Sunday, March 31, 2013

अन्तिमसम्म आइलभ यु भन्दै म्यासेज गरी

उसलाई  उसकी छाडेर गएकी प्रेमीकाले पठाएका एसएमएस हरु ..................

यहाँ भन्दा अगाडि बढेको थिएन है । की जोगी बन्न मन लाग्यो रु राम्रो छैन भनेको होइन राम्रो देखिएको छ । सोधेको मात्र हो कसैले पाल्न भनेर पो हो की रु

आइ लभ यु माई डियर । निन्द्रा नै लागेन अनी म्यासेज गरेको मिस यु सो मच किस यु डियर ।

म त निदाई सकेछु । सरी ल अनी रुममा आई पुगेको हो लभ यु मच डियर किस यु ।

ओके डियर किन र मेरो त साटरडे विदा बट म छु नि तपाईँको लागि विहानै उठाइदिन्छु ल ।

ओके म छु नी तपाईको सो डन्ट ओरी भोलीबाट कति दिन भेट नहुने हो त हाम्रोरु लभ यु ।

ल राम्रोसँग पढ्ने एक्जाम आई सक्यो मैले नपढे पनि तय्पाईले त राम्रो सँग पढ्नु । अब फोन  म्यासेज नगरी स्टडी मात्र गर्नु म पनि डिस्टर्ब गर्दिन । वालई लभ यु अलट  किस यु यूम्म्ममममममममममा ...............

गाई भैँसी पाल्न पनि जान्नु परोे नी तपार्इँले भन्नुहुन्छ भने म नसक्ने काम पनि गर्न सक्छु । म पनि पढ्छु । आजभोली झन डिप भाछ माया । जतिवेला पनि तपार्इँ हुनुहुन्छ मेरो माइन्डमा अरु कुरा त सोच्न सकिराको छैन । लभ यु माई डियर कान्छु ।
के हो म्यासेज पनि छैन पिएच पनि छैन । ल बधाई छ विर्सन सकेको मा ।

कस्तो टेन्सन लिएको भनेको के । टेन्सन नलिनु । फेरी भोलीको एक्जाम विग्रन्छ नी । तपार्इँलाई लास्ट भेट्न मन लागेको छ । लभ यु टु मच ।

पढ्ने टाइममा टेन्सन लिन हुँदैन के । टेन्सन नलिनुस । एक्लै हो रुममा । तपार्इँको लास्ट याद आइराछ लभ यु ।

खुब सम्झ्यो नी आज त तपार्इँले एक पटक पनि सम्झनु भएन् । झुट मात्र  बोल्ने म मात्र हो जस्तो लाग्छ तपार्इँको यादमा तड्पने । अहिले सम्झिन पर्दैन बुक मात्र सम्झनु  ओके टेक  केयर बार्इँ लभ यु ।

तपाईँको ढुकुढुकी मा हुँदा हुँदै  अरु कसले देख्नु म नै थाहा पाउँछु नी तपार्इँ तड्पे नतड्पेको एट लास्ट मेरो अंगालो भरीको माया ।

भेट्न नआएको भनेर रिसाको हो रु सरी प्लिज नरिसाउनु न । मसँग टाढा हुन खोजेको हो रु  किन एक पटक पनि मेरो याद आएन है ।
साँच्चै रिसाको हो रु सरी के । नबोल्ने नै हो रु ओके हजुरको मर्जी मैले डिस्टर्व गरेँ है रु के भो के रु रिप्लाई नगर्ने रु म्यासेज पर्खिरा छु । सेण्ड गर्ने मन छ भने गर्नुस होइन भने  म त रिसाको भनेर बुझ्छु ।

म तपाईँलाई हजार जुनीसम्म साथ दिन तयार छु । लभ यु टु मच । म पनि सक्दिन तपाईँ विना बाँच्न । ओके गुडनाइट विश्वास गर्नुस मलाई ।
पर्सी एक्जाम छ खुरुखुरु पढ्ने बाहिर माइन्ड डुलाउने होइन । पिच पनि नगर्नु म्यासेज पनि नगर्नु । एक्जाम सकिएपछि  जति फोन गरे पनि हुन्छ म्यासेज गरे पनि हुन्छ । मैले तपाईँलाई म्यासेज गर्छु त्यसको रिप्लाई गरे मात्र हुन्छ बढि एसएमएस गर्ने होइन । डु यु अन्डरस्टाण्ड रु

आजसम्म विचार गरेको थिए र आजबाट पु्रभ पनि गरेँ तपाईलाई मेरो कुनै आवश्यक रैन छ । भनेर । इट्स ओके दुःख  लाग्यो । वास्ता पनि छैन है मलाई पिएच रिसिभ नगरेपछि म्यासेज रिप्लाई नगर्दा पनि तपाईको मन मानीरा रैछ । बधाई छ । विर्सन सफल हुनुभएको मा । म पनि ट्राई  गर्छु विर्सन ।

खोइ बाँच्न सक्दिन भनेर हुँदो रैन छ । जिन्दगीमा  यस्तै हुँदो रैछ । घरमा जहिले पनि विहे विहेको कचकच मात्र आँउछ  । यो बैसाखमा त जसरी पनि मेरो विहे गरिदिने रे । सोच्न सकिराको छैन के गर्नेके ट्राइ गरौँ न भुल्न के ।

सुतेको छैन मलाई सम्झीरा’छु तपार्इँलाई निन्द्रा नै लागेको छैन अनी तपार्इँको एक्जाम सकियो त ।
कसरी उठाँउ मम्मीसँग सुतेको छु विस्तारै पनि उठाउन मिल्दैन कस्तो सिचुयसन ।भोली बोलौँला नी अहिले बोल्दैन मलाई पनि बोल्न  धेरै मन छ । बोल्न  मिल्दैन तपाईँसँग बोल्न नपाको पनि धेरै भयो । लभ यु माई हार्ट ।
लभ यु टु मच एण्ड किस यु माइ लभ्ली डियरर ।

लभ यु माई डियर लभ यु  अ लट

पिएच त भोली गरे पनि हुन्छ नी रु आज लास्ट हो सो पढ्नु । भोली त एक्जाम राम्रो गर्नु पर्छ । म्यासेज  फोन पनि आज नगर्नु । म त तपाईँको एक्जाम सकियो भनेर मिस कल गरेको सो सरी डिस्टब गरेँ राम्रो सँग पढ्नु लभ यु ।

ममी हुनुहुन्छ के मलाई पनि बोल्ने मन थियो बट के गर्ने

के छ के गर्दै निन्द्रा ला’छैन । लभ यु माई हार्ट

Saturday, March 30, 2013

झर्काे नमानौँ ल ...................

हलमा चलचित्र चलिरहेको छ । हल्ला पनि उस्तै छ । एक्लै म एउटा छेउको सिटमा बसिरको छु । मेरो छेउमै एउटी सुन्दर युवती पनि । उसको छेउ देखि लस्करै चार जना केटाहरु बसेका छन । केटाहरु केटीलाई जिस्काइ रहेका छन । मलाई त्यसको कुनै प्रवाह छैन । तैपनि कतिपय अवस्थामा तिनीहरुको अश्लिल हुटिङले मेरो एकाग्रतालाई भने भंग गरिरहेको थियो । निकै अपेक्षाका साथ पुगेको थिए गणेश हलमा छड्के हेर्नको लागि तर पनि मैले पाइने ती अपेक्षाहरु पुरा हुने छाँटकाट ।
फिल्मको आदा भाग सकियो । बाहिर निस्किए । हलमा केके बेच्ने बस्ने नाम थाहा छैन तै पनि उनले मलाई चिनेका छन । मैले पनि उनलाई सँधै गइरहने भएर पनि होला । उनी आडमै बसेर केक खाँए । सिनेमा हलको अपरेटर आए । ओ गुड्डु यार के फिल्म हो यार यस्तो मैले अहिलेसम्म केही बुझ्न भ्याएको छैन । उसँगै कुरा गर्दै थिएँ । ‘दाई केक दिनुस न ।’ एउटा कोकिल श्वर सुने । तेही युवती थिइ । जो मेरो आडमा बसेर ति चार युवाहरुको अश्लिल हुटिङ्लाई मसँगै वा अझ भनौ म भन्दा अझ बढि नजिक रहेर सुनिरहेकी थिइ । सिट प्याक भएर पनि  हो मैले चाहेर पनि त्यो सिट छाड्न सकिरहेको थिइन । किनकी त्यो सिटमा बसेर ति युवतीको सामु मैले अश्लिल गालि सुन्न आँफैलाई लज्जावोध भइरहेको थियो । त्यसैले पनि त्यहाँ देखि अन्त जान चाहन्थे ।
फिल्म चलाउन गुड्डु भित्र पस्यो । सबै दर्शकहरु पनि भित्र पसे । सबै सँगै ति सुन्दर युवती समेत भित्र पसि । म अन्तिममा भित्र पसे । आँफू बसिरहेको सिट नेर पुगेँ यसो अध्यारोमा छामेँ । त्यहाँ त अर्कै पो बसिरहको रैछ । मोवाइल बाले हेरे दुई नशिला आँखाहरु टल्किए । यहाँ म बसेको थिए ? मैले सटिक शव्दमा प्रश्नवाचक चिन्ह खसालेँ । तपाईँ त्यहाँ बस्नुस न । उसले आँफू पहिले बसेको सिट तिर इसारा गरेर भनी । म उसको आग्रह थियो । या अरु कुनै एउटी प्रेमीकाको आज्ञा सिरोधार गरेझैँ उ बसेको सिटमा बसँे । पर्दामा सारुख खानको दुई मिनेट सोच्दै थियो । मैले यही मौकामा उनलाई सोधेँ । ‘के भयो र यहाँ ?’ ‘कस्तो छिल्लिएका केटा हेर्नुस न ?’ उसले सटिक जवाफमा उल्टो प्रश्न पो गरि । अनि म पनि  त तिनै केटाहरुको जातको हु नी त ? उसलाई मेरो प्रश्न थियो । तपार्इँ र उनीहरुमा अलि फरक होला नी ? होला नी मतलव मैले उसलाई सोधेँ । फरक छ । त्यसैले तपाईँलाई आग्रह गरेकी । तपार्इँ पनि उनीहरु जस्तो हुनुहुन्थ्यो त सायद एक्लै आउनुहुने नै थिएन नी । उसले भनी । होइन मैले आज साथि पाइन । त्यसैले एक्लै आँए नत्र त म पनि सँधै यस्तै ग्रुपमा आउने केटो न हुँ । तै पनि तपार्इँलाई देखेर मलाई त्यस्तो लागेन । उसले भनी । तपार्इँलाई त्यस्तो नलाग्न पनि सक्छ । तर तिमी एक्लै आएको ? मेरो सहजै उसलाई सम्बोधन थियो उसलाई मानाँै उ कुनै मेरा चिनजानकी युवती हो । या अझ यस्तै मेरो पुरुषार्थको परिचय मैले जान्दीन । उसले मलाई आश्चार्यले हेरी केही मौनता साँधेर फेरी बोली तिमी ? अँ मैले भने कुनै कमजोरी मेरो प्रश्नमा ? उसले भनी एकै पटक तिमी ? उसले मेरो पुरुषार्थलाई चुनौती दिइ । र फेरी बोली केही छैन सबै केटाहरु यस्तै हुन्छन । अँ तपार्इँ सोध्दै हुनुहुन्थ्यो के रे ? आँफैलार्य प्रश्न गरि र फेरी बोली ‘ए म सँधै एक्लै आउँछु फिल्म हेर्न ।’ उसले सटिक जवाफ पनि दिर्इँ । एक्लै मजा लाग्छ । होइन फिल्म हेर्न पनि कस्तो एक्लै बानी परेको ? मैले उसलाई प्रश्न गरेँ । अनी के गर्ने सँगै ल्याउनलाई त कोही हुनु नी त प¥यो नी ? उसले फेरी मलाई नै प्रश्न तेर्साइ । कोही ? मैले प्रश्न सोधेँ । अँ । उसको सटिक जवाफ थियो । हा हा हा । मिठो जोक्स आँउदो रैछ तिमीलाई हसायौँ । के नी जोक्स ? केही होइन ? मैले भने । अनि के जोक्स भन्नु भा त ? उसले फेरी प्रश्न खसाली त्यस्तो केही होइन तर पनि यो उमेरमा एक्लै आइ मिन कुनै फ्रेण्ड यानी हुनेवाला ? मेरो घुमाउरो सोधाई । उ पालो फेरेर हाँसी । मैले मात्र किन तपार्इँ पनि त मजाको जोक्स सुनाउँनु हुँदो रैछ त । तपार्इँ एक्लै आउन हुन्छ र म आउनु हुँदैन । अनी हुनेवालाको कुरा छ । म यसमा विश्वास नै गर्दिन ।
होइन यो कस्ती केटी हो हँ ? मनलाई मेरो प्रश्न थियो । अहिलेका केटीहरु पनि खालि हुँदा रैछन त्यो पनि यति सुन्दर । यो पढ्ने कलेजमा कुनै केटा रैन छन की कुन्नी यसलाई प्रपोज हान्ने आँट भएका । फिल्माको दोस्रो भाग सुरु भइसकेको थियो । उ आँफ्नै सुरमा मस्त फिल्ममा डुब्दै थिर्इँ । मलाई भने बोर फिल भइराथ्यो । कति खेर फिल्म सकिएला र निस्कौँला । फिल्म नसकिँदै निस्किएर पनि जाने कहाँ नै पो थियो र यो नारायणगढमा कही यसो घुम्न निस्कौँ भने पनि जाने कुनै ठाउँ नै छैन । फेरी एक्लै कहाँ पो जाने हो र ? सकियो फिल्म म निस्केँ । म भन्दा पहिले उ निस्केकी थिई । गेटमा उ कसैलाई कुरीरहेको जस्तो लाग्थ्यो । अगाडि नै पुगेर एक नास बाहिरीरहेका दर्शकलाई हेरिरहेकी थिई । मैले भने जाने होइन कसलाई कुरेको ? जाने हो मैले त हजुरलाई नै पो कुरेका हा हा मेरो मुस्कान आयो । फेरी जोक्स ? होइन साँच्चि । उसले भनि ए हो र ? मैले सोधेँ र भने जाँउ न त अब । कहाँ ? उसले फेरी सोधी । आफ्नो आफ्नो गन्तव्य । म त मेरो घर जान्छु । म पनि त मेरै अपिस जान्छु मेरो मुखबाट फुस्कीयो । अपिस कस्तो अपिस हो यतिवेला जाने । उसले प्रश्न गरि । ए म होटलमा भाँडा माझ्ने काम गर्छु यतिवेलासम्म त थुप्रै भाँडा पो थुप्रिए होलान । मैले मजाक गरेँ । बाहिर सडकमा पुगेपछि उसले म बाटो पारि संगमरोड तर्फ लाग्न थाले । उसले मलाई बाई गरि । कति मिठो बोली । यती मिठो बोलीमा अहिलेसम्म मलाई कसैले पनि बाई भनेको थिएन ।

Saturday, March 23, 2013

संविधान सभाको चुनाव : पाँच वर्ष पहिलेजस्तो उत्साह छैन


भरतपुर । चिट्चिट् पसिना काड्दै दुई घण्टा लाइनमा बसेपछि पालो आएको थियो भोट खसाल्ने । तैपनि घाम नभनी लाइनमा बसेकी थिइन भरतपुर–९ की मञ्जु गुरुङ । यसरी दुःख गरेर भोट दिएको पनि पाँच वर्ष बित्यो । यो अवधिमा जनताले संविधान पाएनन् तर पनि संविधानसभा बनाउनका लागि फेरि एकपटक त्यस्तै लाइनमा भने बस्नै पर्ने भएको छ ।

संविधानसभाको चुनावमा भोट हालेपछि निकै परिवर्तन होला भन्ने सोचेकी गुरुङको जीवनमा भने खासै परिवर्तन आएन । ‘के हुनु, केही भएन, भएन भन्दा बिहे भयो, एउटा छोरो पनि भयो’, ठट्टा गर्दै उनले भनिन्, ‘पहिले गोरखामा भोट हालिएको थियो, अब यतै होला ।’ माइतीघर गोरखा आँपपीपल–१ बाट बिहे भएर आएकी उनले अबको चुनावमा भने भोट हाल्ने मन नभएको बताइन् ।


‘पाँचवर्ष अघि चुनाव आउँदा छुट्टै उत्साह थियो, त्यो उत्साह अहिले छैन’, गुरुङले भनिन्, ‘संविधान बनाउन भनेर गएकाले बनाएनन्, अबकाले बनाउलान् भन्ने के ग्यारेण्टी ?’ गुरुङमात्र होइन, राजनीतिदेखि विरक्तिएका अधिकांशको मनमा यस्तै जागेको छ । गुञ्जनगरका राजेन्द्र भुषालले गएको संविधानसभामा उमेर नपुगेर भोट हाल्न पाएनन्, तर अहिले उमेर पुगे पनि भोट हाल्ने मन छैन उनलाई ।

‘त्यो बेला ठूलो रहर थियो, भोट हाल्न पाइएन तर अहिले रहर नै छैन’, भुषालले भने ‘उमेर नपुगे पनि चुनाव खुब लागेको थियो, तर अहिले केही छैन ।’ जसलाई जिताए पनि उस्तै हुने उनले बताए । उनलाई मात्र होइन नारायणगढ बेलचोकका मतदाता ऋषिराम पौडेल पनि यसपटकको संविधानसभाको निर्वाचनमा मतदान नगर्ने मानसिकतामा छन् ।

अघिल्लो चुनावमा उत्साहपूर्वक भाग लिएका उनले भने, ‘संविधानसभाको चुनाव एक जुगमा एक पटक आउने हो, त्यसमा सहभागी भइसकें तर नेताहरुको नालायकीपनले संविधान बनेन ।’ दोहो¥याएर संविधान सभाको चुनाव हुनु र त्यसमा भोट हाल्नु भनेको सौभाग्य नभई दुर्भाग्य हो भन्दै उनले यसपटकको मतदानमा सहभागी नहुने धारणा बनाएका हुन् ।

संविधानसभाको असफलताको नैतिक जिम्मेवारी अझैसम्म कुनै दल र नेताले नलिएकोले त्यस्तालाई चुनेर पठाए फेरि पनि संविधान नबन्ने उनको ठम्याइ छ, तर संसद या स्थानीय निकायको चुनावमा भने भोट हाल्ने उनले बताए ।

यता आगामी संविधानमा जे भए पनि भोट हाल्नुपर्ने सुरमा छन् भरतपुरको एक विद्यालयमा पढाउने शिक्षक नवराज पाण्डे । कपिलवस्तु घर भएका उनलाई अब विचार पु¥याएर नेता चुन्नुपर्ने लागेको छ । ‘पहिले जेजस्तो भए पनि अब चाहिँ काम गर्नेलाई भोट हाल्नुपर्छ’, उनले भने, ‘पार्टी होइन, व्यक्तिलाई रोज्न सक्नुपर्छ ।’ आफ्नो पार्टी भनेपछि जस्तो खराबलाई पनि भोट दिने, अर्काे पार्टीको असलै भए पनि खेदो खन्ने प्रवृत्तिले देश बिग्रिएको उनको ठम्याइ छ ।

फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता नगराएका पाण्डेले नाम दर्ता गर्न आज आइतबार निर्वाचन कार्यालय जानेसमेत बताए । ‘नाम दर्ता गराएको छैन, त्यसको लागि आइतबार जानुपर्ला’, उनले भने । जिल्ला निर्वाचन कार्यालयले बाहिरी जिल्लाबाट जागिरको सिलसिलामा चितवन रहेका नागरिकहरुको समेत नाम दर्ता गर्ने गरेको छ ।

यसअघि निर्वाचन कार्यालयले बाहिरी जिल्लाका करिब पाँचहजार जनाको नाम दर्ता गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

Tuesday, March 19, 2013

मिडियाकै कारण आमा साक्षर ः जिशिअ

भरतपुर । चितवनका जिल्ला शिक्षा अधिकारी मिडिया मैत्रि छन । चितवनमा जिल्ला शिक्षा कार्यालयले साक्षर चितवन अभियान सञ्चालन गरिरहेको अवस्थामा उनकै आमा निरक्षर भएको समाचार हामीले गत मंसिर १९ तदनुसार सन् २०१२ डिसेम्बर ५ तारिकमा  प्रकाशित गरेका थियौँ ।

यसै उक्त समाचारकै कारण जिशीअ रमाकान्त शर्माकी ६८ वर्षीया  आमा चन्द्रकला उपाध्याय अहिले अक्षर चिन्न थालेकी छन । सच्चार माध्यममा समाचार आए पछि आमालाई घोचेको शर्माले बताए । ‘तपाइँहरुले घोच्दिनु भो, आमालाई त्यसले छोएछ, अनि अक्षर चिन्न थाल्नुभयो’, उनले भने , ‘अहिले अक्षर चिन्न थाल्नुभएको छ ।’

सञ्चारमाध्यमले यसरी नै हरेकलाई अभियानमा प्रेरित गर्नुपर्ने उहाँको भनाइ थियो । ‘मलाई घोचेजस्तै अरुलाई पनि घोच्ने गरी लेख्नुस् र सोच्ने बनाउनुस्’, जिल्ला शिक्षा अधिकारी शर्माले भने । साक्षरता अभियानअन्तर्गत जिल्ला शिक्षा कार्यालयका उपसचिवले जिल्ला शिक्षा अधिकारीलाई पत्र काटेका थिए ।
पढ्नुहोस नमस्ते विहानीले प्रकाशित गरेको उक्त समाचार  : जिशिअकी आमा निरक्षर साक्षर बनाउन जिशिकाको पत्र

Monday, March 18, 2013

स्थानीयकै पौरखबाट खानेपानी समस्या समाधान

नवलपरासी । तल कालिगण्डकी, माथि नाक छुने भीर । बीचको सुन्दर बस्ती । तर सँधै खाने पानीको हाहाकार । पानी लिनको कि एक घण्टा हिँडेर कालिगण्डकी पुग्नुपर्ने, कि मुहानसम्म पुग्न उकालो उक्लनुपर्ने । नवलपरासी रतनपुर–२ गड्यम्दीका २० घरपरिवार यस्तो कठिन जीवन बिताइरहेका छन् ।

सरकारको आस गरेरमात्र नहुने । आफ्नै लगानीमा अहिले उनीहरुले करिब १५ हजार लिटरको अन्डरग्राउण्ड पानीट्याङ्की निर्माण गरेका छन् । स्थानीय भुपाल आलेको अध्यक्षतामा समिति गठन गरेर आफ्नै श्रमदानबाट उनीहरुले उक्त ट्याङ्की निर्माण गरेका हुन् ।


करिब एक लाख रुपैयाँ खर्चमा निर्माण भएको ट्याङ्कीको उनीहरुले सोमबार विधिवत् सञ्चालनमा ल्याएका हुन् । २०५५ सालमा सोही स्थानमा निर्माण भएको तीन वर्ष नबित्दै भत्किएपछि पानीको समस्या भोग्दै आएका थिए ।

‘पानीको समस्या थियो, प्रत्येक घरका एकएक जनाले श्रमदान ग¥यांै’, अध्यक्ष आलेले भन्नुभयो, ‘तल कालिमा पुगेर आवश्यक ढुंगा गिटी र बालुवा लियौँ, इँटा आफँैले बनायौँ ।’ गाउँमा बनेको ट्याङ्कीबाट अब जतिबेला पनि खानेपानी घर आँगनमै पुग्ने भएपछि स्थानीय खुसी छन् ।

‘हामीले सानोमा जुन समस्या भोगेका थियौँ । अब त्यो समस्या हाम्रा सन्तानहरुले भोग्नु नपर्ने भएको छ’, जनता प्राविका सहप्रधानाध्यापक कर्णबहादुर सुनारीले भन्नुभयो, ‘हामीले एक घण्टासम्म हिँडेर बिहान बेलुका पानी ल्याउँथ्यौँ ।’

निर्माण भएको ट्याङ्कीमा आठ किलोमिटरमाथि डाँडाको मुहानबाट पानी ल्याएर जम्मा गरिएको छ । माथि मुहानमा समेत एक हजार लिटर पानी अटाउने गरी रिर्जभ ट्याङ्की बनाएका छन् स्थानीयले ।

पानी ट्याङ्की बनाउका लागि स्थानीयले सक्दो आर्थिक लगानी पनि गरेका छन् । ट्याङ्की निर्माण गर्न नारायणगढका ज्ञानेन्द्र बरालीले १२ बोरा सिमेन्ट सहयोग गरेका थिए । बाँकी सबै खर्च स्थानीयले जुटाएको स्थानीयवासी मोतीलाल सुनारीले बताउनुभयो । ट्याङ्की बनाउन एक लाख पचास हजार रुपैयाँभन्दा बढी खर्च लागेको उहाँले जानकारी दिनुभयो ।

ज्ञानेन्द्र बरालीले रिबन काटेर पानी ट्याङ्कीको कार्यक्रमका बीच सञ्चालन गर्नुभएको हो । उपभोक्ता समितिका अध्यक्ष भुपाल आलेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

स्वर्गको कार्यक्रमः मञ्च, बाँसको पोलमा तकियाको ओत

विहानै फोन आयो । नयाँ नंबरबाट रहेछ उठाएँ । विधुर जी कहाँ हुनुहुन्छ रु त्यताबाट प्रश्न आयो । ‘म अपिसमा छु ।’ पारी एउटा कार्यक्रम थियो जानुहुन्छ की भनेर रु ‘के होला त्यस्तो सर रु मैले प्रश्न गरेँ । एउटा खानेपानी ट्यांकीको उद्घाटन छ जाँउ न म तपाईँलाई लिन आँउछु । मैले भने हुन्छ १० मिनेट पछि आउनुस म खाना खाएर तयार हुन्छु ।

मनमनै त थियो नआइदिए हुन्थ्यो । खाना खाएर अपिसमा के उक्लिएको थिएँ फेरी त्यही नंबरबाट फोन आयो । विधुर जी खाना खानु भो रु अँ खाँइसकँे । मैले सटिक जवाफ दिएँ । उताबाट फेरी आवाज आयो शहीदचोक निस्कनुस न । हामी त्यही भेटौँला । मैले सामान्य कार्यक्रम गैँडाकोट भन्ने थियो । झटपट गरेँ चाँडै फकन्छु भन्ने भयो । सामान्य सानो स्पाइरल प्याड लिँए कलम गोजिमै थियो । शहीद चोक हानिए । उनीहरु नै आएको मोटरसाइकलमा मध्ये एकजनाकोमा बसेँ । मसँगै अरु दुई जना पत्रकारहरु पनि थिए त्यहाँ । हामी तीन पत्रकार उनीहरु तीन जना हामीलाई लिन आएका । लागियो पुल पारी ।

गैँडाकोट गाविसको खत्रि फिड्सबाट माथि लागियो । होला फेदीसम्म सोच अझै यही थियो । फेदीमा पुगे पछि जंगल छिरियो अझै माथि हो । भित्र पुरै जंगलीबाट घुमाउरो पाराले अगाडि बढेको कच्चि धुलो उडाँउदै पुग्यो । धेरै दिन भएको थियो त्यस्तो सुनसान ठाँउ नपुगेको आनन्द नै लाग्यो । करिब एक घण्टाको जंगली उकालो र ओरालो घुमाउरो बाटोमा धुलो उडाउँदै हामी पुग्यौँ । माथि ।

मलाई यस्तैमा आनन्द आउने । पाए पनि त्यस्तै । अलि माथि पुगेपछि खेल्न थाल्यो हामी विकटतिर लम्कदै छौँ क्यामरा ल्याइन थकथक भो । विकटमा समाचार धेरै पाइने अनुभव छ । रमाइलो बस्ती माथि पुग्दा तल कालि आँफ्नै सुरमा बगिरहेकी । शुन्दर दृश्य । लाग्यो यो ठाँउलाई पर्यटकिय गन्तव्य बनाउन सकिन्छ । त्यो भुगोल देखेर मेरो मनमा खेलेका कुरा हो । अझै पनि हामी गैँडाकोट गाविस मा नै थियाँै । यसरी त्यो नागवेली कच्चि बाटो सम्झना आयो पाल्पा पुग्दाको धेरैपटक मोटरसाइकलमा पाल्पाको नागवेली बाटो हिँडेको अनुभव थियो । त्यहाँ खाली बाटो पिच थियो यहाँ कच्चि ठूला ढुंगा । हामी सबै भन्दा अगाडि थियाँै । म बसेको बाइक हाँक्ने दाईले भने ‘नेपालमा प्रजातन्त्र आयो बहुदल आयो विकास भाको भनेको यही बाटो न हो ।’मलाई पनि चित्त बुझ्यो ।

ती शुन्दर दृश्यलाई कैद गर्दै अगाडि बढिरहेका थियौँ मनको मेमोरी कार्डमा आँखाको लेन्सले । क्यामारा त थिएन हामीसँग । कार्यक्रम राम्रो रैछ भने मोवाइलले नै फोटो खिचौँला भनेर निकालेको थिएन मोवाइल चार्ज पनि थिएन त्यती त्यही भएर । अगाडि बढ्यौँ । गैँडाकोट पनि कटियो । गैँडाकोटको अन्तिम विन्दु ढोडेनी हो । सानो तर शुन्दर बजार लाग्यो । मोवाइलको ठूलो टावर थियो । विकास भएकै माने गाँउलाई । त्यपछि पनि हामी माथि लाग्यौँ । आयो रतनपुर । त्यहाँ विजुली भए पनि हरेकको घरमा सोलार प्यानल थिए । पछि बुझियो विद्युत आएको छ महिना मात्र भएको रहेछ । अगाडि नै भारत सरकारले करिब आठ सय घर धुरीलाई सोलार प्यानल अनुदानमा वितरण गरेको रहेछ ।

त्यस बस्तीमा पुग्दा लाग्यो यो कुने स्वर्ग भन्दा कम छैन । अझ लाग्यो यो अप्सरा नै हो । जसको अस्मिता अझै पनि कुनै चित्रकार वा फोटोग्राफरले लुट्न पाएको छैन । पत्रकारले चुस्न पाएको छैन । समाचारा त लुटुँला मैले तर चित्रमा लुट्न पाउने भइन थकथक लागिरह्यो । भनिएको कार्यक्रमस्थलमा पुग्याँै । लागेको थियो । सुन्दर मञ्च होला आधुनिक टेण्ट पनि होला । तर ति सबै कल्पना मात्र थिए हाम्रा । त्यहाँ पुग्दाको दृश्य झन रमाइलो लाग्यो । हाम्रो स्वागतमा पञ्चकन्या थिए । चार वटा बाँसका खम्बा गाडिएको । वरिपरी ओच्छानमा विच्छाउने तकियाले बारेको माथि पनि तकियाकै ओत । कति गजब सँग बनाइएको थियो मञ्च । त्यही मञ्चका एक किसिमका अतिथि थियाँै हामी । पञ्चकन्याले माला लगाइदिए । धन्नले रमाइलो मञ्चको अर्ध तश्विर चाहिँ लिए मोवाइलले तर स्वीच अफ भो त्यतिमै । सकियो कार्यक्रम । त्यहाँको पौरखलाई सलाम गर्छु म । उदाहरणीय थियो त्यो योजना खाने पानीको । करिब आठ किमि परको मुहानबाट पानी लिएर ट्यांकीमा पानी जम्मा गरेर गाँउका विस घरधुरीलाई वितरण गर्ने लक्ष्य । अझ त्यो भन्दा पनि निमार्णको मिहिनेतले लोभ्यायो मलाई । करिब एक घण्टाको उकालो र ओरालो हिँडेर कालिबाट ढुंगा र बालुवा ओसारेका रहेछन त्यहाँ स्थानीयले । आँफैले इटा बनाएर आँफैले श्रम गरेर बनाएका रहेछन टंकी ।

अब खाना खाने प्रस्ताव आयो । मैले त खाएर आएको । केही त खानै पर्छ मतवाली जात । सगुनको रुपमा रक्सी खानै पर्ने त्यो पनि कोदोको । पाखो बारी सिँचाइ छैन पाखै थियो । अन्य आम्दानी के छ सोध्न मन लाग्यो सोधेँ । स्थानीय मोतिलाल सुनारीले भने कोदोको रक्सी हो आम्दानीको अर्को स्रोत । हुन पनि रहेछ सुनेको थिएँ । त्यहाँबाट रक्सी नारायणगढको बजारमा झर्छ । सँच्चि एउटा उद्योगग्राममा नै पुगेका थियौँ हामी । लोकलको । हरेकको घरमा रक्सी बन्दो रहेछ । खान साह्रै कर गरेका थिए । दिउसै मन थामियो । वियरको प्रस्ताव पनि आयो खाइएन । एउटा कालो खसी ढालेका रहेछन् हाम्रा लागि भनेर । लोकल कुखुरा पनि काटिएको रहेछ । खसीको मासुर चिउरा खाइयो अरु साथिहरुले खाना पनि खानु भयो । यसरी लामो दुरीको छोटो कार्यक्रम सकेर फर्कियो । फेरी जाने रहर छ । त्यो बस्तीमा । त्यहीबाट सुने त्यहीबाट पुगिने रहेछ पाल्पा रामपुर । बुटवल तिरबाट त गएकै थिए । मनमनै सोचेर फर्किए । ए अप्सरा तिम्रो अस्मिता लुट्न म फेरी आउने छु मेरी सुन्दर प्रेमिकासहित ।

Sunday, March 17, 2013

नयाँ सरकारसँगै चितवनमा पनि निर्वाचनको चहलपहल

भरतपुर । अन्तरिम मन्त्रिपरिषद्को गठनसँगै केन्द्रमा निर्वाचनको चहल पहल सुरू भएको छ । त्यसैको प्रभावसमेत चितवनमा देखा परेको छ । जिल्ला निर्वाचन कार्यालयले निर्वाचनसम्बन्धी कार्यक्रमहरु धमाधम गर्न थालेको छ ।

निर्वाचन हुने, नहुने अनिश्चितलाई तोड्दै गत बिहीबार बहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा दोस्रो संविधानसभाको निर्वाचनका लागि अन्तरिम मन्त्रिपरिषद् गठन भएको हो ।  दलीय सहमतिका आधारमा आगामी वर्षको असार ७ गतेलाई संविधानसभाको अर्काे निर्वाचन मिति तय गरिएको छ । सोहीअनुरुप निर्वाचन कार्यालयसँगै चितवनका दलहरुमा पनि यसको चटारो छाएको छ ।


निर्वाचन कार्यालयले मंगलबारदेखि प्रत्येक गाविस तथा नगरपालिकाका वडाहरुमा फोटोसहितको मतदाता नामावली संकलन अद्यावधिक कार्य थाल्ने भएको छ । यसको तयारी स्वरुप प्रत्येक गाविस तथा नगरपालिकाका वडा सचिवहरुलाई एक दिनको प्रशिक्षणसमेत दिइसकेको छ ।

कार्यालयले मतदाता अध्यवधिक गर्नका लागि ११ जना मतदाता दर्ता अधिकारी, ६३ जना  सहायक दर्ता अधिकारी, ६३ जना सहायक नाम दर्ता कर्मचारी, ६३ जना निर्वाचन शिक्षा कार्यकर्ता, ६३ जना कार्यालय सहयोगी र १२६ जना सुरक्षा कमीसहितको ३८९ जनाको टोलीलाई गाउँगाउँमा परिचालन गर्ने भएको छ ।

मतदाता अद्यावधिक गर्नका लागि पाँच चरणको कार्यक्रम तयार गरिएको छ । त्यसअन्तर्गत चैत २६ गतेसम्म मतदाता नामावली अद्यावधिक गरी चैत मसान्तसम्ममा निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा पेस गर्ने जिल्ला निर्वाचन आयुक्त हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।

‘केन्द्रीय कार्यालयले दिएको निर्देशन बमोजिम  मतदाता अद्यावधिक गर्न कार्य गरिनेछ’, उहाँले भन्नुभयो, ‘अद्यावधिक गरिएको नामावली चैत मसान्तसम्ममा केन्द्रीय कार्यालयमा पठाउने भन्ने निर्देशन आएको छ ।’ प्रत्येक गाविसमा तथा नगरपालिकाका वडाहरुमा पुगेको टोली तीन दिनसम्म सम्बन्धित कार्यालयमा रहने उहाँले बताउनुभयो । 


त्यस्तै, जिल्लाका १४० मतदान केन्द्रहरुको समेत नक्साङ्कनसमेत गरिएको जिल्ला निर्वाचन प्रमुख ढकालले जानकारी दिनुभयो । जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार जिल्लामा कुल तीन लाख ४७ हजार ९९० मतदाता रहेकोमा मंसिर मसान्तसम्ममा दुई लाख ४४ हजार ७१८ जनाले मात्र फोटोसहितको मतदाता नामावली दर्ता गराएका छन् । यसरी दर्ता छुट भएका कुल एक लाख तीन हजार २६२ जनामध्ये ३३ हजार ६२१ जना जागिर तथा व्यवसायको गर्न अन्य जिल्लामा रहेको समेत कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै, ३७ हजार ५६१ जना रोजगारीका लागि विदेश रहेकोले उनीहरु छुटेको कार्यालय प्रमुख ढकालले जानकारी दिनुभयो ।त्यसबाहेक नागरिकताको प्रमाणपत्र नभएका र अन्य कारणले दर्ता गर्न नचाहेका उहाँले बताउनुभयो । त्यस्तै, निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गर्नका लागि जनचेतनासम्बन्धी कार्यक्रमसमेत गाँउगाँउमा सञ्चालन गरिरहेको जनाएको छ । कार्यालयले सञ्चार माध्यमबाट सन्देश प्रवाह गर्नुका साथै माइकिंग गर्ने काम गरिरहेको प्रमुख ढकालले जानकारी दिनुभयो ।

कार्यालय स्थानीय स्तरमा वडा नागरिक मञ्चका पदाधिकारीहरुलाई समेत परिचालन गर्ने तयारी गरेको छ । पछिल्लो तथ्याङ्कमा नेपालमा एक करोड १० लाखले फोटोसहितको मतदाता नामावलीका लागि फोटो खिचाएका छन् । नेपालमा कुल जनसंख्यामध्ये एक करोड ७६ लाख ११ हजार ८३२ जना मतदानका लागि उमेर पुगेका नागरिक रहेको निर्वाचन आयोगले जनाएको छ ।

यसैबीच जिल्ला निर्वाचन कार्यालयले आइतबार जिल्लाका क्रियाशील राजनीतिक दल तथा सरकारी निकायका प्रमुखहरुसँग अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यालयले सबैलाई निर्वाचन पक्रियामा सहभागी हुन तथा सबै जनतालाई सहभागी गराउन पहल गर्नसमेत आग्रह गरेको छ । 

Friday, March 15, 2013

पुस्तक समीक्षा : थाल थालमा सपना ः वीर्यको मोर्चामा बमका गोलाहरु

एउटा प्रगतिशील पुस्तक हात लागेको छ । एकपटक पढेँ, दोहो¥याएर पढेँ । बिम्बको समग्र प्रयोगले रोचक कविताहरुको बाढी पाएँ, कवि रेशम विरहीको कवितासंग्रह ‘थाल थालमा सपना’मा । कवि विरहीसँगको सम्बन्ध मसँग अहिलेसम्म नजिकको छैन, तर पनि मेरा प्रिय कविताहरुका कारण म आफूलाई नजिकको झैँ महसुस गर्छु ।

‘थाल थालमा सपनाहरु’ एक प्रयोगधर्मी कविताहरुको संग्रह हो । यसलाई प्रगतिशील साहित्यको पाटोका रुपमा समेत लिन सकिन्छ । कवि विरही बिम्बात्मक कविका रुपमा प्रकट भएका अधिकांश कविताहरुमा समाजको विसंगतिप्रति खरो रुपमा उत्रिएका छन् । उनी कवितामा देश रोएको कथाहरुलाई उन्न सफल भएका छन् । उनी आफ्नो देशभित्रै आफूले परिचय खोज्न बाँकी रहेको कुरालाई यसरी प्रस्तुत गर्छन् ः
।।हामी।।
हामी के हाँै
जसको पहिचान खोज्न अझैँ बाँकी रहेछ
नेपालका नाममा !
(नेपाल)


हामीले आफूलाई नेपाली भनेर परिचय दिँदै गर्दा साँच्चै हामीमा नेपालीपन छ या छैन, त्यसको मूल्यांकन जरूरी रहेको कविको भनाइ छ । कुल ३६ वटा कविताहरु समावेश गरिएको संग्रह हो, ‘थाल थालमा सपना’ । आफैँमा शीर्ष कविता नभए पनि कृतिको शीर्षक बिम्बात्मक छ । यहाँ हरेकले सपनाहरु देख्ने गरेका छन् । हरेकसँग आफ्नै सपनाहरु हुन्छन्, तर ती सबै सपनाहरु पूर्ण हुन्छन् भन्ने छैन । ती अपूर्ण सपनाहरुको प्रतिनिधित्व यस कृतिले गरेको छ ।
‘प्लाटुन कमान्डर रितबहादुर शहीद हुनुभो
फूलमतीले न प्लाटुन कमान्डर बुझी
न शहीद बुझी,
रितबहादुर मात्र बुझेर अक्मकिएकी फूलमतीलाई
कसिलो मुठी आकाशतिर तन्काउँदै
फौजी झुन्ड चुपचाप ओरालो झ¥यो
फूलमतीले केही नबुझेर
मौन आँखाले हेरिरही ।’
(प्लाटुन कमान्डर रितबहादुर)


एउटा सपनाको प्रतिनिधि कविता हो, प्लाटुन कमान्डर रितबहादुर । परिवर्तनको सपना बोकेर गएको रितबहादुर र उसकी आमा फूलमतीको संवेदना प्रस्तुत गरिएको छ कवितामा । अबोध फूलमतीलाई सपनामाथि सपना बेचिएको छ । शहीद र प्लाटुन कमान्डर नबुझेकी उनले खाली मुठी उठाएर सलाम मात्र गर्न जानिन्, खाली सपनाका खातिर । संग्रहमा यस्ता कविताहरु प्रशस्त पाइन्छन् ।

त्यतिमात्र होइन, कवि सचेत छन वर्तमान नेपालको अवस्थाप्रति, कहीँकतै नेपालीले आफ्नो स्वाभिमान गुमाउँदै त छैेनन् भन्नेबारेमा ! यस्तै कविताको प्रतिनिधि कविता हो, ‘विर्खबहादुरको टोपी’
मुसाहरुबाट बचायो
धमिरा र कीराबाट बचायो
घाम–पानी पचायो र बचायो ।
पुस्तौँदेखि–
मुटुको स्पन्दनसँगै
माया गरेर बचाएको
विर्खबहादुरको टोपी
आज किन एकाएक
उसकै शिरबाट हराउने
उपक्रम सुरू भयो ?
(विर्खबहादुरको टोपी)


देशको सिमाना लुटिएको बेला कवि आफ्नो देशमा आउने पर्यटकले नेपालीलाई तिम्रो देशको नक्सा कसरी बनेको छ भनेर प्रश्न गरिरहेको बताउँछन् ।
प्रिय पर्यटक !
तिम्रो यात्राको भिजिटिङ कार्डमा
कोरिएको छ–
हाम्रो देशको नक्सा
तथापि यहाँ आइपुगेपछि
बसाइँ सरिरहेका पिल्लरहरु र
पानीमाथि कोरिएका अक्षरजस्ता
सीमारेखा देखेर
अल्मलिने छौँ एकपटक
र सोध्ने छौँ–
कसरी कोरियो नेपाली
तिम्रो देशको नक्सा ?
र कहाँ देख्न पाइन्छ असली अनुहार ?
(तिम्रा यात्रा ः हाम्रा चिसा सपना)


प्रत्येक कविताहरुले आफ्नै संवेदना बोकेको भए पनि हरेक कविताहरु आफैँमा उत्कृष्ट र बिम्बात्मक छन् । बिम्ब र प्रतीकहरुको प्रयोगका दृष्टिले हेर्ने हो भने कविताहरु बढी दार्शनिक छन् । एउटा लेखक वा कविलाई बिम्बात्मक रुपमा कवितामा विरहीले यसरी उतारेका  छन् ः
ऊ आफू सम्भोग गर्छ
र बाँड्छ उत्तेजना
विचारको रुढ सन्निपातले ग्रस्त
मानिसहरु अघि
आतंक भएर प्रकट हुन्छ
मानिसहरु त्रस्त छन्
मानिसहरु ग्रस्त पनि छन्
देखेर सधैँ वीर्यका मोर्चाहरुमा बमका गोलाहरु ।
(एउटा सम्भोगरत मानिस)


सामान्य अर्थमा विचारको गोलीले युद्ध लड्ने कवि तथा लेखकहरु उनको यस कवितामा वीर्यको युद्ध लडिरहेका छन् । सम्भोगको युद्ध लडिरहेका छन् । सम्भोगले सृष्टिको सिर्जनामा सहयोग पुग्छ । त्यस्तै, विचारलाई बढाउन, फैलाउनका निम्ति सम्भोगको आवश्यकता रहेको छ भन्ने देखाएका छन्, बिम्बात्मक रुपमा कविले । शीर्षक आफैँमा पनि प्रतीकात्मक छ ।

नेपालीहरुको पुस्तान्तरलाई कविले कवितामा सरस ढंगले प्रस्तुत गर्न खोजेका  छन् । तीन पुस्ताको विवेचना गरेर नेपालको अहिलेको अवस्था देखाउन सफल छन् ।
पहिलो पुस्ताले
दूध र भात माग्यो

दोस्रो पुस्ताले
उन्मुक्ति माग्यो

तेस्रो पुस्ताले माग्यो
देशप्रतिको एक मुठी माया
तर बिचरा
तिनको माया दिने मुटु नै थिएन

केवल थियो
चैतन्य हराएको
मासुको पहाड जस्तो
स्थुल शरीर !
(पुस्तान्तर)


हिजो परिवर्तनका लागि भएका अनेकौँ आन्दोलन, युद्ध र क्रान्तिका साक्षी हुन् कवि । कवितामा प्रत्येक आन्दोलनमा कविको सहभागिता रहेको कुराको महसुस हुन्छ । हजारौँले परिवर्तनका लागि उत्सर्ग गरेको रगतका साक्षी हुन् कवि । उनी आफूलाई साक्षीका रुपमा प्रस्तुत गरेका छन, परिवर्तनका लागि लड्ने सिपाहीहरुको र तिनै सिपाहीहरुमाथि धोखाको पनि ।

नयाँ शहस्राब्दीको समयभन्दा
धेरै पछाडि परेको उसको आयतन
अझै खुम्चँदै गएको स्पष्ट बोधले –
ऊ झन् आक्रान्त भयो ।
र, अन्तिम निष्कर्ष
जर्जर वर्तमानबाट
प्रखर वर्तमानको खोजीमा
आफैँले टेकेका पाइतालाका डोबहरु
एकपटक गहिरिएर हेर्न थाल्यो ।
(साक्षी)


कविले प्रेमलाई समेत प्रतीकका रुपमा प्रयोग गरेका छन् । कवितामा दार्शनिक प्रेमको परिभाषा दिन सफल भएका छन् । वर्तमानमा देखिएको प्रेमलाई पशुवत् प्रेमका रुपमा संकेत गरेका छन्, कविले कवितामा ः
पशुहरुको प्रेम सागरजस्तै
म आफ्नो प्रेमको हिस्सा
मुटुको एउटा कुनामा सुरक्षित राख्दै
मेरो प्रेमको दर्शनशास्त्रका पानाहरुबाट उतारेर
लेखिरहेछु– प्रेमको घोषणापत्र
(प्रेम सागर)


कवितासंग्रहमा कविलाई आञ्चलिक कविका रुपमा अध्ययन गर्नसमेत सकिन्छ । उनका कविताहरुमा आञ्चलिकताको समेत भरपूर प्रयोग गरिएको छ । नेवारी थिङ्को चेतना, दासढुंगा, नेपालगन्ज पोट्रेट, नेपालगन्ज, थवाङ–संलाप, मंगली गुप्ताको पान आदि कविताहरु बिम्बात्मकसँगै आञ्चलिक पनि छन् ।

कवि विरहीको यो कवितासंग्रह आफैँमा उत्कृष्ट संग्रह हो भन्नेमा दुई मत देखिँदैन । कविताहरुमा उनलाई शब्दहरुको सूत्रधारका रुपमा देख्न सकिन्छ । शब्दमा उनले कुनै कन्जुस्याइँ गरेका छैनन् ः
म मेरो मनसँग सोधिरहन्छु
निरन्तर सोधिरहन्छु
अनगिन्ती यात्राका गल्छेडामा उभिएर
प्रश्न गरिरहन्छु
तिमी गुलिभर हौ ?
कि यायावर ?
(मन)


बौद्धिक पाठकहरुका लागि कवितासंग्रह अचुक खुराक बनेको छ, तर कविका कविताहरु आमपाठकले भने बुझ्ने खालका छैनन् । कविता पढ्दै गर्दा कयाँै पटक उनीहरुले शब्दकोश पल्टाउनु पर्ने हुनसक्छ । तर, पनि कवि एक सशक्त प्रगतिवादी रुपमा यस कवितासंग्रहमा उपस्थित भएका छन् । अर्काे कुरा भन्नुपर्दा कविताहरुमा भाषिक शुद्धतालाई कमै मह¤व दिएको जस्तो लाग्छ, त्यसलाई पनि सुधार्नु पर्ने आवश्यकता देखिन्छ ।

कविले आफ्नो समग्र समाजप्रतिको दृष्टिकोण हरेकजसो कवितामा प्रस्तुत गर्न सफल छन्– देशको विसंगत अवस्था, आममानिसको निराशा, असफल भएका सपनाहरुलगायत । तिनै अपूर्ण सपनाहरुको परिणामलाई कवितासंग्रह ‘थाल थालमा सपना’ले बोकेको छ । कवि विसंगतिलाई प्रस्तुत गर्ने कवि हुन् । प्रगतिवादी चेतना, प्रयोगवादको उपयोगिता, बिम्ब र प्रतीकहरुको समग्र प्रयोग, व्यङ्ग्य चेतनाका दृष्टिले साँच्चै कवितासंग्रहले वीर्यको मोर्चामा बमका गोलाहरु बर्साउन सफल भएको छ ।
 

Thursday, March 14, 2013

आँफू आम नागरिक भएको भट्टराइको ट्वीटरमार्फत प्रतिक्रिया

भरतपुर । १८ महिना १८ दिनको सत्ताको बागडोरबाट डा. बाबुराम भट्टराई आजै देखि विदाई भएका छन । राजनीतिक सहमति पछि अन्तरिम चुनावि परिषद्को अध्यक्षमा प्रधानन्यायाधीश खिलराज रेग्मीले सपथ लिएसँगै उनी विदा भएका हुन ।
प्रधानमन्त्री पदबाट निवर्तमान भएसँगै सम्पूर्ण समान सहित बालुवाटार देखि सानेपा डेरामा सरेका भट्टराईले ट्वीटर मार्फत आँफू आम नागरिक भएको प्रतिक्रिया दिएका छन । ‘अब म आम नागरिक भएको छु’, ट्वीटरमा उनले लेखेका छन, ‘ १८ महिना १८ दिनको लामो यात्रामा मेरो पक्षमा उभिनु हुने सम्पूर्णलाई धन्यबाद ।’

Tuesday, March 12, 2013

सपना तिम्रो खोजीमा

विधुर ढकाल ‘प्रिय सिर्जन’
सहरको बीच हराएको
मनलाई खोज्दैछु आज म
सपनाहरु सुन्दर देख्दा सपनाको खोजीमा
हिँडेको मन आज मैसँग छैन
केवल तन छ साथ
मनको तस्बिरमात्र छ एउटा समवेदनाको लागि ।

सपनाको खोजीमा निस्किएको मनलाई
म बिपनामा खोज्दैछु
परेलीका तरेलीहरुबाट आँशुका बलेँसी खस्दा
मन पनि सँगै खसेथ्यो
बलेँसीबाट बग्दै सागर भेट्न पुगेको मनलाई
म यहाँ कहीँकतै पाइन्छ कि भनेर
खोज्दैछु आशैआशमा
यो तनलाई दिग्भ्रमित पारेर ।

मलाई थाहा थियो
त्यो सागरमा
यो मन तिमीलाई भेट्न जाँदै थियो
र पनि म रोक्न सकिनँ
सक्थेँ पनि त म कसरी
तिमीविना अधुरो थियो नि यो
यहाँ मसँग
यो मृत लासलाई नियालेर मात्र
कति बसोस् र मन
यो मसानघाट कुरेर ।

त्यसैले त मैले
जान दिएँ यो मनलाई सपना तिम्रो खोजीमा
तिमी कहीँकतै भेटिन्छ्यौ कि भनेर
जिन्दगीका नदीहरु तर्दै गर्दा
कहीँकतै मानवले बनाएका बाँधहरुमा
कोशी र गण्डकी ठूला ब्यारेजहरुमा
वा तिमी तालिएर पो बसेकी छ्यौ कि
कहीँकतै सागर नपुगेर
झीनो आशमा तिम्रै खोजीमा सपना
परेलीका छानाहरुबाट आँशुका बलेँसीसँगै मनलाई
पठाएको हुँ मैले यो मनलाई ।

मैले यो पनि सम्झना गरेको हुँ
सपना तिमी फर्केर आउने छैनौ
तर पनि आश त लाग्दो रहेछ नि
तिमी मेरो पहिलो प्रेम
जसलाई मैले पहिलो पटक देखेँ
सम्झना पनि छ तिमीले भनेका कुराहरु
भन्थ्यौ तिमी
मलाई देख्ने तिमीमा औकात छैन
तिमीले जति सजिलोसँग मलाई देख्यौ
म तिमीलाई प्राप्य छैन ।

म सुन्दर सपना
तिम्रो लागि बनेकी होइन
तिम्रो भनाइ यही थियो होइन ?
तर पनि मैले तिमीलाई देखेँ
चाहेँ र पाउने आशामा पुनः देखिरहँे,
एक झिल्को आशा देखाएर भागेकी तिमी
तिमीलाई खोज्न
यो मन पठाएको छु
तिम्रै बस्तीमा सपना
तिमी फर्केर आइदेऊ है
मेरो मनसँग यो तनलाई सजाउन
(रुपन्देही, हाल ः भरतपुर )

शीर्षक आँफै दिनुहोला

सायद रुँदा रुदै आँशुका भेलहरु पनि सकिन आँटे होलान । सिरानीको खोलमा टाटो बसिसक्यो तर पनि मनमा लागेको घाउमा भने अझै खाटा बस्न सकेको छैन । आँफ्नो भन्नेले नै छुरा रोपेर जाँदा तनको घाउले भन्दा मनको घाउले पीडा दिने रहेछ । सम्झन्छु कान्छु म तिमी बाहेक अरु कसैको हुनै सक्दिन् । आहा कस्तो चेपारे हुन्थ्यो उसको वोली म त्यसमा नै मख्ख हुन्थे ।

अहिले उसले पठाएका एसएमएसहरुलाई हेरेर बस्नु बाहेक मेरो अर्काे चित्त बुझाउने ठाँउ नै छैन । हर रात उसले पठाएका एसएमएसहरु हेर्छु र कल्पना गरेर बस्छु आजै पठाएकी हो मेरी कालीले । कहिलेकाँही कल्पनाले पनि आनन्द दिँदो रहेछ तर पनि आनन्द मात्र दिन्छ तर मनको भेललाई आँखाको डिलले छेक्न भने सक्दो रहेनछ । त्यस्तै हुन्छ अविछिन्न बग्छन नयनबाट आँशका बुँदहरु ।
लेख्दै गरेको लामो कथा वा उपन्यास के हुन्छ त्यसको केही अंश पुराको लागि प्रतिक्षा गर्नुहोला..............

Monday, March 11, 2013

विधुरका चार हाइकु

१. जुनेली रात
तिमी, म एक साथ
प्यारका कुरा

२. बन्द त्यो कोठा
चुम्वन गर्दै तिमी
ढोका ढक्ढक

३.प्रीयषी तिमी
एक्लो म आउन है
सुटुक्क भागी

४.चुम्वन तिम्रो
मरेँ म, प्रेम पासो
लगाइदियौ



Sunday, March 10, 2013

‘आफूजस्तै दृष्टिविहीनहरुको सेवा गर्ने चाहना छ’ ः प्रकाश तिमिल्सिना

एक वर्षको छँदा कोसीको बाढीले बगाएर परिवार त गुमाए–गुमाए उनले, तर आफ्नो दृष्टि पनि गुमाउन पुगे । समयले अहिले उनलाई प्रकाश तिमिल्सिना भनेर चिनाएको छ । ‘प्रिय तिम्रो सिउँदोमा सिंदूर भर्न देऊ’ बोलको गीत गाएर चर्चामा आएका गायक तिमिल्सिनासँग गरिएको कुराकानीको मुख्य अंश ः

१. सुरूमा नै तपाईंको जीवनीबाट कुरा गरौँ । तपाईंको जन्म कहाँ र कहिले भयो ?  
– मेरो जन्म वि.सं. २०४४ वैशाख १ गते सुनसरी प्रकाशपुरमा माता तुलसीमाया र पिता रामप्रकाश तिमिल्सिनाको एक्लो छोराका रुपमा भएको हो । २०४५ सालमा आएको भूकम्पपछि कोसीमा आएको बाढीसँगै मेरो घर र मेरा सबै परिवारलाई गुमाएको थिएँ । 

२. तपाईंको बाल्यकाल कहाँ र कसरी बित्यो ?
  – बाल्यकाल मेरो दर्दनाक घटनासँगै सुरू भएको हो । बाढीमा मैले मेरा आमाबुबालाई गुमाएँ । त्यसबखत म आमाबुबासँग सुतेको थिएँ । म पनि कोसीमा बगेको थिएँ । म माझीको जालमा परेर बाँचेको हुँ । त्यस बाढीमा परेर मैले आफ्ना अंकल र हजुरबुबा पनि गुमाएँ । 

३. तपाईंले एक वर्षको उमेरमा नै परिवार गुमाउनुभयो । त्यसपछि तपाईं कसको संरक्षणमा हुर्कनुभयो ? –सायद, भगवान्ले पनि संरक्षणका लागि कसैलाई छाड्छ होला । त्यस्तै, बाढी आउनु अघिल्लो दिन मेरी हजुरआमा देवीमाया तिमिल्सिना बिरामी भएर अस्पतालमा भर्ना हुनुभएको थियो रे । म उहाँको संरक्षणमा हुर्केको हुँ । उहाँले अनेक दुःख, कष्ट गरेर म हुर्किएको हुँ । हजुरआमा पनि २०६७ जेठ १६ गते बित्नुभयो । म अहिले एक्लै छु । बाल्यकाल धरानमा केही सुख र दुःखमय तरिकाले बित्यो । मैले जीवन पाएँ पनि  आँखाको दृष्टि भने गुमाउन पुुगेँ । मेरो नौ वर्षसम्मको बाल्यकाल धरानमा बित्यो, त्यसपछि लेटाङमा बित्यो । म लेटाङमा छँदा नेमधारी मण्डल सरले मलाई धनकुटाको हिलेभन्दा माथि सिँदुवामा लगेर मलाई पढाउनुभयो । त्यतिबेलासम्म म गीत गाएर परिवारको केही सहारा बनिरहेको थिएँ । 

३. तपाईंको शिक्षाको कुरा गरौँ । कतिसम्म अध्ययन गर्नुभएको छ तपाईंले ?
  – मैले १२ पास गरेको छु । म पाँच कक्षासम्म सरस्वती मावि सिँदुवामा नै पढेको हुँ । एक जना जेवाना स्टुर्ड बेलायती नागरिक हुनुहुन्छ । उहाँलाई म सम्झन चाहन्छु । उहाँ गाउँ विकासको प्रोजेक्ट ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ लिएर आउनुभएको थियो । उहाँले नै मेरो बाँकी पढाइ पूरा गर्न सहयोग गर्नुभयो । एसएलसी कीर्तिपुरको एक विद्यालयबाट २०६३ सालमा प्रथम श्रेणीमा पास गरेँ । त्यसपछि सगरमाथा उच्च माविबाट प्लस टु  पास गरे पनि मैले पढाइलाई निरन्तरता दिन सकिनँ । 

४. तपाईंले पढाइलाई किन निरन्तरता दिनुभएन त ?
  – एक त, त्यतिबेला मेरो आर्थिक स्थितिले पनि दिएन र अर्काे, म संगीतमा लागेको थिएँ, त्यसलाई समय दिँदा पढाइलाई निरन्तरता दिन सकिनँ । 

५. गीत–संगीतप्रति तपाईंको लगाव कसरी बढ्यो ? 
 – जब म तीन वर्षको थिएँ, त्यतिबेला मलाई दुःख–सुख गरेर हुर्काउनुभएकी हजुरआमाले मलाई एक जना लाहुरेको बिहेमा लानुभएको थियो । त्यहाँ क्यासेट प्लेयरबाट गीत बजेको सुनेँ । हजुरआमाले त्यसले खान्छ करेन्ट, लिन्छ ज्यान भन्नुहुन्थ्यो । त्यहाँ बजेका गीत मैले पनि गुनगुनाउन थालेँ रे । त्यसपछि मलाई सबैले माया गर्थे रे । मलाई खाना खुवाउनसमेत गीत–संगीतको सहारा लिनुप¥यो रे, हजुरआमाले । 

चार–पाँच वर्षको हुँदा मलाई हजुरआमाले एक ब्याट्रीवाला रेडियो किनिदिनुभएको थियो । रेडियो आडैमा राखेर सुनिरहन्थेँ । ११ बजे रेडियो बन्द भएपछि मात्र रेडियोका मान्छे खाना खाना गए भनेर मैले  खाना खान्थेँ । मलाई त्यसपछि गाउँका सबैले रेडियोले भनेजस्तो भन भन्थे । मैले गीत गाउँदा माया मानेर बिस्कुट खान दिन्थे । गीत गाए खान पाइँदो रहेछ भन्ने लाग्यो । यसरी नै खानको लागि मैले गीत गाउँन थालेँ । मैले कहिले १० रूपैयाँमा गीत गाएँ, कहिले एक झोला नासपतीका लागि गाएँ । मेरो गुजारा पनि चलेको थियो यसबाट । आठ कक्षामा पढ्दा मैले नेपाल टेलिभिजनको ‘ब्राइटर तिम्रो सुर, मेरो गीत’ भन्ने कार्यक्रममा मैले भाग लिएँ । पछि मैले जित्ने पक्कापक्की थियो, तर प्रायोजन नपाएर त्यो रोकियो । त्यसपछि मैले २०६४ सालमा ‘साउथ एसियन स्टार’ नेपाल भन्ने इमेज च्यानलको एक कार्यक्रममा चार हजार जनालाई जितेपछि भारतमा ‘साउथ एसियन सुपरस्टार’मा भाग लिन पाएँ । त्यो कार्यक्रममा म फाइनलिस्ट भएको थिएँ । मैले बेस्ट इंग्लिस प्रोनाउन्सेसन पाएको थिएँ । त्यही कार्यक्रममा बलिउडकी नायिका प्रियंका चोपडा गेस्ट जज बनेर आउनुभएको थियो । उहाँले मलाई दाहिने हातमा चुम्नुभएको म भुल्दिनँ । यसरी सुरू भएको मेरो संगीत–यात्रा अहिलेसम्म चलिरहेको छ । 

६. गीत–संगीतमा लाग्नुभयो, नाम पनि कमाउनुभयो । अहिलेसम्म तपाईंका एल्बम कतिवटा छन् र पहिलो एल्बम कुन हो ? 
 – मेरो पहिलो एल्बम ‘दिव्यदृष्टि’ हो । झापाको टंक सिटौलाले निर्माण गर्नुभएको हो, त्यो । राष्ट्रपति रामवरण यादवले विमोचन गर्नुभएको थियो एल्बम । त्यो एल्बमले निर्माताको लगानी उठाउन सकेन । त्यसपछि, मैले ‘आरपी ६६’ एल्बममा गीत गाउँन पाएँ । त्यसमा मैले ‘प्रिय तिम्रो सिउँदोमा सिंदूर भर्न देऊ’ भन्ने बोलको गीत गाएको थिए । स्वर्गीय प्रकाश केसीको शब्द छ त्यसमा । त्यही गीतले मलाई प्रकाश भनेर चिनायो । यो गीतको लागि मैले कालिका अवार्ड र अन्नपूर्ण म्युजिक अवार्ड पाएँ । त्यसपछि मलाई रिवेल क्रियसनले आर्टिस्टका रुपमा लियो । रिवेलबाटै मैले प्रकाश नामको एल्बम निकालेँ यसको ‘तिम्रै हातको सिंदूर लाउँछु’ भन्ने गीत चर्चित भयो । अहिले श्रद्धाञ्जली एल्बमको तयारीमा छु, वैशाखमा परेको मेरो जन्मदिनमा बजारमा आउँछ । 

७. गीत–संगीतमा लागेर थुप्रै स्थानमा पुग्नुभयो होला । कहाँ–कहाँ पुग्नुभयो ?  
– मैले थुप्रै कन्सर्टहरु गरेको छु । नेपालका अधिकांश भागमा पुगेको छु । विदेशमा हङकङमा दुई पटक, कोरिया, कतार र दुबई पुगेको छु । लन्डनबाट पनि अफर आएको छ । 

८. यसरी कन्सर्टमा गाउँदाको अविस्मरणीय स्मरण सुनाइदिनुस् न । 
 – मैले कन्सर्ट गरेका ठाउँहरुमा म दोलखाको चरिकोटलाई सम्झन्छु, जहाँ मैले आठ हजार दर्शकका माझमा गाएको थिएँ । त्यही कन्सर्टबाट मेरो आँखाको उपचारका लागि केही रकम संकलन भएको पनि छ । 

९. आँखाको उपचारको कुरा गर्नुभयो । उपचारको कुरा कहाँसम्म पुगेको छ ? 
 – आँखाको उपचार सम्भव भएको बुझेको छु । अस्ट्रियामा उपचारका लागि जानुपर्छ, त्यहाँको अस्पतालमा उपचार हुन्छ भनिएको छ । त्यसका लागि ४५ लाख लाग्नेछ, पैसा जम्मा गर्दैछु । सहयोगीहरुले पनि सहयोग गर्दै हुनुहुन्छ । चाँडै नै संसारलाई देख्छु जस्तो लागेको छ । 

१०. तपाईंका गीत–संगीतबाहेक भविष्यका योजना के–के छन् ? 
 – मेरो भविष्यको योजना भनेको समाजसेवा हो । मलाई आफूजस्तै दृष्टिविहीनहरुको सेवा गर्ने चाहना छ । दृष्टिविहीनहरुलाई शिक्षा पु¥याउन चाहन्छु । हामी केही शिक्षित दृष्टिविहीनहरुले एसोसिएसन बनाउँदै छौँ । त्यही संस्थाले विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा शिक्षा प्रदान गर्ने योजना छ । 

११. सरकारले तपाईंहरुजस्ता दृष्टिविहीनहरुका लागि के गरेको छ र के गर्नुपर्र्छ जस्तो लाग्छ ? 
 – नेपाल सरकारले केही गरेजस्तो लाग्दैन । नेपाल आफैँमा राजनीतिक खिचातानीले जेलिएको छ । दृष्टिविहीनहरुका लागि प्रयोग गर्न सक्ने किसिमका भौतिक संरचना निर्माण गरिनुपर्छ । विद्यालयहरुमा ब्रेल शिक्षा दिनुपर्छ । 

१२. नेपालमा गीत–संगीतको स्तर कमजोर छ भनिन्छ । यसको स्तर बढाउन के गर्नुपर्ला ? 
 – नेपालमा गीत–संगीतको स्तर उकास्न धेरै गर्नुपर्छ । पहिलो त कानुन बनाउनुपर्छ । सरकार सक्रिय बन्नुपर्छ । च्याउ उम्रेजस्ता स्टुडियो खुलेका छन् । तपाईंलाई थाहै छ, पैसा भए गफ गर्नेले पनि एल्बम निकाल्न पाउँछ । म्युजिक भिडियो बनाउन पाउँछ । सरकारले कम्पनीलाई नियन्त्रण गर्न जरूरी छ । अर्काे कुरा, पाइरेसी रोक्नुपर्छ । 

१३. पाइरेसी नियन्त्रणका लागि प्रतिलिपि अधिकार ऐन बनेको छ नि, होइन ? 
 – बनेको त छ, कार्यान्वयन हुन सकेको छैन । संगीत तथा कलाकारका संघ मात्र छन्, तर काम गरेका छैनन् । १४. तपाईंको उमेर ढल्किँदै छ । बिहेका बारेमा के सोच्दै हुनुहुन्छ ?  
– सबैको इच्छा हुन्छ, बिहे गर्ने र घरजम गर्ने । मेरो पनि इच्छा छ । सायद, भगवान्ले साथ दिए भने चाँडै हुन्छ । 

१५. अन्त्यमा, तपाईंले भन्न चाहेको र मैले सोध्न भुलेको केही कुरा छन् कि ? 
 – सर्वप्रथम, तपाईं र चितवन पोष्टलाई धेरै–धेरै धन्यवाद छ कि मेरा कुराहरु बाहिर ल्याउने मौका दिनुभयो । अनि, मलाई माया गर्नुहुन्छ र मेरो गीत मन पराउनुहुन्छ भने सबैले मेरो एल्बम किनेर सुनिदिनुहोला भन्न चाहन्छु ।

देशभरका गजलकार चितवनमा

रचनाबाटै सत्ता ढाल्ने उद्घोष

नारायणगढ । 
‘पर्खाल कडा तोडेर आँउछु ।
आँउछु पक्कै पिंजडा तोडेर आँउछु ।।
तिमी गजल लिएर बस चितवन,
म सिन्धुलीको अखडा तोडेर आँउछु ।।’

सिन्धुलीकी स्रष्ठा सरिता श्रेष्ठले जस्तै गजल वाचन गर्न शनिबार चितवनमा धेरै जिल्लाका अखडाहरु तोडेर उपस्थित भएका थिए एकसय बढी गजलकारहरु ।
नारायणगढमा जम्मा भएका उनीहरुले गजल र मुक्तक लेखेर परिवर्तन गरिदिनेसमेत उद्घोष गरेका छन् । हाम्रो मझरी साहित्य प्रतिष्ठानले आयोजना गरेको हाम्रो मझेरी स्वर्णंक समारोहमा उनीहरुले यस्तो उद्घोष गरेका हुन् ।
पूर्वबाट आएका बादल घिमिरेले यसरी मुक्तकबाट सरकार ढाल्ने उद्घोष नै गरे, 
‘गरिबका बस्तीहरुमा क्रान्ति पठाइदिन्छु
भ्रष्ट नेताहरुको अनुहार जलाइदिन्छु
तिमीले के ठानेका छौ महासय
म मुक्तक लेखेरै सरकार ढलाइदिन्छु ।’

माथिको मुक्तक वाचन गर्दा गजलकारहरुले भरिएको हलमा तालीको पर्रा छुटेको थियो । पूर्व भुटानदेखि पश्चिम महाकालीसम्मका गजलकारहरुलाई प्रतिष्ठानले नारायणगढमा जुटाएको हो ।
कार्यक्रममा राजनीतिका खेलाडीहरुले जनतालाई दुःख मात्रै दिएको भन्दै जति गाली गरेपनि नपुग्ने उद्घोष गर्दै ब्यंग्य प्रस्तुत गरेका थिए पोखराका गजलकार मन क्षेत्रीले । उनले मुक्तकबाट यसरी ब्यंग्य गरे –
‘न नुन आउँछ न धजा आँउछ,
न त बेचिएको दशजगजा आँउछ,
खै किन हो कुन्नी ? लुतो कनाउँदा जस्तै
नेताहरुलाई गाली गर्दा मजा आँउछ ।’

गजलकारहरुले देशको अवस्थासँगै नेपालीहरुले भोग्नुपरेको पीडालाई पनि गजलका शेरहरुमा उनेका थिए । पूर्वबाट आएकी कमला अधिकारी आफ्नै छोराको चिहान उत्खनन गरिरहेका बाबुको पीडा यसरी उत्खनन गरिन्,
 ‘यस्तो पनि जिम्मेवारी बहन गर्दैछ,
बाउ छोराको चिहान उत्खनन् गर्दैछ,
कसैले यो खबर पु¥याइ देउ बुद्धलाई,
तिम्रो देशमा हिटलरले शासन गर्दैछ ।।’

कार्यक्रममा देशभक्तिसँगै श्रृङ्गारिक गजलहरुसमेत वाचन गरिएका थिए ।  भुटानका स्रष्टा याम थुलुङले आफ्नी प्रियसीको चर्चा गर्दै यसरी गजल गाए,
 ‘आगो थिएँ म पानी भएँ ।
तिमीलाई हेरिरहने नानी भएँ ।।
ढुंगाजस्तै कठोर थियो मन
धुँवा धुलो खरानी भएँ ।।’

प्रतिष्ठानले मातृभूमि साहित्य समाज मकवनपुरका संस्थापक अध्यक्ष ह्याग्रीव आचार्य र चितवनका गजलकार प्रभाकर पण्डितलाई सम्मान गरेको छ । त्यस्तै झापाका गजलकार विवश बलिभद्र कोइरालाई गजलरत्न पुरस्कार र चितवन घर भइ हाल इजरायलमा रहेकी सुचित्रा खनियाँलाई गजलश्री पुरस्कारबाट सम्मान गरिएको छ ।
प्रतिष्ठानका अध्यक्ष पुष्प अधिकारी ‘अञ्जली’ को अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि साहित्यकार विष्णुबहादुर सिंह हुनुहुन्थ्यो ।

क्याम्पाचौर फेरि संगीतमय

नारायणगढ । नारायणगढको क्याम्पाचौर शनिबार रक कन्सर्टसँगै झुमेको छ । टीएसएन तथा एटुजेड मोबाइल हाउसले आयोजना गरेको सो कन्सर्टमा अपरान्ह दुई बजेदेखि साँझ अबेरसम्म नारायणगढका युवाहरु रमाए ।

देशमा भइरहेको राजनीतिक अनिश्चितताको चर्काे विरोध गर्दै स्थानीय ब्याण्ड स्याडोजले ‘नयाँ नेपाल’ बोलको गीत पस्कँदा क्याम्पाचौर ढाकेका युवाहरुले आकाश गुञ्जायमान पारेका थिए । वर्तमान राजनीतिको कारण ‘नयाँ नेपाल’ बोलको सिर्जना भएको बताउँदै स्याडोजले जनतालाई केही नदिएका नेताहरुलाई ब्यंग्य प्रहार गरेको थियो । त्यस्तै नेपालमा जन्मेका बुद्धलाई आफ्नो नागरिक भनेर प्रचार गर्ने भारतप्रति पनि स्याडोजले आफ्नो गीत ‘म हुँ बुद्ध नेपालको’ बोलको गीत प्रस्तुत गर्दै विरोध गरेको थियो । सो ब्याण्डले ‘हिड्ने मान्छे लड्छ’, ‘सायद’, ‘म खेलाडी’लगायतका गीत गाएर उपस्थित युवाहरुलाई उफारेको थियो ।
त्यसभन्दा अघि स्टेज उक्लिएका गायक सबिन राईले आफ्नो ब्याण्डको साथमा युवाहरुलाई तताए । उनले ‘तिमीलाई सम्झी’, ‘म संसार जित्ने’, ‘गुराँसको फेदमुनि’लगायतका गीतहरु गाएका थिए । उनले चपलीहाइट फिल्मको शीर्ष गीत गाँउदा दर्शकहरुले उनीसँगै गाएका थिए ।
त्यसपछि पोखराको ‘द एज’ले एक घण्टासम्म स्टेज तताएको थियो । एजले नेपालीहरु जहाँ रहे पनि एक हुनुपर्ने भावना गीतबाटै प्रस्तुत गरेको थियो । त्यस्तै उसले ‘कसरी कहाँ लुकाउँ’, ‘ओइ सुन माया’लगायतका गीतहरु प्रस्तुत गरेको थियो ।
कन्सर्टको अन्तिममा युवाहरु माझ निकै ‘मन्त्र’ ब्याण्डले करिब डेढ घण्टा स्टेज ततायो । धेरै पछि कन्सर्टका स्वाद चाख्न पाएका नारायाण्गढका युवायुवतीहरु साँझ अबेरसम्म क्याम्पाचौरमा नै नाचिरहे । कन्सर्टमा स्थानीय व्याण्ड प्रहरले समेत आफ्नो प्रस्तुती दिएको थियो ।

चितवन बहिरा संघको सहयोगार्थ आयोजना गरिएको ‘चितवन म्यूजिक फेष्टा’ नाम दिइएको सो कन्सर्टमा सहभागी दर्शकहरुमध्ये नेपालगंजका दिर्घायुजंग शाह र नारायणगढकी प्रियंका बस्नेतले कलर्स मोबाइल जितेका छन् ।

Wednesday, March 6, 2013

‘छड्के’ ः सामान्य कथामा अभिनयको खिचडी


चलचित्र ः छड्के
निर्देशक ः निगम श्रेष्ठ
कलाकारः सौगात मल्ल, नम्रता श्रेष्ठ, अर्पण थापा, रोविन तमाङ, दयाहाङ राई, सुनिल पोखरेल ।
स्तर ः दुई

लामो समयपछि नेपाली दर्शकले उत्कृष्ट चलचित्रको स्वाद चाख्न नपाएको अवस्थामा ‘लुट’ ले नयाँ स्वाद पस्किएर दर्शकलाई फेरि नेपाली फिल्म हेर्न सिनेमाघरसम्म तान्ने काम ग¥यो । यही कामलाई निरन्तरता दिने काम गर्ने अपेक्षा गरेका थिए, नेपाली दर्शकले ‘छड्के’बाट पनि । ‘लुट’ बाट उदाएका सौगात मल्ल, दयाहाङ राईसहित रंगमञ्चमा ख्याति पाएका सुनिल पोखरेल, ‘मेरो एउटा साथी छ’ बाट आशा गरिएकी नम्रता श्रेष्ठ, ‘व्याच नं. १६’ र ‘धन्दा’ बाट चर्चा बटुलेका अर्पण थापासहित नयाँ अनुहार रोविन तमाङलाई एकसाथ अभिनयमा उतारेर बनेको फिल्मले आमदर्शकले खोजेको स्वाद भने दिन सकेन । ‘लुट’ फिल्मका सहनिर्देशक तथा अन्य साना फिल्मका निर्देशक निगम श्रेष्ठले चलचित्रलाई नयाँ विषयवस्तुका साथ पस्किएको चर्चा चलचित्र आमदर्शकका अगाडि आउनुभन्दा अगाडि नै चर्चामा थियो, त्यही चर्चाकै कारण धेरै दर्शक हलसम्म पुगे पनि । फिल्मले अपेक्षाभन्दा बढी नै आम्दानी गर्न त सक्यो, तर अपेक्षाअनुरुप दर्शकको मनमा डेरा जमाउन भने सकेन ।

कथावस्तु ः
समग्र कथा चितवन जिल्लामा घुमेको छ । चलचित्रमा चितवन राष्ट्रिय निकुञ्जको सेरोफेरोलाई कैद गरिएको छ । चितवनमा रहेको ६ सदस्य भएको रोयल ग्याङको वरिपरि घुमेको छ, कथा । यही ग्याङलाई सिध्याउन राजनीतिक पूर्वाग्रहका कारण खडा भएको हुन्छ, सानो अर्काे कुरी ग्याङ । रोयल ग्याङ राजनीतिक ढाकछोपमा लागूऔषध कारोबार, दुर्लभ वन्यजन्तुका सिकार तथा तस्करीमा लागेको छ । चितवन राष्ट्रिय निकुञ्जमा वनमारा झारको अध्ययन गर्न भनेर काठमाडौँबाट आएका सौगात मल्ल र छेवाङ लामा, रोयल ग्याङ, विन्दु अनि कुरी ग्याङको शक्तिशाली उपस्थितिले कथानकलाई डो¥याएको छ ।

सबल पक्ष ः
चलचित्रको सबल पक्ष भनेको कलाकारको अभिनय नै हो । कलाकारको अभिनयकै कारण नै चलचित्रले यो सफलता हासिल गरेको हो भन्दा अत्युक्ति नहोला । चलचित्रको परिवेश पनि आकर्षक छ । चलचित्रले चितवनमा रहेका सुन्दर स्थानहरुलाई कैद गरेको छ । चलचित्र ‘छड्के’मा देखाइएको परिवेशलाई अन्य चलचित्रले कैद गर्न सकेका थिएनन् । चलचित्रले कुमारी लोकेसनलाई कैद गर्न सफल भएको छ । त्यस्तै, चलचित्रमा प्रयोग भएको सांस्कृतिक पक्ष राम्रो छ । कलाकारले प्रतिनिधित्व गर्ने जातीय पहिचान संस्कृति हो । चलचित्रमा चितवनका आदिवासी थारु समुदाय, काठमाडौँको नेवार, पूर्वको राई, अल्पसंख्यक मुस्लिम समुदायको प्रतिनिधित्व देखिन्छ । चलचित्रमा गीत र संगीतमा समेत नवीनता भेटिन्छ ।

दुर्बल पक्ष ः
चलचित्रको दुर्बल पक्ष भनेको झीनो कथावस्तु हो । अन्य चलचित्रमा कथा पाएका कलाकारले यसमा कथा पाएका छैनन् । उनीहरुले अभिनय मात्र गरेका छन् । यस्तो लाग्छ, उनीहरुलाई चलचित्र बिकाउन मात्र प्रयोग गरिएको हो । नम्रता श्रेष्ठले चलचित्रमा कति ठाउँमा संवाद बोलिनन् भने सौगात मल्लको संवादको समेत मेसो पाउँदैनन्, दर्शकले । उनको परिचय के हो भन्ने समेत मेसो आउँदैन, खाली उनलाई अभिनयका लागि मात्र छिराइएको जस्तो लाग्छ चलचित्रमा । अभिनयका हिसाबले अर्पण थापा र दयाहाङ राईले उत्कृष्ट अभिनय पेश गरे पनि कथा भने पाएका छैनन् । फिल्ममा उनीहरुको अभिनयलाई मात्र प्राथमिकता दिइएको छ, संवाद छैन । यस्तो लाग्छ, ‘छड्के’ झीनो कथामा अभिनयको खिचडीजस्तो बनेको छ । त्यस्तै फिल्ममा देखिएको काटमार र ग्याङ फाइट, बन्दुक पड्काउने, मान्छे मार्ने कामजस्तै के साँच्चीकै त्यस्तै देखिन्छ त चितवन ? चितवनका दर्शकलाई यो अलि नपच्न सक्छ ।

निष्कर्ष ः
कथावस्तु चलचित्रको मेरूदण्ड हो तर ‘छड्के’ को मेरूदण्ड नै कमजोर छ । कथावस्तु सामान्य भएका कारण आमदर्शकले अपेक्षा गरेअनुरुपको चलचित्र पाएनन् । देखाइएका बीभत्स दृश्य र काटमारका कारण कमजोर मुटु भएकाले चलचित्र हेर्न सक्ने देखिँदैन । जे–जस्तो भए पनि चलचित्रले वन्यजन्तुको संरक्षणमा योगदान भने पु¥याउँछ । यसमा वन्यजन्तु चोरीसिकारलाई रोक्नुपर्ने सन्देश दिइएको छ । वन मास्ने काममा राजनीतिक संरक्षणका कारण बेरोजगार युवाहरुको प्रयोग भइरहेको देखाउँदै त्यसलाई नियन्त्रण गरिनु पर्ने सन्देश छ । चलचित्रमा देखाइएका हत्याका दृश्यलाई हेर्दा आमदर्शकको मुटु सिरिङ्ग हुन्छ । चलचित्रको अन्त्य सुन्दर छैन, जस्तो कथाको सुरूवात छ । अनुसन्धान गर्न हिँडेको सौगातको अनुसन्धान कहाँ पुग्यो भन्ने देखाउन नसक्दा खल्लो हुन पुगेको छ, चलचित्र । अन्त्यलाई सुन्दर बनाउन अनुसन्धान प्रतिवेदनलाई उठान गर्न सक्नुपथ्र्याे, चलचित्रले । जे भए पनि केही आश गरेर चलचित्र भवन पुग्ने जोकोहीको आशा पूरा गर्न सक्छ चलचित्रले, मात्र धेरै आशा लिएर चाहिँ जानु हुँदैन ।

Tuesday, March 5, 2013

बूढा हजुरबा–आमालाई नै चिनेनन् प्रवासचोकले फोटो फिचर

हजुरबाले काखमा लिन खोज्दा तर्कदैँ प्रवाशचोक ।
कविलास । ‘बाबु सन्चै’, ८० वर्षीय मैतलाल चेपाङले नौ महिनापछि नाति प्रवासचोकलाई भेटेपछि खुसी हुँदै भने, ‘यो त यत्रो भएछ ।’ कालो मैलो कछाड र सेतो मैलो सर्टमा चाउरी परेका आफ्नै हजुरबुबालाई समेत नचिनेको जस्तो गरेका प्रवासले हेरेमात्रै केही बोलेनन् । हजुरबाले काख लिन खोज्दा प्रवास मानेनन् ।

छोए मैलो लाग्लाजस्तै गरी चिटिक्क अवस्थामा आएका आफ्नै नातिले समेत नचिनेको जस्तो गरेपछि मैतलालले भने, ‘बाबु चिनेनौं, म तिम्रो बाजे ।’ दुखेसो पोख्दै उनले चितवन पोष्टसँग भने, ‘नौ महिनामा त यसले हामीलाई नचिन्ने भएछ ।’ पूर्वप्रधानसेनापति छत्रमान गुरुङको परिवारले माया गरेपछि आफूहरुलाई बिर्सिएको हुनसक्ने उनले शंका गरे ।

मैतलालले गम्भीर हँुदै भने, ‘यसको बाबुआमाको मृत्यु भएको पनि आज नौ महिना भएछ ।’ नातिलाई मैतलालले फकाउँदै गर्दा उनीभन्दा सात वर्ष कान्छी श्रीमती ७३ वर्षीया सन्चरी चेपाङले आँशु वरर झार्दै रुन्चे स्वरमा भनिन्, ‘आफ्नै बाजेबज्यैलाई पनि चिन्दैनौं बाबु ।’

सँगै लिएर आएको अण्डा नातिलाई खुवाएपछि मात्रै प्रवासचोक बिस्तारै हजुरबुबा–आमासँग रत्तिँदै गए । हजुरआमाको काखमा पालैपालो बसेर उनीहरुले ल्याइदिएको कोकोनट बिस्कुट र अण्डा खाए ।

चेपाङ दम्पतीले सय रुपैयाँ खर्च गरी नातिलाई अण्डा ल्याएका हुन् । ‘नाति आउँछ भन्ने थाहा पाएपछि कुखुरा बेचेर बचेको पैसाले चारवटा अण्डा किने । ‘एउटा नातिलाई, अरु छत्रमानलाई दिने हो’, सन्चरीले भनिन् ।

गत जेठ ३१ गते विषालु च्याउ खाएर बिरामी परेका प्रवासचोकका ३५ वर्षीय बाबु बुद्धिबहादुर र ३० वर्षकी आमा सोमतीसहित पाँच जनाको परिवारका सदस्यको असार ५ गतेसम्ममा मृत्यु भएको थियो ।

बाबुआमाको मृत्युले टुहुरो बनेका साढे दुई वर्षीय प्रवासचोकलाई तत्कालीन प्रधानसेनापति छत्रमानसिंह गुरुङले उद्धार गरेर पाल्दै आउनुभएको छ । काठमाडांैमा हुर्कदै गरेका प्रवासचोक नौ महिनापछि मंगलबार आफ्नै गाउँमा हजुरबुबा–आमालाई भेट्न आउँदा केहीबेर अवस्था भावविह्वल बनेको थियो ।

स्थितिप्रति सान्तवना दिँदै पूर्वप्रधानसेनापति गुरुङले भने, ‘मैले लगेर पालेको पनि नौ महिना भयो । सुरूमा तीन दिन अस्पताल लगेर उपचार गरेँ । अहिले मैले आफ्नै सन्तान जसरी नै पालेको छु र बोर्डिङमा पनि पढाउन थालेको छु ।’

प्रवासचोकले नौ महिनामा आएर आफ्नो हजुरबा–आमालाई भेटेका हुन् । उनले आफूभन्दा डेढ वर्ष कान्छो भाइलाई माया गर्दै मिठाई पनि खुवाए । गुरुङ परिवारले चेपाङ परिवारलाई ल्याइदिएको खाद्यान्नका सामग्री पनि उनीहरुलाई दिने काम गरियो ।

करिव दुई घण्टाको पारिवारिक भेटघाट सफा र चिटिक्क भएको नातिलाई हेर्दै हजुरबुबा मैतलाल भन्छन्, ‘अब नाति ठूलो मान्छे भएको देख्न मन लागेको छ । गाउँ फर्कँदा ऊ सबैले मान्य भएर फर्कियोस् ।’
नातिलाई देखे पछि भावविह्वल हजुरबा ।



नातिलाई दिन भनेर ल्याएको अण्डा हातमा लिएकी हजुर आमा ।

नातिले अण्डा खाएको खुशीका साथ हेर्दै हजुर आमा
अण्डा दिए पछि हजुरआमाको काखमा आएका प्रवाशचोक ।



भावविवह्ल हजुरबा, हजुरआमाको साथमा प्रवाशचोक । तश्विरमा देखिन्छ नरुनुस हजुरबा, हजुरआमा भन्दैछन प्रवाशचोक ।
 समाचार साभार ः चितवन पोष्ट, फोटो सौजन्य ः बसन्त पराजुली

Monday, March 4, 2013

मतदाता नामावलीमा चितवनका करिब एक लाख छुट

भरतपुर । निर्वाचनको चर्चा चलिरहेका बेला चितवन जिल्लामा भने मतदानको उमेर पुगेका करिब एक लाख मतदाता मतदाता नामावली संकलनमा सहभागी नभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

२०६८ सालको जनगणना तथ्याङ्कअनुसार पाँच लाख ६९ हजार ९८४ जनसंख्या रहेको चितवनमा जनसंख्याको साठी प्रतिशत करिब तीन लाख ४१ हजार ८३९ जनसंख्या मतदानको लागि उमेर पुगेको अनुमान छ । जसमध्ये ९७ हजार ८३९ जना मतदाता नामावली संकलनमा सहभागी नभएका हुन् । हालसम्म दुई लाख ४४ हजारको मात्र मतदाता नामावली संकलन भएको कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।

करिब ८६ हजार ३०२ मतदाता रहेको भरतपुर नगरपालिकामा ५१ हजार १८६ जनाको मात्र मतदाता नामावली संकलन गरिएको छ । नगरपालिकामा कूल एक लाख ४३ हजार ८३६ जनसंख्या रहेको छ । यसरी हेर्दा भरतपुर नगरपालिकामा मात्र ३५ हजार ११६ जनाको नाम मतादाता नामावलीमा छुट भएको देखिन्छ ।

त्यस्तै जिल्लाको अर्काे नगरपालिका रत्ननगर नगरपालिकामा ६ हजार ४६७ को नाम मतदाता नामावलीमा छुट छ । रनपामा २७ हजार ८२० जना मतदानका लागि योग्य नागरिक रहेको अनुमान कार्यालयको छ ।

यता, सबैभन्दा बढी जनसंख्या भएको खैरहनी गाविसमा दुई हजार २९२ जनाको नाम नामावलीमा छुट छ । रोजगारीका लागि विदेशिएका नागरिक, नागरिकताको प्रमाणपत्र नभएका र राजनीतिक वितृष्णाका कारण पनि उनीहरुको नाम मतदाना नामावलीमा छुट भएको कार्यालय प्रमुख ढकालले बताउनुभयो ।

निर्वाचन आयोगको चितवन कार्यालयले निर्वाचनको तयारी स्वरुप मतदाता शिक्षासहितका कार्यक्रम सञ्चालन गर्न लागेको छ । कार्यालयले प्रत्येक गाविस तथा नगरपालिकाका वडा कार्यालयका सचिवहरुलाई तालिम दिने तयारीमा रहेको जिल्ला निर्वाचन आयुक्त ढकालले बताउनुभयो ।

त्यस्तै चैत्र ४ गतेबाट महिनाभर गाविस तथा नगरपालिकाका वडा कार्यालयहरुमा मतदाता नामावली अद्यावधिक गर्नका लागि कर्मचारी पुग्ने समेत उहाँले जानकारी दिनुभयो ।

 

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी