एक
वर्षको छँदा कोसीको बाढीले बगाएर परिवार त गुमाए–गुमाए उनले, तर आफ्नो
दृष्टि पनि गुमाउन पुगे । समयले अहिले उनलाई प्रकाश तिमिल्सिना भनेर
चिनाएको छ । ‘प्रिय तिम्रो सिउँदोमा सिंदूर भर्न देऊ’ बोलको गीत गाएर
चर्चामा आएका गायक तिमिल्सिनासँग गरिएको कुराकानीको मुख्य अंश ः
१. सुरूमा नै तपाईंको जीवनीबाट कुरा गरौँ । तपाईंको जन्म कहाँ र कहिले भयो ?
– मेरो जन्म वि.सं. २०४४ वैशाख १ गते सुनसरी प्रकाशपुरमा माता तुलसीमाया र पिता रामप्रकाश तिमिल्सिनाको एक्लो छोराका रुपमा भएको हो । २०४५ सालमा आएको भूकम्पपछि कोसीमा आएको बाढीसँगै मेरो घर र मेरा सबै परिवारलाई गुमाएको थिएँ ।
२. तपाईंको बाल्यकाल कहाँ र कसरी बित्यो ?
– बाल्यकाल मेरो दर्दनाक घटनासँगै सुरू भएको हो । बाढीमा मैले मेरा आमाबुबालाई गुमाएँ । त्यसबखत म आमाबुबासँग सुतेको थिएँ । म पनि कोसीमा बगेको थिएँ । म माझीको जालमा परेर बाँचेको हुँ । त्यस बाढीमा परेर मैले आफ्ना अंकल र हजुरबुबा पनि गुमाएँ ।
३. तपाईंले एक वर्षको उमेरमा नै परिवार गुमाउनुभयो । त्यसपछि तपाईं कसको संरक्षणमा हुर्कनुभयो ? –सायद, भगवान्ले पनि संरक्षणका लागि कसैलाई छाड्छ होला । त्यस्तै, बाढी आउनु अघिल्लो दिन मेरी हजुरआमा देवीमाया तिमिल्सिना बिरामी भएर अस्पतालमा भर्ना हुनुभएको थियो रे । म उहाँको संरक्षणमा हुर्केको हुँ । उहाँले अनेक दुःख, कष्ट गरेर म हुर्किएको हुँ । हजुरआमा पनि २०६७ जेठ १६ गते बित्नुभयो । म अहिले एक्लै छु । बाल्यकाल धरानमा केही सुख र दुःखमय तरिकाले बित्यो । मैले जीवन पाएँ पनि आँखाको दृष्टि भने गुमाउन पुुगेँ । मेरो नौ वर्षसम्मको बाल्यकाल धरानमा बित्यो, त्यसपछि लेटाङमा बित्यो । म लेटाङमा छँदा नेमधारी मण्डल सरले मलाई धनकुटाको हिलेभन्दा माथि सिँदुवामा लगेर मलाई पढाउनुभयो । त्यतिबेलासम्म म गीत गाएर परिवारको केही सहारा बनिरहेको थिएँ ।
३. तपाईंको शिक्षाको कुरा गरौँ । कतिसम्म अध्ययन गर्नुभएको छ तपाईंले ?
– मैले १२ पास गरेको छु । म पाँच कक्षासम्म सरस्वती मावि सिँदुवामा नै पढेको हुँ । एक जना जेवाना स्टुर्ड बेलायती नागरिक हुनुहुन्छ । उहाँलाई म सम्झन चाहन्छु । उहाँ गाउँ विकासको प्रोजेक्ट ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ लिएर आउनुभएको थियो । उहाँले नै मेरो बाँकी पढाइ पूरा गर्न सहयोग गर्नुभयो । एसएलसी कीर्तिपुरको एक विद्यालयबाट २०६३ सालमा प्रथम श्रेणीमा पास गरेँ । त्यसपछि सगरमाथा उच्च माविबाट प्लस टु पास गरे पनि मैले पढाइलाई निरन्तरता दिन सकिनँ ।
४. तपाईंले पढाइलाई किन निरन्तरता दिनुभएन त ?
– एक त, त्यतिबेला मेरो आर्थिक स्थितिले पनि दिएन र अर्काे, म संगीतमा लागेको थिएँ, त्यसलाई समय दिँदा पढाइलाई निरन्तरता दिन सकिनँ ।
५. गीत–संगीतप्रति तपाईंको लगाव कसरी बढ्यो ?
– जब म तीन वर्षको थिएँ, त्यतिबेला मलाई दुःख–सुख गरेर हुर्काउनुभएकी हजुरआमाले मलाई एक जना लाहुरेको बिहेमा लानुभएको थियो । त्यहाँ क्यासेट प्लेयरबाट गीत बजेको सुनेँ । हजुरआमाले त्यसले खान्छ करेन्ट, लिन्छ ज्यान भन्नुहुन्थ्यो । त्यहाँ बजेका गीत मैले पनि गुनगुनाउन थालेँ रे । त्यसपछि मलाई सबैले माया गर्थे रे । मलाई खाना खुवाउनसमेत गीत–संगीतको सहारा लिनुप¥यो रे, हजुरआमाले ।
चार–पाँच वर्षको हुँदा मलाई हजुरआमाले एक ब्याट्रीवाला रेडियो किनिदिनुभएको थियो । रेडियो आडैमा राखेर सुनिरहन्थेँ । ११ बजे रेडियो बन्द भएपछि मात्र रेडियोका मान्छे खाना खाना गए भनेर मैले खाना खान्थेँ । मलाई त्यसपछि गाउँका सबैले रेडियोले भनेजस्तो भन भन्थे । मैले गीत गाउँदा माया मानेर बिस्कुट खान दिन्थे । गीत गाए खान पाइँदो रहेछ भन्ने लाग्यो । यसरी नै खानको लागि मैले गीत गाउँन थालेँ । मैले कहिले १० रूपैयाँमा गीत गाएँ, कहिले एक झोला नासपतीका लागि गाएँ । मेरो गुजारा पनि चलेको थियो यसबाट । आठ कक्षामा पढ्दा मैले नेपाल टेलिभिजनको ‘ब्राइटर तिम्रो सुर, मेरो गीत’ भन्ने कार्यक्रममा मैले भाग लिएँ । पछि मैले जित्ने पक्कापक्की थियो, तर प्रायोजन नपाएर त्यो रोकियो । त्यसपछि मैले २०६४ सालमा ‘साउथ एसियन स्टार’ नेपाल भन्ने इमेज च्यानलको एक कार्यक्रममा चार हजार जनालाई जितेपछि भारतमा ‘साउथ एसियन सुपरस्टार’मा भाग लिन पाएँ । त्यो कार्यक्रममा म फाइनलिस्ट भएको थिएँ । मैले बेस्ट इंग्लिस प्रोनाउन्सेसन पाएको थिएँ । त्यही कार्यक्रममा बलिउडकी नायिका प्रियंका चोपडा गेस्ट जज बनेर आउनुभएको थियो । उहाँले मलाई दाहिने हातमा चुम्नुभएको म भुल्दिनँ । यसरी सुरू भएको मेरो संगीत–यात्रा अहिलेसम्म चलिरहेको छ ।
६. गीत–संगीतमा लाग्नुभयो, नाम पनि कमाउनुभयो । अहिलेसम्म तपाईंका एल्बम कतिवटा छन् र पहिलो एल्बम कुन हो ?
– मेरो पहिलो एल्बम ‘दिव्यदृष्टि’ हो । झापाको टंक सिटौलाले निर्माण गर्नुभएको हो, त्यो । राष्ट्रपति रामवरण यादवले विमोचन गर्नुभएको थियो एल्बम । त्यो एल्बमले निर्माताको लगानी उठाउन सकेन । त्यसपछि, मैले ‘आरपी ६६’ एल्बममा गीत गाउँन पाएँ । त्यसमा मैले ‘प्रिय तिम्रो सिउँदोमा सिंदूर भर्न देऊ’ भन्ने बोलको गीत गाएको थिए । स्वर्गीय प्रकाश केसीको शब्द छ त्यसमा । त्यही गीतले मलाई प्रकाश भनेर चिनायो । यो गीतको लागि मैले कालिका अवार्ड र अन्नपूर्ण म्युजिक अवार्ड पाएँ । त्यसपछि मलाई रिवेल क्रियसनले आर्टिस्टका रुपमा लियो । रिवेलबाटै मैले प्रकाश नामको एल्बम निकालेँ यसको ‘तिम्रै हातको सिंदूर लाउँछु’ भन्ने गीत चर्चित भयो । अहिले श्रद्धाञ्जली एल्बमको तयारीमा छु, वैशाखमा परेको मेरो जन्मदिनमा बजारमा आउँछ ।
७. गीत–संगीतमा लागेर थुप्रै स्थानमा पुग्नुभयो होला । कहाँ–कहाँ पुग्नुभयो ?
– मैले थुप्रै कन्सर्टहरु गरेको छु । नेपालका अधिकांश भागमा पुगेको छु । विदेशमा हङकङमा दुई पटक, कोरिया, कतार र दुबई पुगेको छु । लन्डनबाट पनि अफर आएको छ ।
८. यसरी कन्सर्टमा गाउँदाको अविस्मरणीय स्मरण सुनाइदिनुस् न ।
– मैले कन्सर्ट गरेका ठाउँहरुमा म दोलखाको चरिकोटलाई सम्झन्छु, जहाँ मैले आठ हजार दर्शकका माझमा गाएको थिएँ । त्यही कन्सर्टबाट मेरो आँखाको उपचारका लागि केही रकम संकलन भएको पनि छ ।
९. आँखाको उपचारको कुरा गर्नुभयो । उपचारको कुरा कहाँसम्म पुगेको छ ?
– आँखाको उपचार सम्भव भएको बुझेको छु । अस्ट्रियामा उपचारका लागि जानुपर्छ, त्यहाँको अस्पतालमा उपचार हुन्छ भनिएको छ । त्यसका लागि ४५ लाख लाग्नेछ, पैसा जम्मा गर्दैछु । सहयोगीहरुले पनि सहयोग गर्दै हुनुहुन्छ । चाँडै नै संसारलाई देख्छु जस्तो लागेको छ ।
१०. तपाईंका गीत–संगीतबाहेक भविष्यका योजना के–के छन् ?
– मेरो भविष्यको योजना भनेको समाजसेवा हो । मलाई आफूजस्तै दृष्टिविहीनहरुको सेवा गर्ने चाहना छ । दृष्टिविहीनहरुलाई शिक्षा पु¥याउन चाहन्छु । हामी केही शिक्षित दृष्टिविहीनहरुले एसोसिएसन बनाउँदै छौँ । त्यही संस्थाले विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा शिक्षा प्रदान गर्ने योजना छ ।
११. सरकारले तपाईंहरुजस्ता दृष्टिविहीनहरुका लागि के गरेको छ र के गर्नुपर्र्छ जस्तो लाग्छ ?
– नेपाल सरकारले केही गरेजस्तो लाग्दैन । नेपाल आफैँमा राजनीतिक खिचातानीले जेलिएको छ । दृष्टिविहीनहरुका लागि प्रयोग गर्न सक्ने किसिमका भौतिक संरचना निर्माण गरिनुपर्छ । विद्यालयहरुमा ब्रेल शिक्षा दिनुपर्छ ।
१२. नेपालमा गीत–संगीतको स्तर कमजोर छ भनिन्छ । यसको स्तर बढाउन के गर्नुपर्ला ?
– नेपालमा गीत–संगीतको स्तर उकास्न धेरै गर्नुपर्छ । पहिलो त कानुन बनाउनुपर्छ । सरकार सक्रिय बन्नुपर्छ । च्याउ उम्रेजस्ता स्टुडियो खुलेका छन् । तपाईंलाई थाहै छ, पैसा भए गफ गर्नेले पनि एल्बम निकाल्न पाउँछ । म्युजिक भिडियो बनाउन पाउँछ । सरकारले कम्पनीलाई नियन्त्रण गर्न जरूरी छ । अर्काे कुरा, पाइरेसी रोक्नुपर्छ ।
१३. पाइरेसी नियन्त्रणका लागि प्रतिलिपि अधिकार ऐन बनेको छ नि, होइन ?
– बनेको त छ, कार्यान्वयन हुन सकेको छैन । संगीत तथा कलाकारका संघ मात्र छन्, तर काम गरेका छैनन् । १४. तपाईंको उमेर ढल्किँदै छ । बिहेका बारेमा के सोच्दै हुनुहुन्छ ?
– सबैको इच्छा हुन्छ, बिहे गर्ने र घरजम गर्ने । मेरो पनि इच्छा छ । सायद, भगवान्ले साथ दिए भने चाँडै हुन्छ ।
१५. अन्त्यमा, तपाईंले भन्न चाहेको र मैले सोध्न भुलेको केही कुरा छन् कि ?
– सर्वप्रथम, तपाईं र चितवन पोष्टलाई धेरै–धेरै धन्यवाद छ कि मेरा कुराहरु बाहिर ल्याउने मौका दिनुभयो । अनि, मलाई माया गर्नुहुन्छ र मेरो गीत मन पराउनुहुन्छ भने सबैले मेरो एल्बम किनेर सुनिदिनुहोला भन्न चाहन्छु ।

No comments:
Post a Comment
Thanx for your comment