भरतपुर । भरतपुर–८ गौरीगञ्जका स्थानीय किसान प्रताप
थापाले पालेको कुखुरामा बर्डफ्लु देखा परेपछि सतर्कता अपनाउन थालिएको छ ।
गत ११ गतेदेखि थापाले पालेको कुखुरा मर्न थाले परीक्षणका लागि लगिएकोमा
कुखुरामा ‘एचफाइभएचवान्’ फेला परेको थियो ।
कुखुरमा बर्डफ्लु फेला परेपछि थापाको खोरका कुखुरा नष्ट गरिएको छ । त्यस्तै सो क्षेत्रको तीन किलोमिटर आसपासमा समेत संवेदनशील क्षेत्र घोषणा गरी उच्च सतर्कता अपनाइएको छ । यस क्षेत्रवरपरका फर्महरुमा समेत निरीक्षणको काम भइरहेको छ ।
फर्ममा रहेका कुखुरालाई मंगलबार राति नष्ट गरिए पनि प्राविधिकहरुको एक टोलीले बुधबारमात्र फर्मको सरसफाइ गरेको छ । रोग फैलन नदिन बर्डफ्लु प्राविधिक समितिले १० जना प्राविधिक समूहको टोली संक्रमित क्षेत्रमा खटाएको छ ।
यसैबीच यस क्षेत्रमा स्थानीयहरुको स्वास्थ्यसमेत जोखिममा रहेको प्राविधिकहरुले बताएका छन् । बर्डफ्लू बिस्तारै मानिसमा सर्ने रोग हो । संक्रमित कुखुराको थुक, सिँगान, सुली, रगत, पखेटाको प्रत्यक्ष सम्पर्कमा रहँदा यो रोग सर्न सक्छ ।
त्यस्तै संक्रमित कुखुराको खोरमा प्रयोग भएका औजार तथा सामग्रीहरु, पानीका कारण पनि यो रोग सर्न सक्छ । बर्डफ्लुको भाइरस शून्य डिग्री सेल्सियसमा ३० दिनभन्दा बढी, ३७ डिग्री सेल्सियसमा एक हप्ता र सामान्य तापक्रममा केही हप्तासम्म जीवित रहने विश्व स्वास्थ्य संगठनको प्रतिवेदनमा उल्लेख छ ।
मानिसमा संक्रमण दर कम भए पनि सजगता अपनाउनु पर्ने चिकित्सकहरु बताउँछन् । ‘विशेषतः ‘एचवानएनवान (एभियन)’ जंगली पंक्षीहरुमा बढी देखिने भए पनि घरेलु पंक्षीहरुमा पनि यसको संक्रमण हुन्छ’, भरतपुर अस्पतालका चिकित्सक डा. भोजराज अधिकारीले भन्नुभयो, ‘यो रोग पंक्षीको तुलनामा मानिसमा कम सर्छ । तर स¥यो भने निको हुन समस्या पर्छ ।’
संक्रमितहरुमा सुरूमा अरु भाइरलको जस्तै लक्ष्यण देखिने उहाँले जानकारी दिनुभयो । ‘सामान्यतया यसको संक्रमणपछि सामान्य भाइरलको जस्तै लक्ष्यण देखा पर्छ’, डा. अधिकारीले भन्नुभयो, ‘यदि यसको संक्रमणबाट निमोनियाको विकास भई स्वासप्रस्वास तथा मुटु र फोक्सोमा संक्रमण भएमा मृत्यु हुने सम्भावना प्रवल हुन्छ ।’
यसको उपचारका लागि भ्याक्सिन बने पनि प्रभावकारी नहुने उहाँको भनाइ छ । ‘रोग पत्ता लगाउनमा नै समय लाग्ने हुँदा यसको उपचार प्रभावकारी नभएको हो’, डा. अधिकारीले भन्नुभयो, ‘तर यसको भाइरल फैलिन नदिनको लागि औषधिहरु भने उपलव्ध छन् ।’
विश्व स्वास्थ्य संगठनको तथ्याङ्कमा हालसम्ममा संक्रमितमध्ये ६० प्रतिशत मानिसको मृत्यु भएको उल्लेख छ । नेपालमा हालसम्ममा कुनै पनि मानिसको बर्डफ्लुका कारण मृत्यु नभएपनि सन् ३००३ देखि सन् २०१३ मार्च १२ सम्ममा विश्वमा ३७१ जनाको मृत्यु भइसकेकको छ ।
२०१३ को पहिलो तीन महिनामा मात्र १२ जना संक्रमित भएकोमा ११ जनाको मृत्यु भएको विस्व स्वास्थ्य संगठनको तथ्याङ्कमा उल्लेख छ । हालसम्ममा दक्षिण एसियामा एक जनाको मृत्यु भएको छ ।
बर्डफ्लुका कारण दक्षिण एसियामा नौ जना संक्रमित भएका छन् । तीमध्ये पाकिस्तानमा तीन जना रहेकोमा एक जनाको मृत्यु भएको हो । त्यस्तै बंगलादेशमा ६ जना संक्रमित भएका छन् ।
यता, नेपालको उत्तरी छिमेकी मुलुक चीनमा सन् २०१३ को पहिलो तीन महिनामा दुई जनाको मृत्यु भइसकेको छ । बर्डफ्लुबाट बच्नको लागि मानिसहरु प्रत्यक्ष रुपमा संक्रमित पंक्षीको सम्पर्कमा नजानु नै प्रभावकारी हुने डा. अधिकारीले बताउनुभयो ।
‘प्रत्यक्ष रुपमा यस क्षेत्रमा काम गर्नेहरुले सतर्कता अपनाउनुपर्छ’, उहाँले भन्नुभयो, ‘सतर्कता अपनाए संक्रमणबाट बच्न सकिन्छ ।’ यसबाट बच्न खोरमा जाँदा, मासु काट्दा, पकाउँदासमेत सुरक्षा सतर्कता अपनाउन साबुनपानीले हात धुने गर्नु पर्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार नेपाललगायत दक्षिण एसियाका देशहरुमा सरकारले नै सूचना लुकाउने गरेका छन् ।
उहाँले पालेको एक हजार ५०० कुखुरा बर्डफ्लुकै कारण मरेका छन् । फर्ममा पशु कार्यालयको टोलीले सरसफाइ गरी बर्डफ्लु नियन्त्रणको काम गरेको छ । अहिलेसँगै चितवनमा बर्डफ्लु देखिएको तेस्रो पटक हो ।

नवलपरासीमा पनि बर्डफ्लु
यसैबीच नवलपरासीको मुकुन्दपुरमा समेत बर्डफ्लु देखिएको छ ।
नवलपरासीको मुकुन्दपुरमा स्थानीय मेघबहादुर आलेले पालेको कुखुरामा
बर्डफ्लु देखिएको हो । उहाँले पालेको एक हजार ५०० कुखुरा बर्डफ्लुकै कारण मरेका छन् । फर्ममा पशु कार्यालयको टोलीले सरसफाइ गरी बर्डफ्लु नियन्त्रणको काम गरेको छ । अहिलेसँगै चितवनमा बर्डफ्लु देखिएको तेस्रो पटक हो ।
No comments:
Post a Comment
Thanx for your comment