Wednesday, April 3, 2013

क्रिकेटले जोडिएको नेपाल

केही दिनयता लाखाँै नेपालीहरुको ध्यान तानिरहेको थियो, त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानले । पहिलो पटक क्रिकेटको इतिहासमा नेपाल एसीसी ट्वान्टी–२० क्रिकेटको फाइनलमा प्रवेश ग¥यो । यसअघिसम्म सेमिफाइनलमा समेत प्रवेश गर्न नसकेको नेपाल यसपटक फाइनलमा मात्र प्रवेश गरेन, सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (यूएई) लाई ६ विकेटले समेत हरायो । फाइनलमा नेपाल एकदिवसीय मान्यताप्राप्त अफगानिस्तानसँग पराजित भए पनि त्यो पराजय सम्मानजनक नै मान्नुपर्ने खालको रह्यो । नेपाल प्रतियोगिताको उपविजेतासँगै पहिलो पटक ट्वान्टी–२० क्रिकेटको विश्वकपमा आफ्नो सहभागितालाई समेत नजिक ल्याएको छ । यो क्रिकेट मात्र नभई नेपाली खेलकुदको इतिहासमा नै ठूलो उपलब्धि हो ।

नेपालले फाइनलमा हार व्यहोरे पनि एउटा सन्देश भने दिएर गएको छ । यसअघि २०६२÷०६३ सालको जनआन्दोलनमा एक भएका नेपाली फेरि अर्काे पटक एक भएका छन्, आफ्नो राजनीतिक आस्था, धार्मिक, सांस्कृतिक मूल्यमान्यता, जातीयता र भौगोलिक भिन्नतालाई त्यागेर । यही एकताले थप बल पु¥यायो नेपाली क्रिकेट टोलीलाई, जसले इतिहास रच्न सफल पनि भयो । खेलमा हारजित हुनु स्वाभाविक भए पनि खेलले दिने सन्देशलाई मह¤वका साथ हेर्ने हो भने एकता र भातृत्वको सन्देश फैलाउनका लागि प्रतियोगितामा नेपालले अर्काे ऐतिहासिक सफलता हात पारेको हो, त्यस्तै सफलता पाएको हो अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता सफल रुपले आयोजनमा पनि । यसअघि सोही मैदानमा भएको विश्व क्रिकेट डिभिजन पाँचको खेलमा नेपाली दर्शकको अभद्र व्यवहारका कारण आलोचित बन्न पुगेको नेपालले यसपटक भने सफल आयोजक बनेर प्रमाणित पनि ग¥यो । 

क्रिक्रेट खेलले देखाएको एकताको बाटोलाई नेपालीले विकासका लागि उपयोग गर्ने हो भने नेपालले खेलसँगै अन्य क्षेत्रमा पनि फड्को मार्न धेरै समय कुर्नुपर्दैन । त्यस्तै, युद्धले ग्रस्त विजयी पाहुना टोली अफगानिस्तानले छोटो समयमा नै क्रिकेटमा मारेको फड्कोबाट पनि नेपालले केही सिक्नुपर्ने देखिन्छ । नेपालमा हरेक क्षेत्र राजनीतिक खिचातानीको शिकार भएको छ, जसबाट नेपाली खेलकुद पनि अछूतो छैन । राजनीतिक खिचातानीबाट खेल क्षेत्रलाई मुक्त पार्ने हो भने नेपाली खेलकुदले फड्को मार्ने थियो, अझ त्यसमा पनि नेपाली क्रिकेटले थप गति लिने थियो । आशा गरौँ, क्रिकेट प्रतियोगितामा आमनेपालीले देखाएको जस्तो एकता मुलुकका शीर्ष राजनीतिक नेतृत्वले समेत कायम गरेर अगाडि बढून्, खेलकुदको विकासमा सशक्त रुपमा लागून् ।

यो चितवन पोष्टको सम्पादकियको रुपमा २०६९ चैत २२ गते प्रकाशित भएको विचार हो । क्रिकेटले जोडिएको नेपाल

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी