

Monday, April 8, 2013

ध्रुबे मार्न १६ लाख खर्च तर पनि मरेन !

कसरा । पन्ध्र जनाको ज्यान लिएको ध्रुवे हात्ती नियन्त्रणको लागि चितवन राष्ट्रिय निकुञ्जले १६ लाख रुपैयाँ खर्च गरेको छ । आइतबार कसरामा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार निकुञ्जले ध्रुवे हात्ती नियन्त्रणका लागि उल्लेखित रकम खर्च गरेको जानकारी दिएको हो ।

निकुञ्ज संरक्षणका लागि भइरहेका प्रयासका बारेमा जानकारी दिन सो पत्रकार सम्मेलन आयोजना गरिएको थियो । माडीलगायत देशका विभिन्न क्षेत्रमा १५ जनाको ज्यान लिएको ध्रुवे हात्ती पुस १५ गतेदेखि निकुञ्जको सम्पर्कबाहिर रहेको छ । सो हात्तीको माघ २४ गते पर्साको निर्मलबस्ती क्षेत्रमा रेडियो कलर फेला परेको थियो ।

जीउधनको नोक्सानी गर्न लागेपछि हात्तीलाई मार्न निकुञ्जको टोली खटिएको थियो । लामो समयसम्म निकुञ्जमा सो हात्तीलाई खोजी गरिए पनि निकुञ्जका कर्मचारीहरुले गोली हान्न सकेका थिएनन् । पछिल्लो समय हात्तीलाई ४० वटा गोली लागेपछि सम्पर्कबाहिर रहेको निकुञ्जले जनाएको छ ।

प्रमुख संरक्षण अधिकृत फणिन्द्रराज खरेलले हात्तीको बारेमा पछिल्लो समय कुनै जानकारी नभएको बताउनुभयो । कार्यक्रममा उहाँले निकुञ्ज संरक्षणका लागि भइरहेका विभिन्न गतिविधिका बारेमा पनि जानकारी दिनुभएको थियो ।

यस्तै कार्यक्रममा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष यमबहादुर परियारले मध्यवर्ती क्षेत्रको विकासको लागि विनियोजित बजेट निकासा नभएको भन्दै गुनासो गर्नुभएको थियो । कार्यक्रममा निकुञ्जका रेञ्जर विष्णु थपलियाले निकुञ्जभित्रको घाँसे मैदान व्यवस्थापनका लागि सञ्चालित कार्यक्रमहरु प्रभावकारी भएको बताउनुभएको थियो ।

कार्यक्रममा जानकारी दिएअनुसार अघिल्लो आर्थिक वर्षको फागुन महिनासम्मको तुलनामा यस वर्षको फागुन महिनासम्ममा निकुञ्ज प्रवेश गर्ने पर्यटकको संख्या घटेको छ । एक लाख २० हजार पर्यटकले अवलोकन गरेको अघिल्लो वर्ष यो वर्ष एक लाख सात हजारले मात्रै अवलोकन गरेका छन् ।

पर्यटक घटेपनि राजस्वमा बढाएको मूल्यले निकुञ्जको आम्दानी भने बढेको छ । चालु आर्थिक वर्षको फागन मसान्तसम्म १२ करोड ३४ लाख रुपैयाँ राजस्व संकलन गरेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

Saturday, April 6, 2013

शनिबार विदामा सरकारी गाडि लिएर चितवन

रत्ननगर । सरकारी विदाको दिन पनि सरकारी गाडिको दुरुपयोग हुने गरेको नौलो होइन तर पनि सुनसरी देखि सरकारी गाडि चितवनसम्म घुम्न आउनु नयाँ कुरो हो । हिजो शनिबार सुनसरीका स्थानीय विकास अधिकारी राजेन्द्र पाण्डेले चड्ने गाडि चितवनमा विद्यार्थीहरुले नियन्त्रणमा लिएका छन ।

नेकपा–माओवादी र उसको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले एलडिओ पाण्ढेको को १ झ ३३३ नम्बरको गाडी नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रत्ननगरमा बुझाएका छन ।

सरकारी कर्मचारीले बिदा वा शनिबारको दिन सरकारी गाडी चलाउन परे प्रमुख जिल्ला अधिकारीले स्वीकृत गरेको पासको अनिवार्य व्यवस्था हुनुपर्ने हुन्छ । तर स्थानीय विकास अधिकारी पाण्डेसँग कुनैपनि कागजात नभएपछि कारबाहीका लागि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अनेरास्ववियु क्रान्तिकारीका जिल्ला उपाध्यक्ष सरोज भण्डारीले जानकारी दिनुभयो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारीले चितवनका प्रमुख जिल्ला अधिकारी हिमनाथ दुवाडीलाई पत्र पठाइ कागजात बनाएर गाडी छोडिदिन लिखित आग्रह गरेपछि कागजात बनाएर गाडी छाडिएको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी निरीक्षक देवेन्द्रबहादुर पालले जानकारी दिनुभयो ।

Wednesday, April 3, 2013

बर्डफ्लुबाट बच्न सुरक्षा सतर्कता आवश्यक

भरतपुर । भरतपुर–८ गौरीगञ्जका स्थानीय किसान प्रताप थापाले पालेको कुखुरामा बर्डफ्लु देखा परेपछि सतर्कता अपनाउन थालिएको छ । गत ११ गतेदेखि थापाले पालेको कुखुरा मर्न थाले परीक्षणका लागि लगिएकोमा कुखुरामा ‘एचफाइभएचवान्’ फेला परेको थियो ।
कुखुरमा बर्डफ्लु फेला परेपछि थापाको खोरका कुखुरा नष्ट गरिएको छ । त्यस्तै सो क्षेत्रको तीन किलोमिटर आसपासमा समेत संवेदनशील क्षेत्र घोषणा गरी उच्च सतर्कता अपनाइएको छ । यस क्षेत्रवरपरका फर्महरुमा समेत निरीक्षणको काम भइरहेको छ ।
फर्ममा रहेका कुखुरालाई मंगलबार राति नष्ट गरिए पनि प्राविधिकहरुको एक टोलीले बुधबारमात्र फर्मको सरसफाइ गरेको छ । रोग फैलन नदिन बर्डफ्लु प्राविधिक समितिले १० जना प्राविधिक समूहको टोली संक्रमित क्षेत्रमा खटाएको छ ।
यसैबीच यस क्षेत्रमा स्थानीयहरुको स्वास्थ्यसमेत जोखिममा रहेको प्राविधिकहरुले बताएका छन् । बर्डफ्लू बिस्तारै मानिसमा सर्ने रोग हो । संक्रमित कुखुराको थुक, सिँगान, सुली, रगत, पखेटाको प्रत्यक्ष सम्पर्कमा रहँदा यो रोग सर्न सक्छ ।
त्यस्तै संक्रमित कुखुराको खोरमा प्रयोग भएका औजार तथा सामग्रीहरु, पानीका कारण पनि यो रोग सर्न सक्छ । बर्डफ्लुको भाइरस शून्य डिग्री सेल्सियसमा ३० दिनभन्दा बढी, ३७ डिग्री सेल्सियसमा एक हप्ता र सामान्य तापक्रममा केही हप्तासम्म जीवित रहने विश्व स्वास्थ्य संगठनको प्रतिवेदनमा उल्लेख छ ।
मानिसमा संक्रमण दर कम भए पनि सजगता अपनाउनु पर्ने चिकित्सकहरु बताउँछन् । ‘विशेषतः ‘एचवानएनवान (एभियन)’ जंगली पंक्षीहरुमा बढी देखिने भए पनि घरेलु पंक्षीहरुमा पनि यसको संक्रमण हुन्छ’, भरतपुर अस्पतालका चिकित्सक डा. भोजराज अधिकारीले भन्नुभयो, ‘यो रोग पंक्षीको तुलनामा मानिसमा कम सर्छ । तर स¥यो भने निको हुन समस्या पर्छ ।’
संक्रमितहरुमा सुरूमा अरु भाइरलको जस्तै लक्ष्यण देखिने उहाँले जानकारी दिनुभयो । ‘सामान्यतया यसको संक्रमणपछि सामान्य भाइरलको जस्तै लक्ष्यण देखा पर्छ’, डा. अधिकारीले भन्नुभयो, ‘यदि यसको संक्रमणबाट निमोनियाको विकास भई स्वासप्रस्वास तथा मुटु र फोक्सोमा संक्रमण भएमा मृत्यु हुने सम्भावना प्रवल हुन्छ ।’
यसको उपचारका लागि भ्याक्सिन बने पनि प्रभावकारी नहुने उहाँको भनाइ छ । ‘रोग पत्ता लगाउनमा नै समय लाग्ने हुँदा यसको उपचार प्रभावकारी नभएको हो’, डा. अधिकारीले भन्नुभयो, ‘तर यसको भाइरल फैलिन नदिनको लागि औषधिहरु भने उपलव्ध छन् ।’
विश्व स्वास्थ्य संगठनको तथ्याङ्कमा हालसम्ममा संक्रमितमध्ये ६० प्रतिशत मानिसको मृत्यु भएको उल्लेख छ । नेपालमा हालसम्ममा कुनै पनि मानिसको बर्डफ्लुका कारण मृत्यु नभएपनि सन् ३००३ देखि सन् २०१३ मार्च १२ सम्ममा विश्वमा ३७१ जनाको मृत्यु भइसकेकको छ ।
२०१३ को पहिलो तीन महिनामा मात्र १२ जना संक्रमित भएकोमा ११ जनाको मृत्यु भएको विस्व स्वास्थ्य संगठनको तथ्याङ्कमा उल्लेख छ । हालसम्ममा दक्षिण एसियामा एक जनाको मृत्यु भएको छ ।
बर्डफ्लुका कारण दक्षिण एसियामा नौ जना संक्रमित भएका छन् । तीमध्ये पाकिस्तानमा तीन जना रहेकोमा एक जनाको मृत्यु भएको हो । त्यस्तै बंगलादेशमा ६ जना संक्रमित भएका छन् ।
यता, नेपालको उत्तरी छिमेकी मुलुक चीनमा सन् २०१३ को पहिलो तीन महिनामा दुई जनाको मृत्यु भइसकेको छ । बर्डफ्लुबाट बच्नको लागि मानिसहरु प्रत्यक्ष रुपमा संक्रमित पंक्षीको सम्पर्कमा नजानु नै प्रभावकारी हुने डा. अधिकारीले बताउनुभयो ।
‘प्रत्यक्ष रुपमा यस क्षेत्रमा काम गर्नेहरुले सतर्कता अपनाउनुपर्छ’, उहाँले भन्नुभयो, ‘सतर्कता अपनाए संक्रमणबाट बच्न सकिन्छ ।’ यसबाट बच्न खोरमा जाँदा, मासु काट्दा, पकाउँदासमेत सुरक्षा सतर्कता अपनाउन साबुनपानीले हात धुने गर्नु पर्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार नेपाललगायत दक्षिण एसियाका देशहरुमा
सरकारले नै सूचना लुकाउने गरेका छन् ।
नवलपरासीमा पनि बर्डफ्लु
यसैबीच नवलपरासीको मुकुन्दपुरमा समेत बर्डफ्लु देखिएको छ । नवलपरासीको मुकुन्दपुरमा स्थानीय मेघबहादुर आलेले पालेको कुखुरामा बर्डफ्लु देखिएको हो ।
उहाँले पालेको एक हजार ५०० कुखुरा बर्डफ्लुकै कारण मरेका छन् । फर्ममा पशु कार्यालयको टोलीले सरसफाइ गरी बर्डफ्लु नियन्त्रणको काम गरेको छ । अहिलेसँगै चितवनमा बर्डफ्लु देखिएको तेस्रो पटक हो ।

समाचारको विषयलाई लिएर कुखुराको घेर्ने धम्की

हिजो अबेर ११ बजेसम्म कुखुराको खोरमा नै विताइयो । अबेर मात्र फर्किएर समाचार पनि तयार पारियो तर त्यही समाचार तयार पारेकै भरमा घेर्ने धम्की पाइएला भनेर त सोचेको थिएन । तर भयो यस्तै । पोल्टीको राजधानी भनेर चिनिने चितवनमा बर्डफ्लु भएको सरकारी निकायले नै पुष्टी गरिसकेको छ । बर्डफ्लु पुष्टि भइसके पछि प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीको अध्यक्षतामा भएको बैठकले नष्ट गर्ने निर्णयसमेत ग¥यो र नष्ट पनि गरियो । मंगलबार अबेरसम्म बसेर समाचार संकलन गरिएको हो ।


तर त्यही समाचारलाई लिएर आज बुधबार विहानै अपिसमा फोन आयो । पहिले त मैले उठाइन तर समाचारको विषयलाई लिएर रहेछ पछि मैले उठाँए । फोनमा आएको आवजले सोध्यो, ‘तपाईले यो समाचार कहाँबाट लेख्नुभयो ?’ फिल्डमा गएर खोजेको । ‘अनि कुन ठाँउमा रहेछ त ?’ मैले भने समाचारमा नै लेखेको छ त ? ‘होइन तिमीहरुले मनलाग्दी समाचार लेख्ने ?’ उताबाट कड्केर आवाज आयो । मैले के मनलाग्दी लेखेँ त्यो भन्नुस न ? मेरो सहज प्रश्न थियो । ‘त्यो ठाँउको नाम भरतपुर–९ हो किन भरतपुर–८ लेखेको ।’, उताबाट चर्काे आवाज आयो, ‘हामी भरतपुर–८मा कुखुरा पाल्ने धेरै छाँै । त्यो सच्चाइ हाल्ने होइन भने हामी भोली तलाई घेर्न आँउछौ’ हामीले गल्ती छापेकै छैन त किन सच्चाउने ? मेरो प्रश्न । म फेरी पनि त्यो स्थानकोबारेमा भेरिफाइ गर्न लागे । त्यो ठाँउ कस्तो रहेछ भने बाटोकोपारी भरतपुर–९, वारी भरतपुर–८, मंगलबार पनि प्रताप थापाले यही भनेका थिए । फेरी पनि यही जवाफ आयो ।

होइन यीनिहरु किन यती सानो कुरामा यती कड्केका । उनीहरुको एउटा तर्क त्यो स्थान वडा नं.९ को नजिक पर्छ त्यो ९ हो रे । अरेबा कस्तो तर्कहो उनीहरुको । मैले उनीहरुलाई सोध्ने मन छ हे महोदय दशगजाको नेपाली भुमी भारतीय भुमिसँग नजिक होला रे फेरी त्यसलाई भारत भन्ने की नेपाल ? त्यसको केही दिन पहिले मलाई एकजना यहीका पोल्टी व्यवसायीले भनेका थिए, ‘तिमीहरु यो महंगीको केही लेख्दैन खाली बर्डफ्लुको हल्ला मात्र पिटाउँछौ ।’ उनको सामान्य तर्क थियो अरु रोगले लाखाँै मान्छे मरेका छन सय मार्ने बर्डफ्लुलाई हाँउगुजि बनाउँछौ । हाँउगुजी त अहिले यीनिहरुले नै बनाए नी । होइन ?

जनताको प्रत्यक्ष स्वास्थ्यमा असर पार्ने कुरालाई लुकाएर राखे लुकाउन दबाब दिए । त्यती मात्र होइन यीहरुले आम उपभोक्तालाई समेत मर्कामा पारे । ठूला व्यवसायीहरुको दबाबमा लाएर स्थानीय प्रशासन पनि निरिह बन्यो । त्यति मात्र होइन व्यवसायीलाई लुकाउन सहयोग समेत ग¥यो । हुन त बर्डफ्लु लुकाउने यो व्यथा नेपाल सरकारको मात्र रहेन छ । अनलाईमा यसबारेमा खोजेर हेर्दा विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको प्रतिवेदनमा दक्षिण एसियाका सबै मुलुकका सरकारले बर्डफ्लुबारे सूचना लुकाउने गरेको उल्लेख छ । यसको प्रत्यक्ष प्रमाण अहिले नै देखियो नी ।
यो संवन्धि समाचार पढ्न यहाँ क्लिक गर्नुहोस : पोल्टीको राजधानीमा नै बर्डफ्लु किन राख्न खोजियो गुपचुप

Tuesday, April 2, 2013

पोल्टीको राजधानीमा नै बर्डफ्लु किन राख्न खोजियो गुपचुप


गत शुक्रबार श्रीकृष्ण मामाले फोन गर्नुभयो । ‘भाञ्जा त्यहाँ गौरीगञ्जमा भटाभट कुखुरा मर्दैछन रे के हो यसो बुझ्नुस त ।’ ‘ए हो र मामा ? ल म बुझ्छु ।’ अपिसमा गएर टेलिफोनको रिसिभर उठाएँ । जिल्ला पशु सेवा कार्यालयको नं.मा फोन गर्न खोजेँ एक घण्टा देखि विजिको विजि देखायो । पंक्षिरोग निदान प्रयोगशालमा फोन घुमाएँ । त्यहाँको प्रमुखलाई सोधेँ डा. के हो गौरीगञ्जमा त भटाभट कुखुरा मर्दै छन रे त ? मैले प्रश्न गरेँ उताबाट जवाफ आयो ‘त्यस्तो केही होइन, सामान्य एक दुई वटा हो मरेको ।’ मैले पनि ठाँने होला तनी । तर सानो होइन रहेछ आज थाहा भो पोल्टीको राजधानी भनेर चिनिने चितवनमा बर्डफ्लु देखा परेछ । भरतपुर–८ गौरीगञ्जमा प्रताप थापाले पालेको कुखुराकोमा बर्डफ्लु देखा परेको प्रयोगशाला ले नै प्रमाणित गरे छ ।

एक हप्ता भन्दा बढि हुँदा समेत किन गुपचुप लुकाइयो यो कुरा ठूलो खोजिको विषय बनेको छ । थापाले भने पहिलो पटक लक्ष्यण देखिँदा नै खबर गरेका रहेछन पशु कार्यालयलाई तर कुनै चासो देखाइएन । किन यसको खोजि हुनु जरुरी छ । यती बेला मैले पूर्व पशु कार्यालयका प्रमुख नाम ठ्याक्कै थाहा भएन उनले एक कार्यक्रममा भनेको सम्झिरहेको छु ।
 

आफ्नो विदाईको कार्यक्रममा भनेका थिए मलाई कुखुरेहरुले यति दबाब दिने गरेका थिए । अब त हाइसन्चो भयो । चितवनमा कुखुराजन्य व्यवसायमा करोडाँै लगानी छ । त्यसको संरक्षण आवश्यक छ । तर जनधनको सुरक्षालाई पनि त हेर्नुपर्यो नी । आज तिनै व्यसायीहरुको दबाबमा किन गुपचुप राखियो यत्रो दिनसम्म यो विषय । यो विषय त्यत्तिकै हराएर जाने थियो सायद प्रताप थापा लगायत स्थानीयले पशु कार्यालय तथा प्रयोगशाला नघेरेको भए । प्रतापले आज मंगलबार कार्यालय पुगेर धम्काएछन् मेरो खोरको कुखुरा तिमीहरु आँफै उठाउँछौ की म आँफै ट्याक्टरमा लिएर थुपारिदिँउ । बल्ल चेत खुल्यो उनीहरुको र हतारहतार बैठक बसेर मार्ने निर्णय गरे । तर पनि मिडियालाई थाहा नै नदिने गरि । हामी पनि के कम खोज्दै त पुग्नु पर्यो नी ।

मैले प्रयोगशालाका प्रमुख डा.बोधनाथ अधिकारीलाई मेरो मोवाइलबाट कति फोन गरेँ उठाइएन । बल्लबल्ल धेरै पछि उठ्यो । डा.साप नमस्कार म फलानो फलानो पत्रिकाबाट खासमा के भाको हो ? मैले प्रश्न गरेँ । त्यस्तो केही भा हैन तपाईँहरुलाई म पछि मात्र जानकारी दिन्छु । त्यो त हो तर के भाको हो त्यो त जानकारी पाँउ न सर मैले भने । बर्डफ्लु देखिएको तर तपार्इँहरु त्यहाँ नपुगिदिनु होला ।

कार्यालयका अर्का एक जनासँग सम्पर्क गरेँ चोरीबाटोबाट । बुँझे ठेगाना पत्ता लाग्यो । पुग्यो । सात बजे नष्ट गर्ने भनेको आठ बजेसम्म नष्ट गर्ने टोली पुगेको छैन । फेरी फोन गरेँ अधिकारीलाई उनले भने हामी अझै जिल्लामा छौँ । अरे त्यो भरतपुर–८ जिल्लामा पर्दैन । पाँच मिनेटको बाटो किन समय लाग्यो त । ‘हामी अब हिड्दै छौँ । तपार्इँहरुलाई जानकारी दिन्छौँ तपाईँ हरु त्यहाँ नगइदिनुहोला हामीलाई डिस्टर्व हुन्छ’ अधिकारीले भने । मैले पनि हस सर भने ।

नौ बजे पनि टोली पुगेन । प्रमुख जिल्ला अधिकारीको मोवाइलमा फोन गरेँ । उनी अझै टोली नपुगेको बारे अनविज्ञ रहेछन अथवा बने थाहा भएन । प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीलाई ढिलाइबारे बुझ्दा आफूले दिउसो नै आदेश दिएको जानकारी पाइयो । ‘दिउसो नै बैठक बसेर निर्णय भइसकेको हो’, करिब साढे आठ बजे मैले दवाडीसँग सम्पर्क गर्दा उनले भने, ‘यतिवेला त नष्ट गरिसक्नुपर्ने हो त ।’

त्यसपछि बल्ल सवा नौ बजे टोली पुग्यो र बँचेका कुखुरा मार्न थाल्यो । त्यो भन्दा त अर्को रोचक कुरा के भने हामी कुखुरा किसानको घर आउलान र फोटो खिचेर जाँउला भनी कुरी बसेका थियाँै आएनन् । मामाले जुक्ति लगाउनुभयो । भाञ्जा हामी यहाँ छौ भन्ने थाहा पाएकी । जाँउ उनीहरुको कार्यालयमा गएर बसौँ अनि आउलान । हामी बसपार्क तर्फ हानीयाँै बसपार्क आएर चिया खायौँ । बल्ला कार्यालयको टोली हिँड्यो हामी पनि पछि पछि लाग्यौँ । टोलीले बँचेखुचेका कुखुरा अबेर रातिसम्म मारेर खालडोमा पुरेको छ ।

कुखुरामा एच फाईभ भाइरस देखा परेको प्रयोगशालाका प्रमुख डा.बोधनाथ अधिकारीले नचाँहदा नचाँहदै फुस्काए । उनलाई सोध्दा थप खुलाउन चाहेनन् । ‘बर्डफ्लु देखिएको हो, हामी नष्ट गर्न जाँदै छौँ’, ‘तपार्इँहरु नआउनुस ।’ प्रताप थापाले स्थानीय गोविन्द सापकोटाको खोर भाडामा लिएर कुखुरा पालेका थिए । गत चैत ११ गते देखि कुखुरा मर्न थालेको उनले जानकारी दिए । 

कुखुरा मर्न थालेपछि पंक्षि रोग निदान प्रयोगशालामा खबर गरे पनि प्रयोगशालाले कुनै चासो नदिएको थापाले गुनासो गरे ।  ‘मैले ११ गते नै प्रयोगशालामा लगेको थिएँ, उनीहरुले केही होइन सञ्चो हुन्छ भनेका तर दिन दिनै कुखुरा मर्ने क्रम बढ्न थाले पनि प्रयोगशालाले कुनै चासो देखाएन ।’, उनले हामीलाई भने । मंगलबार प्रयोगशालमा पुगेर कुखुरा नष्ट नगरे कुखुरासहित प्रदर्शन गर्ने चेतावनी दिएपछि मात्र नष्ट गर्न आएको उनको आरोप थियो । उपचारकै क्रममा पचास हजार रुपैयाँ बराबर खर्च भएको थापाले भनाई छ ।

‘प्रयोगशालाले पहिले नै चासो दिएको भए उपचारवाफत लाग्ने खर्च त बच्ने थियो’, थापाले थापाले भने, ‘हामील दबाब नदिएको भए अझै आउने थिएनन् ।’ थापाले गत छ महिना अगाडीमात्र सापकोटाको खोर मासिक २० हजार भाडामा लिएर कुखुरा पाल्न पालेका थिए ।

‘प्रति चल्ला १२९ रुपैयाँमा किनेर पालेको हुँ, भर्खरै अण्डा पार्न थालेका थिए’, चिन्तित मुद्रामा देखिनुभएका उनले भने, ‘एकै पटक सबै सखाप भए ।’ यसअघि दुई वर्ष पहिले पनि आँफूले पालेको करिब तीन हजार कुखरा यसरी नै मरेको उनले जानकारी दिए । थापाले पालेका मध्ये एक खोरका कुखुरा मरिसके पछि आँफैले खाडल खनेर गाडेको गाडेका हुन । ‘हामीले भनेर के हुन्छ र मर्ने भनेको किसान न हुन् । ठूला व्यवसायीहरुले लुकाउन दबाब दिएका होलान नी अनी कसरी भन्थे । यतीका दिनसम्म किन चुपचाप हेरेर बसे त उनीहरु ?’ थापाले आक्रोश भिश्रित श्वरमा प्रश्न गरे । 

गत सोमबार पनि स्थानीय सुरज सुवेदीले पालेको १ हजार ५०० कुखुरा मरे पछि गाडिएको थियो । त्यस्तै स्थानीयले दिएको जानकारी अनुसार हिमालयन फिड्सले पनि कुखुरा मरेपछि गाडेको थियो । यसरी किन गुपचुप राख्न खोजियो यसलाई अध्ययन गर्न जरुरी छ ।

Saturday, March 23, 2013

संविधान सभाको चुनाव : पाँच वर्ष पहिलेजस्तो उत्साह छैन


भरतपुर । चिट्चिट् पसिना काड्दै दुई घण्टा लाइनमा बसेपछि पालो आएको थियो भोट खसाल्ने । तैपनि घाम नभनी लाइनमा बसेकी थिइन भरतपुर–९ की मञ्जु गुरुङ । यसरी दुःख गरेर भोट दिएको पनि पाँच वर्ष बित्यो । यो अवधिमा जनताले संविधान पाएनन् तर पनि संविधानसभा बनाउनका लागि फेरि एकपटक त्यस्तै लाइनमा भने बस्नै पर्ने भएको छ ।

संविधानसभाको चुनावमा भोट हालेपछि निकै परिवर्तन होला भन्ने सोचेकी गुरुङको जीवनमा भने खासै परिवर्तन आएन । ‘के हुनु, केही भएन, भएन भन्दा बिहे भयो, एउटा छोरो पनि भयो’, ठट्टा गर्दै उनले भनिन्, ‘पहिले गोरखामा भोट हालिएको थियो, अब यतै होला ।’ माइतीघर गोरखा आँपपीपल–१ बाट बिहे भएर आएकी उनले अबको चुनावमा भने भोट हाल्ने मन नभएको बताइन् ।


‘पाँचवर्ष अघि चुनाव आउँदा छुट्टै उत्साह थियो, त्यो उत्साह अहिले छैन’, गुरुङले भनिन्, ‘संविधान बनाउन भनेर गएकाले बनाएनन्, अबकाले बनाउलान् भन्ने के ग्यारेण्टी ?’ गुरुङमात्र होइन, राजनीतिदेखि विरक्तिएका अधिकांशको मनमा यस्तै जागेको छ । गुञ्जनगरका राजेन्द्र भुषालले गएको संविधानसभामा उमेर नपुगेर भोट हाल्न पाएनन्, तर अहिले उमेर पुगे पनि भोट हाल्ने मन छैन उनलाई ।

‘त्यो बेला ठूलो रहर थियो, भोट हाल्न पाइएन तर अहिले रहर नै छैन’, भुषालले भने ‘उमेर नपुगे पनि चुनाव खुब लागेको थियो, तर अहिले केही छैन ।’ जसलाई जिताए पनि उस्तै हुने उनले बताए । उनलाई मात्र होइन नारायणगढ बेलचोकका मतदाता ऋषिराम पौडेल पनि यसपटकको संविधानसभाको निर्वाचनमा मतदान नगर्ने मानसिकतामा छन् ।

अघिल्लो चुनावमा उत्साहपूर्वक भाग लिएका उनले भने, ‘संविधानसभाको चुनाव एक जुगमा एक पटक आउने हो, त्यसमा सहभागी भइसकें तर नेताहरुको नालायकीपनले संविधान बनेन ।’ दोहो¥याएर संविधान सभाको चुनाव हुनु र त्यसमा भोट हाल्नु भनेको सौभाग्य नभई दुर्भाग्य हो भन्दै उनले यसपटकको मतदानमा सहभागी नहुने धारणा बनाएका हुन् ।

संविधानसभाको असफलताको नैतिक जिम्मेवारी अझैसम्म कुनै दल र नेताले नलिएकोले त्यस्तालाई चुनेर पठाए फेरि पनि संविधान नबन्ने उनको ठम्याइ छ, तर संसद या स्थानीय निकायको चुनावमा भने भोट हाल्ने उनले बताए ।

यता आगामी संविधानमा जे भए पनि भोट हाल्नुपर्ने सुरमा छन् भरतपुरको एक विद्यालयमा पढाउने शिक्षक नवराज पाण्डे । कपिलवस्तु घर भएका उनलाई अब विचार पु¥याएर नेता चुन्नुपर्ने लागेको छ । ‘पहिले जेजस्तो भए पनि अब चाहिँ काम गर्नेलाई भोट हाल्नुपर्छ’, उनले भने, ‘पार्टी होइन, व्यक्तिलाई रोज्न सक्नुपर्छ ।’ आफ्नो पार्टी भनेपछि जस्तो खराबलाई पनि भोट दिने, अर्काे पार्टीको असलै भए पनि खेदो खन्ने प्रवृत्तिले देश बिग्रिएको उनको ठम्याइ छ ।

फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता नगराएका पाण्डेले नाम दर्ता गर्न आज आइतबार निर्वाचन कार्यालय जानेसमेत बताए । ‘नाम दर्ता गराएको छैन, त्यसको लागि आइतबार जानुपर्ला’, उनले भने । जिल्ला निर्वाचन कार्यालयले बाहिरी जिल्लाबाट जागिरको सिलसिलामा चितवन रहेका नागरिकहरुको समेत नाम दर्ता गर्ने गरेको छ ।

यसअघि निर्वाचन कार्यालयले बाहिरी जिल्लाका करिब पाँचहजार जनाको नाम दर्ता गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

Tuesday, March 19, 2013

मिडियाकै कारण आमा साक्षर ः जिशिअ

भरतपुर । चितवनका जिल्ला शिक्षा अधिकारी मिडिया मैत्रि छन । चितवनमा जिल्ला शिक्षा कार्यालयले साक्षर चितवन अभियान सञ्चालन गरिरहेको अवस्थामा उनकै आमा निरक्षर भएको समाचार हामीले गत मंसिर १९ तदनुसार सन् २०१२ डिसेम्बर ५ तारिकमा  प्रकाशित गरेका थियौँ ।

यसै उक्त समाचारकै कारण जिशीअ रमाकान्त शर्माकी ६८ वर्षीया  आमा चन्द्रकला उपाध्याय अहिले अक्षर चिन्न थालेकी छन । सच्चार माध्यममा समाचार आए पछि आमालाई घोचेको शर्माले बताए । ‘तपाइँहरुले घोच्दिनु भो, आमालाई त्यसले छोएछ, अनि अक्षर चिन्न थाल्नुभयो’, उनले भने , ‘अहिले अक्षर चिन्न थाल्नुभएको छ ।’

सञ्चारमाध्यमले यसरी नै हरेकलाई अभियानमा प्रेरित गर्नुपर्ने उहाँको भनाइ थियो । ‘मलाई घोचेजस्तै अरुलाई पनि घोच्ने गरी लेख्नुस् र सोच्ने बनाउनुस्’, जिल्ला शिक्षा अधिकारी शर्माले भने । साक्षरता अभियानअन्तर्गत जिल्ला शिक्षा कार्यालयका उपसचिवले जिल्ला शिक्षा अधिकारीलाई पत्र काटेका थिए ।
पढ्नुहोस नमस्ते विहानीले प्रकाशित गरेको उक्त समाचार  : जिशिअकी आमा निरक्षर साक्षर बनाउन जिशिकाको पत्र

Monday, March 18, 2013

स्थानीयकै पौरखबाट खानेपानी समस्या समाधान

नवलपरासी । तल कालिगण्डकी, माथि नाक छुने भीर । बीचको सुन्दर बस्ती । तर सँधै खाने पानीको हाहाकार । पानी लिनको कि एक घण्टा हिँडेर कालिगण्डकी पुग्नुपर्ने, कि मुहानसम्म पुग्न उकालो उक्लनुपर्ने । नवलपरासी रतनपुर–२ गड्यम्दीका २० घरपरिवार यस्तो कठिन जीवन बिताइरहेका छन् ।

सरकारको आस गरेरमात्र नहुने । आफ्नै लगानीमा अहिले उनीहरुले करिब १५ हजार लिटरको अन्डरग्राउण्ड पानीट्याङ्की निर्माण गरेका छन् । स्थानीय भुपाल आलेको अध्यक्षतामा समिति गठन गरेर आफ्नै श्रमदानबाट उनीहरुले उक्त ट्याङ्की निर्माण गरेका हुन् ।


करिब एक लाख रुपैयाँ खर्चमा निर्माण भएको ट्याङ्कीको उनीहरुले सोमबार विधिवत् सञ्चालनमा ल्याएका हुन् । २०५५ सालमा सोही स्थानमा निर्माण भएको तीन वर्ष नबित्दै भत्किएपछि पानीको समस्या भोग्दै आएका थिए ।

‘पानीको समस्या थियो, प्रत्येक घरका एकएक जनाले श्रमदान ग¥यांै’, अध्यक्ष आलेले भन्नुभयो, ‘तल कालिमा पुगेर आवश्यक ढुंगा गिटी र बालुवा लियौँ, इँटा आफँैले बनायौँ ।’ गाउँमा बनेको ट्याङ्कीबाट अब जतिबेला पनि खानेपानी घर आँगनमै पुग्ने भएपछि स्थानीय खुसी छन् ।

‘हामीले सानोमा जुन समस्या भोगेका थियौँ । अब त्यो समस्या हाम्रा सन्तानहरुले भोग्नु नपर्ने भएको छ’, जनता प्राविका सहप्रधानाध्यापक कर्णबहादुर सुनारीले भन्नुभयो, ‘हामीले एक घण्टासम्म हिँडेर बिहान बेलुका पानी ल्याउँथ्यौँ ।’

निर्माण भएको ट्याङ्कीमा आठ किलोमिटरमाथि डाँडाको मुहानबाट पानी ल्याएर जम्मा गरिएको छ । माथि मुहानमा समेत एक हजार लिटर पानी अटाउने गरी रिर्जभ ट्याङ्की बनाएका छन् स्थानीयले ।

पानी ट्याङ्की बनाउका लागि स्थानीयले सक्दो आर्थिक लगानी पनि गरेका छन् । ट्याङ्की निर्माण गर्न नारायणगढका ज्ञानेन्द्र बरालीले १२ बोरा सिमेन्ट सहयोग गरेका थिए । बाँकी सबै खर्च स्थानीयले जुटाएको स्थानीयवासी मोतीलाल सुनारीले बताउनुभयो । ट्याङ्की बनाउन एक लाख पचास हजार रुपैयाँभन्दा बढी खर्च लागेको उहाँले जानकारी दिनुभयो ।

ज्ञानेन्द्र बरालीले रिबन काटेर पानी ट्याङ्कीको कार्यक्रमका बीच सञ्चालन गर्नुभएको हो । उपभोक्ता समितिका अध्यक्ष भुपाल आलेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

Sunday, March 17, 2013

नयाँ सरकारसँगै चितवनमा पनि निर्वाचनको चहलपहल

भरतपुर । अन्तरिम मन्त्रिपरिषद्को गठनसँगै केन्द्रमा निर्वाचनको चहल पहल सुरू भएको छ । त्यसैको प्रभावसमेत चितवनमा देखा परेको छ । जिल्ला निर्वाचन कार्यालयले निर्वाचनसम्बन्धी कार्यक्रमहरु धमाधम गर्न थालेको छ ।

निर्वाचन हुने, नहुने अनिश्चितलाई तोड्दै गत बिहीबार बहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा दोस्रो संविधानसभाको निर्वाचनका लागि अन्तरिम मन्त्रिपरिषद् गठन भएको हो ।  दलीय सहमतिका आधारमा आगामी वर्षको असार ७ गतेलाई संविधानसभाको अर्काे निर्वाचन मिति तय गरिएको छ । सोहीअनुरुप निर्वाचन कार्यालयसँगै चितवनका दलहरुमा पनि यसको चटारो छाएको छ ।


निर्वाचन कार्यालयले मंगलबारदेखि प्रत्येक गाविस तथा नगरपालिकाका वडाहरुमा फोटोसहितको मतदाता नामावली संकलन अद्यावधिक कार्य थाल्ने भएको छ । यसको तयारी स्वरुप प्रत्येक गाविस तथा नगरपालिकाका वडा सचिवहरुलाई एक दिनको प्रशिक्षणसमेत दिइसकेको छ ।

कार्यालयले मतदाता अध्यवधिक गर्नका लागि ११ जना मतदाता दर्ता अधिकारी, ६३ जना  सहायक दर्ता अधिकारी, ६३ जना सहायक नाम दर्ता कर्मचारी, ६३ जना निर्वाचन शिक्षा कार्यकर्ता, ६३ जना कार्यालय सहयोगी र १२६ जना सुरक्षा कमीसहितको ३८९ जनाको टोलीलाई गाउँगाउँमा परिचालन गर्ने भएको छ ।

मतदाता अद्यावधिक गर्नका लागि पाँच चरणको कार्यक्रम तयार गरिएको छ । त्यसअन्तर्गत चैत २६ गतेसम्म मतदाता नामावली अद्यावधिक गरी चैत मसान्तसम्ममा निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा पेस गर्ने जिल्ला निर्वाचन आयुक्त हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।

‘केन्द्रीय कार्यालयले दिएको निर्देशन बमोजिम  मतदाता अद्यावधिक गर्न कार्य गरिनेछ’, उहाँले भन्नुभयो, ‘अद्यावधिक गरिएको नामावली चैत मसान्तसम्ममा केन्द्रीय कार्यालयमा पठाउने भन्ने निर्देशन आएको छ ।’ प्रत्येक गाविसमा तथा नगरपालिकाका वडाहरुमा पुगेको टोली तीन दिनसम्म सम्बन्धित कार्यालयमा रहने उहाँले बताउनुभयो । 


त्यस्तै, जिल्लाका १४० मतदान केन्द्रहरुको समेत नक्साङ्कनसमेत गरिएको जिल्ला निर्वाचन प्रमुख ढकालले जानकारी दिनुभयो । जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार जिल्लामा कुल तीन लाख ४७ हजार ९९० मतदाता रहेकोमा मंसिर मसान्तसम्ममा दुई लाख ४४ हजार ७१८ जनाले मात्र फोटोसहितको मतदाता नामावली दर्ता गराएका छन् । यसरी दर्ता छुट भएका कुल एक लाख तीन हजार २६२ जनामध्ये ३३ हजार ६२१ जना जागिर तथा व्यवसायको गर्न अन्य जिल्लामा रहेको समेत कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै, ३७ हजार ५६१ जना रोजगारीका लागि विदेश रहेकोले उनीहरु छुटेको कार्यालय प्रमुख ढकालले जानकारी दिनुभयो ।त्यसबाहेक नागरिकताको प्रमाणपत्र नभएका र अन्य कारणले दर्ता गर्न नचाहेका उहाँले बताउनुभयो । त्यस्तै, निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गर्नका लागि जनचेतनासम्बन्धी कार्यक्रमसमेत गाँउगाँउमा सञ्चालन गरिरहेको जनाएको छ । कार्यालयले सञ्चार माध्यमबाट सन्देश प्रवाह गर्नुका साथै माइकिंग गर्ने काम गरिरहेको प्रमुख ढकालले जानकारी दिनुभयो ।

कार्यालय स्थानीय स्तरमा वडा नागरिक मञ्चका पदाधिकारीहरुलाई समेत परिचालन गर्ने तयारी गरेको छ । पछिल्लो तथ्याङ्कमा नेपालमा एक करोड १० लाखले फोटोसहितको मतदाता नामावलीका लागि फोटो खिचाएका छन् । नेपालमा कुल जनसंख्यामध्ये एक करोड ७६ लाख ११ हजार ८३२ जना मतदानका लागि उमेर पुगेका नागरिक रहेको निर्वाचन आयोगले जनाएको छ ।

यसैबीच जिल्ला निर्वाचन कार्यालयले आइतबार जिल्लाका क्रियाशील राजनीतिक दल तथा सरकारी निकायका प्रमुखहरुसँग अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यालयले सबैलाई निर्वाचन पक्रियामा सहभागी हुन तथा सबै जनतालाई सहभागी गराउन पहल गर्नसमेत आग्रह गरेको छ । 

Thursday, March 14, 2013

आँफू आम नागरिक भएको भट्टराइको ट्वीटरमार्फत प्रतिक्रिया

भरतपुर । १८ महिना १८ दिनको सत्ताको बागडोरबाट डा. बाबुराम भट्टराई आजै देखि विदाई भएका छन । राजनीतिक सहमति पछि अन्तरिम चुनावि परिषद्को अध्यक्षमा प्रधानन्यायाधीश खिलराज रेग्मीले सपथ लिएसँगै उनी विदा भएका हुन ।
प्रधानमन्त्री पदबाट निवर्तमान भएसँगै सम्पूर्ण समान सहित बालुवाटार देखि सानेपा डेरामा सरेका भट्टराईले ट्वीटर मार्फत आँफू आम नागरिक भएको प्रतिक्रिया दिएका छन । ‘अब म आम नागरिक भएको छु’, ट्वीटरमा उनले लेखेका छन, ‘ १८ महिना १८ दिनको लामो यात्रामा मेरो पक्षमा उभिनु हुने सम्पूर्णलाई धन्यबाद ।’

Sunday, March 10, 2013

देशभरका गजलकार चितवनमा

रचनाबाटै सत्ता ढाल्ने उद्घोष

नारायणगढ । 
‘पर्खाल कडा तोडेर आँउछु ।
आँउछु पक्कै पिंजडा तोडेर आँउछु ।।
तिमी गजल लिएर बस चितवन,
म सिन्धुलीको अखडा तोडेर आँउछु ।।’

सिन्धुलीकी स्रष्ठा सरिता श्रेष्ठले जस्तै गजल वाचन गर्न शनिबार चितवनमा धेरै जिल्लाका अखडाहरु तोडेर उपस्थित भएका थिए एकसय बढी गजलकारहरु ।
नारायणगढमा जम्मा भएका उनीहरुले गजल र मुक्तक लेखेर परिवर्तन गरिदिनेसमेत उद्घोष गरेका छन् । हाम्रो मझरी साहित्य प्रतिष्ठानले आयोजना गरेको हाम्रो मझेरी स्वर्णंक समारोहमा उनीहरुले यस्तो उद्घोष गरेका हुन् ।
पूर्वबाट आएका बादल घिमिरेले यसरी मुक्तकबाट सरकार ढाल्ने उद्घोष नै गरे, 
‘गरिबका बस्तीहरुमा क्रान्ति पठाइदिन्छु
भ्रष्ट नेताहरुको अनुहार जलाइदिन्छु
तिमीले के ठानेका छौ महासय
म मुक्तक लेखेरै सरकार ढलाइदिन्छु ।’

माथिको मुक्तक वाचन गर्दा गजलकारहरुले भरिएको हलमा तालीको पर्रा छुटेको थियो । पूर्व भुटानदेखि पश्चिम महाकालीसम्मका गजलकारहरुलाई प्रतिष्ठानले नारायणगढमा जुटाएको हो ।
कार्यक्रममा राजनीतिका खेलाडीहरुले जनतालाई दुःख मात्रै दिएको भन्दै जति गाली गरेपनि नपुग्ने उद्घोष गर्दै ब्यंग्य प्रस्तुत गरेका थिए पोखराका गजलकार मन क्षेत्रीले । उनले मुक्तकबाट यसरी ब्यंग्य गरे –
‘न नुन आउँछ न धजा आँउछ,
न त बेचिएको दशजगजा आँउछ,
खै किन हो कुन्नी ? लुतो कनाउँदा जस्तै
नेताहरुलाई गाली गर्दा मजा आँउछ ।’

गजलकारहरुले देशको अवस्थासँगै नेपालीहरुले भोग्नुपरेको पीडालाई पनि गजलका शेरहरुमा उनेका थिए । पूर्वबाट आएकी कमला अधिकारी आफ्नै छोराको चिहान उत्खनन गरिरहेका बाबुको पीडा यसरी उत्खनन गरिन्,
 ‘यस्तो पनि जिम्मेवारी बहन गर्दैछ,
बाउ छोराको चिहान उत्खनन् गर्दैछ,
कसैले यो खबर पु¥याइ देउ बुद्धलाई,
तिम्रो देशमा हिटलरले शासन गर्दैछ ।।’

कार्यक्रममा देशभक्तिसँगै श्रृङ्गारिक गजलहरुसमेत वाचन गरिएका थिए ।  भुटानका स्रष्टा याम थुलुङले आफ्नी प्रियसीको चर्चा गर्दै यसरी गजल गाए,
 ‘आगो थिएँ म पानी भएँ ।
तिमीलाई हेरिरहने नानी भएँ ।।
ढुंगाजस्तै कठोर थियो मन
धुँवा धुलो खरानी भएँ ।।’

प्रतिष्ठानले मातृभूमि साहित्य समाज मकवनपुरका संस्थापक अध्यक्ष ह्याग्रीव आचार्य र चितवनका गजलकार प्रभाकर पण्डितलाई सम्मान गरेको छ । त्यस्तै झापाका गजलकार विवश बलिभद्र कोइरालाई गजलरत्न पुरस्कार र चितवन घर भइ हाल इजरायलमा रहेकी सुचित्रा खनियाँलाई गजलश्री पुरस्कारबाट सम्मान गरिएको छ ।
प्रतिष्ठानका अध्यक्ष पुष्प अधिकारी ‘अञ्जली’ को अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि साहित्यकार विष्णुबहादुर सिंह हुनुहुन्थ्यो ।

क्याम्पाचौर फेरि संगीतमय

नारायणगढ । नारायणगढको क्याम्पाचौर शनिबार रक कन्सर्टसँगै झुमेको छ । टीएसएन तथा एटुजेड मोबाइल हाउसले आयोजना गरेको सो कन्सर्टमा अपरान्ह दुई बजेदेखि साँझ अबेरसम्म नारायणगढका युवाहरु रमाए ।

देशमा भइरहेको राजनीतिक अनिश्चितताको चर्काे विरोध गर्दै स्थानीय ब्याण्ड स्याडोजले ‘नयाँ नेपाल’ बोलको गीत पस्कँदा क्याम्पाचौर ढाकेका युवाहरुले आकाश गुञ्जायमान पारेका थिए । वर्तमान राजनीतिको कारण ‘नयाँ नेपाल’ बोलको सिर्जना भएको बताउँदै स्याडोजले जनतालाई केही नदिएका नेताहरुलाई ब्यंग्य प्रहार गरेको थियो । त्यस्तै नेपालमा जन्मेका बुद्धलाई आफ्नो नागरिक भनेर प्रचार गर्ने भारतप्रति पनि स्याडोजले आफ्नो गीत ‘म हुँ बुद्ध नेपालको’ बोलको गीत प्रस्तुत गर्दै विरोध गरेको थियो । सो ब्याण्डले ‘हिड्ने मान्छे लड्छ’, ‘सायद’, ‘म खेलाडी’लगायतका गीत गाएर उपस्थित युवाहरुलाई उफारेको थियो ।
त्यसभन्दा अघि स्टेज उक्लिएका गायक सबिन राईले आफ्नो ब्याण्डको साथमा युवाहरुलाई तताए । उनले ‘तिमीलाई सम्झी’, ‘म संसार जित्ने’, ‘गुराँसको फेदमुनि’लगायतका गीतहरु गाएका थिए । उनले चपलीहाइट फिल्मको शीर्ष गीत गाँउदा दर्शकहरुले उनीसँगै गाएका थिए ।
त्यसपछि पोखराको ‘द एज’ले एक घण्टासम्म स्टेज तताएको थियो । एजले नेपालीहरु जहाँ रहे पनि एक हुनुपर्ने भावना गीतबाटै प्रस्तुत गरेको थियो । त्यस्तै उसले ‘कसरी कहाँ लुकाउँ’, ‘ओइ सुन माया’लगायतका गीतहरु प्रस्तुत गरेको थियो ।
कन्सर्टको अन्तिममा युवाहरु माझ निकै ‘मन्त्र’ ब्याण्डले करिब डेढ घण्टा स्टेज ततायो । धेरै पछि कन्सर्टका स्वाद चाख्न पाएका नारायाण्गढका युवायुवतीहरु साँझ अबेरसम्म क्याम्पाचौरमा नै नाचिरहे । कन्सर्टमा स्थानीय व्याण्ड प्रहरले समेत आफ्नो प्रस्तुती दिएको थियो ।

चितवन बहिरा संघको सहयोगार्थ आयोजना गरिएको ‘चितवन म्यूजिक फेष्टा’ नाम दिइएको सो कन्सर्टमा सहभागी दर्शकहरुमध्ये नेपालगंजका दिर्घायुजंग शाह र नारायणगढकी प्रियंका बस्नेतले कलर्स मोबाइल जितेका छन् ।

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी