Monday, December 31, 2012

सौराहामा रोनाल्डो देखियो

माडी क्षेत्रमा धु्रबे नामको जंगली हात्तीले आतङ्क फैलाइरहेका बेला पूर्वी चितवनको बछौली हात्तीसार र राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयनजिक रोनाल्डो नामक अर्को जंगली हात्ती देखिएको छ ।

रोनाल्डो बाहिर आएपछि निकुञ्जले स्थानीय बासिन्दालाई सर्तक रहन आग्रहसमेत गरेको छ । चितवन राष्ट्रिय निकुञ्जबाट आएको सो हात्ती बिहान १० बजेको समयमा यस क्षेत्रमा देखा परेको चितवन राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर कार्यालयका प्रमुख एवम् सहायक संरक्षण अधिकृत अमिर महर्जनले जानकारी दिनुभयो ।


रोनाल्डो प्रजनन्को लागि मह¤वपूर्ण जंगली हात्ती हो । चितवनमा रहेका सरकारी हात्तीहरुले रोनाल्डोको संसर्गबाट बच्चा जन्माउने गरेका छन् । सो हात्ती त्यही आसपास हुन सक्ने भएकाले स्थानीयलाई त्यस क्षेत्रमा नजान र जंगलमा घाँस दाउरा गर्न पनि नजान निकुञ्जले सतर्क गराएको उहा“ले बताउनुभयो । 

पहिलो पटक माडीमा महोत्सव हुने

माडी । माडीमा पहिलो पटक महोत्सव हुने भएको छ । फागुनमा प्रथम माडी महोत्सव सञ्चालन गर्न तयारीसमेत सुरू गरिएको छ ।

‘माडीको विकास हाम्रो अभियान, कृषि र पर्यटन हाम्रो पहिचान’ भन्ने नाराका साथ महोत्सव सञ्चालन गर्न लागिएको हो । माडीका चारवटै गाविस, त्यहाँ रहेका चारवटै मध्यवर्ती कार्यालय, चारवटा पर्यटन समिति र स्थानीय रेडियोको संयुक्त आयोजनामा महोत्सव सञ्चालन गरिने आयोजक प्रतिनिधि श्रीप्रसाद दवाडीले जानकारी दिनुभयो ।

Sunday, December 30, 2012

नारायणी नदी संरक्षणमा २५ करोडको गुुरूयोजना


बाल उद्यानसहित लभपार्क र धार्मिक पार्कको परिकल्पना
नारायणगढ । नारायणी नदी किनारलाई धार्मिक तथा पर्यटकीय स्थल बनाउनका लागि करिब २५ करोड रूपैयाँ बराबरको प्रारम्भिक गुरुयोजना प्रस्ताव गरिएको छ । शनिबार नारायणगढमा आयोजित ‘नारायणी संरक्षण तथा विकासको अवधारणा’ विषयक कार्यशाला गोष्ठीमा यस्तो गुरुयोजनाको प्रस्ताव अघि सारिएको हो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै सहरी योजनाकार सरोज बस्नेतले नारायणी नदीलाई संरक्षण गरेर धार्मिक, स्वास्थ्य तथा मनोरञ्जन पर्यटनको विकास गर्न सकिने बताउनुभयो । ‘संसारका जुनसुकै सहरहरु ठूला नदी किनारमा छन्’, बस्नेतले थप्नुभयो, ‘किनारका नदीको संरक्षण र विकास गरेर नै उनीहरुले विकासको फड्को मारेका हुन् ।’


योजनाकार बस्नेतले प्रस्तुत गरेको नारायणी नदी संरक्षण गुरूयोजना प्रस्तावमा नारायणी नदी किनारको नारायणी नदी पुलदेखि उत्तरको एक किलोमिटर उत्तर गौरेश्वर मन्दिरसम्मको क्षेत्रलाई समेटिएको छ । गुरूयोजना प्रस्तावमा उक्त क्षेत्रको करिब १२० रोपनी क्षेत्रलाई चार भागमा विभाजन गरेर विकास गरिने उल्लेख छ ।

जसअन्तर्गत पुल किनारको क्षेत्रलाई बाल उद्यान, त्यसपछिको क्षेत्रलाई युवायुवतीहरुको लागि लभपार्क, त्यस्तै लभपार्कपछिको स्थानमा वयस्कहरुको लागि तथा बहुउद्देश्यीय स्थानको रुपमा विकास गरिने उल्लेख छ । गौरेश्वर मन्दिरनजिक वृद्धवृद्धाहरुको लागि धार्मिक पार्कको रुपमा विकास गरिने जनाइएको छ ।

उद्योग वाणिज्य संघले गर्दै आएको महोत्सव तथा अन्य कार्यक्रमहरु बहुउद्देश्यीय स्थानमा गर्ने प्रस्तावनामा उल्लेख गरिएको छ । योजनाकार बस्नेतले प्रस्तावना मानव जीवनका चारै काललाई समेटेर तयार पारिएको बताउनुभयो ।

जगिङ् र साइक्लिङ ट्रेकको पनि व्यवस्था हुने

बहुउद्देश्यीय स्थानलाई राजनीतिक सभा सम्मेलनको लागि प्रयोग गर्न नहुने सहरी योजनाकार बस्नेतको भनाइ थियो । प्रस्ताव गरिएको गुरूयोजना अनुरुपमा कार्य सम्पन्न भए पार्कभित्र जगिङ ट्रेक, साइक्लिङ ट्रेक, पार्क बेञ्चहरु, विभिन्न प्रकारका मूर्तिहरु रहने छन् ।

त्यस्तै पार्कमा घाँसे मैदान, नारायणीबाट पानी तानेर पार्कमा फोहोराहरुसमेत निकालिने छ । पार्कमा मनोरञ्जनका लागि छुट्टै स्थान र फूड स्टलसमेत राखिने छ । पार्कमा छुट्टै सूचना केन्द्र, सुरक्षाका लागि सामुदायिक प्रहरी एवम् सार्वजनिक शौचालयसमेत बनाइने छ ।

‘जो कोही पनि पार्कमा छिरिसकेपछि रातमा समेत निर्धक्क हिँड्न सकोस् भन्ने कल्पना गरिएको हो’, बस्नेतले भन्नुभयो, ‘त्यसका लागि सामुदायिक प्रहरीको परिचालन गरिने छ र पार्क बनाउँदा सुरक्षाका लागि संवेदनशील मानिने र अवैध कार्य हुन सक्ने खोंचहरु रहेन छैनन् ।’ पार्कमा घुम्न आउने पर्यटकहरुलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइनुपर्ने समेत उहाँको भनाइ थियो ।

यती गर्न सके नारायणी नदीलाई पर्यटकको मुख्य गन्तव्य बनाउन सकिने उहाँले बताउनुभयो । नारायणी नदीमा वर्षा याममा आउने बाढीलाई मध्येनजर राख्दै संरचना निर्माण गरिने उहाँको प्रस्ताव छ ।
नारायणी नदी संरक्षणका लागि प्रस्ताव गरिएको गुरूयोजना । 
गुरूयोजनाअनुसार नारायणी नदी छेउको पार्क
 ः तस्बिर सौजन्य ः सरोज बस्नेत ।

बनेका संरचनाहरु तीनदेखि चार महिनासम्म पानीले ढाकिए पनि असर नपर्ने खालको संरचना निर्माण आवश्यक रहेको उहाँको भनाइ छ । एकै पटक उक्त योजना सम्पन्न गर्न नसकिने भएकोले क्षेत्रगत रुपमा योजनालाई क्रमिक रुपमा विकास गरिनुपर्ने उहाँले बताउनुभयो ।

नारायणी नदी संरक्षण तथा विकास समिति भरतपुरको आयोजनामा सम्पन्न गोष्ठीमा प्रस्तुत गरिएको अवधारणामाथि बुद्धिजीवी शरदरञ्जन श्रेष्ठ, केदार खनाल र गोविन्दराज विनोदीले टिप्पणी गर्नुभएको थियो । कार्यक्रम समितिका संयोजक रामप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

धु्रवे अझै नियन्त्रणबाहिर

कसरा । माडी क्षेत्रमा ठूलो जनधनको क्षति गरेको धु्रवे हात्तीलाई चितवन राष्ट्रिय निकुञ्जले अझै पनि नियन्त्रणमा लिन सकेको छैन । ध्रवेलाई नियन्त्रणमा लिन हेलिकप्टरको समेत प्रयोग गरिएको दावी गरिएको छ ।

विगत १५ दिनदेखि हात्तीलाई मार्न वा नियन्त्रणमा लिन खटिएका नेपाली सेना र निकुञ्जका प्राविधिकहरुले अझै धु्रवेलाई नियन्त्रणमा लिन सकेका छैनन् । धु्रवेलाई नियन्त्रणमा लिनका लागि निकुञ्जले थप जनशक्ति परिचालन गरेको छ ।

अहिले धु्रवे माडीको अयोध्यापुरी गाविसको बगई क्षेत्रमा रहेको निकुञ्ज स्रोतले बताएको छ । हात्ती नियन्त्रणमा लिने प्रयासका बारेमा जानकारी लिन शनिबार चितवन आइपुगेका वन मन्त्रालयका सचिव डाक्टर कृष्णचन्द्र पौडेल राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मेघबहादुर पाण्डे आइतबार पनि दिनभर चितवन राष्ट्रिय निकुञ्जमा नै सक्रिय हुनुभयो । उहाँहरुले अहिलेसम्म भए गरेका कामहरुका बारेमा अनुगमन गरी जानकारी लिनुभएको छ ।

वन मन्त्रालयका सचिव पौडेलले जुनसुकै विकल्प प्रयोग गरेर भएपनि धु्रवेलाई नियन्त्रणमा लिएर छोड्ने प्रतिबद्धता जनाउनु भएको छ । निकुञ्जको धु्रवे हात्ती नियन्त्रण अभियानमा भएका गतिविधिको स्थलगत अवलोकनपछि निकुञ्ज कार्यालयमा भएको सर्वपक्षीय छलफलमा उहाँले यस्तो प्रतिबद्धता जनाउनु भएको हो ।

हात्तीलाई नियन्त्रणमा लिनका लागि आवश्यक जनशक्ति परिचालन गर्न सैनिक हेलिकप्टरको समेत प्रयोग गरिएको निकुञ्ज स्रोतले बताएको छ । हेलिकप्टरबाट आइतबार मात्रै सैनिकको एक टोलीलाई बगई क्षेत्रमा लगेर छोडिएको छ । तर निकुञ्ज सुरक्षाका लागि तैनाथ नन्दा बक्स गणका गणपति कर्णेल चक्रबहादुर शाहले भने धु्रवेलाई नियन्त्रणमा लिनका लागि हेलिकप्टर प्रयोग नगरिएको दावी गर्नुभयो । आन्तरिक कार्यका लागि सैनिक हेलिकप्टर कसरा आएको पनि उहाँले स्पष्ट पार्नु भयो ।

यस्तै माडी क्षेत्रमा धु्रवेले आतंक मच्चाउने क्रम जारी राखेपछि स्थानीयलाई सुरक्षा दिनका लागि सशस्त्र प्रहरीलाई समेत परिचालन गरिएको छ । सशस्त्र प्रहरीको २० जनाको एक टोली अहिले माडीको बरुवामा रहेर स्थानीयको सुरक्षा गरिरहेको छ । 
 
ध्रुवेसँग सम्वन्धित अन्य समाचार पढ्न तल क्लिक गर्नुहोस ।  
 

१८० को सुन किन्दा तीस हजार बराबरको सुनचाँदी उपहार

नारायणगढ । रु १८० को सुन किन्दा २५ हजारकै सुन र करिब ५ हजार रुपैयाँ बराबरको चाँदी उपहार पाइन्छ भनेर के तपाईं पत्याउनुहुन्छ ! फूलबारी ६ का होमनाथ पौडेलले ५ ग्राम सुनको सिक्का र ५० ग्राम चाँदीको सिक्का प्राप्त गरेका छन् । पौडेलले १८० रुपैयाँका सुन किन्दा सो परिणामको उपहार हात पारेका हुन् ।

हरेराम हरेकृष्ण सुनचाँदी पसलको स्वर्णजयन्तीमा सबैभन्दा पुरानो बिल ल्याउने फूलबारी ६ का होमनाथ पौडेलले २०३३ सालको बिल ल्याई ५ ग्राम सुनको सिक्का र ५० ग्राम चाँदीको सिक्का प्राप्त गरेका छन् । २०३३ सालमा सुन प्रतितोला ८ सय ५० रहेको थियो । यसको ९ वर्षमै यसको भाउ बढेर ३२ सय पचास रुपैयाँ पुगेको पाइएको छ ।

चैनपुुर–३ का कृष्णप्रसाद अर्यालले २०४२ सालको बिल ल्याई ५ ग्राम सुनको सिक्का जितेका छन् । त्यस्तै भनपा १० की सुनिता थापाले २०४३ सालको विल ल्याई २.५ ग्राम सुनको सिक्का जितेकी छन् । विजेतालाई पसलका प्रोपाइटर अमृतमान शाक्यले आइतबार उल्लेखित पुरस्कार प्रदान गर्नुभयो ।

Saturday, December 29, 2012

रकम अभावमा बजार अनुगमन प्रभावित

विधुर ढकाल
भरतपुर । समयमा नै बजेटको निकासी नहुँदा बजार अनुगमनसमेत प्रभावित भएको छ । सरकारले गत साउनदेखि लागू गरेको संयुक्त बजार अनुगमन निर्देशिकामा व्यवस्था भएबमोजिमको बजेट निकासा नहुँदा जिल्लामा हुँदै आएको बजार अनुगमन प्रभावित भएको हो ।


सरकाले पारित गरेको निर्देशिका अनुरुप आउनुपर्ने बजेट नआउँदा समितिले बजार अनुगमनमा पहिलेजस्तो तदारुकता दिन छाडेको छ । जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा संयुक्त बजार अनुगमन समिति गठन भएको छ ।

यसले सुरूका एक दुई महिनासम्म केही सक्रियता देखाए पनि त्यो सक्रियता कम हुँदै गएको समितिका संयोजकसमेत रहनुभएका सहायक प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले स्वीकार गर्नुभयो । ‘हामीले जुन ह्युम अनुरुप अनुगमन थालेका थियौँ त्यो कम भएकै हो’, चितवन पोष्टलाई उहाँले भन्नुभयो, ‘निर्देशिकामा व्यवस्था गरे अनुरुप बजेट आएको छैन ।’

बजेट नआए पनि कर्मचारीहरु अनुगमनमा हिँडिरहेको उहाँको दावी थियो । आफू कहिलेकाहीँ मात्र अनुगमनमा हिँड्ने सहायक प्रमुख जिल्ला अधिकारी गेलालले स्थानीयस्तरबाट नै कर्मचारी परिचालन गरेको बताउनुभयो ।

‘म आफू त्यति नहिँडे पनि बजार संरक्षण अधिकृत र खाद्य निरीक्षक सरोकारवालालाई परिचालन गरेर अनुगमनका लागि हिँडिरहनुभएको छ’, उहाँले भन्नुभयो । अहिलेसम्म बजार अनुगमन नरोकिएको र अब चाँडै बजेट निकासा हुने उहाँको दावी थियो ।

यता, आफूहरु अनुगमनमा जाँदा सामान्य नास्ताको लागिसमेत बजेट नआएको वाणिज्य विभागका बजार संरक्षण अधिकृत विष्णुभक्त पौडेलले जानकारी दिनुभयो । निर्देशिकामा व्यवस्था भए अनुरुप अहिलेसम्म कुनै पनि बजेट नआएको उहाँको भनाइ थियो ।

सरकारले जारी गरेको निर्देशिकामा जिल्ला प्रशासन कार्यालयबाट खटिएर जाने कर्मचारीलाई उसले एक दिनको तलब बराबरको भत्ता दिने व्यवस्था गरिएको छ । त्यस्तै अनुगमनामा जाने उपभोक्ता अधिकार मञ्चका सदस्य तथा पत्रकारहरुसमेतले सरकारी कर्मचारीको तल्लोस्तरको अधिकृतले एक दिनको तलबवापत बुझ्ने रकम खाजा खर्चवापत दिने उल्लेख गरिएको छ ।

‘निर्देशिकामा जेजस्तो उल्लेख भए पनि अनुगमन गर्न जाँदा पानी खाने पैसासमेत निकासा भएको छैन’, बजार संरक्षण अधिकृत पौडेलले भन्नुभयो, ‘त्यही भएर होला अहिले अनुगमनमा अन्य सरोकारवालाहरुको उपस्थिति पातलिन थालेको छ ।’

Wednesday, December 26, 2012

पूर्वसहमति कार्यान्वयन गर्न दबाब दिने निर्णय

जंगली हात्ती आतंक 
भरतपुर । केही सातादेखि माडीलगायतका क्षेत्रमा आतंक मच्चाउँदै आएको धु्रुबे नामको जंगली हात्तीको आतंकका बारेमा नेकपा एमाले जिल्ला पार्टी कार्यालयमा बुधबार बसेको सर्वदलीय बैठक सम्पन्न भएको छ ।

एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलियाको अध्यक्षतामा बसेको बैठकले विगतमा जिल्ला प्रशासन कार्यालयमा भएको सहमति कार्यान्वयन नभएको र माडीमा हात्तीको आतंक यथावत रहेकोले तत्काल निर्णय कार्यान्वयन र जीउधनको तत्काल सुरक्षा गर्न दबाब दिने निर्णय गरेको छ । मंगलबार  मात्रै हात्तीले कल्याणपुरमा–५ घर भत्काउँदा पीडितहरु गाविसमा शरण लिएर बस्न बाध्य भएको भन्दै बैठकले उनीहरुलाई क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन माग गर्ने निर्णय गरेको छ ।

बैठकमा एकीकृत नेकपा माओवादीका इन्चार्ज अविनाश, नेपाली काँग्रेसका सभापति टेकप्रसाद गुरुङ, नेकपा मओवादीका सह–इन्चार्ज अम्बिका मुडवरी, नेकपा मालेका सचिव पर्शुराम लामिछाने, राप्रपाका प्रतिनिधि मदन पौडेललगायत माडीका संंघर्ष समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।
उता, आतंक मच्चाउँदै आएको धु्रबे नामको जंगली हात्ती फेला नपरेपछि बर्दियाको प्राविधिक टोली बुधबार फर्किएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रमेश थापासहितको टोली फकिर्एको हो ।

जीपीएस जडित रेडियो कलरले पाँच सय मिटरसम्ममात्र थाहा पाउन सकिने भएपनि खराब मौसमले सिग्नल नआउने, फेला परिहाले पनि हात्ती भाग्ने र निकुञ्जको बाक्लो झाडीका कारण हात्ती मार्ने अभियान सफल हुन नसकेको थापाले जानकारी दिनुभयो । सो हात्ती मार्नका लागि ट्यापिङ र सुटरसहित झण्डै १५० जना परिचालन गरिएको छ भने १५ वटा हात्तीको सहयोग लिइएको जनाइएको छ ।

यसैबीच पश्चिम चितवनको मेघौली–५ मा मंगलबार राति जंगली हात्तीले एउटा घर भत्काएको छ । १ बजेको समयमा आएको एउटा हात्तीले घर भत्काउन सुरू गरेपछि स्थानीयवासीले हात्तीलाई भगाएका थिए । मुसहर बस्तीमा पसेर घर भत्काउने हात्ती धु्रबे नै भएको स्थानीयको भनाइ छ ।

Tuesday, December 25, 2012

बूढामाथि महिला कमरेडको बक्सिङ




काठमाडौं । एउटा प्रचलित उखान छ ‘जात फाल्नु गहतको झोलमा ।’ हिजोआज गहतको खेती लोप हुन थालेको छ र जातको विभेद पनि विस्तारै हराउ“दै छ । त्यसो त जात खोस्ने र दिने व्यवस्था लोप भए पनि समयले आºनो लामो इतिहास बनाइसकेको छ । नेपालमा रहेको जातीय उत्पीडन र विभेदविरुद्ध संघर्षमा लागेको पार्टीका नेताहरू आङ्खनो मात्रै होइन, पार्टीको समेत बद्नाम गरिरहन्छन् । त्यो पनि एकपटक होइन पटक–पटक । एक समय धर्मशिला चापागाईं स्वास्थ्यराज्यमन्त्री थिइन् । विश्व स्वास्थ्य संगठनको बैठकमा भाग लिन अमेरिका गएका बेला गरेको नेपांग्रेजी भाषणले उनको मात्रै होइन, विश्वमञ्चमा नेपालको समेत छवि ध्वस्त बनायो । गोरखा विकास बैंकको अध्यक्ष परिवर्तनको बेला डिबी बम्जन नै अध्यक्ष हुनुपर्ने जिकिरसहित माओवादी कार्यकर्ता लिएर हतियार तेस्र्याउ“दै साधारणसभामा हुलहुज्जत गर्न पुगेपछि त्यही विषयले माओवादी पार्टी बद्नाम हुनुपरेको थियो । सधै“भरि वितण्डा गर्ने बानी परेको मान्छेले नया“–नया“ सिकार खोज्दै हि“ड्छ । यसपटकचाहि“ धर्मशिलाको सिकारमा परेका छन्, युद्धकालमा छोरा बेपत्ता भएर खोज्दै हि“डेका झापाका रत्नबहादुर घिमिरे । रत्नका छोरा प्रकाशलाई ०६० भदौ २१ मा विराटनगरको रानीस्थित पूर्वक्षेत्रीय तालिम केन्द्रले पक्राउ गरेको थियो । प्रकाशको अवस्था अझै अज्ञात छ ।
काठमाडौंको पशुपति क्याम्पसमा पढ्ने छोराले बाबुराम, महराहरूले अखिल क्रान्तिकारीको मोरङतिर काम गर्नेगरी जिम्मेवारी दिएकाले आफू पार्टीको काममा हि“डेको भनेर पठाएको पत्र गोजीमा बोकेर हि“डिरहेका छन् रत्न । तिनै रत्न अहिले नेकपा–माओवादीसम्बद्ध बेपत्ता योद्धा परिवार समाजको झापा संयोजक छन् । धर्मशिला एमाओवादीकी केन्द्रीय सदस्य । रत्न काठमाडौं आएको थाहा पाएर धर्मशिलाले फोन गरी भेट्न प्रस्ताव राखिन् । मंसिर २८ गते बिहीबार धर्मशिलाले दिएको लोकेसनअनुसार सिंहदरबारपछाडि हनुमानथान पुगे । धर्मशिलास“गै थिइन्, एमाओवादीनिकट बेपत्ता योद्धा परिवार समाजकी केन्द्रीय संयोजक पूजा खनाल । पूजा र धर्मशिलाले रत्नलाई कार्यालयमा बसेर कुरा गरौ“ भन्दै अनेमसंघ क्रान्तिकारीको कार्यालयमा लगे । कुराकानीका क्रममा धर्मशिलाले रत्नलाई काठमाडौं किन आएको भनेर सोधिन् । रत्न मानवअधिकारवादीहरूले आयोजना गरेको कार्यक्रममा भाग लिन आएका थिए, त्यसैले सोही कुरा बताइदिए ।
एकाएक धर्मशिला आक्रोशित रूपमा प्रस्तुत भइन् र भनिन्, ‘हराएका, मरेका मान्छेहरूको ब्याज खा“दै हि“डेको छस् होइन ?’ रत्नले ‘तपार्इं तिनै मान्छेहरूको नाममा सांसद, मन्त्री, नेता बन्नु भो अहिले मस“ग यस्तो कुरा किन गर्नुहुन्छ’ के भनेका थिए, धर्मशिलाले भनिहालिन्, ‘साले चुतिया बूढो, खुरुक्क छोराको नाममा आएको पैसा ब्याजमा लगाएर खाएर नबसी वैद्यको पछि लागेर हि“ड्छस् ?’ त्यही क्रममा रत्नलाई लछारपछार पार्न पनि भ्याइन् । स“गै बसेकी पूजाले घटनालाई सामान्यीकरण गर्न प्रयास गरिन् । तर, धर्मशिलाले रत्नलाई गाली गर्दै भनिन्, ‘साला कुत्ते बूढो, यहा“बाट निस्किहाल् ।’ धर्मशिलाको व्यवहारबाट पीडा महसुस गरेका रत्न घर गए तर रातभरि निद्रा परेन । शुक्रबार घटनाको उजुरी लिएर सहिद तथा बेपत्ता परिवार प्रतिष्ठानका अध्यक्ष हितराज पाण्डेलाई भेट्न गए । पार्टी फुटे पनि प्रतिष्ठान भने एनजिओका रूपमा दर्ता भएकाले पाण्डे अध्यक्ष र नेकपा–माओवादीका नेता एकराज भण्डारी महासचिव छन् ।
प्रतिष्ठानले इटहरी, दोलखा, पोखरा, दाङ र कैलालीमा सहिद परिवारका बच्चाहरूलाई पढाउन सहिद स्मृति विद्यालय सञ्चालन गरेको छ । रत्नमाथि धर्मशिलाबाट भएको घटना विवरण सुनेपछि हितराजले भनेछन्, ‘अहिले बाहिर नलैजानुस्, छलफल गरेर मिलाउ“ला ।’ यत्तिका दिन बित्दा पनि पाण्डेले कुनै खबर गरेका छैनन् । मंगलबार दिउ“सो जनआस्थास“ग टेलिफोनमा रत्नले भने, ‘आफै“ले फोन गरी बोलाएर ममाथि त्यस्तो व्यवहार हु“दा पनि पाण्डेहरू किन चुप छन् ? म जुन पार्टीमा लागे पनि धर्मशिलालाई सोधेर लाग्नुपर्ने कही“ लेखिएको छ र ?’ धर्मशिला र पूजाबीच पनि एक समय पानी बाराबारको अवस्था थियो । पूजा बेपत्ता परिवारको तर्फबाट सभासद् बन्नुअघि धर्मशिलास“ग बोलचालसमेत बन्द गरेर बसेकी थिइन् । उनी भारतमा पक्राउ परी नेपालमा बुझाइएपछि झापाको चारआली ब्यारेकबाट बेपत्ता बनाइएका चतुरमान राजवंशीकी श्रीमती हुन् ।
पति मारिएपछि लामो समय राजनीतिबाट निष्क्रिय भएर सुनसरीस्थित घरैमा बस्न थालेकी थिइन् । पूजा अघि बढ्दा आङ्खनो राजनीतिमा खतराको घन्टी बज्ने आ“कलन गरेकी धर्मशिलाले पूजालाई राजनीतिमा आउन नदिन सकेसम्मको प्रयास गरेको बताइन्छ । चतुरमानका पिता नारायण राजवंशीले औषधोपचारका लागि लिएको १९ हजार रकम तिर्न पैसा माग्दा पूजाले बेवास्ता गरेपछि नारायणले दुई वर्षअघि आत्महत्या गरेका थिए । 
साभार : जनआस्था

ध्रुवे मार्न नसक्ने वार्डेन हटाइए

पुष १०, भरतपुर ।
माडी लगायतका विभिन्न स्थानमा धु्रवे हात्तीले ठुलो जनधनको क्षति गरेपछी आलोचित बनेको चितवन राष्ट्रिय निकुन्जमा सरकारले नेतृत्व परिवर्तन गरेको छ । आज वन मन्त्रालयले चितवन राष्ट्रिंय निकुञ्जका प्रमुख संरक्षण अधिकृत झमकबहादुर कार्कीलाई फिर्ता बोलाएर डा।महेश्वर ढकाललाई खटाएको छ ।

ढकाल राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा इकोलोजिष्ट हुनुहुन्थ्यो । चितवनमा धु्रवे हात्तीले विध्वंश गर्दा निकुञ्जका प्रमुखका हैसियतले कार्कीले जिम्मेवारी बहन गर्न नसकेको भन्दै मन्त्रालयले उहांलाई विभागमा फिर्ता बोलाएर आज ढकाललाई चितवन पठाएको हो ।

ढकालले आज नै निकुञ्ज मुख्यालय कसरा आएर कार्यभार सम्हाल्नु भएको छ । कार्कीले करिब डेढ वर्षदेखि निकुञ्जका प्रमुख संरक्षण अधिकृत भएर काम गर्नुभएको छ ।

पछिल्लो पटक ध्रुबेको आक्रमण बाट माडीमा दुईजनाको मृत्यु भएपछि सुरक्षा, क्षतीपूर्ती र ध्रुबेलाई मार्नुपर्ने माग गर्दै माडीबासी आन्दोलनमा उत्रिएका छन् । वन मन्त्रालयका प्रवक्ता कृष्ण आचार्यले भने , कार्की , तालिममा काठमाडौंमा रहेकोले ढकाललाई पठाईएको जानकारी दिनुभयो । धु्रवेको आतंक विरुद्ध माडीबासीले आन्दोलन चर्काउंदा पनि कार्की काठमाडौं मै हुनुहुन्थ्यो ।

कार्कीले सबै संग सहकार्य गरेर काम गर्न नसकेको वन मन्त्रालयले जनाएको छ । केही दिन यता कार्कीको जिम्मेवारी सहायक वार्डेन टीकाराम पौडेलले सम्हाल्दै आउनुभएको थियो ।

माडीबासीको आन्दोलन चलिरहंदा कार्की , तालिम चलिरहेको भन्दै काठमाडौमा रहनु भएको थियो । आन्दोलन जारी रहेपनि प्रमुख नहुदा निकुञ्ज प्रशासनलाई व्यवस्थापनमा समस्या भएको थियो ।

मन्त्रालयले समेत कार्की माथि जिम्मेवारी सम्हाल्न नसकेको आरोप लगाएको छ । कार्कीले कुशलतापूर्वक जिम्मेवारी ननिभाएको भन्दै मन्त्रालयले फिर्ता बोलाएको बताइएको छ ।

यसैबीच , धु्रवे हात्तीलाई नियन्त्रणमा लिन जम्बो टोली परिचालन गरिएको बताईएपनि सो हात्ती नियन्त्रण बारे निकुन्जले थप जानकारी गराएको छैन । सो हात्तीलाई मार्नुपर्ने माडीबासीको मुख्य माग रहेको छ भने कैयौंले हात्तीलाई मार्न नहुने तर दीर्घकालिन नियन्त्रणको उपाय खोजी गर्नुपर्ने बताउंदै आएका छन् ।
ध्रुवेसँग सम्वन्धित अन्य समाचार पढ्न तल क्लिक गर्नुहोस ।  

Sunday, December 23, 2012

ध्रुबेको छोरो सौराहामा हुर्कँदै

ध्रुबे हात्तीलाई नमारः माहुतेहरु, नेताहरु भन्छन् जसरी पनि मार्नु
सौराहा । माडी क्षेत्रमा आतङ्क मच्चाएकै कारण मार्न लागिएकाले चर्चामा रहेको ध्रुवे हात्तीको छोरो अहिले हात्ती प्रजनन् केन्द्र खोरसोर सौराहामा हुर्कदै छ । एक वर्षअघि आमा नारायणीकलीबाट जन्मिएको सो छावाको नाम अहिलेसम्म राखिएको छैन ।

छावाको स्याहारसुसार गर्दै आएका प्रजनन् केन्द्रका माउते सन्चलाल पाख्रिन प्रजनन् केन्द्रमा जन्मिएको छावा हुर्कदँै गएको बताउनुभयो । ‘सालीन छ’, पाख्रिनले त्यो छावाको स्वभावबारे भन्नुभयो, ‘बाबु ध्रुवेले  आतङ्क मच्चाएको  छ भनिन्छ तर बाबु र छोराको स्वभाव मिल्दैन ।’

तीन वर्षअघि निकुञ्ज सुरक्षाका लागि  बाघमारा पोष्टमा नारायणीकली रहेका बेला  उनीहरुबीच प्रेम चलेको थियो । त्यो बेला चार दिन जति ध्रुवेले नारायणीकलीसँगै समय बिताएको हात्तीसार सौराहाका प्रमुख रामेश्वर चौधरीले बताउनुभयो ।

‘राति–राति धु्रवे आउँथ्यो र उनीहरुको रतिक्रिया हुन्थ्यो’, उहाँले भन्नुभयो, ‘यो क्रम तीन–चार दिनसम्म रयो ।’ नारायाणीकली गर्भिणी भएपछि प्रजनन् केन्द्रमा ल्याइएको थियो ।

हात्ती प्रजनन् केन्द्रमा रहेका अधिकांश ढोईहरु जङ्गली हात्तीबाटै गर्भिणी हुने गर्छन् । जसका कारण प्रजनन् केन्द्रका कर्मचारीहरुले जङ्गली हात्तीलाई आफ्नो ज्वाईंराजाका रुपमा मान्छन् ।

ध्रुवेजस्तै यो केन्द्रमा ज्वाईं राजा मानिने जङ्गली हात्तीहरुमा नाना पाटेकर र रोमानियो पनि छ । यसअघि रोनाल्डो खोरसोरमै इलेक्ट्रिक फेसमा परेर मरेको थियो ।

केन्द्रका माउते सुरेन्द्र चौधरी जङ्गली हात्तीकै कारण प्रजनन् केन्द्रमा रहेका ढोईहरुबाट राम्रा–राम्रा छावाहरु जन्मिरहेका जानकारी दिनुभयो । ‘जंगली हात्तीहरु छन् र यहाँको प्रजनन् केन्द्र राम्रोसँग चलेको छ’, उहाँले भन्नुभयो । प्रजनन् केन्द्रका कर्मचारीहरु जंगली हात्तीलाई ज्वाईंराजा मान्छन् ।

उनीहरु ज्वाईंराजा  धु्रवेलाई मार्ने भनिएकामा निकै दुःखी छन् । ‘धु्रवेलाई किन मार्नुप¥यो’, सुरेन्द्र भन्नुहुन्छ, ‘यही जंगली हात्तीले नै प्रजनन्मा सहयोग पु¥याएको छ ।’  

२०५० साल यता यो प्रजनन् केन्द्रमा मात्रै ३७ वटा हात्तीका बच्चा जम्मेका छन् । यही अवधिमा प्रकृति संरक्षणकोषका तीन र निजी क्षेत्रमा रहेका चार वटा हात्तीले पनि छावा पाएका छन् ।

यसरी जन्मिएका छावामध्ये दुई वटा घर पालुवा वीरेन्द्रगजका बच्चा हो भने अन्य सबै जंगली हात्तीका बच्चा भएको निकुञ्जले जनाएको छ । जसमध्ये धु्रवेबाट जन्मिएको यो नै पहिलो हो ।

केही वर्ष यता धु्रवेले निकुञ्ज र त्यस आसपासमा रहेका होटलका धेरै ढोर्इंहरुसँग सम्बन्ध बढाएको छ तर त्यसको आफ्नै बच्चा जन्मिएको भने नारायणीकलीको मात्रै हो । धु्रवे अहिले मात्तिएकाले पनि त्यसलाई ढोई दिएर सम्यम् बनाउनु पर्ने माग पनि गरिएको छ ।

सुरेन्द्रले भन्नुभयो, ‘धु्रवेजस्तै धेरै जंगली हात्ती हाम्रा गहना हुन् । प्रजनन्मार्फत तिनीहरुले धेरै नयाँ हात्ती पनि दिई रहेका छन् । मार्नभन्दा सम्यम् बनाउनेतर्फ लाग्नु जरुरी छ ।’

नेताले भने,‘ जसरी पनि मार्नु’
भरतपुरले । प्रशासनले जंगली हात्ति मार्न सक्रियता नदेखाएको भन्दै जिल्लामा क्रियाशिल राजनैतिक दलहरुले आपत्ति जनाएका छन् ।

माडीमा बोट दम्पतिको हत्या गर्ने धु्रवे नामकको हात्ती मार्ने प्रशासनले प्रतिबद्धता जनाएको भएपनि अहिलेसम्म कुनै प्रगति गर्न नसकेको भन्दै चितवनका पार्टी नेताहरुले हात्ति मार्ने वा नियन्त्रणमा लिने भन्ने निकुन्जको सोच प्रस्ट पार्न माग गरेका हुन् । जल्ला प्रशासन कार्यालय चितवनमा आइतबार बसेको सर्वदलीय बैठकले प्रशासनको यसबारे आफ्नो धारणा प्रस्ट पार्न माग गरे ।

जनतालाई झुक्याउने काम गर्न प्रशासनले पाउँदैन, आधिकारिक सही धारणा ल्याउन हामीले बैठकमा भन्यौ, नेपाल काग्रेस चितवनका सचिब जित नारायण श्रेष्ठले भन्नृभयो, प्रशासनले द्धेध चरीत्र देखाएको छ । साच्चै हात्ति नमार्ने हो भने, कसरी नियन्त्रण लिएर जनधनको क्षति हुन रोक्ने हो ।

त्यसबारे प्रशासन र निकुन्जले स्पष्ट पार्न दलहरुले माग गरेका थिए । धुब्रे नामकै हात्तिले, गएराती माडीमा आतंक मच्चाएपछि, दलहरुले प्रशासनको ध्यानार्कषण गराएका हुन् ।

ध्रुवेको आतंक कायमै

कसरा । माडीमा जंगली हात्ती ध्रुवेको आतंक अझै कायमै रहेको छ । ध्रुवे हात्तीले शनिबार राति माडीको कल्याणपुर–१ हरिनगरस्थित सुकुमबासी टोलमा प्रवेश गरी ५ वटा घर भत्काएको छ ।

स्थानीय बलराम राउत, छना राउत, सोना राउत, धर्मेन्द्र महतो र रुपलाल चौधरीको घर हात्तीले भत्काएको हो । हात्तीले मानवीय क्षती भने पु¥याएन ।

हात्तीमा जडान गरिएको रेडियोकलरले जनाएअनुसार सो हात्ती ध्रुवे नै भएको निकुञ्जले पुष्टि गरेको छ । सो स्थानमा केहीबेर बसी फेरि जंगल पसेको हात्ती आइतबार बिहान निकुञ्जको कसरा क्षेत्रमा देखापरेको थियो ।

हात्तीको खोजीका लागि निकुञ्जका कर्मचारी तथा सेनाको टोली परिचालित रहेको छन् । माडीमा जंगली हात्तीहरुले समयसमयमा गाउँ पसी स्थानीयको बालीनाली नष्ट गरेको भए पनि धु्रवे नामको हात्तीका कारण भने स्थानीय आतंंकित बनेका छन् ।

जंगली हात्ती ध्रुवेलाई मार्न नेपाली सेना र निकुञ्जका प्राविधिकको ७० जनाको टोलीले प्रयास गरिरहेको भएपनि अझै सफलता मिल्न सकेको छैन । धु्रवे हात्ती नियन्त्रणका लागि १२ वटा पोथी हात्तीसमेत परिचालन गरिएको छ ।

माडी गर्दी–९ का बुद्विराम बोट र उनकी श्रीमती जरिया बोटको सोही हात्तीले मंसीर ३० गते आक्रमण गरी ज्यान लिएपछि हात्ती मार्नुपर्ने स्थानीयको माग छ । निकुञ्ज प्रशासनले टोली परिचालन गरी ध्रुवेको खोजी गरिरहेको छ ।
 
चितवन पोष्टबाट साभार 
ध्रुवेसँग सम्वन्धित अन्य समाचार पढ्न तल क्लिक गर्नुहोस ।  
 

यसरी भेटिएको थियो 'ध्रुबे' (फोटो फिचर)


रमेश पौडेल, चितवन, पुस ८- पछिल्लो समयमा 'ध्रुबे' नामक एक हात्ति निकै चर्चित बनेको छ। चितवनमा मान्छे मारेर आतंक मचाएका ध्रुबेलाई स्थानीय प्रशासनले मार्न आदेश दिए पनि पशु अधिकारकर्मीहरु भने त्यसको विपक्षमा उभिएका छन्। समाजिक सञ्जालमा पनि ध्रुबेलाई नमार्न चर्को बहस चलिरहेको छ। तिनै ध्रुबेलाई मंसिर ६ गते निकुञ्जका कर्मचारीले भेटाएपछि रेडियोकर्लर जडान गर्ने बेलाको फाइल तस्बिर हेर्नुस्:
source : nagariknews.com    









Saturday, December 22, 2012

ध्रवे आयो भत्काएर गयो

माडी, पुस ८ ।  माडीमा जंगली हात्ती ध्रुवेको आतंक अझै कायमै रहेको छ । ध्रुवे हात्तीले गएराती माडीको कल्याणपुर –१ हरिनगरस्थित सुकुम्बासी टोलमा प्रवेश गरी ५ वटा घर भत्काएको छ ।स्थानीय बलराम राउत , छना राउत , सोना राउत , धर्मेन्द्र महतो र रुपलाल चौधरीको घर सो हात्तीले भत्काएको हो । यद्यपी घटनामा मानवीय क्षती भने भएको छैन ।

हात्तीमा जडान गरिएको रेडीयोकलरले जनाएर अनुसार सो हात्ती ध्रुवे नै भएको निकुञ्जले पुष्टि गरेको छ । सो स्थानमा केहिवेर बसी फेरि जंगल पसेको हात्ती , आजविहान निकुञ्जको कसरा क्षेत्रमा देखापरेको र  अहिले भने आफुहरुको सम्पर्कबाहीर रहेको निकुञ्जले जनाएको छ । हात्तीको खोजीका लागी निकुञ्ज तथा सेनाको टोली परिचालीत रहेको छ । माडीमा अन्य हात्तीहरुले समयसमयमा गाउँपसी स्थानीयको बालीनाली नष्ट गर्ने गरेको भएपनि ध्रवे नामको हात्तीका कारण भने स्थानीयवासी आतंंकीत बनेका छन् ।

जंगली हात्ती ध्रुवेलाई मार्न नेपाली सेना र निकुञ्जका प्राविधिकको टोलीले प्रयास गरिरहेको भएपनि अझै सफलता मिल्न सकेको छैन । यसअघि धु्रवे मार्नका लागि अन्य हात्तीहरु पनि प्रयोग गरिएका थिए । माडी गर्दी ९ का बुद्विराम बोट र उनकी श्रीमती जरिया बोटको सोही हात्तीले गत शनिवारराती आक्रमण गरी ज्यान लिएपछि हात्ती मार्नुपर्ने स्थानियवासीको माग पछि निकुञ्ज प्रशासनले टोली परिचालन गरी ध्रवेको खोजी गरिरहेको छ ।

Friday, December 21, 2012

ल हेरौ हात्तीलाई नियन्त्रणमा लिने काइदा । vedio

ध्रुबेलाई मार्न अझै सफल भएन सेना

कसरा । माडीमा आतंक मच्चाउने जंगली हात्ती ‘ध्रुबे’लाई मार्न नेपाली सेना र निकुञ्जका प्राविधिकको टोलीले प्रयास गरिरहेको भएपनि अझै सफल हुन सकेको छैन ।

अहिले निकुञ्जको पश्चिमी भाग घाँघर क्षेत्रमा सो हात्ती रहेकाले त्यस क्षेत्रमा टोलीले खोजी गरिरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत झमकबहादुर कार्कीले बताउनुभयो । यसअघि धु्रबे मार्नका लागि अन्य हात्तीहरु पनि प्रयोग गरिएका थिए ।

सोे हात्ती गोली लागेर घाइते भएको भन्ने खबरबाहिर आएको भए पनि कार्कीले भने गोली नलागेको बताउनुभएको छ । माडी गर्दी–९ का बुद्विराम बोट र उनकी श्रीमती जरियाको सोही हात्तीले गत शनिबार राति आक्रमण गरी हत्या गरेपछि हात्ती मार्नुपर्ने स्थानीयवासीको मागअनुसार निकुञ्ज प्रशासनले टोली परिचालन गरेको हो ।

हात्ती मार्न अन्य १२ वटा हात्ती र ७० जनाको टोली परिचालन गरिएको छ । माडीमा हात्तीले आंतक मच्चाएपछि स्थानीयवासीले गरेको आन्दोलन भने सहमतिपश्चात् फिर्ता लिएका छन् ।

उता, चितवनमा वन तथा वन्यजन्तुको संरक्षणको क्षेत्रमा काम गरिरहेका विभिन्न संघसंस्था तथा व्यक्तिहश्रले जंगली हात्ती धु्रबेलाई मार्न नहुने बताएका छन् ।

टिकौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले शुक्रबार एक विज्ञप्ति जारी गर्दै धु्रबेलाई हात्ती प्रजनन केन्द्रमा राख्न माग गरेको छ । समूहका अध्यक्ष बुद्धिमान विकद्वारा जारी विज्ञप्तिमा दुर्लभ वन्यजन्तु हात्तीलाई मत्यृदण्ड नदिइ जेल या नेलमा राखेर भएपछि जीवन रक्षा गर्नुपर्ने उल्लेख छ ।

चितवन राष्ट्रिय निकुञ्जका पूर्वसंरक्षण अधिकृत रामप्रित यादवले निकुञ्जको संवेदनशील क्षेत्रमा हुलका हुल मानिस पसेर हात्ती नियन्त्रणको प्रयास गरिएको भन्दै असन्तुष्टि जनाउनुभएको थियो ।  
ध्रुवेसँग सम्वन्धित अन्य समाचार पढ्न तल क्लिक गर्नुहोस ।  

Thursday, December 20, 2012

किन मार्ने ‘ध्रुवे’ हात्तीलाई ?

हरिप्रसाद पोखरेल चितवन पोष्टबाट
चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रवरपरको मानवबस्तीमा आतंक मच्चाएर मान्छेको ज्यानै लिन थालेपछि ‘ध्रुवे’ नाम गरेको हात्ती यतिबेला जीवन–मरणको दोसाँधमा छ । थाहा छैन, ऊ कतिबेला मर्छ ! किनभने उसलाई मार्न जनस्तरबाट आवाज उठेको छ । चितवनको सुरक्षा निकाय उसलाई देख्नासाथ गोली हान्न राइफल काँधमा राखेर हिँडेको छ । हात्ती आतंकका विरूद्ध बुधबार चितवन आंशिक रुपमा बन्दसमेत भयो । माडीमा तनाव जारी छ । तनाव सल्केर सदरमुकाम आइसक्यो । हुँदाहुँदा चितवनका विद्यार्थीको एक जुलुसले ‘हात्ती मुर्दावाद’ भन्ने नारासमेत लगाए । माडीका जनताको भोट खानकै लागि भए पनि राजनीतिक दलले आफ्ना कार्यकर्तालाई चोक–चोकमा परिचालन ग¥यो । सबैका हातमा सबै पार्टीका झन्डा देख्दा साँच्चै सबै कुरो त यही ‘ध्रुवे हात्ती’ ले नै बिगारेको रहेछ भन्ने भान भयो । कता–कता ती झन्डा र नारा जंगली हात्तीका विरूद्ध नभई देश निर्माण र आमसहमतिका लागि भइदिएको भए कति जाती हुन्थ्यो भन्ने पनि लाग्यो !

यो पंक्ति लेखिरहँदा ध्रुवे हात्ती अझै मरेको छैन । हातमा राइफल हुनेदेखि राजनीति गर्नेसम्मका चितवनका समुदाय ‘ध्रुवे’विरूद्ध खनिएपछि पक्कै एक दिन ध्रुवे मर्छ–मर्छ । यो पंक्ति लेख्दालेख्दै मर्न पनि सक्छ । लेखिसकेपछि पनि मर्न सक्छ । ऊ मरेपछि फेरि अर्को यस्तै ‘ध्रुवे’ जन्मन पनि सक्छ । जंगलको कुरो हो, कसलाई के थाहा छ र ! जंगलमा कति जनावर बहुलाएका छन् भन्नेबारे न निकुञ्जलाई थाहा छ, न अन्य कसैलाई । यसैले ध्रुवेलाई मार्न हुन्न भन्ने लाग्छ । बरू निकुञ्जवरपरका बासिन्दालाई जंगली जनावरका आक्रमणबाट जोगाउन अन्य कुनै वैकल्पिक उपाय अपनाएर सोच्नुपर्छ । मानवबस्ती वनबाहिर रमाउन पाउनुपर्छ । जनावरहरुलाई वनमै रमाउन दिनुपर्छ । जनावरहरुलाई वनबाट मानवबस्तीमा आउन नदिनु त मानव समुदायको काम हो । निकुञ्ज प्रशासनको धर्म हो । ‘वनको काफल वनकै चरीलाई......’ भनेजस्तै । हात्ती, गैँडाजस्ता जनावरहरुलाई मानवबस्तीमा आक्रमण ग¥यो भन्दैमा ती जनावरका विरूद्ध खनिँदै जाने हो भने हामी कुनै बेला जंगली जनावरविनाको समुदाय बन्न बेर लाग्दैन । हाम्रा वन जनावरविहीन हुनेछन् ।

हुन त, हात्ती बहुलायो भने उसलाई गोली हानेर मार्न सकिने नियम राष्ट्रिय निकुञ्ज ऐनमा छ । तर हात्ती बहुलाएको भन्ने प्रमाण कसैसँग छैन । फेरि सबै मानव विनाश यही ध्रुवेका नाममा थोपर्ने आधार के छ ? हात्तीसँग जानकारहरु पोथी हात्तीको चाहनामा मात्रै हात्ती बढी मात्ने गर्छ । मान्छेले जिस्क्याएपछि मात्रै उसलाई आक्रमण गर्छ भनिन्छ । यदि यसो हो भने निकुञ्जमा ‘ध्रुवे’ जस्ता हात्तीलाई पोथी हात्तीको अभाव हुन दिन भएन । हात्तीका लागि आहारा निकुञ्जभित्रै व्यवस्थापन गर्न सक्नुप¥यो । निकुञ्जवरपरका मानवबस्ती खाली गर्नुप¥यो । उनीहरुलाई ‘पदमपुर स्थानान्तरण’ गरेजस्तै अन्त कतै पुनस्थार्पना गर्नुप¥यो । नदीको किनारमा लगाएको बिरूवा सप्रन पनि सक्छ । ठूलो बाढी आएर बगाइदिन पनि सक्छ । के नदीले बिरूपा बगायो भन्दैमा नदीको पानीसँग रिस पोखेर हुन्छ ? मानवअधिकारको आवाज उठाइरहँदा जीवजन्तु र जनावरको बाँच्न पाउने अधिकारको पनि ख्याल राख्नुपर्छ । जनावरहरुले बोल्ने भाषा मान्छेले नबुझ्दैमा उनीहरुको बाँच्न पाउने अधिकारलाई हामी बुझ्ने र बोल्ने मान्छेले हनन गर्नुहुँदैन । सबै मानवबस्ती ध्रुवेले नै सखाप गरेको र भएजति मरेका मान्छेको दोष यही धु्रवेलाई थोपरेर निकुञ्ज प्रशासन र सचेत मानव समुदाय उम्कन मिल्दैन ।

वन्यजन्तुको रक्षा गर्न राष्ट्रिय निकुञ्जको स्थापना भएको हो । चितवन राष्ट्रिय निकुञ्ज हात्ती, गैँडा र बाघका लागि प्रसिद्ध पनि छ । विश्वमा पाइने एक सिंगे गैँडा यहीँ छ । यिनै जनावरलाई हेर्न विश्वभरबाट पर्यटकहरु चितवन आउँछन्, जसले चितवनलाई चिनाएको छ । नेपालको पर्यटन उद्योग फस्टाएको छ । यी जंगली जनावरहरुको सुरक्षा गर्न सकिएन भने चितवन राष्ट्रिय निकुञ्जको हविगत के होला ? यो प्रश्न सबैले सोंच्नुपर्ने विषय हो । आवेगमा आएर हात्ती मार्ने निर्णय न्यायोचित छैन । अब मध्यवर्ती क्षेत्रका बासिन्दाको सुरक्षासँगसँगै जंगली जनावरको सुरक्षाका लागि सबै एकजुट हुुन आवश्यक छ । बरू निकुञ्जबाट जंगली जनावरहरु मानवबस्तीमा नपुगोस् भन्नका लागि सकेसम्म निकुञ्जभित्रै उसका लागि आहारविहार, मनोरञ्जन सबै कुराको व्यवस्थापन गर्न पाए सजिलो हुन्छ । संवेदनशील क्षेत्रहरुमा तारजाली र सकिन्छ भने हात्तीले नभत्काउने ठूला पर्खालको निर्माण गरेर भए पनि समस्या समाधान हुनेभए यसतर्फ सोंच्न जरूरी छ ।

हात्तीसँग जानकारहरु हात्तीलाई एक पटक जिस्क्याएपछि सधैँ डसिरहन्छ भन्छन् । ‘धु्रवे’ हात्तीलाई पनि यसअघि आफ्नो पोथी हात्तीसँग छुटाउने काम भयो । बीचमा विभिन्न वितन्डा मच्चाएका कारण निकुञ्ज सुरक्षा खटिएकाहरुले उसलाई गोलीसमेत हाने । अझै उसले आफ्नो शरीरमा ५–७ वटा गोली लिएर घाइते शरीर लिँदै हिँडेको छ । यसको पीडा उसलाई कति भयो होला ? यदि यो साँच्चै हो भने यो पीडा खप्न नसकेर मान्छेसँग अझ उसले सकेसम्म बदला लिन्छ । यसैले ‘ध्रुवे’लाई सुधारगृह बनाएर राख्ने एवम् नियन्त्रणमा लिएर कुनै चिडियाखानामा लान पनि सकिन्छ । मार्नै परे उसलाई आफ्नो कालगतिले मर्न दिनु नै मानवजातिको धर्म हो ।

मात्तिएको हात्ती समस्या होइन । हात्तीलाई यो अवस्थामा पु¥याउने राष्ट्रिय निकुञ्ज व्यवस्थापन हो । यसैले यो व्यवस्थापनमा सुधार र सच्चाइको खाँचो छ । सडकमा ‘हात्ती मुर्दावाद’ भन्दै नारा घन्काउँदैमा हात्तीले मार्न छाड्दैन । एउटा हात्ती मरिहाले पनि अरुले छाड्दैन । बन्द गरेर हात्ती मर्ने पनि होइन । मानवअधिकारको वकालत गर्नेहरुले पशुअधिकारको बारेमा पनि सोच्नुपर्छ । बन्द र हड्ताल गरेजस्तो सजिलो हुँदैन हात्ती मार्नलाई । भावी दिनमा जंगली जनावरहरुबाट हुनसक्ने क्षतितर्फ दृष्टिगत गरी बेलैमा यससँग सरोकारवालाहरुले निर्दोष जंगली जनावरका बारेमा घतलाग्दो निर्णय लिन जरूरी छ । यसैले सबैका माझमा यो सन्देश पुगोस् ।
 

बोट दम्पतीको पाँच दिनपछि दाहसंकार

–तत्काल प्रतिमृतक तीन लाख  –सात दिनभित्र माग पूरा  –आन्दोलन स्थगित
भरतपुर । मृत्यु भएको पाँच दिनपछि माडीको गर्दीका बोट दम्पतीको दाहसंस्कार गरिएको छ । हात्तीको आक्रमणबाट मृत्यु भएका बोट दम्पतीको शव उठाउने सहमति भएसँगै उनीहरुको दाहसंस्कार गरिएको हो ।

स्थानीय रिउखोलामा दाहसंस्कार गर्नुअघि सयौंको सहभागितामा शवयात्रा निकालिएको थियो । प्रशासनसँग सहमति भएसँगै माडीवासीले हालका लागि आन्दोलन स्थगित गरेका छन् । सात दिनभित्र माग पूरा गर्ने सर्तमा माडीवासीले प्रशासनसँग सहमति गरेका हुन् ।

बिहीबार एमाले पार्टी कार्यालय भरतपुरमा बसेको सर्वदलीय बैठकमा पीडितहरुका माग सम्बोधन हुने गरी सहमति भएको हो । पीडितहरुलाई तत्काल प्रति मृतक तीन लाख रुपैयाँ राहत स्वरुप दिने र बाँकी सात लाख रुपैयाँ उपलब्ध गराउन मन्त्रालयमा डेलिगेसन जाने, निकुञ्ज क्षेत्रको बाटो फराकिलो बनाउन सम्बन्धित पक्षलाई दबाब दिने, बस्तीमा पसेर आतंक मच्चाउने धु्रबे हात्तीलाई मार्ने, पीडित परिवारका एक जनालाई रोजगारी दिने सहमति भएको  संघर्ष समितिका जेनबहादुर बोटले जानकारी दिनुभयो ।

बैठकमा संघर्ष समितिका पदाधिकारीलगायत जिल्लामा क्रियाशील राजनीतिक दलका प्रतिनिधि तथा प्रमुखहरुको सहभागिता रहेको थियो । यसअघि बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले पनि सो निर्णय गरे पनि निर्णय अस्पष्ट भएको भन्दै संघर्ष समितिको सहभागितामा पुनः बिहीबार बैठक बसेको हो ।

माडीको गर्दीमा आफ्नै घरमा बसिरहेका समयमा गत शनिबार राति निकुञ्जबाट निस्किएको हात्तीले गर्दी गाविस वडा नम्बर ९ का स्थानीय ६५ वर्षीय बुद्विराम बोट र उनकी श्रीमती जरिया बोटलाई आक्रमण गर्दा उनीहरुको मृत्यु भएको थियो ।

घाइते ध्रुबेको खोजि कार्य जारी


बिहीबार साँझ गोली हानिएको चितवन निकुञ्जको जंगली हाती ध्रुबेको खोजी कार्य जारी रहेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत झमक कार्कीले हात्ती निकुञ्जको पश्चिम सुखीभार क्षेत्रमा रहेको र रेडियो कलरका आधारमा पछ्याइरहेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले पनि हात्तीलाई गोली लागेको पुष्टि गर्नुभएको छ । गोली लागे पनि हात्ती फेला पार्न सकिएको छैन । हात्ती मार्न खटिएका सेना, प्राविधिक, कर्मचारीको टोलीले दिनभर खेदेर साँझ करिब ६ बजे गोली चलाएको थियो ।
श्रोतका अनुसार धु्रबेलाई लक्षित गरेर गोली प्रहार गरिएको थियो । त्यस क्षेत्रमा रगतको दाग फेला परेको बताइएको छ । रेडियो कलरले दिने संकेतका आधारमा हात्तीलाई पिछा गरिएको छ । हात्ती मार्न ७० जनाको टोली आइतबारदेखि खटिएको छ ।

तोडफोड र आगजनीको भत्र्सना

मध्यवर्ती कार्यालयमा गरिएको तोडफोड र आगजनीको भत्र्सना गर्दै माडीका चारवटै उपभोक्ता समितीले बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन् ।

पाँचपाण्डव उपभोक्ता समिति गर्दीका अध्यक्ष यमकान्त भुसाल, बघौडा उपभोक्ता समिति अध्यक्ष प्रभु महतो, रेवा उपभोक्ता समिति कल्याणपुरका अध्यक्ष मुक्तराज लामिछाने र अयोध्यापुरी उपभोक्ता समितिका अध्यक्ष मथुराबहादुर भण्डारीद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तिमा हात्ती आक्रमणबाट ज्यान गुमाएका प्रति श्रद्धाञ्जली व्यक्त गर्दै संघर्ष समितिको माग जायज रहेकोमा ऐक्यबद्धतासमेत जनाइएको छ ।

विज्ञप्तिमा आन्दोलन गर्ने निहँुमा संघर्ष समितिको योजनाविपरीत केही अराजक उच्छृंखल समूहको नेतृत्वले मंगलबार मध्यवर्ती कार्यालयमा गरिएको तोडफोड र आगजनीबाट करिब ५० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको उल्लेख छ । ‘सो अराजक क्रियाकलापको घोर भत्र्सना गर्दै घटनामा संलग्नलाई पहिचान गरी कडा कारबाहीका लागि प्रशासनसमक्ष जोडदार माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

मृतक बोट दम्पतीको शव दाहसंस्कार गर्ने सहमतिपछि स्थानीयबीच गर्दीमा सम्बोधन गर्दै एमाओवादीका नेता ठाकुर ढकाल ।

झण्डावाल गाडि अघिअघि मन्त्री पछि

भरतपुर । सँधै मन्त्रीलाई बोकेर चिल्ला सडकमा हुँइकिने मन्त्रीको झण्डावाल गाडि बीहिबार भने विना मन्त्री काठामाडौं देखि भरतपुरसम्म आइपुगेको छ । बीहिबार भरतपुरमा नारायाणी पोलिटेक्निक इन्स्टीच्यूटको शिलन्यास गर्न आउनुभएका शिक्षा मन्त्री दिननाथ शर्माको सरकारी गाडि शर्माभन्दा अगाडि नै भरतपुरमा आइपुगेको हो ।
मन्त्रालयको बा१झ ८८११ नं.को सरकारी गाडि मन्त्री शर्मा भन्दा करिब तीन घण्टा अगाडि नै भरतपुर आइपुगेको थियो । मन्त्री भने गाडि आएको करिब तिन घण्टा पछि करिब साढे दूई बजेमात्र भरतपुर आइपुग्नुभयो ।
साढे एघार बजे नै भरतपुर विमानस्थलमा ओर्लनुपर्ने मन्त्री शर्मा आउने विमान मौसम खराबीका कारण काठमाडौंबाट ढिलो उडेपछि मन्त्रीलाई विमानस्थलबाट कार्यक्रम स्थल नारायणी उच्चमावि ल्याउनको लागि आएको गाडि तिन घण्टा विमानस्थलमै कुरेको मन्त्री शर्माको नीजि सचिवलायले जनाएको छ ।
‘विहानै काठमाडौंबाट गाडि हिँडेको हामी आइपुग्नुपर्ने करिव १२ बजे नै हो तर मौसम खराव भएका कारण ढिलाई भयो’, शर्माको सचिवालयका एक कर्मचारीले भने । शर्मा बीहिबार नै सडकमार्गबाट बाग्लुङ् जानुभएको छ ।


Wednesday, December 19, 2012

ध्रुवे अझै वेपत्ता, स्थानीयसँग आज वार्ता हुँदै

भरतपुर । माडीमा आतङ्क मच्चाएको हात्ती ध्रुवेलाई अझै प्रशासनले मार्न सकेको छैन् । रातभरत शेना तथा प्राविधिक एवम् चिकित्सकको टोली परिचालन गरे पनि ध्रुवेलाई मार्न भने सकेको छैन् ।
चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा मंगलबार वेलुकीबाट रहेको अनुमानका आधारमा त्यहाँ परिचालित सेनाका जवानहरुले गोली हानेको बताइए पनि लागे नलागेको बारेमा कुनै जानकारि प्राप्त भएको छैन । ध्रुवेलाई फकाउने निकुञ्ज प्रशासनले मेघौलीस्थित होटल टाइगर टप्सको पोथी हात्ती परिचालन गरेको थियो ।
रातको समय भएकाले मार्न नसकेको र आज बिहानैदेखि हात्ती खोज्न प्राबिधिक सहितको सुरक्षा टोली परिचालन भैसकेको चितवनका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले जानकारी दिनुभयो । चितवनमा देखिएको वाक्लो हुस्सुका कारण खोजी कार्य प्रभावित भएको उहाँको भनाई छ ।
पोथी हात्ती देखाउँदा समेत नआएको ध्रुवेलाई नमारेसम्म मृतकका परिवारले शवको दाह संस्सकार नगर्ने भन्दै आन्दोलनमा उत्रिएका छन् । बुधबार उनीहरुले चार घण्टा चितवन बन्द समेत गरेका थिए ।
चितवनका राजनीतिक दलहरुले जिल्ला प्रशासनसँग सहमति गरे पनि सहमतिलाई नमान्ने भन्दै उनीहरुले आन्दोलनलाई जारी राख्ने भएका छन् । वार्ता र आन्दोलन सँगै लैजाने बताएका उनीहरुले आज जिल्ला प्रशासनसँग वार्तामा बस्ने जनाइएको छ ।

स्थानीयले मानेनन् जिल्लाको सहमति ,दलका प्रमुख र स्यानीयको वार्ता आज


माडीमा गठित संघर्ष समितिका माग अंकित व्यानर ।
माडीमा हात्ती आतंक प्रकरण
कसरा । जिल्ला प्रशासन कार्यालयमा चितवनका राजनैतिक दलहरुले प्रमुख जिल्ला अधिकारी र चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृतसँग गरेको सहमति माडीमा प्रदर्शन गर्दै आएको संघर्ष समितिले अस्वीकार गरेको छ । संघर्ष समितिले जिल्लामा आज बिहीबार वार्ता गर्ने भएको छ ।

स्थानीय संघर्ष समिति सहमत नभएपछि जंगली हात्तीको आक्रमणमा परेर शनिबार मध्यरातमा ज्यान गुमाएका माडी गर्दी गाविस वडा नं. ९ द्रोपतीनगरका वृद्ध दम्पतीको बुधबार पनि दाहसंस्कार भएन । उनीहरुलाई मार्ने जंगली हात्ती नमार्दासम्म दाहसंस्कार नगर्ने संघर्ष समितिको अडान छ ।

जिल्लाका दलहरुले हात्ती मार्ने काममा प्रशासन सक्रिय नभएको आरोप लगाउँदै दबाब स्वरुप बुधबार चार घण्टा जिल्ला बन्द गरेका थिए । त्यसपछि जिल्ला प्रशासन कार्यालयमा निकुञ्जका प्रमुख संरक्षण अधिकृत झमकबहादुर कार्कीसहित दलहरुबीच बसेको बैठकले मृतकका परिवारलाई तत्काल राहत स्वरुप तीन÷तीन लाख रुपैयाँ दिने सहमति गर्दै दाहासंस्कार गर्न अपिल गरेको थियो ।

तीन लाख अहिले दिने र थप सात÷सात लाख रुपैयाँ दिन मन्त्रालयमा माग गर्ने सहमति पनि सो बैठकमा भएको थियो । त्यस्तै मृतकका परिवारका एक जना सदस्यलाई निकुञ्जमा रोजगार दिने सहमति पनि भएको छ । हात्ती मारेरै छाड्ने सहमति गरेर जिल्लाका दलहरु निस्के पनि माडीमा संघर्ष गरेका स्थानीयले त्यसलाई अस्वीकार गरेका थिए ।

‘यो त पुरानै कुरा हो, नयाँ केही भएन । त्यसैले हामीले दाहसंस्कार गरेनौं’, माडीमा संर्घषरत बोटे समाजका अध्यक्ष जेना बोटेले भने । स्थानीय संघर्ष समितिले मृतकका परिवारलाई तत्काल दस÷दस लाख रुपैयाँ राहत रकम दिनु पर्ने माग गरेका छन् ।


त्यस्तै संघर्ष समितिको मागमा माडी जाने निकुञ्जभित्रको बाटो २५ मिटर चौडा बनाउनु पर्नेसमेत उल्लेख छ । माडीका संघर्ष समितिका पदाधिकारीले बिहीबार बिहान जिल्ला प्रशासनमा फेरि वार्ता गर्ने निर्णय गरेका छन् । माडी क्षेत्रको गर्दी गाविसमा कात्तिक १७ गतेयता शनिबारसम्म हात्तीको आक्रमणमा परेर चार जनाको ज्यान गएको छ ।

सो हात्तीले चितवनलगायत बारा र पर्सामा पनि मान्छे मारेको सम्भावना निकुञ्जका अधिकारीहरुको छ । पटकपटक मान्छे मार्न थालेपछि सो हात्तीलाई नै मार्ने निश्कर्षमा चितवनका दलहरु र प्रशासनका अधिकारीहरु पुगेका हुन् ।

शनिबार मध्यरातमा बुद्धिराम बोटे र उनकी श्रीमती जरियालाई हात्तीले मारेपछि सो हात्तीलाई तत्काल मार्नु पर्ने मागसहित स्थानीयले संघर्ष नै सुरू गरेका छन् । बुधबार जिल्लामा दलहरुसँग सहमति हुँदा स्थानीय संघर्ष समितिका कोही प्रतिनिधि सामेल थिएनन् ।

हात्ती मार्न निकुञ्जका प्राविधिक, कर्मचारी र नेपाली सेना सोमबारदेखि नै परिचालित छ । तर बुधबार अबेलासम्म पनि गोली हान्न नसकिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत झमकबहादुर कार्कीले बताए । जंगलमा झाडी र ठूला रुख भएकाले हात्ती देखिन मुश्किल हुने गरेको टोलीमा संलग्न रेञ्जर विष्णु थपलियाले बताए ।

आन्दोलनप्रति ऐक्यबद्धता

यसैबीच मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति कसराले हात्ती आतंकको विरुद्धमा भइरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ ।

समितिले बुधबार विज्ञप्ति जारी गरी संघर्ष समितिले राखेका मागहरु पूरा गर्न आग्रह गरेको छ । बन्दको क्रममा गरिएका आगजनी तथा तोडफोडको भने विरोध गरिएको छ । विज्ञप्तिमा अराजक गतिविधि गर्नेमाथि कानुनी कारबाही गर्न पनि माग गरिएको छ ।
ध्रुवेसँग सम्वन्धित अन्य समाचार पढ्न तल क्लिक गर्नुहोस । अन्ततः मारिने भयो ध्रुबे !
हात्ति मार्न १० बजे सम्मको अल्टिमेटम, संयमित रहनु निकुञ्जको अनुरोध गएराति फेरी दुई घरमा क्षति
टीयूटरमा ध्रवेको चर्चा, मलाई बचाउ:ध्रुवे 
माडीमा हात्ती आतङ्क, आन्दोलन आक्रामक, अश्रुग्यास प्रहार

Tuesday, December 18, 2012

ध्रबे हात्ति नमारेको भन्दै माडीबासी सदरमुकाममा, ११ बजेबाट चितवन बन्द

भरतपुर । माडीमा गए शनिबार ध्रुवे नामको हात्तीको आक्रमणबाट दम्पतिको मृत्यु भए पछि आक्रोशित बनेका माडीबासी यतीवेला सदरमुकाम भरतपुर केन्द्रीत हुन थालेका छन् ।

विभिन्न राजनीतिक दल तथा संघसंस्थाको समेत समर्थन पाएको उनीहरुको आन्दोलन अब केही बेरमा नै बन्द तर्फ उन्मुख हुने बुझिएको छ । बन्दका क्रममा भरतपुर तथा चितवनका सबै क्षेत्र ठप्प पारिने माडीबासीले चेतावनी दिएका छन् । यतीबेला माडीक्षेत्रबाट भरतपुर बसी पढ्ने विद्यार्थीहरुले विद्यालय बन्द गराउन अपिल गर्दै हिडिरहेका छन् ।

ध्रवे हात्तिलाई नमार्दा सम्म आन्दोलनलाई कडाइ गर्दै लैजाने चेतावनी दिएका माडीबासीले ध्रुवे मार्न हिजो रातिसम्मको अल्टिमेटम दिएका थिए । आन्दोलनका क्रममा माडी क्षेत्र तनावग्रस्त बनेको छ । हिजो मंगलबार मात्र त्यहा तोडफोड र आगजनी पनि भएको थियो भने प्रहरीले स्थिती नियन्त्रणमा लिन केही राउण्ड अश्रुग्यास समेत प्रहार गरेको थियो ।

यता ध्रुवेलाई मार्न निकुञ्जमा परिचालित भएको प्रविधिक तथा स्वास्थ्य कमीसहितको सैनिकटोलीलाई सफलता मिलिरहेको छैन् ।

पोथी हात्ती पठाउँदा पनि आएन ध्रुवे

चितवन, पुस ४ – चितवनको माडीमा मान्छे मारेर आतंक मच्चाएको ‘ध्रुवे’ नामको भाले हात्ती मार्न  चितवन राष्ट्रिय निकुञ्जले १० वटा पोथी हात्ती परिचालन गरेको छ ।

पोथी हात्ती देखेपछि आकर्षित भई आउने र त्यही वेला मार्ने योजना रहेको निकुञ्जले जनाएको छ । 

निकुञ्जले पोथी हात्ती ध्रुवे भएको क्षेत्रमा पठाएपनि कतैपनि नदेखिएको प्राविधिक टोलीले बताएका छन् । ध्रुवे निकुञ्जको पश्चिम क्षेत्र टाइगर टप्स एरिया र सुकिवार क्षेत्रमा रहेको अनुमान गरिएको छ ।

‘पोथी हात्ती उसको नजिक पठाउँदा समेत देखिएको छैन’ निकुञ्जका वार्डेन झमकबहादुर कार्कीले भन्नुभयो ‘टोलीले ध्रुवेलाई देख्ने वितिकै मार्नेछ त्यसैले सवैलाई संयमित हुन आग्रह गर्दछौ ।’

उसको गतिविधि थाहा पाउन निकुञ्जका प्राविधिक टोलीले रेडियो कलर जडान गरेको छ । रेडियो कलर प्रबिधिकै कारण ध्रुवे पश्चिम क्षेत्रमा रहेको पत्ता लागेको निकुञ्जको प्रमुख कार्कीले जानकारी दिनुभयो ।
source : उज्यालो

को हो ध्रुवे ? कहाँ थियो यसअघि ?

चितवन, पुस ३ – २०६५ सालसम्म अहिलेको ध्रुवे हात्ती कता थियो कसैलाई पत्तो थिएन। स्थानीय र सरकारी अधिकारीका अनुमानमा सायद आफ्नै झुण्डसँग रमाउँदै थियो। तर २०६६ सालमा अचानक झुण्डसँग छुट्टिएको एक्लो जवान हात्ती चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ रहेको सेनाको ध्रुव पोष्टमा हिउँदताका छिर्यो। बसेका सेनाका जवानलाई लखेट्दै र त्यहाँका घर भत्काउदै उसले रातभरी आतंक मच्चायो। सेनाको टोलीसँग रहेको पोथी हात्ती उसको आकर्षण थियो। तर त्यहाँ रहेका सैनिक जवानले भेट्न नदिएको ठानेर उसले घर भत्काउने र मान्छे ताक्ने गर्न थाल्यो।

त्यतिखेर निकुञ्जभित्र तैनाथ गोरखनाथ गण थियो। गणका सुरक्षाकर्मीले पोष्टतिर ढिम्कनै नदिनेगरेर पटक पटक उसलाई धपायो। ध्रुवपोष्टमा हैरान पारेकाले त्यहाँका सुरक्षाकर्मीले उसको नामै ध्रुवे हात्ती राखिदियो। अहिले रहेको नाम त्यहीबेला रहेको नाम हो। ध्रुव नामको व्यक्ति मारेको भएर हैन। ‘ध्रुवपोष्टका सुरक्षाकर्मीले नै राखिदिएको नाम हो’, तात्कालिन चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत लालबहादुर भण्डारीले भने ‘त्यही पोष्टबाट नै उसले आतंक फैलाउन शुरु गरेको हो।’

उनका अनुसार पहिले पनि जंगली हात्तीले कहिलेकाँही घर भत्काउने बाहेक अरु क्षति गरको थिएन। लामो समय चितवन रहेर काम गरेका भण्डारी हाल निकुञ्ज विभागमा काजमा कार्यरत छन्।

ध्रुवपोष्ट निशानामै रहेका बेला २०६६ साल माघ २२ गते पश्चिम चितवनको जगतपुर घैलाघारीमा शिवमन्दिरको उद्घाटन हुँदै थियो। जंगल र वस्तीको साँधमा रहेको शिवमन्दिर उद्घाटन गर्न स्थानीय र निकुञ्जका टोली तैनाथ थियो। शिवमन्दिर उद्घाटन सकिँदा नसकिँदै ध्रुवेको आतंक त्यहाँ फैलियो। ध्रुवे आएपछि स्थानीय र निकुञ्ज पदाधिकारीको भागाभाग नै भयो। तर सेनाका जवान रिद्धीविर दोङ उसको शिकार बन्यो। सुँडले उचाल्दै र खुट्टाले कुल्चँदै उसले रिद्धीविरलाई मारिदियो।

सेनाका जवान रिद्धीविर मारेपछि उसलाई पश्चिम चितवनेहरुले रिद्धीविर नामाकरण गरिदिए। २०६६ माघ २५ ताकाको भ्यालेन्टाइन डेमा चितवन राष्ट्रिय निकुञ्जभित्रको ठूलो होटल टाइगर टप्समा राम्रै रमझम चल्दै थियो। निकुञ्जको भिम्लेपोष्ट नजिकको होटलमा विदेशी र स्वदेशी पाहुनाहरु आफ्ना भ्यालेन्टाइनसँग रमाउँदै थिए। रातको मस्त भ्यालेन्टाइन पार्टीका बीच रिद्धीविर होटलमा प्रवेश गर्‍यो। होटलमा रमाउँदै गरेका पाहुनाहरु हाहाकार गर्दै कोटाचोटामा लुक्न गए। रिद्धीविरले भने भ्यालेन्टाइन डे मनाउन होटलको हात्तीसारमा रहेकी पोथी हात्ती चन्चलकलीलाई भगाएर लग्यो।

‘भ्यालेन्टाइन डेका दिन पोथी हात्ती भगाएकाले रिद्धीविरबाट धुव्रेको नाम हामीले भ्यालेन्टिनो राखिदियौं’, त्यतिखेर होटलमै रहेका कर्मचारी रामसिंह गुरुङले भने। एउटा दाह्रा भाँचिएर छोटो रहेको भ्यालेन्टिनोले चन्चलकलीलाई बिरामी नै बनाएको उनी बताउँछन्। ‘अहिले पचास लाख पर्ने चन्चलकली बिरामी भएरै मरी, उनी ध्रुवेले दिएको पीडा सुनाउँछन्। त्यतिमात्र हैन हात्तीपोलोमा एम्पाएर भएर खेल्ने समशेर गज हात्तीसँग जुधेर त्यसलाई पनि मारिदियो।’ पोलो खेल्दै गरेको समशेर गजलाई जंगल पुर्याएर मारेको थियो।

२०६६ को वर्षाताका भ्यालेन्टिनो ध्रुवे त्यति देखिएन। तर हिउँद नआउदै मेघौलीतिर ढिम्कियो। २०६७ साल भदौ १९ गते गाउँको घरमा आक्रमण गरेर पूर्व हवल्दार शुकबहादुर गुरुङलाई मारिदियो। गाउँमा हात्ती पसको भन्दै स्थानीयले निकुञ्जलाई दबाब दियो।निकुञ्जका सुरक्षाकर्मीले हात्ती गाउँपस्न नदिन त्यहाँबाट भगायो। त्यसपछि फेरि ध्रुवे बनेर माडीमा पटक पटक माडीमा आतंक मच्चाउन थाल्यो। पश्चिम चितवनबाट खेदिएपछि दक्षिणमाडीमा ध्रुवेले बढी मानवीय क्षति पुर्‍याएको छ।

कयौं पटक धुव्रेलाई गाउँ पस्न नदिन माडीका स्थानीयले रातभर आगो बालेर बिताए। तर पनि उसले मान्छे मार्न छाडेन। एउटा दाह्रा केही छोटो भएको र एउटा दाह्रा निकुञ्जले काटिदिएर रेडियोकलर मंसिर ६ गते जोडिदिएको हात्ती चितवनमात्र हैन पर्सा, रौतहट, बारा र भारतका सीमाक्षेत्रमा पनि आतंक मच्चाउन पुगेको पत्ता लागेको छ।

जवान हात्ती ध्रुवेको पोथीसँग बस्ने दिन हो। ‘पोथीसँग सम्पर्क राख्ने चाहना तिब्र हुने बेला निस्कने समय बढी आक्रामक हुने गर्छ’, निकुन्जका रेन्जर विष्णु थपलियाले भने विगत चार वर्षमा दुईपटक लठ्याएर जंगल छाडेका पनि हो तर आतंक घटेन।’

रेडियोकलर लाएदेखि १ सय ५० किलोमिटर दुरीको विचरण ध्रुवे हात्तीले गरेको छ। ध्रुवेले माडी,पर्साको ठोरी हुँदै रौतहट बकैया नदीसम्म पुगेर चारजनाको हत्या गरेको पुष्टि उनले गरे। मंसिर ३० गते माडीका बुद्धिविराम र जरिया बोट दम्पती जस्तै मंसिर २३ मा भारत सीमाको सिसवामा मंसिर २३ गते दम्पती भदई माझी र सुकई माझीको हत्या गरेको थियो।

‘यही हात्ती हो कि हैन भन्ने अन्यौलमा थियौं थपलियाले भने तर रेडियोकलरको सूचना अनुसार जुन-जुन ठाउँमा ध्रुवेको उपस्थिती छ त्यहाँ मानिस मारिएका छन्। ‘हात्तीको बानीबेहोरा अनुसार झुण्डमा रहेका बेला उसले बढी क्षति गर्दैन। तर साथी नहुँदा एक्लो भएपछि बढी आक्रामक बन्ने गर्छ। ध्रुवे हात्तीले भने मानिसको स्वर सुन्नै नहुने गएर मारिहाल्ने प्रवृत्ति देखाएको रेज्नर थपलिया बताउँछन्।

‘आर्मीको लुगा र बन्दुक र उज्यालो देखे भाग्छ तर मान्छे कराएको सुन्यो भने त्यतै गएर मार्छ’, उनले ध्रुवेको गतिविधिका बारेमा उनले बताए। मानिस मार्ने क्रम नरोकिएपछि चितवनका प्रमुख जिल्ला अधिकारीको निर्देशनमा अहिले निकुञ्जका सुरक्षाकर्मी,रेन्जर रुपक महर्जन ,चिकित्सक कमल गैह्रे हात्ती मार्न जंगलमा अहोरात्र खटिएका छन्। रेडियोकलरबाट हात्ती जतागयो उतै उनीहरु चहारिरहेका छन्। तर भेटाउन नसकेको वार्डेन झमक कार्की बताउँछन्।
खोजी चलिरहेकै बेला माडीमा सोमबार राति पनि ध्रुवेले एकघर भत्कायो। तर पनि खोजीको टोलीले फेला पार्न भने सकेन्। माडी र जंगल दुबैतिर टोली राखेर हात्ती मार्न स्थानीयले चर्को दबाब दिइरहेका छन्।
- नागरिकबाट

माडीमा हात्ती आतङ्क, आन्दोलन आक्रामक, अश्रुग्यास प्रहार

भरतपुर । जंगली हात्तीबाट जिउधनको सुरक्षाका लागि आन्दोलित स्थानीय बासिन्दाहरुले मंगलबार आगजनी र तोडफोड गरेका छन् ।

स्थानीयले चारवटै गाविसका मध्यवर्ती उपभोक्ता समितिको कार्यालयमा आगजनी गर्नुका साथै इलाका प्रहरी कार्यालयसमेत तोडफोड गरेका छन् । उनीहरुले कार्यालयका सम्पूर्ण कागजपत्रसमेत जलाएर नष्ट गरिदिएका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

चितवनका प्रहरी उपरीक्षक दीपक थापाले स्थिति तनावपूर्ण भएपछि तीन सेल अश्रुग्यास हानिएको बताउनुभयो । तर आन्दोलनरत स्थानीय बासिन्दाहरुले भने प्रहरीले आफूहरुमाथि दमन गरेको बताउँछन् । उनीहरु माडीमा आतङ्क फैलाइरहेको धुब्रे नामको जंगली हात्ती नमारेसम्म आफ्नो आन्दोलन जारी रहने पनि बताए ।

माडीको गर्दी गाविसमा शनिबार राति जंगली हात्तीको आक्रमणमा परी एक दम्पतीको मृत्यु भएपछि हात्तीको आतङ्कविरुद्ध माडीका बासिन्दा आन्दोलित भएका हुन् । उनीहरुको आन्दोलनलाई चितवनमा रहेका राजनैतिक दलहरुको पनि समर्थन रहेको छ ।

चितवनका क्रियाशील आठ राजनीतिक दलहरुले ध्रुबेलाई मंगलबार रातिसम्ममा नमारे बुधबार कडा आन्दोलन गर्ने बताएका छन् । उनीहरुले ध्रुबेको हत्या र पीडितलाई क्षतिपूर्तिको मागसहित मंगलबार भरतपुरको चौबीसकोठीमा साढे ३ बजेदेखि आधा घण्टा धर्ना दिएका थिए ।

एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी, नेकपा माले, राष्ट्रिय जनमोर्चा, राप्रपा र राप्रपा चितवनका प्रमुखहरुको मंगलबार बसेको संयुक्त बैठकले ध्रुबे नमारिए चितवन बन्द गर्नेसम्मको चेतावनी दिएका छन् । बैठक नेकपा एमाले जिल्ला कार्यालयमा बसेको थियो ।

माडीको गर्दीमा आफ्नै घरमा बसिरहेको समयमा शनिबार राति करिब ११ बजे निकुञ्जबाट निस्किएको हात्तीले गर्दी गाविस–९ का स्थानीय ६५ वर्षीय बुद्विराम बोट र उनकी श्रीमती जरिया बोटलाई आक्रमण गरी मारेको थियो । क्षतिपूर्तिसहितका माग पूरा नभएसम्म शव नउठाउने अडान स्थानीयको छ ।

गाविस कार्यलयमा राखिएको बोट दम्पतीको शव अझै उठाइएको छैन । आफूहरुको माग पूरा नभए आन्दोलनलाई भरतपुर केन्द्रित गरिने संघर्ष समितिले चेतावनी दिएको छ ।

माडी क्षेत्रमा आतङ्क फैलाइरहेको सो हात्तीलाई मार्न सातवटा टोली खटाइएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीलाई उदृत गर्दै छुट्टाछुट्टै सातवटा टोलीलाई हात्ती मार्न खटाइएको एकीकृत नेकपा माओवादी चितवनका इन्चार्ज घनश्याम दाहाल अविनाशले जानकारी दिनुभयो ।

माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेका जिल्ला प्रमुखहरुले मंगलबार बिहान प्रमुख जिल्ला अधिकारी दवाडीलाई भेटी हात्ती मार्न ढिला सुस्ती भएको भन्दै गुनासो गरेका थिए । यसैबीच जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गरी चितवन राष्ट्रिय निकुञ्जभित्र आवतजावत नगर्न नगराउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

निकुञ्जभित्रको धु्रबे नामको हात्ती मार्नका लागि नेपाली सेना र निकुञ्जका कर्मचारीहरु खटिएकाले सुरक्षाका दृष्टिले निकुञ्जभित्र आवतजावतमा रोक लगाइएको सुचनामा उल्लेख छ । यसैबीच, जंगली हात्तीले सोमबार राति पनि माडीको गर्दी गाविसका दुई घरमा क्षति पु¥याएको छ ।

हात्ती नियन्त्रणका लागि कसराबाट खटिएको नेपाली सेनाको टोलीले दुबै स्थानमा पुगी पाँच राउण्ड हवाई फायर गरेकाले हात्ती जंगलतिर भागेको र थप क्षति हुन नपाएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । यसैबीच राप्रपाका सह महामन्त्री विक्रम पाण्डेले राष्ट्रिय निकुञ्जले तत्काल उक्त ज्यानमारा हात्तीलाई नियन्त्रणमा लिई मानवको बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्न माग गर्नुभएको छ । उहाँले पीडितलाई तत्काल उचित क्षतिपूर्ति उपलब्ध गराउन पनि माग गर्नुभयो ।

त्यस्तै मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति चितवन राष्ट्रिय निकुञ्जले हात्ती आतंकविरुद्ध माडीवासीले गरेको आन्दालनप्रति ऐक्यबद्धता जनाएको छ । समितिले विज्ञप्ति जारी गरी संघर्ष समितिले राखेका मागहरु छिटोभन्दा छिटो पूरा गर्न आग्रह गरेको हो ।

त्यस्तै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले पनि एक विज्ञप्ति जारी गरी गत आइतबार निकुञ्जमा भएको सर्वपक्षीय बैठकको निर्णय कार्यान्वयनको लागि सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराएको छ ।

त्यस्तै विज्ञप्तिमा बौलाहा हात्तीलाई अविलम्ब बध गर्न वा स्थायी नियन्त्रणमा राख्ने व्यवस्था मिलाउन निकुञ्ज प्रशासनसँग माग गरिएको छ ।


हात्ती मार्ने अनुकुल समय पर्खदै निकुञ्ज   

कसरा । ध्रुबे नामको जंगली हात्ती मार्न निकुञ्ज प्रशासनले चासो नदिएको भनेर जनआक्रोश बढेका बेला ध्रुबे मार्न जंगल गएका प्राविधिकहरु भने हात्तीलाई गोली हान्नु सोचेजस्तो सहज नभएको बताउँछन् ।

ध्रुबेको पिछा गर्दै चितवन निकुञ्जका नौवटा घरेलु हात्ती र ३० भन्दा बढी कर्मचारी सुरक्षाकर्मी आइतबारदेखि जंगलमै छन् । तर ध्रुबे आँखाअगाडि निकै कम देखा परेको छ । रेडियोकलरको संकेतका आधारमा पिछा गर्नुपरेको छ ।

‘रातको समयमा गाउँमा आसपासमा देखिन्छ । गोली हानी हाल्न गाह्रो छ’, हात्ती मार्न जंगलमा खटेका निकुञ्जका रेञ्जर विष्णु थपलियाले भन्नुभयो । ध्रुबे दिउँसो जंगलमा हुन्छ । जंगलमा झाडी र ठूला रुख बाक्लै भएकाले आँखाअगाडि देख्न सकिएको छैन भन्नुहुन्छ उहाँ ।

यसअघि सर्लाहीमा जंगली हात्तीलाई गोली हानेर मारिएको थियो । त्यो बेलामा नौ पटक गोली हान्न परेको थपलियाले बताउनुभयो । धेरै पटक गोली हान्नु पर्ने भएकाले बस्तीनजिक गोली हान्न नमिल्ने उहाँको भनाइ छ ।

‘हात्ती निकै आक्रामक र सक्रिय भएको देखिएको छ । एक पटक गोली हान्दैमा मर्दैन । पटकपटक गोली हान्नु पर्छ । बस्तीनजिक गोली हान्दा झनै आक्रामक भएर वितण्डा मच्चाउने सम्भावना हुन्छ’, थपलियाले भन्नुभयो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता कमलजंग कुवँरका अनुसार कुनै बेला यस्तो हात्ती मार्न २० पटकसम्म गोली हान्नु परेको छ । त्यसैले गोली चलाइहाल्न नमिलेको उहाँले प्रष्ट्याउनुभयो ।

‘हामी हात्ती मार्ने आदेश नै लिएर आएका छौं । हात्ती मार्ने नै हो । तर उपयुक्त ठाउँ नभइकन गोली चलाउन मिलेन’, थपलियाले भन्नुभयो । जंगली हात्ती बहुलाएमा मान्छे मारेमा मार्न सकिने व्यवस्था राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा उल्लेख छ ।

शनिबार मध्यरातमा गर्दी वडा नं. ९ द्रोपतीनगरका वृद्ध दम्पतीको ज्यान लिएपछि कसरामा बसेको जिल्ला प्रशासन कार्यालय, निकुञ्ज, दल र मध्यवर्तीका प्रतिनिधिको बैठकले हात्ती मार्ने निर्णय गरेको थियो । हात्ती नमार्दासम्म लाश पनि सतगत नगर्ने अडानमा स्थानीय बसेका छन् ।

आइतबार दिनभर गाउँलेहरुले दम्पतीको लाश माडी वनकट्टामा राखेर प्रदर्शन गरेका थिए । त्यसपछि लाशलाई उनीहरुले गर्दी गाविसको कार्यालय भवनअगाडि राखेर आन्दोलन गर्दै आएका छन् । हात्ती मार्न प्रशासनले आलटाल गरेको स्थानीयको आरोप छ ।

ध्रुवेसँग सम्वन्धित अन्य समाचार पढ्न तल क्लिक गर्नुहोस ।
अन्ततः मारिने भयो ध्रुबे !
हात्ति मार्न १० बजे सम्मको अल्टिमेटम, संयमित रहनु निकुञ्जको अनुरोध गएराति फेरी दुई घरमा क्षति
टीयूटरमा ध्रवेको चर्चा, मलाई बचाउ:ध्रुवे  

सदरमुकामकै विद्यार्थी बीचैमा पढाइ छाड्छन्

विधुर ढकाल
भरतपुर । भरतपुर नगर क्षेत्रभित्र विद्यार्थीहरुबीचैमा विद्यालय छाड्ने समस्या देखिएको छ । जिल्ला शिक्षा कार्यालयअन्तर्गतको लंकू श्रोत केन्द्रले दिएको तथ्याङ्कअनुसार यस्तो समस्या देखिएको हो ।

श्रोत केन्द्रका श्रोत व्यक्ति रामेश्वर न्यौपानेका अनुसार यस क्षेत्रका विद्यालयमा भर्ना भएका विद्यार्थीहरुमध्ये ११ दशमलब ७ प्रतिशतले बीचैमा विद्यालय छाड्ने गरेका छन् । लंकू श्रोत केन्द्रअन्तर्गतका ३४ सामुदायिक तथा ४९ संस्थागत गरी ८३ विद्यालयबाट उक्त संख्यामा विद्यार्थीहरुले विद्यालय छाड्ने गरेका हुन् ।

गत शैक्षिकसत्र २०६८ मा संस्थागततर्फ २६ हजार ६१४ र सामुदायिक विद्यालयमा १३ हजार ६९९ विद्याथीहरु भर्ना भएका थिए । बीचैमा विद्यालय छाडेर जाने विद्यार्थीहरु कहाँ गए भन्ने कुरा न त विद्यालयलाई नै जानकारी छ, न यसको तथ्याङ्क जिल्ला शिक्षा कार्यालयले नै राखेको छ ।

यस्तो समस्या नगर क्षेत्रमा बढी भएको श्रोत व्यक्ति न्यौपानेले बताउनुभयो । ‘यो समस्या भरतपुर नगरभित्रका विद्यालयहरुमा बढी छ, बीचैमा विद्यालय छाडेर जाने विद्यार्थीहरु कहाँ जान्छन् यसको जानकारी हामीलाई हुँदैन’, उहाँले भन्नुभयो । कहाँ जान्छन् भनेर कार्यालयले जानकारी राख्नुपर्ने भए पनि नसकिएको उहाँको भनाइ छ ।

‘नगर क्षेत्रका ८३ वटा विद्यालयहरुलाई निरीक्षण गर्नुपर्ने व्यक्ति एक जनामात्र छ, एक्लैले यसको तथ्याङ्क राख्न सकिएनँ’, श्रोत व्यक्ति न्यौपानेले भन्नुभयो, ‘जनशक्ति अभावका कारण तथ्याङ्क राख्न सकिएको छैन । विद्यालयलाई अब कहाँ जान्छ भनेर तथ्याङ्क राख्न भन्छौँ ।’

सहरी क्षेत्रमा धेरै विद्यार्थीका अभिभावकहरु डेरा गरेर बस्ने र बीचैमा छाड्ने कारणले पनि यो समस्या देखिएको न्यौपानेले बताउनुभयो । ‘धेरै बच्चाका अभिभावकहरु डेरा गरेर बसेका छन् । उनीहरुले अनुकुल हेरेर डेरा सरिदिँदा यो समस्या आएको हो’, उहाँले भन्नुभयो ।

यता, मंगलबार नै लंकू श्रोत केन्द्रमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको संयुक्त बैठक लक्ष्मी उच्च माविमा बसेको छ । बैठकमा जिल्ला शिक्षा कार्यालयले विद्यालयहरुलाई सार्वजनिक बिदाबाहेकका दिन बन्द नगर्न निर्देशन दिएको छ ।

बैठकमा बोल्दै जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले बिदा दिनै पर्ने अवस्था आए विद्यालय व्यवस्थापन समितिको निर्णय गराएरमात्र दिन निर्देशन दिनुभयो । उहाँले विद्यालयले परीक्षा तयारी बिदा पनि दिन नपाउने बताउनुभयो ।

साथै सबै विद्यालयलाई चैत्र १० भन्दाअगाडि कुनै पनि अन्तिम परीक्षा सञ्चालन नगर्न उहाँले निर्देशन दिनुभएको छ । कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी शर्माले विद्यालयका प्रअ शिक्षक तथा सरोकारवाला सबैले आफ्नो परिवारका निरक्षर सदस्यहरुलाई साक्षर बनाउन निर्देशन दिनुभएको छ ।

बैठकले जिल्ला शिक्षा कार्यालयले दिएको निर्देशनलाई पालाना गरेर अगाडि बढ्ने निर्णय गरेको छ । कार्यक्रम लक्ष्मी उच्च मावि व्यवस्थापन समितिका अध्यक्ष शुस्मा सापकोटाको अध्यक्षतामा भएको थियो ।

रुपन्देही : संक्षिप्त परिचय

रुपन्देही जिल्ला प्राचीन शाक्य, कोलिय (६०० इसा पूर्व) कविलत राज्यको कर्म थलो, शाक्य कूलमा(५६३ इसा पूर्व सिर्द्धार्थ गौतमको)यही जिल्लाको लुम्बिनीमा जन्म र उहाँको दर्शन सामाजिक विभेद वा जातिय विभेद, हिंसा र बली असत्यको विरोध सम्बन्धि बुद्ध दर्शन प्रतिपादक भूमि लुम्बिनी नेपालको सार्वभौमिकता बचाउनु अंग्रेज साम्राज्यवादी विरुद्ध विजय प्राप्त गरेको यही जिल्लाको बुन.पा.मा रहेको जीतगढी किल्लानिर नेपाली समाजको ऐतिहासिक गौरव गाथा बोकेको ठाऊ यस जिल्लाको प्राप्त कालिन मानव सभ्यताको इतिहास अलिखित भए पनि मानव पुर्खा १ करोड १० लाख वर्षपुरानो नर वानरको दाँत भेटिएको चुरे श्रृंखलाको काखमा रहेको जिल्ला जसले प्राचिन प्रातः कालिन मानव सभ्यतको विकासको ऐतिहासिक प्रमाणीकता बोकेको छ । यसरी ऐतिहासिक निधी गौतम बुद्ध, विशव संपदा सूचिकृत लुम्बिनी क्षेत्र, गौरव थागा बोकेको जीतगढी किल्ला र प्राप्त ऐतिहासिक मानव सभ्यताको प्रतिक मानव पुर्खा "बुटवल पिथेकस"(रामपिथेकस)ऐतिहासिक जिल्ला रुपन्देही नेपाल र नेपालीको मात्र नर्भ झण्डै अस्सी करोड बुद्धमार्गीहरु र इतिहास, दर्शन र प्राकृति ज्ञानका आकांक्षी विशव मानव समुदायकोआकर्षाको जिल्ला बनेको छ ।पश्चिमाञ्चल विकास क्षेत्र अर्न्तगत लुम्बिनी अंचलको रुपन्दही जिल्ला तर्राईको प्रमुख जिल्ला हो ।

पूर्वमा नवलपरासी, पश्चिममा कपिलवस्तु, उत्तमा पाल्पा र दक्षिणमा भारतको महाराजगंज जिल्ला यसका सिमानाहरु हुन । समुद्र सतहबाट १५२ मिटर देखि १२१९ मिटर सम्मको उचाईमा यो जिल्ला अवस्थित छ । यस जिल्लाको कुल क्षेत्रक्रल १३६७.७० वर्ग कि.मी. रहेको छ । यस जिल्लामा ६९ गाउँ विकास समिति, दुइ नगरपालिका, १७ इलाका र पांच संसदीय निर्वाचन क्षेत्रहरु छन् ।
यहाँका प्रमुख जनजातिमा ब्राहमण,क्षेत्री, थारु, मसुलमान, यादव, लोध, गुरुङ्ग, पासी, तेली, मल्लाह, धोवी आदि हुन । राष्ट्रिय भाषा नेपाली भएपनि यस जिल्लामा ६१% ले अवधी, २४% ले नेपाली, ९% लेथारु र ६% ले विभिन्न भाषाहरु बोल्ने गरेके पाइन्छ ।

यस जिल्लाको मुख्य पेशा कृषि नै हो र कुल क्षेत्रक्रल मध्ये ८५९२२२ हेक्टर जमीन खेतीपातीको लागि उपयुक्त रहेको छ । यस जिल्लामा सतह सिंचाई, भूमिगतसिंचाई र लिफ्ट सिंचाईको माध्यमबाट ४८% खेती योग्य जमिनका सिंचाई सुविधा उपलब्ध छ । सिंचाईको मूख्य श्रोत नदि नाला भएपनि वर्षा याममा अध्यधिक पानीका बहावले गर्दा भू-क्षय, बाढी पहिरोर नदि कटान जस्ता गम्भीर समस्याहरु उत्पन्न हुने गर्दछन् । समतल भू-भाग, यातायातको सुविधा (सिर्द्धार्थ र महेन्द्र राजमार्गको मुख्य योगदान), कच्चा पर्द्धार्थ उपलब्धता, मेशिनरी औजारहरुको पैठारीमा सुगमता र उपलब्ध बजारको कारणले गर्दा यस जिल्लामा ठूला, मझौला र स(साना विविध उद्योगहरु स्थापना भएका छन् । बुटवल र सिर्द्धार्थनगर यस जिल्लाका महत्वपूर्ण औधौगिक एंव व्यापारी क्षेत्र हुन् ।

यस जिल्लाको मुख्य आम्दानीको श्रोत कृषि भएता पनि क्षेत्रको पछौटे उत्पादन सम्बन्ध् र प्रवृद्धिको कारणले यो जिल्लामा लगभग ४०% प्रतिशत जनता गरिवीको रेखामुनी रहेको अनुमान गरिएको छ । यो जिल्लाको विकासका सूचक हेर्दा यस जिल्ला राष्ट्रिय सूचकमा ५० सौ स्थानमा रहेको छ भने गरिवी र विपन्नताको आधारमा यस जिल्ला ३३ सौ स्थानमा रहेको मानिन्छ । (यू.एन. प्रतिवेदन १९९८) यस जिल्लाको भू(बनौट, हावापानी, मौजुदा पूवाधारहरु (अप्रयाप्त भएपनि) कृषि विकासको लागि अनुकूल तत्वहरु रहेको कारणले उत्पादनका विधिन्न क्षेत्रहरु मध्ये कृषि एक महत्वपूर्ण क्षेत्र रहेको छ ।

यस जिल्लामा ऐतिहासिक, पुरातात्विक, सास्कृतिक, धार्मिक र प्राकृतिक सौर्न्दर्यताका क्षेत्रहरु (लुम्बिनी, देवदह, जीतगढी, सैना, मैना, विभिन्न मन्दिरहरु, चुरे पर्वत पहाडी श्रृंखला आदि) विद्यमान भएकोले पर्यटन सूगम क्षेत्रको विकासको ठूलो सम्भावना रहेको देखिन्छ । त्यसगरी यातायात र संचारको क्षेत्रमा यो जिल्लाको सुगम तथा विकसित मानिन्छ । यसैगरी दूर संचार, हुलाक सेवा, बैकिङ्ग सुविधा र विद्यूत सेवा तुलनात्मक रुपले राम्रो देखिन्छ।

जातिय विविधताको कारणले यस जिल्लाको सामाजिक जनजीवनमा पनि जनजाती/धर्म र भाषा भाषीको प्रभाव परेको पाईन्छ । यहाँको सामाजिक जनजीवनमा नेपालको पश्चिमाञ्चल क्षेत्रिय रिवाजको अलावा सिमावर्ति जिल्ला भएकोले भारतीय संस्कृतिलेपनि ठूलो प्रभावपारेको देखिन्छ ।

यस जिल्लाको कुल जनसंख्या सन् १९९८ मा ६५३२४७(केन्द्रिय तथ्यांक विभाग)रहेको देखिन्छ। कुल जनसंख्या मध्ये पुरुष र महिला करिव बराबर छन्। यस जिल्लामा खास गरी छिमेकी पहाडि जिल्लाहरुको साथै अधिराज्यका अरु जिल्लाहरुबाट बर्साई सर्राई गरी आउने दरमा वृद्धि हुँदै गइरहेको गरिएको छ। हाल यस जिल्लाको जनसंख्याको वृद्धिदर ३.२ प्रतिशत रहेको छ ।
भौगोलिक अवस्था
  क्षेत्रफल : १३६० बर्ग कि.मी

  अवस्थिति: ८३.०१२.१६ देखि ८३०.३८-७ पर्व(दिशातिर)

  २७०-२०-००देखि २७०-४७-२४ उत्तर (अक्षाश)

  सिमाना: पूर्व नवलपरासी जिल्ला

    पश्चिममा कपिलवस्तु जिल्ला
 
    उत्तरमा पाल्पा र दक्षिणमा

     भारतको उत्तर प्रदेश साज्य

   उचाई : १००मिटर देखि १२१९ मिटर सम्म (समूद्री सतहदेखी)

   तापक्रम:न्यूनतम८-७५ डिग्री सेल्सियस

     अधकतम ४२-४ डिग्री सेल्सियस

   औषत वर्षा : १३९१ मी मी

    हावा पानि: उष्ण प्रदेशीय


मुख्य नदीहरु : तिनाउ ,रोहीनि,दानव,कोठी,महाव,कञ्चन,बधेला

प्रमुख ताल: गैडहवा,बिष्णपुरा,नन्द भाउजु,चिल्हिय


राजनैतिक विभाजन

विकास क्षेत्र : पश्चिमाञ्चल

अन्चल : लुम्विनि

जिल्ला: रुपन्देहि

जिल्ला सदरमुकाम: सिद्धार्थनगर( भैरहवा)

संसदीय निर्वाचन क्षत्र :४

ईलाका:१७

नगरपालिका: २

गाविस: ६९

नगरोन्मुख गाविस : आनन्दवन,सङकरनगर,देवदह,पर्रोहा,लुम्विनी
जनसंख्या विवरण: (२०५८ को जनगणना अनुसार)

पुरुष: ३६०७७३

महिला: ३४७६४६

जम्मा: ७०४८१९

घरधुरी संख्या:११७८४६

सदर पाखिरिक आकार:६-०१

जनघनत्व: ५२१प्रति वर्ग किलोमिटर

जनसंख्या वृद्धिदर :३.०५%

जनसंख्याको आधारले नेपालको तेस्रो ठुलो जिल्ला


गाविस/नापगत जनसंख्या


क्र स

गाविस/ नपा

जनसंख्या


मकहर

१४४२०


केरवानी

१३०४९


देवदह

२२१२२


छो- रामनगर

४७०२


सिक्टहन

९४६८


करहिया

९४०१६


पटखौलि

४९००


छिपागढ

४८०


धकधई

५९२५

१०

पोखरभिन्डी

५७४५

११

बोदवार

७५२२

१२

पजरकट्टी

४५७३

१३

शंकरनगर

१३०४१

१४

गंगोलिया

६५५४

१५

आनन्दवन


१६

टिकुलिगढ

११२८९

१७

मधवलिया

८७३४

१८

हा-फर्साटिकर

४२६९

१९

चिल्हिया

४४३५

२०

पडसरी

७७६८

२१

बसन्तपुर

६६३१

२२

बगाहा

४८२८

२३

सिद्धार्थनगर न.पा

५२५६९

२४

बुटवल न.पा

७५३८४

२५

सेमलार

८२६२

२६

मोतिपुर

७६०६

२७

पर्रोहा

१९०४४

२८

ख- वनगाइ

७७८८

२९

मानमेटेरिया

८३६२

३०

सौ-फर्साटिकर

७९७३

३१

मानपकडी

५५७९

३२

हर्नैया

४१९६

३३

मैनहिया

६७०८

३४

सालझण्डी

९३२६

३५

प अमुवा

९६९५

३६

दुधराक्ष

१६२१०

३७

रुद्रपुर

१९०९३

३८

गजेडी

११३४१

३९

साडी

५२४६

४०

विष्णुपुरा

१२०४९

४१

जोगडा

५३८६

४२

धमौली

५४२६

४३

दयानगर

८१९४

४४

एकला

९२६५

४५

खुदाबागर

४५९३

४६

मसिना

४६६१

४७

तेनुहवा

९२५१

४८

लुम्विनि

८४५४

४९

भगगुवानपुर

१००६८

५०

सिपवा

६६२३

५१

मधुवनी

५५१६

५२

आमा

९३४७

५३

सुर्यपुरा

१८१८९

५४

सेमरा मर्चवार

६२७९

५५

करौता

९४९९

५६

थु-पिपरहवा

३८६४

५७

फरेना

३६३४

५८

बेतकुइया

४६३०

५९

रोइनिहवा

४४८१

६०

राएपुर

९२२९

६१

सिलौटिया

७८५८

६२

बगौली

८४०४

६३

असुरैना

६०३३

६४

बोगडी

८९०२

६५

मझगवा

४८९५

६६

सकौनपकडी

४६१६

६७

बैरघाट

५१५८

६८

मर्यादपुर

४९६५

६९

गोनाहा

१०८३८

७०

कम्हरिया

१५६६१

७१

हाटि बनगाइ

६७२२


धर्मको आधारमा जनसंख्या

क्र स

धर्म

जनसंख्या


                   हिन्दु

६०४५४५


                   इस्लाम

६१५६३


                   बौद्ध

३९९३१


                   क्रिश्चियन

१५०१


                   शिख

२६०


                   जैन

५७


                   किरात

४७


                   अन्य

५१५


जातिको आधारमा जनसंख्या


क्र स
जाति

जनसंख्या

           

क्षेत्री

४९९६४


ब्राम्हण

१०७६४३


मगर

६२२४८


थरु

६४८८८


नेवार

१५७६७


राई

१०९२


गुरुङग

१९७९६


लिम्बु

२२५१


सर्की

२९०८

१०

कोईरी

७८०३

११

सन्यासी

३२५३

१२

शर्पा

४८७

१३

राजवंशी

२४

१४

सुनुवार

३१७

१५

भोटे

९२०


भाषाको आधारमा जनसंख्या

भाषा

जनसंख्या

नेपाली

२४४९४५

मैथिलि

१५८१

भोजपुरी

३५९७१७

थारु

४४७९३

तामाङग

६१४

नेवारी

९१९१

गुरुङग

९१९७

लिम्बु

६३

शेर्पा

१११

हिन्दी

५१६२

सुनुवार

२३

आदी

३४२९

यो जनसंख्या सम्बन्धी तथ्याङकहरु राष्टि्य जनगणना ३५८ मा आधारत छ।


पेशाको आधारमा जनसंख्या

पेशा

पुरुष%

महिल%

कृषि

८७.७

९२.४

सरकारी नोकरी

३.१

०.९

बैदेशीक रोजगार

०.७

०.१

व्यापर

२.०

१.३

घरायसी कार्य

३.९

४.४

अन्य

२.६

०.९


जिल्लामा देखा परेको प्रमुख रोग

चर्म रोग

छाति सम्बन्धी स्वास प्रस्वास नलिको संक्रमण

झाडापखला

पेटका जुका सम्बन्धी

म्याट्रिक

कान सम्बन्धी

आँखा सम्बन्धी
स्रोत: जि.बि.स.  रुपन्देही
साभार : वुटवल अनलाइन

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी